Wednesday, May 25, 2022

औद्योगिक पूर्वाधारमा निजी क्षेत्रको संलग्नता बढाइने

https://nepalpurbadhar.com/6212/

 काठमाडौ । सरकारले औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढाउने नीति घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । नीति तथा कार्यक्रममा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आथिृक क्षेत्र तथा अनतरदेशीय आर्थिक क्षेत्रसम्म विद्युत, सडक र पानीजस्ता आधारभूत सुविधा सरकारले उपलब्ध गराई औद्योगिक क्षेत्रभित्रका पूर्वाधार निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रबाट गराउने नीति लिने उल्लेख छ ।

सरकारले स्वीकृत गरेको मापदण्ड अनुरुप पहु्ँच मार्ग र विद्युत प्रसारण लाइन सम्बन्धित उद्योगीले निर्माण गरेमा शोधभर्ना दिने व्यवस्थालाई सहज गराउने तथा भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा उत्पादनमूलक उद्योगको उत्पादन घटाई निर्यात प्रवर्द्धन गरिने तथा यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत महशुलमा सहुलियत उपलब्ध गराइने पनि उल्लेख छ ।

नीति तथा कार्यक्रममा सफा प्रविधिमार्फत औद्योगिकीकरण गरी आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धिका विशेष कार्यक्रम कार्यान्वयन गर्दै जाने नीति लिइने उल्लेख गर्दै ऊर्जा दक्षता र नवीकरण ऊर्जाको उपयोगद्धारा हरित अर्थतन्त्रको विकास गर्ने गरी औद्योगिक प्रवर्द्धन गरिने उल्लेख छ ।

दुई बर्ष भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

https://nepalpurbadhar.com/6205/ 

काठमाण्डौ । सरकारले दुई बर्षभित्रनै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रश्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा आर्थिक बर्ष २०८०/८१ देखि निर्माण कार्य सुरु गर्ने गरी निजगढ अन्र्तराष्ट्रिय विमानस्थलकोृ लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने उल्लेख गरेको हो ।

नीति तथा कार्यक्रममा चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमास्थानलमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गरिने तथा सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण सुरु गरिने उल्लेख छ ।

एकीकृत पर्यटकीय पूर्वाधार र उच्च मुल्ययुक्त पर्यटन उपजको विकास तथा प्रवद्र्धनमा स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने, ग्रामीण पर्यटन तथा होमस्टेलाई प्रवद्र्धन गरिने तथा लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

वराहक्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्ष समेटी बृहत धार्मिक–सांस्कृतिक–पर्यटकीय केन्द्रको रुपमा विकास गर्न एकीकृत कार्यक्रम कार्यान्वयनमा लगाइने, कपिलावस्तुको तिलौराकोटलाई विश्व सम्पदा सुचीमा समावेश गरिने तथा आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय महत्वका अभिलेख संरक्षण तथा व्यवस्थापन गरिने पनि नीतिमा उल्लेख छ ।

नीतिमा वायु सेवा कम्पनीहरुलाई काठमाण्डौ बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिने उल्लेख छ ।

विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने

https://nepalpurbadhar.com/6196/ 

काठमाण्डौ । सरकारले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रश्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने घोषणा गरिएको हो । विद्युत व्यापार कम्पनी स्थापना गरेर व्यापारमा संलग्न हुनका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इन्फ्रास्टक्चर बैक लगायतले ऊर्जा मन्त्रालयमा निवेदन दिएपनि कानुन अभाव भन्दै अनुमति नदिईरहेको सरकारले यस्तो घोषणा गरेको हो ।

नीति तथा कार्यक्रममा विद्युत उत्पादन, प्रसारण र वितरणलाई सामञ्जयपूर्ण ढंगले अगाडी बढाउने, आन्तरिक खपत वृद्धि र निर्यात प्रवद्र्धन गर्ने र १२ महिनानै विद्युत आपुर्तिको सुनिश्चित गर्न ठूला जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने नीति रहने उल्लेख छ ।

नेपाल र भारतद्धारा संयुक्त रुपमा जारी गरिएको ऊर्जा विकास सम्बन्धी दीर्घकालीन अवधारणा बमोजिम विद्युत उत्पादन र प्रसारण प्रणाली विस्तारका साथै द्धितर्फी विद्युत व्यापार, दुवै देशका राष्ट्रिय प्रसारण लाइनको समन्वयात्मक उपयोग र संस्थागत सहयोगको क्षेत्रमा भएका अवसरको उपयोग गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

दुई बर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका लागि लगानी वृद्धि गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । विगत तीन बर्षदेखि सरकारले दुई बर्षभित्र विद्युतीकरण गरिसक्ने उल्लेख गरेको छ ।

आर्थिक बर्षको १० महिनामा ६३८ मेगावाट थप बिजुली उत्पादन भएको र आगामी बर्षभित्र ७१५ मेगावाट थपिने, जलाशययुक्त तथा नदी बेसिनमा आधारित आयोजनालाई जोड्ने गरी ४ सय केभीए क्षमताका राष्ट्रिय तथा अन्तरदेशीय विद्युत लाइन विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत र सौर्य ऊर्जामार्फत थप २५ हजार घरधुरीलाई विद्युत सेवा दिने, बुढीगण्डकी जलविद्युत आयोजना नेपालको स्वदेशी लगानीमै निर्माण गरिने तथा पश्चिम सेती, तल्लो अरुण र सेती रिभर ६ को निर्माण कार्य सुरु गरिने पनि उल्लेख छ ।

हरित ऊर्जालाई प्रोत्साहन गर्ने, विद्युतीय साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने, विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर जडान गरिने तथा विद्युत खपत बढाउन तथा खाना पकाउने ग्याँसको प्रयोगलाई क्रमशः विस्थापन गर्न विद्युत महशुल दरमा पुनरावलोकन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

१५ हजार मेगावाट उत्पादन नभएसम्म लगानी स्रोत नखोज्न इपानकाे माग, सरकारलाई २७ बुँदे सुझाव (विस्तृतमा)

 https://nepalpurbadhar.com/6222/

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आगामी आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमलागि २७ बुँदे सुझाव पेश गरेको छ । इपान अध्यक्ष कृष्ण आचार्यले अर्थमन्त्री जर्नाद्धन शर्मालाई बुझाएको १५ बुँदे सुझावमा विद्युत् आयोजना निर्माणमा २०८० सालसम्म गरिएको लगानीमा श्रोत नखोजिने  व्यवस्थालाई सरकारले राखेको १० बर्षमा १५,००० मेगावाट उत्पादनको लक्ष्य प्राप्त नहुन्जेलसम्म निरन्तरता उल्लेख छ ।

चालु वर्षमा पनि विद्युत् आयोजना निर्माणमा  २०८० सालसम्म गरिएको लगानीमा श्रोत नखोजिने तथा विद्युत् आयोजना निर्माणको लागि आवश्यक भाैितक पूर्वाधार (प्रसारण लाईन र पहुँच सडक) निर्माण लागतको ७५ प्रतिशत सोधभर्ना दिने र निजी क्षेत्रले ह्विलिङ चार्ज दिएर विद्युत् व्यापारमा सहभागी
हुनसक्ने बजेटले व्यवस्था गरिएको छ तर ह्विलिङ चार्ज अहिलेसम्म सरकारले तोक्न सकेको छैन ।

यसैगरी उच्च भोल्टेज क्षमताका ट्रान्समिशन लाईन आयोजनाहरु निर्माण गर्दा आवश्यक सुरक्षा निकाय परिचालन गर्ने तथा जलविद्युत परियोजना विकास गर्ने कम्पनीहरुसहितको एक नयाँ संयन्त्र वनाई दु्रत गतिमा निर्माण सम्पन्न गर्न लगाउने व्यवस्था गर्न पनि इपानले सुझाव दिएको छ ।
जलविद्युत विकासका लागि सरकारले विगतमा गरेको प्रतिवद्धताको कार्यान्वयन र आगामी दिनमा गर्नुपर्ने कदमलाई २७ बुँदामा समेटेर सुझाव दिइएको इपान उपाध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

चालु बजेटले २०८२ साल चैत्रसम्म आयोजना निर्माण सम्पन्न गर्ने आयोजनालाई १० वर्षसम्म पुरै र थप ५ वर्ष ५० प्रतिशत आयकर छुट प्रदान गरेको छ । त्यस्तै २०८२ साल चैत्र महिनाभित्र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने २०० मे.वा. भन्दा ठूला जलाशय र अर्धजलाशयुक्त आयोजनालाई १५ वर्षसम्म पुरै र थप ६ वर्ष ५० प्रतिशत आयकर छुट दिएको छ । छ ।

सरकारको पन्ध्रौं योजनाले निर्धारण गरेअनुसार १० बर्षमा १५ हजार मेगावाट बिद्युत उत्पादन गरेर मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यलाई हरतरहले सहयोग गर्दै आएको ऊर्जा क्षेत्रले अझै पनि ब्यापक समस्या तथा चुनौतिहरुको सामना गरिरहनु परेको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बोधन गर्न अर्थमन्त्रीलाई सुझाव बुझाएको उल्लेख छ ।

१) आयोजना निर्माण तथा संचालनमा लागेको मु.अ.कर कट्टि वा फिर्ता विधिबाट आयोजना निर्माण लागतमा कर पुँजीकृत हुने हालको व्यवस्था हटाई तत्काललाई विद्युतको स्थानीय बिक्री तथा निकासीमा मु.अ.करको दर शुन्य लगाउने व्यवस्था गर्दा ग्राहक मूल्य पनि नबढ्ने र आयोजना निर्माणमा हुने कर लागतसमेत कम हुन गई नेपालमा उत्पादित विद्युत सस्तो र प्रतिस्पर्धी हुने हुँदा विद्युतको बिक्रीलाई मु.अ.कर लाग्ने वस्तुका रुपमा व्यवस्था गरी दिन हुन,

२) उर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय बिकास साझेदार तथा बित्तीय संस्थाहरुमार्फत विदेशी लगानी तथा सहुलियत ऋण आकर्षित गर्नका लागि नेपालको क्रेडिट रेटिङ गर्ने, आवश्यक सोभेरेन्ट ग्यारेण्टी दिने र हेजिङ कोषको व्यवस्था गरी दिन हुन,

३) विद्युतको बढ्दो उत्पादनको बजार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्नको लागि निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाईन निर्माणको अनुमति प्रदान गर्न हुन,

४) विद्युत् उत्पादनको क्षेत्रमा कोभीड–१९ को माहामारीको असरलाई न्युनीकरण गर्न विद्युत् उत्पादन अनुमती पत्र र आरसीओडीको म्याद २ वर्ष थप गरी दिन हुन,

५) ऊर्जा उत्पादकहरुले उत्पादन गरेको बिद्युत आफ्नै प्रसारण प्रणालीमार्फत वा अन्य प्रणालीमार्फत स्वतन्त्ररुपमा बिदेशमा निर्यात गर्न सक्ने (अन्य उधोग जस्तै तेल, धागो, कपडा, फलाम, आदिले निकासी गरे जसरी) प्रष्ट व्यवस्था गरी दिन हुन,

६) विद्युत् आयोजना निर्माणमा २०८० सालसम्म गरिएको लगानीमा श्रोत नखोजिने व्यवस्थालाई नेपाल सरकारले राखेको १० बर्षमा १५,००० मेगावाट उत्पादनको लक्ष्य प्राप्त नहुन्जेलसम्म निरन्तरता गरी दिनु हुन,

७) औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाउन विद्युत् प्रसारण लाईन निर्माण तथा सुदृढ गर्न र विद्युत् उत्पादकले सोझै उद्योगलाई विद्युत् विक्री गर्न पाउने व्यवस्था गरी दिन हुन,

८) घरायसी तथा औद्योगिक विद्युत् खपत विस्तार गर्नको लागि विद्युत्को वितरण तथा प्रसारण प्रणालीमा सुधार र ग्याँसको विस्थापनको लागि ग्याँसमा दिइएको अनुदान खारेज गरी मिटर अपग्रेड गर्न र ईन्डक्सन चुलोमा अनुदान दिन हुन,

९) विद्युत विकास विभागद्वारा सिफारिस गरिएबमोजिम जलविद्युत उत्पादन, प्रसारण, वितरण, संचालन वा संभारको लागि आवश्यक पर्ने कच्चा पदार्थ (स्टील सिट) मा साविकको एकिकृत भन्सार दर २०७६।७७ मा उल्लेख गरेबमोजिम १ प्रतिशत भन्सार महसुल दर नै कायम गरिदिनुको साथै स्वदेशमा निर्माण जडान गरिने स्टीलका सिट ( पेनस्टक पाइप ) बिक्री गर्दा मु.अ. कर पूरै छुट दिने व्यवस्था गरी दिन हुन,

१०) मुलुकको प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा भएकाले व्याजमा सिंगल डिजीट स्थीर व्याज दर कायम गरी दिन हुन,

११) नेपाल सरकारको बजेट वक्तव्य २०७१÷०७२ मा घोषणा भए बमोजिम निर्माण सम्पन्न भई व्यापारिक उत्पादन शुरु गरेका आयोजनाहरुलाई दिने भनिएको प्रति मे.वा.रु. ५० लाख भ्याट फिर्ता भूक्तानीको व्यावस्था १५,००० मेगावाट उत्पादन लक्ष्य प्राप्त नभएसम्मको लागि कायम गर्दै कार्यान्वयनको व्यवस्था गरी दिन हुन,

१२) रुग्ण जलविद्युत् आयोजनाहरुका समस्या समाधानको लागि ऊर्जा मन्त्रालयबाट २०७६ कार्तिक ४ गते गठित कार्यदलको प्रतिवेदन अनुसारका आयोजनाहरुलाई रुग्ण घोषणा गरेर सस्तो व्याजदरमा पुनर्कर्जाको व्यवस्था गरी दिन हुन,

१३) उर्जा उद्यमीहरुले नेपाल सरकारका ७ मन्त्रालय र २३ वटा विभागमा धाउनु पर्ने परिपाटीको अन्त्यको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अधिकार सम्पन्न एकद्धार प्रणालीको व्यवस्था गरी दिन हुन,

