Wednesday, January 31, 2018

बूढीगण्डकी स्वदेशी लगानीमै बनाउन सकिन्छ

बुधवार, माघ १७, २०७४
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हाल उपप्रधान एवं ऊर्जामन्त्री छन् । पटक–पटक मन्त्री भएका थापासँग धेरै मन्त्रालयसँग काम गरेको अनुभव छ । पछिल्लो पटक उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थापाले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णय खारेज गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय मन्त्रिपरिषद्बाट गराएका छन् । यसले उनको आलोचनासमेत भएको छ । तर उनी भने नेपालकै लगानीमा आयोजना बनाउन सम्भव रहेकाले सरकारले निर्णय गरेको जिकिर गर्दछन् । नेपालका जलविद्युत् क्षेत्रमा धेरै ठूलो सम्भावना भएको र उत्पादित बिजुलीको माग स्वदेशमै बढ्दै गएकाले विद्युत्को बजारसमेत समस्या नहुने उर्जामन्त्री थापाको भनाइ छ । आफू उर्जामन्त्री भएपछिको छोटो समयमै जलविद्युत् क्षेत्रको विकासका लागि सक्दो सहयोग गरेको दाबी गर्ने थापा नेपालको ऊर्जाक्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउँछन् । नेपालको ऊर्जाक्षेत्र, ऊर्जामन्त्रीले चालेको कदमलगायतका विषयमा कारोबारका लागि भीम गौतमले गरेको कुराकानीको सार:
ऊर्जामन्त्री भएपछि ऊर्जाक्षेत्रको समग्र सुधारका लागि के–के प्रयास गर्नुभयो ? 
अत्यन्त छोटो समयका लागि मैले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेको हुँ । चुनावपछि आउने सरकारले आफ्नो काम अघि बढाउँछ भन्ने कुरालाई पनि मैले राम्ररी बुझेको छु । यही आधारमा जिम्मेवारी बहन गर्दाकै दिन मैले मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई यो छोटो अवधिमा मेरो मुख्य तीनवटा प्राथमिकता हुनेछ भनेको थिएँ । पहिलो, अहिले जुन लोडसेडिङ अन्त्य भएको छ, त्यसलाई स्थायित्व प्रदान गर्ने । दोस्रो, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाएर निश्चित समयमा सम्पन्न गर्ने र तेस्रो, ऊर्जाको क्षेत्रमा विगतमा भएका केही कमी–कमजोरी सच्याउने तथा केही नयाँ नीतिहरू कार्यान्वयन गर्ने, यसलाई कार्यान्वयन गर्नका लागि म आएको भनेको थिएँ । आगामी वर्षहरूमा पनि लोडसेडिङ अन्त्य गर्नका लागि मेरो तर्फबाट कदम अगाडि बढाएको छु । भारतबाट बिजुली ल्याउनका लागि यही समयको बीचमा म्याद सकिएको थियो । आपूर्ति वा मूल्यवृद्धि हुने अवस्था सिर्जना भएको थियो । यो अवस्थामा मूल्यवृद्धि पनि नहोस् र भारतबाट आपूर्ति बन्द भएर लोडसेडिङमा जानु नपरोस् भनेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग कुरा गरेर नयाँ सरकार नआउन्जेलसम्म पुरानै सर्तअनुसार विद्युत् आयातलाई निरन्तरता दिन अनुरोध गरेकोमा सक्षम पनि भएको छ । दोस्रो, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरू युद्धस्तरमा अघि बढेका छन्, जसअनुसार चमेलिया जलविद्युत् आयोजनाको काम करिब सम्पन्न भइसकेको छ । कुलेखानी तेस्रो र त्रिशूली–३ ‘ए’ को पनि युद्धस्तरमा काम अघि बढेको छ, जसका कारणले गर्दा भविष्यमा विद्युत्को संकट नेपालले सायद भोग्नु पर्दैन । विगतका त्रुटि सच्याउने क्रममा जुन अनियमित तरिकाबाट समझदारी गरिएको थियो त्यसलाई खारेज गरेर नेपाली साधनस्रोत र प्रविधिले निर्माण गर्ने ऐतिहासिक काम पनि भएको छ । यसका साथै नेपालको समग्र विद्युत् आपूर्तिका क्रममा जलविद्युत्लाई उच्च प्राथमिकता दिएको तर सोलार, वायुजस्ता वैकल्पिक ऊर्जाप्रति पर्याप्त ध्यान नगइरहेको अवस्थामा मैले यो सोेलार ऊर्जासम्बन्धी नीति र कार्यविधिसमेत कार्यान्वयनमा ल्याउन सफल भएको छु । यी छोटो अवधिमा भएका कामहरू हुन् ।
विगतमा चिनियाँ कम्पनीलाई दिइएको बूढीगण्डकी जलविद्युत् आयोजना खारेज गरिएको छ । यसले सरकारको विश्वसनीयता गुमेको भनेर आरोप पनि एकातिर लागिरहेको छ भने अर्को, सरकारले बूढीगण्डकीमा अनावश्यक विवाद गर्न खोज्यो पनि भनिन्छ, यसलाई कसरी हेर्नुहुन्छ ? 
बूढीगण्डकी जलाशययुक्त आयोजना नेपालका निमित्त अत्यन्तै महत्वपूर्ण र प्राथमिकतापूर्ण आयोजना हो । लगानी दृष्टिकोणले केही महँगो भए पनि यो जलाशययुक्त आयोजना भएकाले विद्युत् क्षेत्रको विकासका निम्ति यो अत्यन्त आवश्यक ठहरिएको छ । यही कारणले गर्दा नेपाल सरकारले आफ्नै लगानीमा १ अर्बभन्दा बढी खर्च गरेर फ्रेन्च कम्पनीमार्फत डीपीआर गर्न लगायो । यो तयार भएपछि नेपाली आफैले योजना आयोग निर्माण गर्ने उद्देश्यका साथ बूढीगण्डकी आयोजनाको कम्पनी पनि खडा गरियो । त्यो कार्यान्वयनकै क्रममा रहेको अवस्थामा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले अन्तिम घडीमा अवैधानिक तरिकाबाट चिनियाँ कम्पनीलाई ईपीसीएफ मोडलमा दिने निर्णय गर्यो । यो कानुनसम्मत पनि थिएन, त्यो राष्ट्रिय हितअनुकूल पनि थिएन । त्यसकारण हामीले त्यसलाई खारेज गर्ने र पहिलेकै सरकारको निर्णयअनुसार नेपालीले आफ्नै साधन, स्रोत र पुँजीबाट निर्माण गर्ने निर्णयका साथ विद्युत् प्राधिकरणलाई यसको जिम्मेवारी दिइएको हो । यो निर्णय कुनै निर्माण कम्पनीका विरुद्ध पनि होइन, चीन वा चिनियाँ सरकारविरुद्ध पनि होइन । यसमा कोही र कुनै मुलुक चिन्तित हुनुपर्ने अवस्था छैन ।
धेरै लागत लाग्ने कारण नेपालले आफैं बनाउन नसक्ने भएकाले चिनियाँ कम्पनीलाई दिइएको अघिल्लो सरकारको दाबी थियो, तर स्वदेशी लगानीमा बनाउने कुरा गर्नुभएको छ, कसरी सम्भव छ ? 
सबैभन्दा पहिला त आफैले १ अर्बभन्दा बढी लगानी गरेर तयार पारेको डीपीआर निःशुल्क चिनियाँ कम्पनीलाई दिने काम गरियो । यसरी डीपीआर तयार गर्दाको रकम सरकारलाई घाटा पर्यो । साधारणतया डीपीआरले जति रकम आवश्यक पर्छ भनेर लेखिएको हुन्छ, प्रतिस्पर्धामा गएपछि २५/३० प्रतिशत अर्थात् ४० प्रतिशतसम्म कम गएको उदाहरण छ । कि नेपाल आफैंले बनाउनुपथ्र्यो, कि प्रतिस्पर्धामा जानुपथ्र्यो । डीपीआरमा उल्लेख भएको २ खर्ब ६० अर्बको लागतमा बन्ने आयोजना कुनै कम्पनीलाई बिनाप्रतिस्पर्धा दिनु राष्ट्रको हितअनुकूल थिएन । यसकारण हामीले खारेज गरेका हौं । जहाँसम्म स्वदेशी लगानीको कुरा छ, एउटा विदेशी कम्पनीले त निर्माण गर्छु भनेर अग्रसर भएको छ भने नेपाली आफैंले गर्न नसक्ने भन्ने प्रश्न छैन । अहिले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा यसको आर्थिक व्यवस्थापनका लागि समिति गठन गरिएको थियो । त्यो समितिले ठूलो मेहनतका साथ जुन प्रतिवेदन दिएको छ, त्यसका आधारमा यसको निर्माण सम्पन्न गर्ने आर्थिक सुनिश्चितता कायम भएको छ । उदाहरणका लागि भन्दा अहिले नै ५ रुपैयाँ प्रतिलिटर पेट्रोलियममा पूर्वाधारका लागि सरकारले रकम संकलन गरेको छ । वर्षमा १० देखि १५ अर्बसम्म यसरी प्राप्त हुन्छ । यसका अतिरिक्त नेपालमा लगानी गर्न सक्ने केही ठूला संस्था छन्, जो लगानी गर्न तयार छन् । यो आयोजनामा एकै वर्ष लगानी गर्नुपर्ने अवस्था होइन । आठ वर्षमा बनाउने हो । पेट्रोलियम पदार्थबाट त यति धेरै उठेको छ भने वर्षमा २५/२८ अर्ब सजिलै उठाउन सक्छौं । बूढीगण्डकी स्वदेशी लगानीमा बनाउन सकिन्छ । अब आउने सरकारले पनि राष्ट्रको हितविपरित काम गर्छ जस्तो लाग्दैन । कतिपयले यसलाई चीनविरुद्धको निर्णय भन्ने पनि गरेका छन् । यसमा कुनै सत्यता छैन । नेपालको आर्थिक विकासमा चीन सरकारले ठूलो लगानी गरेको छ । जलविद्युत्को क्षेत्रमा चिनियाँ निजी क्षेत्रको पनि ठूलो लगानी छ । नेपालमा अहिले निर्माणाधीन र निर्माण हुन लागेका ७५ प्रतिशत आयोजनाहरूमा निर्माण र लगानीमा चीनको सहभागिता छ । सयौं आयोजनामा चिनियाँ परामर्शदाताहरू छन् । जलविद्युत् विकासमा जुन किसिमको लगानी चीनको छ, अरू देशसँग तुलना हुन सक्दैन । बूढीगण्डकी एउटा आयोजना नदिँदैमा चीनसँगको सम्बन्ध बिग्रन्छ जस्तो लाग्दैन ।
१ हजार मेगावाट पनि उत्पादन नपुगेको र बिजुली बेच्ने सपना देख्ने नेपालमा बूढीगण्डकीजस्ता आयोजनाहरूमा किन यस्तो विवाद देखिएको हो ? 
मेरो छोटो अनुभवमा के छ भने पहिलो नम्बरमा दृढ इच्छाशक्ति र इमानदारी हुने हो भने १० वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता राख्छौं । अर्को अनुभव के रह्यो भने अहिले पनि ऊर्जाको क्षेत्रमा धेरै ठूला माफिया, अनियमितता र चलखेल हुँदो रहेछ भन्ने कुरा म देखिरहेको छु । बूढीगण्डकीलगायत धेरै आयोजनामा मैले गरेको निर्णयका कारण मेरो चुनावी परिणाम निराशाजनक रह्यो भन्ने लाग्छ । जुन किमिसले प्रतिद्वन्द्वीहरू हराउन संगठित रूपमा लागे र यसमा आर्थिक चलखेल समेत भयो भन्ने मलाई लाग्छ ।
बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिएर खारेज गर्नुको कारण तपाईंलाई हराउनका लागि आर्थिक चलखेल भएको हो भन्ने आधारहरू के–के छन् त ? 
बूढीगण्डकी मात्र होइन, जलस्रोतको क्षेत्रमा म आएपछि जुन नीति संगत र इमानदारीपूर्वक जुन कामहरू गरें, यसमा असहयोग र आक्रमण पनि भएको मैले महसुस गरेको छु ।
जलविद्युत् विकासका हरेक कुरा राजनीतिसँग जोडिन्छ, नेपालमा जलविद्युत्को विकास हुन नसक्नुको कारणका रूपमा राजनीतिलाई लिने गरिएको छ । यसलाई के भन्नुहुन्छ ? 
ऊर्जाक्षेत्रमा राजनीतिक नेतृत्व, केही व्यापारिक संस्था, व्यक्ति तथा कर्मचारीतन्त्रको यस्तो त्रिकोणात्मक गठबन्धन छ, जसलाई जुन दिन आँटका साथ तोड्न सकिन्छ, यसपछि जलविद्युत् क्षेत्रमा ठूलो लहर आउँछ । अहिले आयोजना हातमा लिने र त्यो आयोजना आफैले विकास नगरी कुनै व्यापारी वा कम्पनीलाई नाफा लिएर बेच्ने प्रवृत्ति व्यापक देखिएको छ । केही राजनीतिक पार्टी र नेताहरूले अहिले पनि सयौं मेगावाटका आयोजनाहरूको लाइसेन्स खल्तीमा राखेका छन् । अहिले सरकारले बनाउन सक्ने आयोजनाहरूबारे अघि बढाउन खोज्दा केही काम नगर्नु भनेर कर्मचारीहरूलाई दबाब दिन थालिएको छ ।
सम्भावनाको आधारमा हेर्दा नेपालको जलविद्युत्लाई कतिसम्म विकास गर्न सकिन्छ ?
१०/२० वर्षअघि बिजुली बेचेर पनि हाम्रो देशलाई समृद्ध बनाउन सक्ने अवस्था थियो । अहिले त्यो सम्भावना घटेर गएको छ । भारतमा १५ वर्षअघि विद्युत्को माग र अभाव थियो । त्यो घट्दै छ । हामी बिजुली बेचेर देशको विकास गर्छौं भन्ने कुरा बिस्तारै कमजोर बन्दै गएको छ । त्यसकारण समग्र जलविद्युत् विकासमा रणनीतिक हिसाबले अघि बढ्नु जरुरी छ । अब भारतमा बेच्ने भन्दा पनि देशभित्रै खपत बढाउनेतिर केन्द्रित हुनुपर्छ । जलविद्युत्को विकास गर्दा हामी साँघुरो विचारधारामा छौं । नेपालमा जलविद्युत्को जति सम्भावना छ, त्यत्तिकै सम्भावना सोलार र वायु ऊर्जामा छ । यो अघि बढाउन यहाँ कसैको इच्छा छैन र सरकारको स्पष्ट नीति पनि छैन । यसबाट अनुचित लाभ नहुने भएकाले यसमा कम चासो छ । अब जलविद्युत् र वैकल्पिक ऊर्जा विकास गर्नका लागि योजनाबद्ध रूपमा अघि बढ्नु आवश्यक छ । विदेशी लगानी मात्र कुर्ने होइन, नेपालको सीप, क्षमता गरेर देखाउन सक्छौं ।
नेपालमा उत्पादन पनि कम छ, तर सम्भावना बढी छ । समग्र जलविद्युत्को विकास गर्नका लागि के गर्नुपर्छ ?
अहिले नेपालमा विद्युत्को पहुँच र उपलब्धता साँघुरो अवस्थामा छ । बढी बिजुली भयो भने खपत पनि बढी हुन्छ । बिजुली भए त धेरै काम गर्न सकिन्छ । अहिले जुन आर्थिक वृद्धिदरको कुरा छ, ६/७ प्रतिशत वृद्धिदर हुनेबित्तिकै १० वर्षभित्र २० हजार मेगावाटले पनि पुग्दैन । त्यसबाहेक इलेक्ट्रिक रेल, सवारी साधन र उद्योगहरूको कुरा गरिरहेका छौं । आर्थिक वृद्धिदर उच्च बनाउने कुरा पनि गरिरहेका छौं । भर्खरै निर्वाचन सम्पन्न भएको छ, चुनावपूर्वको गठबन्धनलाई जनताले पूर्ण बहुमत दिएका छन् । यसलाई सदुपयोग गरेर स्थिर र बलियो सरकार निर्माण हुनुपर्छ । यसले मुलुकको हितका लागि काम गर्छ । त्यो सरकारले मुलुकको सर्वाङ्गीण विकासका लागि खुला बजारका आधारमा जलविद्युत्को विकास गर्न सकियो भने देशले चाँडै काँचुली फेर्न सक्छ ।
पछिल्लो समयमा सोलारसम्बन्धी नयाँ कार्यविधि आएपछि पनि तपार्इंले पुरानै निर्देशिका अनुसार महँगोमा बिजुली खरिद गर्ने निर्णय गर्दा ठूलो चलखेलको आरोप लाग्ने गरेको छ, यसलाई के भन्नुहुन्छ ? 
यहीबीचमा ऊर्जा विकासका लागि १० वर्षमा १० हजार मेगावाटमध्ये ५० प्रतिशत जलाशययुक्त, ३० प्रतिशत नदीप्रवाहमा आधारित (आरओआर) बनाउने उल्लेख थियो । अहिले १० वर्षमा १७ हजार मेगावाटको सिलिङ पु¥याइएको छ । आरओआरका लागिसमेत अहिले थप कोटा प्राप्त भएको छ, ती आयोजनाहरूको ‘लिऊ वा तिर’ (टेक अर पे) पीपीए हुन सक्छ । यही अनुसार सोलारको पनि विकास हुन सकोस्, यसको कार्यविधि बनाएका छौं । सोलारमार्फत पनि बिजुली उत्पादन हुन सकोस् भनेर कार्यविधि बनायौं । यसको नीतिदेखि मापदण्डसम्म आवश्यक थियो । विभिन्न विज्ञहरूको सुझावका आधारमा प्रतियुनिट ७.३० रुपैयाँमा पीपीए दर रेट कायम गरेका छौं । यो कार्यविधि लागू हुनुअघि नै प्रक्रियामा रहेका विकासकर्ताहरूले प्राधिकरणमार्फत सोलारको आयोजना अघि बढाएका छन् । ऊर्जा मन्त्रालयले नयाँ कार्यविधि लागू हुनुपूर्व भएका, आरएफपीको सर्तअनुसार गर्ने भनेर निर्णय दिएको छ । यसको अर्थ सोलारका आयोजना बढाऊ भनेको होइन । आरएएफ कुन अवस्थामा छ । कार्यविधि आउनुअघि सबै प्रक्रिया पूरा भएको छ । यस्तो अवस्थामा नयाँ सरकारले उल्ट्याउने भन्ने कुरा आउँदैन । पहिलाको प्रक्रिया अघि बढेको भए मात्र पुरानै भनेको हो, यसबारे विद्युत् प्राधिकरण प्रस्ट हुनुपर्छ ।

