Wednesday, November 25, 2020

भारतबाट आउने बिजुली सस्तियो

 मंसिर १०, २०७७ बुधबार

https://www.karobardaily.com/news/122323

नेपालले भारतबाट आयात गर्ने बिजुलीको भाउ सस्तिएको छ । भारतबाट ४.३४ भारतीय रुपैयाँ अर्थात ६.९४ रुपैयाँ नेपालीमा आयात हुँदे आएकोमा प्रतियुनिट २५ पैसा अर्थात ४.१८ भारतीय रुपैयाँ अर्थात ६.६८ रुपैयाँमा झरेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली ल्याउनका लागि तोकिएको नोडेल एजेन्सी एनभीभीएनले गरेको सम्झौता नवीकरण अनुसार ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ल्याउने बिजुली सो भाउ तोकिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिसेम्बर १ देखि अप्रिलसम्मका लागि विद्युत् आयात गर्नका लागि सम्झौता नवीकरण भएको जानकारी दिए । प्राधिकरणले गरेको सम्झौताअनुसार डिसेम्बरदेखि अप्रिलसम्म ३ सय ५० मेगावाट, जुलाईदेखि नोभेम्बरसम्म ३ सय ५० मेगावाट तथा मे र जुन महिनामा २ सय मेगावाटसम्म आयात गर्नेछ । प्राधिकरणले आगामी हिउँदका लागि ५ सय मेगावाटसम्म आयात गर्ने लक्ष्य राखेको छ । प्राधिकरणका अनुसार, पाँच वटा १३२ केभीका प्रसारण लाइनमार्फत ६.१८ भारतीय रुपैयाँ, ३३ केभीको प्रसारण लाइनमार्फत ६.६८ भारतीय रुपैयाँ तथा टनकपुरबाट ४.१४ भारतीय रुपैयाँमा बिजुली किन्दै आएको छ ।
तुलनात्मक रुपमा नेपाल भारतबीचको पहिलो ४ सय केभीको पहिलो अन्तरदेशीय प्रसारणलाइनबाट आउने बिजुलीको भाउ भने कम छ ।