१४) नेपाल सरकारको “लोडसेडिङ्ग न्यूनीकरण कार्ययोजना २०६८” मा उल्लेख भएअनुसार २०७१ चैत्र मसान्तभित्र सम्पन्न भएका आयोजनाहरुलाई दिने भनिएको पोष्पेड दर अनुसारको बिद्युत खरिद दर दिन र विगतको वाँकी÷बक्यौता तत्काल भुक्तानीको व्यवस्था गरी दिन हुन,

१५) विद्युत् आयोजना निर्माणको लागि आवश्यक भौतिक पुर्वाधार (प्रसारण लाईन र पहुँच सडक) निर्माण लागतको सोध भर्ना दिने आ.व.२०७८/७९ बजेटको वक्तव्य अनुसारको स्रोतको सुनिश्चितता गरी कार्यबिधि वनाई कार्यान्वयनको ब्यबस्था गरी दिन हुन,

१६) वन नियमावलीमा जलविद्युत् तथा प्रसारण लाईन आयोजनाहरुले उपयोग गर्ने वनको जग्गा प्राप्ती गर्दा सो जग्गामा रहेका रुख हटाउनको लागि मन्त्री परिषद्बाट स्विकृत भईसकेपछि सोही बराबरको जग्गा उपलब्ध नगराई रुख कटान गर्न नपाउने व्यवस्था छ । यस्तो ब्यबस्था हटाई विगतमा जस्तै २ वर्षभित्र जग्गा वा रकम उपलब्ध गराउने सम्झौता गरी रुख कटान र वनको जग्गा उपलब्ध गराउने ब्यबस्था गरी दिन हुन,

१७) प्रसारण लाईन निर्माणमा वनको जग्गा उपयोग र रुख कटान मुख्य समस्याको रुपमा देखिएकाले सोको समाधानको लागि आईई÷इआएमा उल्लेखित रुख कटान तथा जग्गा उपयोग गर्न पुनः स्विकृति लिनुपर्ने व्यवस्था हटाइ दिन हुन,

१८) ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट २०७७ भाद्र २२ गठित कार्यदलको सिफरिसअनुसार सर्वेक्षण अनुमति पत्रको बार्षिक नवीकरण दस्तुरमा ७५ प्रतिशत छुट गरी दिन हुन,
१९) सार्वजनिक खरिद नियमावलीले सरकारले निर्माण गर्ने भौतिक पुर्वाधारको टेण्डर गर्न साईट क्लियरेन्स गरेर मात्रै गर्न पाउने व्यवस्था गरेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने प्रसारण लाईनको हकमा सो ब्यबस्था हटाई दिन हुन,

२०) विद्युतीय सवारी साधानमा आयातमा सतप्रतिशत कर छुट दिन र निजी क्षेत्रलाई चार्जिङ् स्टेशन स्थापना गर्न अनुमति दिन हुन,

२१) विद्युत् खपत बढाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका व्यारेक, सरकारी अस्पताल र होस्टलहरुमा विद्युतीय चुलोको उपयोग अनिवार्य गर्ने ब्यबस्था गरी दिन हुन,

२२) विद्युतिय उर्जाको उपयोग गरि स्वदेशमै रासायनिक मल कारखाना खोल्ने र सिंचाईको लागि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने ब्यबस्था गरी दिन हुन,

२३) दक्षिण एसियाली मुलुकहरु (भारत, बंगलादेश आदि) सँग निश्चित समय सिमाभित्र विद्युत् व्यपारको लागि अवश्यक उच्चस्तरीय संयन्त्र गठन गर्ने ब्यबस्था गरी दिन हुन,

२४) स्वदेशी पूँजीबाट निर्मित आयोजनाहरुलाई विद्युत् उत्पादनको १५ वर्षसम्म रोयल्टी मिनाहा गरी दिन हुन,

२५) उर्जाका आयोजनामा विदेशी बैक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा हालको करकट्टीको व्यवस्था हटाइ दिन हुन,

२६) २०० मेगावाटभन्दा माथिका जलाशय र अर्धजलाशययुक्त आयोजनाहरुलाई गत बर्ष प्रदान गरिएको कर छुट तथा सुबिधाको ब्यबस्था सबै क्षमताका जलाशय तथा अर्धजलाशययुक्त आयोजनाहरुलाई प्रदान गरी दिन हुन तथा विदेशी लगानीकर्ता सरह स्वदेशी लगानीकर्तालाई सहुलियत दिन हुन,

२७) उच्च भोल्टेज क्षमताका ट्रान्समिशन लाईन आयोजनाहरु निर्माण गर्दा आवश्यक सुरक्षा निकाय परिचालन गर्ने तथा जलविद्युत परियोजना विकास गर्ने कम्पनीहरुसहितको एक नयाँ संयन्त्र वनाई दु्रत गतिमा निर्माण सम्पन्न गर्न लगाउने व्यवस्था गरी दिनु हुन

Monday, May 16, 2022

अरुण-४ अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर, नेपालले १ सय ५२ मेगावाट विद्युत निशुल्क पाउने

https://nepalpurbadhar.com/5864/ 

संखुवासभास्थित अरुण नदीमा पहिचाहन भएको अरुण-४ अर्धजलाशय जलविद्युत आयोजना संयुक्तरूपमा निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् । २०७८ चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा २ देशका प्रधानमन्त्रीबीच भएको ‘ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण’ वमोजिम सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा अरुण-४ को निर्माण अगाडि बढाउन समझदारी गरिएको हो ।

समझदारीअनुसार नेपालले अरुण-४ बाट पनि अहिले सतलजले नै निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना सरह नै कूल उत्पादनको २१.९ प्रतिशत विद्युत निशुल्क पाउनेछ । अरुण–४ सतलज जलविद्युत निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको माथिल्लो तटीय क्षेत्रमा पर्दछ ।

अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा पर्ने ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना पनि नेपाललाई २१ प्रतिशत निशुल्क विद्युत दिने गरी सतलजलाई नै दिइएको छ । अरुण-४ मा अरुण तेस्रोमा जस्तै नेपालले २१.९ प्रतिशत निशुल्क विद्युत पाउनेछ ।

यसका अतिरिक्त आयोजना निर्माण गर्न प्राधिकरण र सतलजको संयुक्त लगानीमा स्थापना हुने कम्पनीमा दुई वटा संस्थाको क्रमशः ४९ र ५१ प्रतिशत सेयर स्वामित्व रहने छ । आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्न र आवश्यक पर्ने ऋण जुटाउन प्रवर्द्धक कम्पनीकातर्फबाट सतलज जलविद्युत निगमले नै पहल गर्नेछ ।

मझदारीअनुसार यो आयोजनाबाट उत्पादित विद्युत नेपालमै खपत गर्न सक्ने अवस्था रहेमा विद्युत प्राधिकरणलाई नै किन्ने अधिकार प्राप्त हुनेछ । नेपालले खपत नगरेमा मात्र भारत अथवा बंगलादेशमा निर्यात गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७८ कात्तिकमा अरुण–४ आयोजनाको अध्ययन अनुमतिपत्र प्राधिकरणलाई दिएको थियो । आयोजनाको अहिले जडित क्षमता ४९०.२ मेगावाट रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत भारततर्फ निर्यात गर्ने गरी डिजाइन गर्दा आयोजनाको क्षमता विस्तार भई ६ सय ९५ मेगावाट पुग्ने  घिसिङले बताए । आयोजनाको क्षमता ६ सय ९५ मेगावाटको २१.९ प्रतिशतले हुन आउने १ सय ५२ मेगावाट विद्युत नेपालले निशुल्क पाउने उनले जानकारी दिए ।

‘आयोजनाको क्षमता विस्तार भएमा सोही अनुसार नेपालले मासिकरुपमा निशुल्क विद्युत पाउँछ’, उनले भने, ‘उत्पादित विद्युत हामीलाई आवश्यक परेमा किन्न पाउँछौं । आवश्यक नपरेको अवस्थामा निशुल्क विद्युत नै भारत वा बंगलादेशमा पठाउन सक्छौं ।’ उनले प्राधिकरणले पाउने ४९ प्रतिशत प्रवद्र्धक कम्पनीको सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित जिल्लाबासी र १५ प्रतिशत देशभरीका सर्वसाधारणका लागि निष्कासन गरिने बताए ।

अनुमतिपत्र लिँदा तिरेको करिब ५१ करोड रुपैयाँ र यसँंग जोडिएका अन्य खर्च बापतको रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको सेयर लगानीमा पुँजीकरण गरिने पनि उनले बताए । ९० दिनभित्रमा आयोजनाको सम्भाव्यता प्रतिवेदनको पुनरावलोकन गर्ने र १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार तथा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको अद्यावधिक गर्ने उल्लेख समझदारीमा उल्लेख छ ।

अरुण-४ प्राधिकरणले निर्माण गर्न लागेको १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युतगृहभन्दा तल्लो तटमा पर्दछ । विद्युत विकास विभागले सुरुमा अरुण–४ लाई नदी प्रवाही आयोजनाकोरूपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशय मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गर्न अरुण–४ लाई पनि अर्धजलाशय बनाउने प्रस्ताव गरिएको छ ।

अरुण-४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर लामो सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिनेछ ।

डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत उत्पादन गरिनेछ । विद्युतगृहबाट विद्युत उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमशः करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन् । कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्डको हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युतगृह क्षेत्र पुग्ने

करिब २ किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ । विभागले गरेको अध्ययनअनुसार, आयोजनाको अनुमानित लागत करिब ७९ अर्ब १२ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक औसत २ अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।

मानिसको सुख, सम्पन्नता र गाैरव पूर्वाधारसँग जोडिएको छः खड्गबहादुर विष्ट

https://nepalpurbadhar.com/5804/ 

नेपाल सरकारले अमेरिकी सहयोगमा निर्माण हुन लागेको ऊर्जा र सडक परियोजनाका लागि  विकास समितिअन्तर्गत गठन गरेको मिलिनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टसँग पूर्वाधार क्षेत्रमा ३४ बर्ष काम गरेको अनुभव छ । नेपाल विद्युत प्राधिकरण र हिमाल पावर कम्पनीको खिम्तीका साथै लाओस लगायतका देशमा पुगेर अनुभव हासिल गरेका विष्ट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्व अध्यक्ष समेत हुन् । अहिले सबैभन्दा चर्चा र विवादमा रहेको मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को झण्डै ५६ अर्ब रुपैयाँ बराबरको अनुदान सहायतामा निर्माण हुन लागेको परियोजनाको नेतृत्व गरिरहेका विष्टसँग हामीले एमसीसी परियोजनाबारे भने कुरा गरेनौं । एउटा पूर्वाधार आयोजनाले जनताको जनजीवन र देशको अर्थतन्त्रमा कसरी योगदान गर्छ भन्ने विषयमा केन्द्रित रहेर विष्टसँग नेपाल पूर्वाधारका लागि भीम गौतम  जीवन बस्नेतले गरेको कुराकानीः

पूर्वाधार आयोजनासँग आम मानिसलाई कसरी जोड्ने ?

आजको आधुनिक युगमामा मानिसको जीवनलाई निरन्तरता दिन पूर्वाधार बिना परिपूर्णता नै मिल्दैन । उदाहरणका लागि यातायात, सञ्चार, विद्युत, खानेपानी, सिँचाइलगायतका पूर्वाधार नभइकन मानव जीवन अघि बढ्न नसक्ने अवस्था छ । यसमा पनि आधुनिक अर्थ व्यवस्थामा ऊर्जा र यातायात केन्द्रीय विषय बनेका छन् । यस्ता पूर्वाधार बनेपछि मात्र मानिसले आफ्नो दक्षता, इच्छा र क्षमताअनुसार सानादेखि ठूला बन्दव्यापार र व्यवसाय सुरु गर्छन् । यसकारण मानव जीवनसँग पूर्वाधार अन्योन्याश्रित बनेको छ ।

मानिसको खुशी वा सन्तुष्टिसँग पूर्वाधारलाई कसरी जोड्न सक्छौं ?

सन्तुष्टि वा खुशीसँग पूर्वाधारलाई जोड्ने कुरा आफैंमा गहन विषय हो । मानव विकास सुचकांक निकाल्ने गरिन्छ । नेपालको सन्र्दभमा त्यति सान्दर्भिक नभए पनि संयुक्त राष्ट्र संघले निकाल्ने यस्ता सुचकांकले केही न केही संकेत भने गरिरहेको हुन्छ । ती प्रतिवेदन हेर्दा विद्यालय, विश्वविद्यालय, सडक, खानेपानी, सिँचाइ, यातायात तथा विद्युत वितरणको अवस्थाका आधारमा त्यो देशको मानव विकास सुचकांक माथि रहेको पाइन्छ । यसकारण खुशी र सन्तुष्टिलाई प्रत्यक्ष मापन गर्न नसकेपछि मानव विकाससँग पूर्वाधार जबर्जस्त जोडिएको छ । यसले विकासको अवस्थालाई प्रतिविम्बित गर्छ ।

काठमाडौ ३० देखि ४० लाख मानिस किन बस्छन । अरु ठाँउमा किन बस्दैनन् भनेर हेर्न सकिन्छ । यसका अरु कारण पनि होलान् । तर, अन्य ठाँउको भन्दा पूर्वाधार काठमाडौमा बढी हुनु एउटा महत्वपूर्ण कारण हो ।

हाम्रै (नेपाल) सन्दर्भमा मानिसको जीवनसँग पूर्वाधारलाई कसरी जोडेर हेर्ने ?