नियमन आयोगमा दुई महिनापछि बल्ल अर्थको स्वीकृति

https://karobardaily.com/news/country/1920
बुधवार, माघ १७, २०७४
ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग गठन प्रक्रिया अघि बढाउनका लागि बनाइएको नियमावलीको मस्यौदालाई दुई महिनापछि बल्ल अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । संसदबाट पारित भएर राष्ट्रपतिले स्वीकृति गरेपछिको ९१ दिनदेखि अर्थात २० मंसिर २०७४ देखि स्वतः सक्रिय भएको आयोग गठन प्रक्रिया अघि बढाउनका लागि बल्ल अर्थ मन्त्रालयले नियमावलीलाई स्वीकृति दिएको हो । ऊर्जा मन्त्रालयले मस्यौदा बनाएर दुई महिना अघि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थको स्वीकृतिपछि अब कानुन मन्त्रालयबाट समेत स्वीकृति लिएर निगमन आयोग गठनका लागि मन्त्री परिषदमा पठाउने ऊर्जा मन्त्रालयले जनाएको छ । आयोगमा एक अध्यक्ष र चारजना सदस्य रहनेछन् । 
उत्पादन, वितरण र प्रशारणमा रहेको विद्युत् प्राधिकरणको एकाधिकार तथा ऊर्जा मन्त्रालयका कतिपय अधिकार समेत जाने भएकोले आयोगलाई ऊर्जा क्षेत्रमा महत्वका साथ हेरिएको छ । आयोग गठन भएर सक्रिय भएपछि विद्युत् महशुलको काम समेत आयोगले गर्नेछ । आयोग सक्रिय भएलगत्तै विद्युत् महशुलका लागि गठित विद्युत् महशुल निर्धारण आयोग स्वतः निष्कृय भइसकेको छ ।

गैरआवासीय नेपालीको लगानी भित्र्याउन विशेष कम्पनी

https://karobardaily.com/news/migration/1921
बुधवार, माघ १७, २०७४
गैरआवासीय नेपाली (एनआरएन)हरूको लगानी भित्र्याउन  स्पेशल पर्पस भेइकल (एसपीभी) गठन गरिने भएको छ । दुई वर्षभित्र १० अर्ब लगानी नेपालमा भित्र्याउन  घोषणा गरेको गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदले सो लगानी भित्र्याउन नेपालमा एसपीभी गठन गर्न लागेको हो । गैरआवासीय नेपाली (एनआरएन)हरूको लगानी भित्र्याउन  स्पेशल पर्पस भेइकल (एसपीभी) गठन गरिने भएको छ । दुई वर्षभित्र १० अर्ब लगानी नेपालमा भित्र्याउन  घोषणा गरेको गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदले सो लगानी भित्र्याउन नेपालमा एसपीभी गठन गर्न लागेको हो । “गैरआवासीय नेपालीले नेपालको पूर्वाधार लगायतका क्षेत्रमा १० अर्ब लगानीको घोषणा गरी यसका लागि एसपीभी गठनको प्रक्रियामा अघि बढेका छौं,” एनआरएनको नयाँ कार्यसमिति चयन भएको एक सय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष भवन भट्टले भने, “सन् २०१९ भित्र प्रथम चरणको यो रकम नेपाल भित्र्याइसक्ने लक्ष्य छ ।” विशेष गरी जलविद्युत्, कृषि, सडकलगायतका पूर्वाधारका साथै कुनै व्यवसाय सुरुवातको लागि लगानी गर्ने लक्ष्य एनआरएनको छ ।  “सरकारसँग सहकार्य गरेर लगानी गर्ने गरी अघि बढाउने योजना छ,” अध्यक्ष भट्टले भने, “१० अर्ब लगानीको घोषणाले सकारात्मक सञ्चार गराउने निश्चित छ ।”  ५१ प्रतिशत संस्थापक सेयर रहने एनआरएन एसपीभीमा ४९ प्रतिशत विदेशमा बस्ने नेपाली र स्थानीयवासीलाई दिइनेछ । ५१ प्रतिशतमध्ये ५ प्रतिशत सरकार र ५ प्रतिशत व्यापारी समुदायलाई दिइने गरी एसपीभी अघि बढाउन लागिएको कोष स्थापनामा संलग्न वित्तीय परामर्शदाता अनलराज भट्टराईले जानकारी दिए । “गैरआवासीय नेपालीको लगानी ल्याउनका लागि धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायतका निकायसँग छलफल गरिसकेका छौं,” उनले भने, “एसपीभी गठन गर्नुअघि यसलाई अघि बढाउन छुट्टै समिति निर्माण गरेर अघि बढ्ने लक्ष्य छ ।” उनका अनुसार लगानीका लागि ल्याएको रकम नेपालका बैकमा फिक्स डिपोजिटमा राख्ने तथा एनआरएनले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसियल) जस्तै  कन्सोर्टियमको रूपमा अन्य परियोजनाहरूमा लगानी गर्ने गरी स्वीकृतिका लागि अनुरोध गरिएकोले सो अनुमति पाएमा प्रत्येक वर्ष लगानीकर्ताहरूलाई प्रतिफल दिइसक्ने गरी अघि बढाइएको छ । गैरआवासीय नेपालीले लगानी गरेको रकम फिर्ता दिनसक्ने व्यवस्थाका लागि समेत सरकारसँग आग्रह गरिएको र सकारात्मक रहेकोले धेरै विदेशमा बस्ने नेपालीले आफ्नो मातृभुमिमा लगानी गर्ने अपेक्षा एनआरएनले गरेको छ । एनआरएनका प्रवक्ता भुषण घिमिरेका अनुसार एक सय दिनमा एनआरएनले केही नयाँ तथा पुराना कामलाई निरन्तरता दिएर अघि बढेको छ । लाप्राक नमूना वस्ती निर्माण कार्य नेपाली सेनाका ५० जवानलाई सहभागी गराए अघि बढेको र महिला उपाध्यक्ष सपिला राजभण्डारीले संयोजन गरेको सो समितिअन्तर्गत हालसम्म ३ सय २७ वटा घरको डीपीसीसम्मको कार्य सम्पन्न भइसकेको र ३ वटा घर पूर्ण रूपमा निर्माण भइसकेको एनआरएनले जनाएको छ । त्यसैगरी उपाध्यक्ष कुमार पन्तको संयोजनमा संघको कार्यालय भवनको निर्माण काम तीब्र गतिमा भएको र आगामी वैशाखसम्म पहिलो चरणका काम सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको तथा बागमती किनाराको शंखमुल क्षेत्रमा संघले ३२ रोपनी जग्गामा शंखमुल पार्क निर्माण गरिरहेको पनि एनआरएनले जनाएको छ ।  उपाध्यक्ष कुल आचार्यले संयोजन गरेको शंखमुल पार्कको निर्माण कार्य छिट्टै सम्पन्न हुने एनआरएनए जनाएको छ । 

Sunday, January 28, 2018

‘पश्चिमसेती स्वदेशी लगानीमै’

https://karobardaily.com/news/development/1827
आइतवार, माघ १४, २०७४
सुदूरपश्चिम क्षेत्रका बासिन्दाहरूले तीन महिनाभित्र अन्योल नहटे बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउन अघि बढ्ने बताएका छन् । शनिबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईप्पान र सुदूरपश्चिम सरोकार मञ्चले काठमाडौंमा आयोजना गरेको पश्चिमसेती जलविद्युत्सम्बन्धी छलफलमा उनीहरूले २२ वर्षदेखि सुदूरपश्चिमबासीले पश्चिम सेती निर्माणको प्रतिक्षा गरिरहेको बताउँदै तीन महिनाभित्र अन्योल नहटे स्वदेशी लगानीमा निर्माणका लागि प्रकृया अघि बढाउने बताए । यस क्षेत्रका प्रदेश सांसदहरू, विज्ञहरू, सरोकारवाला निकायका प्रतिनिधिलगायत संलग्न रहेको छलफलमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले चिनियाँ कम्पनीले तीन महिनाभित्र आयोजना बनाउने वा नबनाउने निक्र्योल दिनुपर्ने बताउँदै नबनाउने अवस्था आए स्वदेशी लगानीमै बनाउनुपर्ने धारणा राखे । “स्रोत हामीसँग छ, यसको लागि प्रतिफल स्पष्ट पार्ने र उच्च तहमा सहमति गराउनका लागि पहल गर्नुपर्छ,” उनले भने । 
छलफलमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले आयोजना निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेसन (सीटीजीसी)का अध्यक्षसँगको भेटमा उनीहरू पश्चिम सेती बनाउन इच्छुक नदेखिएको बताए । उनले भने, “‘सम्झौतापछि संयुक्त उपक्रम (जेभीए) सम्म आईपुग्दा लामो संघर्ष गर्नुपरेको र उनीहरूले विभिन्न बहानामा आयोजनाको काम पछि सारिरहेका छन् ।” सरकारले विद्युत् किन्ने ग्यारेण्टी गरेको, जग्गा प्राप्तिका लागि प्रतिबद्धता जनाएको, प्रसारण लाइनको निर्माण अघि बढाएको तथा सुरुमा सम्झौता गर्दाको बखतमा भन्दा बढी विद्युत् खरिद सम्झौता (पीपीए) दर दिए पनि चिनियाँ कम्पनीले ढिलाइ गरेको बताउँदै उनले चिनियाँ कम्पनीले अहिले आएर बहुउद्देश्यीय पीपीए माग्नेजस्ता कार्य गर्नुले पश्चिम सेती निर्माणमा कम्पनीको नियतमाथि शंका उब्जिएको बताए । पश्चिम सेतीका प्रवद्र्धक कम्पनी इच्छुक नभए पनि त्यहाँका स्वदेशी एजेण्टहरू बढी सकृय रहँदा समस्या उत्पन्न भएको उनको भनाइ उनको थियो । 
कार्यक्रममा राष्ट्रि योजना आयोगका सदस्य डा. गोविन्दराज भट्टले सन् २००५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेती सन् २०१८ मा समेत निर्माण सुरु नहुनु बिडम्बना भएको बताउँदै यसको निर्माणका लागि राजनीतिकलगायत सबै पक्षबाट पहल जरुरी रहेको बताए । कांग्रेसका प्रदेश सांसद कर्ण मल्लले विस्तृत अध्ययन भइसकेको पश्चिम सेती २२ वर्षदेखि हल्लामा सीमित भएको बताउँदै २१ माघमा हुन लागेको प्रदेश नम्बर ७ को पहिलो बैठकले उच्च प्राथमिकतामा राखेर अघि बढाउने संकल्प प्रस्ताव पारित गर्ने बताए । “छिट्टै निर्माण अघि बढ्नुपर्छ, नबढे अब चिनियाँ कम्पनीलाई बोलाएर छलफल गर्छौं । बन्ने अवस्था नदेखिए सुदूरपश्चिमबासीले यसलाई अघि बढाएरै छाड्छौं,” उनले भने । 
माओवादीका प्रदेश सांसद झपट बोहराले पश्चिमसेती स्वदेशी लगानीमै बनाउन सकिने बताउँदै स्टेट पावर डेलभपमेन्ट कम्पनी बनाएर प्रदेशले आयोजना निर्माण गर्न सक्ने बताए । नेकपा एमालेका प्रदेश सांसद प्रकाश शाहले राजनीतिक अस्थिरताको चंगुलमा जलविद्युत् आयोजना परेको बताउँदै अब आयोजनाको निर्माण कार्य अघि बढाउने बताए । 
ईप्पानका पूर्वअध्यक्ष खड्गबहादुर विष्टले पश्चिमसेती र नेपालको ऊर्जाबारे कार्यपत्र प्रस्तुत गर्दै आयोजना विवादमा फसेको भन्दै आयोजना निर्माण भएमा ठूलो आर्थिक तथा सामाजिक परिवर्तन हुने बताए । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष मोतीलाल बोहरा, ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले पश्चिमसेती आयोजना स्वदेशी लगानीमा पनि बनाउन सक्ने बताएका थिए ।

