Sunday, December 31, 2017

पहिलो किस्ता लिने भूकम्प प्रभावितले ५० हजार फिर्ता गर्न थाले

https://www.karobardaily.com/news/development/1106
आइतवार, पुष १६, २०७४
निजी आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका भूकम्प प्रभावितले फिर्ता गर्न थालेका छन् । 
पहिलो किस्ता लिएर लामो समयसम्म निजी आवास निर्माणका लागि रकम लिएर निर्माण अघि नबढाएका प्रभावितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम फिर्ता गर्न समेत पाउने व्यवस्था गरेपछि रकम फिर्ता गर्न थालेका हुन् । प्राधिकरणले हालसम्म प्रभावितको सूचीमा रहेकामध्ये ६ लाख ७६ हजारले अनुदान सम्झौता गरेको ६ लाख ६४ हजार ६ सयले पहिलो किस्ता लिए पनि दोस्रो किस्ताको रकम लिनेको संख्या भने १ लाख ४५ हजारमात्र छ । 
पहिलो किस्ताको रकम लिएर पनि दोस्रो किस्ताको रकम लिन नआएपछि प्राधिकरणको कार्यकारी समितिको बैठकले पैसा फिर्ता गरी प्रभावितको सूचीबाट नाम हटाउन सकिने व्यवस्था गरेको छ । सूचीमा रहेर घर बनाउन आवश्यक नठान्ने प्रभावितले सरकारको १५०१२ राजस्व शीर्षकमा रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन सक्ने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । 
प्राधिकरणका अनुसार, पहिलो किस्ताको रकम लिएका इन्द्रसरोबर गाउँपालिका–२ का रामशरण भुलुन र हेटौंडा नगरपालिका–८ का तुलाबहादुर लामाले पहिलो किस्ता लिए पनि घर बनाउन आवश्यक नभएको भन्दै रकम फिर्ता गरेका थिए भने प्रभावितको सूचीबाट पनि नाम हटाउन आवेदन दिएका थिए । बिहीबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले भुलुन र लामाले रकम फिर्ता गरेकोमा धन्यवाद दिंदै उनीहरूको नाम लाभग्राहीबाट हटाउने निर्णय गरेको छ । कार्यकारी समितिले विगतमा आवश्यक निजी आवास बनाउन आवश्यक नपरेर ५० हजार रकम फिर्ता गर्न समेत प्रभावितलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिहरूले लाभग्राहीमा सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।

सोलारको लागत घट्दा जलविद्युत्को चिन्ता

https://www.karobardaily.com/news/development/1115
सोमवार, पुष १७, २०७४
छिमेकी राष्ट्र भारतमा प्रतियुनिट २.४४ भारतीय अर्थात ३.९० नेपाली रुपैयाँमा सौर्य ऊर्जा (सोलार) आयोजना बनाउने गरी प्रस्ताव गरिएको छ । भारतीय पत्रिका इकोनोमिक टाइम्सका अनुसार एसीएमभी सोलार होल्डिङ र एसबीजी क्लिनटेकले सफ्ट बैक, फक्सकन र भार्ती इन्टरप्राइजेजको ज्याइन्ट भेन्चरमा राजस्थानमा ५ सय मेगावाट सोलार बनाउने गरी प्रक्रिया अघि बढेको छ । यो प्रतियुनिट लागत नेपालको जलविद्युत्बाट उत्पादन हुने विद्युत्भन्दा झण्डै आधा सस्तो सस्तो हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार, नेपालको हाल जलविद्युत्मार्फत उत्पादित विजुलीको लागत प्रति युनिट स्कालेसन समेत गर्दा सरदर ७.२९ पैसा छ । छिमेकी राष्ट्र भारतमा प्रतियुनिट २.४४ भारतीय अर्थात ३.९० नेपाली रुपैयाँमा सौर्य ऊर्जा (सोलार) आयोजना बनाउने गरी प्रस्ताव गरिएको छ । भारतीय पत्रिका इकोनोमिक टाइम्सका अनुसार एसीएमभी सोलार होल्डिङ र एसबीजी क्लिनटेकले सफ्ट बैक, फक्सकन र भार्ती इन्टरप्राइजेजको ज्याइन्ट भेन्चरमा राजस्थानमा ५ सय मेगावाट सोलार बनाउने गरी प्रक्रिया अघि बढेको छ । यो प्रतियुनिट लागत नेपालको जलविद्युत्बाट उत्पादन हुने विद्युत्भन्दा झण्डै आधा सस्तो सस्तो हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार, नेपालको हाल जलविद्युत्मार्फत उत्पादित विजुलीको लागत प्रति युनिट स्कालेसन समेत गर्दा सरदर ७.२९ पैसा छ । भारतमा प्रतियुनिट ३.९० रुपैयाँमा सोलार बनाउनका लागि कम्पनीहरू तयार भइरहेको बेला नेपालमा भने आठपटक स्कालेसन दिनेगरी प्रतियुनिट ९.६१ रुपैयाँमा सोलार आयोजना पीपीए अन्तिम चरणमा पुगेको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अनुसार ल्याएको ऊर्जा संकट कार्यायोजनामा १० प्रतिशत वैकल्पिक ऊर्जामार्फत उत्पादन गरिने उल्लेख गर्दै ऊर्जा मन्त्रालयले प्रति युनिट लागत ९.६१ पैसा तय गरेको थियो । सोहीअनुसार प्रस्ताव आह्वान गरेर ६१ मेगावाट बराबरका सोलार आयोजनाको लागि २१ ठाउँमा ग्रिड कनेक्टेड गरी गरी विद्युत् विकास विभागले लाइसेन्स दिइसकेको छ भने पीपीए स्वीकृतिका लागि विद्युत् प्राधिकरण व्यवस्थापनसमक्ष प्रस्ताव पुगेको छ । प्राधिकरणका अनुसार २५ वर्षका लागि अनुमतिपत्र (लाइसेन्स) दिएर आठ पटक स्कालेसन गर्दा प्रति युनिट लागत ११ रुपैयाँ पुग्छ । भारतमा निरन्तर लागत घटेर त्यति महँगोमा पीपीए गर्ने नगर्नेबारे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अलमलमा परिरहेको बेला फेरि ऊर्जा मन्त्रालयले स्कालेसन नदिने गरी प्रति युनिट ७.३० पैसा तय गरेर ग्रीड कनेक्टेड सौर्य विद्युत् ऊर्जा विकास समिति कार्यविधिः २०७४ लागू गरेको छ । पहिला ऊर्जा संकट कार्यायोजनाअनुसार ल्याइए पनि ऊर्जा मन्त्रालयले विद्युत् नियमावली २०५० को नियम ९४ को क दफामा रहेको अधिकार प्रयोग गरी ल्याएको कार्यविधि कार्यान्वयन गर्नु प्राधिकरणको लागि अनिवार्य मानिन्छ । “ऊर्जा संकटकाल कार्यायोजनापछि तय गरेको सोलार पीपीए दरको आधारमा प्रस्ताव आह्वान गरेर ६१ मेगावाट बराबरका २१ सोलार आयोजनाको पीपीए अन्तिम स्वीकृतिका लागि प्राधिकरण व्यवस्थापन समक्ष पठाइएको छ,” विद्युत् व्यापार महाशाखाका प्रमुख समेत रहेका प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “त्यो बेला प्रति युनिट ९.६१ रुपैयाँ र आठ पटक स्कालेसन गर्ने उल्लेख छ, फेरि मन्त्रालयले स्कालेसन नगर्ने गरी ७.३० पैसा तय गरेको छ ।” उनका अनुसार, पहिला सार्वजनिक रुपमा आह्वान गरेर सो पीपीए दर प्राधिकरण सञ्चालक समितिबाट समेत पारित भैसकेको र अहिले नयाँ तय गरेको पीपीए दर सम्बन्धी कार्यविधि नियमावली अनुसार बनाइएकोले कुन दरमा पीपीए अघि बढाउने भन्ने समस्या प्राधिकरणलाई परेको छ ।मन्त्रालयले दुईपटक सोलारको प्रतियुनिट पीपीए दर फरक तय गर्दा तथा छिमेकी राष्ट्र भारतमा लागत धेरै घटेसँगै पहिला तय गरिएको दर कार्यान्वयन गर्ने नगर्ने अन्योलमा प्राधिकरण छ । २० दिनअघि विद्युत् व्यापार विभागले प्राधिकरण व्यवस्थापन समक्ष पेश गरेपनि कार्यकारी निर्देशक घिसिङले कुनै निर्णय गरेका छैनन् । “भारतमा सोलारको लागत घटेसँगै सोलारको पीपीए गर्न पनि समस्या देखिएको छ, भारतको अहिलेको दर हेर्ने हो भने नेपालको जलविद्युत्भन्दा पनि सस्तो छ,” घिसिङले भने । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे भने पहिला खुला प्रतिस्पर्धामार्फत प्रवद्र्धकहरूसँग आह्वान गरी पीपीए दर कायम गरिरहेकोले प्राधिकरणले सोही अनुसार गर्न सक्ने तथा आगामी पीपीए नयाँ कार्यविधि लागू गर्न सकिने बताउँछन् ।सन् २०१९-२०२० देखि नै भारतलाई नेपालले बिजुली बेच्ने योजना बनाएपनि सोलारको लागत सस्तिएसँगै नेपालको जलविद्युत् उत्पादन र विकासको अवस्था के हुने भन्ने अन्योल बढेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने जलविद्युत्को आयु लामो समय हुने भएकोले दीर्घकालीन रुपमा भने जलविद्युत्नै सस्तो हुने बताउँछन् । “ठूला जलविद्युत् आयोजना निर्माणहरूसँगै जलविद्युत्को लागत पनि घट्दै हुन्छ, दीर्घकालीन रुपमा जलविद्युत्को उत्पादन सस्तो हुने भएकोले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन,” उनी भन्छन् । 

Saturday, December 30, 2017

‘लाइसेन्सको अधिकार केन्द्रलाई देऊ’

https://karobardaily.com/news/development/1073
शुक्रवार, पुष १४, २०७४
एक मेगावाटसम्मको जलविद्युत् आयोजनासम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा रहने व्यवस्थामा पुनर्बिचार गर्न ऊर्जा मन्त्रालयले आग्रह गरेको छ । ऊर्जाले यसरी जथाभावी अधिकार दिइँदा समस्या आउन सक्ने भन्दै आफ्नो स्वीकृति लिनुपर्ने गरी व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचारसमेत गरेको छ । एक मेगावाटसम्मको जलविद्युत् आयोजनासम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा रहने व्यवस्थामा पुनर्बिचार गर्न ऊर्जा मन्त्रालयले आग्रह गरेको छ । ऊर्जाले यसरी जथाभावी अधिकार दिइँदा समस्या आउन सक्ने भन्दै आफ्नो स्वीकृति लिनुपर्ने गरी व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचारसमेत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले एक मेगावाटसम्मका जलविद्युत् आयोजनासम्बन्धी स्थानीयस्तरको नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमनको जिम्मा दिएकोमा ऊर्जा मन्त्रालले निर्णय गरी बिहीबारमात्र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई यस्तो पत्राचार गरेको हो । हालको व्यवस्थाले नेपालको जलविद्युत् क्षमता कम (किलिङ) हुनसक्ने विश्लेषण गर्दै विभागले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेको हो । पत्रमा एक मेगावाटसम्मको जलविद्युत्को अनुमतिपत्र (लाइसेन्स) जारी गर्दा समेत ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था गर्न माग गरिएको छ । विभागका महानिर्देशक नवीनराज ंिसंहले लेखेको पत्रमा नयाँ संविधानले जलविद्युत्को अधिकार संघ, प्रदेश र स्थानीय निकाय तीनवटै निकायमा बाँडफाँड गरेको  उल्लेख गर्दै एक मेगावाटसम्मको व्यवस्था कार्यान्वयन गर्दा दोहोरोपना नहुनेगरी गर्नसमेत अनुरोध गरिएको छ । “एक मेगावाट र त्योभन्दा साना आयोजनाहरूमासमेत क्षेत्र र क्षमतामा दोहोरोपना नहोस् भनेर यस्तो निर्णय गर्नुपरेको हो,” विभागका महानिर्देशक सिंहले भने, “एक मेगावाटसम्मको सबै अधिकार स्थानीय निकायसँगनै छ तर ठूलो खोलामा कम क्षमतामा मात्र लाइसेन्स लिने, एकै समयमा विभाग र स्थानीय निकायले लाइसेन्स दिनसक्ने लगायतका समस्या र दोहोरोपना देखिने भएकोले ‘टेक्निकल क्लियरेन्स’को व्यवस्था गरेका हौं ।” उनले दोहोरोपनाको अन्त्य तथा जलस्रोतको अधिकतम उपयोगका लागि सहजीकरण गरी स्थानीय र मन्त्रालयबीचको समन्वयको लागि कार्यविधि निर्माणसमेत गर्न लागेको जानकारी दिए ।विभागले जलस्रोतको अधिकतम उपयोगको लागि क्षमता एकिन गर्ने तथा विभागले अनुमति जारी गरेको वा गर्ने चरणमा रहेका आयोजनाहरूसँग क्षेत्र दोहोरो नपर्नेगरी अनुमतिपत्र जारी गर्ने सम्बन्धमा प्राविधिक सहमति (टेक्निकल क्लियरेन्स) विभागबाट लिनुपर्ने गरी जानकारी स्वीकृति प्रदान गर्नेतर्फ आवश्यक कारबाही अघि बढाउन मन्त्रालयलाई भनिएको छ । ऊर्जा मन्त्रालयको मंसीर २६ को निर्णय भन्दै पठाइएको पत्रमा स्थानीय विकास मन्त्रालयमार्फत सबै स्थानीय तहलाई जानकारी गराउन भनिएको छ । स्थानीय विकास मन्त्रालयले समेत यसलाई सकारात्मक रूपमा लिएको छ । “स्थानीय निकायमा प्राविधिक जनशक्ति नभएकोले विभागले थप सहजीकरण गर्ने गरी पठाएको पत्र सकारात्मक छ,” मन्त्रालयका सचिव दिनेश थपलियाले भने, “एक मेगावाटभन्दा साना जलविद्युत् आयोजना बनाउन चाहानेले स्थानीय सरकारमा निवेदन दिन्छ, माथिल्लो निकायले यसको प्राविधिक पक्षबारेमा सहजीकरण गर्छ, यो स्वभाविक हो ।”विद्युत् विकास विभागलाई जानकारी दिएर एक मेगावाटसम्मको आयोजना प्रवद्र्धकहरूले निर्माण गर्न पाउने व्यवस्था रहेकोमा नयाँ संविधानको आधारमा बनेको स्थानीय निकाय सञ्चालक कार्यविधि २०७४ ले एक मेगावाटसम्मको सम्पूर्ण जिम्मेवारी स्थानीय निकायलाई दिएको छ । गत असोजदेखि कार्यान्वयनमा आएको सो ऐन स्थानीय निकायले उपयोग गर्न पाउने भए पनि स्थानीय निकायमा प्राविधिक जनशक्ति नभएको कारण अनुमतिपत्र जारी गर्ने क्रममा दोहोरोपता आउने देखिएको छ । विद्युत् विकास विभागका अनुसार हालसम्म एक मेगावाटभन्दा मुनिका १६ मेगावाट बराबरका २१ आयोजनाले विभागबाट सर्भे लाइसेन्स लिइसकेका छन् भने दुई आयोजनाले मात्र सर्भे लाइसेन्सका लागि आवेदन दिएका छन् । हालसम्म एक मेगावाटभन्दा कमका १० मेगावाट बराबरका १३ आयोजनाको निर्माण सम्पन्न भइसकेको छ ।   

