Thursday, March 29, 2018

७५ मेगावाटको गल्छीलाई चिनियाँ लगानी

https://karobardaily.com/news/development/3586
बिहिवार, चैत्र १५, २०७४
धादिङमा निर्माण हुन लागेको ७५ मेगावाटको त्रिशुली–गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सम्झौता भएको छ । 
सिद्धकाली पावर लिमिटेड कम्पनीले निर्माण गर्न लागेको आयोजनामा चीनको छेन्दुस्थित डङफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले लगानी गर्ने सम्झौता भएको हो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र चिनियाँ कम्पनीका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको छ । 
इन्जिनियरिङ प्रकुरमेन्ट, कन्ट्रक्सन र फाइनान्स (ईपीसीएफ) मोडेलमा चिनियाँ कम्पनीले १० अर्ब २९ करोड रुपैयाँ लगानीको सम्झौता भएको सिद्धकाली कम्पनीका अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार, निर्माण सम्पन्न भएको एक वर्षभित्र फिर्ता गर्ने प्रावधान छ । आयोजनाले लक्ष्मी बैंकको नेतृत्वमा ८ बैकहरूले ऋण लगानी गर्ने र चिनियाँ कम्पनीको लगानी फिर्ता हुनेछ । 
१४ अर्ब ५० करोड लगानी रहेको आयोजनाको निर्माणकार्य आगामी साउनदेखि सुरु गरी ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नुवाकोट र धादिङको दोसाँधमा निर्माण हुन लागेको आयोजनामा अपी पावर कम्पनी लिमिटेडले समेत लगानी गर्न लागेको छ ।

सय मेगावाटभन्दा ठूला ३० आकर्षक आयोजना

https://karobardaily.com/news/development/3567
बिहिवार, चैत्र १५, २०७४
मुलुकभरका १ सय मेगावाटमाथिका ३० उत्कृष्ट जलाशययुक्त आयोजना तत्काल अघि बढाउन सकिने अध्ययनले देखाएको छ । इन्जिनियर खिमानन्द कँडेलले गरेको अध्ययनको आधारमा तयार पारिएको पुस्तक ‘हाइड्रोपावर पोटेन्सियल अफ नेपाल’ ले प्रदेशस्तरमा यस्ता आकर्षक आयोजनाहरू रहेको उल्लेख गरेको हो । झण्डै ३५०० मिटर उचाइसम्मको क्षेत्रलाई अध्ययन गरेर तयार पारिएको पुस्तक पाँचौ नवीकरण ऊर्जा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बिहीबार सार्वजनिक हुँदैछ ।
सरकारले पहिचान गरेका आयोजनाहरूमध्येबाट कम पानीमा धेरै उचाइ (हाईहेड) र कम लागतमा बढी जलविद्युत् उत्पादन गर्न सकिने आयोजनाहरूलाई समेटेर उत्कृष्ट आयोजनाहरू चयन गरिएको इन्जिनियर कँडेलले जानकारी दिए । “प्रदेशस्तरमा आयोजनाहरू अघि बढाउन सजिलो हुने भएकोले नेपालको जलविद्युत् उत्पादन क्षमतासँगै तत्काल अघि बढाउन सकिने आयोजनाहरूलाई समेत पुस्तकले समेटेको छ,” उनले भने । उनका अनुसार अध्ययनमा देशभरका १ हजार ४ सय २३ वटा सम्भावित जलविद्युत् आयोजनाहरूको पहिचान गरी अध्ययन गरिएको छ । 
प्रदेश–२ मामात्र जलविद्युत् उत्पादनको सम्भावना नरहेको पुस्तकले देखाएको छ । अध्ययनका आधारमा तयार पारिएको पुस्तकमा प्रदेश १ अन्तर्गत अरुण नदीमा ९ सय मेगावाटको अरुण तेस्रो र ४ सय ५० मेगावाटको किमाथांका अरुणका साथै तमोर नदीको २ सय मेगावाटको तमोर स्टोरेज, १ सय ५५ मेगावाटको सुपर तमोर र १ सय २८ मेगावाटको तमोरमेगा अघि बढाउन उपयुक्त देखिएका छन् । यसबाहेक सोही प्रदेशमा ३ सय मेगावाटको दूधकोसी स्टोरेज र १ सय ११ मेगावाटको दूधकोसी पनि अघि बढाउन सकिने अवस्था छ । यी आयोजनाहरू १० वर्षभित्र सम्पन्न गर्न सकिने अवस्था छ । त्यसैगरी प्रदेश–३ मा सप्तकोसी नदीअन्तर्गतका ११ सय १० मेगावाटको सुनकोसी दोस्रो, ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो, ६ सय ५० मेगावाटको तामाकोसी दोस्रो र २ सय मेगावाटको खिम्ती शिवलरीका साथै त्रिशुली नदीमा ३ सय मेगावाटको लामङटाङ जलाशय र १ सय २० मेगावाटको भोटेकोसी अघि बढाउन सकिने अवस्था छ । यी आयोजना बन्न भने १० देखि १५ वर्ष लाग्नेछ । 
अध्ययनले प्रदेश–३ र ४ मा पर्ने १२ सय मेगावाटको बूढीगण्डकीका साथै ४ सय २० मेगावाटको बूढीगण्डकी पोर्कलाई उपयुक्त आयोजनाको रूपमा देखाएको छ । प्रदेश–४ मा मस्र्याङ्दी नदीमा ६ सय मेगावाटको अपर मस्र्याङ्दीका साथै कालीगण्डकी नदीको ३ र ४ प्रदेशका १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज र ३ सय ८० मेगावाटको बढीगाड जलाशयलाई राम्रो आयोजना रहेको अध्ययनले देखाएको छ । प्रदेश–५ को राप्ती नदी वेसिनको ३ सय मेगावाटको नौमुरे, १ सय मेगावाटको झिम्रुक आयोजनालाई अध्ययनले राम्रो आयोजना रहेको र १२ वर्षभित्र निर्माण गर्न सकिने उल्लेख गरेको छ । प्रदेश–६ अन्तर्गत भने भेरी नदी वेसिनको ४ सय १० मेगावाटको नलसिंहगाढ, ३ सय ७ मेगावाटको जगदुल्ला आयोजनालाई अघि बढाउन उपयुक्त आयोजना भएको देखिाएको छ । प्रदेश–६ मै कर्णाली वेसिनअन्तर्गतको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, ६ सय ८८ मेगावाटको वेतन कर्णाली, ९ सय मेगावाटको माथिल्लो कर्णाली, ४ सय २६ मेगावाटको फुकोट र ९ सय १६ मेगावाटको कर्णाली क्यासकेट आयोजना पनि निर्माणका लागि उपयुक्त देखाइएको छ ।
पुस्तकमा प्रदेश–७ कै सेती नदीमा ७ सय ५० मेगावाटको पश्चिम सेती र २ सय १० मेगावाटको चैनपुर सेतीका साथै ६ हजार ५ सय ७० मेगावाटको पञ्चेश्वर आयोजना अघि बढाउन उपयुक्र्त रहेको उल्लेख छ । 
नेपालको जलविद्युत् क्षमता सम्बन्धी गरिएको अध्ययन अनुसार जलविद्युत् आयोजनाको डिजाईन पानीको वहाव (क्यू) क्षमता २०, ४०, ६० र ८० प्रतिशत (वार्षिक पानी उपलब्धता) मा क्रमशः १ लाख ४७ हजार ५ सय ३५ मेगावाट, ५६ हजार २ सय ७७ मेगावाट, २७ हजार १ सय २७ मेगावाट र १८ हजार ४ सय ७१ मेगावाट देखिएको छ । यसैगरी ऊर्जा उत्पादनलाई आधार मान्ने हो भने माथिको पानीको उपलब्धताअनुसार क्रमशः वार्षिक ऊर्जा क्षमता ४ लाख ७० हजार ८९.२२ गिगावाट आवर, २ लाख ७४ हजार ७ सय ९० गिगावाट आवर, १ लाख ७३ हजार ८ सय ४६ गिगावाट आवर र १ लाख ३० हजार २ सय ३२ गिगावाट रहेको पुस्तकमा उल्लेख छ । आयोजनाहरूलाई विकास गर्न सकेमा नेपालको वार्षिक औषत ऊर्जा क्षमता ७९ हजार ७ सय ३ मेगावाट र वार्षिक ऊर्जा उत्पादन ५ लाख ६९ हजार ९ सय ६३ गिगावाट आवर हुन आउने अध्ययनले देखाएको छ ।