विद्युत् विकासका लागि लगानीमैत्री वातावरण : राष्ट्रपति

https://karobardaily.com/news/development/1831
आइतवार, माघ १४, २०७४
१० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादनको मुख्य नारासहित शनिबारदेखि काठमाडौंमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ सुरु भएको छ । ऊर्जा विकास परिषद् (ईडीसी) को मुख्य आयोजनामा सुरु भएको पावर समिटिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जलविद्युत् लगानीमैत्री वातावरण बनाउने बताइन् । जलविद्युत्मा बाह्य लगानी आकर्षित गर्नुपर्ने बताउँदै उनले यसका लागि सरकारले सबै किसिमको वातावरण बनाउनुपर्नेमा जोड दिइन् । “नेपालको जलविद्युत् विकास गर्न सके नेपालको मात्र होइन, छिमेकी राष्ट्रहरूको विकासमा पनि सहयोग पुग्छ,” उनले भनिन्, “नेपालको जलविद्युत् विकासका लागि प्रशस्त लगानीको सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्, सरकार यसका लागि सहयोग गर्न तयार छ ।”
संघीय र केन्द्रको निर्वाचनपछि सबैको ध्यान आर्थिक समृद्धिमा केन्द्रित भएको बताउँदै उनले अब नेपालको ध्यान जलविद्युत् विकासमा केन्द्रित हुने बताइन् । 
नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले आर्थिक समृृद्धिका लागि जलविद्युत् विकास महतवपूर्ण रहेको बताउँदै भारतले नेपालमा नौ सय मेगावाटका अरुण तेस्रो र माथिल्लो कर्णालीका साथै पञ्चेश्वर र कोशी उच्च बाँध आयोजनाको निर्माणमा सहकार्य गरी अघि बढेको बताए । अरुण तेस्रोको निर्माण सुरु भएको बताउँदै उनले यसको विकासबाट नेपालप्रति अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश जाने बताए । 
परिषद्का अध्यक्ष सुजित आचार्यले परिषद्ले नेपाल जलविद्युत् लगानीका लागि उपयुक्त थलो भएको बताउँदै शून्य प्रतिशत आयकर, शतप्रतिशत लगानी फिर्ता र फाइदा, डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका सुविधा रहेको जानकारी दिए । भारत, चीन, बंगलादेश, युरोप, कोरिया, अमेरिकालगायत देशका ५५ विज्ञहरूको प्रस्तुतीकरण रहेको पावर समिटमा स्वदेशी तथा विदेशी गरी पाँच सय प्रतिनिधि सहभागी रहेको परिषद्का सचिव सुशील पोखरेलले जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने समिटमा नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरू तथा नेपालका प्रवद्र्धकहरूबीच प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम छ ।

Thursday, January 25, 2018

प्राधिकरणका सात निमित्त उपकार्यकारी निर्देशकमा बढुवा


https://karobardaily.com/news/country/1793
प्राधिकरणका सात निमित्त उपकार्यकारी निर्देशकमा बढुवाप्राधिकरणका सात निमित्त उपकार्यकारी निर्देशकमा बढुवाभीम गौतम काठमाडौ, १० माघ । नेपाल विद्युत प्राधिकरणका सात जनालाई उपकार्यकारी निर्देशकमा बढुवा गरेका छन् ।  लामो समयदेखि निमित्त उपकार्यकारी निर्देशक रहेका उनीहरुलाई बुधबार बसेको प्राधिकरण सञ्चालक समितिले बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुने निर्देशानालका निमित्त उपकार्यकारी निर्देशकहरुमा अर्थका लेखनाथ कोइराला, प्रशासनका शान्तिलक्ष्मी शाक्य, योजना, अनुगमन र सूचना प्रविधिका जगदिश्वरमान सिंह, इन्जिनियरिङका मोहनरत्न शाक्य र उत्पादनका हरराज न्यौपाने छन् । हाल इन्जिनियरिङ परामर्शदाता कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र संस्थागत योजना विभागका निर्देशक अनिलराज राजभण्डारी पनि बढुवा भएका छन् । 

प्रक्रिया पूरा भएमात्र सोलार पीपीएमा पूर्वसर्त: ऊर्जामन्त्री

बिहिवार, माघ ११, २०७४
उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले पहिला जारी भएको कार्यविधिमा भएका सबै प्रक्रिया पूरा भएमात्र पूर्वसर्त लागू हुने गरी निर्णय भएको बताएका छन् ।
 थापाको गलत निर्णयका कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्बभन्दा बढी घाटा बेहोनुपर्ने अवस्था सिर्जना भएको सार्वजनिक समाचारबारे टिप्पणी गर्दै आफूले पहिला विद्युत् प्राधिकरणले जारी गरेको आशयपत्रको सर्त पूरा भएमात्र सोलार (सौर्य) आयोजनाहरूमा पहिलाको सर्त लागू हुने गरी निर्णय गरेको बताएका हुन् । “मैले पहिलाको सबै प्रक्रिया पूरा भएको अवस्थामा मात्र पहिलाको आशयपत्र जारी गर्दाको सर्त लागू हुन्छ भनेर निर्णय गरेको हो, पहिलाको सर्त पूरा नभए पनि लागू हुनुपर्छ भनेर जारी गरेको होइन ।” उनले कारोबारसँग भने, “सर्तअनुसार प्रक्रिया पूरा नगरेको भए पुरानो पीपीए दर दिनुपर्छ भनेर आफूले निर्णय गरेको होइन ।”
ऊर्जा मन्त्रालयले विद्युत् नियमावली २०५० को नियम ९४ को क दफामा रहेको अधिकार प्रयोग गरी ल्याएको ग्रिड कनेक्टेड सौर्य (सोलार) विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधिमा प्रतियुनिट ७.३० रहेको कायम गरेकोमा पुरानै कार्यविधिको आधारमा २१ सोलार आयोजनासँग पीपीए गर्न ३ माघ २०७४ मा उपप्रधान एवं ऊर्जा मन्त्रीस्तरीय निर्णय गरेका थिए । पुरानो कार्यविधिअनुसार प्रतियुनिट ९.६१ रुपैयाँ छ । नयाँ कार्यविधि आइसकेको अवस्थामा पुरानो अनुसार गर्नु भन्ने थापाको पत्र गैरकानुनी भएको भन्दै यसको विरोध भएको थियो । थापाले भने विद्युत् प्राधिकरणले यसबारे रहेको द्विविधाबारे प्रश्न गरेकोले आफूले पहिलाको सर्तअनुसार गर्न अघि बढाउन भनेको बताए । “मैले जसरी पनि पहिलाको पीपीए रेटमा गर्नु भनेको होइन, आशयपत्रपछि पूरा गर्नुपर्ने प्रक्रियाको आधारमा गर्नु भनेको हो, यसमा प्राधिकरण स्वतन्त्र छ ।” प्राधिकरणका अधिकारीहरूले भने हालसम्म ६१ मेगावाट बराबरका २१ सोलार आयोजनासँग ग्रिड कनेक्सन एग्रिमेन्ट समेत नभएकाले पुरानो पीपीए दर दिन कानुनी रूपमा कठिनाइ भएको बताउँदै आएका छन् । आफ्नो कार्यकालमा पहिला रहेको ९.६१  रुपैयाँको सोलार पीपीए दर घटाएर ७.३० कायम गरेको उल्लेख गर्दै मन्त्री थापाले भने यो दरमा सोलार आयोजना बनाउन आएमा सरकारले स्वागत गर्नुपर्ने बताएका छन् । “पछिल्लो दरसमेत थोरै भयो भनेर धेरै सोलार व्यवसायीहरू आउनुभएको थियो तर मैले दर बढाउन सकिँदैन भनेर पठाएँ ।” उनले भने, “नयाँ कार्यविधि आएपछि पुरानो स्वतः निष्कृय हुन्छ तर पहिला प्राधिकरणले आव्हान गरेको आशयपत्रका सबै सर्त र प्रक्रिया पूरा गरेमा पहिलाकै दरमा हुन्छ भनेर मात्र भनेको हुँ, सर्तकै आधारमा निर्णय गर्छ ।”
रानो दर  कार्यान्वयन भएमा प्राधिकरणले नयाँ दरको आधारमा वार्षिक १३ करोड र २५ वर्षे पीपीए अवधिमा २ अर्ब २६ करोड तथा हालको अन्तर्राष्ट्रिय मूल्यको आधारमा वार्षिक ४९ करोड र २५ वर्षको १२ अर्ब २७ करोड प्रत्यक्ष रूपमा घाटा बेहोर्नुपर्ने देखिएको छ । पछिल्लो समय प्रविधिमा आएको आधुनिकतासँग छिमेकी राष्ट्र भारतमा प्रतियुनिट २.४४ भारतीय अर्थात् ३.९० नेपाली रुपैयाँमा सौर्य ऊर्जा (सोलार) आयोजना निर्माण हुने चरणमा रहेको बेला नेपालको पीपीए दर बढी रहेको भन्दै यसबारे बहस सुरु भएको छ । 

Wednesday, January 24, 2018

माथिल्लो त्रिशुली–१ सँग १० वर्षपछि पीपीएको निर्णय

https://www.karobardaily.com/news/development/1773
बिहिवार, माघ ११, २०७४
अनुमतिपत्र (लाइसेन्स) जारी भएको १० वर्षपछि नेपाल विद्युत् प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । प्रवद्र्धक कम्पनीले ८० प्रतिशत डलरमा भुक्तानी पाउने गरी  बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । अनुमतिपत्र (लाइसेन्स) जारी भएको १० वर्षपछि नेपाल विद्युत् प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । प्रवद्र्धक कम्पनीले ८० प्रतिशत डलरमा भुक्तानी पाउने गरी  बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । विद्युत् प्राधिकरण र प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग विदेशी मुद्रा (डलर) मा भएको प्रारम्भिक सम्झौतालाई सञ्चालक समितिको बैठकले पारित गरेसँगै कम्पनीले ८० प्रतिशत डलरमा भुक्तानी पाउने भएको हो । २०६४ सालमा विद्युत् लाइसेन्स लिएको कम्पनीको २०६८ मा ऊर्जा मन्त्रालयले खारेज गरे पनि एक साताभित्र पुनः त्यही कम्पनीलाई दिएको थियो । त्यसपछि आयोजना विकास सम्झौता (पीडीए) हुनमात्र झण्डै ५ वर्ष लागेको थियो । पीडीएको एक वर्षपछि बल्ल पीपीए भएको हो । प्राधिकरणको निर्णयसँगै कोरियन कम्पनीले ८० प्रतिशत डलरमा र २० प्रतिशत नेपाली मुद्रामा भुक्तानी पाउनेछ । विद्युत् प्राधिकरणले पारित गरेको डलर पीपीएको निर्देशिका अनुसार वर्षमा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ प्रतियुनिट दिने र ८ पटकसम्म ३ प्रतिशत स्कालेसन कम्पनीले पाउनेछ । प्राधिकरणको निर्णयसँगै अव औपचारिक रूपमा पीपीएमा सम्झौता हुनेछ । प्राधिकरणका अनुसार पीपीए हस्ताक्षर भएको मितिमा नेपाल राष्ट्र बैकले तोकेको डलरको भाउमा १० वर्षसम्मका लागि ८० प्रतिशत डलरमा भुक्तानी हुने सहमतिभन्दा भाउवृद्धि भएमा हेजिङ फण्डमार्फत बेहोरिनेछ । हेजिङ फण्ड निर्माणका लागि राष्ट्र बैकले निर्देशिका बनाउने र त्यो समयमा नबनेमा सरकार, प्राधिकरण र प्रवद्र्धकको आपसी सहमतिमा बढेको डलर रकम बेहोर्ने सहमति पनि भएको छ । खिम्ती र भोटेकोसीमा डलर पीपीए गर्दा विद्युत् प्राधिकरण धराशायी भएको भन्दै डलर पीपीए भएपछि यसबारे व्यापक विरोध हुँदै आएको थियो । डलर पीपीएलाई व्यवस्थित गर्न ऊर्जा मन्त्रालयले डलर पीपीएसम्बन्धी निर्देशिका बनाएपछि यसलाई विद्युत् प्राधिकरणको बोर्ड बैठकले पनि पारित गरेको थियो । ६० अर्ब लगानी लाग्ने अनुमान गरिएको आयोजनाको ९० प्रतिशत कोरियाली कम्पनीहरूको लगानी छ भने १० प्रतिशत नेपाली जेड कन्सल्ट कम्पनीको लगानी छ ।  आयोजना अघि बढाउन वाटर कम्पनीमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप), डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेड, केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेड, विश्व बैं अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) लगायतको लगानी गर्न लागेको छ । आयोजनाबाट वार्षिक १ अर्व ४६ करोड युनिट बिजुली उत्पादन गर्ने लक्ष्य छ । दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरेर ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशतसम्म सेयर दिने पीडीएमा उल्लेख छ । 