Saturday, December 23, 2017

काठमाडौंमा लाङटाङको पानी, चीनलाई बिजुली

https://www.karobardaily.com/news/development/974
आइतवार, पुष ९, २०७४
नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् । ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला (लेक्चर सेरिज) मा विशेष अतिथिको रूपमा उपस्थित कुलमानले यस्ता योजना सुनाएका हुन् । सरकारका अधिकांश पूर्वसचिव, जलस्रोतविद्लगायत सहभागी कार्यक्रममा उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।” नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् । ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला (लेक्चर सेरिज) मा विशेष अतिथिको रूपमा उपस्थित कुलमानले यस्ता योजना सुनाएका हुन् । सरकारका अधिकांश पूर्वसचिव, जलस्रोतविद्लगायत सहभागी कार्यक्रममा उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।” छिमेकी राष्ट्र चीनले तिब्बतदेखि गेरुङसम्म ५०० केभीको २ हजार किलोमिटर लामो प्रसारणलाइन नेपालकै लागि बनाउन लागेको र गेरुङमा सवस्टेसन बनाइ ४०० केभीमा नेपालसम्म ल्याउने योजनाका साथ काम अघि बढेको उनको भनाइ छ । “गेरुङबाट केरुङ र रसुवागढी हुँदै २५० किलोमिटरमा गल्छीसम्म ल्याउने गरी योजना अघि बढेको छ,” उनले भने, “चीन भ्रमणको क्रममा उनीहरूले त्यो लाइनमार्फत नेपाललाई १५ सय मेगावाट बिजुली दिन तयार रहेको बताएका छन्, नेपालले दिएमा किन पनि तयार रहेको बताएका छन् ।” उनले चीनका अन्य प्रदेशमा बिजुली आवश्यक रहेको र लक्ष्यअनुसार उत्पादन बढाउन सकेमा हामीले भोलि चीनलाई बिजुली बेच्न सक्ने सम्भावना पनि रहन्छ । गत वर्षामा भारतलाई ५ करोड बराबरको बिजुली नेपालले बेचेको र हाल भारतबाट ३ सय ७२ मेगावाट आयात गरिरहेको भन्दै उनले भारतसँग इनर्जी बैंकिङको लागि छलफल अघि बढाएको पनि सुनाए । “बजार भयो भने नेपालले डेढ-दुई लाख मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्ने क्षमता छ, हाम्रो लागि भारत र वंगलादेश पनि राम्रो बजार हुन्,” उनले भने, “यसका लागि विजुली बिक्रीका लागि खुला बजार बनाउन भने आवश्यक छ ।” उनले भारतसँग बुटवल–गोरखपुरबाहेक नै थप दुई अन्तरदेशीय प्रसारणलाइनको लागि छलफल अघि बढेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले आगामी दिनमा ४ सय केभीभन्दा ठूला प्रसारणलाइन मात्र बनाइने बताए । छलफलमा उनले स्मार्ट मिटर, ग्रिड सिष्टम, चार्जिङ स्टेसनहरूको प्रवद्र्धन, सवस्टेसनमा स्टोरेज ब्याट्री वितरण प्रणालीको व्यापक सुधारलगायतका योजना अघि बढाउन लागेको जानकारी दिएका थिए । जलविद्युत् विकासका लागि हामीले कहाँ र कसरी नेतृत्व गरिरहेका छौ भन्ने बारेको आख्यानमालामा जलस्रोत विकास संस्थाका कोषाध्यक्ष डा. उपेन्द्र गौतमले कुलमानको प्रशंसा गर्दै जलविद्युत् विकासमो भावी योजनासँग आत्मनिर्भरता जोडिएको बताएका थिए । घिसिङले भने तामाकोशी बनेपछि वर्षाको अफ पिक आवरमा बिजुली खेर जाने र हिउँदको पिक आवरमा भने अझै ५ वर्ष अपुग हुने सुनाएका थिए ।  

१० वर्षभित्र जलविद्युत्मा ८ खर्ब लगानी


https://karobardaily.com/news/development/976
आइतवार, पुष ९, २०७४
आगामी १० वर्षभित्र निर्माण गरिने झन्डै २ सय जलविद्युत् आयोजनाका लागि झन्डै ८ खर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आउँदो १० वर्षमा १ सय ८० जलविद्युत् आयोजना निर्माण हुने उल्लेख छ । जसअनुसार १० वर्षभित्र ११ हजार ३ सय ९६ मेगावाट जलविद्युत् क्षमता पुग्ने भन्दै प्रतिवेदनमा त्यसका लागि ४ खर्ब १ अर्ब स्वदेशी तथा ३ खर्ब ९० अर्ब रुपैयाँ विदेशी लगानी आवश्यक रहेको औंल्याइएको छ । यस्तै, प्रसारणलाइन र सवस्टेसनका लागि मात्र ४ खर्ब आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।आगामी १० वर्षभित्र निर्माण गरिने झन्डै २ सय जलविद्युत् आयोजनाका लागि झन्डै ८ खर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आउँदो १० वर्षमा १ सय ८० जलविद्युत् आयोजना निर्माण हुने उल्लेख छ । जसअनुसार १० वर्षभित्र ११ हजार ३ सय ९६ मेगावाट जलविद्युत् क्षमता पुग्ने भन्दै प्रतिवेदनमा त्यसका लागि ४ खर्ब १ अर्ब स्वदेशी तथा ३ खर्ब ९० अर्ब रुपैयाँ विदेशी लगानी आवश्यक रहेको औंल्याइएको छ । यस्तै, प्रसारणलाइन र सवस्टेसनका लागि मात्र ४ खर्ब आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।उपाध्यक्ष वाग्लेले गत साता १ हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा बनाउन सक्नेगरी सरकारलाई बुझाइएको प्रतिवेदनमा प्रसारणलाइन र सवस्टेसन समेतका लागि गरी यो परिमाणमा लगानी आवश्यक हुने जनाइएको हो । सरकारले २०७२ सालमा १० वर्षमा १० हजार र गत वर्ष ७ वर्षमा १७ हजार मेगावाट उत्पादन गर्ने घोषणा गरेको छ । तर, यसको आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट खाका छैन । हाल माग र आपूर्तिबीचको असन्तुलित अवस्थाको अन्त्यका लागि बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजनाको निर्माण कार्य अघि बढाउनुपर्ने देखिएको छ । सरकारले बूढीगण्डकी, नलसिंहगाड, दूधकोसीलगायतका ठूला आयोजना निर्माणको प्रक्रिया अघि बढाए पनि ठूला जलाशययुक्त आयोजना निर्माण हुन सकेको छैन । अहिलेको आर्थिक वृद्धिदरलाई उच्च बनाउनका लागि जलविद्युत् विकासलाई मुख्य जोड दिइएको आइएको छ । “उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि जलविद्युत् उत्पादनलाई वृद्धि गर्नु आवश्यक छ,” आयोगका उपाध्यक्ष डा. वाग्ले भन्छन् । जल तथा ऊर्जा आयोगले गरेको विद्युत् मागको प्रक्षेपणमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदरका लागि आगामी १० वर्षमा ९ हजार ९ सय ८७ र ९.२ प्रतिशतको आर्थिक वृद्धिदरका लागि १० हजार ८ सय ३ मेगावाट विद्युत् उत्पादन आवश्यक देखाएको छ । गत आर्थिक वर्ष (२०७३-०७४) मा उच्चतम माग १ हजार ४ सय ४४ मेगावाट थियो भने गत लक्ष्मीपूजाका दिनमा १ हजार ५ सय ८ मेगावाट पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणको परम्परागत प्रक्षेपणले भने आगामी वर्षभित्र ४ हजार मेगावाटको हाराहारीमा पुग्ने देखाएको छ । नीतिगत रूपमा उच्च विद्युत् खपत गर्ने उद्योगधन्दा स्थापना सञ्चालन हुन सकेमा र खपत बढाउन सकेमा यसले अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउने आशा गरिएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालैमात्र विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट गरी ३ हजार ८ सय मेगावाटभन्दा बढी क्षमतामा आयोजनाहरू निर्माण भइरहेका र ५ हजार मेगावाट बराबरका आयोजनाले विद्युत् खरिद  सम्झौता (पीपीए) का लागि आवेदन दिएको जानकारी दिएका छन् । “चालू वर्षभित्र २ सय ५० मेगावाट उत्पादन गर्ने लक्ष्य थियो, १ सय ५० मेगावाट सम्पन्न हुने देखिएको छ,” घिसिङ भन्छन्, “आगामी वर्षहरूमा समेत धेरै आयोजनाहरू बन्दैछन्, ठूला आयोजनाहरूको निर्माणसमेत अघि बढाउन लागेका छौं ।” 

Thursday, December 21, 2017

साढे ७३ लाख नेपाली बहुआयामिक गरिबीको रेखामुनि

https://karobardaily.com/news/country/941
बिहिवार, पुष ६, २०७४

सरकारले ७३ लाख ६५ हजार अर्थात् २८.६२ प्रतिशत नेपाली बहुआयामिक गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओपीएचआई)को सहकार्यमा राष्ट्रिय बहुआयामिक गरिबी तथ्यांक (एमपीआई) सार्वजनिक गरेको हो । सरकारले ७३ लाख ६५ हजार अर्थात् २८.६२ प्रतिशत नेपाली बहुआयामिक गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओपीएचआई)को सहकार्यमा राष्ट्रिय बहुआयामिक गरिबी तथ्यांक (एमपीआई) सार्वजनिक गरेको हो । राष्ट्रिय तथ्यांक विभागले उपभोग्य वस्तुको आधारमा सार्वजनिक गरेको तथ्यांकमा २१ प्रतिशत गरिबी रहेको देखाएकोमा एमपीआईमा भने त्योभन्दा साढे ७ प्रतिशत बढी गरिबी देखिएको छ । प्रदेश र प्रतिनिधिसभाको चुनाव भएर पहिलोपटक प्रदेश सरकार बन्न लागेको बेला सार्वजनिक प्रतिवेदनमा प्रदेशस्तरको गरिबीको अवस्था र लगानी गर्नुपर्ने क्षेत्रलाई समेत औंल्याइएको छ । यसअघि सन् २००४ मा ६५ प्रतिशत र २०११ मा ४१ प्रतिशत गरिबी रहेको भन्दै एमपीआई सार्वजनिक भएको थियो । तर, त्यसमा सरकारी निकाय सहभागी थिएनन् । यो एमपीआईको तथ्यांक भने आयोगको सहभागितामा पहिलोपटक सार्वजनिक गरिएको आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले जानकारी दिए । “विश्वमा आएको पछिल्लो तथ्यांकको अनुसन्धान विधि अपनाएर गरिबीलाई सुक्ष्म रूपमा अध्ययन गरिएको छ,” प्रतिवेदन सार्वजनिक गर्दै उनले भने, “यसले आउने प्रदेश सरकारलाई आफ्ना योजना र कार्यक्रम अघि बढाउन सहयोग पुग्छ । यो प्रविधिलाई ७ सय ५३ वटै स्थानीय तहमा पुर्याउन  आवश्यक छ ।’प्रतिवेदनमा शिक्षा, स्वास्थ्य र जीवनस्तर (लिभिङ स्टाण्डर्ड) का १० सूचकांकहरूलाई विश्लेषण गरिएको छ । स्वास्थ्यअन्तर्गत कुपोषण र बालमृत्यु तथा शिक्षामा स्कुलको वर्ष र उपस्थितिका साथै जीवनस्तरतर्फ खाना पकाउने इन्धन, सरसफाइ, पानी, विद्युत्, सम्पत्तिका साथै बसोबासको अवस्थालाई सूचकांकको आधार मानेर बहुआयामिक गरिबीको सूचकांक सार्वजनिक गरिएको ओपीएचआईकी निर्देशक डा. सविना अल्किरेले जानकारी दिइन् । तथ्यांकले सबैभन्दा बढी प्रदेश नम्बर ७ र सबैभन्दा कम प्रदेश नम्बर ३ मा गरिबी देखाएको छ । संख्याका आधारमा भने सबैभन्दा बढी प्रदेश नम्बर २ मा २५ लाख तथा सबैभन्दा कम प्रदेश नम्बर ४ मा ३ लाख ४० हजार बहुआयामिक गरिबीको रेखामुनि रहेको देखाएको छ । प्रतिवेदनअनुसार सबैभन्दा बढी गरिबी प्रदेश नम्बर ६ मा ५१.२२ प्रतिशत अर्थात् ६ लाख देखिएको छ । यो नेपालको कुल गरिबीभन्दा २१ प्रतिशत बढी हो । त्यसैगरी प्रदेश नम्बर २ मा ४७.८९ प्रतिशत अर्थात् २५ लाख, प्रदेश नम्बर ७ मा ३३.५६ प्रतिशत अर्थात् ८ लाख ५० गरिब र प्रदेश नम्बर ५ मा २९.९२ प्रतिशत अर्थात् १५ लाख रहेको प्रतिवेदनले देखाएको छ । तथ्यांकले प्रदेश नम्बर ६, ७, २ र ५ मा औसतभन्दा बढी बहुआयामिक गरिबी रहेको देखाएको छ ।  त्यसैगरी प्रदेश नम्बर १ मा १९.६७ प्रतिशत अर्थात् ९ लाख, प्रदेश नम्बर ४ मा १४.१९ अर्थात् ३ लाख ४० हजार र प्रदेश नम्बर ३ मा १२.२४ प्रतिशत अर्थात् ६ लाख ७५ हजार गरिब रहेको प्रतिवेदनले देखाएको छ । यी सबै प्रदेशमा औसतभन्दा कममात्र गरिबी छ । प्रतिवेदनले प्रदेश नम्बर २ मा सबैभन्दा बढी १७.४ प्रतिशत कुपोषण तथा ११ प्रतिशत सरसफाइमा कमजोर अवस्था रहेको देखाएको छ । बहुआयमिक गरिबीको तथ्यांकले प्रदेश क्षेत्रमा स्रोतको बाँडफाँड र परिचालन तथा योजना बनाउन सहज हुने तथ्यांक विभागका महानिर्देशक डा. सुमन अर्याल बताउँछन् । “तथ्यांक विभागले निकालेको गरिबी र यो फरक हो । यो तथ्यांकले प्रदेशलाई बजेट बाँडफाँड गर्न सहज हुन्छ,” उनले भने ।