Wednesday, March 28, 2018

जलविद्युत् आयोजनालाई प्रतिस्पर्धात्मक रूपमा अघि बढाउनुपर्छ

बुधवार, चैत्र १४, २०७४
हाल नेपालको जलविद्युत् उत्पादन क्षमताबारेको अध्ययनका टिम लिडर डा. केपी दुलालसँग नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत्, बुटवल पावर कम्पनीलगायतका संस्था र कम्पनीमा योजना अध्ययन, निर्माणमा काम गरेको अनुभव छ । त्रिभुवन विश्लविद्यालयबाट २०५२ सालमा सिभिल इन्जिनियरिङमा स्नातक र स्विट्जरल्यान्डबाट जलस्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा. दुलालले जापानबाट नदी व्यवस्थापनमा विद्यावारिधि गरेका हुन् । विद्युत् प्राधिकरणको पूर्व सञ्चालक सदस्यसमेत रहेका डा. दुलाल विगत आठ वर्षदेखि डीके कन्सल्ट प्रालिमा आबद्ध भएर जलविद्युत् आयोजनाको अध्ययन र निर्माणका काममा समेत सक्रिय छन् । नेपालको कुल जलविद्युत् उत्पादन क्षमताबारे अध्ययन गरिरहेका दुलाल नेतृत्वको टिमले यसबारे जल तथा ऊर्जा आयोगलाई यसको प्रतिवेदनसमेत बुझाएपछि नेपालको कुल उत्पादन क्षमताबारे थाहा हुनेछ । जलविद्युत् क्षेत्रबारे लामो अनुभव रहेका र जलविद्युत विज्ञका रूपमा परिचित डा. दुलालसँग कारोबारकर्मी भीम गौतमले नेपालको जलविद्युत् उत्पादन कमजोर हुनुको कारण, संघीयतापछिको जलविद्युत् क्षेत्र, सरकारले चाल्नुपर्ने कदम र समस्याबारे गरेको कुराकानीको सार :
अहिले नेपालको जलविद्युत् आयोजनाको विकासक्रमलाई कसरी हेर्नुभएको छ ? 
नेपालको जलविद्युत् आयोजनाको विकासक्रमलाई अहिलेको अवस्थामा केही अपवादबाहेक सन्तोषजनक रूपमै मान्नुपर्छ । यस क्षेत्रका मुख्य सरोकारवालाहरूको कुरा गर्दा आजका दिनमा नेपाल विद्युत् प्राधिकरण र यसको स्वामित्वका कम्पनीहरू, स्वदेशी तथा विदेशी लगानीकर्ताहरू नै हुन् । विद्युत् प्राधिकरणको कुरा गर्दा दशकौं लगाएर भर्खर चमेलिया आयोजना सम्पन्न भयो, जसको लगानी पनि प्रतिमेगावाट ५० करोडभन्दा बढी पुगेको चर्चा छ । प्राधिकरणद्वारा बढाइएका अन्य आयोजनाहरू जस्तै— कुलेखानी तेस्रो, राहुघाट, त्रिशूली–३ ए आदि सबै ढिला तथा मूल्यवृद्धिको चपेटमा देखिन्छन् । विद्युत् प्राधिकरण व्यवस्थापनले विद्युत् मागलाई उचित सम्बोधन गरेर लोडसेडिङमुक्त गरे पनि आयोजना निर्माणको समस्या भने समाधान गर्न सकेको देखिँदैन । त्यस्तै विद्युत् प्राधिकरणको स्वामित्वका कम्पनीमार्फत अघि बढाइएका आयोजनाको हालत पनि उस्तै देखिन्छ । भूकम्प, नाकाबन्दी लगायतका कारणबाट तीन वर्षसम्म ढिलो उत्पादन गर्न सक्ने चर्चा सुनिन्छ । स्वदेशी निजी क्षेत्रबाट बढाइएका केही आयोजनाहरू पनि विभिन्न समस्यासँग जुध्दै अगाडि बढिरहेका छन् । विदेशी लगानीमार्फत बढाइएका आयोजनाहरूमध्ये भारतीय कम्पनीका आयोजनाहरू अरुण तेस्रा र कर्णाली पनि अन्योलमै देखिन्छन् । अन्य मुलुकका लगानीकर्ताबाट बनेका केही सीमित आयोजना मात्र बनेका छन् । नयाँ आयोजनाहरू खासै बढेको अवस्था देखिँदैन ।
सम्भावना धेरै भएर पनि किन उत्पादन हुन नसकेको जस्तो लाग्छ ? 
नेपालमा जलविद्युत् विकासले १ सय वर्षको इतिहास बनाइसक्दा र उत्पादनको सम्भावना पनि अधिक रूपमा रहे पनि आवश्यकअनुसार विकास भएको छैन । सर्वप्रथम हाम्रो भौगोलिक अवस्थाले जलविद्युत्को प्रचार सम्भावना देखायो, तर त्यही भौगोलिक अवस्थाका कारण दूरदराजमा रहेका गाउँहरूमा विद्युत् पु¥याउन अति नै महँगो सावित हुनाले देशको माग बढ्न सकेन । देशको कमजोर आर्थिक अवस्था, दशकांैको देशले भोगेको राजनीतिक द्वन्द्व र नीति निर्माताको दूरदर्शिताको कमीका साथै भारत र चीनबीचको जियोलोजिकल अवस्थाको चपेटामा परेर पनि यो क्षेत्रको विकास हुन नसकेको हो ।
नेपालमा जलविद्युत् उत्पादनका योजनाहरू त धेरै आए, नीति पनि धेरै आए, तर किन कार्यान्वयनमा आउन सकेनन् ? 
कागजी रूपमा नीतिहरू धेरै आए, तर कार्यान्वयन पक्ष धेरै नै कमजोर देखियो । सर्वप्रथम जतिबेला नीति आयो, त्यति बेला निजी क्षेत्र र हाम्रा बैंकिङ क्षेत्रहरू तयार नै थिएनन् । सरकारले नीति ल्याउनेबित्तिकै निजी क्षेत्रबाट आयोजना बनिहाल्छन् भन्ने सोच गलत सावित भएको हो । नीति नियम आएको २५ वर्ष भइसक्दा निजी क्षेत्र आयोजना बनाउन तयार भइरहेका छन्, तर अहिले लगानीमा समस्या देखिन थाल्यो, त्यस्तै सामाजिक समस्या र राजनीति अस्थिरताका कारणबाट आयोजनाहरू समयमा बन्न सकेनन् । सरकारले सुरक्षा पनि दिएन र अभिभावकको भूमिका पनि देखाउन सकेन । आजसम्म बनेका आयोजनाहरू निजी क्षेत्रको आफ्नै पहल र सक्रियताबाट मात्र बन्न सकेको अवस्था हो ।
नयाँ सरकार गठन भएको छ, जलविद्युत् उत्पादनका लागि अब कसरी अघि बढ्नुपर्छ ? 
नयाँ सरकार गठन भएको अवस्थामा जलविद्युत् क्षेत्रका विद्यमान समस्या समाधानका लागि पहल गर्नुपर्ने मुख्य एजेन्डाहरूका साथै केही नयाँ प्रयास जरुरी छ । नेपालमा भएका ऊर्जाका स्रोतहरूमध्ये प्रमुख रहेको जलविद्युत्लाई अन्यसँग प्रतिस्पर्धात्मक बनाउन सके मात्र यो क्षेत्रको दिगो विकासको सम्भावना खुल्नेछ । यस क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनका लागि जलविद्युत् क्षेत्रको निर्माण, अध्ययन र सञ्चालनका क्षेत्रहरू समेट्दै शोध तथा अनुसन्धानलाई सरकारले मूल रूपमा अगाडि बढाउनुपर्छ । यस कार्यबाट सस्ता आयोजनाहरूको छनोट, कम लागतमा निर्माणका साथै कम मर्मत तथा सञ्चालन गर्ने जस्ता नतिजाहरू प्राप्त हुनेछ, जसका कारण जलविद्युत् क्षेत्र प्रतिस्पर्धात्मक बन्नेछ । यसकारण जलविद्युत् आयोजना प्रतिस्पर्धात्मक रूपमा अघि बढाउनुपर्छ ।
कस्ता नीति र कार्यक्रम ल्याउन सके जलविद्युत्मा उपलब्धि हासिल गर्न सकिने अवस्था छ ? 
जलविद्युत्मा नीतिको अभावले विकास नभएको होइन, तर दिगो विकास र समृद्धि नै जलविद्युत्बाट हुने गरी नीति बनाइएको छैन । वैदेशिक लगानी आकर्षण गर्न सकिएको अवस्था अहिलेसम्म देखिँदैन । कमजोर मुद्रा भएको मुलुकले डलरमा खरिद–बिक्री गर्न आनाकानी गर्ने, एकद्वार प्रणाली भने पनि दर्जनौं मन्त्रालय र विभाग धाउनुपर्ने बाध्यता उस्तै रहने, सामाजिक समस्या र सुरक्षा नै आज देखिएका मुख्य सम्बोधन गर्नुपर्ने समस्या हुन्, साथसाथै राजनीतिक अवस्थाले नीतिहरू पनि परिवर्तन भइरहने अवस्था देखिएकाले दिगो विकासका निम्ति नीतिहरूमा स्थिरता र एकरूपता हुन पनि जरुरी देखिएको छ ।
प्रसारणलाइनमा ठूलो समस्या देखिएको छ, यसलाई समाधान गर्न के गर्नुपर्छ ? 
प्रसारणलाइन निर्माणमा दुईवटा मुख्य समस्या देखिएका छन् । पहिलो— जग्गा प्राप्ति र दोस्रो— वनजंगलमा आयोजना निर्माण । मुख्य समस्याका रूपमा जग्गा प्राप्ति निकै गाह्रो भएको छ । जग्गा उपयोगलाई व्यवस्थित बनाएर जग्गाको स्वामित्व सरकारसँग रहने गरी जग्गालाई व्यापारको वस्तु बन्ने अवस्थाबाट हटाउनु नै आजको मुख्य चुनौती हो । अन्य मुलुकजस्तै सरकारको स्वामित्वमा सबै जग्गा रहने र किनबेचमा कडा नीति अवलम्बन गर्न सके यो समस्या समाधान हुन सक्छ । अर्कातर्फ वनजंगल प्रयोगको हकमा सरकार, वन मन्त्रालयमार्फत नीति–नियम परिमार्जन गरे प्रसारणलाइनका लागि वनको उपयोग सहज हुने देखिन्छ । 
संघीय ढाँचाअनुरूप जलविद्युत् क्षेत्रलाई कसरी अघि बढाउनुपर्छ ?
अब संघीय व्यवस्थाअनुसार अघि बढ्दा केन्द्रीय सरकारबाट ठूला र बहुउद्देश्यीय खालका र निर्यात प्रयोजनका लागि बनाइने आयोजना बनाउने गरी अघि बढ्नुपर्छ भने मझौला खालका आयोजना र आफ्नो प्रयोगका निम्ति बन्ने आयोजनालाई प्रदेश सरकारमार्फत बढाउनुपर्छ । स्थानीय स्तरबाट लघु जलविद्युत् र साना खालका घरायसी प्रयोगका लागि सौर्य ऊर्जा आयोजनाहरू बढाउन सहयोग र समन्वय गर्नुपर्ने देखिन्छ । संघीय सिमानामा बग्ने नदीहरूमा केन्द्र सरकारमार्फत लाभ हानिलाई उचित विवरणसहित केन्द्र सरकारमार्फत बढाउँदा बिनाविवाद आयोजना अघि बढाउन सकिने देखिन्छ ।
वितरण प्रणाली स्थानीय सरकारमार्फत अघि बढाउने भनिएको छ, प्राविधिक रूपमा यो कत्तिको सम्भव देख्नुहुन्छ ? 
वितरण प्रणाली स्थानीय सरकारलाई जिम्मा लगाउन सकिन्छ । अन्य मुलुकहरूमा पनि वितरण प्रणाली स्थानीय स्तरका कम्पनीमार्फत सञ्चालन भएका हुन्छन् र नेपालमा पनि सामुदायिक विद्युतीकरणमार्फत वितरणमा स्थानीय समुदायमार्फत गरिसकिएको छ । यसबाट चुहावट नियन्त्रणमा सहयोग पुग्नेछ । प्राविधिक क्षमताका लागि प्रदेश र केन्द्रले सहयोग भने गर्नुपर्छ । 
जलविद्युत् क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच कसरी समन्वय र सहकार्य हुनु जरुरी छ ? 
देश संघीयतामा गइसकेपछि अधिकार बाँडफाँडमा अन्योल देखिएको छ । आयोजनाहरूको विकास–निर्माणमा असर नगरी अघि बढाउन स्थानीय, प्रदेश र केन्द्रबीच राम्रोसँग समन्वय हुनु जरुरी छ । भर्खर स्थानीय तहबाट जलविद्युत् उत्पादनकर्ताहरूलाई नयाँ कर निर्धारण गरी चिठी लेखिएको सुन्न थालिएको छ, जुन पूर्ण रूपमा गलत हो । जलविद्युत् आयोजनाहरूले तिर्ने कर तथा राजस्वहरू ऐनले नै व्यवस्था गरेर निर्धारण गरिसकेको अवस्थामा कर लगाउन खोज्नु कानुनविपरीत कार्य हो । अर्कातर्फ स्थानीय तहले आफ्नो हिस्साका लागि कानुन बनाउन लाग्नुपर्छ । संविधानले स्थानीय प्रदेश तथा केन्द्रलाई अधिकार बाँडफाँड गरिदिएकाले आयोजना निर्माणमा अन्योल देखिएको छ । तर, हालको अवस्थामा स्थानीय र प्रदेशबाट काम बढ्न सक्ने क्षमता एकदमै न्यून देखिन्छ, प्राविधिक जनशक्तिका अभावमा । भोलि अधिकार बाँडफाँडमा पनि सतर्क हुनु जरुरी छ, नत्र अधिकारको अन्योलताले काममा उपरोध उत्पन्न हुनेछ । 
नेपालको जलविद्युत् उत्पादन क्षमताबारे अन्योल छ, तपाईं अहिले परामर्शदाताका रूपमा यसको अध्ययनमा हुनुहुन्छ, यसबारे के भन्नुहुन्छ ? 
हो, अहिले नेपालको जलविद्युत् क्षमता कति छ भनेर अध्ययन भइरहेको छ, जुन धेरै महŒवपूर्ण अध्ययन हो, किनभने नेपालको क्षमता आधिकारिक रूपमा अध्ययन भएको थिएन । एक जना विद्यार्थीको अध्ययन निष्कर्षलाई नै नेपालको क्षमता मानिरहेको अवस्था थियो । आजभन्दा ५० वर्ष अघि गरिएको अध्ययन जुन सीमित स्रोत र तथ्यांकमा आधारित थियो र अहिले प्राविधिक क्षमता र तथ्यांक उपलब्धता तथा विश्लेषण सबै हिसाबबाट पनि आज गरिने अध्ययन ५० वर्षपहिले गरिएको अध्ययनभन्दा सबै कोणबाट परिष्कृत र यथार्थपरक हुनेछ । हामी पनि अध्ययनको अन्तिम परिणामलाई छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउने गरी काम गरिरहका छौं ।
पानी बहाव (क्यू) कतिमा बनाउने भन्नेबारेमा फरक–फरक धारणाहरू छन्, यसलाई कसरी अघि बढाउँदा ठीक हुन्छ ? 
आयोजना छनोट गर्दा पानीको मात्रा कति राख्ने भन्ने कुरा धेरै विषयवस्तुसँग सम्बन्धित हुन्छ । जस्तै— बजारको अवस्था, विद्युत्को माग, विद्युतीय लगानी र आम्दानीसम्बन्धी अर्थशास्त्र, आयोजनाको किसिम आदिका सन्दर्भमा कुरा गर्दा हामीले पहिला ६५ प्रतिशत पानीको बहावमा आयोजना छनोट गरेका थियौं, पछि ४० प्रतिशतमा ग¥यौं र अहिले फेरि ४५ प्रतिशतमा आयोजना बनाउन थालिएको छ, तर जलाशययुक्त आयोजना तथा पिकिङ रन अफ द रिभर खालका आयोजनाहरू फरक बहावका आधारमा बढाइएको छ । हाल ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले आयोजना छनोट गर्दा ४० प्रतिशतका आधारमा गर्ने गरिएकाले अध्ययनको बहावको मात्रा ४० प्रतिशत रहने गरी आयोजनाको क्षमता तोकिएको हो । अहिलेको अवस्थामा रन अफ रिभरहरूमा यो नै ठीक छ ।