Tuesday, January 23, 2018

तमोरको क्षमता १२२० मेगावाट

https://karobardaily.com/news/development/1735
बुधवार, माघ १०, २०७४
जापान सहयोग नियोग (जाइका)ले गरेको अध्ययनले तमोर जलाशययुक्त आयोजनाको जडित क्षमता १ हजार २ सय २० मेगावाटसम्म पुग्ने देखाएको छ । जाइकाको सहयोगमा विज्ञहरूको टोलीले तमोर जलाशय क्षेत्रको स्थलगत अध्ययन गरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बुझाएको प्रतिवेदनमा १ हजार २ सय २० मेगावाटसम्म क्षमता पुग्ने देखाएको हो । जापान सहयोग नियोग (जाइका)ले गरेको अध्ययनले तमोर जलाशययुक्त आयोजनाको जडित क्षमता १ हजार २ सय २० मेगावाटसम्म पुग्ने देखाएको छ । जाइकाको सहयोगमा विज्ञहरूको टोलीले तमोर जलाशय क्षेत्रको स्थलगत अध्ययन गरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बुझाएको प्रतिवेदनमा १ हजार २ सय २० मेगावाटसम्म क्षमता पुग्ने देखाएको हो । ऊर्जा मन्त्रालयले तमोर जलाशय आयोजना अघि बढाउनका लागि २ सय ५२ मेगावाटको मात्र अनुमतिपत्र (लाइसेन्स) दिएको छ । सो क्षमतामा बनाउँदा प्राविधिक र आर्थिक रूपमा अयोग्य हुने उल्लेख गर्दै पूर्ण क्षमतामै लाइसेन्स दिन माग गरिरहेको बेला यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । तमोर जलाशययुक्त निर्माण गर्दा ३७ मेगावाटको काबेली र २२ मेगावाटको हेवा जलविद्युत् आयोजना डुब्ने भन्दै ऊर्जा मन्त्रालयले प्राधिकरणले माग गरेको ७ सय ६२ मेगावाटको लाइसेन्ससमेत मन्त्रालयले दिएको छैन । तर, तमोर क्षेत्रका स्थानीय नागरिक समाज, अगुवा र राजनीतिक दलका प्रतिनिधिहरूले भने पूर्ण क्षमतामा तमोर बन्नुपर्ने र स्रोतलाई नष्ट (किल) गर्न नहुने बताउँदै आएका छन् । पाँचथर र तेह्रथुममा बन्ने आयोजना प्रदेश नम्बर १ को मुख्य र ठूलो आयोजनाको रूपमा लिइन्छ भने हालै भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा अधिकांश राजनीतिक दलका उम्मेदवारहरूले यो आयोजनालाई निर्माणलाई उच्च प्राथमिकतामा दिने घोषणा गरेका थिए । अध्ययन प्रतिवेदनअनुसार फुल सप्लाई लेभल ५ सय ७५ मिटर हुँदा दैनिक ८ घण्टा सञ्चालन हुँदा ९ सय २० तथा ६ घण्टा हुँदा १ हजार २ सय २० मेगावाट उत्पादन हुने देखाएको छ । कम्पनीका अनुसार ६ सय फूल सप्लाई लेभलमा समेत विकास गर्न सकिने आयोजनाको क्षमता अझ बढेर १४ सय मेगावाट पुग्नेछ । तमोर पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रेमचन्द्र गुप्ता, जाइका प्रतिनीधि नाओकी निशीमुरा सहितको विज्ञ टोलीले गरेको अध्ययनमा फूल सप्लाई लेभल ५ सय ५० मिटर भएर ६ घण्टा सञ्चालन गर्दा ८ सय ८० मेगावाट उत्पादन गर्नसकिने देखाएको छ । प्रतिवेदनमा कम वातावरणीय प्रभाव, ४ सय केभीको प्रस्तावित प्रसारण लाइनबाट ३० किलोमिटर मात्र नजिक, पहुँचमार्ग निर्माण भइरहेको, पूर्वको सुनसरी र मोरङबाट नजिक, क्षेत्रीय विकासका लागि ठूला जलाशय, बढी खपत हुने क्षेत्रनजिक लगायतका विविध कारणले तमोर आयोजना आकर्षक भएको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण र जाइकाको टोलीले प्रतिवेदन दिएको र आकर्षक आयोजना भएकोले पूर्ण क्षमतामा अघि बढाउन लागेको जानकारी दिए । एक वर्षअघि आकर्षक तमोर जलाशयको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि एशियाली विकास बैक (एडीबी) ले ६.५० मिलियन डलर ऋण दिने गरी विद्युत् प्राधिकरणले सहमति गरेपनि ऊर्जा मन्त्रालयले अन्य आयोजनालाई असर पर्ने भन्दै पत्र लेखेपछि सहयोग स्थगित भएको थियो । तर, प्राधिकरणले सहायक कम्पनी बनाएर पूर्ण क्षमताको लाइसेन्स लिइ आयोजना अघि बढाउने प्रक्रिया भने रोकेको छैन ।  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २०७४ माघ ७ मा ऊर्जा मन्त्रालयलाई तमोरको डीपीआरको लागि एडीबीको सहयोग प्राप्तिका लागि पत्र लेखेका छन् । पत्रमा एडीबीको वित्तीय सहयोग प्राप्तिका लागि अर्थ मन्त्रालयमा पुनः पत्राचारका लागि अनुरोध गरिएको छ । पत्रमा आयोजना प्रभावित काबेली र हेवा आयोजनाहरूको उत्पादित विद्युत्को विद्युख खरिद सम्झौता (पीपीए) अनुसारको आम्दानी रकम क्षतिपूर्तिको रूपमा रूपमा दिनेबारे प्रवद्र्धक कम्पनीहरूसँग छलफल भई सहमतिको प्रकृयामा रहेको तथा क्षतिपुर्तिपश्चात पनि आयोजनाको हिउँदको उत्पादन क्षमता निक्कै राम्रो तथा हालसम्म अध्ययन भएका जलाशययुक्त आयोजनाहरूमध्ये उत्कृष्ट प्रतिफल भएको आयोजना तमोर उल्लेख गरिएको छ । आयोजनाबाट १२६ परिवारमात्र प्रभावित हुने तथा आयोजना निर्माणका लागि स्थानीयवासीसमेतको ठूलो समर्थन रहेको पत्रमा उल्लेख गरिएको छ । ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयको सहमति नरहेको बताउँदै २०७४ पुस १२ मा अर्थ मन्त्रालयले ऊर्जालाई तमोर अघि बढाउनका लागि दिएको सहमति पत्रसमेत संलग्न गरी ऊर्जालाई पठाइएको र पूर्ण क्षमतामा डीपीआरका लागि वित्तीय स्रोत प्राप्तिका लागि सहयोग गर्ने अपेक्षा कम्पनीले गरेको छ । पूर्ण क्षमतामा लाइसेन्स नदिएपछि विद्युत् प्राधिकरणको अध्ययनले २ सय ५२ मेगावाटमा आयोजना अघि बढाउँदा आर्थिक र प्राविधिक रूपमा अयोग्य हुने प्राधिकरणको अध्ययनले देखाएको छ । कम क्षमतामा बनाउँदा तीन वर्षमै जलाशयमा बालुवा र ढुंगाले भरिने अध्ययनले देखाएको छ । सन् १९८५ मा जापान सहयोग नियोग (जाइका) अध्ययन गरेको आयोजना राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत्् विकास दशकसम्बन्धी अवधारणापत्र–२०७२ मा प्रस्तावित ११ वटा जालशययुक्त आयोजनाको आठौं प्राथमिकता सूचीकृत र २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना पनि हो । तर, लाइसेन्सको कारण आयोजना निर्माणमा ढिलाइ हुँदै आएको छ ।

Monday, January 22, 2018

ऊर्जामन्त्रीको निर्णयले प्राधिकरणलाई ३ अर्ब घाटा

https://www.karobardaily.com/news/development/1707
मंगलबार, माघ ९, २०७४
उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत् खरिद सम्झौता (पीपीए) का कारण आर्थिक रूपमा थलिएको विद्युत् प्राधिकरणलाई यसैगरी चरम घाटा पर्ने गरी नयाँ कार्यविधि आएपछि पनि पुरानै कार्यविधिअनुसार अघि बढ्ने गरी मन्त्री थापाले गरेको निर्णयले यस्तो अवस्था सिर्जना भएको हो । 
ऊर्जा मन्त्रालयले विद्युत् नियमावली २०५० को नियम ९४ को ‘क’ दफामा रहेको अधिकार प्रयोग गरी ल्याएको ग्रिड कनेक्टेड सौर्य (सोलार) विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधिमा प्रतियुनिट ७.३० रहेकोमा पुरानै कार्यविधिको आधारमा २१ सोलार आयोजनासँग पीपीए गर्न ३ माघ २०७४ मा उपप्रधान एवं ऊर्जामन्त्रीस्तरीय निर्णय गरेका छन् । सो कार्यान्वयनका लागि ५ माघमा विद्युत् प्राधिकरणमा पठाइएको छ । कार्यान्वयन भएमा प्राधिकरणले नयाँ दरको आधारमा वार्षिक १३ करोड र २५ बर्षे पीपीए अवधिमा २ अर्ब २६ करोड तथा हालको अन्र्तराष्ट्रिय मूल्यका आधारमा वार्षिक ४९ करोड र २५ वर्षको १२ अर्ब २७ करोड घाटा प्रत्यक्ष रूपमा बेहोर्नुपर्ने देखिएको छ । 
१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार दुई वर्षअघि मन्त्रालयले ल्याएको ऊर्जा संकट कार्यायोजनामा प्रतियुनिट लागत ९.६१ पैसा तय गरिएको थियो । सोहीअनुसार प्राधिकरणले प्रतिस्पर्धात्मक रूपमा आसयपत्र जारी गरेकोमा ६१ मेगावाट उत्पादन गर्ने गरी २१ सोलार आयोजनाले प्रस्ताव अघि बढाएका थिए । ती कुनै आयोजनासँग विद्युत् प्राधिकरणले औपचारिक रूपमा पीपीए गरेको छैन भने हालसम्म ग्रीड कनेक्सन एग्रिमेन्टसमेत भएको छैन । पीपीए नगर्दै गत ६ मंसीरमा विद्युत् नियमावलीअनुसार नयाँ कार्यविधि ल्याएर ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणलाई पठाएको छ । कानुनविद्हरूका अनुसार कुनै विशेष समयमा ल्याएको योजनाको आधारमाभन्दा नियमावलीको आधारमा ल्याइएको कार्यविधि विद्युत् प्राधिकरणको लागि कार्यवन्यन गर्नु अनिवार्य मानिन्छ भने कानुन त पनि पछिल्लो कार्यविधि लागू हुन्छ । पूर्व जलस्रोतसचिव शीतलबाबु रेग्मी पनि नयाँ आएपछि पुरानो लागू गर्न नहुने र बहालवाला लागू हुने बताउँछन् । “नयाँ कार्यविधि आएपछि पुरानो स्वतः प्रतिस्थापन हुन्छ, पुरानोअनुसार गरेमा त्यो गैरकानुनी हुन जान्छ,” उनले भने । 
ऊर्जामन्त्री थापाले बहालवाला कानुनी व्यवस्थाविपरित निर्णय गरेर पुरानै कार्यविधि लागू गर्नका लागि निर्णय गरेर पठाएपछि प्राधिकरणले यही कारण वार्षिक १३ करोड ५ लाख ५३ हजार र सोलार पीपीएको २५ वर्षे अवधिमा ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार घाटा बेहोर्नुपर्नेछ । प्राधिकरणका अनुसार २१ सोलार आयोजनाले प्रतियुनिट ८.३५ रुपैयाँदेखि ९.४५ सम्म पीपीए दरसहित गरेको प्रस्तावअनुसार वार्षिक रूपमा १० करोड ६० लाख ६९ हजार ४ सय ९७ युनिट विद्युत् उत्पादन गर्नेछन् । प्रतियुनिट ९.६१ पैसामा पीपीए गर्दा प्राधिकरणले वार्षिक रूपमा ९० करोड ४८ लाख ६१ हजार ती आयोजनालाई भुक्तानी गर्नुपर्नेछ भने नयाँ कार्यविधिअनुसार ७७ करोड ४३ लाख ७ हजार मात्र भुक्तानी गरे पुग्नेछ । पछिल्लो समय प्रविधिमा आएको आधुनिकतासँगै छिमेकी राष्ट्र भारतमा प्रतियुनिट २.४४ भारतीय अर्थात ३.९० नेपाली रुपैयाँमा सौर्य ऊर्जा (सोलार) आयोजना निर्माण हुने चरणमा छन् । ऊर्जा मन्त्रालयले बनाएको सोलार पीपीएसमेत महँगो भइसकेको छ । सोलारको घट्दो लागतलाई विश्लेषण गरेर छिमेकी राष्ट्र भारतलाई मात्र आधार मान्ने हो भनेपनि ती सोलार आयोजनालाई वार्षिक ४१ करोड ३६ लाख ७१ हजार तिरे पुग्छ । अन्तर्राष्ट्रियस्तरमा घट्दो लागतलाई हेर्दा प्राधिकरणले बर्सेनि ४९ करोड ११ लाख ९० हजार अर्थात २५ वर्षको १२ अर्ब २७ करोड ९७ लाख घाटा पर्ने देखिएको छ । हाल २५ वर्षका लागि सोलारको पीपीए गर्न लागेकोले डलरमा गरिएको पीपीएको कारण प्राधिकरणको घाटा बढेको तथा कुल आम्दानीको ४५ प्रतिशतसम्म खिम्ती र भोटेकोसीलाई भुक्तानी दिनुपर्ने अवस्था रहेकोमा मन्त्रीको निर्देशनअनुसार प्राधिकरणले पीपीए गरेमा यो अर्को घातक निर्णय हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । 
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे भने प्राधिकरणले गरेको पूर्वआशयपत्रमा उल्लेखित आधारमै पीपीए गर्ने गरी भएको निर्णय प्राधिकरणलाई पठाएको बताउँछन् । “पुर्व आशयपत्रमा उल्लेखित आधारमै गर्नका लागि प्राधिकरणमा पठाएका छौं, प्राधिकरणले यसबारे प्रक्रिया अघि बढाउँदै होला,” उनी भन्छन् । तर अन्तर्राष्ट्रियस्तरमा घट्दो सोलार लागत तथा नयाँ कार्यविधिको कारण पीपीएको चरणमा रहेका २१ आयोजनाको पीपीए गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत द्विविधामा परेका छन् । उनलाई यो गर्न कानुनी अड्चन पनि छ । ‘मन्त्रालयले गरेको निर्णयअनुसार अघि बढाउनका लागि छलफल गरिरहेका छौं, घट्दो मूल्यले द्विविधा भने बढेकै हो,” उनी भन्छन् । आफू द्विविधामा परेको भन्दै ऊर्जा मन्त्रालयलाई पत्र लेखेकोमा ऊर्जा मन्त्रालयले पहिलाकै सर्तअनुसार गर्न भने पनि प्राधिकरणका अधिकारीहरू भने प्राधिकरण कार्यकारी निर्देशक र सञ्चालक समितिले कानुनविपरित पुरानै महँगो दरमा सोलारको पीपीए गर्न नसक्ने बताउँछन् । “कानुनी रूपमै पुरानो कार्यविधि अनुसार पीपीए गर्न सकिदैन, नयाँ र मौजूदा व्यवस्था अनुसार गर्नुपर्छ,” प्राधिकरणका एक अधिकारी भन्छन्, “प्राधिकरणका कार्यकारी निर्देशक र सञ्चालक समितिले पुरानो दरमा पीपीए गरे भने यो विद्युत् प्राधिकरणका लागि सबैभन्दा ठूलो घात हुनेछ ।” 
पछिल्लो समयमा एसीएमभी सोलार होल्डिङ र एसबीजी क्लिनटेकले सफ्ट बैक, फक्सकन र भार्ती इन्टरप्राइजेजको ज्याइन्ट भेन्चरमा भारतको राजस्थानमा ५ सय मेगावाट सोलार प्रतियुनिट २.४४ भारतीय रुपैयाँमा बनाउने गरी प्रक्रिया अघि बढेको छ । यसैगरी जर्मनमा प्रतियुनिट ३ सेन्टमा सोलार आयोजना निर्माण हुन लागेका छन् । यो प्रतियुनिट लागत नेपालको जलविद्युत्बाट उत्पादन हुने विद्युत्भन्दा झण्डै आधा सस्तो हो । दुई महिनाअघि पीपीएको लागि २१ सोलार आयोजनाकै फाइल प्राधिकरण व्यवस्थापन समक्ष पुगेपछि पछिल्लो अन्योलताको कारण सम्झौता प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन ।