Wednesday, December 20, 2017

नेपालले निजी क्षेत्र र अन्तर्राष्ट्रिय निजी लगानीकर्तालाई आकर्षित गर्नुपर्छ


https://www.karobardaily.com/index.php/news/interview/929
बुधवार, पुष ५, २०७४
सोफी केम्खाड्जे संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का नेपालका लागि उपराष्ट्रिय निर्देशक हुन् । १० वर्षअघि यूएनडीपीमा प्रवेश गरेकी सोफीसँग यूएनडीपीकै अर्मेनियामा उपकार्यकारी आवासीय प्रतिनिधिका रूपमा समेत काम गरेको अनुभव छ । सन् २००८ देखि कम्युनिटी डिभलपमेन्ट इनिसिएटिभ अफ द ब्रिटिस पेट्रोलियम एक्स्प्लोरेसनको सल्लाहकार समूहको सदस्य रहेकी सोफीले अर्थशास्त्र र नीतिमा स्नातकोत्तर गर्नुका साथै विद्यावारिधि (पीएचडी) गरेकी छन् । नेपाल सरकारले पनि दिगो विकास लक्ष्य (एसडीजी) मा प्रतिबद्धता जनाइसकेको छ भने यसबारे प्रारम्भिक प्रतिवेदनसमेत तयार गरिसकेको छ । नेपालमा एसडीजी कार्यान्वयनका लागि भइरहेका पहल, नेपालको लक्ष्य र अवस्था, निजी क्षेत्रको भूमिका र यूएनडीपीले चालेको कदम र भूमिकाबारे केम्खाड्जेसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा नेपाल कुन अवस्थामा छ ?
दिगो विकास लक्ष्यको कार्यान्वयन विश्वव्यापी चुनौतीको विषय हो, तर सबै सरोकारवालाको साथ भए ती लक्ष्य हासिल गर्न सकिन्छ । दिगो विकास लक्ष्यका सम्बन्धमा आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्ने देशमध्ये नेपाल एक रहेको कुरा उल्लेखनीय छ । नेपालले यसको कार्यान्वयनका सम्बन्धमा भएको प्रगतिको पनि सक्रियतापूर्वक अनुगमन गरिरहेको छ । त्यसको एउटा उदाहरण, हालै सम्पन्न उच्चस्तरीय राजनीतिक मञ्च (हाई लेभल पोलिटिकल फोरम, एचएलपीएफ) मा स्वेच्छिक राष्ट्रिय प्रतिवेदन (सन् २०१७) साथ नेपालले जनाएको सहभागितालाई लिन सकिन्छ । त्यस प्रतिवेदनले गरिबी न्यूनीकरण र मानव विकासमा उल्लेखनीय प्रगति भएको देखाएको छ । यसले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपालको प्रतिबद्धतालाई जनाउँछ । संयुक्त राष्ट्रसंघको विकास निकायको हैसियतले दिगो विकास लक्ष्यहरूको सहजीकरणमा यूएनडीपीको विशेष कार्यादेश र भूमिका रहेको छ । नेपालमा हामी दिगो विकास लक्ष्यहरूलाई नेपालको राष्ट्रिय परिवेशअनुकूल बनाउन र स्थानीयकरण गर्न नेपाल सरकारसँग काम गरिरहेका छौं । दिगो विकास लक्ष्यहरूको संयोजन र कार्यान्वयन गर्न नेपाल सरकारले दुईवटा उच्चस्तरीय समितिको पनि गठन गरेको छ । तीमध्ये प्रधानमन्त्रीले दिगो विकास लक्ष्य सञ्चालक समितिको र राष्ट्रिय योजना आयोगका उपाध्यक्षले दिगो विकास लक्ष्यको कार्यान्वयन, संयोजन र अनुगमन समितिको अध्यक्षता गर्छन् । 
यसका अतिरिक्त दिगो विकास लक्ष्यहरूलाई स्थानीयकरण गर्ने प्रक्रियामा निजी क्षेत्र, सञ्चार माध्यम, युवा समूह र नागरिक समाजलाई पनि संलग्न गराउने कार्यमा प्रगति भएको छ । नागरिक समाज समूहहरूले दिगो विकास लक्ष्यहरूका लागि अनौपचारिक गठबन्धन (अलायन्स फर एसडिजिज) निर्माण गरेर विश्वव्यापी लक्ष्यहरूका सम्बन्धमा वकालत गरिरहेका छन् । त्यसैगरी निजी क्षेत्र पनि ‘दिगो विकास लक्ष्यहरूका लागि व्यावसायिक गठबन्धन’ निर्माण गरेर अगाडि बढेको छ ।
दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपालका चुनौतीहरू केके छन् ?
अहिलेसम्म भएका कार्यहरू दिगो विकास लक्ष्य प्राप्तिका लागि सुरु गरिएका प्रारम्भिक उपलब्धि मात्रै हुन्, अधिकांश चुनौती अगाडि आउँदैछन् । दिगो विकास लक्ष्यहरू अन्तरसम्बन्धित, विभाजन गर्न नसकिने र महत्वकांक्षी छन् । त्यसैले तिनले नेपालजस्ता देशका लागि कार्यान्वयनमा प्रमुख चुनौती सिर्जना गरिदिएका छन् । सन् २०३० सम्म यी लक्ष्य हासिल गर्न नेपालका लागि परिकल्पना र प्रभावकारी लगानी रणनीति महत्वपूर्ण रहेका छन् । नेपालको संविधानले परिकल्पना गरेअनुसार सामाजिक–आर्थिक विकासमा लगानी गर्नका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रबाट स्रोतको-लगानीको पूरक परिचालन महत्वपूर्ण छ । योजना र बजेट तर्जुमा प्रक्रियामार्फत दिगो विकास लक्ष्यहरूलाई प्रादेशिक र स्थानीय तहमा मूलप्रवाहीकरण गर्नु ठूलो अवसर र चुनौती दुवै रहेको छ । प्रादेशिक तहको तथ्यांकको अपर्याप्तता, नीतिगत समायोजन र लगानी प्रमुख चुनौती रहने छन् । प्रादेशिक पुँजी र उद्यमशीलतालाई आकर्षित गर्ने सुधार कार्यका लागि विभिन्न क्षेत्रका बीचमा संयोजित स्रोत परिचालन र सरकार, निजी क्षेत्र र विकास साझेदारहरूबीचको त्रिकोणात्मक साझेदारीमा उल्लेख्य विस्तार आवश्यक पर्नेछन् । दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि राष्ट्रिय तहमा राजनीतिक र आर्थिक क्षेत्रका सरोकारवालाहरू र स्रोतको परिचालन तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा बलियो साझेदारी निर्माण महत्वपूर्ण रहेका छन् । हासिल भएका प्रगतिका सम्बन्धमा अनुगमन र मूल्यांकन गर्नका लागि एउटा बलियो संयन्त्र महत्वमा रहन्छ । अहिलेसम्म भएका कार्यहरूको समीक्षाबाट प्राप्त सुझाव र सुधारका उपायहरूलाई ध्यानमा राख्दै दिगो विकास लक्ष्य प्राप्त गर्न विस्तृत उपायहरू अवलम्बन गर्नु आवश्यक छ ।
दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्न नेपालले स्रोतसाधन कसरी सुनिश्चित गर्न सक्छ ? यसका लागि लागत अनुमान गरिएको छ ?
स्रोत सिर्जनाका हिसाबले दिगो विकास लक्ष्यहरू नेपालका लागि मात्र महत्वकांक्षी देखिँदैनन् । बरु यी पूरै विश्वका लागि महŒवाकांक्षी छन् । विश्वव्यापी रूपमा प्रतिवर्ष यसको खर्च करिब २५ खर्ब अमेरिकी डलर (२.५ ट्रिलियन डलर) रहने सोझो अनुमान छ । आन्तरिक लगानी र अन्तर्राष्ट्रिय सहायता दुवै कम हुने भएकाले अरू देशहरू जस्तै नेपालले परम्परागतभन्दा भिन्न स्रोतको परिचालन र साझेदारीको खोजी गर्नु आवश्यक छ । त्यसैगरी सरकारले तुलनात्मक रूपमा प्रभावकारी नीति, कर प्रशासन र प्रोत्साहनमार्फत प्रत्यक्ष वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार पार्नुपर्छ । 
यस क्षेत्रमा बढ्दै गरेको दक्षिण–दक्षिण सहायता र लगानीले पूर्वाधारजस्ता क्षेत्रहरूमा रहेको लगानीको अभाव कम गर्ने एउटा अवसर प्रदान गरेको छ । भविष्यमा अन्तर्राष्ट्रिय सार्वजनिक लगानी (जलवायुको क्षेत्रमा लगानीसमेत) मा हुने सम्भाव्य वृद्धिका लागि नेपालले अग्रिम योजना गर्नुपर्छ ।
नेपालमा उल्लेखनीय अनौपचारिक अर्थतन्त्र रहेको छ । सरकारले यी अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरमा ल्याई उनीहरूको स्वास्थ्य, शिक्षा, रोजगारी, समानतालगायतका दिगो विकासका विभिन्न लक्ष्यमा हुन सक्ने योगदानलाई बढाउन सकिने अवसरहरू छन् । नेपालले विभिन्न स्किम-प्रणाली, सार्वजनिक निजी साझेदारी वा अन्य माध्यममार्फत व्यापारिक क्षेत्रलाई सुधारी निजी लगानीलाई उचित रूपमा प्रयोग गर्न सके यसले रोजगारी उत्पादन विकास तथा नवीन खोज र प्रविधिमा मद्दत गर्नेछ ।
निजी क्षेत्रका लागि कस्तो भूमिका देख्नुहुन्छ ?
यूएनडीपीले कुनै पनि देशको समतामूलक स्थायी विकासको सुनिश्चितताका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास गर्छ । दिगो विकासका लक्ष्यले शान्ति, स्थायित्व र दिगोपन कायम गर्न निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारका रूपमा लिएको छ । साझेदार संस्थाहरूसँग दुई वर्ष लामो बहस र छलफलपछि दिगो विकास लक्ष्य जारी गरिएको थियो । दिगो विकास लक्ष्यले व्यवसायका लागि अवसरहरू प्रदान गरेको छ । हामीले दिगो विकास लक्ष्यलाई थप उचाइमा लैजान निजी क्षेत्रको भूमिकाको विषयमा कुरा गर्दा परम्परागत सामाजिक उत्तरदायित्वको विषयलाई मात्र जोड दिएका छैनौं । आर्थिक वृद्धिका इन्जिनका रूपमा काम गरिरहेको निजी क्षेत्रले दिगो विकास लक्ष्यको क्षेत्रमा पहिलेदेखि नै योगदान पुर्याइरहेको छ । व्यावहारिक हिसाबले जिम्मेवारी र इमानदारीपूर्वक गरिएको व्यवसाय पनि त्यति नै मुनाफायुक्त हुन्छ । नयाँ वातावरणीय चुनौतीले व्यवसायका लागि नयाँ अवसर पनि सिर्जना गरेको छ । उनीहरूले कार्बन उत्सर्जनलाई घटाउने, रोजगारी सिर्जना गर्न, भ्रष्टाचारका नियन्त्रण र मानवअधिकार प्रवद्र्धन तथा वातावरण संरक्षणमा योगदान गर्न सक्छन् । निजी क्षेत्रले दिगो विकासका लक्ष्यलाई नवीन खोज र प्रविधि भित्र्याई दिगो विकास लक्ष्य प्राप्त गर्ने कार्यमा थप ऊर्जा प्रदान गर्न सक्छ । प्रभावकारी सरकारी–निजी क्षेत्रको साझेदारीले उत्तरदायित्व, प्रविधि र कार्यकुशलताको सम्मिश्रण ल्याउन मद्दत गर्छ ।
निजी क्षेत्रलाई लामो समयदेखि व्यावसायिक वातावरण नभएको गुनासो गरिरहेका छन् । धराशाही भइरहेको नेपाल निजी क्षेत्रबाट नेपालले कसरी थप अपेक्षा गर्न सक्छ ?
उद्योगमैत्री नीतिको अभावमा व्यापार व्यवसाय फस्टाउन नसकेको सही हो । यसैगरी व्यावसायिक क्षेत्रको वृद्धि र तिनको योगदानबिना दिगो विकासका लक्ष्यहरू पनि सीमित हुन्छन् । यो सरकार र निजी क्षेत्रमा सामूहिक प्रयासबाटै सुधार गर्न सकिन्छ । राम्रो व्यावसायिक वातावरण, स्वदेशी निजीलाई सुधारका लागि मात्र नभई विदेशिक लगानी आकर्षित गर्नका लागि आवश्यक छ । नेपाल सरकारले देशभित्रको निजी क्षेत्र र अन्तर्राष्ट्रिय निजी लगानीकर्तालाई आकर्षित गर्न लागि काम गर्नुपर्छ । उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले नोभेम्बर २१ मा सम्पन्न व्यापार सम्मेलनमा भनेजस्तै नेपाल सरकारले निजी क्षेत्रको केही गुनासो भए तिनलाई सुन्नका लागि ढोका सधैं खुला राखेको छ । त्यसैगरी व्यावसायिक वातावरणको सुनिश्चितता गर्न छलफल गर्न तयार छ । यो निकै राम्रो संकेत हो ।
दिगो विकासका लक्ष्यको क्षेत्रमा यूएनडीपीले नेपाललाई कसरी सहयोग गरिरहेको छ ?
यूएनडीपीले राष्ट्रिय योजना आयोगसँगको साझेदारीलाई दिगो विकास लक्ष्यलाई राष्ट्रियकरण गर्न विभिन्न प्राविधिक सहयोग पुर्याउँदै आएको छ । मुख्य रूपमा नेपालका दीर्घकालीन योजनाहरू, राष्ट्रिय नीति तथा बजेट तर्जुमामा दिगो विकास लक्ष्यलाई समायोजन गर्न सहयोग गर्दै आएको छ । उदाहरणका लागि नेपालको दिगो विकास लक्ष्यसम्बन्धी बेसलाइन तथा दिगो विकास लक्ष्य कार्यान्वयन रणनीति तयार गर्न सहयोग गरेको छ । यसैगरी राष्ट्रिय मूल्यांकन तथा अनुगमन खाका तयार गर्ने विषयमा यूएनडीपीले प्रदान गरेको सहयोगले नेपाल सरकारलाई आफ्ना विकास योजनाहरूको कार्यान्वयन दिगो विकास लक्ष्य प्राप्त गर्न सफल भए-नभएको कुरा वैज्ञानिक तरिकाले अनुगमन गर्न मद्दत पुगेको छ । 
संयुक्त राष्ट्रसंघले नेपालस्थित आफ्ना सबै निकायहरू सम्मिलित दिगो विकास लक्ष्यसम्बन्धी कार्यसमिति गठन भएको छ, जसले नेपाल सरकारलाई आवश्यक प्राविधिक सहयोग गर्छ । त्यसैगरी यूएनडीपीको सहयोगमा गठन गरिएको सांसदहरूकोे दिगो विकास लक्ष्यसम्बन्धी अनौपचारिक समितिले संसद्मा दिगो विकास लक्ष्यका बारेमा वकालत गर्दै आएको छ । यूएनडीपीले गैरसरकारी संस्था, युवा सञ्जाल, प्राज्ञिक निकाय, निजी क्षेत्रसँगको सहकार्यमा दिगो विकाससम्बन्धी जनचेतना तथा वकालत गरिरहेको छ । दिगो विकास लक्ष्य लागू भएसँगै यसको जनचेतनाका लागि यूएनडीपीले दिगो विकासका लागि युवाको भूमिका, जलवायु परिवर्तन, लैंगिक समानता, युवा तथा स्वयमसेवा, नवीन खोज र प्रविधि लगायतका विभिन्न विषयमा ४० वटाभन्दा बढी आन्तरक्रिया आयोजना गरिसकेको छ । यी गतिविधिको मूल उद्देश्य दिगो विकास लक्ष्यको सन्देश अधिकतम जनतामाझ पुर्याउनु थियो; अर्थात् एजेन्डा २०३० मा आफ्नो भूमिका निर्वाह गर्नका निम्ति प्रत्येक नागरिकलाई प्रेरणा दिलाउनु थियो । यसले सरकारी अधिकारी, नागरिक समाज र जनताबीच चेतना जगाउने काम मात्र नगरी सम्बन्धित निकायहरूलाई आफ्नोे भूमिका सही रूपमा निर्वाह गर्न उत्तरदायी बनाउन सक्ने सजग र सबल समुदायको पनि निर्माण गरेको छ ।