यस विषयलाई उदाहरणबाट बुझ्न अझ सजिलो होला । काठमाडौंमा ३० देखि ४० लाख मानिस किन बस्छन् ? अरु ठाँउमा किन बस्दैनन् ? भनेर हेर्न सकिन्छ । यसका अरु कारण पनि होलान् । तर, अन्य ठाँउको भन्दा पूर्वाधार काठमाडौमा बढी हुनु एउटा महत्वपूर्ण कारण हो । मानिस राजधानीमा आए, खुशी भए वा दुःखी भए अर्को विषय होला । तर, यहाँ मानिसलाई तान्ने विषय भनेको काठमाडांैको पूर्वाधार हो । यहाँ हिड्न सजिलो छ । आफ्ना बालबच्चालाई पढाउन सजिलो छ । उपचार गर्न सहज छ ।

आफ्नो दैनिक जीवनको लागि आवश्यक पूर्वाधार यहाँ सजिलै उपलब्ध छ । यसकारण मानिस विकट गाँउदेखि बसाइ सरेर काठमाडौं आएका न हुन् । यसकारण बसाइसराईसँग पूर्वाधार गहिरोसँग जोडिएको छ । काभ्रेमा बस्ने मानिस काभ्रेदेखि काठमाडौंसम्म छ लेनको सडक हुन्थ्यो भने काठमाडौं आएर बस्ने थिएन । घरबाट नै आवतजावत गर्ने थियो । तर, पूर्वाधार नभएर नै त त्यहाँको मानिस यहाँ आएर बस्न थाले । पूर्वाधार प्रशस्त हुने हो भने बसाइसराई पनि घट्ने थियो होला । यसकारण मानिसको सुख, सम्पन्नता पूर्वाधारसँग पनि जोडिएको छ । तर, मानिस खुसी हुन्छ वा हुदैन भन्ने विषय फरक हो । मानिस सम्पन्न भएर पनि खुसी नहुन सक्छ । धनी हुँदैमा खुसी हुन्छ भन्ने हँुदैन । यो विषय भने मानिसअनुसार फरक पर्न सक्छ ।

पूर्वाधार आयोजनाको योजना बनाउँदा वा कार्यान्वयन गर्दा मानिस कसरी जोडिन्छ ?

यो जनसंख्या र पूर्वाधारसँग सम्बन्धित विषय हो । जनसंख्या फैलिदै जाँदा गाँउ बन्छ, समुदाय बन्छ, सहर बन्छ । त्यहीं गाँउ, सहर र बस्तीमा पूर्वाधार जोडिने हो । त्यो बस्तीका मानिसले आफ्नो जीविका धान्न गर्ने उत्पादन र जीवनशैलीसँग पूर्वाधार जोडिने हो । उत्पादन र बस्तीलाई समन्वय गर्ने गरी कहाँ पूर्वाधार बनाउने वा राख्ने भन्ने विषय आउँछ । बस्तीको आधारमा कहाँ स्वास्थ्य चौकी राख्ने, कहाँ विद्यालय बनाउने, कहाँ कुलो बगाउनेलगायतका विषय आँउछन् । यसकै आधारमा गुरूयोजना बनाइन्छ र त्यसलाई आधारित बनाएर पूर्वाधार निर्माणका काम गरिन्छ ।

नेपालमा तपाइले भने जसरी नै काम भएको छ त ?

नेपालमा अहिले १५ औं पञ्चवर्षिय योजना कार्यान्वयनमा रहेको छ । यसकारण केही पनि भएको छैन् भन्नु गलत हुन्छ । पूर्व पश्चिम राजमार्ग बन्यो, उत्तर दक्षिण करिडोर बनिरहेका छन । प्रसारण लाइनको गुरूयोजना बनाएका छौं । तर, पूर्वाधारको खाका पहिले कोर्यो कि मानिस पहिले गयो भन्ने प्रश्न आउँछ । पहिलो बस्ती विकास भयो र विकास लग्यौं कि पहिलो विकास गर्यो र बस्ती बस्न थाल्यो भन्ने विषयमा भने यस्तै भयो भन्न सकिने अवस्था छैन । तर, पहिले नै बस्ती बसेको ठाँउमा पछि पूर्वाधार लैजाँदा व्यवस्थित बस्ती नभएका कारण पूर्वाधार निर्माणमा अनेकन समस्या आएका उदाहरणहरू हामीसामु छन् । त्यो अप्mठ्यारो भोगिरहनुपरेको छ । त्यसकारण, योजना नै नभएको भने होइन, तर, योजनाअनुसार विकास नहुँदा जथाभावी किसिमले अघि बढ्दा समस्या आएका छन् । यसले निश्चित रूपमा पूर्वाधार आयोजनाको लागत वृद्धिमा भूमिका खेलिरहेको छ ।

बसाईंसराईले जनसंख्या कतै अत्याधिक र कतै फाट्टफुट्ट मात्र रहेको अवस्था छ । के यो पूर्वाधारसँग बस्तीलाई समयमा जोड्न नसक्दाको परिणाम हो ?

वृहत रुपमा हेर्दा मानिसको सहजता र पहुँचको कारण पनि असमान जनसंख्या वितरण भएको देखिन्छ । उदाहरणको लागि पूर्व पश्चिम राजमार्ग नजिक विकास भएका सहर हेर्दा चितवन सबैभन्दा छिटो विकास भएको देखिन्छ । चितवनको अवस्थितिले पनि दु्रत विकास हुनलाई सघायो । तर, सबैतिर चितवनलाई जसरी हेर्न मिल्दैन । अमेरिकाको वासिङ्टन डिसी, भारतको नयाँ दिल्ली, चण्डीगढ पछि योजना गरेर विकास गरिएका सहर हुन् । यसकारण एउटा विभिन्न अनुकुलताले आफैं विकास हुने र अर्को योजना गरी विकास गर्ने नमूना भेट्टाइन्छ । यसकारण विना योजना विकास भएका सहरहरू व्यापारिक रुट, वा कुनै औद्योगिक उत्पादन वा कुनै स्रोतको अधिकताजस्ता विषयले विकसित हँुदै गएको देखिन्छ । अर्कोतर्फ त्यस्तो सम्भवना देखेपछि सरकारले पछि सहर वा वस्ती वा आयोजना विकास गरेको पनि देखिन्छ ।

कुनै पनि पूर्वाधार आयोजनालाई मानिसको जीविका तथा आयस्रोतसँग जोड्नुपर्छ । कतिपय पूर्वाधार निर्माण भए तर, त्यसले जुन किसिमको प्रतिफल दिनुपर्ने वा रोजगारी सिर्जना हुनुपर्ने हो, त्यो भएन भन्ने एकथरीको भनाइ छ । जुन परिमाणमा लगानी भएको छ, त्यसबाट प्राप्त हुने प्रतिफल भने अपेक्षित छैन भनिन्छ । तपाईंको अवलोकनले के भन्छ ?

यो धेरै गहन विषय हो । उदाहरणको लागि त्रिभुवन राजपथ बन्यो । त्यसपछि टिस्टुङ पालुङका मानिस बसाईं सरेर गए । सडकले हेटौडादेखि अमलेखगञ्ज हुँदै विरगञ्जसम्म जोड्ने काम मात्र गर्यो । बीचका मानिसको लागि केही भएन भन्ने छ । तर, त्यसरी मात्र सोच्नु भएन । पहिलो कुरा त त्यो बीचका मानिसका लागि भनेर मात्र सडक निर्माण गरिएको थिएन । त्यसबेला दुई वटा ठूला सहरलाई जोड्ने उद्देश्यले त्यो सडक निर्माण गरिएको थियो । । यस्ता आयोजनामा बीचमा पर्ने मानिसको आर्थिक अवस्था सुधार्ने, ग्रामिण अर्थतन्त्र उकास्नेजस्ता विषय पर्दैनन् ।

आयोजना जटिल बन्दै गएको नै सन् १९७० को उत्तरार्ध र ८० को पूर्वाधमा पुगेपछि हो । त्यसपछि वातावरणीय विषय उठ्यो । सामाजिक र स्वास्थ्यको विषय उठ्न थाल्यो । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने विषय नै सन् १९७० पछि आएको हो । त्यसअघि नै अमेरिका र युरोपमा ठूला ठूला ड्याम बने तर, ती आयोजनाको वातावरणीय अध्ययन नै छैन । त्यसबेला त्यस्ता आयोजनाको प्रभाव समुदायलाई परे पनि वातावरणीय विषय आयोजनाको ‘कम्पोनेण्ट’ मा पर्दैनथ्यो । बरु ठूला सडक बनेपछि मानिस बसाईं सरेर सहर गए र गाँउमा बस्ने त्यहीं रहे ।

योजनाअनुसार विकास नहुँदा जथाभावी किसिमले अघि बढ्दा समस्या आएका छन् । यसले गर्दा निश्चित रुपमा पूर्वाधार आयोजनाको लागत वृद्धिमा भुमिका खेलिरहेको छ ।

यो धेरै ठाँउको अवस्था हो । तर, पछिल्लो समयमा यो परिदृष्यमा परिवर्तन आएको छ । ठूला आयोजना बनाउँदा सरकारसँग समन्वय गरेर स्थानीयको लागि पनि केही न केही गर्ने विषय पर्न थालेको छ । पहिले त्यति हुदैनथ्यो, उहिले नेपालमा मात्र होइन, संसारभर नै त्यही स्थिति थियो । तर, तेह्रौं, चौधौंदेखि सोह्रौं  शताब्दीसम्म चाहीं सडक बनेपनि कृषिमा आधारित प्रणाली भएकाले सहर किन जाने भन्ने अवस्था थियो । सहर नै शुरुवाति अवस्थामा थिए । बसाइ सर्ने तर्क बलियो थिएन ।

विकास पहिले कि जनसंख्या पहिले भन्ने विषय अण्डा पहिले कि चल्ला पहिले भनेजस्तै हुन्छ । तर, ऐतिहासिक तथ्यलाई अध्ययन गर्ने हो भने धेरै कम देशले मात्र पहिले योजना बनाएर काम गरेको देखिन्छ । बेलायतको राजधानी लण्डनका सडकहरू नै कति साँघुरा थिए । गल्लीहरूमा गाडी गुड्न मिल्दैनथ्यो । तर, विकासक्रमसँगै विस्तार गर्दै गए र अहिलेको अवस्थामा आइपुगेको हो ।

नेपालको पूर्वाधार विकासलाई हेर्ने हो भने बि.सं २०१३ सालदेखि आवधिक योजना निर्माण थालियो । त्यसपछि अहिलेसम्म निरन्तर योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने गरिएको छ । योजना कति सफल भए भनेर हेर्दा अपेक्षित सफल भएको देखिँदैन । त्यसकारण पूर्वाधारको अवस्था त्यति बलियो नभएको हुन सक्छ । तर अहिले विद्युत वितरण, खानेपानी, विद्यायल, विश्वविद्यालय र अस्पताललगायतको विषयमा गहिरिएर हेर्ने हो भने केही पनि भएको छैन भन्ने अवस्था होइन । बालिका शिक्षामा नेपाल संसारभरमै अग्रणी स्थानमा छ । नेपालले केही क्षेत्रमा धेरै राम्रो गरेको छ । मातृ शिशु मृत्युदरमा निकै सुधार आएको छ ।

पञ्चवर्षिय योजना बनाएको भए पनि त्यो योजना त हरेक वर्षको बजेटमार्फत कार्यान्वयन हुने हो । तर, सरकार परिवर्तन भइरहने, तोकिएका आयोजना कार्यान्वयन नहुने, ढिलो हुने, समयमा सम्पन्न नहुने, बढी लागत लाग्ने जस्ता समस्याले अपेक्षित उपलब्धिमा भने प्रश्न गर्न सकिन्छ । १० वर्षसम्म पनि सडक सम्पन्न नहुने, २० वर्षसम्म खानेपानी आयोजना पूरा नहुनेलगायतका समयमा कार्यान्वयन नभएका उदाहरण हाम्रो सामु धेरै छन् । यो कमजोरी हो । विडम्बना हो ।

क्षेत्र, जनसंख्या र स्रोतको समानुपातिक वितरण होला भनेर नै हामी संघीयतामा गयौं । तर, अहिले पनि मानिस राजधानी वा सहर आउने क्रम रोकिएको छैन । कसरी पूर्वाधार विकास गर्यो भने मानिसको अस्वभाविक र दु्रत गतिमा भइरहेको बसाईंसराईलाई रोक्न सकिएला ?

संघीयतामा गएको विषय आर्थिक भन्दा पनि राजनीतिक कारण होला जस्तो लाग्छ । पहिचानका विषयमा लागेर संघीयतामा पुगेको हुन सक्छ । वित्तीय रूपमा संघीयतामा नगएको कारण नै अहिले यसलाई धान्न गाह्रो भइरहेको छ । ठूलो कर्मचारीतन्त्रलाई पाल्नुपर्नेछ । तर, आयस्रोत सिमित छ । तर, स्थानीय सरकार जुन बनेका छन् । त्यो आशालाग्दो विषय हो । उनीहरूलाई अधिकार पनि दिएको छ । केही वर्ष परिपक्व हुन समय लाग्नेछ । त्यसपछि स्थानीय सरकारले परिवर्तन ल्याउने अपेक्षा छ । प्रदेश सरकार भने स्थानीय जत्तिकै प्रभावकारी हुन कठिन देखिएको छ ।

नेपालमा ठूला पूर्वाधार निर्माण भइरहेका छन् । लगानी भइरहेको छ । तर, त्यसले अर्थतन्त्रमा कति योगदान दिएका छन् भनेर अध्ययन भएको छैन । तपाईंको अनुभवमा पूर्वाधार अर्थतन्त्रलाई समृद्ध बनाउनका लागि किन आवश्यक देखिन्छ ?