Saturday, November 21, 2020

कमजोर वितरण प्रणालीले गुणस्तरीय बिजुलीमा अवरोध

https://www.karobardaily.com/news/122049

 मंसिर ७, २०७७ आईतबार

काभ्रेको पाँचखालस्थित ११ केभीको सबस्टेसनबाट गएको फिडरबाट पलाञ्चोक भगवती, दोलालघाट हुँदै कोशीपारीको माझीफेदादेखि माँदनकुँडारीसम्म बिजुली बल्छ । प्राविधिक रूपमा ११ केभीको फिडरबाट ११ किलोमिटर बिजुली प्रवाह हुनुपर्ने हो तर यस फिडरले झण्डै एक सय किलोमिटर धानेको छ ।
नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख मेघनाथ ढकाल पाँचखालबाट गएको ११ केभीको फिडरबाटै कोशीपारीसम्मका क्षेत्रमा बिजुली बलिरहेको र निर्माणाधीन माझीफेदाको सवस्टेशनपछि गुणस्तर बिजुली पु-याउन धेरै सहज हुने बताउँछन् । “गएको तिहारमा त त्यति धेरै बिजुली जाने समस्या त भएन तर वितरण प्रणालीको कुरा गर्दा पाँचखालबाट गएको फिडरले पलाञ्चोक हुँदै कोशीपारीसम्मलाई बिजुली सेवा दिएको छ, ६ महिनाभित्र सम्पन्न गर्ने गरी माझीफेदामा सवस्टेशन बनिरहेको छ, यो बनेपछि कोशीपारीका साथै रामेछापलाई समेत विद्युत् वितरण गर्न धेरै सहज हुन्छ,” उनी भन्छन् ।
विद्युत् प्राधिकरणका अनुसार, दुहबी ग्रिडबाट विराटनगरतर्फ गएका ३३ केभीका दुई फिडर ओभरलोड छन् । ढल्केबरबाट दुहबी ग्रिडसम्म आउने १३२ केभीको प्रसारण लाइनमा देखिएको चुहावटको समस्याले समेत विद्युत् आपूर्तिका लागि समस्या परेको छ । प्राधिकरणले दुई फिडर स्तरोन्नतिका लागि प्रक्रिया भने अझै बढाइसकेको छ तर यहाँ देखिएको लो भोल्टेजको समस्या समाधान भईसकेको छैन । गएको लक्ष्मीपूजा, तिहार र नेपाल संवदको बेला काठमाडौंसहित मुलुकभरका विभिन्न क्षेत्रमा ट्रान्सफर फ्यूज जाने, रुखका हाँगा लागेर लाइन चुँडिने, पुरानो र पातलो जम्परमा लोड बढ्दै गएर ओभर लोड हुने समस्या देखियो । माग धान्ने गरी बिजुली भएपनि यही समस्याले बिजुली झ्याप्प गइरह्यो ।
यी त केही उदाहरण मात्र होइन, पर्याप्त उत्पादन र वितरणको लागि ट्रान्सफर्मर भएर पनि वितरण र प्रसारणलाइनको अभावले बिजुली झ्याप्प जाने समस्या बढ्दो छ । कुनै वितरण लाइनमा समस्या आउनेवित्तिकै मर्मत सम्भार गर्ने र काम चलाउने परम्परागत कामचलाऊ प्रवृत्ति प्राधिकरणमा छ । कमजोर वितरण प्रणालीलाई सुधार्नका लागि प्रयास त भएका छन् तर लोडसेडिङ अन्त्यपछिको उत्पादनको आधारमा वितरण प्रणालीलाई बलियो र आधुनिक बनाउन भने प्राधिकरणले सकेको छैन ।