Tuesday, December 19, 2017

बूढीगण्डकी बनाउन स्वदेशबाटै ३ खर्ब ६७ अर्ब

https://karobardaily.com/news/economy/905


मंगलबार, पुष ४, २०७४
१२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ ।१२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ ।मन्त्रिपरिषद्ले स्वदेशी प्रविधि र जनशक्तिको उपयोग गरेर स्वदेशी लगानीमा आयोजना कसरी निर्माण गर्न सकिन्छ भनेर वाग्लेको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल, अर्थसचिव शंकरप्रसाद अधिकारी, ऊर्जासचिव अनुपकुमार उपाध्याय र सहसचिव दिनेश घिमिरे तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य थिए । समितिका संयोजक वाग्लेले सोमबार उपप्रधान एवं ऊर्जामन्त्री कमल थापालाई बुझाएको प्रतिवेदनमा बूढीगण्डकी आयोजनाका लागि सर्वसाधारणदेखि विभिन्न सरकारी र अन्य निकायबाट ३ खर्ब ६७ अर्बसम्म लगानी जुटाउन सकिने उल्लेख छ । प्रतिवेदन बुझ्दै मन्त्री थापाले स्वदेशी लगानीमै आयोजना अघि बढाउने गरी मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरिसकेको र बूढीगण्डकी आयोजनाबारे पक्ष र विपक्षमा उभिनुभन्दा पनि राष्ट्रको वृहत्तर हितका लागि अघि आयोजना बढाउनुपर्ने बताए । “पहिला नै सरकारले स्वदेशी लगानीमै बनाउने निर्णय गरेकोमा त्यसलाई ठोस रूप दिनका लागि मन्त्रिपरिषद्ले स्वदेशी लगानीमा अघि बढाउने निर्णय गरेको हो,” उनले भने, “बूढीगण्डकी आयोजना निर्माणका लागि पूर्वतयारीको काम हामीले गरेका छौं, नयाँ आउने सरकारलाई स्वदेशी लगानीमा अघि बढाउन धेरै सहज बनेको छ ।”गत जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिइसकेपछि पनि बूढीगण्डकीमा लगानी जुटाउन कठिन हुने भन्दै विवादास्पदत चिनियाँ कम्पनीलाई निर्माणका लागि दिने समझदारी गरिएको थियो । करछलीमा विवादित चाइना गेजुवालाई बिनाप्रतिस्पर्धा ईपीसी मोडलको कार्यविधिसमेत नबन्दै आयोजना दिइएको भन्दै यसको सर्वत्र विरोध भएको थियो । संसदीय समितिले उक्त समझदारी खारेज गर्न निर्देशन दिएपछि कात्तिकमा सो कम्पनीसँगको समझदारी हालको शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेर स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । जसका लागि  मंसिर ८ मा वाग्लेको संयोजकत्वमा गठन भएकोसमितिले भने स्वदेशबाटै लगानी जुटाउन सकिने निष्कर्ष निकालेको हो । परामर्शदाता ट्राकबेल कम्पनीले गरेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा आयोजनाको लागत २ खर्ब ५९ अर्ब लाग्ने उल्लेख गरेकोमा समितिले भने मूल्यवृद्धि लगायतका कारणले बढीमा २ खर्ब ७० अर्ब लाग्ने अनुमानको आधारमा विश्लेषण गरेको छ । प्रतिवेदनमा वार्षिक विनियोजित बजेट र इन्धनमा लगाइने कार्बन करबाट १ सय ४० अर्बदेखि १ सय ६० अर्बसम्म, विद्युत् प्राधिकरणले १० देखि २० अर्ब, कर्मचारी सञ्चय कोषबाट ३० देखि ५० अर्ब, नागरिक लगानी कोषबाट ३० देखि ४० अर्ब तथा नेपाल टेलिकमबाट १५ देखि २० अर्ब लगानी जुटाउन सकिने उल्लेख छ । यस्तै, राष्ट्रिय बिमा संस्थान÷कम्पनीहरूबाट १० देखि २० अर्ब, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसियल) बाट १० देखि १५ अर्ब, अपर तामाकोसी जलविद्युत् कम्पनीबाट ७ देखि १० अर्ब र नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषबाट ५ देखि ७ अर्बका साथै सर्वसाधारण र विप्रेषणबाट १० देखि २० अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने प्रतिवेदनमा उल्लेख छ । संयोजक वाग्लेले लगानी गर्न सक्ने निकायहरूलाई बोलाएर छलफल गर्दा सबै लगानीका लागि तयार भएको बताए । “सेना र प्रहरी कोषको रकम समेत ऋणमा लगानी गर्न सक्ने अवस्था रहेछ,” उनले भने, “बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीबाट बनाउन सकिने आधारहरू देखियो ।”समितिले विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा विशिष्टीकृत आयोजना कार्यान्वयन इकाई (एसपीभी)स्थापना गरी स्वदेशी निकायहरूबाटै अघि बढाउन सकिने निष्कर्ष निकाल्दै आयोजनालाई वित्तीय रूपमा सम्भाव्य बनाउनुपर्ने उल्लेख गरेको छ । जसका लागि नेपाल सरकारले पुनर्वास, जग्गा अधिग्रहण तथा अन्य भौतिक पूर्वाधार विकासका लागि आयोजनाको कुल लागतको करिव ३५ प्रतिशत अर्थात ९४ अर्ब रकम भायबिलिटी ग्याप फण्डिङ गर्ने वा सरकारले अति सहुलियत दरमा ऋणमार्फत उपलब्ध गराउन सक्ने र यसका लागि पेट्रोलियम इन्धनमा लगाएको पूर्वाधार र कार्वन करबाट पूर्ति गर्नसक्ने उल्लेख गरेको छ । सरकारले ९४ अर्ब भाइबिलिटी ग्याप फण्डिङमार्फत लगानी गरेमा आयोजनाको लागत १ सय ७६ अर्ब हुने र आयोजना आर्थिक रूपमा सम्भाव्य हुने उल्लेख गर्दै प्रतिवेदनमा विद्युत् प्राधिकरणमार्फत एसपीभीको रूपमा सहायक कम्पनी खडा गरी ३० प्रतिशत इक्विटी (स्वँपुजी) र ७० प्रतिशत ऋणमा आयोजना अघि बढाउन सकिने उल्लेख छ । एसपीभीबाहेक दोस्रो विकल्पको रूपमा सरकारको पूर्ण लगानीमा प्राधिकरणले र तेस्रो इन्जिनियरिङ, प्रोक्योरमेन्ट एण्ड फाइनान्स (इपीसीएफ) मोडेलमा आयोजना अघि बढाउन सकिने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माण भइ सञ्चालनमा आउँदा तल्लो तटीय फाइदाहरूबारे लाभ र हानीको विश्लेषण गरी प्रचलित अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा विज्ञहरूबाट त्यस्तो मूल्यांकन र लाभ लागत बाँडफाँडको खाका तयार हुने एवं तल्लो तटीय देशहरूसंग आवश्यक वार्ता, छलफल अघि बढाउन सरकारले पहल गर्नुपर्ने उल्लेख छ । यस्तै, जलाशयसँग सम्बन्धित आर्थिक सामाजिक सकारात्मक प्रभाव बढाउन र नकारात्मक  प्रभावहरूको न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय तह संलग्न एकीकृत विकास योजना र लगानीको रणनीति बनाउन प्रारम्भ गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । जलाशयमा सञ्चित हुने पानीले तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण, जल यातायात, सिँचाइ, मत्यस्पालन लगायतका लाभ लिनसक्ने उल्लेख गर्दै ऊर्जा सुरक्षाका लागि पनि यो आयोजना महत्वपूर्ण रहेको  र काठमाडौं, चितवन, पोखराजस्ता लोड सेन्टरबाट नजिक रहेका कारण रणनीतिक रूपमा समेत महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सकेमा पुँजी निर्माण हुने, पुँजीगत खर्चमा वृद्धि भई राजस्व परिचालनमा वृद्धि हुने, आर्थिक क्रियाकलापहरू विस्तार भई कुल गार्हस्थ्य उत्पादन वृद्धि हुने तथा विद्युत उत्पादनपछि उल्लेख रूपमा व्यापार घाटा हुने प्रतिवेदनमा उल्लेख छ । 
सम्भावित लगानी स्रोत (रु. अर्बमा)नेपाल सरकार                 १४०–१६०
विद्युत् प्राधिकरण              १०–२०
नागरिक लगानी कोष         ३०–४०
नेपाल टेलिकम                १५–२०
राष्ट्रिय बिमा संस्थान           १०–२० 
एचआईडीसीएल              १०–१५
अपर तामाकोसी              ७–१० 
सेना र प्रहरी                  ५–७
 सर्वसाधारण                 १०–२० 

Monday, December 18, 2017

सोलारको बिजुली प्राधिकरणलाई बेच्न बाटो खुल्यो

https://karobardaily.com/news/development/886
सोमवार, पुष ३, २०७४
घरायसी र व्यापारिक दुवै रूपमा उत्पादित सौर्य ऊर्जा सरकारलाई बिक्री गर्न बाटो खुलेको छ । ऊर्जा मन्त्रालयले ग्रिड कनेक्टेड ‘सौर्य विद्युत् ऊर्जा विकास समिति कार्यविधि–२०७४’ लागू गरेसँगै घरमै उत्पादित बिजुली बिक्रीका लागि घरायासी र व्यापारिक दुवैलाई बाटो खुलेको हो । कार्यविधिमा प्रणालीको कुल जडित क्षमताको १५ प्रतिशतसम्म सोलार जडान गर्न विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्थासमेत गरेको छ । 
२०७२ मा सरकारले ल्याएको १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यमा १० देखि १५ प्रतिशतसम्म सोलार लगायतका वैकल्पिक ऊर्जाद्वारा उत्पादित विद्युत् उत्पादन गर्ने उल्लेख छ । तर, कार्यविधि नहुँदा सोलारमार्फत विद्युत् उत्पादन गर्ने योजना अघि बढेको थिएन । घरका छतमा सोलार राखेर उत्पादित बिजुली प्राधिकरणको केन्द्रीय ग्रिडमा जोड्न सकेमा ऊर्जा संकट न्यूनीकरणमा सहयोग हुने आवाज लामो समयदेखि उठ्दै आए पनि कार्यान्वयनमा आएको थिएन । यसले सोलारमार्फत बिजुली उत्पादनका लागि सहज बनेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल सोलारमार्फत उत्पादित बिजुली पनि केन्द्रीय ग्रिडमा जडानयोग्य भएको र यसले सोलारमार्फत बिजुली उत्पादनका लागि बाटो खुलेको बताउँछन् । “सोलारमार्फत उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्नका लागि वैधानिक रूपमा बाटो खुलेको छ, यसले दिउँसोको बिजुलीको मागलाई सम्बोधन गर्न सहज बनाएको छ,” उनले भने ।
कार्यविधिले सोलार आयोजनासँग लेऊ वा तिर (टेक अर पे)मा प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा तीन वर्षसम्मका लागि पीपीए गर्ने र ३ प्रतिशतका दरले आठ पटक थप वार्षिक वृद्धि (स्कालेसन) गर्ने समेत उल्लेख गरेको छ । कार्यविधिले ५ सय वाटदेखि १० किलोवाटसम्मको घरायसी (रुफटप) तथा १० किलोवाटदेखि माथिका संस्थागत सोलारका साथै ५ सय किलोवाटमाथि व्यापारिक आयोजनालाई समेत समेटेको छ । एक मेगावाटभन्दा कम जडान क्षमताका रुफटप वा संस्थागत र व्यापारिक सोलार आयोजनाले विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जडान गर्न विद्युत् प्राधिकरणमा निवेदन दिनुपर्ने उल्लेख छ । यस्ता आयोजनाका लागि सरकारले उपलब्ध गराउने छुट तथा सुविधा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध हुने जनाएको छ । कार्यविधिले घरायसी तथा संस्थागत सोलार आयोजना इनर्जी गणना नेट इनर्जी मिटर जडान गरिने उल्लेख छ । अब सर्वसाधारणले रुफटपमा सोलार उत्पादन गरेकामा दिनभर प्राधिकरणमा बेच्नेछन् भने बिहान, साँझ र राती प्राधिकरणमार्फत बिजुली उपयोग गरेर दिउँसो बेचिएको बिजुलीबाट आफ्नो महशुल कटाउन पाउनेछन् । 
कार्यविधिले एक मेगावाटभन्दा ठूला सौर्य ऊर्जा सर्भेक्षण अनुमतिप्राप्त सबै प्रकारका सौर्य ऊर्जा प्रवद्र्धकले तोके बमोजिमको ढाँचामा विद्युत् विकास विभागमा निवेदन दिनुपर्ने र एक वर्षको लागि सर्भेक्षण अध्ययन अनुमतिपत्र दिइने व्यवस्था पनि गरिएको छ । जलविद्युत् आयोजनामा जस्तै सोलार उत्पादन तथा प्रसारणका लागि विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको कार्यविधिमा व्यापारिक हकमा उत्पादन अनुमतिपत्रपत्रको अवधि ३५ वर्ष हुने उल्लेख गरिएको छ । उत्पादन अनुमति लिएको दुई वर्षभित्र विद्युत् उत्पादन सुरु गर्नुपर्ने उल्लेख गर्दै कार्यविधिमा विद्युत् ऐन तथा अन्य प्रचलित कानुनमा सौर्य विद्युत्मा रोयल्टीसम्बन्धी व्यवस्था नभएकोले नलाग्ने उल्लेख छ । यो कार्यविधि अनुसार ऊर्जा प्रवद्र्धकले सरकारलाई रोयल्टी भने तिर्नुपर्ने छैन ।