Monday, March 26, 2018

५ सय मेगावाटभन्दा ठूला आयोजना हस्तान्तरण विवादमा

https://karobardaily.com/news/development/3466
सोमवार, चैत्र १२, २०७४
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयअनुसार हस्तान्तरण गर्नुपर्ने ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयअनुसार हस्तान्तरण गर्नुपर्ने ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ । फागुन अन्तिम साता ओलीको अध्यक्षतामा बसेको बैठकले ५ सय वा सोभन्दा माथिका सबै आयोजनाको पहिचान, छनोट तथा नियमन गर्ने निर्णय गरेपछि लगानी बोर्डले एक साताअघि सबै आयोजनाको सक्कल फाइल १५ दिनभित्र बोर्डमा हस्तान्तरण गर्न पत्र पठाएको थियो । तर, जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) दिने अधिकार बोर्डलाई नभएको भन्दै ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण र अन्य निकायहरू आयोजनाहरू हस्तान्तरणबारे अन्योलमा परेका छन् । यही कारण हालसम्म उनीहरू प्रधानमन्त्रीको निर्णय कार्यान्वयन गर्ने वा कानुनी व्यवस्थाअनुसार गर्ने भन्ने अलमलमा परेका हुन् । प्रधानमन्त्रीको यही निर्णयका कारण हाल विभागद्वारा अनुमतिपत्र दिइएका र अध्ययनको चरणमा रहेका झण्डै २० हजार मेगावाटका आयोजनाको निर्माण र अध्ययन अन्योलमा परेको भन्दै यसको आलोचनासमेत भएको छ । ऊर्जा मन्त्रालयका अधिकारीहरूले कानुन मन्त्रालयले ५ सय मेगावाटमाथिका आयोजनाको अनुमतिपत्र (लाइसेन्स) दिने अधिकार ऊर्जाकै रहेको भन्दै पत्र पठाएर निक्र्योल गरेकोले लगानी बोर्डमा हस्तान्तरण गर्न कानुनी रूपमा समेत समस्या रहेको बताउँदै आएका छन् । “लगानी बोर्ड र ऊर्जा मन्त्रालयबीच केही समस्या देखिएकोमा कानुन मन्त्रालयले स्पष्ट पारिसकेकाले प्रधानमन्त्रीलाई यसबारे जानकारी नदिएर ५ सय मेगावाटमाथिका आयोजनाहरू हस्तान्तरण गर्ने निर्णय गराइयो,” ऊर्जाका एक अधिकारीले भने, “ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्रीसँग यसबारे कुरा गरेपछिमात्र पठाउने वा नपठाउने टुंगो लाग्ने बताउनुभएको छ, त्यसपछि मात्र निर्णय हुनेछ ।” मन्त्री पुनले भने आफूले यसबारे छिट्टै प्रधानमन्त्रीसँग छलफल गर्ने र एउटा निर्णयमा पुग्ने बताए । लगानी बोर्डका अधिकारीहरूले भने ऊर्जा मन्त्रालयले राष्ट्रलाई फाइदा हुनेगरी प्रतिस्पर्धामा परियोजनाहरू अघि बढाउनुपर्नेमा आफूखुसी लाइसेन्स दिँदै आएको र बोर्डले प्रतिस्पर्धाका आधारमा दिने गरेको बताएका छन् । उनीहरूले लगानी बोर्ड ऐनको दफा १० र २० ले ५ सय र सोभन्दा माथिका आयोजनाहरूको लाइसेन्स दिने अधिकार लगानी बोर्डलाई दिएकोले सोहीअनुसार निर्णय गरिएको दाबी गरेका छन् । दफा २० बमोजिम कुनै परियोजनामा लगानी गर्न चाहाने कुनै पनि व्यक्तिले परियोजना लगानीको प्रस्तावसहित बोर्डसमक्ष तोकिएबमोजिमको ढाँचामा दस्तुरसहित निवेदन दिनुपर्ने उल्लेख गर्दै लगानीकर्ताको प्रस्ताव र यसबारे बनाइने विशेषज्ञ वा कार्यदलले स्वीकृति गरेमा बोर्डले लाइसेन्स दिन सक्ने उल्लेख गरेको छ । लगानी बोर्डको दफा ९ मा भने ५ सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलविद्युत् उत्पादन परियोजनामा हुने लगानी लगायतका ठूला परियोजनाहरू कार्यान्वयन गर्न आवश्यक हुने लगानी बोर्डको ऐनबमोजिम कार्यान्वयन गरिने उल्लेख छ । बोर्डले दफा ९ उल्लेख गर्दै ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण लगायत सबै निकायले अध्ययन गरिरहेका वा अध्ययन सकेका सबै आयोजनाहरूको प्रतिवेदन जेजस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा १५ दिनभित्र बुझाउन समेत निर्देशन दिने निर्णय गरेको भन्दै पत्र काटेको छ । ऊर्जा मन्त्रालयले भने विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० का साथै लगानी बोर्ड गठन भएपछि भएको नियमावलीको चौथो शंसोधन २०७३ ले समेत जलविद्युत् आयोजनाको लाइसेन्स दिने अधिकार ऊर्जा मन्त्रालयलाई दिइएको बताएको छ । बोर्डको पत्रसँगै विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिसकेका, अध्ययरत र अध्ययन सकेर निर्माणमा जान लागेका तथा विभागले अनुमतिपत्र (लाइसेन्स) दिएका ती आयोजनाहरूमा अन्योल देखिएको छ । एउटा चरणमा पुगेका आयोजनाहरू अर्को निकायमा हस्तान्तरण गर्दा ति आयोजनाहरू अघि बढ्न समय लाग्ने तथा बोर्डसँग अघि बढाउन क्षमता नभएको तर्क ऊर्जाको छ । ऊर्जा मन्त्रालयका अनुसार, लगानी बोर्डले लाइसेन्स दिनका लागि विद्युत् ऐन र नियमावली लगायतमा उल्लेख भएका लाइसेन्ससम्बन्धी एक दर्जन प्रावधानहरू निष्कृय बनाएपछि मात्र बोर्डले लाइसेन्स दिन सक्छ । लगानी बोर्डको दफा १९ ले भने ऐनको कार्यान्वयन गर्दा कुनै बाधा अड्चन देखा परेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आदेश जारी गरी त्यस्तो बाधा अड्चन फुकाउन सक्ने उल्लेख गरेको छ ।   

इपीसीएफ मोडेलमा चीनको लगानी खिम्तीमा

https://karobardaily.com/news/development/3486
सोमवार, चैत्र १२, २०७४
पहिलोपटक इपीसीएफ मोडेलमा चीनको लगानी खिम्तीमापहिलोपटक इपीसीएफ मोडेलमा चीनको लगानी खिम्तीमाकारोबार संवाददाताकाठमाडौ, ११ चैतचिनियाँ कम्पनीले इन्जिनियरिङ प्रकुमेन्ट कन्ट्रक्सन विथ फाइनान्स (इपीसीएफ) मोडेलमा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा लगानी गरेको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको खिम्ती–२ आयोजनाका लागि चीनको चोङक्विङ वाटर टर्बाइन वक्र्स (सीडब्लूटीडब्लू) ले ८ करोड ८० लाख डलर अर्थात् करिब ९ अर्ब लगानी गरेको हो । “इपीसीएफ मोडेलमा चिनियाँ कम्पनीले नेपालमा लगानी गरेको पहिलो हो ।” कम्पनीका अध्यक्ष कृष्ण आचार्यले भने, “हालै चीन पुगेर हामीले लगानीबारे सम्झौता गरिसकेका छौ, कम्पनीका प्रतिनिधिहरू समेत सहभागितामा नेपालमा छिट्टै सम्झौताको आदानप्रदान हुँदैछ ।”
सिभिल, हाइड्रो मेकानिकल, ट्रान्समिसन लाइनलगायतका सबै काम ईपीसी मोडेलमा निर्माणको ठेक्कासमेत लिएको कम्पनीले गरेको लगानी भने ७ सय दिनभित्र उपलब्ध गराउने गरी कम्पनीले सम्झौता गरेको छ । कम्पनीका सञ्चालक सदस्य दिलसुन्दर श्रेष्ठका अनुसार, तीन वर्षभित्र निर्माण पूरा गरेर ७ सय दिनभित्र चिनियाँ कम्पनीले गरेको लगानी फिर्ता गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार, सीडब्लूटीडब्लूलाई कम्पनीले सुरुमा १० प्रतिशत रकम भने पेश्की स्वरुप दिनेछ । सात सय दिनभित्र ऋण तिर्नका लागि भने कम्पनीले यसअघि नेपाली बैंक हरूको नेतृत्वमा ९ वाणिज्य बैंक सँग वित्तीय व्यवस्थापनका लागि कम्पनीले साढे ६ अर्ब बराबर ऋण लिनेबारे सम्झौता गरिसकेको छ । कम्पनीले करिब दुई वर्षको अवधिमा २ अर्ब ५० करोड आम्दानी हुने भएकाले बैंकबाट लिएर चिनियाँ कम्पनीबाट लिइएको ऋण तिरिने आयोजनाले जनाएको छ ।
 आगामी वैशाखदेखि निर्माण सुरु गरेर आयोजनाले २०७८ सालको साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनामा प्रशारण लाइनको कुनै समस्या नभएको अध्यक्ष आचार्यले जानकारी दिए । विद्युत् सर्भेक्षण अनुमति लिँदा सहकारीमार्फत अघि बढ्ने बताउँदै पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेडमार्फत आयोजना अघि बढाएको थियो तर उद्योग मन्त्रालयले आयोजना अघि बढाउनका लागि सहकारीलाई नमिल्ने भन्दै अनुमति नदिएपछि र सहकारीमार्फत आयोजना बनाउँदा स्टक एक्सचेन्जमा समेत गणना नहुने भएकाले कम्पनीको रूपमा रूपान्तरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । आयोजनाले ९९ प्रतिशत जग्गा खरिद तथा सडकलगायतका पहुँच पूर्वाधारहरू निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाको ९ वर्षभित्र प्येब्याक पेरियड रहेको आयोजनाको वार्षिक १ अर्ब ४० करोड तथा ८ पटकसम्म स्कालेसनको कारणले ९औं वर्षमा १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

