Wednesday, March 31, 2021

अहिले नै पानीको संरक्षण गर्न सकेनौं भने ठूलो दुर्दशा भोग्नुपर्छ

https://www.karobardaily.com/news/133859 

चैत्र १८, २०७७ बुधबार

सागर राई जल तथा ऊर्जा आयोग सचिवालयका सचिव हुन् । २०४८ सालमा सरकारी सेवामा प्रवेश गरेका खोटाङका राई कात्तिकमा आयोगको सचिव हुनुअघि नेपाल ट्रस्टको सचिव थिए । १२ वर्ष सिँचाइ विभागका साथै त्यसपछि सिँचाइ मन्त्रालयमा लामो समय काम गरेका उनीसँग प्रदेश–१ को भौतिक पूर्वाधार मन्त्रालयमा सचिव भएर काम गरेको अनुभव पनि छ । आयोग ऊर्जा तथा जलस्रोत क्षेत्रका लागि नीति निर्माण गर्ने महत्वपूर्ण निकाय हो । विगतमा शक्तिशाली निकायका रूपमा रहेको यो आयोगलाई अहिले कम महत्वको निकायका रूपमा विकसित गरिँदै आएको छ । जलविद्युत्, सिँचाइ, खानेपानी, उद्योग–व्यवसायलगायतमा पानीको उपयोगिता बढे पनि हालसम्म पानीको संरक्षण र नियमनका लागि कुनै निकाय छैन । आयोगलाई सरकारले यसको पनि जिम्मेवारी दिएमा आयोग यसका लागि सक्षम रहेको आयोगले बताउँदै आएको छ । ७०-८० वर्षअघि वनको जथाभावी रूपमा उपयोग हुन थालेपछि यसको संरक्षण र नियमन आवश्यक परे पनि सबैभन्दा ठूलो समस्या बन्दै गएको पानीबारे सरकारको चासो देखिएको छैन । ऊर्जा आयोगको अहिलेको सान्दर्भिकता, यसको भविष्य, पानीको संरक्षण र यसको उपयोगिता, पानीबारे पछिल्लो समयमा संघ, प्रदेश र स्थानीय तहबीच देखिन थालेका द्वन्द्व र भविष्यमा हुनसक्ने पानीसम्बन्धी आउने विवादलगायतबारे कारोबारकर्मी भीम गौतमले आयोग सचिवालयका सचिव राईसँग गरेको कुराकानीको सार :

जल तथा ऊर्जा आयोगसँग झन्डै साढे चार दशकको अनुभव छ, तर मुलुक संघीयतामा गएपछि यो निकाय आवश्यक छ कि छैन भनेर बहस भइरहेको छ । सचिवको नाताले आयोगको आवश्यकता किन देख्नुहुन्छ ?
आयोग नेपाल सरकारको जलस्रोतको जानकारी राख्ने र यसको उपयोग गरेर राष्ट्र र समाजको हितमा लैजानका लागि एउटा निकाय हो । यस क्षेत्रको उपयुक्त क्षेत्रका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै काम गर्न जिम्मेवारी दिएको संस्था हो । संघीयतापछि र हुनुअघि यसको महŒव उच्च छ । सरकारका लागि आवश्यक क्षेत्र पनि हो ।

पहिला आयोग शक्तिशाली थियो, तर पछिल्लो समयमा कमजोर देखिएको छ । नीति बनाउने निकाय किन यस्तो अवस्थामा पुग्यो, किन काम नलाग्ने भन्न थालियो ?
यो सबै भ्रमका कुरा हो । यसको जिम्मेवारी र भूमिकाबारे गहन जानकारी नभएको हुँदाखेरि यस्तो भनिएको हो, जसले आयोग, जलस्रोत क्षेत्रलाई र सरकारको जिम्मेवारी नभएकाले यो भ्रम फैलाएको हो । २०३२ सालमा स्थापना हुँदा जुन किसिमको महŒव थियो, अहिले पनि त्यत्तिकै भूमिका छ । कहिलेकाहीं यसमा हुने अध्ययन–अनुसन्धान देशका लागि सबैभन्दा चाहिने हुन्छ । अध्ययन– अनुसन्धान गर्ने आकार र बजेट पनि उच्च हुन्छ, कहिलेकाहीं कम हुन्छ । बजेट पनि कम हुन्छ । अध्ययन–अनुसन्धान, गतिविधि कम भएकाले कामको मात्रा पनि कम हुने हो । एकदमै कमजोर भयो भन्ने मान्छेको बुझाइ मात्र हो ।

देशका लागि महŒवपूर्ण निकाय हो, अहिलेको अवस्थामा आयोगले केके कुरामा योगदान दिन सक्छ ?
आयोगलाई सरकारले मुख्य चार जिम्मेवारी दिएको छ । पहिलो, जलस्रोतसँग अध्ययन–अनुसन्धानको जिम्मा छ । दोस्रो, जलस्रोतबारे द्विपक्षीय र बहुपक्षीय सम्बन्धबारे सरकारलाई सल्लाह र सुझाव दिने काम गर्छ । अर्थात् ती देशहरूसँग छलफल गर्ने गर्छ । तेस्रो, देशमा जलस्रोतको बाँडफाँड र व्यवस्थापनका लागि नीतिहरू निर्माण गर्ने काम गर्छ । चौथो भनेको जलस्रोतसँग सम्बन्धित सिँचाइ, जलविद्युत्लगायतका विषयमा वातावरणीय, आर्थिक र प्राविधिक विषयमा सल्लाह र सुझाव दिन्छ । यिनै विषयमा केन्द्रित गरेर आयोगले सल्लाह दिँदै आएको छ । यसभित्र पनि माइक्रो लेभलमा जाने हो भने अध्ययन–अनुसन्धान गरिरहेको छ । अहिले निकै महत्वपूर्ण काम गरिरहेको छ, आयोगले अहिले देशभरिकै जलस्रोतकै गुरुयोजना बनाइरहेको छ । हाम्रा नदीहरूमा जलविद्युत्, सिँचाइ, खानेपानी कसरी उपयोग गर्न सकिन्छ, यसको वातावरणीय पक्षहरू के–के छन् भनेर गुरुयोजना निर्माण गरिरहेको छ । यो गुरुयोजना बनेपछि यसकै आधारमा नेपालको जलस्रोतको उपयोग गरिन्छ । गुरुयोजना बनाएर मन्त्रिपरिषद्बाट पारित भएपछि यसकै आधारमा जलस्रोतको उपयोग गर्नुपर्ने हुन्छ, यो भयो भने जलस्रोतको सही उपयोग हुन सक्छ । भविष्यमा दीर्घकालीन रूपमा फाइदा पनि पुग्छ ।

आयोगले भर्खर गुरुयोजना बनाउँदै छ, जलस्रोतको उपयोग सुरु भएको त धेरै भइसक्यो । जलविद्युत्, खानेपानी, सिँचाइलगायतका आयोजना बनिसके, यसले गुरुयोजनाको कार्यान्वयन हुने अवस्था कत्तिको देख्नुहुन्छ ?
मान्छे बसेदेखि पानीको उपयोग भइरहेकै छ । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि पानीको धेरै उपयोग हुन थाल्यो । यसमा मुख्य जलविद्युत् आयोजनाहरू हरेक खोलामा बन्न थाले । सिँचाइ योजनाहरू बनिरहेका छन् । गुरुयोजना नहुँदा एकातर्फ खानेपानीको मात्रा, स्वरूपहरू तहसनहस हुँदैछ, खोला, नदीनाला बिग्रिने अवस्था देखिन्छ भने अर्कातिर खोलानालामा योजना बनाउने एजेन्सीबीच नै झैझगडा होला कि भन्ने देखिन्छ । पानीको सही सदुपयोग गर्नुपर्छ भनेर गुरुयोजना बनाउन लागिएको हो । यहाँ यति पानी छ, यहाँ जलविद्युत्, सिँचाइ, खानेपानी बनाए ठीक हुन्छ, यसरी बनाउँदा झैझगडा नभई स्रोतको उच्चतम उपयोग हुन्छ भन्ने हो । दुःखलाग्दो अवस्था के छ भने २०४६ र २०६२÷०६३ को राजनीतिक आन्दोलनपछि पाखा, भित्ता, डाँडा, जंगल जताततै बाटो बन्दै छ । बाटो बन्नु राम्रो हो, कोसी, गण्डकी, कर्णाली करिडोरहरू बन्दै छन् । पानीका स्रोतहरूसँग बाटो बनाइएको छ, यससँगै सहरीकरण बढ्दै छ । यहाँबाट निस्कने अनेकौं फोहर मैला नदीमा जाने र कलकारखानाका फोहर वस्तु पनि नदीमा जाने गरेको छ । यसले गर्दा खोलाको अवस्था गुणस्तरका हिसाबले नराम्रो अवस्थाले बिग्रदै गएको छ । यसलाई रोकथाम कसरी गर्ने भनेर गुरुयोजनामा आउँछ । अर्को दुःखलाग्दो कुरा के देखिन्छ भने बहुदलपछि सहरहरू विकास हुने, यसका लागि बालुवा, गिट्टी, ढुंगा निकाल्दा नदीको स्वरूप बिग्रँदैछ । नदी पनि धमिलो बनेर बगिरहेको छ । यो नदीमाथिको हस्तक्षेप हो । गुरुयोजनामा यसलाई नियन्त्रण र रोकथाम गर्ने गरी व्यवस्था हुन्छ । कार्यान्वयन त सरकारले गर्ने हो । यसको संरक्षण, नियमन र व्यवस्थापनका लागि एउटा निकाय आवश्यक छ । अहिले आयोगमा रहेको चारवटा अधिकारमा एउटा थपेर दियो भने नेपालको जलस्रोतको दीर्घकालीन विकास गर्न सकिने र भविष्यका पुस्ताका लागि संरक्षण गर्न सकिने अवस्था छ । आयोगलाई नदिए पनि यसका लागि अर्को कुनै निकाय आवश्यक छ । जसले जलस्रोतलगायत नदी, तालतलैया, पोखरी, सिमसारको संरक्षण हुन्छ र व्यवस्थापन हुन्छ । यसको वैज्ञानिक तरिकाले उपयोग हुन्छ । अहिले नै यो निकाय स्थापना गरिएन भने जलस्रोत अर्थात् हाम्रा खोलानाला, तालतलैया, सिमसार रहनेछैन । देश धनी भए पनि, व्यक्ति धनी भए पनि कालान्तरमा देशलाई ठूलो असर गर्छ नै ।
जथाभावी रूपमा पानीको उपयोग भइरहँदा यसलाई व्यवस्थापन र संरक्षण गर्ने निकाय र नीति नै नभएको हो कि ? भएको पनि कार्यान्वयन नभएको हो ?
पानीको व्यवस्थापन र संरक्षण गर्ने नियम र ऐनहरू छन् । वातावरण संरक्षण ऐनमा केही व्यवस्था छ । जलस्रोत ऐनमा पनि केही व्यवस्था छ तर कसले कसरी जलस्रोतको व्यवस्थापन र संरक्षण गर्ने भन्ने छैन । यसका लागि छुट्टै निकाय, ऐन र जनशक्ति छैन । ०४८-४९ सालमा बनेको जलस्रोत ऐनमा यसको संरक्षण र व्यवस्थापनका लागि कुनै निकाय बनाइएको छैन । वातावरण ऐनमा त २०५३ बनेको हो । त्यतिबेला नदीनाला, तालतलैयालगायत त्यति बिग्रिसकेको अवस्था पनि थिएन होला । २०÷२५ वर्षको अवधिमा मान्छेले सोच्न नसक्ने गरी जलस्रोतको दुर्दशा भयो । त्यतिबेला यसबारे सोचाइ पनि भएन होला, अब यसका लागि लाग्ने अवस्था आएको छ । जलस्रोतको उचित व्यवस्थापन र संरक्षणका लागि छुट्टै निकाय राख्नु जरुरी छ । यसका लागि नियमन गर्ने ऐन पनि तर्जुमा गर्नु जरुरी छ । यसलाई कसरी संरक्षण र नियमन गर्ने भन्ने काबिल जनशक्ति आवश्यक छ । पहिले पनि अलिअलि छन् तर यसकै लागि विशेष गर्ने जनशक्ति छैन, निश्चित निकाय पनि थिएन, ऐन पनि छैन । अब ऐन, जनशक्ति र निकाय चाहिन्छ । ७०-८० वर्षअघि हेर्ने हो भने वन सबैको साझा थियो । पानी अहिले जसरी साझा छ, त्यसैगरी थियो । पानीलाई हेर्ने राज्यको खासै आधिकारिक निकाय छैन । पानीलाई फर्काए पनि भो, कुलो बनाए पनि भो, खाए पनि भो, जति निकाले पनि भो, फोहोर फाले पनि भो, पानीलाई जे पनि गर्न पाइन्छ । पानी अहिले बेवारिसे अवस्थामा छ । ७०-८० वर्षअघि वन पनि त्यस्तै थियो । जसले जे गरे पनि हुने । गुराँस काटे पनि भो, चाँप काटे पनि भो, ओखर काटे पनि भो, काँचो, सुकेको जति रूख काटे पनि भो, कुनै रोकावट थिएन, सबैको हो भन्ने थियो । पछि वनको संरक्षण गर्नुपर्छ भनेर वन मन्त्रालय, वन विभागदेखि ७५ जिल्लामै वन कार्यालय स्थापना भए । वन जोगाउनुपर्छ भनेर जानकारी र चेतना सबैमाझ पु-याइयो पनि । वन जोगिएन भने मान्छे, जीवजन्तुको जीवन सखाप हुन्छ भन्न थालियो । वनमा छिर्न र रूख काट्न अनुमतिपत्र लिनुपर्ने व्यवस्था भो । वनका लागि नियमनकारी निकाय पनि भयो । सरकारी निकायले मात्र वन जोगाउन नसकिने रहेछ भनेर पछिल्लो कार्यकालमा सामुदायिक वनको अवधारणा आयो । वनहरू जोगिँदै गयो । पहिलाको वनको हालतमा अहिलेको ताललैया, नदीनाला, पोखरी, सिमसार अलपत्र अवस्थामा छन् । यस्तै जलस्रोतको महत्व छ, यसको संरक्षण गर्नुपर्ने अवस्था छ । होइन भने बिग्रिन्छ, यसले नकारात्मक मानवलगायतका जीवजन्तुलाई ठूलो असर पार्छ । अहिले नै पानीको संरक्षण गर्न सकेनौं भने भविष्यमा देशले ठूलो दुर्दशा भोग्नुपर्छ । पानीका लागि नियमनकारी निकाय अब चाहियो । वनमा जसरी जंगल जोगाउनका लागि कसैले यसलाई बिगार्र्नेहरूलाई थुनेर राख्ने, कारबाही गर्ने अधिकार थियो, त्यसैगरी पानीको क्षेत्रमा पनि यसको नियमन आवश्यक देखिएको हो । तपाईंहरूले भन्नुहोला, अहिले पनि जलस्रोत, खानेपानी मन्त्रालय छ भनेर । ती निकायहरूलाई कसरी बुझ्नुपर्छ भने उहाँहरूलाई जलस्रोतको संरक्षण गर्ने जिम्मेवारी दिइएको छैन । प्रयोग गरेर जनतालाई आर्थिक, सामाजिक रूपमा समृद्ध बनाउने जिम्मेवारी दिइएको हो । जलस्रोत मन्त्रालयमा सिँचाइ विभाग छ, उसको काम पानीको संरक्षण गर्ने होइन, सिँचाइ दिएर उत्पादन बढाउने हो । उनको जिम्मेवारी धेरैभन्दा धेरै पानी नदीनालाबाट लगेर खेतमा पु¥याउने हो । अर्को ऊर्जा मन्त्रालयको काम भनेको जलस्रोतको संरक्षण गर्ने होइन, नदीनालामा भएको पानी र धेरै ठूलो हेड खोजेर बढीभन्दा बढी बिजुली निकाल्ने हो । पानीबाट बिजुली निकालेर देशलाई समृद्ध बनाउने हो । कहाँबाट पानी फर्काउँदा मान्छेलाई के असर ग-यो कि, कीरा–फट्याग्रा मरे कि कुनै सरोकार त्यहाँ हुँदैन । अर्को खानेपानी मन्त्रालय छ, उसको काम पनि भएको पानी कुलो, टनेल, पाइपबाट लगेर घरघरमा पु-याउने हो । खोला सुकोस् कि नसुकोस् भन्नेसँग उसको सम्बन्ध हुँदैन । खाली घरदैलोमा पानी पु-याउन पाए भयो । अर्को उद्योग मन्त्रालय छ, उद्योगधन्दालाई पनि ठूलो मात्रामा पानी चाहिन्छ । पानी लगेर उद्योग चलाउनुहुन्छ । प्रशोधित भएपछि पानी फोहोर निस्कन्छ, त्यो खोलानालामा छोडिन्छ । अर्को -याफ्टिङ गरेपछि सम्बन्धित व्यक्तिहरूले नदी किरानामा बस्ने फोहोरले समेत पानीलाई असर गरिरहेको हुन्छ । यी सबै हेर्दा अहिले पानी चलाउने मन्त्रालय मात्र छैनन्, संरक्षण गर्ने पनि छैनन् । यी मन्त्रालयहरूको एकीकृत रूपमा पानी संरक्षण गर्ने उनीहरूको जिम्मेवारी नै होइन । वन मन्त्रालयको त वन संरक्षण गर्ने, नियमन गर्ने नै हो । यी निकायहरू अर्धनिकाय छन्, वन जोगाउनका लागि वनपालेको व्यवस्था गरिएको छ । रूखहरू पनि रोपेर संरक्षण गर्छन् । पानी रोप्न त सकिँदैन तर संरक्षण गर्न सकिन्छ । पानी जुन मात्रामा, जहाँ जसरी उपयोग गर्नुपर्ने हो, त्योअनुसार गरिएको छ कि छैन भन्ने हेर्न नियमनकारी निकाय त चाहिन्छ । यसका लागि नयाँ संस्था खोलेर संरक्षण र नियमन गरे पनि हुन्छ, यदि नयाँ संस्था नखोल्ने हो भने यसमा लामो अनुभव भएको ऊर्जा आयोगलाई यसको केही जिम्मेवारी थपिदिए भइगो । यसबारे आयोगले अध्ययन–अनुसन्धान गरिरहेको छ, सूचना पनि छ । अहिले पानीको संरक्षण र नियमनका लागि आवश्यक संस्था निर्माण गर्ने उपयुक्त समय छ, जसले खानेपानीको नियमन, संरक्षण, व्यवस्थापनलगायतका काम गरोस् । यदि गर्न सकिएन भने यो मानवका लागि ठूलो हानिकारक हुन्छ ।