Saturday, December 16, 2017

संघीयतामा अलमल जलविद्युत् क्षेत्र

शुक्रवार, मंसिर २९, २०७४
स्थानीय निकायको चुनाव सम्पन्न भएर प्रतिनीधिसभा र प्रदेश सभाको परिणाम अन्तिम चरणमा पुगेको छ । मुलुक संघीयतामा प्रवेश गरेपछि त्यसको कार्यान्वयनका लागि चुनाव सबैभन्दा बलियो आधार हो । नेपालको संविधान २०७२ ले संघीयतामा मुलुकलाई प्रवेश गराएपछिको चुनावसँगै अब संघीयता पूर्ण कार्यान्वयनमा आउने चरणमा छ तर जलविद्युत क्षेत्रमा भने अलमल देखिएको छ । संविधानले संघ, प्रदेश र स्थानीयको अधिकार प्रत्यायोजित गरे पनि यसलाई अघि बढाउनका लागि स्पष्ट नीति आउन नसकेका कारण यस्तो अलमल देखिएको हो । स्थानीय निकायको चुनाव सम्पन्न भएर प्रतिनीधिसभा र प्रदेश सभाको परिणाम अन्तिम चरणमा पुगेको छ । मुलुक संघीयतामा प्रवेश गरेपछि त्यसको कार्यान्वयनका लागि चुनाव सबैभन्दा बलियो आधार हो । नेपालको संविधान २०७२ ले संघीयतामा मुलुकलाई प्रवेश गराएपछिको चुनावसँगै अब संघीयता पूर्ण कार्यान्वयनमा आउने चरणमा छ तर जलविद्युत क्षेत्रमा भने अलमल देखिएको छ । संविधानले संघ, प्रदेश र स्थानीयको अधिकार प्रत्यायोजित गरे पनि यसलाई अघि बढाउनका लागि स्पष्ट नीति आउन नसकेका कारण यस्तो अलमल देखिएको हो । संविधानले प्राकृतिक साधनस्रोतको संरक्षण, सम्बद्र्धन र उपयोग सम्बन्धी नीतिबारे उल्लेख गर्दै राष्ट्रिय हित अनुकूल तथा अन्तर्पुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको संरक्षण, सम्बद्र्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्रतिफलहरूको न्यायोचित वितरण गर्ने उल्लेख गरेको छ । त्यसैगरी जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै जलस्रोतको बहुउपयोगी विकास गर्ने र नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने  उल्लेख गरेको छ । संविधानले जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड बनाउने उल्लेख गरेको छ तर यस सम्बन्धी हालसम्म मापदण्ड बनाउने कार्य अघि बढेको छैन । संघलाई अन्तर्देशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन तथा ठूला विद्युत, सिञ्चाइ र अन्य आयोजना तथा परियोजना अघि बढाउने उल्लेख गरिएको छ । त्यसैगरी प्रदेशस्तरको विद्युत, सिञ्चाइ र खानेपानी निर्माणको जिम्मा प्रदेश सरकारलाई दिइएको छ । संघ र प्रदेशलाई प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षणको जिम्मेवारी दिइएको छ । स्थानीय सरकारलाई साना जलविद्युत् र वैकल्पिक ऊर्जाको अधिकार दिइएको छ । तर, हालसम्म कोष स्थापना हुन सकेको छैन । हुन त प्राकृतिक स्रोत बाँडफाँड गर्न प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरिएको छ । यसमा कुनै विवाद आएमा त्यसले निक्र्योल गर्छ तर स्रोतमाथिको अधिकारबारे स्थानीय स्तरमा विगतमा र अहिले देखिंदै आएका विवाद समाधान गर्नु कम्ती कठिन कुरा छैन । जहाँसम्म प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको वितरण गर्ने भनिएको छ, त्यसमा विद्युत रोयल्टीमा केन्द्रलाई  ५० प्रतिशत तथा स्थानीय र प्रदेशलाई २५÷२५ प्रतिशत दिने अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ ले स्पष्ट पारेको छ । तर, सरकार, प्रदेश र स्थानीय तहबीच संघीय कानुन बमोजिम प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको बाँडफाँट गर्न नेपाल सरकारले एक संघीय विभाज्य कोष खडा गरी त्यस्तो रोयल्टीबाट प्राप्त रकम सो कोषमा जम्मा गर्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई एक मेगावाटसम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमनको जिम्मेवारी दिइएको छ । त्यसैगरी स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन नियमन, स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,  स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवद्र्धनका साथै साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्यको जिम्मेवारी दिइएको छ । तर, हालसम्म यससँग सम्बन्धी कुनै मापदण्ड, नियमन र नीति, कानुन केही बनेका छैनन् । उपलब्ध साधन, स्रोत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, राष्ट्रिय परियोजना, विदेशी लगानीका परियोजनाको सन्दर्भमा अन्तरप्रदेश तथा प्रदेश र संघबीच समन्वय स्थापित गराई आर्थिक विकासलाई गतिशीलता प्रदान गर्ने जस्ता संविधानले दिएका अधिकारको कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायमा स्पष्ट पूर्वाधार र संरचना छैन । मन्त्रालयको नाममै अलमलसंघ र प्रदेशमा कति मन्त्रालय राख्ने भन्ने अझै टुंगिएको छैन । प्रदेश र प्रतिनिधिसभाका चुनाव भइसकेको अवस्थामा अब संघ र प्रदेश सरकार बन्छ तर कुन कुन मन्त्रालय हुने भन्ने अझै स्पष्ट भइसकेको छैन । सरकारले यसका लागि अधिकारसम्पन्न पुनःसंरचना आयोग त बनाएको छ तर मन्त्रालयको नाम अझै टुंगिएको छैन । आयोगले इन्जिनियरिङतर्फ हेर्ने एउटा मन्त्रालयको प्रस्ताव गरे पनि ऊर्जा मन्त्रालयले जल तथा ऊर्जा मन्त्रालय छुट्टै राख्नुपर्ने सुझाव आयोगलाई दिएको छ । आयोगले संघ र प्रदेशको मन्त्रालयको नाम नै टुंगाएको छैन । यसको जनशक्ति व्यवस्थापन, संरचना निर्माण र सेवाको विषय त प्रवेश भएकै छैन । हाल ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग तथा यस अन्तर्गत जलविद्युत् विकास तथा लगानी, उत्पादन र ग्रिड कम्पनी छ ।  नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गत इन्जिनियरिङ कम्पनी छ । यी संरचनाहरू कस्को मातहतमा र कसरी अघि बढ्ने भन्ने टुंगो छैन । हाल जल तथा ऊर्जा आयोग छ । यसलाई कसरी अघि बढाउने भन्ने पनि टुंगो लागेको छैन । नीतिको अभावनेपालमा पानीको उपयोग गर्नका लागि हालसम्म एकीकृत जलस्रोत नीति आएकै छैन । लामो समयदेखि जल तथा ऊर्जा आयोगले यो नीति बनाउन सुरु गरेपनि टुंगो लागेको छैन । यो नीतिको आधारमा विद्युत् ऐन बन्ने हो । यसकारण विद्युत् ऐन पनि बन्न सकेको छैन । विद्युत् ऐन नबनी संघ, प्रदेश र स्थानीय सरकारको अधिकार र यसको कार्यान्वयनका लागि समस्या पर्छ । संविधानले दिएको अधिकार प्रयोग गर्न पनि समस्या पर्छ तर यसको टुंगो छैन । अझ संघ, प्रदेश र स्थानीय निकायले संविधान तथा यसलाई अघि बढाउनका लागि बनाइएका ऐनहरूको आधारमा जलविद्युत् क्षेत्रलाई अघि बढाउनका लागि नीति, नियमावली, कार्यविधि, निर्देशिका लगायत बनाउनुपर्छ । यसतर्फ अझै केही सुरसार भएको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई एक मेगावाटसम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमनको जिम्मेवारी दिइएको छ । हालसम्म यो कुनै निकायले बनाएका छैनन् । त्यसैगरी स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन नियमन सम्बन्धी कुनै व्यवस्था भएको छैन । स्थानीय विद्युत् वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन तथा स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवद्र्धनको लागि कुनै मापदण्ड बनाएका छैनन् । स्थानीय निकायको चुनाव सम्पन्न भएको पनि लामो समय बितिसकेको छ तर जलविद्युत् सम्बन्धी स्थानीय निकायले पाएको अधिकार उपयोगका लागि नीतिकै अभाव छ ।संरचनाको समस्याहालै ऊर्जा क्षेत्रको विकास र नियमनका लागि महवपूर्ण मानिएको नेपाल विद्युत नियमन आयोग सक्रिय भएको छ । गत साउनमा संसदबाट पारित भएको नियमन आयोग सक्रिय भए पनि आयोगको पदाधिकारी चयन भएको छैन भने अन्य पूर्वाधकार र संरचनाको व्यवस्था पनि भएको छैन । यसका लागि नियमावली बनेको छैन । ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणका धेरै अधिकारहरू नियमन आयोगमा छन् । अबको संघीयता कार्यान्वयनका लागि आयोगको भूमिका पनि प्रभावकारी हुन्छ । नियमन आयोगले केन्द्रमा मात्र सीमित नभई अब प्रदेशमा जानुपर्ने हुन्छ तर यसका लागि पनि कुनै पहलकदमी सुरु भएको छैन । हाल विद्युत प्राधिकरणसँग उत्पादन, वितरण र प्रसारणको अधिकार छ । अब वितरणको अधिकार स्थानीय निकायलाई दिइएको छ । बढी ग्राहक भएका सहरी क्षेत्रबाहेक हाल अधिकांश जिल्लामा एउटा मात्र वितरण केन्द्र छ । अब ७५३ ओटा निकायलाई वितरणको जिम्मेवारी दिनुपर्ने हुन्छ । अहिलेको अवस्थामा स्थानीय निकायलाई वितरणको जिम्मेवारी दिन पूर्वाधार, संरचना र जनशक्ति छैन । यो अघि बढाउनका लागि हाल सार्थक प्रयास भएको छैन । वितरणको अधिकार स्थानीय निकायलाई दिए पनि एक मेगावाटभन्दा माथिका आयोजनाको उत्पादन र प्रसारण लाइनको जिम्मेवारी केन्द्रलाई दिइएको छ । यसमा पनि प्रदेश र केन्द्रको कति कति अधिकार हुने भन्ने स्पष्ट रूपमा खाका आएको छैन । अहिले नेपाल् विद्युत प्राधिकरणले ७ प्रदेशमै आफ्नो क्षेत्रीय कार्यालय विस्तार गर्ने उल्लेख गरेको छ । त्यो अनुसार विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नभएको प्रदेश नम्बर ६ को सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापना गरिएको छ तर प्रदेश नम्बर ३ को काठमाडौं र हेटौंडा तथा प्रदेश नम्बर ५ को बुटबल र नेपालगञ्जमा क्षेत्रीय कार्यालय छ । यसको मर्ज गर्ने उल्लेख भए पनि प्रक्रिया खासै अघि बढ्न सकेको छैन । हालको विद्युत् विकास विभागलाई प्रत्येक प्रदेशमा विस्तार गर्ने योजना भए पनि यो अघि बढ्न सकेको छैन । प्रदेशको क्षमता र असन्तुलित विकासनेपालको हालको जलविद्युत् उत्पादन र माग दुवै सन्तोषजनक छैन । विद्युत्लाई बहुउपयोगी क्षेत्रको रूपमा विकास गर्न नसक्दा जम्मा माग १५ सय मेगावाट छ भने उत्पादन साढे नौ सय मेगावाटको हाराहारीमा मात्र छ । हाल भारतबाट ४ सय मेगावाट बराबर आयात छ । हाल निर्माणाधीन आयोजनाहरू भने ४ हजार मेगावाट छ भने ५ हजार मेगावाटभन्दा बढी निर्माण हुने चरणमा छन् । यसबाट असन्तुष्ट हुने अवस्था छैन तर जलविद्युत् क्षेत्रको समुचित विकास हुन सकेको छैन । यो असन्तुलित पनि छैन ।  सहरी र आसपासका क्षेत्रमा बढी जलविद्युत् उत्पादन भएको छ भने विकासमा पनि धेरै छ तर विकटमा धेरै कमजोर छ । प्रदेशस्तरको क्षमता हेर्दा पनि त्यस्तै छ । बढी विकट मानिने प्रदेश नम्बर ६ मा ३.७५ मेगावाट र प्रदेश नम्बर ७ मा ८.५ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । जब कि प्रदेश नम्बर ३ मा ३३५ मेगावाट र प्रदेश नम्बर ४ मा ४७६ मेगावाट विद्युत् उत्पादन भएको छ । विद्युत् विकास विभागले सर्भे र सर्भेको आवेदन अनुमतिपत्र (लाइसेन्स), उत्पादन र आवेदन उत्पादन अनुमतिपत्र, बास्केट, अध्ययन भएका र हुँदै गरेका आयोजनाका साथै ऊर्जा मन्त्रालय र जल तथा ऊर्जा आयोगको नदी बेसिन र जलाशययुक्त आयोजना सम्बन्धी प्रतिवदनलाई विश्लेषण र अध्ययनको आधारमा प्रदेशस्तरको क्षमता हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर ७ मा १८ हजार १ सय ४९ मेगावाट  छ । दुई प्रदेशमा जोडिने जलविद्युत् आयोजनाहरूलाई आधा आधा गणना गरी यो तथ्यांक निकालिएको छ । १५ हजार ९ सय ५६ मेगावाट जलाशययुक्त आयोजनाको मात्र सम्भावना भएको क्षेत्रमा उत्पादन भने जम्मा ८.५ मेगावाट मात्र छ । त्यसैगरी प्रदेश नं. ५ मा १२ हजार ३ सय ९ जलाशययुक्त आयोजनासहित १४ हजार ३० मेगावाट क्षमता छ भने हालको उत्पादन २४.५ मेगावाट मात्र छ । त्यसैगरी प्रदेश नं. १ मा ७ हजार २ सय ८८ मेगावाट जलाशयसहित १२ हजार ९ सय ५३ मेगावाटको क्षमता छ भने उत्पादन भने ६६ मेगावाट भएको छ । त्यसैगरी प्रदेश नं. ३ मा ६ हजार ५ सय २८ जलाशयसहित १२ हजार ६ सय ३१ मेगावाट उत्पादन क्षमता छ भने यो क्षेत्रबाट ३ सय ३५ मेगावाट उत्पादन भइसकेको छ । ३.७५ मेगावाट मात्र उत्पादन भएको प्रदेश नं. ६ मा ४ हजार ३ सय ४० मेगावाट जलाशययुक्त आयोजनासहित ११ हजार ८ सय ३ मेगावाटको क्षमता छ ।  त्यसैगरी प्रदेश नं. ४ मा ८ हजार ८ सय ५८ मेगावाट क्षमतासहित १० हजार २ सय २८ मेगावाट क्षमता छ । यो प्रदेशमा सबैभन्दा बढी ४ सय ७६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अधिकांश तराई क्षेत्र पर्ने प्रदेश नम्बर २ मा दुई सय मेगावाटको जलाशयको मात्र सम्भावना छ भने हालसम्म एक मेगावाट पनि उत्पादन भएको छैन ।  सहरमा बढी पुँजी र गाउँमा अधिकांश जलविद्युत् आयोजनाको सम्भावना भएकाले सन्तुलित रूपमा जलविद्युत्को विकास गर्नु जरुरी छ । उत्पादनलाई सहरसम्म पु¥याउन चाहिने प्रसारण लाइन आवश्यक छ । गाउँबाट सहर विद्युत् र सहरबाट गाउँ पुँजी परिचालनका लागि प्रदेश र स्थानीय सरकारले उचित सन्तुलन कायम गर्न नसके सम्बन्धित प्रदेशलाई सम्भावनालाई वास्तविकतामा बदल्न असम्भव जस्तै छ । जलविद्युत्सँगै आर्थिक समृद्धिका लागि औद्योगीकरण र अन्य विकास पूर्वाधार विकासको ढोका खुल्ने हुनाले बढीभन्दा बढी स्वदेशी र विदेशी लगानी भिœयाउनका लागि सकारात्मक प्रतिस्पर्धा र उचित वातावरण निर्माण गर्न सके नेपालको अपार जलविद्युत् सम्भावना प्रदेशसँगै मुलुककै आर्थिक समृद्धि र सामाजिक विकासका लागि ठूलो आधार बन्ने निश्चित छ । बक्समाप्रदेशस्तर जलविद्युत क्षमता (मेगावाट) प्रदेश नं. १ १२९५३ प्रदेश नं. २ २०० प्रदेश नं. ३ १२६३१ प्रदेश नं. ४ १०२२८प्रदेश नं. ५ १४०३० प्रदेश नं. ६ ११८०३ प्रदेश नं. ७  १८१४९ 