प्राधिकरणको तथ्यांकले ग्रीड सवस्टेशनहरूको क्षमता ४ हजार ५ सय एमबीए पुगेको छ । हाल करिब ४ हजार ३ सय एमबीएको सवस्टेशन निर्माण भईरहेको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १२ सय मेगावाट धान्ने वितरण प्रणाली प्राधिकरणसँग छ तर उत्पादन १४ सय मेगावाटको हाराहारीमा पुगिसकेको छ ।
शाक्य गुणस्तरीय बिजुली प्रदानका लागि कमजोर वितरण प्रणाली अवरोधकको रूपमा देखिएको बताउँदै यसमा ध्यान केन्द्रित गरेर योजना अघि बढाउन लागिएको बताउँछन् । “पहिला लोडसेडिङ अन्त्य भएमात्र पुग्छ भनेर सहेका थिए, बिजुली नियमित नहुने समस्या बढ्दै जाँदा अब जनताले यसलाई सहदैनन, नियमित बिजुली खोज्छन्, समस्या बढाए ठूलो रूप लिँदै जान्छ,” उनी भन्छन्, “उत्पादन त पर्याप्त छ तर वितरण र प्रसारण प्रणाली कमजोर छ, अब वितरण प्रणाली सुधार्न केन्द्रित हुन्छु, अहिलेकै मुल्यमा नबढ्ने गरी हामीभन्दा विकसित देशले अपनाएको आधुनिक प्रणाली ल्याएर गुणस्तरीय बिजुली दिनु आवश्यक छ तर वितरण र प्रसारण राजमार्ग विस्तारमा ठूलो समस्या छ ।”
हुन पनि हरेक सर्वसाधारण उपभोक्ता आफ्नो घरमा २४ घण्टानै गुणस्तरीय बिजुलीको झिलिमिलि खोज्छन् तर वितरण र प्रसारण लाइन आफ्नो जग्गा र आगन अगाडीबाट नजाओस् भन्ने चाहन्छ । यसमा प्राधिकरणको पनि कमजोरी छ । वितरण प्रणालीको पोल र तारहरू व्यवस्थित गर्न नसक्दा यसको कारणले हुन सक्ने दुर्घटनाको खतराको कारणले सर्वसाधारण बिजुली पोल र तारदेखि त्रसित छन् । प्राधिकरणले वितरण प्रणालीलाई स्मार्ट बनाएर आफ्नो जग्गा वा आँगनबाट लाँदा सुरक्षाको दृष्टिकोणले कुनै खतरा हुँदैन भनेर सर्वसाधारणलाई बुझाउन सकेको छैन । शाक्य भने प्राधिकरणले भुमिगत वितरण प्रणाली सुरु गरिसकेको तथा वितरण प्रणालीलाई सुधारका लागि धेरै योजना अघि बढाउन लागेको बताउँछन् ।
एउटा फिडरमा समस्या आएमा पुरै क्षेत्रमै विद्युत् जाने समस्या अहिले छ तर प्राधिकरणले ११ केभीका वितरण लाइनहरूको ठाउँ ठाउँमा लोड ब्रेक स्वीच राखेर एकातिर बिजुली बन्दा हुँदा अर्कोतिर निरन्तरता दिने गरी वितरण प्रणाली व्यवस्थितका लागि प्राधिकरणले योजना अघि बढाएको छ । “एउटा फिडर मर्मत गर्दा पुरै बिजुली बन्द गर्नुपर्ने अवस्था आउन नदिन लोड ब्रेक स्वीचहरू राखेर विद्युत् अवरुद्ध कम गर्ने गरी योजना अघि बढाएका छौं, यसबारे वितरण ग्राहक छलफल सुरु भइसकेको छ,” उनले भने, “यो वर्ष प्राधिकरणको बजेटले भ्याएसम्म बनाउँछौ, अर्को बर्षदेखि निश्चित योजना र बजेट नै छुट्याएर काम हुन्छ ।”