पानीकै विषयलाई लिएर हुने विवादले अर्को विश्वयुद्ध हुन्छ भनेर भनिँदैछ । संघीयतामा गएपछि प्रदेश–प्रदेश र स्थानीय–स्थानीय सरकारबीच पनि विवाद देखिन थालेको छ । नेपालमा अहिले पानीको संरक्षण हुन सकेको छैन । भविष्यमा हाम्रो अवस्था कस्तो होला ?
मैले पानीको संरक्षण र नियमनको आयाम भनिसकेको छु, यो अर्को आयाम हो । नियमन र संरक्षण भनेको पानी कसैलाई चलाउनै नदिने भनेको होइन, कति मात्रामा, कहाँ, कसरी र केका लागि गर्ने भनेर ऐन बनाएर गर्नुपर्छ । अर्को स्रोतमाथिको अधिकारको कुरा छ । संघीयतामा गएपछि संघ, प्रदेश र स्थानीय सरकारबीच जलस्रोतबारे कसरी अधिकार बाँडफाँड गर्ने भनेर स्पष्ट हुनु जरुरी छ । म प्रदेश–१ को भौतिक पूर्वाधार मन्त्रालयमा हुँदा त्यहाँका मुख्यमन्त्रीले चतारामा चल्ने बोटिङको अनुमतिपत्र दिइने व्यवस्था हामीले गर्नुप-यो । आफ्नो प्रदेशमा रहेका जलविद्युत् आयोजनाहरूको अनुमतिपत्र पनि हामीले दिने व्यवस्था गर्नुप-यो भनेर त्यतिबेला पनि मैले भनेको थिएँ– मन्त्रीज्यू, हामीले गर्ने कुरा त ठीकै हो तर अधिकारको बाँडफाँड ऐनले गर्ने कुरा हो, ऐन अहिलेसम्म आएको छैन । संघको ऐन नभएपछि प्रदेशको छैन । यसमा स्थानीय सरकारको पनि अधिकार पनि हुन्छ । यो नगरेसम्म हामीले मात्र सम्भव छैन । त्यो बेला उहाँले सम्मानीय प्रधानमन्त्रीलाई भन्छु भन्नुभएको थियो, अहिलेसम्म ऐनहरू बन्न सकेको छैन । जलस्रोत ऐन भनेर अधिकारको बाँडफाँड गर्ने कुरा उत्तम उपाय हो । अधिकार भन्ने कुरा ऐनमा प्रतिबिम्बित हुनुपर्छ । जलस्रोत ऐनमा यो लेखिनुपर्छ । संविधानले दिएको अधिकार तीन निकायबीच बाँडिनुपर्छ । क्षेत्राधिकार स्पष्ट पारिनुपर्छ । यसभित्र पस्ने हो भने एउटा खोलै तीन निकायलाई बाँड्ने हो कि वा ठूला खोला ठूलैले, मझौला खोला मझौलाले नै र साना खोला साना निकायले नै हेर्ने हो कि भन्ने एउटा आयाम हो । अर्को खोला बाँड्नुभन्दा योजनाहरूको स्तरअनुसार बाँड्ने हो कि भन्ने छ । पानीमा आधारित योजनाहरूको आकार–प्रकार गरी बाँड्ने हो कि भन्ने सोचाइ पनि छ । यति मेगावाटसम्मको जलविद्युत् यसले गर्ने भन्ने तरिकाले नि क्षेत्राधिकार तोक्ने हो कि । खानेपानी, सिँचाइको पनि त्यसरी नै गर्ने हो कि । यसलाई स्पष्ट पार्ने गरी सबै सरोकारवाला बसेर ऐन बनाउनुपर्छ । यो सरल देखिए पनि भित्र पस्दै जाँदा जटिल छ । यसमा सबैको साझा धारणा विकास गर्नुपर्छ । अहिलेसम्म बनेको छैन । आयोगले जलस्रोत ऐनको मस्यौदा तयार गरेर ऊर्जा मन्त्रालयमा पठाएको छ । यो छलफलको प्रक्रियामा छ । क्षेत्राधिकार नटुंगिँदा धेरै समस्या आउन सक्छन्, समयमै यसलाई तोकेर अघि बढ्दा राम्रो हुन्छ ।

Tuesday, March 30, 2021

लगानी बोर्डमार्फत साढे ११ खर्ब लगानी स्वीकृत

https://www.karobardaily.com/news/133711

 चैत्र १७, २०७७ मंगलबार

प्रतिबद्धताको एक चौथाइमात्र वैदेशिक लगानी स्वीकृत
– तीन खर्बबराबरका आयोजनामात्र कार्यान्वयनमा

नेपालमा वैदेशिक लगानीका लागि सहजीकरण गर्ने उद्देश्यसहित स्थापना भएको लगानी बोर्डले १० वर्षको अवधिमा दुईवटा लगानी सम्मेलन गरिसकेको छ । पहिलो लगानी सम्मेलनमा १४ खर्ब र दोस्रो लगानी सम्मेलनमा ३० खर्बसहित ४४ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता पनि आयो, तर स्थापनादेखि अहिलेसम्म बोर्डबाट लगानी स्वीकृत भएको रकम भने साढे ११ खर्ब रुपैयाँमात्र छ ।
प्रतिबद्धताको एक चौथाइ लगानी स्वीकृत भए पनि सोमध्ये करिब ३ खर्बबराबरका आयोजनामात्र कार्यान्वयनमा गएको बोर्डले जानकारी दिएको छ ।
बोर्ड स्थापना भएपछि पहिलो लगानीका रूपमा १ नोभेम्बर २०१३ मा ६३ अर्ब ८२ अर्बबराबरको ५ सय ५५ मिलियन डलर लगानी नाइजेरियाबाट डाङ्गोटे सिमेन्टका लागि आएको थियो । पछिल्लो पटक भने १० नोभेम्बर २०२० मा घुन्सा खोला जलविद्युत् आयोजनाका लागि १७ अर्ब ४८ करोड, हिमचुली जलविद्युत् आयोजनाका लागि साढे १० अर्ब र दूधखोला जलविद्युत् आयोजनाका लागि १० अर्ब ३३ करोड लगानी आएको छ ।
लगानी बोर्डका अनुसार हालसम्म ३१ परियोजनाको लगानी स्वीकृत बोर्डले गरिसकेको छ, तर प्रतिबद्धताअनुसारको रकममध्ये एक चौथाइमात्र लगानी आएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगानी सम्मेलनका क्रममा लगानी प्रतिबद्धता जनाउने सबै विदेशी कम्पनीहरूसँग निरन्तर संवादमा रहेको र केही प्रगति हासिल भइसकेको र केही बाँकी रहेको बताउँछन् ।
“हामीले लगानी सम्मेलनका क्रममा वैदेशिक लगानीका लागि प्रतिबद्धता जनाएका लगानी भित्र्याउनका लागि सहजीकरण गरिरहेका छौं,” उनले भने, “प्रतिबद्धता जनाएका सबै लगानीकर्ताहरूसँग हामीले निरन्तर फलोअप गरिरहेका छौं, प्रगति हासिल गर्न सकिन्छ भन्ने लागेको छ ।”
बोर्डका अनुसार पश्चिम सेती, अपर त्रिशूली–१, अपर मस्र्याङ्दी, कालीगण्डकी गर्ग जलविद्युत्, काठमाडांै फोहोरमैला व्यवस्थापनलगायत धेरै आयोजना छन् । ३१ आयोजनामध्ये १३ वटा ऊर्जा क्षेत्रका छन् भने ६ खानी तथा खनिजतर्फका र ४ पर्यटनतर्फका छन् ।
लगानी बोर्डबाट स्वीकृत भए पनि अधिकांशको लगानी आउन सकेको छैन । हुवासिन सिमेन्ट, अरुण तेस्रोलगायत आयोजनाहरूको प्रगति भने अघि बढेको छ । अरुण तेस्रो लगानी बोर्ड स्थापना हुनुअघिदेखि नै अघि बढे पनि अहिले लगानी बोर्डले नै सहजीकरण गरिरहेको छ ।
“पश्चिम सेती, ५ सय ५० मेगावाटको सोलारदेखि अधिकांश ठूला आयोजनाहरूको काम अघि बढ्न नै सकेको छैन,” लगानी बोर्ड सम्बद्ध स्रोतले भन्यो, “लगानी प्रतिबद्धता गरेर प्रक्रिया अघि बढ्छन् अनि बोर्डबाट पनि स्वीकृत पनि हुन्छ । तर ती लगानीकर्ता पछि आउँदै आउँदैनन् । सरकारले यसको गम्भीर समीक्षा गर्न नसके प्रतिबद्धता मात्र आउँछ, लगानी आउँदैन ।”
राष्ट्रिय योजना आयोगले तयार गरेको दिगो विकास लक्ष्यको आवश्यकता पहिचान, लागत अनुमान र वित्तीय रणनीतिसम्बन्धी प्रतिवेदनले लक्ष्य हासिल गर्न २०२५ खर्ब लगानी आवश्यक हुने र यसमा ५ सय ८५ खर्ब अपुग हुने उल्लेख गर्दै यसमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट हुने उल्लेख छ ।
पछिल्लो समय सरकारले पूर्वाधार विकासलाई विशेष महत्व दिँदै धेरै परियोजनाहरू अघि बढाए पनि यसमा लगानी अभाव छ । तर, यसका लागि मुख्य आधारका रूपमा लिइएको वैदेशिक लगानीको प्रतिबद्धता आए पनि वास्तविक रूपमा लगानी नआउँदा लगानीको समस्या देखिएको छ । प्रतिबद्धतालाई कार्यान्वयनमा लगानी बोर्डले लैजान सकेको छैन ।