पूर्वाधार आयोजना र अर्थतन्त्रको सम्बन्धलाई ऐतिहासिक रूपमा हेर्दै जानुपर्ने हुन्छ । अमेरिकाले सन् १८०० को उत्तर्राधमा अमेरिकाको सिकागोदेखि न्यूयोर्कसम्म आउने रेलको लिक बनाएको थियो । यो लिक निर्माण गर्दा हजारौ मानिसले काम पाए । बनिसकेपछि ती ठूला सहरबीच ‘मास ट्रान्सपोर्ट’ थालनी गर्न सहयोग पुग्यो । किसानले उत्पादन गरेको कृषि उत्पादनदेखि काठसम्म र अन्य मालसामान ठूला परिमाणमा बोक्न सक्ने भयो । रेल पनि १ किलोमिटरसम्मका लामा हुन्थ्ये । त्यसले क्रान्ति ल्याएको हो ।

१० वर्षसम्म पनि सडक सम्पन्न नहुने, २० वर्षसम्म खानेपानी आयोजना पूरा नहुनेलगायतका समयमा कार्यान्वयन नभएका उदाहरण हाम्रोसामु धेरै छन् । यो कमजोरी हो । विडम्बना हो ।

जब बाफमार्फत चल्ने इञ्जिनबाट पेट्रोलियम पदार्थमा चल्ने रेलगाडी बन्यो । त्यसले विकासमा अझ तीव्रता ल्यायो । युरोपको जर्मनी पनि सडक (अटोभान) बाटै विकास भएको हो । जर्मनीले सडकमा चलाउनेको लागि गाडी बनायो, त्यही गाडी विक्री गरेर धनी बन्यो । यस प्रकार पश्चिमा देशमा हेर्ने हो भने यातायात, सञ्चार र विद्युतको विकासले ठूलो परिवर्तन र समृद्धि ल्यायो ।

नेपालमा पनि पूर्वाधार आयोजना निर्माण स्थानीयसँग जोडिँदैन भन्ने विषय त्यति तर्कसंगत नहोला । उदाहरणको लागि बि.सं २०१८ सालमा पूर्वपश्चिम राजमार्ग बनाउने भनेर थालिएको थियो । तर, आज ६९ वर्षपछि त्यही राजमार्गको कारण त्यस वरिपरी सहर बनेका छन् । पूर्वदेखि पश्चिम पुग्ने अवस्था सिर्जना भएको छ । चितवतन भरतपुर, बुटवल, नेपागञ्ज, धनगढी, अत्तरियाजस्ता सहर विकास हुन सके ।

पूर्वमा त्यस्तै नयाँ सहर बने । यसकारण एउटा राजमार्गले नेपालको जनसांख्यिक अवस्थितिलाई परिवर्तत गरिदिएको छ । त्यस्तै, विद्युत वा प्रसारण लाइनले पनि परिवर्तन ल्याउनुपर्ने हो । तर, यिनको प्रभाव देखिन समय लाग्छ । विस्तारै परिवर्तन पनि हुँदै गएको छ । हामीले गर्ने काम औद्योगिक मेसिनमा आधारित हुँदै गएका छन् । घरलाई तातोचिसो बनाउने प्रणाली आउँदैछ । पहिले खाना पकाउन ३ घण्टा लाग्थ्यो भने अहिले एउटा स्वीच थिच्दा खाना पकाउन वा पानी तताउन सकिने र त्यो पनि केही मिनेटमै सम्पन्न हुने प्रविधि आएको छ ।

यसबाहेक राज्यले पूर्वाधार आयोजनामार्फत प्राप्त गर्ने राजश्व, रोयल्टी वा अन्य आय जनतालाई कसरी वितरण गरेको छ भन्ने विषय उत्तिकै महत्वपूर्ण हुन्छ । वितरण भनेको रकम दिने भनेर बुझ्नु हुँदैन । सेवा सुविधा दिने, राम्रो पढ्नेलाई पढाउने, क्षमताअनुसार काम वा रोजगारी उपलब्ध गराउने जस्ता विषय पर्छन् । संसारका १ प्रतिशत मानिसको हातमा विश्वको ४० प्रतिशत अर्थतन्त्र छ भनिन्छ । हु

न पनि कुनै देशको भन्दा पाँच, छ गुणा ठूलो आर्थिक हैसियत भएका मानिस छन् । आफ्नै अन्तरिक्षयान बनाएर अन्तरिक्षमा जान थालिसके । यसकारण अहिलेको विषय भनेको सिर्जना भएको सम्पतिलाई कति र कसरी वितरण गर्ने भन्ने विषय महत्वपूर्ण हुन गएको छ । यसमा सरकारको पनि भूमिका रहन्छ । तर, मानिसलाई धनी नै नहुने गरी नीतिनियम बनायो भने पनि सही हँदैन् ।

यसका साथै, हामीले पूर्वाधार निर्माणसँगसँगै आधुनिक र अत्याधुनिक निर्माणमा पनि ध्यान दिनुपर्छ । कसरी दक्षतापूर्ण, क्षमतायुक्त र प्रभावकारी पूर्वाधार बनाउँदा राज्यलाई र त्यहाँ रहने जनतालाई पनि सहयोग पुग्छ भन्नेबारे पनि सोच्नुपर्छ । नेपालमा कान्तिपथलाई लिन सकिन्छ । त्यो सडक पर्यटकिय हिसाबले ठिकै छ । तर, आर्थिक रूपले प्रतिस्पर्धी हुन सक्दैन । हेटौडा निस्कनु पर्यो भने ढिला हुन्छ । त्योभन्दा छिटो गन्तव्यमा पुग्नको लागि सुरुङमार्फत समयमा पुगिएला । त्यस्ता पूर्वाधारमा फड्को हान्नुपर्ने बेला आएको छ । जहाँ पनि सडक नै निर्माण गर्नु मात्र विकास होइन ।

ठूला पूर्वाधार निर्माणले देशको कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) मा कसरी योगदान पु¥याउँछ ? किन ठूला पूर्वाधार आयोजना निर्माण गर्नुपर्ने आवश्यकता छ ?

नेपालको जनसंख्या २ करोड ९२ लाख कटिसकेको छ । यो युरोपका देशसँग तुलना गर्दा ठूलो नै हो । ठूलो पूर्वाधार र सानो पूर्वाधार भनेर केलाई भन्ने पनि प्रश्न छ । जनसंख्याको २० प्रतिशत मात्र गाडी चढ्ने भए भने पनि त्यो ६० लाख बराबर हुन्छ । अब हामीले हेर्नुपर्ने भनेको त्यो ६० लाख बराबर मानिसले गाडी गुडाउनको लागि आवश्यक पूर्वाधार छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । त्यो आवश्यकतालाई पूरा गर्ने गरी पूर्वाधार बनाउने विषयलाई प्राथमिकता दिनुपर्छ भन्न खोजेको हो ।

हामीले पूर्वाधार निर्माणको साथै आधुनिक र अत्याधुनिक निर्माणमा पनि ध्यान दिनुपर्छ । कसरी दक्षतापूर्ण, क्षमतायुक्त र प्रभावकारी पूर्वाधार बनाउँदा राज्यलाई र त्यहाँ रहने जनतालाई पनि सहयोग पुग्छ ।

अहिले नै युरोपको जस्तै १२ लेनको सडक आवश्यक परिसक्यो भन्न खोजेको होइन । हाम्रा पूर्वाधारलाई दक्षतापूर्ण रूपले सञ्चालन गर्न सकियोस् भन्नेमा जोड दिनुपर्छ । औसत ४ घण्टा लाग्ने सडकमा एक दिन लाग्यो भने त्यो सही हुँदैन । त्यसले अर्थतन्त्रलाई पनि चलायमान बनाउन सघाउँदैन । अर्कोतर्फ सडक यातायात बढी छ, त्योभन्दा रेल यातायात बढी प्रभावकारी हुन सक्छ । त्यसले ठूलो परिमाणमा सामान र यात्रुलाई ओहोरदोहोर गर्न सहयोग पुर्याउँछ । अर्काेतर्फ यसले लागत घटाउँछ र नाफा बढाउन सहयोग पुग्छ ।

आयोजनाको प्रतिफल दर हामी हिसाब गर्ने गर्छाैं, त्यो किन आवश्यक छ ? त्यसले आयोजनालाई कसरी सम्भव छ भन्ने देखाउँछ ?

उदाहरणको लागि कुनै प्रसारण लाइन आयोजना बनाएपछि त्यो आयोजनामार्फत कति मानिसको घरसम्म जोडिन्छ, कति गुणस्तरीय सुविधा पाउन सकिन्छ, प्रसारण लाइन गुणस्तरीय नहुँदा कति नोक्सान हुन्छ भन्नेलगायतका विषयलाई समेटिन्छ । त्यसबाहेक उत्पादन गरेको वस्तुको खपत र उत्पादनजस्ता विषयलाई पनि जोडिन्छ । यी लगायतका आधारलाई मानेर प्रतिफल दर निकालिन्छ । त्यो आयोजनामार्फत आर्थिक रूपमा के फाइदा भयो भन्ने विषय यसमा हेरिन्छ । यसरी फाइदा हुने विषयहरू एक ठाँउमा र लागत पर्ने वा खर्च हुने विषय अर्को ठाँउमा राखेर लागत र प्रतिफलको विश्लेषण गरिन्छ । यसले आयोजना निर्माण गर्दा हुने वा नहुने टुंगोमा पुग्न सघाउँछ ।

ठूला पूर्वाधार सम्पन्न भएपछि त्यसले हाम्रो अर्थतन्त्रमा यति योगदान दियो भनेर भन्न सक्छौ ? उदाहरणको लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको योगदानलाई भन्न सकिएला ?

सबैभन्दा पहिलो विषय त कुनै पनि आयोजनालाई मौद्रिक मूल्यमा हेर्ने कि अन्यमा हेर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । हामीले आयोजना चक्रलाई पनि हेर्नुपर्छ । निर्माण गर्ने बेला कुनै जलविद्युत आयोजनाले सामान्यतया उत्पादन हुने विद्युत यति रुपैयाँमा बिक्री गर्ने र यतिमा निर्माण गरेर यसरी ऋण तिर्ने भन्ने सामान्य योजना बनाएको हुन्छ । लगानी यति, आय यति र प्रतिफल दर यति भनेर निश्चित गर्छ र त्यसैअनुसार बैंकको कर्जा तिर्ने गर्छ । यो आयोजनाको वित्तीय विश्लेषण भयो । तर, देशको आर्थिक विश्लेषण भनेको फरक हुन्छ ।

पहिलो कुरा त त्यो आयोजनाबाट राज्यले के पाइरहेको छ भन्ने हेरिन्छ । उदाहरणको लागि माथिल्लो तामकोशीबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणले बिक्री गरिरहेको छ । रोयल्टी राज्यले लिइरहेको छ । यसरी आएको स्रोत राज्यले आफ्नो बजेटमा राख्छ । अनि विभिन्न विकास निर्माणका काम गरिरहेको हुन्छ । अर्कोतर्फ स्थानीयले आयोजनामा काम पाउने, आयोजना स्थल नजिकै बन्दव्यापार गर्नेजस्ता क्रियाकलापले आर्थिक गतिविधि बढाउने भयो । अर्कोतर्फ स्थानीय सरकारले पनि आयोजनाको रोयल्टीको निश्चित प्रतिशत प्राप्त गरिरहेको होला । यसरी आयोजनामार्फत हुने आयले सरकारको बजेट (वित्तीय) प्रणालीमार्फत सबैलाई फाइदा पुर्याइरहेको हुन्छ ।

देशले पहिला कुन पूर्वाधार आयोजना कहाँ बनाउने भनेर निश्चित गर्नुपर्छ र त्यसैअनुसार जनसंख्यालाई पनि वितरण गर्नुपर्छ भन्ने धारणा रहेको पाइन्छ । अर्काेतर्फ वितरित वा विकसित जनसंख्या रहेको स्थानमा आवश्यकतामा आधारित भएर आयोजना निर्माण गर्नुपर्छ भन्ने धारणा पनि छ । नेपालको हकमा के गर्दा उत्तम होला ?

जुन देशमा बसाईंसराई तीव्रगतिमा भइरहेको हुन्छ । त्यहाँ जनसंख्याअनुसार पूर्वाधार निर्माण गर्नुपर्ला । उदाहरणको लागि मेलम्ची आयोजना धेरै पहिलेको आवश्यकतामा आधारित थियो । तर, समयमा आयोजना पूरा नभएपछि जनसंख्या वृद्धि हुँदै गयो र त्यो आयोजना पूरा हुँदा आवश्यकता पूरा भएन । यसकारण कसरी अघि बढ्ने भन्ने द्विविधा सधंै रहिरहला । हामीले आयोजना तोकिएको समयमा सम्पन्न गर्ने हो भने पनि थप आयोजनाको योजना गर्न सजिलो होला ।

अर्को महत्वपूर्ण विषय के हो भने कुनै पनि आयोजना निर्माण थाल्नुअघि अध्ययन गरिएको हुन्छ । विनाअध्ययन कुनै आयोजना अघि बढाएको हुँदैन । उदाहरणको लागि पाँचखालमा सुख्खा बन्दरगाह बनाउने योजना सरकारको छ । त्यो योजनाको पछाडि त केही न केही तर्क छन् । तातोपानीबाट ल्याएको सामान एकैचोटी काठमाडौं नपुर्याएर पाँचखालमा राख्ने योजना होला । त्यसले व्यवस्थापनमा सायद सहयोग पुग्ला । कसैले पनि त्यतिकै केही काम गरेको हँुदैन । तर, जति अध्ययन हुनुपर्ने हो, त्यो चाहीँ नभएको हुन सक्छ । अर्कोतर्फ अर्थराजनीतिक प्रभाव पनि हुन सक्छ । कुनै आयोजना गर्ने वा नगर्ने भन्ने विषयमा राजनीतिक नेतृत्वको पनि भूमिका रहन्छ । त्यो संसारका सबै प्रजातान्त्रिक देशमा भेटिन्छ । तर, केही न केही अध्ययनमा आधारित नै रहेर आयोजना अघि बढाइएको हुन्छ ।

पछिल्लो जनगणनाले हिमाली र पहाडी जिल्लाको जनसंख्या घटिरहेको र तराईका जिल्लामा वृद्धि भएको देखाएको छ । तर, हाम्रो बजेटमा भने पहाडी र हिमाली जिल्लामा जाने विकास बजेट बढ्दै गइरहेको देखिन्छ । यस्तो अवस्थामा पहाड र हिमाली क्षेत्रमा मानिसलाई रोक्ने कि तराईमा पूर्वाधार थप्ने ?