Saturday, January 20, 2018

६ वर्ष ढिलोगरी चमेलियाबाट उत्पादन

https://www.karobardaily.com/news/development/1644 
आइतवार, माघ ७, २०७४
तोकिएको समयभन्दा ६ वर्ष ढिलोगरी शनिबारदेखि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । २०६४ मा निर्माण सुरु भएर २०६८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको शुक्रबारसम्म परीक्षण उत्पादन सकेर शनिबारदेखि पहिलो युनिटको उत्पादन सुरु भएको हो । “शुक्रबारसम्म परीक्षण उत्पादन भएकोमा शनिबारदेखि १५ मेगावाटको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ,” आयोजना प्रमुख अजय दाहालले भने, “१५ मेगावाटको दोस्रो युनिटको परीक्षण उत्पादन आइतबारदेखि हुँदैछ ।” उनका अनुसार, पहिलो युनिटबाट १५ मेगावाट उत्पादन भइरहेको छ भने दोस्रो युनिटको परीक्षण उत्पादनपछि दुवैको लोड रिजेक्सन र इफिसिएन्सी परीक्षण हुनेछ । 
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा रहेको आयोजना सुदुरपश्चिमकै पहिलो ठूलो आयोजना हो भने नेपालको जलविद्युत् क्षेत्रमा प्रतिमेगावाट ५३ करोडभन्दा बढी लागत लागेको एकमात्र आयोजना हो । ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न हुन दोब्बरभन्दा बढी समयसमेत लागेको थियो । यही कारण समयमै विद्युत् उत्पादन नहुँदा मुलुकले १६ अर्ब रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको सो चमेलियालाई सरकारी संस्थानले निर्माण गरेर खराब आयोजनाको रूपमा लिइन्छ । यसको कारणको रूपमा उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दाको परिणामको रूपमा लिइन्छ । 
विद्युत् प्राधिकरणका अनुसार सुरुको लागत ८ अर्ब ३४ करोड रहेको आयोजनाले लागत बढेर सम्पन्न हुने लक्ष्य राखिएको आगामी डिसेम्बरसम्ममा १५ अर्ब ९९ करोड पुगेको छ । समयमै नबन्दा ७ अर्ब ६५ करोड लागत बढेको आयोजना सम्पन्न नभएर विद्युत् उत्पादन नहुँदा ६ वर्षमा ८ अर्ब ४७ करोड रूपैयाँ गुमाएको छ । विद्युत्् प्राधिकरणको औसत बिक्री मूल्य सन् २०१७ मा प्रतियुनिट ९ रुपैयाँ ८५ पैसा थियो । यदि यो आयोजना बनेको भए भारतबाट यतिनै बराबरको विद्युत् भारतबाट आयात गर्नुपर्ने थिएन । चमेलिया जलविद्युत् आयोजनाको प्रक्षेपणअनुसार वार्षिक रूपमा १८४.२१ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । सुरुको सम्पन्न गर्ने मिति २०११ डिसेम्बर भए पनि समयमै सम्पन्न नभएर हाल सम्पन्न गर्ने अन्तिम लक्ष्य २०१७ डिसेम्बरलाई मानिएको छ । यसको आधारमा सो वर्ष १ अर्ब ८१ करोड ४४ लाख, सन् २०१६ को औसत मूल्य प्रतियुनिट ८.२७ रुपैयाँको आधारमा १ अर्ब ५२ करोड ३४ लाख र सन् २०१५ को औसत मूल्य ७.२८ रुपैयाँको आधारमा १ अर्ब ३४ करोड १० लाख बराबरको विजुली समयमै सम्पन्न नहुँदा गुमाउनु परेको प्राधिकरणको तथ्यांकले देखाएको छ । त्यसैगरी प्रतियुनिट ७.१३ औसत मूल्य भएको सन् २०१४ मा १ अर्ब ३१ करोड ३४ लाख, प्रतियुनिट औसत मूल्य ६.९० भएको सन् २०१३ मा १ अर्ब २७ करोड १० लाख र प्रतियुनिट ६.५७ रूपैयाँ औसत बिक्री मूल्य भएको बेला सन् २०१२ मा १ अर्ब २१ करोड २ लाख रुपैयाँ बराबरको बिजुली समयमै नबन्दा खेर गएको थियो । 
विज्ञहरूले आयोजना सुरु हुनुपूर्वको तयारी कमजोर, विस्तृत रूपमा अध्ययन हुन नसक्नु र चमेलियाले अनावश्यक र महँगा सवारीसाधन किनेर ठूला नेताहरूलाई दिनेजस्ता कारणले आयोजना महँगो भएको बताइएको छ । 
आयोजनाको मुख्य काम सिभिलको ठेक्का चाइना गेजुवा कम्पनीले पाएको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले पाएको थियो । भेरियसनबारे संसदको सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दिएको तथा गेजुवाले भेरियसनको काम नपाएको भन्दै लामो समयसम्म काम नगरेको कारण पनि आयोजनाको काम लम्बिएको थियो । जर्नाद्धन शर्मा सार्वजनिक लेखा समितिको सभापति भएको बेला ६ असार २०७१ मा अनियमितता भएको भन्दै निर्देशन दिएको आयोजनालाई उनी ऊर्जा मन्त्री भएपछि दुई वर्ष अघि मात्र काम अघि बढेको थियो । १ अर्ब ९ करोड रूपैयाँको यही भेरियसनको स्वीकृति गर्दा अनियमितता गरेको आरोपसँगै खुम्चिएको ८४३ मिटरको सुरुङ निर्माणको काम समेत अवरुद्ध भएको थियो । यही कारण आयोजना अघि बढाउन लामो समय लागेको थियो ।

सवस्टेसनको ठेक्का भारतीयलाइ

https://karobardaily.com/news/development/1604
शुक्रवार, माघ ५, २०७४
भारतमा विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ढल्केवर सवस्टेसनको ठेक्का भारतीय कम्पनीले पाएको छ । नेपाल विद्युत् प्राधिकरणले ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग २ सय २० केभीका ढल्केबर सवस्टेसनको ठेक्का तोडेपछि भारतीय कम्पनी टेलमस इलेक्ट्रोनिक्स कम्पनीलाई दिएको हो । 
समयमै काम नगरी अनावश्यक शर्त ल्याएर ढिलाइ गरेपछि भदौ अन्तिम साता चिनियाँ कम्पनीसँगको सम्झौता तोडिएको थियो । टेण्डर आह्वान गरी सवस्टेसनको बाँकी काम सम्पन्न गर्नका लागि भारतीय कम्पनीलाई दिने निर्णय गरी काममा आउनका लागि सम्बन्धित कम्पनीलाई पत्र पठाएको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना प्रमुख राधेशरण महतोले जानकारी दिए । “प्राधिकरण व्यवस्थापनले निर्णय गरेर भारतीय कम्पनी टेलमसलाई पत्र पठाइसकेका छौं,” उनले भने, “आगामी १५ दिनभित्र ठेक्का सम्झौता गरेर चार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।”
करिब ९० प्रतिशत काम सकिएपछि चिनियाँ कम्पनीले ठेक्का तोडेपछि प्राधिकरणले दु्रतगतिमा ठेक्का दिने प्रक्रिया अघि बढाए पनि बल्ल ठेक्का सम्झौता हुने चरणमा पुगेको हो । हिउँदमा भारतबाट बिजुली ल्याउनका लागि ढल्केबर सवस्टेसन महत्वपूर्ण मानिन्छ । सन् २०११ मै नेपाल र भारतबीच १ सय ५० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएपनि ढल्केबर सवस्टेसन नहुँदा कार्यान्वयनमा आउन सकेको छैन भने तत्कालको विद्युत् अभाव पूरा गर्नका लागि हाल एक सय केभीका दुई अस्थायी ट्रान्सफर्मर राखेर १ सय ४५ मेगावाटसम्म विद्युत् आयात हुँदै आएको छ । मंसिरसम्म सबस्टेसन चार्ज गरेर भारतबाट २ सय ५० मेगावाटसम्म ल्याउने योजना प्राधिकरण भएपछि ढिलाइ भएपछि विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या छ । 
अघिल्लो वर्षको भदौमा तत्कालीन ऊर्जामन्त्री जर्नादन शर्माले चिनियाँ कम्पनीलाई मंसिरभित्र सम्पन्न गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, हालसम्म पूरा हुन सकेको छैन । ठेक्का दिइएको भारतीय कम्पनीले समयमै काम गरेमा २०७५ वैशाखभित्र सवस्टेसन निर्माण पूरा हुनेछ । ढल्केबर सवस्टेसनका लागि आवश्यक सबै सामाग्रीहरू ल्याइसकेको आयोजनाले जनाएको छ । 
समयमै निर्माण गरेर हिउँदमै ढल्केबर सवस्टेसनमार्फत थप विद्युत् आयात गर्ने विद्युत् प्राधिकरणका लक्ष्य रहेपनि हिउँदभित्र भने सम्पन्न हुने अवस्था नेदेखिएको प्राधिकरणका एक अधिकारी बताउँछन् । “सकेसम्म ठेकेदारलाई तीन महिनाभित्रनै सम्पन्न गर्नका लागि अनुरोध गछौ तर समयमै सकिँदा पनि अहिलेको हिउँदभित्र सम्पन्न गरेर थप विजुली आउने सम्भावना नरहेकोले फागुन महिनामा विद्युत् व्यवस्थापन गर्न चुनौती थपिएको छ,” उनले भने ।

Wednesday, January 17, 2018

पश्चिम सेतीमा पीपीए विवाद

https://karobardaily.com/news/development/1532
बुधवार, माघ ३, २०७४
पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा फेरि अन्योल देखिएको छ । ७ सय ५० मेगावाटको यो आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) बढाउनुपर्ने चिनियाँ पक्षको माग र तत्काल वृद्धि गर्न नसकिने विद्युत् प्राधिकरणको अडानका कारण आयोजनामा थप अन्योल देखिएको छ । 
लामो समयसम्म ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा चिनियाँ कम्पनीबीचको विवादको कारण संयुक्त लगानी सम्झौता (जेभीए)मै ढिलाइ भएको आयोजनामा पीपीए विवादले थप अन्योल देखिएको हो । चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेसन (सीटीजीसी)ले सरकारले तोकेभन्दा बढी पीपीए दर चाहिने र नेपाल विद्युत् प्राधिकरणले बढी दर दिन नसक्ने अडानसँगै आयोजनामा अन्योल देखिएको छ । २०६८ फागुनमा ऊर्जा मन्त्रालय र सीटीजीसीबीच भएको सम्झोतामा ६ महिनाभित्र अध्ययन सकेर एक बर्षभित्र जेभीए उल्लेख रहेकोमा गत कार्तिक अन्तिम साता मात्रा जेभीए भएको थियो भने हालसम्म अझै कम्पनी स्थापना हुन सकेको छैन । चिनियाँ कम्पनीले विदेशमा लगानी गर्दा अन्य कम्पनीसँगको सहकार्यमा आयोजना बनाउनेबारे चिनियाँ नीतिको अभाव तथा कुनै चिनियाँ कम्पनीमा प्राधिकरणले लगानी गर्ने नगर्नेबारे ऊर्जा, प्राधिकरण र चिनियाँ कम्पनीबीचको विवादको कारण लामो समयसम्म जेभीएसमेत प्रभावित भएको थियो । 
सीटीजीसीले इमेलमार्फत प्राधिकरणको अहिलेको दरमा आयोजना अघि बढाउन नसक्ने उल्लेख गर्दै लगानी बोर्डलाई इमेलमार्फत जानकारी गराएपछि बोर्डले समेत यसरबारे आर्थिक विश्लेषणसहित आफ्नो सरोकारका विषयमा छलफलका लागि दुई हप्ताअघि पत्र लेख्दै बोलाएको छ तर सीटीजीसीले कुनै उत्तर फर्काएको छैन । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, “पश्चिम सेतीका प्रवद्र्धकलाई आफ्ना सरोकारका विषयमा छलफल गर्न बोलाएका छौ, यसबारे छलफल हुन्छ ।”
ऊर्जा मन्त्रालयले बनाएकोे जलाशययुक्त आयोजनाको विद्युत्् खरिददर प्रतियुनिट हिउँदको ६ महिनामा १२.४० प्रतियुनिट र वर्षाको सिजनको ६ महिनामा ७.१० रुपैयाँ छ भने यसका लागि हिउँदमा ५० प्रतिशत हुनुपर्ने र त्यो नभएर बर्षामा बढी भएमा पीपीए दर कम हुँदै जाने व्यवस्था छ । प्राविधिक अध्ययनअनुसार पश्चिमसेतीको हिउँदको विद्युत् ३५ प्रतिशतको हाराहारीमा रहेको र सो व्यवस्था अनुसार प्रचलित दरभन्दा कम पाउने हुनाले पश्चिम सेतीले अहिलेको व्यवस्था पुनरावलोकन गर्नुपर्ने अडानमा छ तर प्राधिकरणले सरकारको निर्णय विपरित थप मुल्य दिन नसक्ने बताउँदै आएको छ । “सरकारले तोकेको मुल्यभन्दा बढी प्राधिकरणले कसरी दिन सक्छ,” प्राधिकरणका एक अधिकारीले भने, “ऊर्जा मन्त्रालयले बनाएको प्रावधानकै आधारमा दर तोकिएकोले बढाउन पनि अर्को नियम बनेर आउनुपर्छ, एउटा आयोजनाका लागि प्राधिकरणले चाहेर बढाउन सक्दैन ।” लगानी बोर्डका अधिकारीहरू भने अहिलेको दर नबढाएमा लगानी गर्न असम्भव रहेको बताएकोले आर्थिक विश्लेषणसहित चिनियाँ कम्पनीहरूले खोजेको पीपीए दरसहित आउने भनेपनि चिनियाँ कम्पनीले दुई हप्ता बित्दा पनि कुनै उत्तर नफर्काएर बोर्डलाई वेवास्ता गरिरहेको बताउँछन् । 
पीपीए दरबारे विवाद देखिएपछि जेभीए सम्झौता भएको दुई महिना वितेपनि सीटीजीसीको ६५ प्रतिशत, प्राधिकरणको २५ प्रतिशत तथा स्थानीयबासीको १० प्रतिशतसहित निर्माण हुन लागेको बेष्टसेटी हाइड्रोपावर कम्पनीको दर्ता हुन सकेको छैन । करिब १ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । हिउँदमा समेत जलाशययुक्त आयोजनाको उत्पादन ५० प्रतिशतभन्दा कम देखिएमा प्रचलित पीपीए दर घट्ने देखिएपछि चिनियाँ कम्पनी आयोजनामा लगानी गर्दा आर्थिक रुपमा फाइदा नहुने निष्कर्षमा पुगेको छ । सबै जलाशययुक्त आयोजनाको लागि एउटै पीपीए दर कायम गरिएकोले पश्चिम सेतीमा बढी दिन नसकिने अडानमा प्राधिकरण छ ।