ऊर्जामा चालू वर्षभन्दा १४ अर्ब बढी बजेट सिलिङ

https://www.karobardaily.com/news/133732

 चैत्र १७, २०७७ मंगलबार

सरकारले चालू आर्थिक वर्ष २०७७-०७८ वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १९ अर्बको सिलिङ दिएको थियो । तर, ९९ अर्ब ४२ करोड ९५ लाख बजेट विनियोजन गरेको छ ।
आगामी वर्षका लागि भने अर्थ मन्त्रालयले १ खर्ब १३ अर्ब बराबरको सिलिङ दिएको छ, जुन चालू वर्षको बजेटभन्दा १४ अर्ब बढी हो भने गत वर्ष दिएको सिलिङभन्दा ५ अर्ब कम हो । अर्थ मन्त्रालयले नयाँ योजनाहरु थप नगर्नु भनेकोले अहिले मन्त्रालयले बजेटको सिलिङको आधारमा बजेट तथा कार्यक्रम बनाइरहेको छ । ‘चालू वर्षको भन्दा १४ अर्ब बढीको सिलिङ आएको छ, सिलिङ अनुसारकै योजना बनाइरहेका छौं,’ ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले भने ।
सरकारले आगामी आर्थिक वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने योजना बनाएको छ । हाल ९० प्रतिशत रहेको यसलाई शतप्रतिशत पु-याउन १५ अर्ब आवश्यक रहेको विद्युत् प्राधिकरणले जनाएको छ । चालू वर्षमा ५ अर्ब छुट्याएको सरकारले शत प्रतिशत पु¥याउन आगामी वर्ष थप १० अर्ब छुट्याउनुपर्छ तर आगामी वर्षको बजेटमा ५ अर्ब मात्र छ । त्योमध्ये पनि एक अर्ब मात्र सरकारको छ भने बाँकी वैदेशिक सहायता छ । वैदेशिक सहायताको रकम खर्च गर्न विविध कारणले समस्या हुने भएकोले विद्युत प्राधिकरणले सरकारकै बजेट छुट्याउनुपर्ने बताइरहेको छ । तर आगामी वर्षका लागि अधिकांश रकम वैदेशिक सहायताकै छ ।
प्राधिकरणले चालू वर्षमै थप ५ अर्बका लागि ऊर्जा मन्त्रालयमा प्रस्ताव भने पठाइसकेको छ । आगामी वर्षका लागि दिइएको बजेटको सिलिङमा समेत सरकारले छुट्याउने बजेट करिब १५ प्रतिशत कम छ भने वैदेशिक सहायता भने बढेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
दोस्रो चौमासिक अर्थात चालू वर्षको ८ महिनाको बजेटको खर्च भने ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको निराशाजनक छ । जम्मा ९९ अर्ब ४२ करोड ९५ लाख बजेटमध्ये खर्च ३१ अर्ब २९ करोड १० लाख मात्र खर्च भएको छ । मन्त्रालयका सह–सचिव नुर मुहम्मद खाँले दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश गरेको प्रतिवेदन अनुसार ऊर्जातर्फ बजेट ७२ अर्ब ६० करोड ३३ लाख रहेकोमा २४ अर्ब १४ करोड ४ लाख खर्च भएको छ भने सिँचाइतर्फ कुल बजेट २६ अर्ब ८२ करोड ६३ लाख रहेकोमा खर्च ७ अर्ब १५ करोड ८ लाख मात्र खर्च भएको छ ।
प्रतिवेदन अनुसार समग्रमा ५ अंक विन्दुको रेटिङमा दोस्रो चौमासिकको लक्ष्यको आधारमा १२१ परियोजनामध्ये मध्ये ५६ मात्र उत्तम प्रगति छ । ऊर्जामा ६० परियोजनामध्ये उत्तम प्रगति १९ को मात्र छ भने ६० देखि ८० प्रतिशतसम्म प्रगति हुने १५, ४० देखि ६० सम्म हुने ९ तथा ४० प्रतिशतभन्दा कम प्रगति हुने १७ योजना छन् । त्यसैगरी जलस्रोत तथा सिँचाइतर्फ ६१ मध्ये ३७ उत्तम प्रगति भएको छ भने ६०–८० प्रतिशत हुने २, ४०–६० प्रतिशतसम्म हुने १० र ४० प्रतिशतभन्दा न्यून हुने १२ योजना छन् ।
विद्युत् जडित क्षमता १६ सय मेगावाट पु¥याउने लक्ष्य राखेकोमा ५७ मेगावाट थपिएर १४ सय ५८ मेगावाट मात्र पुगेको छ । मन्त्रालय अन्तर्गत ११९ आयोजना रहेकोमा ३८ सम्पन्न भएका छन् भने २९ म्याद कायम र २८ म्याद थपको प्रकृयामा छन् । मन्त्रालय अन्तर्गत ६ अर्ब ५४ करोड ४४ लाख बेरुजुमध्ये १ अर्ब ४० करोड ८० लाख फच्र्योट भएको छ । ऊर्जातर्फ रहेको ४८ लाख ९२ हजारमध्ये ८२ प्रतिशत अर्थात ४० लाख २७ हजारको फच्र्योट भएको मन्त्रालयले जनाएको छ । यसले मन्त्रालयका प्रगति औसत मात्र रहेको देखाएको छ ।
दोस्रो चौमासिक बजेटमा ऊर्जातर्फ २२ अर्ब ९५ करोड ४८ लाख रहेकोमा खर्च १५ अर्ब ८८ करोड ४३ लाख तथा जलस्रोत तथा सिँचाइतर्फ १० अर्ब ६१ करोड ७० लाख रहेकोमा खर्च ४ अर्ब ८० करोड ६८ लाख खर्च भएको छ । दोस्रो चौमासिकसम्ममा ३३ अर्ब ५७ करोड १८ लाख खर्च गर्नुपर्नेमा २० अर्ब ६९ करोड ११ लाख मात्र भएको मन्त्रालयले जनाएको छ ।

Sunday, March 28, 2021

तनहुँ जलविद्युत्को बाँध निर्माण गर्न पाँच वर्ष लाग्ने

https://www.karobardaily.com/news/133011 

चैत्र १०, २०७७ मंगलबार

तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत्् आयोजनाको नदी फर्काउने, बाँधलगायतको संरचना निर्माण पूरा गर्न करिब ६ वर्ष लाग्ने भएको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायतको पहिलो प्याकेजका संरचना निर्माणका लागि भएको खरिद सम्झौताले अझै यति लामो समय लाग्ने देखिएको हो ।
पहिलो प्याकेजका निर्माण कार्यका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिनेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावरका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा–कालिका जेभीका तर्फबाट आधिकारिक प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् ।
कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक) मा खरिद सम्झौता भएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध–सञ्चालक थिकेले जानकारी दिए ।
आयोजनाको प्याकेज–१ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डी राभेना, इटालीसँग २०७५ असोज १५ गते सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात कम्पनीले २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु प्रभावग्राही हुन नसकेकाले एशियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप २०७६ फागुन १६ गते दोश्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।
कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको देशव्यापी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेश गर्ने म्याद थप गरिएको थियो । अन्ततः तीन वटा अन्तर्राष्ट्रिय बोलपत्र दाताहरुले बोलपत्र पेश गरेकोमा प्राविधिक बोलपत्रहरुको मूल्यांकनपश्चात दुई वटा बोलपत्रदाताहरुको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरुको मूल्यांकन पश्चात न्यूनतम मूल्यांकित सोङ्ग दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरीद सम्झौता गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत््गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको छ ।


१० मेगावाटमुनिका आयोजनालाई छुट

https://www.karobardaily.com/news/133508

 चैत्र १५, २०७७ आईतबार

विद्युत् नियमन आयोगले पानीको बहाव कम भई बिजुली उत्पादन गर्न नसकेका १० मेगावाटभन्दा मुनिका जलविद्युत् आयोजनाहरुलाई जरिवाना नलाग्ने र निर्माणाधीन तथा विद्युत् खरिद सम्झौता (पीपीए) भएका आयोजनाहरुको हकमा १० प्रतिशतसम्म जरिवाना लाग्ने व्यवस्था गरेको छ ।
विद्युत् नियमन आयोगले १० मेगावाटका आयोजनाहरुलाई लाग्दै आएको हाइड्रोलोजी जरिवाना हटाउने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन नगरी पुनरवलोकनका लागि पठाएकोमा आयोगले यस्तो निर्णय गरेको हो । विद्युत् प्राधिकरणले शतप्रतिशत जरिवाना छुट दिँदा प्रणाली सञ्चालन र करार व्यवस्थापनमा समस्या हुने भन्दै आयोगलाई पुनरवलोकनका लागि प्रस्ताव पठाएको थियो । आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले प्राधिकरणले पुनरवलोकनका लागि प्रस्ताव पठाएकोमा सञ्चालनमा रहेका आयोजनाहरुले एक हप्तामै पनि ऊर्जा उपलब्धताको पूर्वानुमान स्वघोषणा गर्न सक्ने र अधिकांश रुग्ण भएकोले जरिवाना नलाग्ने तर निर्माणाधीन र पीपीए भएका १० मेगावाटमुनिका आयोजनाहरुलाई भने घोषणाअनुसार उत्पादन गर्न नसकेमा १० प्रतिशत जरिवाना लाग्ने गरी बिहीबार आयोगले निर्णय गरेको जानकारी दिए । १० मेगावाटभन्दा साना आयोजनाहरुले पानीको बहाव कम लगायतका कारण सम्झौता ऊर्जाभन्दा कम उत्पादन गरेपछि कम बराबरको रकम जरिवाना लिँदै आएको थियो । ०७२ सालमा सरकारले ल्याएको ऊर्जा संकटकाल कार्ययोजनापछि प्राधिकरणले ५० प्रतिशत छुट दिँदै सम्झौता ऊर्जाको ४० प्रतिशतभन्दा कम उत्पादन गरेमात्र जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको थियो । तर १० मेगावाट मुनिका आयोजनाहरुले ४० प्रतिशत पनि उत्पादन गर्न नसकी दुई दर्जन आयोजनाहरुले हाइड्रोलोजी जरिवाना तिर्दै आएका थिए भने गत बर्ष आयोगले निर्णय गरी यसमा छुट दिने निर्णय गरेको थियो । प्राधिकरणले भने यो निर्णय करारीय सम्झौताविपरीत भएको र यसले प्रणाली व्यवस्थापनमा समेत समस्या हुने भन्दै पुनरवलोकनका लागि निवेदन दिएको थियो ।
आयोगको नयाँ निर्णयअनुसार सञ्चालनमा रहेका आयोजनाहरुले पीपीए अनुसार ३० दिनअगावै स्वघोषणा गर्न सक्नेछन् भने उनीहरुले पानीको वहावको कारण उत्पादन हुन नसकेमा साप्ताहिक रुपमा संशोेधन गर्न सक्नेछन् । नयाँ निर्णयमा आपूर्ति भएको मासिक ऊर्जा स्वघोषणाभन्दा बढी तर सम्झौता ऊर्जा भन्दा कम भएको खण्डमा सो फरक परिमाणलाई पीपीए सम्झौता बमोजिमको पीपीए दरको ५० प्रतिशतको दरले विद्युत् खरिदकर्ताले बिक्रीकर्तालाई भुक्तानी गर्नुपर्ने तथा आपूर्ति भएको मासिक ऊर्जा स्वघोषणा भन्दा बढी भएमा सो ऊर्जाको भुक्तानी पीपीएको प्रावधान अनुसार गर्नुपर्ने उल्लेख छ ।
आयोगको निर्णय कार्यान्वयनका लागि विद्युत् खरिदकर्ता प्राधिकरणले साविकको पीपीए आवश्यक संशोेधन गरी लागू गर्नुपर्ने पनि निर्णयमा उल्लेख छ ।

अनलाइन शुल्कवृद्धिबारे जानकारी माग
विद्युत् नियमन आयोगले अनलाइनबाट विद्युत् प्राधिकरणले महसुल भुक्तानी गर्दा थप सेवा शुल्क लिने निर्णयबारे सार्वजनिक भएको भन्दै यसबारे स्पष्ट जानकारी दिन निर्देशन दिएको छ ।
नियमन आयोगको स्वीकृतिबिना प्राधिकरणले आफूखुशी कुनै शुल्क थप्न नपाउने प्रावधान आयोगको ऐनमा छ । तर यसविपरीत प्राधिकरणले पाँच सयभन्दा बढी भुक्तानी गर्दा शुल्क लाग्ने व्यवस्था गरेको छ । पाँच सय रुपैयाँसम्म कम बिजुलीको महशुल अनलाइनबाट भुक्तानी गर्दा शुल्क नलाग्ने तर पाँच सय रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रति कारोबार अधिकतम ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको छ । सरकारले अनलाइनमार्फतको भुक्तानीलाई प्रोत्साहन गरिरहेको तथा प्राधिकरणले समेत यसलाई मान्यता दिएकोमा शुल्क लगाउन थालेपछि प्राधिकरणको आलोचना हुँदै आएको छ । यसबारे १५ दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको आयोगले जनाएको छ ।
यसैगरी आयोगले डेडिकेटेड फिडरको बक्यौताबारे विद्युत प्राधिकरणसँग जानकारी मागेको छ । सरकारले गठन गरेको समितिले डेडिकेटेड फिडरको वक्यौताको वर्गीकरण गरी विभिन्न छुट दिन सिफारिस गरी आयोग र प्राधिकरणलाई पत्र पठाएको थियो । प्राधिकरणका अनुसार, डेडिकेटेड फिडरको बक्यौता १५ अर्ब नाघिसकेको छ । आयोगले विद्युत् प्राधिकरणसँग यसको अवस्थाबारे जानकारी माग्ने निर्णय गरेको हो ।
प्राधिकरणको निर्णयअनुसार तोकिएको योग्यता पुगेका कम्पनीले प्रतिकारोबार ५ रुपैयाँभन्दा कम सेवा शुल्क राखेर बिजुली महसुल उठाउन सक्ने उनले बताए ।