प्रदेशमा जलाशययुक्त क्षमता (मेगावाट) प्रदेश नं. १ ७२८८ प्रदेश नं. २ २००प्रदेश नं. ३ ६५२८प्रदेश नं. ४ ८८५८प्रदेश नं. ५ १२३०९प्रदेश नं. ६ ४३४०प्रदेश नं. ७ १५९५६
प्रदेशस्तरमा हाल उत्पादित विद्युत् (मेगावाट)प्रदेश नं. १ ६६प्रदेश नं. २  ०प्रदेश नं. ३ ३३५प्रदेश नं. ४ ४७६प्रदेश नं. ५ २४.५प्रदेश नं. ६ ३.७५प्रदेश नं. ७ ८.५स्रोतः नेपाल विद्युत् प्राधिकरण
संघीयता अनुरूप बनाउन गृहकार्य भइरहेको छ
 दिनेश घिमिरेसह–सचिव, ऊर्जा मन्त्रालय 
संघीयतामा जलविद्युत् क्षेत्र अघि बढाउन संविधानमा उल्लिखित मुख्य व्यवस्था नै आधारभूत हो । संघ, प्रदेश र स्थानीय तथा संघ र प्रदेश अनि तीनै तहमा जेजे अधिकार संविधानले दिएको छ, त्यो नै मुख्य कुरा हो । तह अनुसारकै संरचना निर्माण गर्नुपर्छ । अहिले संघ र प्रदेशमा मन्त्रालयका संरचना कस्तो हुन्छ भनेर गृहकार्य भइरहेको छ । ऊर्जा, सिञ्चाइ, जल उत्पन्नलगायत सबैलाई समेट्ने गरी एउटा जल तथा ऊर्जा मन्त्रालय बनाउने तयारी भइरहेको छ । अहिले एकीकृत जलस्रोत नीति निर्माणको काम पनि भइरहेको छ । जल तथा ऊर्जा आयोगले यसलाई अघि बढाइरहेको छ । यो अन्तिम चरणमा पुगेको छ । यो नीति बनेपछि संघीयतामा जलविद्युत्लाई कसरी अघि बढाउने भन्ने थप स्पष्ट हुन्छ । यो संघीयतालाई समेटेर आउँछ । अहिले संविधानमा संघीयता अनुकूलको जलविद्युत् क्षेत्रका लागि संरचना निर्माणबारे गृहकार्य भइरहेको छ । यसका लागि संघ, प्रदेश र स्थानीयमा आवश्यक कानुन, नीति, नियम बन्छन् । यसको गृहकार्य भइरहेको छ । 

विद्युत् वितरण प्रत्येक स्थानीय सरकारबाट गर्न गाह्रो छ
 कुलमान घिसिङकार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण 
संघीयता अनुकूल बनाउने गरी प्रदेशमा विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापनाको काम अघि बढेको छ । विद्युत् प्राधिकरणका ८ क्षेत्रीय कार्यालय रहेकोमा प्रदेश नम्बर ६ मा क्षेत्रीय कार्यालय थिएन । अहिले अस्थायी रूपमा सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापना गरेका छौं । त्यहाँ क्षेत्रीय प्रमुख पठाएर काम अघि बढाउन लागेका छौं । केही प्रदेशमा दुई वटा क्षेत्रीय कार्यालय छन्, सरकारले प्रदेशको राजधानी तोकेपछि मर्ज गरेर दुई क्षेत्रमा स्थापना गर्छौं । अहिले स्थानीय सरकारबाटै विद्युत् वितरणको कुरा आएको छ । विद्युत् वितरण प्रत्येक स्थानीय सरकारबाट गर्न गाह्रो छ । कति महसुल तोक्नेदेखि विद्युत खरिद दर निर्धारण, सबै ठाउँमा प्राविधिक संरचनाहरू निर्माण, जनशक्ति व्यवस्थापन लगायतका कुरामा अप्ठेरो छ । प्रसारण लाइन, वितरण लाइनको सञ्चालन र व्यवस्थापन गर्न पनि कठिन छ तर हामी संघीयता अनुरूप प्राधिकरणको संरचनालाई अघि बढाउनका लागि तयारी गरिरहेका छौं । 
रोयल्टीबाहेक सबै अधिकार केन्द्रीय सरकारमै हुनुपर्छ
 शैलेन्द्र गुरागाईंअध्यक्ष, 
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) 
 विद्युत् कुनै क्षेत्र र भूगोलमा थुनेर राख्न सकिंदैन । मागको आधारमा आपूर्ति गर्ने वस्तु हो । यसलाई कुनै क्षेत्रमा सीमित गरेर अघि बढ्दा दीर्घकालीन समस्या हुन्छ । यसलाई व्यवस्थापन गर्ने कुरा मुख्य हो । जलविद्युत् क्षेत्रको उत्पादन, प्रसारणलगायतका सम्पूर्ण व्यवस्थापनको काम संघ अन्तर्गत नै गर्नुपर्छ । खाली यसवापत आउने रोयल्टी लगायतका अन्य फाइदा प्रदेशमा सेयरिङ गर्ने हो । संसारमै जलविद्युत् उत्पादन, प्रसारण, यसको योजना र व्यवस्थापनको काम केन्द्रीय सरकारबाटै हुने गरेको छ । संविधानमा जलविद्युत् क्षेत्रबारे स्पष्टता छैन तर रोयल्टी र फाइदा सेयरिङबाहेक सबै अधिकार केन्द्रीय सरकारमै हुनुपर्छ । अरू देशमा नभएको प्रयास यहाँ हुनु न्यायोचित हुँदैन । 
प्रत्येक प्रदेश जलविद्युत्मैत्री नीतिमा प्रतिस्पर्धात्मक बन्नुपर्छ 
ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ 
जलविद्युत्मा अहिले केन्द्रीकृत सरकार हुँदा समेत उपर्युक्त वातावरण छैन । भोलि संघीयता अभिशाप नबनोस् । जलविद्युत्का लागि सहज वातावरण बनोस् । जलविद्युत्ले स्थानीय स्तरमा हजारौंलाई रोजगारीसँगै क्षमता र दक्षता दिन्छ । प्रदेश र स्थानीय गरी ५० प्रतिशत रोयल्टी पनि दिन्छ । यसकारण जलविद्युतलाई प्रदेश र स्थानीय सरकारले विशेष जोड दिनुपर्छ । प्रत्येक प्रदेश जलविद्युत् विकासको खाका तयार गरेर जलविद्युत्मैत्री नीतिमा प्रतिस्पर्धात्मक बन्न सक्नुपर्छ । प्रदेशको जलविद्युत् विकास प्रतिस्पर्धाले उद्योगधन्दा स्थापनाका लागि पनि सहज हुन्छ । यसले ग्रामीण क्षेत्रमा अर्थतन्त्रलाई चलायमान बनाउँछ । औद्योगीकरण र व्यापारीकरण हुन्छ । 

Thursday, December 14, 2017

पञ्चेश्वरको वातावरण व्यवस्थापनमा साढे १९ अर्ब

https://karobardaily.com/news/economy/811
बिहिवार, मंसिर २८, २०७४
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनका लागि १९ अर्ब ४४ करोड ६३ लाख रूपैयाँ लागत लाग्ने भएको छ । विद्युत् विकास विभाग, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सहयोगमा शाह कन्सल्ट इन्टरनेसनल प्रालिले तयार गरेको आयोजनाको विस्तृत वातावरण व्यवस्थापन योजनासम्बन्धी प्रतिवेदनले सो बराबरको लागत लाग्ने प्रतिवेदन तयार पारेको हो । 
आयोजनाको कुल लागत भने ३ खर्ब अनुमान गरिएको छ । यो लागत पुनर्वास तथा पुनस्र्थापनाबाहेकको वातावरण व्यवस्थापनको मात्र हो । ३ हजार परिवार विस्थापित हुने आयोजनाको पुनर्वास तथा पुनस्र्थापनाबारे विस्तृत अध्ययन अघि बढेको छैन । 
सन् १९९५ मा भएको प्राविधिक प्रतिवेदन र सन् २०१३ मा स्वीकृत विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदनलाई आधार मानेर विस्तृत वातावरणीय व्यवस्थापन योजना तयार गरेको शाह कन्सल्टका वातावरणविज्ञ अजयभक्त माथेमाले जानकारी दिए । उनका अनुसार, प्रतिवेदनमा वातावरण व्यवस्थापन योजना कार्यालयका लागि पञ्चेश्वर आयोजनाको प्रवद्र्धक पञ्चेश्वर विकास प्राधिकरणअन्तर्गत रहने गरी वातावरण तथा सामाजिक व्यवस्थापन विभाग बनाएर सबै योजनाहरूलाई अघि बढाउने गरी संरचनाको प्रस्ताव गरिएको छ । 
६ वर्षअघिदेखि सुरु भएको अध्ययनबाट तयार भएको प्रतिवेदनमा वातावरण व्यवस्थापनका लागि १० योजना अघि बढाउनुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनअनुसार निर्माण प्रभाव व्यवस्थापनका लागि १८ करोड ६ लाख, निकटवर्ती जलग्रहण क्षेत्रको लागि ६ अर्ब ३ करोड ३१ लाख र प्रदूषण व्यवस्थापन योजनाका लागि ४३ करोड ८१ लाख प्रस्ताव गरिएको छ । त्यसैगरी वन संरक्षण तथा व्यवस्थापन योजनाका लागि ८८ करोड १७ लाख, वन्यजन्त संरक्षण तथा व्यवस्थापन आयोजनाका लागि ४५ करोड ७ लाख तथा माछा व्यवस्थापनका लागि ६ अर्ब ३६ करोड ३ लाख लागत अनुमान गरिएको छ । 
जडिबुटी सहयोग योजनाका लागि २२ करोड ५६ लाख, कृषिका लागि ९६ करोड ७८ करोडका साथै आयोजना प्रभावित क्षेत्रका लागि स्वास्थ्य, शिक्षा, संस्कृति, आयोस्रोत, सामुदायिक सेवा, ग्रामीण पूर्वाधार लगायत समेटिएको पञ्चेश्वर सहयोग आयोजनाका लागि २ अर्ब ३१ करोड ४४ लाख लागत अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी पर्यटन विकासका लागि ४३ करोड ५४ लाख, सिभिलन कार्याहरूको निर्माण सुपरीवेक्षणका लागि २३ करोड ६ लाख, समन्वय तथा आयोजना व्यवस्थापनका लागि ५५ करोड ५७ लाख र विविध सुविधाहरूको लागि १६ करोड ८३ लाख लागत अनुमान गरिएको छ । 
बहुउद्देश्यीय आयोजनाले बुधबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा विस्तृत वातावरणीय व्यवस्थापन योजनाको प्रतिवेदन जानकारी दिइएको छ । आयोजना प्रभावित गाउँ र क्षेत्रमा वातावरणीय व्यवस्थापन योजनाको प्रतिवेदनबारे छलफल गरिसकेको र राष्ट्रिय रूपमा समेत छलफल गरी अन्तिम प्रतिवेदन दिने विभागका महानिर्देशक एवं आयोजना प्रमुख नवीनराज सिंहले जानकारी दिए । “वातावरणीय व्यवस्थापन योजनालाई अन्तिम रूप दिएर चालु वर्षभित्रै प्रतिवेदन पञ्चेश्वर विकास प्राधिकरणलाई दिन्छौं” उनले भने । छलफलमा विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को पुनरावलोकन भईरहेको जानकारी दिए । छलफलमा एकीकृत माओवादीका नेता लीलामणि पोखरेलले २१ वर्षअघि ६ महिनाभित्र डीपीआर सम्पन्न गर्नेगरी सम्झौता भएपनि हालसम्म अघि नबढेको आयोजनाको महाकाली नदीको मुहानको सीमा विवाद टुंगिनुपर्ने बताए । छलफलमा सहभागीहरूले पहिला विकास प्राधिकरण नभएको सन्दर्भमा अध्ययन अघि बढेको, सन् १९९५ का आधारभूत तथ्यांकहरूलाई आधार बनाएर गरिएको अध्ययनको सान्र्दभिकताबारे प्रश्न उठाएका थिए । उनीहरूले अहिलेका सुचांकहरूलाई आधार बनाएर अध्ययन अघि बढाउन पनि सुझाव दिएका थिए । 
२०५२ साल माघमा नेपाल र भारतबीच महाकाली सन्धीको क्रममा ६ महिनाभित्रै डीपीआर टुंगो लगाउने उल्लेख भएपनि १९ वर्षपछि साउन २०७१ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा कार्यादेश (टीओआर) पारित भएसँगै डीपीआर मस्यौदा विकास प्राधिकरणमा परामर्शदाता वाकपोसले पेश गरेको छ । दुवै देशलाई यसलाई पुनरावलोकन गरिरहेको आयोजनाले जनाएको छ । ६४ सय ८० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएकोमा नेपालले आधा अर्थात ३२ सय ४० मेगावाट विद्युत् पाउनेछ तर डीपीआरमा यसको क्षमता झण्डै ४८ सय ८० घटाउन प्रस्ताव गरिएको छ ।