Friday, March 23, 2018

भूकम्पले क्षति पुर्याएका साढे तीन लाख संरचना बन्दै

https://karobardaily.com/news/development/3405
शुक्रवार, चैत्र ९, २०७४
भूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचनामध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका संरचनामध्ये भूकम्पको तीन वर्षपछि बल्ल आधा संरचनाको निर्माण कार्य अघि बढेको हो । भूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचनामध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका संरचनामध्ये भूकम्पको तीन वर्षपछि बल्ल आधा संरचनाको निर्माण कार्य अघि बढेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले हालसम्म १ लाख १४ हजार २ सय संरचना मात्र निर्माण पूरा भएको र अन्य पूर्वाधारहरूको निर्माण कार्य दु्रतगतिमा भइरहेको जानकारी दिए । “अहिले पुनर्निर्माणको कार्य द्रुतगतिमा अघि बढेको छ, धेरै निर्माणाधीन अवस्थामा छन्,” उनले भने । प्राधिकरणका अनुसार ३ लाख ६७ हजार १ सय ६५ निजी घर पुनर्निर्माण भइरहेका छन् । प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत मसान्तलाई तोकेपछि निजी आवास पुनर्निर्माणमा बढी सक्रियता देखिएको प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुषालले जानकारी दिए । हालसम्म १ लाख ९ हजार ५ सय निजी निर्माण भइसकेका छन् । ४ सय ८३ सार्वजनिक भवनमध्ये हाल १ सय २० निर्माणाधीन अवस्थामा छन् भने ६ ओटा मात्र निर्माण सम्पन्न भएका छन् । त्यसैगरी, भूकम्पबाट ७ सय ५३ सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएकोमा ३ सय १० निर्माणाधीन अवस्थामा छन् भने १ सय ८३ सम्पन्न भएको प्राधिकरणले जनाएको छ । त्यसैगरी ७ हजार ५ सय ५३ शैक्षिक संस्था क्षतिग्रस्त रहेकोमा १ हजार ४ सय १५ निर्माणाधीन छन् भने २ हजार ९ सय ३४ को निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । त्यसैगरी १ हजार १ सय ९७ स्वास्थ्य संस्था भूकम्पबाट क्षतिग्रस्त भएकोमा २ सय ५५ निर्माण सम्पन्न भएका छन् भने ९४ निर्माणाधीन छन् । भूकम्पबाट ३ हजार २ सय १२ खानेपानी आयोजनाहरूको प्रणालीमा क्षति पुगेकोमा ९ सय ४ निर्माण सम्पन्न भएका छन् भने ९ सय ६५ निर्माणाधीन अवस्थामा छन् । प्राधिकरणले तीन बर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि त्यो अवधि सकिन अब एक महिना मात्र बाँकी छ । अन्य पूर्वाधारहरू पाँच बर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । अधिकांश पूर्वाधार निर्माणको अवस्था कमजोर देखिएपनि प्राधिकरणका अधिकारीहरूले बाँकी दुई वर्षमा अवधिमा सम्पन्न गर्ने जनाएका छन् । 

Tuesday, March 20, 2018

प्रधानमन्त्रीको निर्णयले २० हजार मेगावाटका आयोजना अन्योलमा

https://karobardaily.com/news/development/3325
बुधवार, चैत्र ७, २०७४
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २ सय ९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । गत फागुन २५ मा बसेको बैठकले ५ सय वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबै आयोजनाहरू अन्योलमा परेका हुन् । बोर्ड बैठकले प्रधानमन्त्रीकै रुचीमा यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २ सय ९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । गत फागुन २५ मा बसेको बैठकले ५ सय वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबै आयोजनाहरू अन्योलमा परेका हुन् । बोर्ड बैठकले प्रधानमन्त्रीकै रुचीमा यस्तो निर्णय गरेको हो । ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणले अध्ययनका क्रममा रहेका र अध्ययन सकेर निर्माणमा जान लागेका तथा विभागले अनुमतिपत्र (लाइसेन्स) दिएका ती आयोजनाहरूमा यस्तो अन्योल देखिएको हो । सो निर्णयसँगै विद्युत् विकास विभागले अध्ययन गरिरहेको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीदेखि विद्युत् प्राधिकरणले अघि बढाउन लागेको ८ बूढीगण्डकी र कर्मचारी सञ्चय कोषले अघि बढाउन लागेको बेतन कर्णालीसम्मको निर्माणमा असर पर्ने देखिएको विद्युत् विकास विभागका अधिकारीहरूले बताएका छन् । “यो निर्णय कार्यान्वयन भएमा अहिले विकासका चरणमा रहेका हजारौं मेगावाटका ठूला आयोजनाहरू प्रत्यक्ष प्रभावित हुनेछन्, निर्णयसँगै आयोजना निर्माणमा अन्योलता देखिइसकेको छ,” ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, “१० वर्षमा १० हजार मेगावाट बनाउने र त्यसमा ५० प्रतिशत जलाशययुक्त आयोजना बनाउने सरकारको योजना छ, यसमा अधिकांश ५ सय मेगावाटमाथिका जलाशययुक्त आयोजना छन्, यी सबैमा असर पर्नेछ ।” ऊर्जा मन्त्रालय र बोर्डबीच लाइसेन्स दिने विषयमा विवाद भइरहेका बेला प्रधानमन्त्रीले ऐनमा स्पष्ट भएको भन्दै सबै लगानी बोर्डको मातहतमा ल्याउनुपर्ने बताएका थिए । तर, सोही बैठकमा उपस्थित ऊर्जासचिवलगायत कोही नबोलेपछि यस्तो निर्णय भएको बैठकका एक सहभागीले जानकारी दिए ।५ सय मेगावाट र यसभन्दा माथिका जलविद्युत् आयोजनाहरूको लाइसेन्सबारे विवाद बढेपछि हालै कानुन मन्त्रालयले यसको कार्यक्षेत्र ऊर्जा मन्त्रालयको भएको राय दिएको थियो । तर, लगानी बोर्ड ऐन २०६८ को दफा ९ उल्लेख गर्दै बैठकले ५ सय र यसभन्दा माथिका आयोजनाहरूको पहिचान र छनोटका साथै हाल जलस्रोत तथा ऊर्जा मन्त्रालयले अनुमतिपत्र प्रदान गरी नियमन गर्दै आएका सबै आयोजनाहरूको सक्कल फाइल बोर्डमा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरी ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलगायत सबै निकायले अध्ययन गरिरहेका वा अध्ययन सकेका सबै आयोजनाहरूको प्रतिवेदन जेजस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा १५ दिनभित्र बुझाउन समेत निर्देशन दिने निर्णय गरेको छ । निर्णयअनुसार लगानी बोर्डले ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई तीन दिनअघि पत्राचारसमेत गरिसकेको छ । “लगानी बोर्डको निर्णयअनुसार ५ सय र सोभन्दा माथिका आयोजनाहरू अघि बढाउन पत्राचार गरिसकेका छौं।” लगानी बोर्डका सहसचिव मधु भेटुवालले भने । ऊर्जा मन्त्रालयका अधिकारीहरू भने प्रचलित विद्युत् ऐनअनुसार सबैखाले लाइसेन्स दिने अधिकार ऊर्जा मन्त्रालयसँग रहेको तथा लगानी बोर्डको ऐनसँग लगानी जुटाउने अधिकारमात्र रहेको जिकिर गर्दै आएका छन् । विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० का साथै लगानी बोर्ड गठन भएपछि भएको नियमावलीको चौथो संशोधन २०७३ ले समेत जलविद्युत् आयोजनाको लाइसेन्स दिने अधिकार ऊर्जा मन्त्रालयलाई दिएको छ । लगानी बोर्डको दफा ९ मा भने ५ सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलविद्युत् उत्पादन परियोजनामा हुने लगानीलगायतका ठूला परियोजनाहरू कार्यान्वयन गर्न आवश्यक हुने लगानी बोर्डको ऐनबमोजिम कार्यान्वयन गरिने उल्लेख छ । लगानी बोर्डको पत्रपछि ऊर्जा मन्त्रालयमा अब के गर्ने भन्ने अन्योल बढेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरे लगानी बोर्डबाट पत्र प्राप्त भएको र यसबारे मन्त्रालयमा छलफल भइरहेको बताउँछन् । “बोर्डबाट पत्र प्राप्त भएको छ, प्रचलित कानुनमा लाइसेन्स दिने अधिकार ऊर्जा मन्त्रालयमा रहेकोले अब के गर्ने भनेर छलफल भइरहेको छ, टुंगो लागेको छैन,” उनले भने । विद्युत् विकास विभागको तथ्यांकअनुसार लगानी बोर्डको निर्णय कार्यान्वयन भएमा विभागद्वारा अध्ययन भइरहेका कर्णाली चिसापानीका साथै १ हजार १ सय १० मेगावाटको सुनकोसी तेस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो आयोजनामासमेत असर पर्नेछ । कर्णाली चिसापानीबारे प्रारम्भिक अध्ययन भइरहे पनि सुनकोसी दोस्रो र तेस्रोको सम्भाव्यता अध्ययन भइरहेको छ । त्यसैगरी, बोर्डको निर्णयले विद्युत् विभागमार्फत लाइसेन्स पाएर सञ्चय कोषले अघि बढाउन लागेको ६ सय ८८ मेगावाटको आयोजनाका साथै अघिल्लो सरकारले चिनियाँ कम्पनीलाई दिएको लाइसेन्स रद्द गरेर विद्युत् प्राधिकरणमार्फत अघि बढाउन लागेको १२ सय मेगावाटको बहुचर्चित बूढीगण्डकी आयोजनामा भने असर पर्नेछ । यसका लागि प्राधिकरणले कम्पनी मोडेलमा जाने गरी प्रक्रिया अघि बढाइसकेको छ । यसैगरी, यसबाट विद्युत् विभागले लाइसेन्स दिएको ६ सय ५० मेगावाटको तामाकोसी तेस्रोको आयोजनालाई समेत असर पर्नेछ ।विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनलाई सोमबार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जानकारी अनुसार प्राधिकरणले ५ सय मेगावाटमाथिका ५ हजार २ सय मेगावाटका ५ आयोजनामा अघि बढाउने गरी केही कम्पनी निर्माण गरिसकेको र केही गर्ने क्रममा छ । बोर्डको निर्णयले यी सबै आयोजनाहरूमा अन्योल थपिएको छ । सुरुमा ३ सय मेगावाट रहेको उत्तरगंगा आयोजनालाई प्राधिकरणले ८ सय २८ मेगावाटमा, ७ सय ६२ मेगावाट क्षमता रहेको तमोरलाई १ हजार २ सय १०, पहिला ३ सय ३५ मेगावाट भनिएको अपर अरुणलाई ७ सय मेगावाट बढाउने गरी प्राधिकरण अघि बढेको छ । यस्तै, प्राधिकरणले १ हजार ७ सय ७२ मेगावाटको मनाङ चामे आयोजना अघि बढाउने तयारी गरेको छ । अहिलेकै अवस्थामा लगानी बोर्डले अघि बढेका ठूला आयोजनाहरूको निर्माण प्रक्रियालाई अघि बढाउन नसक्ने जलस्रोत विज्ञहरू बताउँछन् । उनीहरूको शब्दमा अहिले बोर्डसँग ठूला आयोजनाहरूको हालसम्म भएका प्रतिवेदनहरूको चाङ राख्ने ठाउँमात्र होइन, त्यसलाई पढ्ने जनशक्ति समेत छैन । 

१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफामा

https://karobardaily.com/news/development/3283
मंगलबार, चैत्र ६, २०७४
आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्ष १ अर्ब ५० करोड बराबर घाटा हुने अनुमान गरिएको थियो भने गत भदौमा सम्पन्न प्राधिकरणको वार्षिकोत्सवमा ९७ करोड ८९ लाख घाटा देखाइएको थियो  । तर, प्राधिकरणको अन्तिम लेखापरीक्षणका क्रममा आश्चार्यजनक नतिजा देखिएको छ । दोस्रो आर्थिक पुनर्संरचना २०७३-०७४ पछि समायोजन गरिएका आधारमा विवरण तयार भएको र वित्तीय विवरणबारे अन्तिम प्रतिवेदन बाँकी रहेकोले केही संशोधन हुनसक्ने प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो । गत वर्ष १ अर्ब ५० करोड बराबर घाटा हुने अनुमान गरिएको थियो भने गत भदौमा सम्पन्न प्राधिकरणको वार्षिकोत्सवमा ९७ करोड ८९ लाख घाटा देखाइएको थियो  । तर, प्राधिकरणको अन्तिम लेखापरीक्षणका क्रममा आश्चार्यजनक नतिजा देखिएको छ । दोस्रो आर्थिक पुनर्संरचना २०७३-०७४ पछि समायोजन गरिएका आधारमा विवरण तयार भएको र वित्तीय विवरणबारे अन्तिम प्रतिवेदन बाँकी रहेकोले केही संशोधन हुनसक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७३-०७४ मा प्राधिकरण १ अर्ब ५१ करोड रुपैयाँ नाफामा गएको जानकारी दिए । “अघिल्लो वर्ष ५२ अर्ब १० करोड बराबर आम्दानी भएकोमा खर्च ५० अर्ब ६० करोड रुपैयाँमात्र भएर नाफामा गएको हो,” उनले भने । प्राधिकरणको तथ्यांकअनुसार आव २०७२-०७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ बराबर घाटामा थियो । विद्युत् महशुल वृद्धि, चुहावट न्यूनीकरण, आन्तरिक उत्पादनमा भएको वृद्धिका साथै विदेशी मुद्रामा विद्युत् खरिद सम्झौता भएको ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना जुरे पहिरोपछि सञ्चालनमा नआइ डलरमा भुक्तानी गर्नुपर्ने अवस्था नआउनुलगायतलाई प्राधिकरणको आम्दानी बढ्नु र घाटा कम हुनुको कारणको रूपमा लिइएको छ । २७ अर्ब अपलेखनपछि आव २०६८-०६९ मा ९ अर्ब ५० करोड घाटा रहेको प्राधिकरणको घाटा ११ वर्षपछि विद्युत् महशुल वृद्धि भएसँगै २०६९-०७० मा ३ अर्ब ४१ करोड रुपैयाँमा झरेको थियो । तर, त्यसपछि निरन्तर प्राधिकरणले घाटा बेहोर्दै आएको छ । प्राधिकरणका अनुसार २०७०-०७१ मा ६ अर्ब ८१ करोड र २०७१-०७२ मा ५ अर्ब १३ करोड घाटा थियो । १ खर्ब १० अर्ब ६० करोड दीर्घकालीन ऋण भएको विद्युत् प्राधिकरणको खुद सम्पत्ति ९० अर्ब ३४ करोड रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणले सहायक कम्पनीलगायतमा सेयर र ऋण गरी २५ अर्ब ८५ करोड बराबरको लगानी गरिसकेको छ ।