Sunday, January 14, 2018

दोस्रो किस्ता नलाने भूकम्पपिडितको पहिलो फिर्ता

सोमवार, माघ १, २०७४
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै दोस्रो किस्ताको अनुदान लिन नआउने भूकम्प प्रभावितबारे अनुसन्धान गरी पहिलो किस्ताको रकम फिर्ता प्रक्रिया अघि बढाउने भएको छ । एक वर्षअघिको पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लगेर हालसम्म दोस्रो किस्ता नलाने प्रभावितहरूबारे थप अनुसन्धान गर्दै पहिलो किस्ताको ५० हजार रुपैयाँ फिर्ता प्रक्रिया अघि बढाउन लागेको हो । गत २८ असारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले पुस मसान्तसम्म अघिल्लो वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पप्रभावितले दोस्रो किस्ता लिने समयसीमा तोकेको थियो तर दोस्रो किस्ता लिनेको संख्या थोरै छ । 
प्राधिकरणको तथ्यांकअनुसार ६ लाख ६६ हजार ९ सय ७७ ले पहिलो किस्ता लिएकोमा दोस्रो किस्ता लिनेको संख्या १ लाख ७५ हजार ६ सय २७ मात्र छ । सरकारले तीन वर्षभित्र निजी आवास पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेकोमा ६ महिना बाँकी रहँदा दोस्रो किस्ता लिनेको संख्या यति थोरै देखिएको हो । प्राधिकरणले समयसीमा तोक्दा समेत दोस्रो किस्ताको रकम लिने संख्या थोरै देखिएपछि अहिले यसबारे प्रभावितहरूमा अन्योल देखिएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले किस्ता लिने समय निरन्तर रूपमा दिन नसकिने बताउँदै दोस्रो किस्ता लिन नआउनेबारे अनुसन्धान गरिने बताए । “यति लामो समयसम्म दोस्रो किस्ता लिन नआउनेहरूबारे अनुसन्धान हुन्छ, दोस्रो किस्ता लिन नआउनुको कारण अन्त कतै घर भएर हुन सक्छ तर कसैले निजी आवास बनाउन नसक्नुको मनासिव कारण देखाएमा समय थप पनि गर्न सकिन्छ,” उनले भने । 
भुसालले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले गरेको निर्णय पालना गर्नु प्राधिकरणको दायित्व भएको र यति लामो समयसम्म जग्गा सम्याएर सामान्य जगसमेत नहालेको अवस्थाले नलाने प्रभावितबारे अनुसन्धान गर्नुपर्ने देखिएको बताए । “घर बनाउन नसक्ने ७० वर्षभन्दा बढीका वृद्धवृद्धा, ६० वर्षमाथिका एक एकल महिला, १६ वर्षमुनिका नालाबालक र अपांग भएका व्यक्तिको हकमा अहिले प्रभावित ३२ जिल्लाका २ सय ८२ स्थानीय निकायमा सर्भेक्षण गरिरहेका छौँ , उनीहरूको घर भने प्राधिकरणले बनाउँछ,” उनले भने । 
प्राधिकरणले गत वर्षको पुस मसान्तपछि पहिलो किस्ता लिनको हकमा भने आगामी चैत्रभित्र दोस्रो किस्ता लिन पाउने र आगामी असारभित्र तेस्रो किस्ताको रकम लिईसक्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुषाल भने गत वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएर हालसम्म दोस्रो किस्ता नलिने प्रभावितहरूले पहिलो किस्ताको रकम फिर्ता गर्नुपर्ने बताउँछन् । “दोस्रो किस्ता लिन नसक्नुको मनासिव कारण नदेखिएमा पहिलो किस्ता लिनेले सो रकम फिर्ता दिनुपर्छ, यसको प्रक्रिया अघि बढ्छ,” उनले भने । प्राधिकरणले प्रभावितहरूले लगेको पहिलो किस्ताको रकम निजी आवासका लागि भएकोले सो नबनाएमा सरकारी रकम दुरूपयोगसरह मानिने बताएको छ । 
भूकम्प प्रभावितहरूले भने इन्जिनियर, प्राविधिक र दक्ष जनशक्तिको अभावको कारणले पुनर्निर्माणको काम अघि बढाउन नसकेको कारणले दोस्रो किस्ता लिने समय थप्नुपर्ने माग गरेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–३ का मोटप्रसाद सापकोटाले प्राविधिक तथा दक्ष जनशक्तिको अभावमा कयौं भूकम्पपीडितले घर बनाउने चाहाना हुँदाहुँदै नसकिएकोले म्याद थप गरी जनताको समस्या सम्बोधन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

विद्यार्थीको लगानीमा ७२६ मेवा विद्युत् उत्पादन गर्न सकिने

आइतवार, पुष ३०, २०७४
विद्यार्थीको लगानीमा ७२६ मेवा विद्युत् उत्पादन गर्न सकिनेविद्यार्थीको लगानीमा ७२६ मेवा विद्युत् उत्पादन गर्न सकिने
भीम गौतमकाठमाडौं । स्वदेशी लगानीमै प्रत्येक वर्ष ३ हजार ३ सय ८९ मेगावाट बिजुलीका लागि लगानी गर्न सकिने योजना विद्यार्थीहरुले बनाएका छन् । सरकारले अघि सारेको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसका लागि विदेशी लगानीसमेत आवश्यक रहेको बताइरहेका बेला साउथ वेष्टर्न बिजनेश कलेजका विद्यार्थीले यस्तो योजना बनाएका हुन् । हिमालयन हाइड्रो एक्स्पो २०१८ मा भएको प्रतिस्पर्धामा उनीहरुले १० वर्षमा ३४ हजार मेगावाट बराबरका आयोजना बनाउन सक्ने तथ्य र तथ्यांक प्रस्तुत गरेका छन् । एक्स्पोको प्रतिस्र्धामा प्रथम भएको सो योजनामा सन् २०१६/०१७ मा आएको वार्षिक रेमिट्यान्सको ६ खर्ब ९५ अर्बमध्ये ३० प्रतिशत जलविद्युत आयोजनामा लगानी गर्न सकेमा २ खर्ब ८ करोडभन्दा बढी संकलन गरी १ हजार ३ सय ९१ मेगावाट विद्युत उत्पादन गर्न सकिने उल्लेख छ । त्यसैगरी सरकारी कर्मचारी, नेपाल प्रहरी, सेना र सशस्त्रमा आवद्ध व्यक्तिहरुको आम्दानीमध्ये ३० प्रतिशत जलविद्युतमा लगानी गरेमा २८ अर्ब १३ करोड संकलन गरी १८७.५५ मेगावाट विद्युत उत्पादन सकिने योजना विद्यार्थीले अघि सारेका छन् । हाल अध्ययनरत ९१ लाख विद्यार्थीबाट समेत मासिक एक हजार संकलन गरी १ खर्ब ८ अर्ब ९७ करोड जम्मा गरेर ७२६.५३ मेगावाट तथा ५४ लाख २३ हजार सर्वसाधारणको घरधुरीबाट वार्षिक ३० हजारका दरले १ खर्ब ६२ अर्ब ६९ करोड संकलन गरी १०८४.६६ मेगावाट विद्युत उत्पादन गर्न सकिने विद्यार्थीको योजनामा उल्लेख छ । “राष्ट्रिय तथ्यांक विभागका साथै हाल रहेका सरकारी कर्मचारी, रेमिट्यान्सको अवस्था, विद्यार्थीहरुले गरिरहेको लगानीको केही हिस्सासमेत जलविद्युत आयोजनामा लगानी गर्न सकिएमा वर्षको ३४ सय मेगावाटको स्वदेशी लगानी जुटाउन सकिने देखिएको छ,” योजना निर्माणमा संलग्न स्मृति श्रेष्ठले भनिन्, “हाम्रो समूहले निकालेको निष्कर्षले स्वदेशी लगानीमै जलविद्युत आयोजनाहरु बनाउन सकिने देखिएको छ ।”स्मृतिसहित साउथ वेष्टन कलेजको बीबीए पाँचौं सेमेस्टरमा अध्ययनरत सविन तामाङ, प्रतिक्षा लोहनी, आशिष गुरुङ, सदिक्षा ढकाल तथा तेस्रो सेमेस्टरमा अध्ययनरत अनुशा राजभण्डारी, प्रियंका कोइरालालगायत सहभागी थिए । विद्यालयका प्रिन्सिपल डा. जयहरिराज पाण्डेले विद्यार्थीले मेहनतका साथ तयार पारेको योजनाले नेपालमा जलविद्युतको विकास स्वदेशी लगानीमा सम्भव भएको देखाएको बताए । पुस २१ गतेदेखि २३ गतेसम्म राजधानीको भुकृटीमण्डपमा भएको एक्स्पोमा उनीहरुले आफ्नो योजना प्रस्तुत गरेका थिए । सरकारले अघि सारेको ‘नेपालको  पानी, जनताको लगानी’ भन्ने नाराले सार्थकता पाउन सक्ने भन्दै उनीहरुले अघि सारेको योजनामा जलविद्युत आयोजना निर्माणका लागि विदेशीको भर पर्नुपर्ने अवस्था नभएको उल्लेख गरेका छन् । तथ्यांक विभागका साथै निजामति किताबखाना र नेपाल राष्ट्र बैकको तथ्यांकको आधारमा तयार पारेको योजनामा विद्यार्थीहरुबाट मासिक रूपमा एक हजारमात्र संकलन गर्न सकेमा पनि त्यसले जलविद्युत लगानीका लागि ठूलो योगदान दिन सकिने उल्लेख छ । त्यसैगरी प्रत्येक घरधुरीबाट वार्षिक ३० हजारका दरले तथा ८६ हजार सरकारी कर्मचारी, ९५ हजार नेपाली सेना, ६७ हजार प्रहरी र ४५ हजार शसस्त्र प्रहरीको तलबबाट ३० प्रतिशतमात्र लगानी जुटाउन सकेमा यसले जलविद्युतमा ठूलो योगदान पु¥याउन सक्ने उनीहरुको निष्कर्ष छ । जलविद्युत आयोजना निर्माण गरेमा यसले औद्योगिकीकरणको विकास र रोजगारी प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने उनीहरुले योजना प्रस्तुत गरेका छन् ।

लगानी सम्मेलनपछि पनि ठूला परियोजनामा आकर्षण बढेन

https://karobardaily.com/news/development/1440
आइतवार, पुष ३०, २०७४
नेपालमा ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने लक्ष्यसहित १० महिनाअघि सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रभाव मुलुकका ठूला परियोजनामा भने देखिन सकेको छैन । उद्योग विभागमार्फत आउने वैदेशिक लगानी यस अवधिमा बढे पनि लगानी बोर्डमार्फत भित्रने परियोजनामा भने सम्मेलनको कुनै प्रभाव पर्न सकेको छैन । बोर्डमार्फत १० अर्बभन्दा बढीका परियोजना सञ्चालन हुँदै आएका छन् ।नेपालमा ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने लक्ष्यसहित १० महिनाअघि सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रभाव मुलुकका ठूला परियोजनामा भने देखिन सकेको छैन । उद्योग विभागमार्फत आउने वैदेशिक लगानी यस अवधिमा बढे पनि लगानी बोर्डमार्फत भित्रने परियोजनामा भने सम्मेलनको कुनै प्रभाव पर्न सकेको छैन । बोर्डमार्फत १० अर्बभन्दा बढीका परियोजना सञ्चालन हुँदै आएका छन् ।सम्मेलनमा विदेशी लगानीकर्ताहरूले करिब १५ खर्ब रूपैयाँ बराबरको प्रतिवद्धता जनाएका थिए । उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा विभिन्न २५ विदेशी लगानीकर्ता र कम्पनीहरूले नेपालमा १३.९६ बिलियन डलर अर्थात १४ खर्ब ९४ अर्बको प्रतिवद्धता जनाए पनि कार्यान्वयनको अवस्था भने निराशाजनक देखिएको हो । यद्यपि प्रतिवद्धता जनाउने कम्पनीहरूसँग छलफल अघि बढिरहेको र लगानी आउनेक्रममा रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन् । “लगानी सम्मेलनमा गरेको प्रतिवद्धता अनुसारको रकम भित्र्याउनका लागि धेरै कम्पनीसँग छलफल अघि बढेको छ, छिट्टै कतिपय परियोजनाहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत अघि बढाउन लागेका छौं,” अधिकारीले भने । लगानी सम्मेलनमा छिमेकी राष्ट्र चीनका विभिन्न कम्पनीहरूले ८.४५ खर्ब बराबरको प्रतिवद्धता जनाएका थिए । यस्तै, वंगलादेशले २ खर्ब ४० अर्ब प्रतिवद्धता जनाएको थियो । अमेरिका र जापानले एक-एक खर्बको प्रतिवद्धता जनाएको सम्मेलनमा श्रीलंकाले ५० अर्ब, फ्रान्सले २० अर्ब र छिमेकी राष्ट्र भारतले ६ अर्बको प्रतिवद्धता जनाएको थियो । विशेष गरी ऊर्जा, मेट्रो रेल, विमानस्थल, राजमार्ग, स्वास्थ्य, शिक्षा, पर्यटन, फोहोर व्यवस्थापन, खनिज पदार्थ, रियल स्टेट लगायतमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । लगानी सम्मेलन भएको एक वर्ष पुग्नै लागे पनि प्रतिवद्धताअनुसारको रकम ल्याउनका लागि आवश्यक नीति तथा योजनाको खाका भने अझै तयार भएको छैन । सम्मेलनमा अधिकांशले बुट र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा लगानी गर्ने प्रतिवद्धता जनाएका थिए भने केही लगानीकर्ताहरूले इन्जिनियरिङ प्रक्युुरमेन्ट कन्ट्र्याक्ट फाइनान्स (ईपीसीएफ) मोडेलमा आयोजना लगानी गर्ने उल्लेख गरेका थिए । बुट र पीपीपीबारे सरकारसँग नीति भए पनि इपीसीएफबारे भने हालसम्म कुनै नीति छैन । अर्थ मन्त्रालयले यस मोडेलबारे नीति निर्माणको कार्य अघि बढाए पनि पूरा भएको छैन । सबैभन्दा बढी लगानीको प्रतिवद्धता जनाएको चीनले इपीसीएफको कार्यविधि (मोडालिटी) माग गरे पनि सरकारले दिन सकेको छैन । नेपालमा लगानीका लागि धेरै सम्भावना भएपनि उचित वातावरण नभएको गुनासो भने हुँदै आएको छ । सरकारी निकायले स्वीकृतिका लागि लगाउने झन्झटिलो प्रकृया, बन्द, हड्तालको अवरोध, सडक, विद्युत लगायतका आधारभूत पूर्वाधार अभाव लगायतलाई लगानीका लागि चुनौतीको रूपमा हेर्ने गरिएको छ । 