Tuesday, December 12, 2017

निजी क्षेत्रले विद्युत् उत्पादनमा सरकारलाई उछिन्यो


https://karobardaily.com/news/development/776
मंगलबार, मंसिर २६, २०७४
नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ । सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पु¥याइ उछिनेको हो । १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४  मेगावाट रहेको थियो । तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत् प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ । नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ । सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पु¥याइ उछिनेको हो । १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४  मेगावाट रहेको थियो । तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत् प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रबाट ६७ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । विद्युत् ऐन २०४९ ले नेपालमा पहिलोपटक निजी क्षेत्रले समेत विद्युत् उत्पादन गर्न सक्नेगरी खुला गरेपछि २०५१ सालमा हिमाल पावर लिमीटेडले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको लाइसेन्स पाएकोमा २०५७ सालदेखि उत्पादन सुरु गरेको थियो । त्यसपछि मात्र निजी क्षेत्रले यति धेरै क्षमतामा विद्युत् उत्पादन गर्न सकेको हो । वि. सं. १९६९ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको थियो भने २०१७ पछि विद्युत् कर्पोरेसन, विकास समिति र २०४१ पछि विद्युत् प्राधिकरणमार्फत सरकारले विद्युत् उत्पादनका आयोजनाहरू अघि बढाउँदै आएको छ । प्रजातन्त्र पुनस्र्थापनापछि लिइएको उदार अर्थतन्त्रअनुसार निजी क्षेत्रलाई विद्युत् उत्पादनमा खुला गरिएको हो । विद्युत् उत्पादनमा अग्रसर बनेको निजी क्षेत्रले हाल ३ हजार मेगावाट बराबरको आयोजना निर्माण गरिरहेको छ भने ५ हजार मेगावाट बराबर आयोजना अघि बढाउनका लागि विद्युत् खरिद सम्झौता (पीपीए) का लागि विद्युत् प्राधिकरणमा आवेदन दिएको छ । “दुई दशकमै सरकारको भन्दा केन्द्रीय ग्रीडमा निजी क्षेत्र उत्पादन क्षमता बढी छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष शैलेन्द्र गुरागार्इंले भने, “विभिन्न समस्याका बाबजुद पनि यसलाई निजी क्षेत्रको सफलता मान्नुपर्छ, निर्माणाधीन आयोजनाहरू हेर्दा पनि ३ हजार ५ सय मेगावाटको छ भने ५ हजार मेगावाट पीपीएको प्रतिक्षामा छन् ।”विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार केन्द्रीय ग्रीडमा जोडिएको हाल विद्युत् प्राधिकरणको उत्पादन ४ सय ७३ मेगावाट छ भने पछिल्लो समयमा निजी क्षेत्रको उत्पादन ४ सय ७७ मेगावाट पुगेको छ । केन्द्रीय ग्रीडमा नजोडिएका प्राधिकरणअन्तर्गत २३ एक मेगावाटभन्दा कम क्षमताका आयोजनाहरू पनि छन् । तर, त्यसको क्षमता साढे चार मेगावाट मात्र छ । “निजी क्षेत्रबाट मात्र प्राधिकरणको हिउँदमा १ सय ५० मेगावाट र असारसम्ममा २ सय ५० मेगावाट उत्पादन आउने लक्ष्य राखिएको छ, निजी क्षेत्रको उत्पादन बढ्दो छ,” उनले भने, “मध्यमस्र्याङ्दीपछि विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन कुनै आयोजनाहरू पूरा भएका छैनन्, चमेलियाको भने छिट्टै उत्पादन सुरु हुन्छ ।”ओखलढुंगामा निर्माण भएको ७ मेगावाटको मोलुङखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरिसकेको छ भने ८ मेगावाटको अपी, २५ मेगावाटको काबेली लगायतका जलविद्युत् आयोजनाहरू छिट्टै उत्पादन हुने इप्पानका अध्यक्ष गुरागार्इं बताउँछन् । 

सचिवस्तरीय बैठकको एजेन्डा ‘दोस्रो अन्तरदेशीय प्रसारणलाइन’

https://karobardaily.com/news/development/735
बिहिवार, मंसिर २१, २०७४
नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्न गठित संयुक्त सञ्चालन समिति (जेएससी) बैठक आगामी पुसमा हुने भएको छ । नोभेम्बर २१ र २२ का लागि तय भएको बैठक स्थगित भएपछि डिसेम्बर २१ र २२ (पुस ६ र ७) मा भारतमा बैठक हुन लागेको हो । यसअघि अघिल्लो वर्षको फागुनमा सचिवस्तरीय जेएससी बैठक काठमाडौंमा भएको थियो । पुस पहिलो साता जेएससी बैठकका लागि भारतीय विद्युत् मन्त्रालयले प्रस्ताव गरेको र ऊर्जा मन्त्रालयले स्वीकृति दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । “भारतीय विद्युत् मन्त्रालयले गरेको प्रस्तावलाई ऊर्जा मन्त्रालयले स्वीकृति दिएको छ, कुनै विशेष कारण नपरेमा आगामी डिसेम्बर २१ र २२ मा बैठक हुनेछ,” उनले भने । नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्न गठित संयुक्त सञ्चालन समिति (जेएससी) बैठक आगामी पुसमा हुने भएको छ । नोभेम्बर २१ र २२ का लागि तय भएको बैठक स्थगित भएपछि डिसेम्बर २१ र २२ (पुस ६ र ७) मा भारतमा बैठक हुन लागेको हो । यसअघि अघिल्लो वर्षको फागुनमा सचिवस्तरीय जेएससी बैठक काठमाडौंमा भएको थियो । पुस पहिलो साता जेएससी बैठकका लागि भारतीय विद्युत् मन्त्रालयले प्रस्ताव गरेको र ऊर्जा मन्त्रालयले स्वीकृति दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । “भारतीय विद्युत् मन्त्रालयले गरेको प्रस्तावलाई ऊर्जा मन्त्रालयले स्वीकृति दिएको छ, कुनै विशेष कारण नपरेमा आगामी डिसेम्बर २१ र २२ मा बैठक हुनेछ,” उनले भने । बैठकमा मुख्यतया बुटबल–गोरखपुर ४ सय केभीको दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि यसको वित्तीय व्यवस्थापनको कार्यविधि लगायतका विषयमा छलफल हुने सहसचिव घिमिरेले जानकारी दिए । गत वर्ष नेपालमा भएको जेएससी बैठकले दोस्रो अन्तरदेशीय प्रसारण लाइन अघि बढाउने निर्णय गरिसकेको छ । दोस्रो अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउन संयुक्त रूपमा दुई देशका प्राविधिक समितिले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लगायतबारे समेत बैठकमा छलफल हुने छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत अघि बढ्न लागेको प्रसारणलाइन निर्माणको काम अघि बढाउनका लागि पुर्व सर्तको रुपमा बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई लिइएको छ ।  करिब १३० किमि लामो सो अन्तरदेशीय प्रसारणलाइनमध्ये नेपालतर्फ ३५ किमि र बाँकी भारततर्फ छ । डीपीआरले प्रसारणलाइन निर्माण गर्न ७ अर्ब २५ करोड भारतीय रुपैयाँ अर्थात् ११ अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरेको छ । मन्त्रालयका अनुसार बैठकमा ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालमा आयात हुँदै आएको १६० मेगावाट विद्युत् आयातको म्याद समेत थप गर्नेबारे छलफल हुने कार्यक्रम छ । अघिल्लो जेएससी बैठकले गत बैशाखसम्म अर्थात् मे महिनामा २२० केभीमा चार्ज गरी विद्युत्् आयातलाई निरन्तरता दिने तथा प्रसारणलाइनको क्षमताअनुसार विद्युत् आयातको परिमाण बढाउने सहमति भएको थियो तर हालसम्म ढल्केबर सबस्टेसनको चार्ज भएको छैन । बैठकमा आगामी डिसेम्बरदेखि १६० मेगावाटको आयात सम्झौताको म्याद सकिने भएकोले सोबारे समेत छलफल हुनेछ । बैठकमा भारतीय कम्पनीले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजना, दुई देशले संयुक्त रूपमा निर्माण अघि बढाउन लागेको ४८ सय मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायतबारे समेत छलफल हुनेछ । भारतको विद्युत् मन्त्रालयले ल्याएको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाबारे ऊर्जा मन्त्रालयले पीटीए अनुकुल बनाउनका लागि आफ्नो सुझाव पठाइएको र भारतले पनि यसलाई अन्तिम रुप नदिएकोले यसबारे भने आगामी बैठकमा छलफल नहुने ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

बूढीगण्डकी स्वदेशी लगानीमा बनाउन तीन विकल्प

https://karobardaily.com/news/development/733
आइतवार, मंसिर २४, २०७४
स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरिएको बहुचर्चित १२ सय, मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा बढाउन तीन विकल्प देखिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वमा बनेको समितिले तीन विकल्प अघि सारेको हो । सडक, पुनर्वास, पुनस्र्थापना लगायतको रकम सरकारले बेहोर्नेगरी, दातृ निकाय र विदेशीहरूबाट सहुलियत ऋण लिएर वा शतप्रतिशत सरकारी लगानी गरी कम्पनी मोडेलमा जाने गरी प्रारम्भिक खाका तयार गरिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार अहिलेको लागतमा आयोजना बनाउँदा प्रतियुनिट २०-२२ रुपैयाँसम्म पर्नसक्ने र त्यो आर्थिक दृष्टिकोणले उपयुक्त नहुने भएकोले सरकारले पुनर्वास, पुनस्र्थापनाका साथै सडक लगायतका आवश्यक पूर्वाधार बनाइदिएमा कम्पनी मोडेलमा आयोजना बनाउने सम्भावना छ । समितिका सदस्य रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्रारम्भिक खाका मात्र तयार गरेको र अन्तिम प्रतिवेदन तयार नभइसकेको जानकारी दिए । 
२७ कार्तिकमा चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)सँग समझदारी खारेज गरेको मन्त्रिपरिषद्ले मंसीर ८ मा स्वदेशी लगानीमा निर्माण गर्ने विद्युत् प्राधिकरणलाई दिने निर्णय गरेको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स (ईपीसीएफ) मोडेलमा आठ वर्षभित्र आयोजना निर्माण गर्ने गरी निर्णय गर्दै त्यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा अर्थसचिव, ऊर्जासचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक लगायत रहेको उच्चस्तरीय समिति गठन गरिएको थियो । समितिले अन्तिम प्रतिवेदन दिन बाँकी छ । 
५ वर्षअघि तत्कालीन डा. बाबुराम भट्टराईको सरकारले विद्युत् प्राधिकरणमार्फत अघि बढाइएको बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत् आयोजना विकास समितिमार्फत अघि बढाउने निर्णय गरेपछि प्राधिकरण र ऊर्जा मन्त्रालयको लामो द्वन्द्वपछि २०७० कात्तिकमा प्राधिकरणलाई विकास समितिलाई हस्तान्तरण गरेको थियो । विकास समितिमार्फत अघि बढेका दुवै आयोजनालाई कम्पनी मोडेलमा जाने भन्दै गत वैशाखमा सरकारले कम्पनी मोडेलमा लैजाने निर्णय गरेको थियो भने सोही सरकारले ९ जेठमा सीजीजीसीलाई दिने निर्णय गरेको थियो भने २० जेठमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र चिनियाँ कम्पनीका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । 
६ महिना तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा दिइएको थियो । संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको निर्देशन दिएको भन्दै फेरि प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान मन्त्रिपरिषद्ले खारेज गरेपछि चुनावपछि आफ्नो सरकार आएमा देउवाको निर्णय खारेज गर्ने पूर्वप्रधानमन्त्री केपी ओलीले बताउँदै आएका छन् । हालै भएको प्रतिनिधिसभाको चुनावमा ओली नेतृत्वको एमालेसहितको वाम गठबन्धनले बढीसिट जितेकोले अबको सरकारले बूढीगण्डकी कसरी अघि बढाउँछ भन्ने अन्योल छ । 
सरकारले आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै पेट्रोलियममा करसमेत लगाउने निर्णय गरेको थियो । यसबाट अहिलेसम्म करिब १५ अर्बभन्दा बढी संकलन भइसकेको नेपाल आयल निगमले जनाएको छ । बूढीगण्डकीको पुनर्वास र पुनस्र्थापनाका लागि झण्डै ६० अर्ब लाग्ने र यो रकम सरकारले बेहोरेमा स्वदेशी वित्तिय संघसंस्था, सर्वसाधारण र स्थानीयबासीले सेयर हाल्न सक्ने अवस्था सिर्जना हुनेछ । 
पहिला प्राधिकरणले सन् २०२० भित्र सम्पन्न गर्नेगरी बूढीगण्डकीको काम अघि बढाइएको पनि थियो तर डेढ वर्ष अघिनै आयोजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपनि आयोजना कसरी अघि बढाउने भन्ने अन्योलता अझै छ । जलाशययुक्त आयोजनाको अभावमा स्वदेशी उत्पादनमै विद्युत्मा नेपाल आत्मनिर्भर हुन नसकिरहेको बेला काठमाडौंबाट सबैभन्दा ६० किलोमिटर नजिकमा पर्ने यो आयोजनालाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