Wednesday, November 18, 2020

कुलमान वहिर्गमनपछिको लोडसेडिङमुक्त लक्ष्मीपूजा

https://www.karobardaily.com/news/121748

मंसिर ३, २०७७ बुधबार

 चार वर्षअघि लक्ष्मीपूजाको दिनबाटै काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको थियो । एक दशकभन्दा बढी झिलिमिलिकै चाड तिहारको लक्ष्मीपूजाको दिन अँध्यारोमा बस्नुपर्ने काठमाडौंवासीको पीडा अन्त्य भएको दिन थियो त्यो, अनि कुलमान घिसिङलाई सामान्य इन्जिनियरबाट सार्वजनिक हिरो बनाउने आधार दिन पनि । नयाँ कार्यकारी निर्देशक रुपमा नियुक्त भएका घिसिङको व्यक्तित्व त्यसपछि यति चुलियो कि चार वर्षे कार्यकाल सकिएपछि पुनः नियुक्तिको लागि माइतीघरमा जुलुसनै भयो ।

कार्यकारी निर्देशकबाट वहिर्गमन भएपछि फेरि धेरैले लोडसेडिङ दोहोरिने भन्दै पुनः नियुक्तिको माग गरेका थिए । स्वयं कुलमानले फेरि लोडसेडिङ नहुने बताए पनि सर्वसाधारण पत्याउन तयार थिएनन् । नारा जुलुश लाग्न छोडेन, सामाजिक सञ्जालको पेज त पुनः नियुक्तिको लागि भरिएको थियो । धेरै माग उठ्न थालेपछि स्वयं कुलमानले नै आफ्नो पुनःनियुक्तिका लागि नारा जुलुश रोक्न आह्वान गर्नुपरेको थियो । उनको पुनः नियुक्तिलाई लिएर ऊर्जामन्त्री र मन्त्रिपरिषद्बीच नै फरक धारणा सार्वजनिक भएका थिए । ऊर्जामन्त्रीले प्रस्ताव गरेको बताएका थिए भने तत्कालीन सरकारका प्रवक्ताले मन्त्रिपरिषद्मा प्रस्ताव नआएको बताएका थिए । त्यसपछि विद्युत्् प्राधिकरणको नेतृत्वलाई मात्र होइन, सरकारलाई नै लोडसेडिङमुक्त बनाइराख्न चुनौती थपिएको थियो । त्यसका लागि प्रायः बिजुलीको सबैभन्दा बढी माग हुने (कुनै वर्ष हिउँदमा पनि भएको छ) लक्ष्मीपूजालाई लोडसेडिङमुक्त बनाउन सकिएमा व्यक्तिले होइन, प्रणाली अर्थात जोसुकैले पनि अन्त्य गर्न सक्छ भनेर सन्देश जान सक्ने भन्दै यसको तयारी गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्ना निकटहरूसँग कुलमानले होइन, प्रणाली (सिष्टम) ले लोडसेडिङ अन्त्य भएको देखाउन लक्ष्मीपूजामा विशेष तयारीका लागि अह्राएका थिए । प्रधानमन्त्री कार्यकाल यतिसम्म चिन्तित थियो कि चाडवाडका लागि विशेष योजना बनाइरहेका लेखा सेवाका (गैरप्राविधिक) लेखनाथ कोइरालाबाट यो असम्भव हुन्छ कि भनेर ऊर्जामन्त्रीलाई बोलाएर प्रणाली सञ्चालनमा काबिल मानिएका र प्राधिकरणकै वरिष्ठमध्ये पहिलो नम्बरमा रहेका हितेन्द्रदेव शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीबाट फिर्ता बोलाएर अधिकार दिन समेत लगाएको थियो । सोही अनुसार, एक साताअघि विद्युत्् प्राधिकरणले काज फिर्ता मात्र बोलाएन, बोर्डले ६ महिनाका लागि अधिकारसहितको कायममुकायम कार्यकारी निर्देशक पनि बनायो । उनी त्यस लगत्तै लक्ष्मीपूजासहितका दिनमा विद्युत् आपुर्ति सुनिश्चित गर्न कस्सिए । मन्त्रालयका मन्त्री र व्यवस्थापन टिमले पनि साथ दियो ।
प्राधिकरणका अनुसार, तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग ११ सय ३२ मेगावाट पुगेको थियो । प्राधिकरणले भने १३ सय मेगावाटसम्मको आपुर्तिका लागि तयारी गरेको थियो । लक्ष्मीपूजाको दिनको उच्च मागको प्रत्यक्ष निरीक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कामु निर्देशक शाक्यसहितको स्यूचाटारस्थित भारप्रेषण केन्द्र पुगेका थिए । कार्यकारी निर्देशक शाक्य आफूहरूले चाडवाडलाई लक्षित गरी विशेष योजना बनाएको र सोही अनुसार सहज तरिकाले आपूर्ति गरिएको बताउँछन् । “चाडवाडका लागि १३ सय मेगावाट बराबरको विद्युत् आपुर्तिको व्यवस्था गरिएको थियो, ११ सय ३२ मेगावाट पिक डिमाण्ड पुगेको थियो, त्यो सहजै आपुर्ति ग¥यौं,” उनले भने, “कुनै पनि हालतमा लोडसेडिङ हुँदैन भन्नेमा ढुक्क थियौ, अब कहिल्यै लोडसेडिङ हुँदैन, त्यो व्यवस्थापन गर्न प्राधिकरणको समूह सक्षम छ ।”
प्रायः अधिकांश वर्ष वर्षभरिको उच्च माग लक्ष्मीपूजाको दिन हुने गर्छ तर कुनै वर्ष हिउँदको पुसको दोस्रो साता पनि भएको छ । चालू वर्षको लक्ष्मीपूजाको दिन मागको प्रक्षेपणभन्दा झण्डै दुई सय मेगावाट कम थियो । गत वर्षको लक्ष्मीपूजामा भने ११ सय ५ मेगावाटको माग थियो । प्राधिकरणका अनुसार २०७४ सालको लक्ष्मीपूजाको अधिकतम माग ११६५ मेगावाट र २०७५ सालको लक्ष्मीपूजाको माग १०९७ मेगावाट थियो । काठमाडौँ उपत्यका लोडसेडिङमुक्त भएको २०७३ सालमा भने ९ सय ६० आपूर्ति भएको थियो भने ४ सय ८४ लोडसेडिङ थियो । २०७३ सालपछि कुनै वर्ष लक्ष्मीपूजाको दिन मुलुकभरका सर्वसाधारणले लोडसेडिङ भोग्नुपरेन र तिहार झिलिमिली नै भयो । वितरण प्रणालीको अवरोधले भने अझै पनि गुणस्तरीय विद्युत् सेवा नियमित रुपमा सर्वसाधारणले पाउन भने सकेका छैनन् ।