Monday, March 22, 2021

कोसी कोरिडोर समयमै सक्न ‘वन प्रक्रिया’कै अवरोध

https://www.karobardaily.com/news/132408 

चैत्र ५, २०७७ बिहीबार

चालू वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको २२० केभीको कोसी कोरिडोरको प्रसारण लाइन वनको प्रक्रियाको कारण चालू वर्षमै सम्पन्न हुन कठिन देखिएको छ ।
चालू वर्षभित्र अर्थात ३० जुन २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको २२० केभी डर्बल सर्किटको सो प्रसारण लाइनमा वनकै कारणले समस्या देखिएको हो । इनरुवा–वसन्तपुर–बानेश्वर हुँदै तुम्लिङटारसम्मको १० सय ६ किलोमिटरमा निर्माण हुने ३२६ टावरमध्ये ३ सय २२ टावरको फाउण्डेसन (जग) सम्पन्न भइसकेको छ भने ३१९ को टावर इरिगेसन (निर्माण) भइसकेको छ तर वनकै कारणले बाँकीको काम अघि बढ्न सकेको छैन ।
संखुवासभाको धर्मदेवी नगरपालिकास्थित टुटेदेउरालीको कालिका सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा प्रसारण लाइन जाने बाटो परिवर्तन गर्नुपर्ने अवस्थाले थपिएको ६ टावर तथा २३ वटा रुख साइजका बिरुवा सहितको केही लाथ्राहरु हटाउनुपर्ने कारण अहिले प्रसारण लाइन समस्यामा छ । ‘मन्त्रिपरिषद्बाट पूर्वस्वीकृतभन्दा ६ वटा टावर र ९ सय प्रसारण लाइन सोही वनमा थप भएको छ, वन क्षेत्रमा २.७५ हेक्टर जग्गा भोगाधिकार गर्नुपर्ने अवस्था बन्यो, प्रारम्भिक वातावरण मूल्यांकन (आईईई) प्रतिवेदनभन्दा थप असर पर्ने स्थिति थिएन तर पहिला पूरक आईईई गर्नुपर्दैन भनेर प्रक्रिया सुरु गरेर सचिवमा आएपछि फेरि गर्नुपर्ने अवस्था आयो ।’ आयोजना सम्बद्ध स्रोतले भन्यो, “एक वर्ष विभिन्न प्रक्रिया पार गरेर आएपछि फेरि अहिले पूरक आईईईको प्रक्रियामा छ, पहिला थप भएमा मात्र पूरक वातावरण अध्ययन गर्नुपथ्र्याे तर नयाँ वन नियमावलीले थप र घट दुवै व्यवस्था गरेपछि यस्तो अवस्था आयो, अब समयमै सम्पन्न गर्न सकिँदैन ।”
प्राधिकरण बृहत् २२० केभी प्रसारण लाइन आयोजनाको प्रमुख राजन ढकालका अनुसार, प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण हुने तुम्लिङटार सबस्टेसन र बानेश्वर सबस्टेसन अन्तिम चरणमा छन् भने बसन्तपुर र इनरुवाको काम पनि अघि बढेको छ ।
प्रसारण लाइन आयोजना अनर्तगत ढुंगे साँघु र ताप्लेजुङमा १३२÷३३ केभी सबस्टेसनसमेत निर्माण हुन लागेको छ । ३० जुन २०२१ मा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने योजना रहेको सो प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण हुन लागेका चार सबस्टेसन भने सेक्टेम्बर २०२१ मा तथा तेह्रथुमको बसन्तपुरदेखि ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३५ किलोमिटर २२० केभीको डब्बल सर्किट र ताप्लेजुङमा सबस्टेसन निर्माण गर्ने काम भने डिसेम्बर २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
निजी प्रवद्र्धकहरुले भने कोसी कोरिडोर आयोजना समयमै सम्पन्न हुन नसके यसबाट निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्ने बताउँछन् । जलविद्युत् प्रवद्र्धक प्रकाश दुलाल तुलनात्मक रूपमा कोसी कोरिडोरको काम तीब्र गतिमा अघि बढेको भए पनि वनलगायतका समस्याले अझै ढिलाइ भएर प्रवद्र्धकहरुले लगानी गरेका आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइनको अभावमा खेर जाने होकि भन्ने चिन्ता अझै कायम रहेको बताउँछन् ।

Wednesday, March 17, 2021

बिजुली खपत बढाउने, आयात घटाउने सरकारको योजना

https://www.karobardaily.com/news/131642

 फाल्गुन २८, २०७७ शुक्रबार

लोडसेडिङको भय फेरि सुरु भएको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशमै विद्युत् खपत बढाउने र इन्धनको आयात घटाउने उद्देश्यसहित व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना तयार गरेको छ ।
‘व्यापार घाटा न्यूनीकरण गर्न आन्तरिक विद्युत् खपत वृद्धिका लागि कार्ययोजना बनाएका छौं,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले भने, ‘निजी क्षेत्रका उद्योगमा विद्युत् सहज बनाउनेदेखि विद्युतीय सार्वजनिक यातायातसम्मको व्यवस्थापनमार्फत विद्युत् खपत वृद्धिको योजना छ ।’
औद्योगिक, यातायात र कृषि क्षेत्रमा विद्युत् खपत वृद्धि गरी व्यापार घाटा घटाउने कार्ययोजना मन्त्रालयले तयार गरेको हो । हाल नेपालले ९० प्रतिशत आयात गर्दा १० प्रतिशतमात्र निर्यात गर्छ । चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाखको वस्तु आयात हुँदा निर्यात भने ६९ अर्ब ९१ करोड १७ लाखको मात्र भएको छ । इन्धन, विद्युत् र विद्युतीय सामग्रीको आयातमात्र बर्सेनि २ खर्ब २५ अर्बको हाराहारीमा हुने गरेको छ ।
त्यसैले स्वदेशभित्रै पर्याप्त बिजुलीको सम्भावना र उत्पादन हुने बिजुली समेत खेर जाने भन्दै चिन्ता प्रकट भइरहेको बेला मन्त्रालयले तयार पारेको कार्ययोजनामा विद्युत्को सहज उपलब्धता र निर्यातका योजनासम्म उल्लेख छन् । जसले नेपालको बढ्दो आयात निर्यात असन्तुलन पनि घटाउने अपेक्षा गरिएको छ ।
औद्योगिक क्षेत्र, करिडोर, उद्योग, व्यापार र सेवाका सबै क्षेत्रहरुमा निरन्तर र भरपर्दो विद्युत् आपूर्ति गर्ने व्यवस्था गर्ने र यसका लागि औद्योगिक क्षेत्र नजिक रहेका विभिन्न प्रसारण लाइनहरुको निर्माणलाई तीव्रता दिने कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा विद्युत्बाट सञ्चालित सार्वजनिक यातायातका सवारी साधनहरुको लागि एक वर्षभित्र देशभरका ५० स्थानमा चार्जिङ स्टेशन निर्माण सुरु गर्ने पनि उल्लेख छ । विद्युत् नियमन आयोगले चार्जिङ स्टेशनमा बढीमा ११.७० र कम्तीमा ३.७० रुपैयाँ प्रतियुनिट विद्युत् महशुल निर्धारण गरेको छ भने निजी क्षेत्रले यस महशुलमा थप २० प्रतिशत शुल्क लिई चार्जिङ स्टेशन स्थापना गरी सञ्चालन गर्न सक्नेछ ।
पेट्रोलियम पदार्थको उपयोग घटाउनका लागि कृषि र उद्योगमा उपयोग भइरहेका पेट्रोलियम पदार्थमा आधारित उपकरणहरुलाई विद्युतीय उपकरणहरुमार्फत प्रतिस्थापन गर्न त्यस्ता साधनको भन्सार महशुल पुनरावलोकन गर्ने, धेरै कोइला प्रयोग हुने इँटा तथा सिमेन्ट उद्योगमा विद्युतीय प्रणाली उपयोगलाई प्रोत्साहित गर्ने तथा बढी विद्युत् खपत गर्ने विद्युतीय घरायसी उपकरणको आयात नियन्त्रण गर्ने तथा कम विद्युत् खपत गर्ने उपकरणहरुको उत्पादन वृद्धिलाई प्रोत्साहन दिने पनि कार्ययोजनामा उल्लेख छ ।
नेपालले हाल हिउँदमा ७५० मेगावाटसम्म बिजुली आयात गरिरहेको भए पनि कार्ययोजनामा भने दुई वर्षभित्र अधिक विद्युत् उत्पादन गरी विद्युत् निर्यात गर्ने तथा नवीकरणीय ऊर्जाको उत्पादन र उपयोगलाई थप प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।
६८ मेगावाटको नवीकरणीय ऊर्जासहित १४ सय २३ मेगावाट क्षमता रहेको नेपालमा ५० प्रतिशतभन्दा बढी ऊर्जा निजी क्षेत्रबाट उत्पादन हुँदै आएको छ । हाल हिउँदमा १४ सय मेगावाट माग रहेकोमा त्यसको आधा भारतबाट आयात गर्नुपर्ने अवस्था छ । ऊर्जा मन्त्रालयले भने आयातित बिजुलीसँगै इन्धन समेत न्यूनीकरण गरेर बिजुलीको हिस्सा बढाउने योजना बनाएको जनाएको छ ।

Wednesday, March 10, 2021

ठूला आयोजनालाई राजनीतिक आवरण दिने प्रवृत्ति देखिएको छ

 https://www.karobardaily.com/news/131554

फाल्गुन २६, २०७७ बुधबार

३३ वर्ष सरकारी सेवामा बिताएका सुमन शर्मासँग अर्थ, ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी र सञ्चार मन्त्रालयमा काम गरेको अनुभव छ । पूर्वअर्थ, ऊर्जा र सञ्चार सचिवका साथै महालेखा नियन्त्रकको रूपमा काम गरेका शर्मा पेसाले इन्जिनियर हुन् । उनले वातावरणीय इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । प्राविधिकसँगै प्रशासनिक र आर्थिक क्षेत्रको पनि नेतृत्व गरेकाले उनलाई अर्थ–पूर्वाधार विज्ञका रूपमा पनि चिनिन्छ । हरेक आयोजनालाई अर्थतन्त्रसँग जोड्न सक्ने र यसका प्राविधिक पक्षलाई विश्लेषण गर्नसक्ने हुनाले उनको विज्ञताको प्रशंसा पनि हुने गरेको छ । सरकारका पूर्वसचिव शर्मासँग राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको ऋणात्मक आर्थिक वृद्धिदर र यसको कारण, यसमा राजनीतिक अस्थिरताले वर्तमान र भविष्यमा पार्ने प्रभाव, आगामी बजेटको कार्यदिशा, ठूला आयोजनाहरूमा आउने विवाद र यसको कारण, कोभिडले बढाएको डिजिटल डिभाइडको अवस्था र ऊर्जा क्षेत्रमा देखिएका समस्या र समाधानलगायतबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

भर्खर तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वृद्धिदर ऋणात्मक देखाएको छ । कोभिड–१९ को कारणले मात्र ऋणात्मक भएको हो कि ऋणात्मकबाट जोगाउने अन्य कुनै सम्भावना थियो ?
कोभिडको असर संसारभर नै छ । योजना आयोगको अध्ययनले ऋणात्मक त भनेको थिएन तर सम्भावना थियो । ऋणात्मक हुनुमा कोभिडको ठूलो हात छ । कोभिडको बेला निर्माण प्रायः बन्द नै थियो । उत्पादन र सेवा क्षेत्र पनि बन्द थियो । यी कारणले आर्थिक गतिविधि नै ठप्प भएको थियो । अहिले त कोभिडबाट मान्छे धेरै माथि उठिसके । अहिले आर्थिक गतिविधि बजारमा देखिएको छ । अब बजार लिंकेज बढाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा घरेलु पर्यटनलाई पनि विशेष अभियान ल्याएर चलायमान बनाउन सकिन्छ । स्वदेशी वस्तुको खपत बढाउने योजना पनि ल्याउन सकिन्छ । निर्माण कार्यलाई पनि बढी नै गति दिन सकिन्छ । नेपालमा कोभिडको जोखिममा छैन भन्ने सन्देश दिनुपर्छ । यसका लागि मेडिकल प्रोटोकलहरू राम्रो छ भन्ने विश्वास छिमेकी देशहरूमा दिन सक्नुपर्छ ।
जहाँसम्म गत वर्षमा कोभिडअघि नै अर्थतन्त्रका गतिविधि किन चलायमान भएनन् र ऋणात्मक बन्यो, यसमा सरकारको भूमिकाको कुरा छ । उद्योग, कलकारखाना बन्द भएको कारणले अन्तिम अवस्थामा धेरै राजस्व संकलन पनि भएन । सरकारले छुट पनि दिएको थियो । ७० प्रतिशतभन्दा बढी खर्च सरकारले गर्छ र अन्तिम समयमा गर्ने पद्धति छ । आर्थिक वर्ष सुरु भएपछिको नौ महिना खासै खर्च हुँदैन । चैत, वैशाख, जेठ र असार त हाम्रा लागि महत्वपूर्ण समय हो । यो समयमा सबै काम हुन्छ ।

कोभिडले त अर्थतन्त्रमा ठूलो असर गरेको थियो, तर अर्को राजनीतिक अस्थिरताले फेरि अर्थतन्त्र प्रभावित हुने अनुमान गरिँदै छ । यसलाई कसरी हेर्नुभएको छ ?
राजनीति त सबै नीतिको मूल नीति हो । राजनीतिक अस्थिरताले आर्थिक वृद्धिदरलाई असर गर्न सक्छ । प्रभावित नगर्ने भन्ने कुरै हुँदैन । राजनीतिक अन्योलता हुँदा नयाँ लगानी ल्याउने वा उद्योग प्रवद्र्धन गर्ने कुरालाई पछाडि सार्छन । सरकार नेतृत्वमा रहनेहरूमा पनि अन्योलता आउँछ । चुनावका लागि खर्चको जोहो गर्ने प्रवृत्ति बढ्छ । राजनीतिक अस्थिरताले केही हदसम्म विकासमा असर पु¥यायो नै, तर सेयर बजार हेर्ने हो भने त माथि जाँदै छ । हामीकहाँ प्रक्षेपण नै गर्न सक्ने कुरा त छैन, अर्थतन्त्र बढी परम्परागत भएर पनि होला तर राजनीति अन्योलता पर्छ नै । राजनीतिज्ञहरू राजनीतिको कुरा गर्नेतिर लाग्छन् । स्थानीय निकायको अवस्था पनि उही हुन्छ । मन्त्री पनि यही गफमा लाग्ने अनि सचिवज्यूहरू आदेश पर्खेर बस्ने हुन्छ । यसले राजस्व पनि कम हुन्छ ।

आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको प्रक्रिया सुरु भएको छ, यो राजनीतिक अस्थिरताले बजेटमा कस्तो असर पर्छ ?
संविधानले तोकेअनुसार नै बजेट ल्याउनुपर्छ । यसले बजेट निर्माण प्रक्रियामा केही असर त पक्कै पर्छ होला । राजनीतिक धुव्रीकरणका कारणले बजेट यथार्थभन्दा पनि चुनावलाई ध्यानमा राखेर आउन सक्ने अवस्था सक्छ । आफ्नो पक्षलाई फाइदा पुग्ने गरी आर्थिक विनियोजन हुने गर्छ । स्थिरताको बेला मनोवैज्ञानिक रूपमा समेत सबैले उत्साहका साथ काम गर्न सक्छन्, अस्थिरताले बन्द, हड्ताल, विरोध हुँदा यसले लगानीमा प्रभाव पर्छ । बजेट निर्माणमा पनि असर पर्न सक्छ । सन्तुलनको वातावरण बिग्रनेबित्तिक्कै बजेट सन्तुलनमा पनि समस्या परिहाल्छ ।