श्वेतपत्र जारी गर्दै सकियो सार्क विजनेश कनक्लेभ


‘सार्कभित्रको व्यापारलाई तीब्र’
जीडीपीको २० प्रतिशत पूर्वाधारमा खर्च–अर्थमन्त्री
भीम गौतम
काठमाडौ, ४ चैत्र । दक्षिण एशियाका मुलुकहरुबीचको व्यापारलाई तीब्र बनाउनुपर्ने घोषणासहितको श्वेतपत्र जारी गर्दै छैटौ सार्क विजनेस लिडर्स कनक्लेभ २०१८ आइतबार सकिएको छ ।
सार्क चेम्बरले आयोजना गरेको तीन दिने कनक्लेभले दक्षिण एशियाभित्र ५ प्रतिशतभन्दा कम व्यापारको अवस्था रहेको बताउँदै यसलाई तीव्रता दिनका लागि सबैको सहकार्य र समन्वयमा जोड दिएको छ । कनेक्लेभले क्षेत्रीय व्यापार अभिवृद्धिका लागि शुल्क उन्मुलन, यातायात सञ्जाल कनेक्सनमा सुधार र नियमनका अवरोधहरुलाई हटाउनुपर्नेमा जोड दिएको छ ।
कनक्लेभले मानवीय जनशक्तिको विकास, रेमिट्यान्सको प्रवाहको असरको व्यवस्थापन तथा विदेशी लगानी अभिवृद्धिका लागि उचित वातावरण व्यवस्थापनका साथै दिगो सामाजिक आर्थिक विकासमा जोड दिएको छ । दोहोरो आर्थिक वृद्धिका लागि बलियो योजनामा जोड दिँदै दक्षिण एशियाको आर्थिक सम्वृद्धि र तीव्र आर्थिक वृद्धिमा जोड दिएको छ । सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले कनेक्लेभले सार्क राष्ट्रभित्रका राजनीतिक व्यक्तित्वसहित व्यापारिक नेताहरु एकै ठाउँमा उभ्याएर सार्कभित्र भएका सम्झौताहरु कार्यान्वयनका लागि वातावरण बनाएको बताए । ‘सार्क राष्ट्रभित्र व्यापार प्रवद्र्धनका लागि पूर्वाधार निर्माणदेखि नीतिगत रुपमा अघि बढ्नुपर्ने विषयमा गहन छलफल भयो ।’–उनले भने–‘कनक्लेभले सार्कलाई सकृय बनाउन थप मद्दत गरेको छ ।’
दक्षिण एशियामा उत्कृष्ट कनेक्सनका लागि पूर्वाधारमा लगानी विषयक सत्रमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को २० प्रतिशत रकम पूर्वाधारमा खर्च गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै त्यसका लागि नीजि क्षेत्रसँग सरकारले सहकार्य गर्ने बताए । ‘जीडीपीको ४० प्रतिशत बजेट रहेकोमा २० प्रतिशत पूर्वाधारमा खर्च गर्नुपर्ने आवश्यकता देखिएको छ ।’–उनले भने–‘सरकारले मात्र लगानी गर्न सक्ने अवस्था छैन, नीजि क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्छ ।’
पूर्वाधार क्षेत्रका परियोजनाहरुमा नीजि क्षेत्रलाई सहभागिता गराउनका लागि सरकारले भाबिलिटी ग्याप फण्डिङमार्फत व्यवस्था गरी सहभागी गराउने गरी अघि बढ्न लागेको पनि उनले जानकारी दिए । ‘पूर्वाधारमा नीजि क्षेत्रलाई सहभागी गराउन सरकारले प्रकृयालाई सहजीकरण र उपयुक्र्त निर्देशिका बनाउँछ ।’–उनले भने । सामाजिक सुरक्षामा सरकारले बढी प्राथमिकता दिईरहेकोमा यसलाई परिवर्तन गरेर पूर्वाधार विकासमा अग्रसर भएको उनको तर्क थियो ।
भायबिलिटी ग्याप फण्डिङ
आइतबार दक्षिण एशियाको सम्वृद्धिका लागि लगानीको विषयक सार्कभित्रका मन्त्रीहरुको सत्रमा बोल्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले व्यापार सहजीकरणका लागि सरकारले सबै किसिमको वातावरण बनाउने बताए । ‘सार्कभित्र व्यापार अभिवृद्धिका लागि पूर्वाधार सुधारको जरुरी छ ।’–उनले भने–‘आर्थिक सम्वृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सरकारले सबै किसिमको वातावरण बनाउँछ ।’ राजनीति सुधार सबै कुरा सुध्रिने बताउँदै नेपालमा अहिले राजनीति सुध्रेकोले आर्थिक विकासमा नेपाल लम्कने बताए ।
सत्रमा भुटानका अािर्थक मामिला मन्त्री ल्योन्पो दोर्जीले आर्थिक विकासको मार्गमा भुटान अघि बढीसकेको बताउँदै सार्कभित्रका सहकार्य र समन्वयका क्षेत्रीय र उपक्षेत्रीय विकासको अवधारणामा अघि बढ्नुपर्ने बताए ।





Sunday, March 18, 2018

सार्कमा सन् २०४० भित्र ७५० गिगावाट विद्युत्को आवश्यक

https://karobardaily.com/news/development/3206
आइतवार, चैत्र ४, २०७४
सन् २०४० सम्ममा दक्षिण एसियाका ८ मुलुकमा ७ सय ५० गिगावाट विद्युत् आवश्यक रहेको एक अध्ययनले देखाएको छ । सार्क उद्योग वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको छैटौ सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ का अवसरमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ-इनर्जी (सारी-ई)ले  शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । सन् २०४० सम्ममा दक्षिण एसियाका ८ मुलुकमा ७ सय ५० गिगावाट विद्युत् आवश्यक रहेको एक अध्ययनले देखाएको छ । सार्क उद्योग वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको छैटौ सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ का अवसरमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ-इनर्जी (सारी-ई)ले  शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । दक्षिण एसियाको विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनमा विश्वमै दक्षिण एसियामा तीब्र गतिको आर्थिक वृद्धि भएको उल्लेख छ । दक्षिण एसियामा ३ सय ५० गिगावाट विद्युत् जलविद्युत् क्षमतामात्र रहेको उल्लेख गर्दै यसका लागि १ हजार ३ सय ९० अर्ब डलर लगानी आवश्यक रहेको अध्ययनले देखिएको सारीका निर्देशक विजय कारबन्दाले जानकारी दिए । एसियाली विकास बैक (एडीबी) को प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख भएअनुसार दक्षिण एसियामा १ लाख ९ हजार मिलियन टन कोलमार्फत, ५ हजार ९ सय मिलियन ब्यारेल आयलमार्फत, ९५ टीसीएफ प्राकृतिक स्रोतमार्फत र २ सय २३ मिलियन टर्नस् बायोग्याँसमार्फत उत्पादनको क्षमता रहेको उल्लेख छ । विश्व बैकको सन् २०१६ को प्रतिवेदन अनुसार हालसम्म ३ सय ३६ गिगावाट मात्र विद्युत् उत्पादन भएको छ । प्रतिवेदन अनुसार दक्षिण एसियाभित्र अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना उच्च भएपनि हालसम्म २ हजार ३ सय मेगावाट मात्र हुँदै आएको उल्लेख छ । हाल भारतबाट नेपाल र वंगलादेश तथा भुटानबाट भारतले मात्र विद्युत् व्यापार गरिरहेको उल्लेख गर्दै प्रतिवेदनमा सार्कभित्र द्विपक्षीय र बहुपक्षीय व्यापारको आवश्यकता औंल्याइएको छ । प्रतिवेदनमा सार्क राष्ट्रभित्र व्यापार प्रवद्र्धनका लागि द्विपक्षीय तथा वहुपक्षीय सम्झौता, प्रतिस्पर्धात्मक बजार मूल्य, व्यापारिक व्यवस्थापन, लगानी व्यवस्थापन, विवाद समाधान तथा समन्वयात्मक योजना र कार्यान्वयनमा जोड दिइएको छ । प्रतिवेदनले सार्कभित्र राजनीतिक, नीति र नियमन, आयोजना विकास र व्यापारिक जोखिमता रहेको उल्लेख गर्दै सार्कभित्र वैदेशिक लगानी (एफडीआई)मा जोड दिएको छ । यूएसएआईडीका निर्देशक माइकल साटिनले दक्षिण एसियामा विद्युत् व्यापारको उच्च सम्भावना र अवसर रहेको बताउँदै सार्कभित्र सरकारी र निजी क्षेत्रको सामुहिक सहकार्य र समन्वय आवश्यक रहेको बताए । विद्युत् व्यापारका लागि सार्कभित्र एउटै पुलदक्षिण एसियाभित्रका राष्ट्रहरूबीच विद्युत् व्यापार आदानप्रदानका लागि एउटै पुल बनाउनुपर्नेमा जोड दिएका छन् । सार्क चेम्बरले आयोजना गरेको छैटौ सार्क विजनेस लिडर्स कनक्लेभ २०१८ को अवसरमा समन्वयमार्फत ऊर्जामा सहकार्य र क्षेत्रीय समन्वयबारेको छलफलमा उनीहरूले सार्कभित्र उच्च व्यापारको सम्भावना रहेको उल्लेख गर्दै सार्कभित्र यसका लागि एउटै पुल बनाउनुपर्ने बताएका थिए । सार्क क्षेत्रभित्रका विज्ञ तथा ऊर्जामा सहयोग गरिरहेका देशका प्रतिनिधिहरूले दक्षिण एसियाको उच्च विकास हासिल गर्नका लागि ऊर्जामा लगानी आवश्यक रहेको बताए । नेपालका लागि अमेरिकी राजदूत एलाइना बी. टेप्लिजले सार्कभित्र र बाहिर विद्युत् व्यापारका लागि सामुहिक सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । पीटीसी भारतका अध्यक्ष दीपक अमिभले दक्षिण एसियाभित्र व्यापारका लागि भारतले कनेक्टिीभीलाई जोड दिइरहेको बताउँदै पूर्वाधारसँग उत्पादन बढाउनका लगानी आवश्यक रहेको बताए । वंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्राध्यापक डा. मोहम्मद तमिमले दक्षिण एसियामा विद्युत् व्यापारका लागि केही अवरोधहरू रहेकोले ती अवरोधहरू हटाउनका लागि सामूहिक पहलको आवश्यकता रहेको बताए । 