Friday, January 12, 2018

१० वर्षमा ४० हजार मेगावाटको लक्ष्य

https://www.karobardaily.com/news/development/1398
 शुक्रवार, पुष २८, २०७४
‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म (जनवरी २७–२९) मा ऊर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समिट हुन लागेको हो । १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिए । “आयोजनाहरूको लागि आवश्यक लगानी जुटाउने गरी समिटमा ५ अर्बदेखि २० खर्बसम्मको प्रतिवद्धता आउने लक्ष्य छ,” उनले भने, “१० वर्षमा ४० हजार मेगावाट विद्युत् निर्माण गर्न सकिन्छ, त्यसको लागि लगानी जुटाउन सकिन्छ ।” उनका अनुसार नेपालमा लगानीका लागि योग्य आयोजनाका प्रवद्र्धक र नेपालमा लगानी गर्न चाहाने विदेशी लगानीकर्ताबीच प्रत्यक्ष साक्षात्कार हुने समिटमा यसबारे विस्तृत रूपमा छलफल तथा लगानी जुटाउने योजनाबारे समेत कार्यक्रम हुनेछ । ‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म (जनवरी २७–२९) मा ऊर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समिट हुन लागेको हो । १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिए । “आयोजनाहरूको लागि आवश्यक लगानी जुटाउने गरी समिटमा ५ अर्बदेखि २० खर्बसम्मको प्रतिवद्धता आउने लक्ष्य छ,” उनले भने, “१० वर्षमा ४० हजार मेगावाट विद्युत् निर्माण गर्न सकिन्छ, त्यसको लागि लगानी जुटाउन सकिन्छ ।” उनका अनुसार नेपालमा लगानीका लागि योग्य आयोजनाका प्रवद्र्धक र नेपालमा लगानी गर्न चाहाने विदेशी लगानीकर्ताबीच प्रत्यक्ष साक्षात्कार हुने समिटमा यसबारे विस्तृत रूपमा छलफल तथा लगानी जुटाउने योजनाबारे समेत कार्यक्रम हुनेछ । विश्वका प्रतिष्ठित कम्पनीका लगानीकर्तासहित ५ सय कम्पनी सहभागी हुने समिटमा सरकार, निजी क्षेत्र र विकास साझेदारसमेत सहभागी हुनेछन् । अन्तर्राष्ट्रियस्तरका तालिमहरू समेत हुने समिटमा इन्टरनेसनल सेन्टर फर हाइड्रोपावर नर्वे, विश्वकै दोस्रो ठूलो कम्पनी नारी स्टेट ग्रिड अफ चाइनालगायत सहभागी हुन लागेका छन् । यसैगरी समिटमा विश्वकै प्रतिष्ठित ऊर्जा विज्ञ र अनुसन्धानदाता समेत सहभागी हुन लागेको परिषद्ले जनाएको छ । परिषद्ले नेपाल जलविद्युत् लगानीका लागि उपयुक्त थलो भएको बताउँदै शून्य प्रतिशत आयकर, शतप्रतिशत लगानी फिर्ता र फाइदा, डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका सुविधा रहेको जनाएको छ । २५ प्रतिशत प्रतिफल पाउने र विद्युत् खरिद दर (पीपीए)मा समेत विश्वकै सवैभन्दा बढी रहेको नेपालमा केही चुनौती भए पनि लगानीका लागि उपयुक्त क्षेत्र भएको बताउँदै परिषद् अध्यक्ष आचार्यले आफूले  ८० खर्ब लगानी नेपालमा जुटाउन सक्ने दाबी गरे ।यसअघि परिषदले सन् २०१६ मा समेत पावर समिटको आयोजना गरेको थियो । पहिलाको समिट विदेशी लगानीकर्ताहरूलाई स्वागतमा सीमित भएको र अव हुने समिट वास्तविक लगानी जुटाउनका लागि केन्द्रित हुने तथा भविष्यमा लगानीकर्ता देशहरूमा गएर समिट गर्ने लक्ष्य राखेको अध्यक्ष आचार्यले जानकारी दिए । 

Thursday, January 11, 2018

अमेरिकी अनुदानको परियोजना कार्यान्वयन विशेष कम्पनीमार्फत

 बिहिवार, पुष २७, २०७४
अमेरिकी अनुदान सहयोगमा अघि बढाउन लागिएका ऊर्जा र यातायातका परियोजना कार्यान्वयनका लागि स्पेशल पर्पेज भेइकल (एसपीभी) गठन गरिने भएको छ । अमेरिकी सरकारको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)ले दिएको  ५० मिलियन डलर अर्थात ५२ अर्ब रुपैयाँ बराबरको अनुदान तथा नेपाल सरकारको १३ अर्ब गरी ६५ अर्बमा अघि बढाउन लागेको प्रसारणलाइन र सडकहरू मर्मत सम्भारका लागि एसपीभी गठन गरिने भएको हो ।
 एमसीसी नेपालका संयोजक तुलसी सिटौलाले परियोजना कार्यान्वयनका लागि एमसीए (मिलेनियम च्यालेन्ज एकाउन्ट) नेपाल भनेर एसपीभी गठन हुने र त्यसमार्फत परियोजना अघि बढाउन लागिएको जानकारी दिए । “यो गठनपूर्व सरकारले विकास ऐनअन्तर्गत गठन आदेश ल्याउनुपर्छ । यो पनि अन्तिम चरणमा छ,” उनले भने, “अबको एक वर्षपछि निर्माण सुरु गरेर पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।” उनका अनुसार निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा नभएमा खर्च नभएको पैसा स्वत फिर्ता हुने सम्झौता छ भने पारदर्शी रुपमा आयोजना अघि बढाउन अमेरिकी सरकारले दुई प्रतिनिधिलाई दूतावासमार्फत खटाउनेछ ।  एमसीसीका अनुसार एसपीभीमा अर्थसचिव बोर्डको अध्यक्ष तथा ऊर्जा मन्त्रालयका सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, एमसीएका कार्यकारी निर्देशक तथा निजी क्षेत्रका दुई सदस्य रहनेछन् ।
 सेक्टेम्बर १४ मा अमेरिकामा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी विदेश उपमन्त्रीले हस्ताक्षर गरेको परियोजना विस्तृत अध्ययनको कार्य आगामी नौ महिनाभित्र सम्पन्न गर्ने तथा बाँकी तीन महिनाभित्र ठेकेदार कम्पनी छनोट गरेर एक वर्षभित्र परियोजना निर्माण सुरु गर्ने लक्ष्य राखिएको संयोजक सिटौलाले जानकारी दिए ।
 परियोजनाअन्तर्गत लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म २३ किलोमिटर ४ सय केभीको प्रसारण लाइन निर्माण हुन लागेको छ । परियोजना अन्तर्गत नुवाकोटको गल्छी, तनहुँको दमौली रसुनवलमा सवस्टेशन निर्माण हुनेछ । त्यसैगरी मेची, कोशी र सगरमाथा राजमार्गका साथै पथलैया–भैंसे–भीमफेदी र अमेलिया–तुलसीपुर सडकको मर्मतसम्भार समेत परियोजनामार्फत अघि बढाउन लागिएको छ । दुवै परियोजना सम्पन्न भएपछि यसबाट नेपालले अधिकत्तम फाइदा लिन सक्ने देखिएको छ । प्रारम्भिक अध्ययनबाट ऊर्जा क्षेत्रतर्फ १२ प्रतिशत र यातायाततर्फ  २७ प्रतिशत प्रतिफल आउने देखिएको परियोजनाले जनाएको छ ।
 नेपालले गरेको सुशासन, जनताप्रति लगानी र आर्थिक विकासको प्रतिवद्धताको प्रस्तावको आधारमा दक्षिण एसियाबाट नेपाल मात्र छानिएको परियोजनाअन्तर्गतले नेपालले पाएको ५२ अर्ब अर्थात ५० मिलियन डलर अनुदानको रकम नेपालको पहिलो हो । लागत र समय दुवै थप नहुने भएकोले परियोजना अघि बढाउनका लागि चुनौती र वाध्यता दुवै रहेको संयोजक सिटौला बताउँछन् ।
“यसका लागि राष्ट्रिय प्रतिवद्धता आवश्यक छ भने यसमा एउटा प्रतिवद्ध समूहले काम गर्छ, मेरो विचारमा यो सम्भव छ,” उनले भने, “विभिन्न सरकारीबाट पाउने समयमै हुनुपर्छ, अलि अलि सर्वसाधारणको जग्गा प्राप्तिमा समस्या छ, स्थानीय निकायसँग समन्वय गरिरहेका छौ, सबैको सहयोग पाए त्यति धेरै समस्या नपर्ला ।”भविष्यमा भारतमा विद्युत् निर्यातको सम्भावना रहेकोले प्रसारणलाइन बनेपछि निर्यातमा सहज हुने अपेक्षा गरिएको छ । हाल बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न लागिएको र सोसँग परियोजना जोडिने भएकोले यसबाट सहज हुने अपेक्षा परियोजनाले गरेको छ ।  

Tuesday, January 9, 2018

विद्युत्को झन्झटमा भैरहवा सेज

बुधवार, पुष २६, २०७४
बढ्दो व्यापारघाटा कम गर्न तथा आन्तरिक रोजगारी सिर्जनामा महत्वपूर्ण मानिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) विद्युत् व्यवस्थापनको झन्झटमा फसेकोे छ । 
नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा बिजुली उपलब्ध गराउन नसक्दा र विशेष आर्थिक क्षेत्र (सेज) विकास समितिले औद्योगिक क्षेत्रभित्र सवस्टेशन बनाउन नसक्दा तीन वर्षअघि नै सञ्चालनमा आउनुपर्ने सेज फसेको हो । स्थानीयवासीको अवरोधको कारणले भैरहवाको तिलोत्तमाको जोगीकुटी सवस्टेसनदेखि धकदही हुँदै सेजसम्मको विद्युत् कहिले सम्पन्न गर्ने भन्ने टुंगो छैन भने सेजभित्र निर्माण हुनुपर्ने सवस्टेशनको कामसमेत अघि बढ्न सकेको छैन । तत्कालका लागि ७ र उद्योग सञ्चालनपछि २० मेगावाट विद्युत् व्यवस्थापन नहुँदा बर्सेनि राज्यले प्रत्यक्ष डेढ अर्ब राजस्व र ७ हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी गुमाइरहेका छन् भने नेपालमा आयात बढ्दो छ । “२०५८ सालमा सेजका लागि जग्गा लिएर काम सुरु भएको थियो, सबै पूर्वाधार तयार भए पनि विद्युत् नभएर रोकिएको छ,” सेजका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, “सेज सञ्चालनमा नआउँदा बर्सेनि डेढ अर्ब गुमाइरहेका छौं, २ हजार प्रत्यक्ष गरी झण्डै ७ हजारले पाउने रोजगारी गुमको छ, विद्युत् आएको भोलिपल्टदेखि सेज सञ्चालनमा आउनेछ ।” 
चार वर्षअघि सेजले विद्युत् व्यवस्थापनका लागि भन्दै ७ करोडभन्दा बढी दिइसके पनि विद्युत् जडान भएको छैन । राष्ट्रिय योजना आयोग, उद्योग मन्त्रालयलगायतका बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीले दुई महिनाभित्र प्रसारण लाइन बनाइदिने बताए पनि ५ महिना नाघिसकेको छ तर अझै निर्माण भएको छैन । तिलोत्तमाको जोगीकुटी ग्रिड सवस्टेसनदेखि धकदहीसम्मको ३० किलोमिटर विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशानालयले निर्माण अघि बढाइरहेको छ भने धकदहीदेखि सेजसम्मको करिब १५ किलोमिटर विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयअन्तर्गतको बुटवल क्षेत्रीय कार्यालयले निर्माण अघि बढाएको छ । ६ सय १५ पोलमध्ये ५ सय पोल गाडिसकेको र देवदह नगपालिका–२, ३ र ४ का विभिन्न क्षेत्रमा रुट परिवर्तन गर्नुपर्ने भन्दै अवरोध गरेपछि आयोजनाको निर्माण कार्य अघि बढ्न नसकेको आयोजना विकास निर्देशानालय वितरण प्रणाली तथा सुदुढीकरण तथा विस्तार आयोजना अन्र्तगत बुटवल क्षेत्रीय कार्यालयका इन्चार्ज विश्वरञ्जन मिश्र बताउँछन् । 
“बाँकी १ सय १५ पोल झार्न दिएमा तार तान्नेसहित सबै काम दुई हप्ताभित्र सम्पन्न गर्छौ तर अवरोधले समस्या परेको छ, नगरपालिकाका मेयरसँग छलफल गरेर समस्या समाधानका लागि अघि बढेका छौं,” उनी भन्छन् । विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयले भने भर्खरै पोल झार्न सुरु गरेको छ । पछिल्लोपटक समेत दुई महिनाभित्र विद्युत् पुर्याई छाड्ने प्रतिवद्धता कार्यकारी निर्देशक घिसिङले गरेपछि थप दबाब भने परेको छ । बुटवल क्षेत्रीय कार्यालयका प्रमुख सुरेश क्षेत्रीसमेत समस्या नआएमा तोकिएको समयमा पूरा गर्न सकिने बताउँछन् । सेजका कार्यकारी निर्देशक भट्ट भने विद्युत् प्राधिकरणले लाइन बनाएपछि उद्योगीहरू आउने र उद्योगीहरूले आफ्नो संरचना बनाउनका लागि एक वर्ष लाग्ने भएकोले सो अवधिभित्र सवस्टेशन बन्न सक्ने बताउँछन् । एक अर्ब बराबरको लगानी भैसकेको सेज सञ्चालमा आए बर्सेनि भाडामात्र ४ करोड आउँछ भने व्यवसायीले करिब ५ अर्ब लगानी गर्न लागेको उद्योगबाट वार्षिक एक अर्बभन्दा बढी राजस्व संकलन हुन्छ । 
तीन मेगावाट सोलार
भैरहवा विशेष आर्थिक क्षेत्रभित्र तीन मेगावाट बराबरको सौर्य ऊर्जा (सोलार) निर्माण गरिने भएको छ । उद्योगबाहेक सार्वजनिक सडकका पोलमा विद्युत्, सुरक्षा निकाय, सेवा भवन, फोहोर व्यस्थापन लगायतका तीन मेगावाट बराबरको सोलार आयोजना निर्माण गरिन लागेको हो । तीन मेगावाट सोलार निर्माणका लागि अर्थ मन्त्रालयसँग ३० करोड माग गरिएको सेजका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए । उनका अनुसार प्रतिमेगावाट १० करोडका दरले बजेट माग गरे पनि यसबारे अध्ययनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई अनुरोध गरिएको छ ।