बजेट निर्माणको क्रममा तपाईंहरूसँग पनि सल्लाह, सुझाव मागिएको थियो, तपाईंहरूको सुझाव के दिनुभएको थियो ?
कोभिडले ल्याएको असरलाई ध्यान दिनुप¥यो । नेपालको मेडिकल सिस्टमलाई राम्रो बनाउनुपर्छ । विश्वमा नेपालको मेडिकल प्रणालीलाई राम्रो हेरिँदैन । हाम्रो पर्यटन पनि महत्वपूर्ण क्षेत्र भएकाले यसमा बढी ध्यान दिनुपर्छ । मेडिकल सुविधाहरू राम्रो पार्नुपर्छ । कोभिडको बेलामा पनि नेपालले राम्रो काम गर्न सकेको भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा इमेल प्रवाह गर्नुपर्छ । कोभिडपछि डिजिटल डिभाइड बढेर गएको छ । हुने र नहुनेबीच खाडल झन् बढ्यो । सुविधा हुनेहरूले शिक्षा लिन पाए भने नहुने विकट र गाउँका कक्षा भएन । हुने अगाडि बढ्या बढ्यै ग¥यो, नहुने झन्–झन् पछाडि पर्दै गयो । व्यापारमा पनि यही कुरा लागू हुन्छ । भविष्यमा यस्तो नहोस् । यसकारण देशभर ब्रोन्ड बैंक स्थापना गरेर सस्तो र सुलभ दरमा पहुँच पु-याउनुपर्छ । अनलाइन एक्सेस बढाउनुपर्छ । अर्को, मैले के भनेको थिएँ भने अहिले तत्काल ठूला आयोजनाहरू सुरु गर्नुभन्दा पनि स्थानीय रूपमा भएका थुप्रै आयोजनाहरूलाई सम्पन्न गर्नुपर्छ । जुन लामो समयदेखि पूरा हुन सकेका छैनन् । यसलाई हामीले थोरै पैसामा पुनर्निर्माण, मर्मत–सम्भार गर्न सक्छौं । नेपालमा नयाँ बनाउन कस्सिने, पुरानो मर्मत–सम्भारमा ध्यान दिएर लाभ लिन नसक्ने अवस्था छ । यस्ता कामले स्थानीय स्तरमा ठूलो रोजगारी सिर्जना पनि हुन्छ । अहिले बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने आयोजनाहरू बनाउनुपर्छ । यसमा लगानी भिœयाउनुपर्छ । सबैभन्दा बढी सेवा क्षेत्रमा कोभिडको प्रभाव देखिएकाले ती क्षेत्रहरूलाई पुनर्जीवन दिनुपर्छ । निर्माणलाई तत्काल गतिशील बनाउनुपर्छ । यसतर्फ ध्यान दिनुपर्छ भनेर हामीले सुझाव दिएका छौं ।

पछिल्लो समयमा चालू वर्षभित्रकै बजेटलाई रकमान्तर गर्ने र आर्थिक भार पर्ने गरी नियुक्तिहरू भइरहेको सार्वजनिक भइरहेको छ । अनावश्यक खर्च घटाउनका लागि के गर्नुपर्ला ?
पुँजीगत खर्च एकदम कम छ । पुँजीगत खर्च ३ सय अर्ब भए चालू खर्च ९ सय अर्ब हुन्छ । यस्तो अवस्थामा काम गर्छौं । हुन त चालू र पुँजीगत खर्चमा पनि विभाजन छ । यसभित्र पनि दुवैको हिस्सा हुन्छ तर हामीले पुँजीगत खर्च बढाउन सकेनौं । चालू खर्च जस्ताको तस्तै रहने, अनुत्पादक खर्चहरू निरन्तर हुने तर पुँजीगत खर्चको भार घट्ने । एकातिर कम त छँदै छ, अर्कोतिर खर्च नै नहुने । चालू खर्च बढिरहने । हाम्रो निर्माण महँगो हुने भयो । जनताले समयमा सुविधा नपाउने भए । यसमा लाभ भएन र अर्थतन्त्रसँग जोडिएन । अब अत्यावश्यकबाहेक फजुल खर्च घटाउनुपर्छ । अनावश्यक योजनाहरू घटाउन सकिन्छ । थुप्रै अनुत्पादक आयोजनाहरू सुरु भएका छन् । कनिका छरेर आयोजनाहरू सुरु भएका छन् । सुरु त भयो तर कहिले सम्पन्न हुने थाहा छैन । यसको अध्ययन पनि राम्रो भएको छैन, लाभ पनि थाहा छैन । यस्तो अवस्थामा आयोजना छनोटदेखि खर्चसम्मको मापदण्ड तयार गर्नुपर्छ । यसको आधारमा अनुउत्पादक आयोजनाहरू लगानी गर्नु हुँदैन, बढी लाभ दिने आयोजनाहरू अघि बढाउनुपर्छ । पुराना अनावश्यक आयोजनाहरू कटाउनेतिर लाग्दा राम्रो हुन्छ । आयोजनाहरूको पुनर्वर्गीकरण गर्नुपर्ने र छनोट गर्नुपर्ने अवस्था छ, जहाँ पनि डोजर खन्ने, भ्यू टावर बनाउने, मन्दिर बनाउन थाल्दा समस्या भएको छ । पुँजीगत खर्च कहाँ उत्पादनशील बढी हुन्छ भनेर हेर्नुपर्छ ।

अब चालू वर्षको बजेटको कुरा गरौं, अर्धवार्षिक समीक्षाले १५ प्रतिशत मात्र विकास खर्च भएको देखाएको छ । बर्सेनि हाम्रो विकास खर्च कमजोर छ र आर्थिक वर्षको अन्तिमतिर मात्र किन हुन्छ ?
आयोजनाहरू भटाभट दिने र बजेट विनियोजन पनि गरिहाल्ने तर यसको राम्रो अध्ययन भएकै हुँदैन । यसको संयन्त्र बनेको हुँदैन, वनजंगल र जग्गा प्राप्ति भएको हुँदैन । डिजाइन तयार भएको हुँदैन । प्रतिफलको विश्लेषण पनि गरिएको हुँदैन । यस्ता आयोजनभन्दा खर्च गर्ने अर्कै योजनामा हाले भएको त प्रगति हुन्थ्यो नि । अर्को आयोजना निर्माण कार्यान्वयन क्षमतामा स्थानीय निकायहरू धेरै अघि बढ्न सकेका हुँदैनन् । नीतिगत समस्या छन्, कर्मचारीका समस्या छन् । कानुनी बुभाइबारे समस्या छ । कार्य क्षमतामा पनि समस्या छ । स्थानीय निकायको क्षमता बढाउनुपर्नेछ । हरेक वर्षको समस्या वनजंगल काट्न समस्या भयो, निर्माण सामग्री पाइएन, जग्गा प्राप्ति भएन, यस्ता कुरा हरेक पटक दोहोरिन्छन् । जहिले पनि सार्वजनिक खरिद समस्या भयो भन्छन् । निर्णय गर्ने वातावरण भएन, ढिलाइ भयो । सार्वजनिक खरिद ऐन र निर्देशिका बढी नियन्त्रणमुखी छ । बदमासी हुन्छ, यसलाई रोक्नुपर्छ भन्ने मनसायबाट निर्देशित छ । यसमा संशोधन गरेर सहज बनाई यसको व्यवस्थापनका लागि कार्य क्षमता बढाउनुपर्नेछ । नकारात्मक मात्र काम हुन्छ भन्ने सोचका साथ ऐन बनाउनु हुँदैन नि । यसमा हौसला र प्रोत्साहन पनि दिनुपर्छ । कर्मचारीमा पनि निर्णय पन्छाउने पद्धति छ । भेरिएसन अयो भने सकेसम्म नगर्ने अवस्था छ । यसमा कतिपय ठाउँमा बुझाइको पनि कमी छ । विकासको दृष्टिकोणले हेर्ने नगरिएकाले पनि समस्या छ । अर्थ मन्त्रालयमा त अर्थ मात्र जान्ने राखेर भएन नि । सबै क्षेत्र बुझेकाहरू हुनुपर्छ । कृषि, पूर्वाधारलगायत बुझेको र यो कसरी सञ्चालन हुन्छ भनेर बुझेको मान्छे हुनुपर्छ । यसलाई अर्थतन्त्रका दृष्टिकोणले मात्र हेर्ने भन्ने कुरा भएन । यसलाई मागमा आधारित भएर हेर्नुपर्छ ।

अधिकांश विदेशबाट आउने लगानी र ठूलो आयोजनामा विवाद देखिन्छ । के हाम्रो पूर्वाधार कूटनीति कमजोर भएर यस्तो भएको हो ? विवादरहित बनाउन कस्तो कूटनीति आवश्यक पर्ने देख्नुहुन्छ ?
ठूला आयोजनाहरूमा समस्या हुनु नपर्ने हो । धेरै अध्ययन गरेर आएको हुन्छ । ठूला आयोजनाहरूलाई राजनीतिक आवरण दिने प्रवृत्ति देखिएको छ । आयोजनालाई राजनीतिक दृष्टिकोणले हेरिन थालिएको छ । कि पहिल्यै आयोजनाहरू दिनु भएन, तर दिएपछि राजनीतिक दृष्टिकोणले हेरेर समस्यामा पार्नु भएन नि । यसबाट हेर्नुपर्ने दिशा नै अर्को देखिन्छ । राजनीतिक स्वार्थको पीडित ठूला आयोजना हुनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । यो ठीक भएन । यसबारे समयमै यसलाई सार्वजनिक गर्न नसकेका कारण पनि यसो भएको होला । लगानी आउने आयोजनाहरूमा पनि यस्ता समस्या छन् । एमसीसीकै कुरामा पनि यसलाई राजनीतिक दृष्टिकोणभन्दा आवश्यकता र लाभका दृष्टिले हेर्नुपर्ने थियो भन्ने मेरो कुरा हो ।

विदेशी लगानी र सहायता आयोजनाहरूको लगानीबारे नेगोसेसन गर्दा कसरी गरिन्छ । किन कार्यान्वयनको अन्तिम अवस्थामा आएर विवाद हुन्छ ? पछिल्लो समयमा एमसीसीमा भएको विवादलाई कसरी हेर्नुभएको छ ?
आयोजना डिजाइनमा जाने बेलामा जनसहभागिता कसरी गराउने भन्ने महŒवपूर्ण कुरा हो । अहिलेको विकास अवधारणाले त्यही भन्छ । वातावरणीय प्रभाव मूल्यांकन, लाभ बाँडफाँड लगायतबारेमा स्थानीयवासीलाई जानकार गराउनैपर्छ । कतिपय आयोजनाहरूले दिने लाभबारे स्थानीयलाई जानकारी दिनुपर्छ । जस्तै एमसीसीले सडक र ऊर्जाको आयोजना मात्र बनाउँदैन, यसले क्षमता अभिवृद्धिमा पनि काम गर्छ । यो सरकारकै प्राथमिकता क्षेत्रमा खर्च गर्ने गरी आएको हो । नेगोसेसनै कमजोरी भएको त मलाई लाग्दैन, राम्रै हुन्छ र नेपालीले गर्छन् पनि । यदाकदा अपवाद त जहाँ पनि हुन्छ । यसमा कहिलेकाहीं राजनीतिक आवरण र दबाब मिसिन्छ । नेगोसेसनभन्दा पनि आयोजना बुझ्ने बुझाइको समस्या छ । एउटै कुरालाई अलग–अलग दृष्टिकोणले हेरियो । एउटै ठूलो आयोजनालाई एउटाले घाम र एउटा छाया देख्ने प्रवृत्ति देखियो । आधा खाली कि आधा भरियो भनिएजस्तै । यसमा हेर्ने दृष्टिकोणमै छ । मुद्दाहरूलाई गहन रूपमा विश्लेषण गरेर सकारात्मक दृष्टिकोणले व्याख्या ग¥यो भने यसले सकारात्मक धारणा ल्याउँछ ।

तपाईं पूर्व ऊर्जासचिव भएको हिसाबले पछिल्लो समयमा निजी क्षेत्रको लगानी बढ्दो छ, तर निजी क्षेत्रले धेरै चुनौती देख्नुपरेको गुनासो गरिरहनुभएको हुन्छ ? यसमा कसको कसरी कमजोरी देख्नुहुन्छ ?
यसमा दुवैतर्फको कमजोरी देख्छु । निजी क्षेत्रले पनि हाम्रो समस्या के हो भनेर सरकारलाई बुझाउन सक्नुपर्छ । कहाँ किलाकाँटी छ भन्यो भने पो समस्या समाधान हुन्छ । दुखायो दुखायो भनेर मात्र भएन नि । निजी क्षेत्रले नेपाल विद्युत् प्राधिकरणले हाइड्रोलोजी जरिवाना हटाइदिएन, विद्युत् खरिद सम्झौता (पीपीए) पनि गरिदिएन, सरकारले प्रतिबद्धता गरेअनुसार प्रतिबद्धता पनि पूरा गरिदिएन भनेर भनिरहेका हुन्छन् । व्यापारी निकायले आफ्नो उत्पादन बेच्नका लागि माग बढाउनेतिर लाग्नुपर्छ । माग बढाउन पनि निजी क्षेत्रले सहयोग गर्नुप-यो । यसका लागि लगानी गर्नुप¥यो । उनीहरूले बाँध र विद्युत् गृहसँगै खपत बढाउनतिर पनि लाग्नुपर्छ । सरकार त अझ धेरै उदार रूपमा प्रस्तुत हुनुपर्छ । विद्युत् प्राधिकरणले बिजुली किन्ने ग्यारेन्टी गर्न सक्दैन भने सरकारले त गरिदिनुपर्छ । सरकारले आफूले गरेका प्रतिबद्धता पूरा गर्नुप-यो । सरकार निजी क्षेत्रको जलविद्युत्का लागि नियन्त्रणकारी निकाय मात्र बन्नुभएन । पीपीए गरिसकेपछि त्यसको खपतका योजना र व्यवस्थापनमा पनि लाग्नुप¥यो । सरकारले औद्योगीकरणलाई प्रवद्र्धन गरी विद्युत् खपत बढाउनुप-यो । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्नुप¥यो । यसमा छुट र सुविधा दिनुप-यो । डिजेल÷-पेट्रोलको प्रयोगबाट विद्युत् प्रयोग गर्ने कम्पनीहरूलाई सुविधा पनि दिनुप¥यो । सहजीकरण पनि गर्नुप-यो । माग बढ्यो भने मात्र सबैका लागि सहज हुन्छ । माग नै छैन भनेर सरकार चुप लागेर बस्ने हो भने त ठूलो समस्या आउँछ । निजी क्षेत्र र सरकारबीच झगडा पनि बढ्छ । माग बढाउन सक्यो भने त सबैका लागि अवसर पनि प्राप्त हुन्छ । यसका लागि बजार विस्तार गर्नुपर्छ । प्राधिकरणले बिजुली बेच्न सक्दिन भन्ने, सरकारले यो त प्राधिकरणको काम हो, मतलब छैन भन्ने र निजी क्षेत्रले समयमै किनेन भन्ने हो त ऊर्जा क्षेत्रले ठूलै समस्या भोग्नुपर्छ । मुख्य यसमा सरकारको दायित्व हुन्छ । यतिसम्म कि सरकारले दिन्छु भनेको सुविधा पनि दिएको छैन । प्रतिमेगावाट भ्याट फिर्ता दिएको छैन । प्रसारणलाइनको उस्तै समस्या छ ।