Saturday, March 10, 2018

५ सय मेगावाटमाथिका आयोजनाको पहिचान अब बोर्डबाटै


https://karobardaily.com/news/development/3004
आइतवार, फाल्गुन २७, २०७४
लगानी बोर्डले ५ सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाहरूको पहिचान गर्ने जिम्मेवारी पाएको छ । पाँच सय मेगावाटमाथिका आयोजनाबारे तत्कालीन ऊर्जा मन्त्रालय वा बोर्डबीच विवाद हुँदै आएकोमा शुक्रबार बसेको बैठकले बोर्डको कार्यक्षेत्रमा पर्ने भन्दै त्यसको पहिचान र स्क्रीनिङ गरी विवरण तयार गर्न बोर्ड कार्यालयलाई निर्देशन गर्ने निर्णय हो । ५ सय मेगावाटमाथिका केही आयोजनाको अनुमतिपत्र (लाइसेन्स) विद्युत् विकास विभागले दिएपछि लगानी बोर्डले आफ्नो कार्यक्षेत्रभित्र पर्ने भन्दै यसप्रति असन्तुष्ट जनाउँदै आएको थियो भने ऊर्जा मन्त्रालयले बोर्ड समन्वय र लगानी जुटाउने मात्र भएकोले आफ्नो कार्यक्षेत्र भएको दाबी गर्दै आएको थियो । प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पाँच सय मेगावाटमाथिको आयोजनाको कार्यक्षेत्र पर्ने भएकोले त्यसको विवरण पेश गर्न निर्देश दिएको लगानी बोर्डका सहसचिव मधु भेटुवालले जानकारी दिए । 
बैठकले ९ सय मेगावाटको अरुण तेस्रोको प्रवद्र्धक सतलज कम्पनीलाई विद्युत् उत्पादन अनुमतिपत्र दिनका लागि जारी गर्न लागेको ३५ दिने सार्वजनिक सूचना स्वीकृत गर्दै आवश्यक प्रकृया पूरा गरी अनुमतिपत्र गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय गरेको छ । 
बैठकले सम्भाव्यता अध्ययन गर्न तयार गरेको आयोजनाहरूको सरकार लगायत विदेशी दाताहरूको सहयोगमा अध्ययन गर्न–गराउन बोर्ड कार्यालयलाई अख्तियारी दिएको छ । यसअघि लगानी बोर्डले १ सय २७ आयोजनाहरू पहिचान गरी परियोजना निर्माण गरेको थियो । त्योमध्ये केही आयोजनाहरू बोर्डले अध्ययन अघि बढाउन लागेको छ । 
यसैगरी, ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाबारे अध्ययन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका भौतिक पूर्वाधार हेर्ने सचिवको अध्यक्षतामा जलस्रोत तथा ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, बोर्डको कार्यालय र पश्चिमसेती सरोकार मञ्चका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरेको छ । समितिलाई एक महिनाभित्र बोर्ड समक्ष प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको सहसचिव भेटुवालले जानकारी दिए । 
संयुक्त लगानी सम्झौता (जेभीए) मै ढिलाइ भएको आयोजनामा विद्युत् खरिद सम्झौता (पीपीए) लगायतबारे विवादको कारण पश्चिमसेती अघि बढ्न सकेको छैन । २०६८ साल फागुनमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेसन (सिटिजिसी)बीच भएको सम्झौता भएर ६ महिनाभित्र अध्ययन सकी एक बर्षभित्र जेभीए बनाउने उल्लेख भएकोमा गत कात्तिक अन्तिम सातामात्र जेभीए भएको थियो । तर, दुई देशबीचको संयुक्त कम्पनी अहिलेसम्म बनेको छैन । पीपीए लगायतमा असन्तुष्ट जनाएको चिनियाँ कम्पनी, बोर्ड र विद्युत् प्राधिकरणबीच छलफल भएको थियो । छलफलको क्रममा विद्युत् प्राधिकरणको १७ प्रतिशत बढी प्रतिफल नदिने लगायतबारे आफ्नो असन्तुष्ट रहेको उल्लेख गरेका थिए । छलफलमा चीनीयाँ कम्पनीले शतप्रतिशत डलरमा भुक्तानी गर्नुपर्ने उल्लेख गरेको थियो । २५ प्रतिशत प्राधिकरण लगानी भएपछि त्यो लगानी समेत चिनियाँ कम्पनीले व्यवस्थापन गर्ने भएकोले शत प्रतिशत डलरमा भुक्तानी हुनुपर्ने प्रस्ताव राखेका थिए । आयोजना अघि बढाउन केही समस्या देखिएपछि लगानी बोर्डले ती माग सम्बोधन गर्ने गरी समिति गठन गरेको हो । 
बैठकमा ओलीले आर्थिक विकासलाई दु्रत गतिमा अघि बढाउनका लागि सम्बन्धित सबै निकायले ढिला नगरी अघि बढ्नुपर्ने उल्लेख गरेका थिए ।

जलविद्युत्मा प्रदेश–१ उच्च, २ सवैभन्दा कमजोर

आइतवार, फाल्गुन २७, २०७४
सरकारले गरेको अध्ययनले प्रदेश– १ जलविद्युत् उत्पादन क्षमतामा सवैभन्दा बलियो देखिएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८७ मेगावाट देखिएकोमा त्यसमध्ये प्रदेश–१ मा सबैभन्दा बढी देखिएको हो । 
५ हजार मिटरभन्दा साना र चुरे क्षेत्रमाथिका १३ नदी बेसिनमा क्यू–४० लाई आधार मानेर गरिएको अध्ययनको आधारमा सवैभन्दा बढी उत्पादन क्षमता प्रदेश–१ र सबैभन्दा कम प्रदेश–२ मा देखिएको छ । परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटले गरेको कुल जलविद्युत् क्षमता र बेसिनस्तरको क्षमतालाई आधार मानेर प्रदेशस्तरमा तथ्यांक निकाल्दा यस्तो देखिएको हो । “आयोगको कार्यादेशअनुसार नदी बेसिनको आधारमा क्यू–४० मा कुल विद्युत् उत्पादन क्षमताको अध्ययन सकिएको छ, यसको प्रतिवेदन बुझाउन बाँकी छ,” परामर्शदाता कम्पनीमा टोली प्रमुख केपी दुलालले भने ।
अध्ययनअनुसार प्रदेश–१ को क्षमता २२ हजार ८ सय २० मेगावाट देखिएको छ । सो प्रदेशमा मेची नदीबाट ३५ मेगावाट, कन्काईबाट २ सय ६९ मेगावाट, कोशीबाट २२ हजार ५ सय ४ र कमला नदीबाट ११ मेगावाट उत्पादन हुने अध्ययनले देखाएको छ । 
प्रदेश–२ मा भने सवैभन्दा कम विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । सो प्रदेशको ३ सय ४१ मेगावाट उत्पादन क्षमता छ । अध्ययनअनुसार वागमतीबाट ३३ मेगावाट, कमलाबाट २ सय २९, कोशीबाट ७ र वकैया नदीबाट ७२ मेगावाट उत्पादन क्षमता देखिएको छ । 
राजधानीसमेत रहेको प्रदेश–३ मा १२ हजार १ सय २७ विद्युत् उत्पादन क्षमता रहेको अध्ययनले देखाएको छ । तथ्यांकअनुसार कोसीबाट ६ हजार ३ सय ६८ मेगावाट, बकैयाबाट २२ मेगावाट, कमलाबाट १५ मेगावाट, बागमतीबाट ५ सय ५५ मेगावाट र गण्डकीबाट ५ हजार १ सय ६६ मेगावाट उत्पादन क्षमता देखिएको छ । त्यसैगरी १६ हजार ५ सय ७८ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको प्रदेश–४ मा गण्डकीबाट १६ हजार ५ सय ४७ र कर्णालीबाट ३१ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको अध्ययनले देखाएको छ । 
अध्ययनअनुसार प्रदेश–५ मा भने ३ हजार ६ सय ३८ मेगावाट उत्पादन क्षमता छ । तिनाऊबाट १ सय ३३ मेगावाट, राप्तीबाट ८ सय ७७ मेगावाट, गण्डकीबाट २ हजार ४ सय २१, बबइबाट ५७ मेगावााट र कर्णाली नदीबाट १ सय ४९ मेगावाट उत्पादन क्षमता रहेको अध्ययनले देखाएको छ । 
१७ हजार ७ सय ९९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको प्रदेश–६ मा बबईबाट १ सय ४९ मेगावाट र कर्णालीबाट १७ हजार ६ सय ६१ मेगावाट तथा ९ हजार ६ सय ८५ मेगावाट क्षमता रहेको प्रदेश–७ मा कर्णाली ७ हजार ५ सय ६५ मेगावाट र महाकाली २ हजार १ सय २० मेगावाट क्षमता रहेको अध्ययनले देखाएको छ । 
पानीले ओगटेको जग्गाको आधारमा र क्यू–४० अनुसार विद्युत् उत्पादन क्षमता तयार पारेकोले यसलाई घटाएर क्यू १५-२० मा डेढ लाख मेगावाटभन्दा बढी क्षमता देखिने विज्ञहरूले बताउँदै आएका छन् । परामर्शदाता कम्पनीका प्रतिनिधिहरूले भने ऊर्जा आयोगको कार्यादेशकै आधारमा अध्ययन गरिएको बताएका छन् । निजी क्षेत्रका प्रवद्र्धकहरूले भने विश्वमा क्यू–४० भन्दा क्यू १०-१५ मा डिजाइन गर्न थालेकोले यसलाई घटाउनुपर्ने माग गर्दे आएका छन् ।