Friday, November 13, 2020

तीन जलविद्युत् आयोजनालाई साढे ३८ अर्ब लगानी स्वीकृत

https://www.karobardaily.com/news/121592 

कार्तिक २७, २०७७ बिहीबार

लगानी बोर्डले निर्माणमा जान लागेका तीन जलविद्युत् आयोजनाका लागि साढे ३८ अर्ब बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औं बैठकले २ सय मेगावाटका ३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
बोर्डका प्रवक्ता धमेन्द्र मिश्रले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माणका लागि तीन जलविद्युत् आयोजनामा लगानी स्वीकृति दिएको बताए । उनका अनुसार २ सय मेगावाटभन्दा माथि र ६ अर्बभन्दा माथिका आयोजनाको लगानी स्वीकृति अधिकार बोर्डलाई भएकाले ६ अर्बभन्दा बढीका आयोजनालाई स्वीकृति दिइएको हो ।
बोर्डका अनुसार निर्माण चरणमा रहेका ७७.५ मेगावाटको घुन्सा खोलाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ स्वीकृति गरेको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीले सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेड गठन गरेर आयोजना निर्माण गर्न लागेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) को रकम उपयोग गरेर निर्माण गर्ने गरी ६ वर्षअघि रेमिट हाइड्रो कम्पनी दर्ता भएपनि बल्ल लगानीका लागि स्वीकृति पाएको हो ।
त्यसैगरी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ५७ मेगाावटको हिमचुली दोर्दीलाई १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँको लगानी स्वीकृति दिएको छ । सीता हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ६५ मेगावाटको दूध खोलालाई १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।
बैठकले लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो । त्यसैगरी लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न स्वचालित बनाउने तथा नलेज म्यानेजमेण्ट पोर्टल स्थापना गर्ने र उपयोग गर्नेबारे पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले विद्युत् उत्पादन र खपत दुवैको योजना सम्बन्धित निकायसँग मिलेर अघि बढ्न आग्रह गरे । कोभिडले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेका काममा हुने बिलम्बलाई हटाउनका लागि अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेललाई तोकिएको छ । यसअघि पनि अर्थमन्त्री नै उपाध्यक्ष रहने व्यवस्था थियो । तर त्यसअघि भने तत्कालीन सरकारले उद्योगमन्त्रीलाई उपाध्यक्ष बनाएको थियो ।