Friday, January 5, 2018

पीटीएविपरित भारतको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधि

https://www.karobardaily.com/news/development/1194 
शुक्रवार, पुष २१, २०७४
भारत सरकारले नेपालसँग भएको विद्युत् व्यापार सम्झौता (पीटीए) विपरीत अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका कार्यान्वयनका लागि कार्यविधि पठाएको छ । ऊर्जा मन्त्रालयले भारतले ल्याएको अन्तरदेशीय व्यापार निर्देशिका पीटीएविपरित भएको भन्दै भारत सरकारलाई आफ्नो प्रतिक्रिया पठाए पनि उही प्रावधानलाई कार्यान्वयन गर्नेगरी कार्यविधि पठाएको छ । १० महिनाअघि ऊर्जा मन्त्रालयले पठाएको भनिएको प्रतिक्रियाबारे कुनै उत्तर नफर्काएको भारतले उही प्रावधानलाई राखेर कार्यविधि पठाएपछि यसलाई जलविद्युत्प्रति भारतको अनुदार नीति र नेपाल सरकारको कमजोर पहलकदमीको रुपमा लिइएको छ । भारत सरकारले नेपालसँग भएको विद्युत् व्यापार सम्झौता (पीटीए) विपरीत अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका कार्यान्वयनका लागि कार्यविधि पठाएको छ । ऊर्जा मन्त्रालयले भारतले ल्याएको अन्तरदेशीय व्यापार निर्देशिका पीटीएविपरित भएको भन्दै भारत सरकारलाई आफ्नो प्रतिक्रिया पठाए पनि उही प्रावधानलाई कार्यान्वयन गर्नेगरी कार्यविधि पठाएको छ । १० महिनाअघि ऊर्जा मन्त्रालयले पठाएको भनिएको प्रतिक्रियाबारे कुनै उत्तर नफर्काएको भारतले उही प्रावधानलाई राखेर कार्यविधि पठाएपछि यसलाई जलविद्युत्प्रति भारतको अनुदार नीति र नेपाल सरकारको कमजोर पहलकदमीको रुपमा लिइएको छ । एक वर्षअघि भारतको विद्युत् मन्त्रालयले ल्याएकोे निर्देशिकामा नेपाल लगायतका छिमेकी देशमा उत्पादित बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी वा निजी कम्पनीको कम्तीमा ५१ प्रतिशत लगानी हुनुपर्ने उल्लेख छ । त्यसैगरी भारतमा बिजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत् व्यापार कम्पनीको कम्तीमा ५१ प्रतिशतसम्म स्वामित्व हुनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । यी लगायतका प्रावधान दुई देशबीच भएको सम्झौता तथा सार्क राष्ट्रहरूबीच खुला बजारको अवधारणाविपरित भएको भन्दै नेपाललगायतले देशले विरोध गर्दै आएका छन् । तर, भारत सरकारले निर्देशिका कार्यान्वयन गर्नका लागि तोकेको सेन्टर इलेक्ट्रिसिटी अथोरिटी (सीईए)को डिजेनेटेड अथोरिटी (डीए)ले पठाएको कार्यविधिमा सरकारको कुनै सुझाव नसमेटी निर्देशिका अनुसार नै कार्यविधि पठाए पनि हालसम्म कार्यविधिबारे सरकारी निकायले कुनै प्रतिक्रिया जनाएको छैन । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे निर्देशिकालाई भारत सरकारले अन्तिम रुप दिन बाँकी रहेको र अन्तिम रुप दिएपछि कार्यविधिमा परिवर्तन हुन सक्ने बताउँछन् । “विद्युत् मन्त्रालयको केन्द्रीय नियमन आयोगले अन्तिम रुप दिन बाँकी छ, निर्देशिकामा संशोधन भएपछि कार्यविधि संशोधन भइहाल्छ, यसको खास अर्थ छैन,” उनले भने, “हामीले पठाएको प्रतिक्रियाको आधारमा संशोधन हुन्छ भन्ने विश्वास लागेको छ ।”गत चैतमा ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पीटीए उल्लेख भएअनुसार नै नेपाल र भारतका सबै व्यापारी, उत्पादक र बिक्रेतालाई बिनाभेदभाव विद्युत्् आदानप्रदान गर्न दिइनुपर्ने भन्दै पत्र पठाएको जनाएको थियो । १४ फेब्रुअरी २०१७ मा नेपाल र भारतबीच भएको सचिवस्तरीय बैठकमा नेपालले निर्देशिका पुनरावलोकन गरेर औपचारिक धारणा बताउने बताएको र सोही आधारमा निर्देशिका पीटीए सम्झौताअनुरुप नदेखिएको र परिमार्जनको आवश्यकता उल्लेख गर्दै पठएको ऊर्जा मन्त्रालयको दाबी छ  । तर, निर्देशिकाबारे छलफल गर्न नेपालमा आएका भारतीय अधिकारीहरूले भने हालसम्म सरकारले कुनै प्रतिक्रिया नआएको उल्लेख गरेको जलविद्युत्का प्रवद्र्धकहरू बताउँछन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले औपचारिक रुपमा निर्देशिका पीटीएविपरित भएको र विद्युत् आदानप्रदान गर्न खुला भएको उल्लेख गर्दै विरोध जनाएपछि भारतीय अधिकारीहरू नेपाल नै आएर इप्पानका अध्यक्ष लगायतका पदाधिकारी, जलविद्युत् प्रवद्र्धक ज्ञानेन्द्रलाल प्रधान, कांग्रेस नेता गगन थापा लगायतलाई भेटेर निर्देशिकाबारे विरोध नगर्न आग्रह समेत गरेका थिए । ऊर्जा मन्त्रालयले भारतलाई पीटीएबमोजिम संशोधन गर्न सुझाव दिए पनि ती भारतीय अधिकारीहरूले हालसम्म सरकारले निर्देशिकाबारे कुनै प्रतिक्रिया नजनाएको उल्लेख गर्दै निर्देशिकाबारे विरोध नगर्न आग्रह गरेका थिए । “नेपाल र भारतबीच जलविद्युत्बारे कुनै छलफल गर्नुपरे सचिवस्तरीय समिति छ तर हालसम्म कुनै पनि बैठकमा यसबारे छलफल नहुनु र एजेण्डा नबन्नुले सरकारको पहलकदमी कमजोर देखिएको छ,” जलविद्युत्का एक प्रवद्र्धकले भने, “यदि सरकारले साँच्चै प्रतिक्रिया पठाएको हो भने भारतीय विद्युत् मन्त्रालयले केही संशोधन गर्न लागिएकोले कार्यविधि तत्काल नपठाउन भन्न सक्थ्यो ।”सरकारले जलविद्युत् क्षेत्रमा बढीभन्दा बढी वैदेशिक लगानी  भित्र्याउने र स्वदेशमा आत्मनिर्भर भएपछि छिमेकी राष्ट्र भारतलाई बेचेर आर्बौं  कमाउने लक्ष्य राखे पनि निर्देशिका कार्यान्वयन भएमा भारतबाहेक अन्य देशबाट लगानी ल्याउने र ठूला आयोजना बनाउन कठिन देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं जलविद्युत् विज्ञ ज्ञानेन्द्रलाल प्रधान निर्देशिकाका प्रावधान नहटाए विद्युत् निर्यात गर्न असम्भव रहेको बताउँछन् । “निर्देशिकाको प्रावधानअनुसार विद्युत् निर्यात असम्भव छ, निर्देशिकामा परिमार्जन आवश्यक छ,” उनले भने, “सार्क राष्ट्रभित्र खुल्ला आदानप्रसाद हुनुपर्नेमा यस्तो प्रावधान परिमार्जन नभए निर्यातमा ठूलो समस्या पर्ने निश्चित छ ।”  

Thursday, January 4, 2018

७२४ स्थानीय तहमा बिजुली पुर्याउन २ खर्ब

https://karobardaily.com/news/development/1177
बिहिवार, पुष २०, २०७४
सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार पारेको छ । राष्ट्रिय योजना आयोगले ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २४ तहमा जलविद्युत्, सौर्य ऊर्जा (सोलार), बायोमास र वायु ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने योजना तयार पारेको हो । 
नेपाल विद्युत् प्राधिकरणको सहायक इन्जिनियरिङ परामर्शदाता कम्पनीमार्फत तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनले ५ सय किलोवाट माथिका जलविद्युत् आयोजनाहरू उत्पादन भइसकेकाले ती क्षेत्रबारे भने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवेदनअनुसार पाँच वर्षभित्र हरेक स्थानीय तहमा ऊर्जाको पहुँच उपलब्ध गराउनका लागि जलविद्युत् उत्पादनका १ खर्ब ४८ अर्ब १३ करोडसहित वितरण र प्रसारणका लागि कुल २ खर्ब ४ अर्ब ५० करोड लागत लाग्नेछ । सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरेर स्थानीय तहको सहभागिता र अनुदान एवं न्यून ब्याजको ऋण व्यवस्थाबारे अध्ययन भइ आयोजना अघि बढाउनु उपयुक्त हुने प्रतिवेदनमा सुझाव दिइएको छ । हरेक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने उद्देश्यसहित गरिएको अध्ययनको प्रतिवेदन प्राधिकरणको परामर्शदाता कम्पनीले बुधबार उपलब्ध गराएको र यसलाई अन्तिम रूप दिन बाँकी रहेको योजना आयोगका सदस्य डा. अरविन्दकुमार मिश्रले जानकारी दिए । “हरेक स्थानीय तहमा ५ सय किलोवाटदेखि एक मेगावाटसम्मका ऊर्जा उत्पादनका आयोजनाहरूसहितको प्रतिवेदन तयार भएको छ, सरोकारवालाहरूसँगको छलफलपछि यसलाई अन्तिम रूप दिइनेछ,” उनी भन्छन् । 
प्रतिवेदनका आधारमा जलविद्युत्, वायोमास, सोलार र वायु ऊर्जामार्फत प्रदेश–१ मा ११७.८ मेगावाट, प्रदेश–२ मा १३० मेगावाट, प्रदेश–३ मा १०५.१० मेगावाट, प्रदेश–४ मा ८१.९० मेगावाट, प्रदेश–५ मा ९९.९० मेगावाट, प्रदेश–६ मा ७६.५० र प्रदेश–७ मा ८३ मेगावाट विजुली उत्पादन गर्ने उल्लेख छ । यीमध्ये प्रदेश–२ मा जलविद्युत्मार्फत विद्युत् हुने सम्भावना नरहेको तथा अन्य सबै प्रदेशमा सबै प्रविधिमार्फत विद्युत् उत्पादन हुनेछ । प्रतिवेदनमा प्रत्येक प्रदेशमा विद्युत्को पहुँच पुर्याउनका लागि आवश्यक सवस्टेशन, वितरण लाइन लगायतबारे समेत उल्लेख छ । 
प्रतिवेदनमा विद्युत् उत्पादन तथा प्रसारण लाइन, सबस्टेशन, वितरण लाइन र ट्रान्सफर्मर व्यवस्थापनका लागि प्रदेश–१ मा ३२ अर्ब ९३ करोड २१ लाख, प्रदेश–२ मा ३० अर्ब ५६ करोड ९४ लाख, प्रदेश–३ मा २८ अर्ब २२ करोड ९४ लाख र प्रदेश–४ मा २० अर्ब ३ करोड ६४ लाख लागत लाग्ने उल्लेख छ । त्यसैगरी प्रदेश–५ मा २४ अर्ब ८७ करोड ५ लाख, प्रदेश–६ मा ३२ अर्ब २ करोड ३ लाख तथा प्रदेश–७ मा २७ अर्ब २७ करोड ५ लाख लागत लाग्ने प्रतिवेदनले जनाएको छ । विद्युत् उत्पादनका लागि मात्र प्रदेश–१ मा २३ अर्ब ७५ करोड ६० लाख, प्रदेश–२ मा १८ अर्ब ६७ करोड ३० लाख, प्रदेश–३ मा १९ अर्ब ८८ करोड ४० लाख, प्रदेश–४ मा १३ अर्ब ३६ करोड २० लाख, प्रदेश–५ मा १८ अर्ब ३२ करोड ९० लाख, प्रदेश–६ मा २५ अर्ब २९ करोड ५० लाख र प्रदेश–७ मा २० अर्ब २४ करोड ९० लाख लागत लाग्ने प्रतिवेदनमा उल्लेख छ । 
हालै गठन भएको प्राधिकरणको सहायक कम्पनीले पहिलो कामको रूपमा हरेक स्थानीय तहमा ऊर्जाका योजनाहरू अघि बढाउन आयोगलाई प्रतिवेदन बुझाएको हो । कम्पनीले १३ टोली बनाएर देशभरिका जिल्लाहरूमा पुगेर आवश्यक सल्लाह, परामर्श र तथ्यांक संकलन गरी प्रतिवेदन तयार पारी आयोगलाई बुझाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले जानकारी दिए । “प्रतिवेदन तयार मात्र पारेको हो, यसलाई अन्तिम रूप दिन छलफल हुनै बाँकी छ,” उनले भने । 
प्रतिवेदनमा प्रत्येक स्थानीय तहमा उपयुक्त हुने ऊर्जाको स्रोत, त्यसको क्षमता, ग्रीड कनेक्सन हुने क्षेत्र र नहुने क्षेत्रमा कसरी गर्ने स्पष्ट खाका र लागतको व्यवस्थापन लगायतबारे उल्लेख छ । अति साना योजना बनाउँदा भरपर्दो र दिगो नहुने भएकोले बढी लागत र क्षमताका आर्थिक रूपमा धान्न नसक्ने योजनाहरूको सट्टा स्थानीय मागलाई आपूर्ति गर्न सक्ने खालका ५ सयदेखि एक मेगावाटसम्मका योजनाहरूमा छनोट गर्ने कार्यादेश कम्पनीले आयोगले दिएको थियो ।
क्षेत्र उत्पादन (मेगावाट) विद्युत सेवामा लगानी (करोड) 
प्रदेश–१ ११७.८ ३२९३
प्रदेश–२ १३० ३०५६
प्रदेश–३ १०५.१० २८२२
प्रदेश–४ ८१.९० २००३
प्रदेश–५ ९९.९० २४८७
प्रदेश–६ ७६.५० ३२०२
प्रदेश–७ ८३ २७२७

स्रोतः प्रतिवेदन