Thursday, March 8, 2018

फोहोर व्यवस्थापनका लागि नौ वर्षपछि बल्ल प्रारम्भिक सम्झौता

https://karobardaily.com/news/development/2943
बिहिवार, फाल्गुन २४, २०७४
नौ वर्षअघि खुला प्रतिस्पर्धामार्फत काठमाडौंको फोहोर व्यवस्थापनका लागि छनोट भएको कम्पनीसँग बल्ल प्रारम्भिक परियोजना विकास सम्झौता (पीडीए) भएको छ । काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाको फोहोर व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय खुला प्रतिस्पर्धामार्फत छनोट भएको नेपवेष्ट र लगानी बोर्डबीच बुधबार पीडीए भएको हो । नौ वर्षअघि खुला प्रतिस्पर्धामार्फत काठमाडौंको फोहोर व्यवस्थापनका लागि छनोट भएको कम्पनीसँग बल्ल प्रारम्भिक परियोजना विकास सम्झौता (पीडीए) भएको छ । काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाको फोहोर व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय खुला प्रतिस्पर्धामार्फत छनोट भएको नेपवेष्ट र लगानी बोर्डबीच बुधबार पीडीए भएको हो । नेपालको अर्गानिक भिलेज र फिनल्याण्डको कम्युनिकेसन ओयको संयुक्त कम्पनी नेपवेष्ट सन् २००९ मा प्रतिष्पर्धामार्फत छनोट भएको थियो भने सन् २०११ मा तत्कालीन स्थानीय विकास मन्त्रालयसँग यसबारे समझदारी समेत गरेको थियो । सन् २०१६ देखि परियोजना अघि बढाउनका लागि वार्ता अघि बढेको थियो । बुधबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र नेपवेष्टका अध्यक्ष संगीता श्रेष्ठबीच प्रारम्भिक पीडीएमा हस्ताक्षर भएको छ । कार्यक्रममा अधिकारीले प्रारम्भिक सम्झौतासँगै लामो समयदेखिको वार्ता प्रक्रियाले मूर्त रूप लिएको र परियोजना सम्पन्न भएसँगै फोहोर व्यवस्थापनका लागि राज्यबाट भइरहेको करोडौं रुपैयाँ जोगिनुका साथै बिकराल समस्याको  दीर्घकालीन र वैज्ञानिक रूपमा समस्या समाधान हुने बताए । अध्यक्ष श्रेष्ठले भने आफूहरू छिटो परियोजना अघि बढाउन आतुर रहेको बताइन् ।  लगानी बोर्डका अनुसार तीन महिनाभित्र अन्तिम पीडीए गर्ने लक्ष्य राखिएको काठमाडौको एकीकृत फोहोर व्यवस्थापन परियोजनाले त्यसपछिको नौ महिनाभित्र कम्पनीले वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने र त्यसको दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । करिब ५ अर्ब रुपैयाँ लगानी रहेको परियोजना अन्र्तगत काठमाडौंको जिल्लाको कीर्तिपुरबाहेकका सबै काठमाडौं महानगरपालिकाका साथै दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बूढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनहरा शंकरापुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने गरी कम्पनीले सम्झौता गरेको बोर्डका सहसचिव मधु भेटवालले जानकारी दिए । “निजी सार्वजनिक साझेदारी (पीपीपी) अन्तर्गत निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको परियोजना २० वर्षभित्र सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ,” उनले भने, “२० वर्षभित्र कम्पनीले रोयल्टी र करवापत सरकारलाई करिब तीन अर्ब बुझाउनेछ ।” उनका अनुसार सरोकारवाला महानगर र नगरपालिकासँग समझदारी भएपछि पीडीएमा लगानी बोर्डका साथै मन्त्रिपरिषद्को स्वीकृतिपछि अन्तिम पीडीएमा हस्ताक्षर हुनेछ । सम्झौता अनुसार परियोजनाअन्तर्गत प्रत्येक घरबाट संकलन हुने फोहोरका साथै बाटो, नदी किनारा, सार्वजनिकस्थल, मठ मन्दिरबाट उत्पादन हुने फोहोरसँगै औषधिजन्य, स्वास्थ्यलाई असर पार्ने र बिजुलीजन्य फोहोर व्यवस्थापनसमेत कम्पनीले गर्नेछ । फोहोर व्यवस्थापन गरेवापत कम्पनीले मासिक २ सय १९ रुपैयाँ महसुल तिर्नुपर्नेछ । बोर्डका परामर्शदाता आशिष गजुरेलका अनुसार काठमाडौंका करिब ४ लाख घरधुरीबाट दैनिक करिब एक हजार टन फोहोर उत्पादन हुनेछ । काठमाडौंको फोहोरबाट ४ देखि ५ मेगावाटसम्म विद्युत उत्पादन हुनुका साथै ग्यास, प्रांगारिक मल तथा प्याष्टिस, कागज लगायतका ठोस पदार्थ आरडीएफ-एसआरएफ उत्पादन गर्ने लक्ष्य समेत रहेको छ । सिसडोलका साथै बन्चरे डाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विर्सजन गरी भएको सम्झौता अनुसार सरकारले ती क्षेत्रहरूमा जाने करिब १० किलोमिटर सडक पीच गर्नुपर्नेछ । “ल्याण्डफिल साइट जाने सडक पीच सरकारले गरिदिनुका साथै परियोजना अघि बढाउनका लागि समन्वय, अनुगमन तथा यसको गुणस्तरबारे सरकारी निकायले नियमन गर्नेछ,” सहसचिव भेटवालले भने । कीर्तिपुरबाहेक सबै महानगर र नगरपालिकासँग समन्वय गरी हाल यथावत रहेको फोहोर व्यवस्थापन प्रणालीलाई कम्पनीमा हस्तान्तरण गर्नुपर्ने लगायतका चुनौती भने अझै बाँकी छन् । नेपालमा समयमै सरकारी निकायबाट निर्णय नहुने तथा स्थानीय क्षेत्रमा पूर्वाधार निर्माणमा अवरोध हुने लगायतका चुनौती भने अझै छन् । भक्तपुर र ललितपुरका लागि बल्ल वार्ताकाठमाडौको कीर्तिपुरका साथै भक्तपुर र ललितपुरका विभिन्न नगरपालिकामा फोहोर व्यवस्थापनका लागि भने बल्ल लगानी बोर्डले परियोजना विकास सम्झौता (पीडीए) का लागि वार्ता प्रकृया अघि बढाउने भएको छ । कीर्तिपुरबाहेकका सबै काठमाडौं जिल्लाका महानगर र नगपालिकामा फोहोर व्यवस्थापन अघि बढाउने प्याकेज नम्बर १ अन्र्तगत प्रारम्भिक पीडीए गरेको लगानी बोर्डले वार्ता प्रक्रिया अघि बढाउन लागेको हो । प्याकेज नम्बर २ अन्र्तगत कीर्तिपुरका साथै भक्तपुर र ललितपुरमा फोहोर व्यवस्था गर्ने गरी प्रतिस्पर्धामार्फत ग्रीन भ्याली कम्पनीसँग सरकारले समझदारी गरिसकेको छ तर पीडीए भइसकेको छैन । प्रारम्भिक रूपमा छलफल भएपनि यसको प्रक्रिया अघि नबढेको र अब पहिलो प्याकेजको प्रारम्भिक सम्झौता भएकोले दोस्रोको प्रक्रिया अघि बढ्ने बोर्डका अधिकारीले जानकारी दिए ।   

Wednesday, March 7, 2018

भारतीय प्रवद्र्धक रहेको दूधकोसीको लाइसेन्स खारेज

https://karobardaily.com/news/country/2910
 बुधवार, फाल्गुन २३, २०७४
ऊर्जा मन्त्रालयले भारतीय कम्पनी प्रवद्र्धक रहेको ३ सय ५० मेगावाटको दूधकोसी–४ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।  विद्युत् विकास विभागले आयोजनाको प्रवद्र्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा विद्युत् भेन्चरले माग गरेको कागजपत्र पेश नगरेको र समयमै आयोजना अघि नबढाएको भन्दै मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्रको दरखास्त खारेज गरिएको हो । ऊर्जासचिव अनुपकुमार उपाध्यायको सोमबारको सचिस्तरीय निर्णयले आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।ऊर्जा मन्त्रालयले भारतीय कम्पनी प्रवद्र्धक रहेको ३ सय ५० मेगावाटको दूधकोसी–४ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।  विद्युत् विकास विभागले आयोजनाको प्रवद्र्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा विद्युत् भेन्चरले माग गरेको कागजपत्र पेश नगरेको र समयमै आयोजना अघि नबढाएको भन्दै मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्रको दरखास्त खारेज गरिएको हो । ऊर्जासचिव अनुपकुमार उपाध्यायको सोमबारको सचिस्तरीय निर्णयले आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।“पटक–पटक प्रगति विवरणसहित आउन पत्राचार गरे पनि कागजपत्र नबुझाएकोले आयोजनाको दरखास्त अनुमतिपत्र खारेज गरेका हौँ ,” विभागका महानिर्देशक नवीनराज सिंहले भने, “विभागले विद्युत् आयोजनाहरूको अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७३ बमोजिम ५ पटक पत्राचार र दुईपटक स्पष्ट माग गर्दा समेत कागजपत्र र विवरण नबुझाएकोले दरखास्त रद्द गरिएको हो ।” विभागले पछिल्लो समयमा ६ फागुनमा भारतीय कम्पनीसँग आयोजनाबारे स्पष्टीकरण माग गरेको थियो तर कम्पनीले विवरण र स्पष्टीकरण बुझाएन । विभागले भारतीय कम्पनीसँग विद्युत् खरिद सम्झौता (पीपीए) पत्र वा कनेक्सन एग्रिमेन्ट वा आसयपत्र, वित्तीय व्यवस्थापनको अवस्था, आयोजनाको अध्ययन प्रतिवेदन, उद्योग दर्ताको प्रमाणपत्र लगायतबारेको विवरण मागेको थियो । भारतीय कम्पनीले २०६७ सालमा सर्भे लाइसेन्स लिएको थियो । प्राधिकरणद्वारा विवरण बुझाउन अटेरविद्युत् प्राधिकरणले विद्युत् विकास विभागलाई विवरण बुझाउन अटेर गरेको छ । विभागले पत्र बुझ्न अटेर गरेको भन्दै प्राधिकरणद्वारा अघि बढाउन लागिएको दुई आयोजनालाई मंगलबार पत्र काटेको हो । विभागका अनुसार प्राधिकरण अन्तर्गतको खिम्ती बजारबाट दोरम्बा सवस्टेसनसम्मको ३३ केभी विद्युत् प्रसारण लाइन आयोजना र टैथली साना जलविद्युत् आयोजनालाई पत्र काटिएको छ । विभागको वेबसाइटमा सार्वजनिक गरिएको पत्रअनुसार सवस्टेसनसम्मको विद्युत् प्रसारणको सर्भेक्षण अनुमति पाउनका लागि ५ पुस २०७४ मा दरखास्त दिएको र सो सम्बन्धी अध्ययन गर्दा केही कागजपत्रहरू नपुगेको उल्लेख गर्दै ७ दिनभित्र पेश गर्न र नगरेमा नियमअनुसार कारबाही गरिने उल्लेख छ । त्यसैगरी प्राधिकरणलाई विभागले पठाएको पत्रमा शक्ति ऊर्जा विकास कम्पनी प्रालिद्वारा प्रस्तावित टैथली साना जलविद्युत्को कनेक्सन एग्रिमेन्टको अवस्था १५ दिनभित्र पेश गर्न भनिएको छ । विभागका सूचना अधिकारी बाबुराज अधिकारीले केही जलविद्युत् आयोजनाहरूले समयमै विवरण पेश नगरेकोले उनीहरूलाई पत्राचार गरिएको र केहीले अटेर समेत गरेको जानकारी दिए ।विभागको तथ्यांकअनुसार पटकपटक ताकेता गर्दा पनि पत्र नबुझ्ने प्रवद्र्धकहरू ५ दर्जन रहेका छन् । कतिपय प्रवद्र्धकहरूलाई विभागको पत्रलाई वेवास्ता गरेकोले जरीवानासमेत गरिएको विभागले जनाएको छ । 

लिखु–४ जलविद्युत्को ठेक्का रद्ध

https://karobardaily.com/news/development/2928
बुधवार, फाल्गुन २३, २०७४
५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिन भेन्चर्स प्राइभेट लिमिटेडले ठेकेदार कम्पनीसँगको सम्झौता रद्ध गरेको छ । रामेछापमा निर्माण गर्न लागेको आयोजनाले इटाली ठेकेदार कम्पनी कोपेरेटिभा मुराटोरी एण्ड सिमेष्टिटी सीएमसीडी रभेनासँगको सम्झौता रद्ध गरेको हो । २४ नोभेम्बर २०१७ अर्थात् करिब साढे ३ महिनाअघि मात्र ग्रिन भेन्चर्सले इटाली कम्पनीसँग सुरुङ मार्ग, विद्युत्गृह लगायतका सिभिल र हाइड्रो मेकानिकलको ठेक्का इटाली कम्पनीलाई दिएको थियो ।
कार्यतालिका अनुसार काम नगरेपछि आयोजनाले इटाली कम्पनीसँगको सम्झौता रद्ध गरेको परियोजना विकास प्रबन्धक बद्री रिजालले जानकारी दिए । “कार्यतालिका अनुसार समयभित्र काम नगरेपछि ३० महिनाका लागि गरिएको सम्झौता रद्ध गरिएको हो, अब नयाँ प्रक्रियाअनुसार ठेकेदार चयन हुन्छ,” उनले भने । सन् २०२० को जुनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ९ अर्ब ५४ करोड बराबर छ । ठेकेदार कम्पनीले आयोजना निर्माणमा ढिलाइ गरेपछि आयोजना समयमै सम्पन्न हुन कठिनाइ देखिएपछि आयोजनाले ठेक्का रद्ध गरेको हो । सम्झौताअनुसार काममा अतिसुस्तता देखिएपछि र यसले निर्माणमा समेत असर पर्ने देखिएकाले सम्झौता रद्ध गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए ।