कोभिडप्रभावित जलविद्युत् आयोजनालाई राहत सिफारिस

https://www.karobardaily.com/news/121645 

कार्तिक २८, २०७७ शुक्रबार

कोरोना महामारीबाट गम्भीर समस्यामा परेका जलविद्युत् आयोजनाको समस्या र समाधानका विषयमा अध्ययन गर्न गठित समितिले प्रभावित आयोजनाहरूलाई राहत दिन सिफारिस गरेको छ । ऊर्जा, जलस्रोत सिँचाइमन्त्री वर्षमान पुनले यसका लागि गत भदौमा मन्त्रालय विकास सहायता तथा प्रादेशिक महाशाखा प्रमुख मधुप्रसाद भेटुवालको संयोजकत्वमा समिति गठन गरेका थिए ।
समितिले बिहीबार प्रतिवेदन बुझाउँदै राहत सिफारिस गरेको हो । मन्त्री पुन र सचिव दिनेश घिमिरेलाई बुझाइएको प्रतिवेदनमा कोभिडप्रभावित निर्माण सम्पन्न, निर्माणाधीन र अध्ययनमा रहेका आयोजनाहरूको अनुमतिपत्र (लाइसेन्स) को अवधि थपदेखि नीतिगत र कानुनी सुधारसम्म गरेर राहत दिन सिफारिस गरिएको छ । समितिको सिफारिस अनुसार कार्यान्वयन गर्ने निकाय मन्त्रालय, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, अर्थ मन्त्रालय र मन्त्रिपरिषद्सम्म छन् ।
मन्त्रालय र आफू मातहतले कार्यान्वयन गर्नुपर्ने तुरुन्तै कार्यान्वयनमा लैजाने तथा अर्थ मन्त्रालयले गर्नुपर्ने कामका लागि मन्त्रालयले सिफारिस र केही मन्त्रिपरिषद्मा जानुपर्ने भएकोले सोको लागि ऊर्जामन्त्री, अर्थमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेको मन्त्रिपरिषद्को उच्चस्तरीय समितिमा सिफारिस गरी त्यहाँमार्फत मन्त्री परिषदमा लगेर कार्यान्वयन गर्ने योजना मन्त्रालयको छ । समितिका सदस्य समेत रहेका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष मोहन डाँगीले मन्त्रालय र मातहतका निकायले कार्यान्वयन गर्नुपर्ने काम तुरुन्तै सुरु हुने गरी मन्त्रीबाट प्रतिवद्धता आएको बताउँदै अन्य भने सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख गरेको बताए ।
निर्माणसम्पन्न निर्माणमा जान लागेका, निर्माणाधीन र अध्ययनमा रहेका आयोजनाहरूको सर्वेक्षण तथा उत्पादन अनुमतिपत्रको अवधि सम्झौता मितिबाट एक वर्ष थप गर्ने र यसका लागि विद्युत्् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७५ आवश्यक संशोधन गर्न सिफारिस गरिएको छ । त्यसैगरी लकडाउनको अवधिभित्र विद्युत्् खरिद बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापन गर्नुपर्ने अनुमतिपत्रको सर्तमा एक वर्ष थप गर्ने र यसका लागि निर्देशकमा आवश्यक संशोधन गर्ने, वातावरणीय अध्ययनको समयावधि एक वर्ष थप गर्न वन तथा वातावरण मन्त्रालयमा अनुरोध गर्ने पनि सिफारिसमा उल्लेख छ । त्यसैगरी कोभिडको कारणले स्थानीयस्तरमा आयोजनाको स्थलगत अध्ययन गर्न अवरोध भएकाले अध्ययनमा प्रभाव परेका आयोजनाका प्रवद्र्धकलाई सो समयको वार्षिक अनुमतिपत्र दस्तुरमा ७५ प्रतिशत छुट दिने व्यवस्थाका लागि अर्थ मन्त्रालयको स्वीकृति लिई मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने, यस अवधिमा सर्वेक्षण अनुमतिपत्रका लागि दरखास्त दिएका वा सर्भेक्षण अनुमतिपत्र नवीकरण भइसकेका आयोजनाका प्रवद्र्धकलाई प्रस्तावित ७५ प्रतिशत छुट दस्तुर सर्वेक्षण अनुमतिपत्र नवीकरण दस्तुरमा मिलान गर्ने तथा सो अवधिमा नवीकरण भइसकेकाको हकमा १ वर्षको ७५ प्रतिशत समयावधि मिलान गर्न पनि समितिले सिफारिस गरेको छ । यसैगरी उद्यो दर्ताको अवधि पनि एक बर्ष थपका लागि आयोजनासम्बन्धी निर्देशिका संशोधनका लागि सिफारिस गरिएको छ ।
पूर्वाधार विकासको क्षेत्रमा कोभिड–१९ को असर न्यूनिकरण तथा पुनरुत्थान गर्न छाता ऐन निर्माण गर्न उपयुक्त हुने हुने बताउँदै लकडाउनको अवधिभित्र सर्वेक्षण अनुमतिपत्र नवीकरण, उत्पादन तथा प्रसारणको अनुमतिपत्र दरखास्त, वित्तीय व्यवस्थापन एवं विद्युत्् खरिद–बिक्री सम्झौताको म्याद थपको दरखास्त तथा अन्य विवरणहरू कोभिड–१९ को कारणले पेश गर्न असमर्थ प्रवद्र्धकलाई सो समयपश्चात दरखास्त दिए कारबाही अगाडि बढाउन कानुनी व्यवस्था गर्ने, यसका लागि सर्भेक्षण अनुमतिपत्रको अवधि विद्युत्् ऐन, २०४९ को दफा ५ को उपदफा १ मा सर्भेक्षण अनुमतिपत्रको अवधि बढीमा ५ वर्ष रहने भन्ने व्यवस्थालाई संशोधन गरी कोभिड–१९ को प्रभावका कारण ५ वर्षको अवधिले नपुग्ने देखिए हाललाई १ वर्षसम्म थप गर्न मिल्ने गरी संशोधन गर्ने लगायतका सिफारिस पनि समितिले गरेको छ । कोभिड–१९ बाट प्रभावित निर्माणधीन आयोजनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक वित्तीय व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई अनुरोध गर्ने तथा तोकिएको मितिमा विद्युत्् उत्पादन हुन नसक्ने अवस्थालाई मूल्याड्ढन गरी आरसिओडी अवधि हाललाई १ वर्षसम्म गर्न विद्युत्् प्राधिकरणलाई निर्देशन दिन पनि समितिले सिफारिस गरेको छ ।
ऊर्जा उत्पादकहरूले लकडाउन भएलगत्तैदेखि कोरोनालाई लक्षित गरी राहतका कार्यक्रम ल्याउन माग गर्दै आएपनि बल्ल के के गर्ने भन्ने सिफारिस गरेको हो । सिफारिसपछि सरकारबाट निजी प्रवद्र्धकहरूले कोरोना प्रभावित आयोजनाहरू निर्माणका लागि अघि बढ्न राहत पाउने अपेक्षा गरेका छन् ।