यो वृहत र गम्भिर प्रश्न हो । यसको ठ्याक्कै उत्तर मसँग पनि छैन । तर, केही दृष्टान्तहरू भने बताउन सक्छु । अवश्य पनि तराईको तुलनामा पहाडमा कुनै पनि पूर्वाधार निर्माण गर्दा बढी लागत लाग्छ । यसकारण पनि पहाड र हिमाली क्षेत्रमा पूर्वाधार निर्माण गर्नु महंगो पर्छ । योजनाकारले पनि यो सोच्नुपर्ने विषय हो । लाओसको एउटा उदाहरण दिन सकिन्छ । लाओस नेपालभन्दा झण्डै दुई गुणा ठूलो छ तर, जनसंख्या तीन गुणा कम छ । त्यहाँ मौङ जातिका मानिस बसोबास गर्छन् । ती पहाडमा बस्छन् । बस्ती वा सहरमा बस्दैनथे । त्यसकारण त्यो जातिलाई सुविधा लैजान धेरै कठिन थियो । तर, भियतनाम युद्धमा यिनीहरू पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी भए । त्यसपछि तीनीहलाई त्यहाँको मेकङ भन्ने नदीको उर्वर डेल्टा क्षेत्रमा बसालियो ।

पहाडमा कसैलाई बस्नै दिइएन । त्यससँगै पहाडमा काठ उत्पादन गर्नेगरी रुख रोपियो । उत्पादन भएको काठ भियतनाम बिक्री गरिने भयो । तलतिर जलविद्युत आयोजना पनि निर्माण गरियो । डेल्टा क्षेत्रमा सरकारले विद्यालय, अस्पताल, खानेपानी, विद्युत, सञ्चार सुविधा पु¥यायो । यसले देशलाई चाडै अघि बढाउन सहयोग पुग्यो । यसरी पनि विकास गरेका उदाहरण भेटिन्छ । पहिला महेन्द्रको पालामा तराईका कतिपय क्षेत्रमा मानिसलाई लगेर वस्ती विकास गरेको भए पनि अहिले नेपालको हकमा लाओसकै जस्तो गर्न गाह्रो छ । जातियता, साम्प्रदायिकताजस्ता विषय उठिसकेकाले पनि यसो गर्न अब कठिन हुनेछ । यसकारण कतैकतै बसाईसराई हुने प्रवृतिलाई पनि व्यवस्थित गर्नुपर्ने हो कि जस्तो लाग्छ ।

मध्यपहाडी राजमार्गका विभिन्न ठाँउमा सहर विकास गरेर बसाईंसराई रोक्न खोजेको पनि देखिन्छ । तर, रोकिएन नि ?

त्यस्तो सुविधाले केही मात्रामा रोकिएला । तर, पूरै रोकिदैन । अमेरिका भन्ने देश नै बसाईं सरेर आउनेहरूको देश हो । युरोपले अमेरिका जानबाट रोक्न खोज्दा पनि रोक्न सकेन । जबकि अमेरिकाभन्दा युरोप विकसित ठाँउ हो । त्यसकारण कसैले पनि कसैलाई रोक्न सक्दैन । विकास मात्र होइन, अन्य पक्षहरूलाई पनि ध्यान दिएर काम गर्यो भने रोक्न सकिएला ।

विकास वा पूर्वाधार निर्माणलाई लिएर दुईवटा धारणा पाइन्छ । पहिलो प्रतिफल दर जतिसुकै होस्, नागरिकसम्म पूर्वाधार पु¥याउनु सरकारको जिम्मेवारी हो भनिन्छ । दोस्रो, पूर्वाधार आयोजनामा प्रतिफल दर हेरेर मात्र लगानी गर्नुपर्छ । घाटा हुने वा सम्भाव्य नभएको आयोजना गर्नुहुन्न भन्ने छ । यसलाई कसरी बुझ्ने ?

प्रतिफल दर भनेर आर्थिक पक्षलाई मात्र बुझ्न हुँदैन । बाहिरबाट हेर्दा मूल्य नदेखिने विषय पनि हुन्छ । राज्यको रूपमा उसका केही निश्चित प्रतिवद्धता र जिम्मेवारी हुन्छन् । त्यसमा घाटा नै खाएर पनि गर्नुपर्ने आवश्यकता हुन्छ । कतिपय आयोजनाको धेरै फाइदा हुने तर, एउटा क्षेत्रमा भने बेफाइदा हुने वा घाटा हुने पनि हुन सक्छ । तर, राज्यले सामाजिक न्यायको लागि गरिहरेका हो भनेर बुझ्नुपर्ने हुन्छ । सरकारले गर्ने हरेक आयोजनामा प्रतिफल दर हिसाब नै गरेको हुन्छ । तर, केही अपवादमा भने घाटा भएको अवस्थामा पनि सञ्चालन गर्नुपर्ने जिम्मेवारी हुन्छ ।

हाम्रा छिमेकी देशमा ठूला पूर्वाधार निर्माण गर्न सक्ने, हामी निर्माण गर्न नसक्ने अवस्था छ । यसमा कहाँ के कमजोरी भयो ?

हाम्रो अर्थतन्त्रको आकार, मेसिन, जनशक्ति, अनुभवलगायतका विषय यसमा आउँछन् । बेइजिङदेखि ग्रेटवालसम्मको ७५ किलोमिटर एक्सप्रेस वे एसिया प्यासिफिक इकोनोमिक समिटको लागि निर्माण गर्यो । एउटा सम्मेलनको लागि । यो किन त भन्दा देशको हैसियतको विषय आउँछ । हामीले बनाउन नसक्ने होइन, तर, हाम्रा खल्तीमा कति रकम छ, निर्माण गर्ने मेसिन कति छन्, जनशक्ति कति छ, अनुभव कत्तिको संगाल्न सकेका छाैं । यस्ता विषयले गर्न सक्ने /नसक्ने विषय सामान्यतया निर्धारण गर्छन् ।

ठूला पूर्वाधार आयेजनाहरू त आवश्यक छन् भनेर देखिसकिएको छ नि, उदाहरणको लागि विमानस्थल, रेल, व्यवस्थित सहरलगायतका आयोजना ?

हो, ठूला आयोजना निर्माणको आवश्यकता देखिएको छ । रेल केही न केही क्षेत्रमा निर्माण गर्नु नै पर्नेछ । निजगढ विमानस्थल निर्माण गर्नुको विकल्प छैन ।

Saturday, May 14, 2022

स्थानीय तह चुनावमा कुन राजनीतिक दलको पूर्वाधार विकासका घोषणा के ?

https://nepalpurbadhar.com/5752/

 काठमाडौ/ यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले पूर्वाधार सम्बन्धी लोकप्रिय नारा अघि बढाएका छन् । अघिल्लो (२०७४) स्थानीय चुनावमा लोकप्रिय योजना प्रस्तुत गरेपनि कार्यान्वयनमा कमजोर देखिएका राजनीति दलहरुले फेरि उही नारा अघि बढाएका हुन् । अघिकांश दलको घोषणापत्रमा पूर्वाधार क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

विशेष गरी नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राष्ट्रिय समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवेकशील साझा लगायतका दलहरुले पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे संघले खर्च गर्ने पुँजीगत खर्चमध्ये करिब ३० प्रतिशत र स्थानीय तहले झण्डै ५० प्रतिशत पूर्वाधारमै छुट्याउने गरेको बताए । एमालेले तल्लो तहमा गएको बजेट खर्चको अवस्था सन्तोषजनक देखिएकोले यसमा वृद्धि गर्नुपर्ने उनको भनाइ छ । ‘५ वर्षे स्थानीय तहको अभ्यासमा बजेट बढी खर्च भएको र खर्च नहुने समस्या संघमा रहेको छ ।

पुँजीगत खर्च स्थानीय तहमा बढाउनुपर्छ’-उनी भन्छन्- ‘पूर्वाधार विकासलाई एमालेल धेरै जोड दिएको छ, अहिले स्थानीय तहको ५० प्रतिशत हाराहारी बजेट पूर्वाधारमा खर्च भएको छ, शिक्षामा तलबको लागि बजेट गएपनि यसले मानवीय पुँजी निर्माण गर्ने भएकोले यो महत्वपूणर् छ ।’

नेपाली कांग्रेसका महामन्त्री एवं पुर्व मन्त्री गगन थापा कांग्रेसले स्थानीय संकल्प-पत्र भएकोले स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने स्थानीय पूर्वाधारलाई जोड दिएर चार वटा पक्ष र पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको साझेदारीलाई जोड दिइएको बताउँछन् । ‘छनोट गर्दा प्राविधिक क्षमता छकि छैन, वित्तीय स्रोत व्यवस्था कसरी हु्रन्छ, रणनीतिक रुपमा उपयुक्त छन्, छैनन् र यसको लाभान्वित कति हुन्छन् भन्ने चारवटा कुरालाई प्राथमिकतमा राखेर यसमा हेरिएको छ ।’-उनी भन्छन्-‘पाँच वर्षको अनुभवले संस्थागत क्षमता एकदम कमजोर रह्यो, यसको विश्लेषणको आधारमा अघि बढ्नुपर्छ ।

स्थानीय सरकार र स्थानीय सरकार साझेदारी गनुपर्छ, यसमा निजी क्षेत्रलाई पनि उपयोग गर्नुपर्छ, यसका लागि विगतमा स्रोत भएपनि उपयोग नभएकोले यसलाई अघि बढानउनुपर्छ ।’ कांग्रेसले स्थानीय हरित पूर्वाधार निर्माणमा जोड दिइएको उनको भनाइ छ ।

पूर्वाधारमा जोड, तर कार्यान्वयन कमजोर

राजनीतिक दलहरुले पूर्वाधारमा विशेष जोड दिएपनि कार्यान्वयन पक्ष भने विगतमा कमजोर देखिएको छ । लगानी बोर्ड नेपालका पुर्व प्रमुख कार्यकारी अधिकृत एवं पूर्वाधार विज्ञ राधेश पन्त अघिल्लो चुनावमा गरिएका अधिकांश प्रतिवद्धता पूरा नभएको बताए । एउटै पार्टीको संघ, प्रदेश र अधिकांश स्थानीय तहमा सरकार हुँदा पनि कार्यान्वयन नहुनु दुःखद भएको र पूर्वाधार विकासमा सबैको कार्यान्वयनयोग्य प्रतिवद्धता आवश्यक रहेको उनको भनाइ छ । ‘पूर्वाधार दिगो बनाउने भनेकै स्थानीय तहले हो ।

संघीय स्तरमा ठूला कुरा गरेर मात्र हुदैन’ उनले भने । स्थानीय तहमा पूर्वधारमा जोड दिएपनि कार्यान्वयन र प्रतिवद्धतामा एकरुपता देखिएको छैन । पन्त भन्छन्- ‘एउटै पार्टीको पनि व्यक्तिगत रुपमा उम्मेदवारहरुको आफ्नै कुरा छन्, साझा दृष्टिकोण छैन । एकरुपता छैन, राष्ट्रिय पार्टीले कम्तीमा न्यूनत्तम रुपमा एउटै बनाउनुपर्ने हो ।’

संघ, प्रदेश र स्थानीय तहबीच बुझाईएमा एकरुपता नभएको, क्षेत्राधिकारको टुंगो लागि नसकेको र समन्वयमा पनि समस्या रहेको छ । दलहरुले विकासका उत्कृष्ट अभ्यासहरुको संयोजन गरी दिगो पूर्वाधार विकासका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने पन्तको भनाइ छ ।

कुन राजनीतिक दलको पूर्वाधार विकासका घोषणा के ?

नेकपा एमाले
सुशासन, समृद्धि र समाजवादको आधार पालिका-पालिकामा एमालेको सरकार भन्ने नाराका साथ एमाले पूर्वाधार विकासमा जोड दिएको छ । स्थानीय विकास, सशासन र समृद्धि सम्बन्धी नीति र प्राथमिकता आगामी पाँच वर्षका लागि एमालेले नीति तथा प्राथमिकता निर्धारण गरेको छ ।
स्वच्छ खानेपानी
-सफा बस्ती र राम्रो आनीबानी प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत् सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने ।
-एक घर एक धारा अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपुर्ति सुनिश्चित गर्ने ।
-खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुने गरी उपयुक्त संयन्त्र निर्माण गर्ने ।
-ठूला खानेपानी आयोजना संघ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने ।
-खानेपानी तथा सरसफाइ कार्ययोजना कार्यान्वयन गर्ने ।
– खानेपानी मुहान लगायत पानीको स्रोत, नदी नाला, कुवा तथा पोखरीको संरक्षण तथा सफाइ सम्बन्धी कार्य गर्ने ।
-सार्वजनिक क्षेत्रमा शौचालयको व्यवस्था गर्ने ।
-ढल व्यवस्थापन सम्बन्धी कार्य गर्ने। फोहोर पानी प्रशोधनको व्यवस्था गर्ने ।
-फोहोर मैलाको दिगो व्यवस्थापन गर्ने, फोहोर मैला सङकलन प्रशोधन, पुनप्रयोग तथा व्यवस्थापनमा सार्वजनिक-निजी साझेदारी तथा अन्तरपालिका साझेदारी विकास गर्ने ।
-फोहोर मैला व्यवस्थापन र सरसफाइसम्बन्धी जनचेतना अभिवद्धि गर्ने ।
-चालिस माइक्रोनभन्दा मुनिको प्लास्टिकको प्रयोग पूणर् रुपमा निषेध गर्ने ।

आधुनिक ऊर्जा

-उज्यालो पालिका विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने ।
-प्रत्येक नागरिकका घरमा विद्तयु्सुविधा उपलव्ध गराउने ।
-विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निःशुल्क उपलव्ध गराउने ।
-ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानुनी र संरचनात्मक प्रबन्ध गर्ने ।
-नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने ।
-पालिकामा सञ्चालित जलविद्युत् आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने ।
-बायोग्यास, सौर्य ऊर्जा, वायु ऊर्जा लघु जलविद्तयु लगायतका वैकल्पिक ऊर्जाका प्रयोगबाट सबै परिवारमा आधुनिक ऊर्जा पुर्‍याउने ।
-घरेलु प्रयोगमा विद्युतीय चुलो लगायत नवीकरणीय ऊर्जाको उपयोग बढाउने
-आधुनिक कृषि, लघु तथा घरेलु उद्योग, स्थानीय उत्पादनको प्रशोधन लगायतबाट आय आर्जन गर्न ऊर्जाको उपयोग गर्न प्रोत्साहन गर्ने, विकास र आधुनिकीकरणको प्रक्रियालाई अगाडि बढाउन विद्युतको उपयोग वृद्धि गर्ने

सहज आवागमनको आधार
-दिगो यातायात पूर्वाधार सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने ।
-सडक, हवाइ, जल, के बलुलकार रोपवे, दरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने ।
-प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने ।
-प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने ।
-हरेक वस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने ।
-सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने ।
-सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने
-ठूला सहरहरूमा रेल, बस ऱ्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने ।
-ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने
-यातायात सुविधा पुगेका पालिकाहरूमा बस टर्मिनल, बस पार्क, पार्किङ क्षेत्र विकास, ढुवानीका साधन पार्क, अटो भिलेज आदिको विकास गर्ने । नगर क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने ।
-ग्रामीण क्षेत्रमा सडक सुरक्षा र दुर्घटना रोकथामका विशेष कार्यक्रम सञ्चालन गर्ने ।
-विद्युतीय सवारी साधन लगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने । यस सम्बन्धी आवश्यक पूर्वाधार विकास गर्ने ।
-मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने । आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने ।

एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास

-विकसित पालिका, सुरक्षित आवास प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने ।
-संघ र प्रदेशसँग सहकार्य गर्दै सकुुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको समस्या सदाका लागि समाधान गर्ने, घरबारविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्ने ।
-संघ र प्रदेशसँगका सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने ।
-खर र फुसका छाना विस्थापन गर्ने, जोखिममुक्त आवास र वस्ती निर्माणका लागि राष्ट्रिय भवन संहिता तथा वस्ती विकास सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने ।
-घर नक्सा पास प्रणालीलाई सरल र प्रभावकारी बनाउने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने । यसका लागि सार्वजनिक-निजी साझेदारी ढाँचा अवलम्बन गर्ने । जग्गा एकीकरण प्रणाली (ल्याण्ड पुलिङ) लाई प्रवर्द्धन गर्ने ।
-नयाँ, आधुनिक हरित सहरको विकासका लागि व्यवस्थित योजना तर्जु कार्यान्वयन गर्ने
-सहरी क्षेत्रको सडक हरियाली योजना, गाउँ-सहर सौन्दर्यीकरण र विचरण पार्कको विकास गर्ने
-भू-पयोग ऐनका आधारमा पालिकाको भू-पयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने ।
-पुराना बस्तीको सधार, पूर्वाधार विकास तथा विस्तार गर्दै ऐतिहासिकता र मौलिकताको संरक्षण गर्ने ।
-सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन गर्ने ।
-सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेहरूमाथि कानुनी कार्बाही गर्दै त्यस्ता जमिन सार्वजनिक स्वामित्वमा ल्याउने ।
-नापी नक्सा डिजिटाइज गर्ने, बाँकी रहेका नापीसम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्ने ।

 

    नेपाली कांग्रेस

अन्तरआवद्धतासँग सम्बन्धित पूर्वाधारहरु (सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल संजाल) मा बहुपक्षीय लगानी जुटाई, झन्झटिला ऐन, नियम, प्रक्रियाहरूमा समय तोकेरै शृंखलावद्ध सुधार गरिनेछ । समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रहरुलाई प्रतिस्पर्धी बनाउँदै वर्षेनी अधिकतम संख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । अबको यात्रा र एजेण्डा समुन्नत नेपालको राष्ट्रिय संकल्प भन्ने नारासहित सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगरको अवधारणा अघि सारेको छ ।

भौतिक पूर्वाधार विकास र संरक्षण
अबको पाँच वर्ष स्थानीय सरकारको मार्गचित्र

-ऐन, कानून तथा योजना पूर्वाधार एवं विकास योजनाहरु रणनैतिक आधार, वित्तिय आधार, प्राविधिक आधार एवं व्यवस्थापकीय आधारमा खोजी गरी छनोट गर्ने, ‘ल्याण्ड बैकिंङ’ मार्फत जग्गा सञ्चित गरी स्थानीय तहको जग्गा स्वामित्वमा पहुँच बढाइनेछ । -दीर्घकालीन रुपमा स्थानीय तहभित्रका खुल्ला मैदान, खेल मैदान तथा शहरी घनत्व बढ्दै गएको अवस्थामा उत्थानशील शहर निर्माणको लागि महत्वपूणर् योगदान पुर्‍याउनेछ ।
-अनियन्त्रित शहरीकरण नियन्त्रणका लागि हरेक स्थानीय तहमा भूउपयोग योजना बनाई कडाईका साथ लागू गर्दै व्यवस्थित बस्ती, कार्यालय, शैक्षिक संस्था, अस्पताल, खेतीयोग्य जमीन, उद्योग, कलकारखाना, खेलकुद पूर्वाधार आदि उचित स्थानमा राख्ने
-पूर्वाधारहरुको उचित व्यवस्थापनको लागि स्थानीय तह सुहाउँदो भवन निर्माण संहिता तयार गरी कडाईका साथ बस्तीको प्रारुप तयार गर्ने
-भूकम्प प्रतिरोधी संरचना निर्माणको सीप प्रदान गरी त्यस्ता दक्ष जनशक्तिबाट मात्र निर्माण गर्ने, सबै स्थानीय तहहरुको ‘जिआइएस म्यापिङ’ गरी स्थानीय स्रोत साधनको दुरुस्त अभिलेखीकरण गर्ने
-खुल्ला जग्गा, खानी तथा अन्य स्रोतको अभिलेखीकरण गरी माटो सुहाउँदो योजना बनाई नगर/ग्रामीण क्षेत्रको आर्थिक खाका तयार गर्ने ।
-संरक्षण एवं जगेर्ना पुरातात्विक महत्वका संरचनाहरुको वर्गीकरण गरी संरचनाहरुको जिणर्ोद्वार एवं संरक्षण गर्ने, गुठीका संरचनाहरु, सत्तल, पाटी, धर्मशाला, उद्यान, पोखरी आदिको संरक्षण एवं स्तरोन्नति गरी सामुदायिक केन्द्रको रुपमा रुपान्तरण गर्ने ।
-पूराना बस्तीमा पूरानो नेपाली शैलीको घर बनाउन प्रोत्साहन गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने, स्थानीय सामग्रीहरु प्रयोगलाई प्रोत्साहन गरी स्थानीय वातावरणअनुसार भवन तथा पूर्वाधार निर्माण गर्ने ।
-सडक तथा यातायात ग्रामीण केन्द्रलाई बजारसम्म जोड्ने र शहरी केन्द्र बीचको सडक उन्नतिकरणलाई विशेष प्रथामिकता दिने, सबै गाउँ-नगरपालिका केन्द्रमा पक्की सडकको पहुँच पुर्‍याउने, सबै गाउँ-नगर पालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक पुर्‍याउने, सडक पूर्वाधारको गुणस्तर र मर्मतमा विशेष ध्यान दिने ।
-सडक दुर्घटनाको न्यूनिकरणका निम्ति ‘सडक सुरक्षा निर्देशिका’लाई कडाईका साथ लागू गर्ने, सडकमा अनिवार्य फुटपाथ र साइकल लेनको व्यवस्था गरी स्थानीय तहहरुलाई पैदल यात्रु र साइकल मैत्री बनाउने ।
-शहरी क्षेत्रहरुमा सार्वजनिक यातायातलाई प्रोत्साहन दिई स्थानीय तहको लगानीमा अपाङ्गतामैत्री सार्वजनिक यातायातलाई सञ्चालनमा ल्याउने ।
-ग्रामीण क्षेत्रलाई शहरसँग जोड्न शहरी स्थानीय तहसँग सहकार्य गरी सार्वजनिक यातायातको पहुँच बढाउने, निजीक्षेत्रको समेत सहयोगमा पर्यटकीय स्थानहरुमा केबल कार, रोप वे निर्माण तथा सञ्चालन गर्ने, आगामी तीन बर्षभित्र आवश्यक सम्पूणर् झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने र आवश्यकता र माग अनुसार विशेष प्रकृतिका पर्यटकीय महङ्खवका झोलुङ्गे पुल बनाउने ।
-वातावरण संरक्षण विद्युत् लगायत स्वच्छ ऊर्जा यातायातको प्रवद्र्धन गर्ने, सबै घरपरिवारले विद्युत्वाट खाना पकाउने वातावरण सिर्जना गर्ने ।
-आधारभूत पूर्वाधार विकास सबै स्थानीय तहमा आधारभूत अस्पाताल भवन र सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गर्ने ।
-एक गाउँ एक व्यवसायिक उत्पादन र कृषि उपज सङ्कलन केन्द्रको निर्माण गर्ने, टोलका सबै सार्वजनिक क्षेत्र, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था आदि अपांगतामैत्री बनाउने, स्थानीय तहमा मुख्य प्रशासनिक भवन र आवश्यकता अनुसारका वडा कार्यालयका भवन मौलिक शैलीमा निर्माण गर्ने ।
-एक स्थानीय तह एक पर्यटन पूर्वाधारको व्यवस्था गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, प्रत्येक गाउँमा सामुदायिक भवन र गाउँ मिलनकेन्द्र निर्माण गर्ने ।
-स-साना कुटिर उद्योगका लागि स्थानीय तहमा बजारको व्यवस्था गर्ने । विद्युतीकरण हुन बाँकी सबै गाउँमा विद्युतीकरण गर्ने र उज्यालो गाउँ सहरका लागि सडक वत्तीलाई व्यापक बनाउने ।
-खानेपानी र सिँचाई जमीनमुनिको पानीको सतहको मुल्याङ्कन गरी डीप बोरिङ्ग मार्फत तथा नजिकै रहेको स्रोतलाई उपयोग गरी घर घरमा शुद्ध खाने पानी वितरण प्रणालीको व्यस्थापन गर्ने र सार्वजनिक धाराको संरक्षण तथा व्यवस्था गर्ने ।
-सिँचाई हुन सम्भाव्य सबै जमीनमा बाह्रै महिना सिँचाई हुनेगरी कृषिमा विशेष कार्यक्रम सञ्चालन गर्ने ।
-सूचना र सञ्चार हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने ।
-सबै सार्वजनिक स्थानमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने, सरकारी कार्यालयहरुमा प्रविधिको उच्च प्रयोग गराउने ।
-विपद व्यवस्थापन भविष्यमा आइपर्ने विपद व्यवस्थापन र पूर्व तयारीको लागि हरेक वडामा ‘विपद कोष’को स्थापना लगायत व्यवस्थापनको लागि चाहिने उपकरण, औजार एवं दक्ष जनशक्ति सहितको ‘द्रुत सहायता कक्ष’ को स्थापना गर्ने ।

पर्यटन विकास

-एकीकृत र व्यवस्थित विकाससँगै आगामि दशकमा पर्यटन क्षेत्रले अगुवाइ गर्ने अर्थतन्त्र बनाउन सक्ने प्रशस्त आधार तयार पार्ने ।
-नेपाललाई जीवनमा विरलै अनुभव गर्न पाईने विशेष क्षणहरु अनुभूत गर्न सकिने विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आय आर्जनको एक महत्वपूण स्रोतका रुपमा अघि बढाउन उच्च प्राथमिकता दिइने ।
-स्थानीय तहमा रहेका स्थापित तथा उदियमान गन्तव्यहरुसम्मको सहज र सुलभ पहुँचका लागि गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने, नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने डिजाइनमा निर्माण गर्ने ।
-विशिष्ट साँस्कृतिक सम्पदाहरु र परम्परागत तथा पूरातात्विक महत्वका सामग्रीहरु सङ्कलन गरी हरेक स्थानीय तहमा कम्तीमा एउटा संग्राहलय निर्माण गर्ने ।
-वातावरणमैत्री व्यवसायका रुपमा पर्यटन प्रवद्र्धन गर्दै दिगो विकासको पदमार्गमा अघि बढ्न सामुदायिक वनहरुको संरक्षण र विस्तार, पूरातात्विक सम्पदा स्थलहरुको संरक्षण, सफाई तथा सौन्दर्यिकरण गर्ने, मुख्य गन्तव्यहरु र पहुँचमार्ग डिजिटल नक्शामा (गुगल) देखिने बनाउने ।

-उदीयमान तथा सम्भाव्य क्षेत्रहरुमा सडक, सञ्चार, पानी, बत्ती, सुरक्षा चौकी, स्वास्थ्य चौकी, सरसफाई जस्ता सहयोगी पूर्वाधारको जिम्मा लिई आवास, खानपीन, यातायात, मनोरञ्जन सहितको आकर्षक गन्तव्य र गतिवधिहरुको विकासका लागि निजी क्षेत्रलाई प्रोत्सहित सहकार्य गर्ने, स्थानीय तथा बाह्य लगानीकर्ताहरुलाई पर्यटकीय गन्तव्य निर्माण र गतिविधिहरुको सिर्जना गर्नका लागि लगानीमा इन्सेन्टिभ सहित प्रेरित गर्ने ।

-एकीकृत र व्यवस्थित विकाससँगै आगामि दशकमा पर्यटन क्षेत्रले अगुवाइ गर्ने अर्थतन्त्र बनाउन सक्ने प्रशस्त आधार तयार पार्ने
– नेपाललाई जीवनमा विरलै अनुभव गर्न पाईने विशेष क्षणहरु अनुभूत गर्न सकिने विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आय आर्जनको एक महत्वपूण स्रोतका रुपमा अघि बढाउन उच्च प्राथमिकता दिइने ।
-पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारी जस्ता जोखिम युक्त गतिविधिमा काम गर्ने जनशक्तिको जीवनलाई सहज र सुरक्षित बनाउने, परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्ने स्थानीयहरुलाई सहुलियतको व्यवस्था गर्ने ।
-सरकारी वा निजी स्वामित्वमा रहेका पौराणिक एवं परम्पारगत भौतिक संरचनालाई मौलिक गतिविधि वा विशष्टि बुटिक आवासका रुपमा विकास तथा प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने ।
-बजारको माग र स्थानीय तहको सम्भाव्यताका आधारमा विविध सांस्कृतिक, प्राकृतिक, एवं साहसिक गतिविधिहरुको सृजना गर्ने तथा गर्नका लागि उत्प्ररित गर्ने  ।
– स्थानीय जीवनशली, परम्परागत कला र सीप तथा कृषि जस्ता पक्षलाइ ै पर्य टकीय गतिविधिर्का रुपमा विकसित गन सहजीकरण गर्ने ।
-स्थानीय खानपीन तथा परिकारहरु सफा, सुरक्षित र गुणस्तरीय बनाउने । फुड टुर तथा स्थानीय भोज तथा जात्राहरुलाई आकर्षक पर्यटकीय प्याकेजहरुका रुपमा विकसित गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने
-क्षमता विकास तथा संगठनात्मक सुदृढता स्थानीय नेतृत्व र प्रशासनिक संयन्त्रलाई अर्थतन्त्र, प्रविधि र पर्यटनमैत्री बनाउन आवश्यक तालिम तथा दक्षता अविवृद्धिका कार्यक्रमहरु मार्फत् सबल र सक्षम बनाउने
-होमस्टे (घरवास) पर्यटन, ग्रामीण पर्यटन जस्ता समुदायमा आधारित पर्यटन सञ्चालकहरुका लागि आधारभूत अंगे्रजी भाषा तालिम, सरसफाई र सुरक्षा (खाद्य तथा आवास) सम्बन्धी जनचेतनामूलक अभिमुखिकरण र होमस्टे सेवाको स्तरोन्नतिमा सहयोग गर्ने ।
-पयटन व्यवसाय सञ्चालकहरुका लागि आन्तरिक र बाह्य बजारहरुका साझदार निकायहरुसँग सम्पर्क स्थापित गर्न सघाउने ।
-स्रोत बजारको पहिचान र प्रद्र्धधन स्थानीय पर्यटकीय सम्पदा तथा मुख्य आकर्षक गतिविधिहरुको प्रभावकारी माध्यम पहिचान गर्ने, संयन्त्र बनाउने, र विभिन्न माध्यमहरु मार्फत प्रवद्र्धन गर्ने, स्थानीय जात्रा, पर्व, उत्सव, महोत्सवहरुको वार्षिक क्यालेन्डर बनाई प्रचार प्रसार गर्ने ।
-स्थानीय तहमा पाइने रैथाने खाद्य पदार्थ, पेय पदार्थ, हस्तकलाका सामग्रीको ब्रान्डिंग तथा बजारीकरण गर्न सहयोग गर्ने, आन्तरिक पर्यटनलाई प्रोत्साहन दिने र प्रवद्र्धन गर्ने ।
-उत्तरदायी र वातावरणमैत्री पर्यटकका रुपमा घुमफिर गर्ने बानी बसाल्न चेतनामूलक कार्यक्रम गर्ने, स्थानीय ख्यातिप्राप्त व्यक्तित्वहरुको सञ्जाल बनाई पर्यटन प्रवद्र्धधन गर्ने ।

नेकपा माओवादी

स्थानीय तह निर्वाचन—२०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले घोषणापत्र वा प्रतिवद्धतापत्र भन्दा पनि अपिल जारी गरेको छ । नयाँ नेपालको रणनीतिक मार्गचित्र नाम दिइएको उक्त अपिलमा पूर्वाधार क्षेत्रलाई जोड दिइएको छ ।

भौतिक पूर्वाधार ः वातावरण मैत्री पूर्वाधार, दिगो विकासको आधार !

-सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सडक सञ्जालमा जोड्ने व्यवस्था मिलाइने ।
– सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्न सक्ने सडकको निर्माण गरिने ।
– सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाइने ।
-सबै वडामा सञ्चार सुविधाको विस्तार गरिने ।
-नेपालको पानी जनताको लगानीको नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने ।
-एल.पी. ग्याँसको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युतको उपभोग बढाउने ।
-स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने ।

पर्यटन तथा उद्योग

-पर्यटनको प्रतिफल गाउँ-गाउँमा पुर्‍याउन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने ।
– पर्यटकीय पदमार्गको विस्तार र पर्यापर्यटनको विकासमा जोड दिइने ।
– होमस्टे लगायत पर्यटनमैत्री वस्तु उत्पादन गरी आय आर्जनमा टेवा पुर्‍याइने ।
– पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमा खर्च गर्ने व्यवस्था गरिने ।

नेकपा (एकीकृत समाजवादी)

पूर्वाधारलाई जीवनसँग जोडनुपर्ने भन्दै नेकपा एकीकृत समाववादीले पूर्वाधार क्षेत्रलाई विशेष महत्व दिएको छ ।

निःशुल्क खानेपानी ः सुखी जिन्दगानी
-हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँचहजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने ।
-खाने पानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुर्‍याइने ।
-हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्‍याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने छ । सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने ।
-एक घर एक धारा, पूणर् सरसफाई हाम्रो अभिभारा भन्ने नाराका साथ खाानेपानी र सरसफाइजस्तो जनताको आधारभूत आवश्यकता पूरा गरिने ।

ऊर्जा
-प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली ।
-स्थानीय सरकारमार्फत् हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने ।
-विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पुर्‍याइने छ ।

सडक सञ्जाल
-हरेक पालिकाहरूले आफ्नो पालिकाभित्रका सडक र यातायातका लागि गुरु योजना बनाई लागु गर्ने ।
-पालिकाको योजनाविना जथाभावी सडक बनाई कृषियोग्य जमिन समाप्त गर्ने तथा पर्यावरण बिगार्ने कामलाई कडाइका साथ निरुत्साहित गरिने ।
-सङ्घीय र प्रदेश सरकारका योजनासँग समन्वय गरी अर्को पालिका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण गरिनुका साथै भएका सडकको स्तरोन्नति गरिने ।
-पालिका केन्द्रदेखि वडा केन्द्रसम्म सहज यातायातका लागि सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिने ।
-सडकका नाममा जग्गाको नक्सा पास गराएर मात्र निर्माण सुरु गरिने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

-सबै घरधुरीमा वर्षभरी आधारभूत खानेपानी सेवा ।
-तराईमा आर्सेनिकमुक्त सुरक्षित खानेपानी ।
-उपभोक्ताको स्वातमत्वमा खानेपानी योजना ।
-एक घर एक धारा र भौतक संरचना निर्माण ।
-प्रत्येक घरमा बिजुली।
-सावजनिक स्थलमा फ्री-वाईफाई ।
-सबै वडालाई सडक संजालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे वा ग्रावेल सडक ।
-पालिलकाको प्रत्येक वडामा बाल उद्यान, पार्क ।
-स्थानीय, प्रदेश र केन्द्रिय तहबाट संचालन हुने आयोजनाहरुमा स्थानीयलाई रोजगारीमा प्राथमिकता ।
-स्थानीय पयर्टन विकासलाई प्राथमिकता ।
-होमस्टे संचालनको लागि निव्याजी ऋण र तालिमको व्यवस्था ।
-स्थानीय तहमा विकास विज्ञको व्यवस्था गरी सम्भाव्यताको आधारमा विकास कार्यक्रम तयार र परिचालन ।
-न्युनतम एक कार्यकाल नयाँ सवारी साधन खरिदमा रोक ।
-स्थानीय तहमा पर्यावरण जलवायु परिवर्तन न्यूनीकरण र जलवायुजन्य जोखिम कम गरी स्थानीय अनुकुलन कार्ययोजना तयार र कार्यान्वयन ।

जनता समाजवादी पार्टी (जसपा)

जनता समाजवादी पार्टीले आर्थिक तथा सामाजिक रुपान्तरणलाई जोड दिएको छ । उसले आम राष्ट्रिय नीतिको विकास गरी पूर्वाधार क्षेत्रको लागि अवधारणा अघि सारेको छ ।

भौतिक पूर्वाधार
-पर्याप्त र गुणस्तरीय भौतिक पूर्वाधार विकासलाई उच्च महत्व दिइने, स्थानीय उद्यमशीलता, रोजगार, गरिबी न्यूनिकरण र जीवनस्तर सुधारका लागि अवसर सृजना गर्ने हुने गरी पूर्वाधार विकासको प्रारूप तय गरिने ।
-पालिकाहरूको स्थानीय विशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिने, पालिकाको केन्द्र र वार्ड केन्द्रहरू जोड्ने सडकहरू बनाइने ।
-चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, वस्ती तथा टोल लिंक रोड बनाइने ।
-पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरूलाई सडकसँग जोडिने, सडकहरूको गुणस्तर सुधार गर्दै लगिने ।
-सबै पालिकाहरूमा एक बसपार्क बनाइने ।
-महानगरहरूमा नगर रेल सेवा विकासको संभावनाबारे अध्ययन गरिने

खानेपानी तथा सरसफाई
-शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पुर्याइने ।
-सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको रू २०० सम्मको खानेपानी विल निशुल्क गरिने ।
-आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपैयाँको अनुदान दिइने ।
-खानेपानीका मुहान र पोखरी संरक्षण गरिने ।
-सार्वजनिक पोखरीहरूको निर्माण तथा पुननिर्माण गर्दा बहुउदद्देश्यीय प्रारूप सिँचाई, माछापालन, सौन्दर्यीकरण, बोटिङ र स्थानीय पर्यटनजस्ता अवधारणालाई एकीकृत कार्यान्वयन गरिने ।
-नियमित ढल निकासको व्यवस्थित व्यवस्थापन गरिने ।
-अधिक वर्षा, बाढी, ढुबान, कटानको समस्यालाई हल गर्न स्थानीय नदी प्रणालीलाई पुनर्जिवित गरिने ।
-फोहोरको नियमित तथा वैज्ञानिक व्यवस्थापन गरिने ।

सहरी विकास
-विजुली, टेलीफोनलगायतका तारहरू जमिनमुनि गर्न सम्बन्धित निकायसंग समन्वय र सहकार्य गरिने छ । सहर वजार क्षेत्रमा हरियाली बस्ती विकास गरिने ।
-मनोरञ्जन तथा सामाजिक क्रियाकलापका लागि पार्कहरू बनाइने्, यथेष्ट खुला ठाउँ राखिने ।
– सार्वजनिक जग्गाको संरक्षण गरिने ।
-सिंचाइ खेतीयोग्य जग्गा भौगोलिक चरित्र, स्थानीय जलस्रोत तथा नदी प्रणालीको अवस्था हेरी सतह सिचाई आयोजना कार्यान्वयन गरिने ।
-भुमिगत सिचाई (स्यालो ट्यूवेल) र लिफ्ट सिचाईका सम्भावनालाई उपयोग गरिने ।
-सतह सिंचाईको सुविधा नपुगेका तराई मधेशका किसानलाई पम्पिङ सेट जडानमा विशेष अनुदान दिइने ।
-पहाडका गाउँपालिकाहरूमा स—साना सिचाई आयोजनाहरू सञ्चालन गरिने ।
-सहरीकरण, आर्थिक कोरिडोर र भू-उपयोग सबै गाउँपालिकाहरूको विस्तृत भू-उपयोग योजना र नपा/उपनपा/मनपाहरूको गुरू योजना तयार गरी क्रमशः लागु गरिने ।
-आगामी ५० वर्षसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औधोगिक क्षेत्र विकास गर्ने नीति लिइने ।
-पालिकाको कुल भूमिस्रोतको अध्ययन तथा नक्सांकन गरी आवास, सार्वनजिक पूर्वाधार, वन, औधोगिक क्षेत्र तथा कृषिजन्य भूमिका रूपमा वर्गिकरण गरिने, तदनुरूप पूर्वाधार विकासका जोड दिइने ।
-अव्यवस्थित बसोबास गरेका व्यक्तिहरूलाई चरणवद्ध रूपमा स्थायी पूर्जा दिइने, त्यस्तो अव्यवस्थित बसोबास पहिरो, नदी किनार र जंगलको छेउमा भएमा अन्यन्त्र सार्न पहल गरिने ।
-भूमिहिन किसानका साथै खेती गर्न चाहने किसानलाई खेति योग्य जमिनमा संलग्न गराउन जग्गा भाडामा लिई गरिने करार खेतीको अभ्यास सुरू गरिने ।

पर्यटन
-हरेक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले सम्भाव्यताका आधारमा प्राकृतिक—पर्यावरण, साहसिक, धार्मिक, ताल तथा नदिजन्य, होमस्टे र पदयात्रा पर्यटनलाई पाँच बर्षे कार्ययोजनाका आधारमा निश्चित संख्याका स्वदेशी र विदेशी पर्यटक भित्राउने कार्यक्रम बनाउने ।
-पर्यटक आकर्षित गर्ने होटेल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो ५ वर्षसम्म आयकरमा ७५% छुट दिइने ।
-होमस्टे सञ्चालन गर्न चाहने महिलाहरूको समूहका लागि रू. ५० लाखसम्म लिएको ऋणको ५% भनदा बढी व्याज अनुदान दिइने ।

सूचना र सञ्चार
-नगरका सबै वडाकार्यालय क्षेत्रमा, सबै स्कूलहरूमा र अस्पताल क्षेत्रमा पहिलो वर्षमा नै टोलटोलमा क्रमशः इन्टरनेट सेवा निशुल्क उपलब्ध गराइने ।

 

नेपाल विवेकशील पार्टी

नेपाल विवेकशील पार्टीले सुन्दर, हराभरा, बाँझो रहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन) नारा अघि सारेको छ ।
सूचना प्रविधि
-‘सेवक सरकार’ निःशल्ुक मोबाइल एप (हटलाईन) तथा वबेसाइटको प्रयोग गरी सहजैसरकारी कामहरू गर्ने र अत्यावश्यक बेला मात्र सरकारी कार्यालयमा पुग्ने व्यवस्था मिलाउने ।
-चरणबद्ध रूपमा स्थानीय तहमा रहको सम्पूणर् दस्तावजेहरू डिजिटलाइजसेन गर्ने ।
-सफ्टवरेको प्रयोग गरी पालिकाको कार्य तथा राजस्व संकलनको विवरणलाई एकत्रित गर्ने ।
-आम नागरिकहरूमा प्रविधि पहुचँ बढाई हरेकलाई उच्चतम प्रविधि प्रयोग, उपयोगको लागि प्रेरित गर्ने ।
– चरणबद्ध रूपमा सबैसरकारी कामहरूमा भुक्तानी वित्तीय कारोबारद्वारा गर्ने व्यवस्था गर्ने ।
-उज्यालो नेपाल अभियान अन्र्तगत समदुायसँगको सहकार्यमा स्थानीय तहहरूमा सोलार जडित बत्तीहरू जडान कार्यलाई निरन्तरता दिने ।
-हरेक सडक, चोक, गल्लीहरूमा वडाकै अग्रसरतामैरातभर सडक बत्ती उपलब्ध गराउने ।

पर्यटन
– पर्यटन प्रवद्र्धनको लागि गरुयोजना निर्माण गरिने ।
-नयाँ पर्यटकीय स्थल तथा पदमार्गको पहिचान गर्दै अन्तरास्ट्रिय स्तरमा प्रचार प्रसार गर्न संघीय सरकारसँग समन्वय गर्ने ।
-थप सांस्कृतिक तथा सम्पदा गोरेटो बाटो पहिचान गर्ने ।
-बाह्य तथा आन्तरि क दुवै प्रकारका पर्यटकहरुलाई ध्यानमा राखरे होटेल सहित सबैसंरचनाहरुको व्यवस्थापन गर्ने ।
– साहसिक खेलको प्रद्धर्वन गर्न संघीय सरकारसँग समन्वय गर्ने ।
-स्थानीय तहका कर्मचारी तथा नागरिकहरुलाई आन्तरिक पर्यटन पठाउन प्रोत्साहन नीति ल्याउदै कार्यान्र्यावयनमा ध्यान दिने ।
-मौलिक खानपानको प्रवर्दन गर्न स्थानीय तहका क्षत्रेमा रहको होटेल तथा रेस्टुरेन्टहरुलाई प्रोत्साहित गर्ने ।