धादिङमा हाइड्रोपावर एकेडेमी स्थापना हुने

 https://www.karobardaily.com/news/131487

फाल्गुन २६, २०७७ बुधबार

धुनीबेंसी (धादिङ)-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाइड्रोपावर एकेडेमी स्थापना गर्ने भएको छ । धादिङको धुनीबेंसीस्थित शेषकान्त फाउन्डेशनले तयार गरेको जर्मन प्राविधिक शिक्षालयको पूर्वाधारमा इप्पानले एकेडेमी स्थापना गर्न लागेको हो ।
एकेडेमी स्थापना गर्नेबारे इप्पानका अध्यक्ष कृष्ण आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालबीच मंगलबार सम्झौतामा हस्ताक्षरसमेत भएको छ । फाउण्डेसनका आयोजना प्रबन्धक पवन ढकालका अनुसार हालसम्म शिक्षालयमा जर्मनका विभिन्न कम्पनीको सहयोग र व्यक्तिगत सहयोगमा १४ करोडको उपकरण ल्याइसकिएको छ । उपकरणहरु भए पनि व्यावहारिक ज्ञानसहित प्राविधिक शिक्षाका लागि आफूले पहल गरिरहेको बेला इप्पानले जलविद्युत्का लागि आवश्यक जनशक्ति उत्पादन गर्नका लागि सम्झौता गरेपछि धेरै सहज भएको उनले बताए । जलविद्युत् क्षेत्रका लागि अत्यावश्यक किलाकाँटा उत्पादन गर्ने सीएनसीका साथै जेनेरेटरहरु, हाइड्रोपावर सिमुलेटर लगायतका अधिकांश उपकरण शिक्षालयमा छन् ।
सम्झौताअनुसार तीन महिनाभित्र तीन क्षेत्रका जनशक्ति उत्पादनका लागि कोर्स बनाउने तथा आगामी वर्षदेखि ४५ जनालाई प्राविधिक शिक्षा दिइनेछ । एकेडेमीमा जलविद्युत् सञ्चालन तथा व्यवस्थापन, इलेक्ट्रोमेकानिकल प्रणालीमा आवश्यक मेसिनको जडान र सञ्चालन तथा हाइड्रोमेकानिकल गरी तीन वर्ष कोर्ष निर्माण गर्न लागिएको छ । जागिरको ग्यारेण्टीसहित जलविद्युत् आयोजनाहरुका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी कोर्ष डिजाइन गरिने अध्यक्ष आचार्यले जानकारी दिए ।
जलविद्युत् उत्पादन भएपछि विद्युत् गृह सञ्चालनका लागि जनशक्ति अभाव रहेको र कतिपय आयोजनाहरुले विदेशबाट पनि ल्याउनुपर्ने अवस्था रहेकोमा एकेडेमीको सञ्चालनपछि सो समस्या समाधान हुने अपेक्षा गरिएको छ । ‘देशभर तीन हजार मेगावाट बराबरका १८० आयोजना निर्माणाधीन छन् । यसमा दक्षदेखि ज्यालादारीसम्मका दुई लाख जनशक्ति छन् । यीमध्ये हाइड्रो र इलेक्ट्रोमेकानिकलमा १० हजार प्राविधिक रहेकोमा तीमध्ये अधिकांश भारत र चीनका इन्जिनियर छन्,’ इप्पानका उपाध्यक्ष आशिष गर्गले भने, ‘जलविद्युत् सञ्चालत तथा व्यवस्थापन कोर्षले ती जनशक्तिहरु नेपालमै उत्पादन हुनेछन् ।’
इलेक्ट्रामेकानिकल प्रणालीमा मेसिन विदेशबाट ल्याएपछि शतप्रतिशत जडान र सञ्चालनका लागि विदेशी प्राविधिक टोली आवश्यक रहेकोमा कोर्ष सञ्चालनपछि स्वदेशमै जनशक्ति उपलब्ध हुनेछन् भने पेनस्टक पाइप, गेट्स, भल्भर्स लगायत फलामका कामका लागि आवश्यक जनशक्ति उत्पादनका लागि हाइड्रोमेकानिकलको कोर्षपछि ती क्षेत्रका जनशक्ति उत्पादनका लागि धेरै सहज हुने उपाध्यक्ष गर्ग बताउँछन् ।
सम्झौता कार्यक्रममा धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, जर्मन दूतावासका हेड अफ कमर्शका सिमन म्याक्सिमिलन लगायतले शिक्षालयले दक्ष जनशक्ति उत्पादनमा ठूलो सहयोग पुग्ने बताएका थिए ।

Saturday, March 6, 2021

पानीको सतह घट्दा विद्युत् आयोजनामा जोखिम

 