नेपालकै ठूलो सवस्टेसन सञ्चालनमा
भारतसँग विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन अन्तर्गतको ढल्केबर सवस्टेशन सञ्चालनमा आएको छ । मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन सञ्चालनमा आएको हो । पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधियुक्त स्वचालित सो ढल्केबर सबस्टेसन ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन अब ४ सय केभीमा सञ्चालन भएको प्राधिकरणले जनाएको छ । नेपाल–भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनको रूपमा रहेको ढल्केबार मुजफ्फरपुर लाइन तयार भएर १३२ र २२० केभीमा चार्ज भए पनि पूर्ण क्षमताका साथ सञ्चालन आएपछि यसल नेपाल र भारतबीच विद्युत् आदानप्रदानमा महत्वपूर्ण सहयोग गर्ने प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

कोरोनामा राष्ट्रिय गौरवका सिँचाइ आयोजना सुचारु

 

https://www.karobardaily.com/news/121557

कार्तिक २७, २०७७ बिहीबार

कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको काम रोकिएको छैन । सरकार र विशेष गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कोरोनाको अवधिमा समेत सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गरेपछि काम नरोकिएको हो । मन्त्रालयका अनुसार मन्त्रालयले २०७७-७८ को पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६ सहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसहित सिँचाइ मन्त्रालयका सचिव मधुसुदन अधिकारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरराज राजभण्डारी तथा आयोजना प्रमुखहरूसँग तीनसम्म भएको भर्चुअल बैठकको समीक्षामा प्रगति सन्तोषजनक देखिएको हो । समीक्षामा भेरी–बबई र सुनकोसी–मरिन डाभइर्सन, सिक्टा, रानी जमारा कुलरिया, बबई र महाकाली सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजना हुन् । यस्तै उपत्यकाको भूमिगत पानीको स्रोत रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाण्डुको शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्र गतिमा अघि बढेको छ । यस्तै, तत्कालीन मध्य, पश्चिम र सुदूरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुंगो लगाउने निर्णय गरेको छ ।
सुनकोसी–मरिन डाइभर्सनबाट १ लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी–बबई डाइभर्सन र बबई सिँचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७ सय हेक्टर, महाकाली सिंचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानी जमरा कुलरियाबाट २० हजार ३ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्नेछ । यस्तै भेरी–बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोसी–मरिन डाइभर्सनबाट करिब ३० मेगावाट तथा रानी जमरा कुलरियाबाट ४.७ मेगावाट विद्युत उत्पादन हुनेछ । सिंचाइ र विद्युत् उत्पादन सँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । ढाप ड्याम निर्माणको काममा हालसम्म कूल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी–बबईमा ४० प्रतिशत र बबईमा ४७ प्रतिशत काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
गत वर्षबाट सुरु भएको सुनकोसी मरिन आयोजनाअन्तर्गत रामेछाप र सिन्धुली खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । यस्तै चालु आर्थिक वर्ष २०७७-०७८ मा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकाली सिंचाइ आयोजनाको कूलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ । बैठकमा मन्त्री पुनले आयोजना निर्माणको काममा कुनै समस्या आए तत्काल सम्बोधन गर्न र समस्या समाधान गर्न असमर्थ भए आफूलाई जानकारी गराउन निर्देशन दिए । “समस्या आए पहिला आफ्नै तहबाट समाधान खोज्नुस्, सम्भव भएन भने मलाई भन्नुस्, जस्तोसुकै समस्या भए पनि राजनीतिक तहबाट तत्काल समाधान गरिन्छ,” उनले भने ।