Sunday, March 4, 2018

निर्माणाधीन आयोजनामा चार प्रदेश कमजोर

https://karobardaily.com/news/development/2855
 सोमवार, फाल्गुन २१, २०७४
मुलुकमा संघीय राजनीतिक व्यवस्था लागू भइसके पनि प्राकृतिक स्रोत साधनको मुख्य आधार मानिएको जलविद्युत् आयोजनामा चारवटा प्रदेश निकै कमजोर देखिएका छन् । विकासका लागि अत्यावश्यक विद्युत् उत्पादनका लागि सात प्रदेशमध्ये चारवटा प्रदेशमा निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था कमजोर देखिएको हो । मुलुकमा संघीय राजनीतिक व्यवस्था लागू भइसके पनि प्राकृतिक स्रोत साधनको मुख्य आधार मानिएको जलविद्युत् आयोजनामा चारवटा प्रदेश निकै कमजोर देखिएका छन् । विकासका लागि अत्यावश्यक विद्युत् उत्पादनका लागि सात प्रदेशमध्ये चारवटा प्रदेशमा निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था कमजोर देखिएको हो । प्रदेश नम्बर २, ५, ६ र ७ प्रदेशमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको अवस्था एकदम कमजोर देखिएको छ भने प्रदेश नम्बर १, ३ र ४ को अवस्था बलियो देखिएको छ । “निर्माणाधीन र निर्माण हुन लागेका आयोजनाहरूको अवस्था हेर्दा प्रदेश नम्बर २, ५, ६ र ७ का आयोजनाहरू कम छन् भने १, ३ र ४ प्रदेशमा बढी देखिन्छन्,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । प्राधिकरणका अनुसार प्रदेश नम्बर २ मा वित्तीय व्यवस्थापन भएर निर्माणमा गएका आयोजनाहरू तथा वित्तीय व्यवस्थापन हुन बाँकी रहेर विभिन्न चरणमा पुगेका आयोजनाहरू भने छैनन् । प्रदेश नम्बर ५ मा भने वित्तीय व्यवस्थापन भएर निर्माणाधीन आयोजनाहरू प्रदेश नम्बर ५ मा निजीबाट ९.३७ मेगावाटका चार र प्राधिकरणबाट कुनै छैनन् भने प्रदेश नम्बर ६ मा निजीबाट ६.३५ मेगावाटका २ र विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन आयोजना भने छैनन् । त्यसैगरी  प्रदेश नम्बर ७ मा निजीबाट ७६.८२ मेगावाटका ६ आयोजनाहरू र प्राधिकरणबाट कुनै आयोजना निर्माणाधिन छैनन् । यसैगरी यस्ता निर्माणाधीन आयोजनाहरू प्रदेश नम्बर १ मा भने निजीबाट ४ सय ६ मेगावाटका २४ र प्राधिकरणबाट छैनन् भने प्रदेश–३ मा निजीबाट १ हजार २ सय १० मेगावाट बराबरका ३५ र प्राधिकरणबाट ७४ मेगावाट बराबरका र प्रदेश–४ मा निजीबाट ३ सय ६२ मेगावाट बराबरका २६ र प्राधिकरणबाट कुनै आयोजना निर्माणाधीन छैनन् । वित्तीय व्यवस्थापन हुन बाँकी रहेका आयोजनाहरूमा पनि प्रदेश नम्बर २, ५, ६ र ७ नम्बर प्रदेशको अवस्था कमजोर छ । प्राधिकरणका अनुसार निजी क्षेत्रबाट प्रदेश नम्बर ५ मा  १.५६ मेगावाटका दुई, प्रदेश–६ मा १९.५५ मेगावाटका ३ र प्रदेश–७ का ११.२३ मेगावाटका ३ आयोजनामात्र छन् तर प्रदेश–१ मा १ सय ८६ मेगावाट बराबरका १६, प्रदेश–३ मा ८ सय ४२ मेगावाटका २१ र प्रदेश–४ मा २ सय ५६ मेगावाट बराबरका १७ आयोजना निजी क्षेत्रबाट अघि बढेका छन् । प्राधिकरणबाट भने यस्ता आयोजना प्रदेश नम्बर १ मा २ हजार मेगावाट, प्रदेश नम्बर ३ मा १ हजार ३ सय ३२, प्रदेश–४ मा ७ सय ८०, प्रदेश–७ मा २ सय १० मेगावाटका आयोजना निर्माणको चरणमा छन् । २, ५ र ६ प्रदेशमा भने यस्ता आयोजनाहरू छैनन् । विद्युत् खरिद सम्झौता (पीपीए) का लागि निवेदन दिने आयोजनाहरूको अवस्था हेर्दा पनि प्रदेश नम्बर २, ५, ६ र ७  को अवस्था कमजोर देखिएको छ । प्रदेश नम्बर २ मा १८ मेगावाट बराबरका २, प्रदेश–५ मा ५.६८ मेगावाट बराबरका ५, प्रदेश–६ मा ६ सय १३ मेगावाट बराबरका ४ र प्रदेश न ७ मा १ सय ५२ मेगावाट बराबरका ८ आयोजना पीपीएको प्रक्रियामा रहेको विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भएका आयोजनाहरूको आधारमा उत्पादित विद्युत् क्षमतामा समेत प्रदेश नम्बर २, ५, ६ र ७ प्रदेश कमजोर देखिएको छ । प्रदेश नम्बर २ मा एउटा आयोजना र उत्पादन छैन भने प्रदेश नम्बर ५ मा ३५ मेगावाट, प्रदेश–६ मा ३.७५ मेगावाट र प्रदेश–७ मा ३८.५ मेगावाट मात्र विद्युत् उत्पादन क्षमता रहेको प्राधिकरणले जनाएको छ । प्रदेश नम्बर १ मा भने २ सय ४५, प्रदेश–३ मा २ सय ६० र प्रदेश–४ मा ४ सय ५१ मेगावाट बराबरको विद्युत् उत्पादन क्षमता छ । पहिला जलविद्युत् उत्पादन, निर्माण र निर्माण प्रकृयाको विकासक्रम असन्तुलित देखिएपनि संघीयतामा गएपछि सबै प्रदेशहरूमा यसको विकास सन्तुलन हुने अपेक्षा गरिएको छ । निर्माणाधीन जलविद्युत् आयोजना हेर्दा भने धेरै असन्तुलित देखिएको छ । 
स्रोतः नेपाल विद्युत् प्राधिकरण

प्रतिवर्ष ९ मेगावाट विद्युत् उत्पादन

आइतवार, फाल्गुन २०, २०७४
https://karobardaily.com/news/development/2820
सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका आकर्षक कार्यक्रम बर्सेनि ल्याइरहे पनि हालसम्म उत्पादनको अवस्था भने नाजुक देखिएको छ । नेपालमा विद्युत् उत्पादन सुरु भएको एक सय वर्षभन्दा बढी भइसके पनि प्रतिवर्ष करिब ९ मेगावाटमात्र उत्पादन हुन सकेको अवस्था छ । विगतको यस्तो अनुभवका आधारमा पनि विद्युत् उत्पादनको आगामी बाटो सहज नभएको विज्ञहरुको भनाइ छ । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका आकर्षक कार्यक्रम बर्सेनि ल्याइरहे पनि हालसम्म उत्पादनको अवस्था भने नाजुक देखिएको छ । नेपालमा विद्युत् उत्पादन सुरु भएको एक सय वर्षभन्दा बढी भइसके पनि प्रतिवर्ष करिब ६ मेगावाटमात्र उत्पादन हुन सकेको अवस्था छ । विगतको यस्तो अनुभवका आधारमा पनि विद्युत् उत्पादनको आगामी बाटो सहज नभएको विज्ञहरुको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा सरकार र ऊर्जा क्षेत्रका अधिकारी र विज्ञहरूले गर्वका साथ भन्ने गरेका छन्, “नेपालको पानी अधिकत्तम उपयोग गरेमा २ लाख मेगावाट त जलविद्युत्बाटै उत्पादन हुन्छ ।” तर, जब अहिलेसम्मको उत्पादन स्थिति कस्तो छ भने प्रश्न आउँछ, त्यतिबेला भने लज्जाजनक अवस्था देखिन्छ । पछिल्लो समय १३ मेगावाटको सिक्लेस हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित माड्कुखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएसँगै नेपालको कुल उत्पादन १ हजार मेगावाट नाघेको छ । नेपालमा जलविद्युत् उत्पादन सुरु भएको १ सय ६ वर्षपछि बल्ल एक हजार मेगावाट विद्युत् उत्पादन क्षमता नाघेको हो । विद्युत् प्राधिकरणका अनुसार माड्कु खोलाको परीक्षण उत्पादन सुरु भइसकेको छ भने व्यापारिक उत्पादन  भने केही दिनमै हुँदैछ । हाल नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको कुल उत्पादन ९ सय ९१ मेगावाट रहेकोमा यो १३ मेगावाटको आयोजना परीक्षण उत्पादन मेगावाट थपिएसँगै एक हजार मेगावाट विद्युत् उत्पादन नाघेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । “माड्कुखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनका लागि जोडिएको छ, योसँगै नेपालको जलविद्युत् उत्पादनको क्षमता १ हजार ४ मेगावाट पुगेको छ,” उनले भने, “नेपालको क्षमता एक हजार मेगावाट नाघेको छ, अब एक हजार मेगावाटभन्दा बढी छ भन्न सहज हुने भएको छ ।” नेपालको पहिलो जलविद्युत् आयोजना वि. सं.१९६८ मा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट सुरु भएको थियो । त्यसपछिका दिनमा नेपालको जलविद्युत् उत्पादन निजी लगानीको अभाव र सरकारी भ्रष्टाचारको अखडाका कारण फस्टाउन नसकेको हो । सरकारले १० वर्ष अघिनै १० हजार मेगावाट उत्पादन गर्ने योजना ल्याएको भएपछि हिउँदमा एकतिहाई प्रतिशत बराबर मात्र उत्पादन हुन भएकोले हाल नेपालले भारतबाट दैनिक ४ सय ५० मेगावाटभन्दा बढी आयात गर्नुपर्ने अवस्था छ । प्राधिकरणका अनुसार पाँच मेगावाटमाथिका १२ सहित केन्द्रीय ग्रीडमा जोडिएका र नजोडिएका गरी ५२ जलविद्युत् आयोजना सरकारी निकायमार्फत निर्माण भइ ५ सय ९ मेगावाट र माड्कुखोलासहित ७१ आयोजना निर्माण भइ निजी क्षेत्रबाट ४ सय ९६ मेगावाट उत्पादन भइसकेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं पछिल्ले दुई दशकमा मात्र निजी क्षेत्रले ५ सय मेगावाट बराबर उत्पादन गर्न सफल भएको बताउँछन् । “नेपालमा जलविद्युत् उत्पादनका लागि निजी क्षेत्रलाई ढोका खुला २०४६ लगत्तै नभएर २०५७ पछिमात्र खुलेको हो र  त्यसपछि निजी क्षेत्रले उत्पादन सुरु गरेको हो, अहिले ५ सय मेगावाटको हाराहारीमा पुगेको छ,” उनले भने । उनका अनुसार अहिले निर्माणाधीनमध्ये २ हजार मेगावाट त निजी क्षेत्रकोमात्र छ ।  https://karobardaily.com/news/development/2820

Thursday, March 1, 2018

महिला र सीमान्तकृत समूहमैत्री ऊर्जा नीति: एडीबी

बिहिवार, फाल्गुन १७, २०७४
एसियाली विकास बैंक (एडीबी) ले समाजमा पछि परेका महिला, विपन्न र सीमान्तकृत समूहलाई ऊर्जाको पहुँच र उपयोगिता बढाउने गरी नीति निर्माण गर्न सरकारलाई सुझाव दिएको छ । 
एडीबीले गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले यस्तो सुझाव दिएको हो । एडीबीको सहयोगमा सोसियल साइन्स वाहाले गरेको अध्ययनले ग्रामीण भेगका महिला आर्थिक रूपमा अत्यन्त असक्षम रहेकाले ऊर्जासम्मको पहुँच र उपयोगिता बढाएर अघि बढ्न सुझाव दिएको छ । खाना पकाउने, पानीको उपलब्धता र उमाल्ने जस्ता काममा महिलाको सहभागिता ९० प्रतिशतभन्दा बढी देखिए पनि जीवनस्तर उकास्न कमजोर देखिएको भन्दै यसमा सुधार ल्याउन सुझाव दिइएको छ । 
१२ निर्माणाधीन र निर्माण सम्पन्न आयोजनाका साथै आठ वटा फोकस गु्रप डिस्कसन (एफजीडी) र ३१ सर्भेमार्फत गरिएको अध्ययनले आगामी नीति बनाउँदा राष्ट्रिय विकासको लक्ष्य प्राप्तिका लागि ऊर्जा क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीतामा जोड दिन सुझाव दिइएको छ । ऊर्जा ऐन, राष्ट्रिय ऊर्जा नीति, ग्रामीण ऊर्जा नीतिलगायत बनाउँदा यसलाई समावेश गर्न आग्रह गर्दै अहिलेको लैंगिक र समाजिक समावेशीता, आयोजनाहरू निर्माण गर्दा यसलाई समावेश गर्न तथा आयोजनाको प्रभाव र सेवामा यसलाई महत्व दिन सुझाव दिइएको छ । 
ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै दिगो विकास र समानतालाई अघि बढाउनका लागि ऊर्जा क्षेत्रले लैंगिक समानता र समावेशीतालाई जोड दिनुपर्ने बताए ।