https://www.karobardaily.com/news/131033

फाल्गुन २३, २०७७ आईतबार

११० वर्षअघि बनेको ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबट अहिले बिजुली उत्पादन हुँदैन । नेपालको राजधानी काठमाडौँ मा खानेपानीको अभाव भएपछि फर्पिङको पानी काठमाडौँ ल्याएसँगै २०३८ सालदेखि आयोजनाको उत्पादन बन्द भएको छ ।
५ लाख २८ हजार ७ सय ८३ क्यूफिट पानीको जलाशय रहेपनि काठमाडौँ मा बढ्दो बस्तीसँगै र जलविद्युत् आयोजनाहरुको लागि उपयोग गरेका खोलाहरु सुक्दै गएपछि आयोजनाको उत्पादन नै बन्द भएको नेपाल विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिमल्सिना बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्सेर बेलायतबाट फर्केर आएपछि विक्रम संवत् १९६४ सालमा सुरु भएको सो आयोजना १९६८ साल जेठ ९ गते उद्घाटन भएको थियो । कुटली, सातमुले र शेषनारायण खोलाबाट पानी ल्याएर निर्माण भएको सो आयोजना नेपालको जलविद्युत् इतिहासमा पहिलो हो तर अहिले विद्युत् गृह सञ्चालनमा छैन ।
२०५६ सालमा निर्माण सम्पन्न भएको नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाले आर्थिक वर्ष २०७५-०७६ सालको असारमा ९५७२६ मेगावाट आवर उत्पादन गरेको थियो तर आर्थिक वर्ष २०७६-०७७ मा त्यो घटेर ८६९९८ मेगावाट आवरमा झ-यो । ९२५९५ मेगावाट आवरको लागि डिजाइन गरेको सो आयोजनाको लक्ष्य भने २०७६-०७७ सालमा ९२४२९ मेगावाट आवर थियो । यस्तै विद्युत् प्राधिरकणले निर्माण गरेको ६० मेगावाटको त्रिशूली ए आयोजनाको आर्थिक वर्ष २०७६-०७७ मा बार्षिक रुपमा ४८९७६० मेगावाट आवर उत्पादन गर्ने गरी डिजाइन गरिएपनि ४०७५५१ मेगावाट आवर उत्पादन भएको थियो ।
२०३९ सालमा निर्माण सम्पन्न भएको नेपालकै पहिलो जलाशययुक्त आयोजना कुलेखानी पहिलोले ६० मेगावाटले २०५५-०५६ सालमा २४९६८० मेगावाट आवर सम्म उत्पादन भएको थियो तर २०६१-०६२ मा १७३७८५ मेगावाट आवर र २०७४-०७५ मा ९११८४ मेगावाटसम्म झरेको प्राधिकरणको तथ्यांकले नै देखाएको छ । तीन वर्षअघि निर्माण सम्पन्न ३० मेगावाटको चमेलियाबाट वार्षिक रुपमा १८४२०० मेगावाट आवर उत्पादन गर्ने लक्ष्य राखिएपनि आर्थिक वर्ष २०७६-०७७ मा १६०८११ मेगावाट आवर मात्र उत्पादन भएको देखाएको छ । १९८४ मा निर्माण सम्पन्न भएको १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना ११३००० मेगावाट आवर उत्पादन गर्ने गरी निर्माण भएको हो तर अहिले उत्पादन ९२०५३ मेगावाट आवर मात्र छ ।
२०६४ सालमा निर्माण सम्पन्न १.६५ मेगावाटको थोपल खोला जलविद्युत् आयोजनाले हिउँदमा कम्तीमा ५ सय किलोवाट उत्पादन गर्नुपर्ने हो तर गत धादिङको सिद्धालेख गाउँपालिकास्थित विद्युत् गृहमा पुग्दा जम्मा उत्पादन २ सय ८० किलोवाट मात्र थियो । ‘२०६४ सालमा त ५ सय किलोवाट नै थियो तर अहिले पानीको सतह घटेर २ सय ८० किलोवाटमा झरेको छ,’ विद्युत् गृहका निमित्त व्यवस्थापक बद्री सिलवालले सुनाए, ‘माथि मुहानमा पनि पानी कम भयो, त्यसपछि पानी बग्दै आउँदा सिँचाइ, खानेपाली लगायतमा पनि उपयोग बढ्यो, जलवायु परिवर्तनले पनि पानी सुक्यो भन्छन्, पानीको सतह पहिलाभन्दा धेरै कम छ ।’ गत वर्ष सम्झौता भएको ऊर्जाभन्दा थोपलखोला जलविद्युत् आयोजनाले ४०.३४ प्रतिशत मात्र विद्युत् उत्पादन कम गर्यो । यही कारण एकातिर आम्दानी गुमायो भने अर्कोतिर चार लाख जरीवाना पनि बुझाउनुप-यो । २८ करोड लगानीमा सम्पन्न भएको आयोजनाले नियमित रुपमा बैंकको ऋण र किस्ता तिर्न नसकेपछि जोखिमको सूचीमा परेको छ ।
थोपल खोला जलविद्युत् आयोजना मात्र होइन, ऊर्जा मन्त्रालयद्धारा गठित निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले ९३ आयोजनामध्ये १० मेगावाटभन्दा कम क्षमताका ३५ आयोजनाहरु आर्थिक रुपमा संकटग्रस्त अवस्थामा रहेको देखाएको छ । यीमध्ये ८.५२ मेगावाटका दुई आयोजनाले बैकको ब्याज नियमित तिरिरहे पनि किस्ता समयमै तिर्न सकेका छैनन् ।
८१.९५ मेगावाटका २३ आयोजनाले सावा र ब्याज दुवै नियमित रुपमा बुझाउन सकेका छैनन् । २३ आयोजनामध्ये पनि ७ आयोजना त बैंकको खतरा सूचीमा परिसकेका छन् । प्रतिवेदनले हाइड्रोलोजी (खोलामा हुने पानीको बहाबको कमी) का कारण वार्षिक ९.३ प्रतिशतदेखि ५६ प्रतिशतसम्म विद्युत् उत्पादनमा कमी आएको देखाएको छ । १० देखि १२ वर्षभित्र साँवा ब्याज तिरेर आयोजनाहरू प्रतिफल आउने अवस्थामा पुग्नुपर्ने हो तर खोलामा पानी सुक्दै गएपछि अहिले यी आयोजनाहरु ठूलो समस्यामा परेका छन् ।
विद्युत् प्राधिकरणले १० मेगावाट मुनिका आयोजनाहरुमा प्रत्येक महिना ऊर्जा उत्पादनको प्रक्षेपण गर्दा ९० प्रतिशत अर्थात १० प्रतिशतसम्म उपलब्धताको घोषणा (एभाईविलीटी डिक्लेरेसन) गर्न पाउने र त्यसको पनि ९० प्रतिशत अर्थात ८० प्रतिशतभन्दा कम उत्पादन गरेमा सो अनुसार कम उत्पादन ऊर्जा बराबरको जरिवाना लगाउने व्यवस्था गरेको छ । पानीको सतह घट्दै गएर निजी क्षेत्रका लगानीकर्ताहरुले २०७२ सालमा ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा संकटकाल कार्ययोजना अनुसार विद्युत् प्राधिकरणले त्यसमा ५० प्रतिशत छुट दियो । अहिले ४० प्रतिशतभन्दा कम उत्पादन गरेपछि मात्र जरिवाना तिरे हुन्छ तर निजी क्षेत्रले बनाएका एक तिहाईभन्दा बढी आयोजनाहरु अझै संकटग्रस्त छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष कृष्ण आचार्य सम्भाव्यता अध्ययनको बेलामा जल तथा मौसम विभागले उपलब्ध गराएको तथ्यांकको आधारमा परामर्शदाताले प्रतिवेदन बनाई क्षमता निर्धारण गरेको तर पानीको सतह घटेपछि आम्दानी गुमाउने र जरीवाना तिर्ने दुवै सजाय निजी क्षेत्रका लगानीकर्ताहरुले पाइरहेको बताउँछन् । ‘जलविद्युत् आयोजनाहरुमा जलवायु परिवर्तनको असर देखिन थालेको छ, पानीको सतह घटेकै कारण लगानीकर्ताहरुले जरिवाना तिरेर ठूलो घाटा बेहोर्नु परिरहेको छ,’ उनी भन्छन्, ‘विभागले उपलब्ध गराएको तथ्यांकको आधारमा विश्लेषण गर्दा गलत गणना भएर तोकिए अनुसारको आम्दानी भएन ।’
सरकारले जलविद्युत् अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्ने बेला र विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने बेलामा ऊर्जा तालिका (इनर्जी टेबल)लाई अन्तिम रुप दिन्छ, यसमा विद्युत् उत्पादन हुने नहुने परीक्षण हुन्छ । दुवै चरण पार गरेर आयोजना बनाउने प्रवद्र्धकहरुले भने बिजुली कम उत्पादन भएवापत जरिवाना तिर्नुपर्ने अवस्था आउनु बिडम्बना भएको संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिका सदस्य एवं जलविद्युत् प्रवद्र्धक सूर्य अधिकारी बताउँछन् । ‘पछिल्लो समयमा खानेपानी, सिँचाइ, सरसफाई, उद्योग लगायतका क्षेत्रमा पानीको उपयोग बढेको छ । यसले पनि पानीको सतह घटाएको छ । अर्कोतिर विश्वको तापक्रम पनि बढ्दो छ, यसको मारमा निजी क्षेत्रका लगानीकर्ता परेका छन्,’ उनी भन्छन् ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य हिमाल हरेक वर्ष कालो हुँदै गएको तथा महाभारत र चुरे क्षेत्रमा पानीको मुहान सुक्दै गएको कारण पानीको सतह घट्दै गएको स्वीकार्छन् । “हिमालमा हिउँ घट्दै गएर हरेक वर्ष कालो हुँदैछ । पहाडी क्षेत्रमा पानीको मुहान सुक्दैछ, जलवायु परिवर्तनकै कारण हुन सक्छ । पानीको सतह घट्दै गएको छ, मनसनुको पानी बढ्दै गएको छ,’ उनी भन्छन्, ‘हाम्रो देशले यसलाई अन्त्य गर्न सक्दैनौं, यस्तो अवस्थामा जलाशययुक्त आयोजना बढीभन्दा बढी बनाउनु विकल्प छैन ।’
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले जलाशययुक्त आयोजनाहरुलाई जोड दिनुपर्ने बताए पनि जलाशययुक्त आयोजना निर्माणको अवस्था भने दयनीय छ । १३६० मेगावाटको कुल जडित क्षमतामध्ये कुलेखानी पहिलो, दोस्रो र तेस्रो गरी १ सय ६ मेगावाट मात्र जलाशययुक्त आयोजनाबाट उत्पादन भइरहेको र निर्माणाधीन ३ हजार मेगावाटमध्ये १ सय ४० मेगावाटको तनहुँ हाइड्रो मात्र हाल निर्माणाधीन रहेको विद्युत् प्राधिकरणको तथ्यांकले देखाएको छ ।
मौसममा आएको परिवर्तनसँगै छोटो समयमा एकैपटक बढी वर्षा हुने अवस्था आएको छ । जल तथा मौसम विभागको तथ्यांकले पनि गत वर्षामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी वर्षा भएको देखाएको छ । गत १९ जेठदेखि ११ असोजसम्मको तथ्यांकअनुसार सरदर वर्षा १४ सय १२.७ मिलिलिटर वर्षा हुनुपर्नेमा लगभग १६ सय ४२ मिलिलिटर भएको छ । यो सरदरभन्दा २२९.४ मिलिमिटर बढी हो । एकै दिन गत असारको २५ गते बिहानदेखि २६ गते बिहानसम्म मात्र पोखरामा २५०.९ मिलिमिटर पानी परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बढ्दो तापक्रमको कारण हिउँ पग्लिने क्रम बढेसँगै हिम तालहरुमा पानीको सतह बढ्दै गएको छ । यही कारण एकातिर हिमताल फुट्ने खतरासँगै निर्माणाधीन र निर्माण सम्पन्न भैसकेका आयोजनाहरुमा समेत खतरा बढ्दो छ । फ्रेबु्रअरीमा छिमेकी मुलुक भारतको उत्तराखण्डको चमोलीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजनाहरु क्षतिग्रस्त भएपछि नेपालमा समेत यसले सचेत गराएको छ । २ हजार ७ सय ७० हिमताल रहेको नेपालमा पछिल्लो समयमा हिउँ पग्लिने क्रमसँगै हिमताल बढ्दै गएका विभिन्न अध्ययनले देखाएको छ ।
विस्तृत अध्ययन नभए पनि नदी वेसिनमा आधारित भएर गरेका विभिन्न अध्ययनले नेपालको कोशी, कर्णाली, तमोर, कालीगण्डकी, अरुण, त्रिशूली लगायतका नदीमा हिमताल विष्फोटको ठूलो सम्भावना देखिएको छ । अधिकांश जलविद्युत् आयोजनाहरु यसै क्षेत्रमा पर्ने कारण ती जलविद्युत् आयोजनाहरुलाई पनि ठूलो जोखिम देखिएको छ ।
नेपालको अध्ययन नभए पनि क्षेत्रीयस्तरमा ०.०५ प्रतिशत तापक्रम बढेको देखाएको छ । तापक्रम बढेसँगै हिमताल विष्फोटको खतरा पनि बढ्ने अवस्था भएकोले हिमतालका स्तर घटाउने काम भने मौसम विभागले अघि बढाइसकेको छ । ‘इम्जा–३ र च्छोरोल्पाको लेभल ३ मिटर घटाइसकेका छौं । थुलागी, लोअर वरुण, लुम्दिङ, होङगु लगायतका तालहरुको लेभल घटाउनेबारे अध्ययन भइरहेको छ,’ विभागका उपमहानिर्देशक कमलराम जोशी भन्छन्, ‘एकातिर हिउँ पग्लिँदै छ भने अर्कोतिर पानी पर्ने दिन छोटिँदै छ । यसले जलविद्युत् आयोजनाहरुमा पनि असर पर्छ नै ।’
उनका अनुसार, प्राकृतिक कारणसँगै पहाडी क्षेत्रमा भईरहेका वनविनाश, योजनाविनाका विकास, जनसंख्या वृद्धिसँगै भिरालो सतहमा बुट्यान र घाँस मासेर खेती गर्ने र बस्ती बस्ने क्रम, बढ्दो सहरीकरण, चुरेभावर क्षेत्रमा नदीजन्य पदार्थ गिटी र बालुवाको अनियन्त्रित दोहन लगायतका मानव सिर्जित समस्याको कारण पनि पानीको सतह घटेको छ ।
वन तथा वातावरण मन्त्रालयका अनुसार, १९ लाख जनता जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालले विश्वको ०.०२७ प्रतिशत हरित गृह उत्सर्जन गर्ने गरेको छ भने नेपालमा जल तथा मौसमको कारण मात्र ८५ प्रतिशभन्दा बढी प्राकृतिक विपत्ति हुने गरेका छन् । राष्ट्र संघले अघि बढाएको दिगो विकास लक्ष्य (एसडीजी) ले समेत महत्व दिएको सरकारले जलवायु परिवर्तनबारे सरकारले राष्ट्रिय जलवायु परिवर्तन नीति ल्याएको छ भने सन् २०१९ राष्ट्रिय अनुकूलन योजना पनि बनाएको छ ।
मन्त्रालयका अनुसार, जलवायु परिवर्तन अनुकूलनका लागि विशेष केन्द्रित गरेर करिब ५ प्रतिशत बजेट छुट्याउँदै आएको छ भने जलवायु परिवर्तनसँग सम्बन्धित बजेटको आकार भने ३० भन्दा बढी छ । तर एकातिर हिउँ पग्लिएसँगै हिम ताल विष्फोटको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति हुने सम्भावना छ भने अर्कोतिर एउटै समयमा बढी पानी पर्नाले निश्चित उत्पादन गर्ने क्षमता रहेका जलविद्युत् आयोजनाहरुको डिजाइनले धान्न नसकेर पानी खेर जाने र वार्षिक उत्पादन कम हुने अवस्था सिर्जना भएको छ ।
जलवायु परिवर्तनको असर जलविद्युत् आयोजनाहरुमा पर्न थालेपनि सरकारले यसलाई लक्षित गरी कार्यक्रम भने ल्याएको छैन । सम्बन्धित नदी बेसिन मात्र नभई छिमेकी मुलुक भारत र चीनसहित क्षेत्रीय रुपमै यसको जलवायु असरको विश्लेषण गर्नुपर्ने भए पनि नेपालले गरेको छैन । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे अनुकूलनका औजारहरुको उपयोगका लागि मन्त्रालय अघि बढेको बताउँछन् । ‘तापक्रम बढ्दा र पानी पर्ने समय घटीबढी हुँदा देखिएका समस्या समाधानका लागि हामीले अनुकूलन योजना बनाउने हो । जलवायु परिवर्तनलाई लक्षित सुरुकै डिजाइन गर्दा योजनाकै चरणमा यसको विश्लेषण हुन्छ । निर्माणाधीन र निर्माण सम्पन्न आयोजनाहरु लागि पनि यसको असर न्यूनीकरणका लागि काम गर्दैछौं ।’
नेपालले जम्मा ०.०२७ प्रतिशतमात्र हरित ग्यास उत्सर्जन गर्छ भने बाँकी विकसित र विकासोन्मुख राष्ट्रबाट उत्पादन हुन्छ । छिमेकी राष्ट्र चीनको हिस्सा २८ प्रतिशत छ भने भारतको ६.५५ प्रतिशत छ । जलवायु परिवर्तनको असरको मुख्य कारण नेपाल भने होइन तर यसको उच्च जोखिममा भने नेपाल छ । नेपालले यसको न्यूनीकरण र न्यूनीकरणका लागि विश्वमाझ वकालत (एडभोकेसी) भने गर्न सक्छ । जलवायु विज्ञ बटुकृष्ण उप्रेती जलवायु परिवर्तनको मुख्य कारक नेपाल नभएकोले यसको अन्त्य गर्न सक्ने क्षमता नेपालसँग नभए पनि यसको न्यूनीकरण गर्न भने सक्ने बताउँछन् । तर यसका लागि ठूलो प्रयास नभएको अनुभव उनीसँग छ ।
‘हामीले प्रयास गरेर हिमाल पग्लन छोड्दैन, कालापत्थर बढ्दैछ तर हामी अवलम्बनका उपयोग गर्न सक्छौं । हामीसँग जुध्न सक्ने क्षमता हुनुपर्छ,’ उनी भन्छन्, ‘नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हालसम्म योजना बनाएको मात्र छ । कार्यान्वयन गरेको छैन । अरु राष्ट्रको कारण हामीले समस्या भोगिरहेकोले उनीहरुसँग लविङ गर्ने क्षमता पनि हामीसँग छैन । यसबारे अनुसन्धान र तथ्यांक कम भएकोले पनि हामी यो अवस्थामा पुगेका हौं ।’
६ हजार नदीनाला भएको नेपालसँग ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ । विभिन्न अध्ययनहरुले पानीको अधिकतम उपयोग गरेमा दुई लाख मेगावाटसम्म उत्पादन हुने देखाएका छन् तर उत्पादन दुई हजार मेगावाट नाघेको छैन । जलविद्युत् उत्पादन गरी स्वदेशी खपत र विदेश बेचेर धनी हुने सपना नेपालसँग छ तर जलवायु परिवर्तनको असरको अवस्था हेर्दा हिमालमा हिउँ पग्लेर र पहाडमा मुहान खडेरी बढेर पानीको सतह र वहावमा कम भई विद्युत् उत्पादन क्षमता नै घट्दै जाने अवस्था देखिएको छ । यसले एकातिर हाम्रो विद्युत् उत्पादनको क्षमतामा ह्रास ल्याउँदैछ भने अर्कोतिर निर्माण भइरहेका र निर्माणधीन आयोजनाहरुमा पनि उच्च जोखिमता बढ्दै छ ।
(यो सामग्री थमसन रोयटर्स फाउण्डेसनको मिडिया सीप विकास कार्यक्रमको सहयोगमा तयार पारिएको हो)

Friday, March 5, 2021

जीडीपीको आकार साढे ३९ खर्ब पुग्यो

https://www.karobardaily.com/news/130899?fbclid=IwAR0IvfGRfr3xCEsOrpmvzrIOP1BaBDDZK6in7_HG0xlVXpKO_8XpaYcysl8

 गत वर्षको वृद्धिदर भने दुई प्रतिशतले ऋणात्मक

फाल्गुन २१, २०७७ शुक्रबार

आर्थिक वर्ष २०७६-०७७ को आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक बनेको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०१०-११ लाई आधार वर्ष मानेर मापन गर्दा अर्थतन्त्र ऋणात्मक देखिएको हो ।
यसअघि सन् २०००-००१ लाई आधार वर्ष मानेर तथ्यांकको मापन गरेको थियो । राष्ट्रिय तथ्यांक विभागले प्रत्येक १० वर्षको अवधिमा जीडीपी रिबेसिङ (नयाँ आधार वर्ष) गरी मापन गर्ने गर्छ । कोभिड–१९ अघि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि ६.२ प्रतिशत अनुमान गरेकोमा कोभिडका कारणले ०.६ प्रतिशत हुने राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको थियो । तर, नयाँ आधार वर्षको आधारमा माइनस १.९९ प्रतिशत हुने देखाएको हो । पुरानो वर्षको आधारमा भने २.२७ प्रतिशतको वृद्धिदर उल्लेख थियो । कोरोना महामारीअघि विभागले २.२७ प्रतिशतको वृद्धिदर उल्लेख गरेको थियो ।
आधारभूत मूल्यमा मात्र होइन, खरिद मूल्यको आधारमा पनि ऋणात्मक अर्थात् माइनस १.८८ प्रतिशत रहेको विभागले जनाएको छ । पहिले उत्पादनको आधारमा मात्र नेपालको जीडीपी मापन गर्ने गरेकोमा आधार वर्ष परिवर्तनसँगै आय र व्ययलाई समेत विश्लेषण गरी राष्ट्रिय लेखा तथ्यांक तयार पारिएको विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए । ‘पहिले १५ समूहको आधारमा मापन हुने गरेकोमा नयाँ आधार वर्षको आधारमा मापन गर्दा २१ वटा समूहमा विभाजन गरेर गरिएको छ । पहिले उत्पादनको मात्र विश्लेषण गरिएकोमा अहिले आय र व्यय पनि समावेश गरिएको छ,’ उनले भने ।
आर्थिक वृद्धिदर ऋणात्मक हुँदा गत वर्षको जीडीपीको आकार भने ३९ खर्ब ४३ अर्ब ७० करोड पुगेको छ । पुरानो आधार वर्षको आधारमा भने ३७ खर्ब ६७ अर्ब अनुमान थियो । आर्थिक वर्ष २०७५-०७६ को नेपालको कुल अर्थतन्त्रको आकार पुरानो वर्षको आधारमा ३४ खर्ब ५८ अर्ब रूपैयाँ र नयाँ आधारमा ३८ खर्ब ५९ अर्ब थियो ।
विभागका अनुसार गत वर्षको लेखा प्रतिवेदन सार्वजनिक गर्दा प्रतिव्यक्ति आय ११ सय ३४ डलर पुगेको छ । पुरानो आधार वर्षको आधारमा १ हजार ८५ डलर थियो । यो अघिल्लो वर्ष २०७५÷०७६ को आधारमा भने घटेको हो । नयाँ आधार वर्षको आधारमा त्यो वर्ष ११ सय ५९ डलर थियो भने पुरानो वर्षको आधारमा १ हजार ३९ डलर थियो । विभागको तथ्यांकले पुरानो वर्ष मापनको आधारमा ८१.९ प्रतिशत कुल जीडीपीको उपभोग्य खर्च रहेकोमा नयाँ आधारमा ९१.१ प्रतिशत छ ।

