‘सार्कभित्रको व्यापारलाई तीब्र’
जीडीपीको २० प्रतिशत पूर्वाधारमा खर्च–अर्थमन्त्री
भीम गौतम
काठमाडौ, ४ चैत्र । दक्षिण एशियाका मुलुकहरुबीचको व्यापारलाई तीब्र बनाउनुपर्ने घोषणासहितको श्वेतपत्र जारी गर्दै छैटौ सार्क विजनेस लिडर्स कनक्लेभ २०१८ आइतबार सकिएको छ ।
सार्क चेम्बरले आयोजना गरेको तीन दिने कनक्लेभले दक्षिण एशियाभित्र ५ प्रतिशतभन्दा कम व्यापारको अवस्था रहेको बताउँदै यसलाई तीव्रता दिनका लागि सबैको सहकार्य र समन्वयमा जोड दिएको छ । कनेक्लेभले क्षेत्रीय व्यापार अभिवृद्धिका लागि शुल्क उन्मुलन, यातायात सञ्जाल कनेक्सनमा सुधार र नियमनका अवरोधहरुलाई हटाउनुपर्नेमा जोड दिएको छ ।
कनक्लेभले मानवीय जनशक्तिको विकास, रेमिट्यान्सको प्रवाहको असरको व्यवस्थापन तथा विदेशी लगानी अभिवृद्धिका लागि उचित वातावरण व्यवस्थापनका साथै दिगो सामाजिक आर्थिक विकासमा जोड दिएको छ । दोहोरो आर्थिक वृद्धिका लागि बलियो योजनामा जोड दिँदै दक्षिण एशियाको आर्थिक सम्वृद्धि र तीव्र आर्थिक वृद्धिमा जोड दिएको छ । सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले कनेक्लेभले सार्क राष्ट्रभित्रका राजनीतिक व्यक्तित्वसहित व्यापारिक नेताहरु एकै ठाउँमा उभ्याएर सार्कभित्र भएका सम्झौताहरु कार्यान्वयनका लागि वातावरण बनाएको बताए । ‘सार्क राष्ट्रभित्र व्यापार प्रवद्र्धनका लागि पूर्वाधार निर्माणदेखि नीतिगत रुपमा अघि बढ्नुपर्ने विषयमा गहन छलफल भयो ।’–उनले भने–‘कनक्लेभले सार्कलाई सकृय बनाउन थप मद्दत गरेको छ ।’
दक्षिण एशियामा उत्कृष्ट कनेक्सनका लागि पूर्वाधारमा लगानी विषयक सत्रमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को २० प्रतिशत रकम पूर्वाधारमा खर्च गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै त्यसका लागि नीजि क्षेत्रसँग सरकारले सहकार्य गर्ने बताए । ‘जीडीपीको ४० प्रतिशत बजेट रहेकोमा २० प्रतिशत पूर्वाधारमा खर्च गर्नुपर्ने आवश्यकता देखिएको छ ।’–उनले भने–‘सरकारले मात्र लगानी गर्न सक्ने अवस्था छैन, नीजि क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्छ ।’
पूर्वाधार क्षेत्रका परियोजनाहरुमा नीजि क्षेत्रलाई सहभागिता गराउनका लागि सरकारले भाबिलिटी ग्याप फण्डिङमार्फत व्यवस्था गरी सहभागी गराउने गरी अघि बढ्न लागेको पनि उनले जानकारी दिए । ‘पूर्वाधारमा नीजि क्षेत्रलाई सहभागी गराउन सरकारले प्रकृयालाई सहजीकरण र उपयुक्र्त निर्देशिका बनाउँछ ।’–उनले भने । सामाजिक सुरक्षामा सरकारले बढी प्राथमिकता दिईरहेकोमा यसलाई परिवर्तन गरेर पूर्वाधार विकासमा अग्रसर भएको उनको तर्क थियो ।
भायबिलिटी ग्याप फण्डिङ
आइतबार दक्षिण एशियाको सम्वृद्धिका लागि लगानीको विषयक सार्कभित्रका मन्त्रीहरुको सत्रमा बोल्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले व्यापार सहजीकरणका लागि सरकारले सबै किसिमको वातावरण बनाउने बताए । ‘सार्कभित्र व्यापार अभिवृद्धिका लागि पूर्वाधार सुधारको जरुरी छ ।’–उनले भने–‘आर्थिक सम्वृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सरकारले सबै किसिमको वातावरण बनाउँछ ।’ राजनीति सुधार सबै कुरा सुध्रिने बताउँदै नेपालमा अहिले राजनीति सुध्रेकोले आर्थिक विकासमा नेपाल लम्कने बताए ।
सत्रमा भुटानका अािर्थक मामिला मन्त्री ल्योन्पो दोर्जीले आर्थिक विकासको मार्गमा भुटान अघि बढीसकेको बताउँदै सार्कभित्रका सहकार्य र समन्वयका क्षेत्रीय र उपक्षेत्रीय विकासको अवधारणामा अघि बढ्नुपर्ने बताए ।
No comments:
Post a Comment