Friday, December 8, 2017

नलसिंहगाडका कार्यकारी निर्देशकसहित ६ जनालाई सफाइ


https://www.karobardaily.com/news/development/698
 बुधवार, मंसिर २०, २०७४
विशेष अदालतले नलसिङगाड जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनालाई सफाइ दिएको छ । विशेष अदालतले नलसिङगाड जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचारको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो । मंगलबार बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले अख्तियारको आरोप पुष्टि गर्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ । नलसिंहगाडका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका तत्कालीन कानुन अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाल प्रतिनिधि उदीपलाल श्रेष्ठलाई पनि विशेष अदालतले सफाइ दिएको छ । तत्कालीन कार्यकारी निर्देशक कुँवरलगायत ६ जनालाई ऊर्जा मन्त्रालयले विकास समितिमार्फत अघि बढाएको ४१० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रियामा सहभागी थिए । अख्तियारले मुद्दा दायर गर्ने बित्तिक्कै उनीहरू स्वतः निलम्बनमा परेका थिए । अख्तियारले उनीविरुद्ध आफू अनुकूल बढी रकम कबोल गर्ने प्रस्तावलाई बढी अंक र कम अंक कबोल गर्नेलाई कम अंक दिई परामर्शदाता छनोट गरिएको उल्लेख गर्दै २७ करोड २४ लाख ९४ हजार हानि नोक्सानी पुर्याउने कार्य गरेको आरोप लगाएको थियो ।  दायर मुद्दामा उनीहरूले भ्रष्टाचार ऐनबमोजिम भ्रष्टाचार कसुरको उद्योग गरेको भन्दै १३ करोड ६२ लाख २७ हजार जरिवाना र एक वर्ष कैद सजायको माग गरिएको थियो । सफाइ पाएका कुँवरले आफूहरूमाथि अन्यायपूर्ण तरिकाले मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएर न्याय पाएको प्रतिक्रिया दिए । परामर्शदाताका प्रस्ताव गरेको एएफसीसहितको संयुक्त परामर्शदाता कम्पनीले भ्याटसहित एक अर्ब रुपैयाँमा काम गर्ने प्रस्ताव गरेकोमा त्योभन्दा झण्डै २७ करोड बढी कबोल गर्ने स्मेकसहितको संयुक्त परामर्शदाता कम्पनीलाई विकास समितिले छनोट गरेको थियो । जाजरकोटको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने आयोजना प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले गरेको अध्ययनबाट छानिएका उत्कृष्ट १० मध्ये एक हो । १४०६ गेगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको अहिलेको लागत करिब ७३७ मिलियन डलर अनुमानित छ । 

पुनर्निर्माणमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता

भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरूले नेपालको पुनर्निर्माणमा थप सहायता उपलब्ध गराउने बताएका छन् । पुनर्निर्माणबारे भएका पछिल्लो कदमले पुनर्निर्माण दु्रतगतिमा अघि बढ्ने संकेत गरेको र यो प्रशंसनीय भएको बताउँदै उनीहरूले थप सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राधिकरण मातहतको विकास सहायता समन्वय तथा सहजीकरण समिति (डीएसीएफसी) को छैठौं बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले पुनर्निर्माणलाई तीव्रता दिन थप सहयोग र समन्वय गर्ने बताएका थिए । 
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माणको प्रक्रियालाई अघि बढाउन आफ्नो नेतृत्वमा भएका पहलहरू, खासगरी निजी घरहरू पुनर्निर्माणमा जोड दिएकोबारे जानकारी गराएका थिए । उनले बैठकमा सीईओ भुसालले चालू आर्थिक वर्षभित्र ६० प्रतिशत भूकम्पपीडितलाई सुरक्षित छानोमुनि सार्ने आफ्नो लक्ष्य रहेको बताए । 
पुनर्निर्माणलाई गति दिन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको मातहत रहने गरी हरेक वडामा प्राविधिक जनशक्ति खटाइएको, घर निर्माणका जनशक्तिको अभाव पूर्ति गर्न थप ५४ हजार डकर्मीलाई पुस मसान्तभित्र तालिम दिन लागिएको जानकारी पनि बैठकमा दिएका थिए । 
भूकम्पप्रभावितलाई वित्तीय पहुँच पुर्याउनु प्राधिकरणले अर्को प्राथमिकता रहेको उल्लेख गर्दै सीईओ भुसालले लाभग्राहीले गाउँपालिका तथा नगरपालिकाबाट पनि सरकारी अनुदान प्राप्त गर्न सकून् भनेर बैंकिङ प्रणालीलाई सरलीकृत गर्ने उपाय खोजिरहेको बताए । 
बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर टाकुया कामाताले पुनर्निर्माणमा सहयोग गर्न ऋण सहयोगका रुपमा ३० अर्ब रुपैयाँ अर्थात् तीन सय मिलियन डलर उपलब्ध गराउन बंैक तयार भएको जानकारी दिएका थिए । 
संयुक्त राष्ट्रसंघकी आवासीय निर्देशक भेलरी जुलियाण्डले स्थानीय सरकारहरूसँग मिलेर पुनर्निर्माणलाई अघि बढाउने प्राधिकरणको प्रयासको प्रशंसा गर्दै लाभग्राहीसम्म अझ राम्रो सञ्चार संयन्त्रमा जोड दिइन् । बेलायती अन्तर्राष्ट्रिय सहयोग विभाग (डीएफआईडी) नेपालका प्रमुख रुरिक मार्सडेनले सबैभन्दा जोखिममा रहेका तथा विपन्न भूकम्पपीडितहरू अझै पनि वित्तीय पहुँचबाट वञ्चित भएकोमा प्राधिकरणको ध्यानाकर्षण गराउँदै सम्भव भएका निजी घरहरूलाई पुनर्निर्माणभन्दा प्रबलीकरणमा जोड दिन सुझाव दिए । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड)को पुनर्निर्माणसम्बन्धी कार्यालयका उपनिर्देशक मुहमद खानले प्राधिकरणले जोखिममा रहेका समुदायलाई गर्न सकिने सहयोगको विकल्पबारे सोचिरहेको बताए । पाकिस्तान र इन्डोनेसियाको पुनर्निर्माण प्रक्रियाको तुलनामा नेपालको प्रगति सन्तोषजनक रहेको उनको भनाइ थियो । 
हाउजिङ रिकभरि एन्ड रिकन्ट्रक्सन प्लाटफर्मका लरेन लकवुडले समुदायस्तरमा ज्यादा संलग्नताको आवश्यकतामा जोड दिँदै इन्जिनियर र डकर्मीको नियुक्तिसँगै समुदायको परिचालन पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । जाइकाका रामप्रसाद भण्डारीले निजी आवासलगायत शैक्षिक एवं सार्वजनिक संरचना निर्माण र जनजीविकाका कार्यक्रम सञ्चालन गर्न समुदायको परिचालन महत्वपूर्ण हुनुपर्ने बताए । 
बैठकमा प्राधिकरणका निमित्त सचिव राजुमान मानन्धर, सहसचिव एवं प्रवक्ता यमलाल भुसाल, नेत्र सुवेदी र प्रकाश थापाले पुनर्निर्माणका विभिन्न विषयगत क्षेत्रको हालसम्मको प्रगति प्रस्तुत गरेका थिए ।

Tuesday, December 5, 2017

विद्युत् नियमन आयोग सक्रिय

https://karobardaily.com/news/development/692
ऊर्जा क्षेत्रको विकास र नियमनका लागि निकै महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग स्वतः सक्रिय भएको छ । गत साउनमा संसदबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ १९ मा प्रमाणीकरण गरिएको नियमन आयोग ऐन–२०७४ स्वतः सक्रिय भएको हो । राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको ९१ औं दिनदेखि स्वतः सक्रिय हुने कानुनी व्यवस्था छ । 
२०५८ सालमा आएको विद्युत् नीतिपछि नियमन आयोग बनाउने प्रक्रिया सुरु भए पनि १६ बर्षपछि मात्र ऐन आएको हो । आयोग विधेयकको मस्यौदासमेत ९ वर्षअघि नै तयार भइसकेको थियो । साउनमा ऐन पारित भएपछि राष्ट्रपतिद्वारा प्रमाणीकरण भइ स्वतः सक्रिय सक्रिय भए पनि आयोगको कामकारबाही अघि बढाउन आवश्यक विनियावली निर्माणका साथै संरचनाको विस्तार र पदाधिकारी नियुक्तिको काम भने अझै अधुरो छ । “कानुनी व्यवस्थाअनुसार नियमन आयोग स्वतः सक्रिय भएको छ, तर यसका लागि आवश्यक नियमावली निर्माणको काम भइरहेको छ,” ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले भने । उनका अनुसार नियमावली बनेपछि आयोगका पदाधिकारीहरू नियुक्ति तथा त्यसका लागि आवश्यक पूर्वाधारहरू निर्माण हुनेछन् ।
नियमन आयोग सक्रिय भएसँगै विद्युत् महसुल निर्धारण आयोग स्वतः निष्क्रिय भएको छ भने नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागमा रहेका कतिपय अधिकारीहरू नियमन आयोगको अधिकार क्षेत्रमा परेका छन् । तर आयोग गठन नहुँदा ती कामहरू बढाउनकाका लागि समस्या देखिएको छ । सहसचिव घिमिरे महसुल आयोगका सबै काम अब नियमन आयोगले गर्ने र ऐनले तोकेबमोजिमका सबै काम अब स्वतः आयोगको क्षेत्राधिकारभित्र पर्ने बताउँछन् । 
ऊर्जा मन्त्रालयले आयोग गठनका लागि आवश्यक नियमावलीसमेत हालसम्म बन्न सकेको छैन । ऊर्जा मन्त्रालयका अनुसार प्रारम्भिक मस्यौदा तयार गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । तीन साताअघि अर्थ मन्त्रालय पठाइएको जानकारी दिँदै नियमावली गठनका लागि मन्त्रिपरिषदद्वारा गठित समितिमा संयोजक एवं ऊर्जा मन्त्रालयका सहसचिव धर्मराज कुइँकेल कानुन मन्त्रालयबाट समेत राय लिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजाने बताउँछन् । “अर्थ र कानुन मन्त्रालयसँग स्वीकृति लिएपछि मन्त्रिपरिषद्मा गएर त्यहाँबाट निर्णय भएपछि आयोग गठनको प्रक्रिया सुरु हुन्छ,” उनले भने, “सबै प्रक्रिया पूरा गरेर एक महिनाभित्र मन्त्रिपरिषद्मा पेश गर्छौं ।”
नियमन आयोग सक्रिय भएपनि सबै पदाधिकारी नियुक्ति तथा पूर्वाधार निर्माण गरेर अघि बढ्न अझै ३-४ महिना लाग्ने अवस्था देखिएको छ । यसले ऊर्जा क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणसँगै रहेको खरिद र बिक्रीको एकाधिकारका साथै ऊर्जा मन्त्रालय र विद्युत्् विकास विभागमा रहेका धेरै अधिकार रहने आयोग गठनलाई उच्च महत्वका साथ हेरिएपनि यसको काम सुरु हुन भने ढिलाइ हुने देखिएको छ । नियमावलीमा मस्यौदामा ऐनमा उल्लेख भए अनुसारका शुल्कहरू निर्धारणका साथै आवश्यक कर्मचारीहरूको नियुक्ति, आयोगका पदाधिकारीहरूको सेवा सर्तहरूको लागि नियमावलीमा व्यवस्था गरिन्छ । आयोग स्थापनापछि पीपीएमा एकरूपता, बेसिनवाइज जलविद्युत् र प्रसारणलाइन निर्माणमा प्राथमिकताका साथै नीतिगत स्पष्टता भई अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्या समाधान हुन सक्ने अपेक्षा गरिएको छ ।
विद्युत्् उत्पादन, प्रसारण, वितरण, निकासी, पैठारी वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम गर्ने अधिकार आयोगलाई दिइएको छ । आयोगले उत्पादन, वितरण, खरिद, विक्री लगायतमा प्रतिष्पर्धात्मक वातावरण बनाई निजी क्षेत्रलाई समेत एक्लै वा अन्य देशसँग मिलेर उत्पादन, वितरण, प्रसारण, खरिद, ह्विलिङ व्यापार लगायतमा खुल्ला गर्नेछ । आयोगले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापार नियमन गर्न विद्युत् सेवासम्बन्धी ग्रिडसंहिता र वितरणसंहिता बनाइ कार्यान्वयन तथा अनुगमन गर्ने, यसको सञ्चालन तथा मर्मतसम्भारको स्तर तथा कार्यविधि निर्धारण गरी कार्यान्वयन गर्ने, राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षा कायम राख्न नियमन गर्ने, विद्युत् प्रणाली सञ्चालकको भूमिका तथा दायित्व निर्धारण गरी कार्यान्वयनको अनुगमन गर्ने लगायतका कार्य गर्नेछ ।