चालू वर्षमा सुधार हुने आशा
विभागको तथ्यांकले चालू वर्षको पहिलो त्रैमासिकमा भने आर्थिक वृद्धिदर सुधार हुँदै गएको देखिएको छ । विभागका अनुसार जीडीपीको अवस्था माइनस ४.६ प्रतिशत छ । गत आर्थिक वर्षको अन्तिम चौमासिकको आधारमा यसमा सुधार आएको हो । अन्तिम चौमासिकमा माइनस १५.४ प्रतिशत थियो । विभागका उपमहानिर्देशक डा. रेग्मीले अर्थतन्त्र ‘भी’ आकारमा सुधारोन्मुख भएको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नयाँ तथ्यांकको आधारमा आयोगका योजनाहरुमा पुनर्विचार र सुधार गर्नुपर्ने अवस्था देखिएको बताए । ‘तथ्यांकको आधारमा यसमा परिवर्तन हुन्छ,’ उनले भने, ‘राष्ट्रिय जनगणना सकेपछि पनि यसको आधारमा वर्ष परिवर्तन गरेर तथ्यांकको विश्लेषण हुन्छ ।’

Thursday, March 4, 2021

विद्युत् व्यापार गर्ने नेपालको कार्यविधि खै ?

https://www.karobardaily.com/news/130788

  फाल्गुन २०, २०७७ बिहीबार

केही दिनअघि भारतले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिपछि नेपालको बिजुली व्यापारका लागि ढोका खुलेको भन्दै यसको सरकारी र निजी क्षेत्र दुवैबाट स्वागत गरियो । हुन पनि आगामी वर्षा समयमा झण्डै १५ अर्बबराबरको ५५० मेगावाट बिजुली खेर जाने प्रक्षेषणका कारण चिन्ता बढिरहेको बेला कार्यविधिले भारतको दैनिक बजार, आपसी सौदाबाजी र प्रतिस्पर्धामार्फत् बिजुली बेच्नका लागि बाटो खुलेको छ ।
भारतले आवश्यक ‘कन्डक्ट अफ बिजनेस रुल (सीबीआर)’ नल्याई बिजुली व्यापार नहुने भएकोले प्रतीक्षा गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत्् प्राधिकरणका अधिकारीहरुले बताइरहेका थिए । त्यो प्रतीक्षा त सकियो तर भारतीय पक्षले कार्यविधि खै भनेर सोध्यो भने त्यसको उत्तर नेपालसँग छैन । न विद्युत्् ऐनमा विद्युत्् व्यापारको कल्पना गरिएको छ, न हालसम्म विद्युत्् आयात निर्यातको कार्यविधि नै छ । २०७५ साल वैशाखमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ल्याएको यस क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रमा तत्काल विद्युत् व्यापारका लागि नीति र कानुन बन्ने उल्लेख छ तर विद्युत् ऐनका लागि विधेयक बल्ल संसद् पुगेको छ । राजनीतिक उत्तरचढावको बेला तत्काल विद्युत् ऐन आउने अवस्था एकातिर छैन भने भारतले कार्यविधिको मस्यौदा बनाएर सार्वजनिक गरेपछि झण्डै डेढ वर्षअघि मन्त्रालयले पनि तत्कालीन अवस्थामा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल संयोजकत्वमा कार्यविधिका लागि समिति गठन पनि गरेको थियो तर अझै बनेको छैन । अर्यालले अवकाश पाएपछि अहिले मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा समिति बनेको छ । तर कार्यविधि बनेको छैन । सरकारले विद्युत् व्यापार कम्पनी गठन गरेर यसमार्फत् अघि बढाउने भनेपनि त्यो पनि अझै निष्कृय छ । ‘२०१४ सालमा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) भएपछि भारतले सन् २०१६ मा अन्तरदेशीय व्यापार निर्देशिका ल्याएको थियो भने २०१८ मा अन्तिम रूप दिएको थियो । अहिले कार्यविधि पनि ल्यायो तर नेपालमा अझै बनेको छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अर्यालले अवकाश पाएको ३ महिना नाघिसक्यो, १४ महिनासम्म कुनै कार्यविधि बनेन । अब कहिले बन्ने हो कुनै स्पष्टता छैन । व्यापार कम्पनीलाई पनि सकृय गराउनेतर्फ कुनै पहल भएकै छैन ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्ग पनि विद्युत् व्यापारका लागि सरकारले कार्यविधिसम्म बनाउन नसकेको बताउँछन् । ‘पाँच वर्षअघि नै अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाको भारतले मस्यौदा ल्याएको हो तर नेपालको खोइ त ? भारतसँगै तयारी गर्नुपर्ने हो नि,’ उनी भन्छन्, ‘भारतले आफ्नो तर्फबाट कार्यविधि ल्यायो तर हामीले पनि कुन सर्तको आधारमा बिजुली बेच्ने भनेर कार्यविधि ल्याउनु पर्दैन ? विद्युत् बिक्रीका लागि नेपालको तयारी खोइ ? अब त बल नेपालको कोर्टमा आयो ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता भेटुवाल भने कार्यविधिले बिजुली व्यापारका लागि बाटो खुला गरेको बताउँदै यसको तयारी गर्नुपर्ने बताउँछन् । ‘कार्यविधिपछि नेपालको बिजुली भारतमा बेच्नका लागि ढोका खुलेको छ । यसको आधारमा नेपालले आवश्यक नीति र कानुन लगायतमा तयारी गर्नुपर्नेछ । अब सरकार यसको तयारीमा लाग्छ ।’
कोइलामा निर्भर भारतका लागि नेपालको बिजुलीको मिश्रण अनिवार्य जस्तो छ तर लागत भने उच्च छ । प्राधिकरणले निजी क्षेत्रबाट सरदर ७.४५ रुपैयाँमा किन्ने गरेको छ भने ग्राहकलाई ९.७० पैसा सरदरमा बेच्ने गरेको छ । हालै विद्युत्् प्राधिकरणले भारतबाट आयात गरिएकै विद्युत्् खरिद सम्झौता (पीपीए) दर ४.१८ भारतीय रुपैयाँमा बेच्ने गरी प्रस्ताव गरेकोमा असफल भएको हो । ३ देखि ३.२५ सम्म प्रस्ताव परेको थियो । यसले पनि नेपालको बिजुली तुलनात्मक रुपमा महँगो देखिएको छ । इप्पानका पूर्वउपाध्यक्ष कुमार पाण्डे भने कार्यविधिसँगै नेपालको बिजुली सस्तो बनाउनका लागि सरकारले नीति ल्याउनुपर्ने बताउँछन् । ‘भारतीय बजार खुला भएर मात्र हुँदैन । त्यो बजारमा बेच्ने वस्तु प्रतिस्पर्धी हुनुपर्छ, अहिले प्रतिस्पर्धी छैन । सरकारले बिजुली सस्तो बनाउनका लागि सहुलियत नीति ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘न कार्यविधि छ, न बिजुली सस्तो बनाउनका लागि सरकारले वातावरण नै बनाएको छ । घोषणा गरेको सहुलियत समेत दिएको छैन ।’ उनी बिजुली सस्तो बनाउनका लागि क्यू ४०÷४५ मा बनाउनुपर्ने नियम परिवर्तन गर्नुपर्ने र थप अन्तरदेशीय प्रसारण लाइन बनाउनुपर्ने बताउँछन् । हुन पनि पाँच वर्षअघिसम्म प्रति मेगावाट १५ करोड लागत रहेकोमा २० करोड पुगेको छ । प्रसारण लाइनतर्फ पनि पर्याप्त पूर्वाधार छैन । पहिला ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत् आयात निर्यात गर्न सकिने भने पनि भारतले भने ६ सय मेगावाट मात्र सम्भव हुने बताइरहेको छ । दोस्रो न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन त बनाउने भनिएको छ तर सुरु नभैसकेकोले कहिलेसम्म पूरा हुन्छ भन्ने अनिश्चित छ ।
भारतले ल्याएको नयाँ कार्यविधिमा पनि विद्युत् आयात÷निर्यात दुई देशबीचको व्यापारिक आदानप्रदान मात्र सीमित नगरी राजनीतिक स्वार्थसँग पनि जोडिएको छ । बोर्डर स्वार्थ नमिलेमा आदानप्रदानमा अवरोध हुन सक्ने प्रावधान राखिएको छ, जसले नेपाल र भारतबीचमा तिक्तता देखिएमा विद्युत् व्यापारको बाटो बन्द हुन्छ । नाकाबन्दीको बेलामा समेत भारतले निर्वाध रुपमा बिजुली व्यापार गरेकोले यसले जुनसुकै बेला पनि समस्या आउन सक्ने प्राधिकरणकै अधिकारीहरुको तर्क छ ।

Monday, March 1, 2021

लागत तीन खर्ब, भीजीएफमार्फत २३ प्रतिशत

https://www.karobardaily.com/news/130537 

फाल्गुन १८, २०७७ मंगलबार

बूढीगण्डकीमा नयाँ प्रस्ताव
सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना २३ प्रतिशत न्यून परिपूर्ति कोष (भीजीएफ) मार्फत बेहोर्ने गरी स्वदेशी लगानीमा निर्माण गर्न प्रस्ताव गरेको छ ।
पाँच वर्षअघि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण भएर पनि सरकारले स्पष्ट निर्णय गर्न नसक्दा अघि बढ्न नसकेको बूढीगण्डकी आयोजना कुल लागतको २३.६० प्रतिशत भीजीएफमार्फत बेहोर्ने गरी अघि बढाउन प्रस्ताव गरिएको हो । कुनै पनि परियोजना आर्थिक रुपमा सम्भाव्य नदेखिएमा सरकारले विकासकर्तालाई लगानीको सहजीकरण गर्न अनुदानको रुपमा भीजीएफको व्यवस्था गरेको हुन्छ ।
सम्झौता गरेको चिनियाँ कम्पनीले बूढीगण्डकीको निर्माण अघि नबढाएपछि ६ महिनाअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परामर्शदाता नियुक्त गरी यसको लगानी ढाँचाबारे अध्ययन सुरु गरेको थियो ।
परामर्शदाताले बुझाएको प्रतिवेदनअनुसार २ हजार ५ सय ९३ मिलियन डलर अर्थात् करिब ३ खर्ब लगानी हुने आयोजनाका लागि ६ सय १२ मिलियन डलर अर्थात् करिब ७० अर्ब भीजीएफमार्फत सरकारले सामाजिक र वातावरणअन्तर्गतका कार्यका लागि बेहोर्ने गरी अघि बढाएमा स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्न सकिने उल्लेख छ ।
करिब पाँच वर्षअघि ट्राकबेलले बनाएको डीपीआरमा भने आयोजनाको कुल लागत २ खर्ब ५९ अर्ब उल्लेख थियो, तर समयमै सुरु नगरेपछि यसको लागत झन्डै ४० अर्ब बढिसकेको छ ।
मन्त्रालयका सहसचिव एवं बूढीगण्डकी आयोजनाका संयोजक दिलीप सडौलाले ६ सय १२ मिलियन डलर भीजीएफमार्फत लगानी हुने गरी स्वदेशी लगानी गर्ने प्रस्ताव आएको बताए ।
“२ हजार ५ सय ९३ मिलियन डलरको लागतमध्ये ६ सय १२ मिलियन डलर भीजीएफमार्फत बेहोर्ने गरी बूढीगण्डकी स्वदेशी लगानीमा बनाउन सक्ने गरी मन्त्रालयले जिम्मा दिएको परामर्शदाताबाट प्रतिवेदन अएको छ,” उनले भने, “बूढीगण्डकी प्राधिकरण गठन गरेर त्यसमार्फत बूढीगण्डकी आयोजना अघि बढाउने योजना छ । भीजीएफबाहेकको रकमको व्यवस्थापन भने सरकारको नेतृत्वमा सञ्चय कोष, टेलिकम, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको संलग्नतामा अघि बढाउन सकिनेछ ।”
प्रतिवेदनले सबै लगानी स्वदेशबाट जुटाउन नसक्ने अवस्थामा निर्यात प्रवद्र्धन गर्ने एजेन्सीहरूलाई समेत इलेक्ट्रोमेकानिकलतर्फको काम दिन सकिने उल्लेख गरेको छ । आयोजनाको करिब २५ प्रतिशत यसको लगानी हुने गर्छ ।
यसअघि २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनीसँग भएको सम्झौता रद्द गरेपछि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा निर्माण गरेको समितिले पनि भीजीएफ बेहोर्ने गरी स्वदेशी लगानीमा निर्माणको प्रस्ताव गरेको थियो ।
स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँ लगानी जुटाउन सकिने उल्लेख गर्दै कुल लागतको ३५ प्रतिशत अर्थात् ९४ अर्ब रकम भायबिलीटी ग्याप फन्डिङ वा सहुलियत ऋण लिई स्वदेशी लगानीमा बनाउने वाग्लेको प्रतिवेदनमा उल्लेख थियो ।
सरकारले बूढीगण्डकी आयोजना बनाउन इन्धनमा प्रतिलिटर सुरुमा ५ र पछि पूर्वाधार कर भन्दै १० रुपैयाँ कर लगाएकोमा हालसम्म ६० अर्ब रुपैयाँ संकलन भइसकेको छ । जग्गा प्राप्तिका लागि सरकारले ३३ अर्ब खर्च गरिसकेको छ ।
आयोजनाबाट प्रभावितहरूको पुनर्बास तथा पुनस्र्थापना भने सुरु भइसकेको छैन । डीपीआरअनुसार ८ हजार घरधुरीसहित करिब ४५ हजार आयोजनाबाट विस्थापित हुँदै छन् ।
५० वर्षअघि पहिचान भएको र ३६ वर्षअघि नै पूर्व सम्भाव्यता अध्ययन पूरा भएको बूढीगण्डकी लामो समयदेखि निर्माण सुरु नभएर विवादमा अल्झेको छ । असोज २०७५ मा वर्तमान सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) ले इन्जिनियरिङ, प्रक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (ईपीसीएफ) मोडेलमा अघि बढाउन आवेदन दिएको भन्दै वार्ता गरी उपर्यक्त मोडेल छनोट गरी समझदारी गर्न जिम्मेवारी दिएको थियो, तर त्यो अघि नबढेपछि मन्त्रालयले स्वदेशी लगानीमा अघि बढाउने गरी अध्ययन सुरु गरेको थियो ।
बूढीगण्डकी निर्माणका लागि भएका प्रयासमात्र हेर्ने हो भने लामो भइसकेको छ । २०७२ मा प्रधानमन्त्री केपी ओली चीन भ्रमणका क्रममा सीजीजीसीको कार्यालय पुगेका थिए र फर्केर उनले ऊर्जा मन्त्रालयलाई सीजीजीसीलाई बूढीगण्डकी दिन दबाब निर्देशन दिएका थिए, तर उनको सरकार ढलेपछि सम्भव भएन ।
२०७४ साल जेठमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ईपीसीएफ मोडेलमा नै सोही कम्पनीलाई दिने सम्झौता गरेको थियो । तर, २०७४ सालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरिदिएको थियो ।