सिँचाइ
-कुलो तथा नहरको मर्मतर्म सम्भार समदुायको तहमा गर्दै आवश्यक जिम्मेवारी समदुायलाई सुम्पने ।
-सख्ुखा यामका लागि पानी संचित गर्न आवश्यक अध्ययन गर्दै अध्ययनवाट आएका उपायहरु कार्यान्र्यावयन गर्ने ।
-थोपा सिँचाइ प्रविधि लाई विस्तार तथा प्रयोग गर्न आवश्यक पहल गर्ने ।
-‘थोपा थोपा पानी, पनुः प्रयोग गर्ने बानी’ बसाल्दै ढलको प्रशोधन प्रणालीबाट आउनेपानीको प्रयोग गरी खानेबाहकेका घरायसी तथा उद्योगको प्रयोजनका लागि आपूर्ति गरी सख्ुखा महिनाहरूमा सिँचाइको आपूर्ति व्यवस्थापन गर्ने ।

खानेपानी
-कुवा, परम्परागत इनार, ढुंधे धारा तथा पोखरी वरि परि भूमि गत पानी पुनःभरण प्रणालीमा जोड दिने ।
-सहरका बनिसकेका हरेक घरमा आकाशेपानी सं कलन गरी प्रयोग गर्ने र भूमिगत पानी पुनःभरण प्रणाली जडान गर्ने, घरधनीलाई सो आर्थिक बर्षको घरजग्गा कर मिनाहाका साथै निशुल्क प्रावि धि क सहायता प्रदान गर्ने ।
-सहरमा नयाँ बन्नेघरमा अनिवार्य आकाशेपानी संकलन प्रणाली र भूमिगत पानी पनुःभरण प्रणाली जडान गराउने नियम ल्याउने, सो जडान गर्ने प्रावधान सहितको नक्सा उपलब्ध गराए पश्चात मात्र नक्सा पास गर्ने व्यवस्था ल्याउने ।
-सुविधाका लागि रुपमा निशुल्क प्राविधिक सहायता र नक्सा पास दस्तरुमा ३० प्रति शत छुट प्रदान गर्ने ।
-प्रत्येक खाली जग्गा (निजी, सामदुायिक वा सरकारी) मा अनिवार्य भमिूमिगत पानी पनुःभरण प्रणाली जडान गर्नुपन नियम ल्याउने ।
-निजी तथा सामदुायिक जग्गाधनीलाई निशुल्क प्राविधिक सहायता र मालपोतमा ३० प्रति शत छुट प्रदान गर्ने ।
-संस्थागत भवनहरू (विद्यालय, पार्टी प्यालसे , अस्पताल, ब्यारेक) मा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी प्रयोग गर्न प्रोत्साहित गन र सो प्रणाली जडान गर्न निशुल्क प्राविधिक सहायता प्रदान गर्ने ।
-स्थानीय स्तरमा सक्रिय रहको खानपोनी लिमिटेड/उपभोक्ता समूहहरूसँगको सहकार्यमा डिप बोरिङ्ग ट्यबुवलेको लाइसन्ेस प्रदान तथा संचालनको नियमन गर्ने ।
-कुनैपनि समयमा जमिनबाट निकाल्न सकिने मात्राभन्दा बढी निकाल्न नदिने ।
-प्रत्येक वडा कार्यालले आफूलाई पायक पर्ने स्थानमा पानीको गणुस्तर परीक्षण गर्ने संयन्त्र स्थापना गर्ने, जहाँ न्यूनतम शुल्कमा आम-नागरिकले आफुले प्रयोग गरिरहको पानीको गणुस्तर परीक्षण गर्न सक्ने ।
-पानी चहुावट नियन्त्रण गर्न एउटा ‘पानी टोली’ गठन गर्ने, जहाँ उपभोक्ताले खबर गरेको १२ घण्टाभित्र टोली परिचालि भई समाधानमा लाग्ने ।
-गाउँघरमा खानपोनीको व्यवस्था नभएको ठाउँमा दीर्घकालीन योजना बनाएर हरेक वडामा खानपोनीको व्यवस्थापन गर्ने ।

सडक/बाटोघाटो
-स्थानीय तहको जिम्मवोरीमा परेको सडकमा पानीको ड्रेनेज व्यवस्थित गरेर मात्र सडक बनाउंने ।
-सडक खन्नु परेमा मर्मतर्मको ग्यारेन्टी प्राप्तिपछि मात्र खन्नेर तोकिएको समयभित्र पुर्नैपर्ने सर्तमा अनमुति दिने ।
-स्थानीय तहभित्र पर्ने सडक विभाग अन्तर्गतर्गका सडकहरूमा पनि यो प्रावधान लागूगराउन पहल गर्ने ।
-अत्यावश्यक सुविधा प्रदान गर्ने नि कायहरूसँग समन्वय गरी निर्माणमा गरिसकिएको सडक खन्नपर्ने अवस्थालाई न्यूनीकरण गर्दै सडकमा धुलो उड्ने अवस्थाको रोकथाम गर्ने ।
-सबै सडकमा नागरिकहरूको सुविधाको लागि आवश्यकता अनरुप सडक पेटी तथा साइकल लने तयार गर्ने ।
-सडक पेटी तथा साइकल मार्ग अति क्रमण गरि एमा शून्य सहनशीलता अपनाउंने तर अत्यावश्यक अवस्थामा प्रयोग गर्न परेमा स्थानीय तहको स्वीकृति मा उचित शल्ुक तिरेपछि प्रयोग गर्न दिन सकिने ।
-निर्माणमा सामग्री सडक किनारामा राख्न नपाइने व्यवस्था गर्ने तर राख्न परेमा कार्यालयको पूर्व स्वीकृति लिई निश्चित रकम तिरेपछि मात्र रातीको समयमा झारेर बिहान हुदाँसम्म उठाइसक्नुपर्ने व्यवस्था गर्ने ।
-सडकमा यात्रा गर्दा निश्चित क्षेत्रमा निःशल्ुक वाइफाई र शौचालयहरूको व्यवस्था गर्ने तथा बाटोहरूमा बटुवालाई आराम गर्न विश्राम केन्द्र पनि बनाइने ।
-सडकमा पार्किंङ गर्न अवैध मानिने भएकोले उपयुक्र्त पार्किङ स्थल (भूमिगत समेत) निर्माणमा गरी सशल्ुक पार्किंगको व्यवस्था गर्ने ।
-बाटो बनाउने नाउँमा जथाभावी डोजर लगाउने काम बन्द गर्ने, बाटोघाटो बनाउँदा पर्यावरणीय क्षति प्रति सजग बन्नैपर्ने ।

यातायात
-बाटोको चौडाइ, क्षमता र महत्वको अनुसार त्यहाँगुडने सवारी साधनको प्रकार निर्धारण गर्ने ।
-विभिन्न सहरमा पुरातात्विक महत्वका वस्तीहरूलाई सवारी साधनमक्ुत बनाउने ।
-गरिखान पाउने उद्यमशील सहरको परिकल्पना साकार पार्न कम्तीमा मध्यरातसम्म संचालन हुने गरी सार्वजनिक सवारीसाधन संचालकहरूसँग समन्वय गर्ने ।
-सहरमा सार्वर्जनिक सवारीसाधन प्रयोगको अंश कम्तीमा ३५ प्रतिशत पुर्याउने, विद्युतीय बसहरूको अंश बढाउने ।
-उपयक्ुत मास ट्रान्जिट प्रणालीको अध्ययन गरी विभिन्न सहरहरू जोड्ने, उत्तम विकल्पको खोजी गर्ने ।
-सहरहरूलाई दीर्घकर्घालीन रुपमा साइकलमैत्री सहर बनाउने ।
-एक वर्षमा ३ पटकसम्म गम्भीर ट्राफिक नियम उल्लंघन गर्नेको १ वर्षका लागि लाईसेन्स रद्द गर्ने र पुलिस निगरानीमा १०० घण्टा सामदुायिक सेवा अनिवार्य गर्ने ।
-नगरहरूभित्र चल्ने सार्वजर्वनिक यातायातमा स्मार्ट ट्राभल कार्डको प्रयोग बारे अध्ययन गरी लागुगर्ने कामको थालनी गर्ने ।
-सहरमा यात्रा सहज बनाउनको लागि प्रत्येक वडा कार्यालययले आफ्नो वडाभित्र रहेको सूचना पाटीहरूमा सो वडाको नक्सा टाँस गर्ने ।
-महानगरभित्र रहेको सम्पूणर् सडकहरूलाई फरक क्षमता भएकाले समेत सजिलैसँग हिड्न मिल्ने सहरको रुपमा विकास गर्ने ।
-‘बाटो बिग्रियो ? एक हफ्ता मौलिक’ अभियान अन्तरगत ‘सवेक सरकार’ मोबाईल एप (हटलाईन) मा गनुासो बुझाएको एक हप्ताभित्रै बिग्रिएको सडकलाई आफ्नै वडा-टोल मार्फत मर्मतर्म गर्ने प्रक्रिया सुरु गर्ने ।
-चराचुरुङगी र जनावरमैत्री टोलको अवधारणा अघि सार्ने ।
-छाडा गाइवस्तुतथा अन्य जनावरहरूलाई मानवीय हिसाबबाट व्यवस्थापन गर्ने ।
-सार्वर्जनिक सेवा प्रदान गर्न खोलिएका हरेक भवनमा एउटा अपांगमैत्री शौचालय निर्माणमा गर्न लगाई सुलभ तरिकाले प्रयोग गर्न पाउन ेगरी खल्ुला राख्नपर्ने व्यवस्थालाई लागु गर्ने ।
-जथाभावी पोस्टर टाल्ने तथा होर्डिङ बोर्ड झुण्डाउने कार्यले सहरको सौन्दर्यमर्या कमी आइरहकोले सहरको सौन्दर्यलाई बढावा दिन पोस्टर र होर्डिंङ बोर्डको उचित नीति ल्याई कार्यान्र्यावयन गर्ने ।

सहरी विकास
-२०७२ सालको महाभूकम्प पश्चात् पनि जमिन मुनि थुप्रिएर रहेको भूकम्पीय उर्जा पूणर्रुपमा ननिस्केकोले फेरि पनि भूकम्प जाने अवस्था रहिरहेको निर्माणमा हुने भवनहरूमा भवन निर्माणमा आचारसंहिताको कडाइका साथ पालना गराउने ।
-योजनाकृत सहर बनाउन ‘सहरी योजना आयोग’ गठन गरी पालिकाको भार-वहन क्षमता समेत को अध्ययन गरी २ वर्ष भिर्षभित्र उचित ‘भ-ूउपयोग तथा भवन निर्माणर्मा नीति’ ल्याई कार्यान्र्यावयन गर्न सुरु गर्ने ।
‘हाउस पुलिग’ माध्यमबाट एकीकृत वस्ती विकासलाई सो क्षेत्रको पुरातात्विक महत्व नबिग्रनेगरी सम्पन्न गराउन ध्यान दिने ।
-हरेक घरमा घर नम्बर प्लेट अनिवार्य गराउने ।
-घर नम्बरसँगै घरधनीको सम्पूणर् विवरण स्थानीय तहको डेटाबसेमा राख्ने व्यवस्था गर्ने ताकि उक्त घरधनीको कर विवरण सजिलै हेर्ने ।
-बिजुली, पानी तथा ढल व्यवस्थापनको सुनिश्चित तथा पश्चात्मक घरको नक्सा पास गर्ने ।
-स्थानीय तहका विभिन्न क्षत्रेहरूको भौगर्भिक अध्ययन पश्चात कुन क्षेत्रमा कति अग्लो संरचना बनाउन सकिनेबारे निर्देशिका जारी गर्ने ।
-सुक्ुम्बासी व्यवस्थापन गर्न ‘सहरी गरिब आवास योजना’ लाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
-निजी तथा संस्थागत प्रयोगकर्ताहता रूलाई उर्जा कर्जा साना ग्रीडहरू विकास गर्न प्रोत्साहित गर्ने, यस्ता ग्रीडहरूबाट बढी भएको बिजुली बच्ने सक्नेगरी विद्युत प्राधिकरणसँग समन्वय गर्ने ।
-हिड्न पाउने अधिकारको सुनिश्चितता गर्दै पदैल मैत्री सडकहरूको स्तरोन्नति गर्ने, नयाँ पैदल मार्गहरूको निर्माणमा गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरि प्राथमिकताका साथ कार्यान्र्यावयन गर्ने ।
-नगर क्षेत्रभित्र सवारी आवागमनलाई सहज बनाउन दोबाटो र चौबाटोको स्तरोन्नति गर्ने, ‘अन्डर पास-वे तथा धरैदिशा तर्फ जान मिल्नेसडकहरूको निर्माणमा गर्ने कार्य हाम्रो प्राथमिकतामा रहने ।
-नगर क्षेत्रभित्र बन्ने अग्ला व्यापारिक भवनहरू, अपार्टमन्ेटहरू, मूल सडकहरूसँग जोडिएर बन्ने भवनहरूमा अनिवार्य पार्किंग स्थलको व्यवस्था गर्न लगाउने ।
-काठमाडौँजस्ता ठूला सहरमा भू-सतह पार्किंग, पार्किंग कम्प्लक्ेस तथा बहुतले पार्किंगको सम्भाव्यता अध्ययन गरी निजी क्षत्रेसँगको सहकार्यमा निर्माणमा गर्ने ।
डिजिटल पूर्वाधार
– सार्वजनिक बस, सौनी, यातायात, प्रमखु बाटो, अस्पताल र पार्कमा निजी क्षत्रेसँगको सहकार्यमा नि ःशल्ुक वाईफाई उपलब्ध गराउने ।
-नेपाल सरकार तथा प्रदेश सरकारहरूसँगको समन्वयमा सम्पूणर् तथ्यांक, दस्तावेजहरू डाटा सेन्टर स्थापना गरी त्यहाँ सुरक्षित राख्ने व्यवस्था गर्ने ।