Thursday, November 12, 2020

लक्ष्मीपूजामा विद्युत् नियमित गर्न विशेष तयारी

https://www.karobardaily.com/news/121471

 कार्तिक २६, २०७७ बुधबार

वर्षभरीमा सबैभन्दा बढी विद्युत् माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ । कुनै कुनै बाहेक अधिकांश वर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत् व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने गरेको छ । आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत् प्राधिकरणले विशेष योजना बनाएको छ । तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस् भनेर विशेष योजना बनाइएको प्राधिकरणले जनाएको छ । चार वर्षभन्दा अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रूपमा लोडसेडिङ अन्त्य गराएका थिए ।
विद्युत् प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम गर्ने गरी तयारी अघि बढाएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयात गरेर लक्ष्मी पूजाका लागि विशेष योजना बनाएको बताउँछन् । “लक्ष्मी पूजाको दिन झिलिमिलिलाई कायमै राख्न निजी क्षेत्र र प्राधिकरणबाट १ हजार ५० मेगावाट तथा भारतबाट २ सय ५० आयात गरेर बिजुलीको प्रबन्ध गर्ने योजना बनाएका छौं,” उनी भन्छन्, “कोभिडको कारणले लक्ष्मीपूजाको दिन माग गत वर्षकै जस्तै १३ सय मेगावाट हुने प्रक्षेपण गरी सो अनुसारको व्यवस्थापन गर्ने गरी योजना बनेको छ ।”
ढल्केबर–मुजफ्फरपुर, टनकपुर, कटैया–कुसाहाबाट २ सय ५० मेगावाट सजिलै ल्याउन सकिने प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाका लागि पर्याप्त बिजुली भए पनि वितरण लाइनको समस्या लगायतले केही क्षेत्रमा प्राविधिक समस्या आउने सक्ने भन्दै प्राधिकरणले तत्काल समस्या समाधानका टोली समेत बनाएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले प्राधिकरण वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक लगायतलाई बोलाएर मंगलबार सबै फिडरहरू तयार अवस्थामा राख्न, ट्रान्सफर्मरहरू तयारी अवस्थामा राख्न तथा कुनै समस्या आएमा तत्काल सम्बोधन गर्ने टोली प्रिचालन गर्न निर्देशन समेत दिइसकेको बताए ।

Tuesday, November 10, 2020

अर्थतन्त्रलाई पुनरुत्थान गर्न केन्द्रित हुन्छु

 कार्तिक २५, २०७७ मंगलबार

कोभिड–१९ का कारण समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रको पुनरुत्थान मुख्य चुनौती भइरहेका बेला विष्णु पौडेल नयाँ अर्थमन्त्री नियुक्त भएका छन् । डा. युवराज खतिवडाको बर्हिगमनपछि आएका अर्थमन्त्री सामु उद्योगधन्दा, व्यापार–व्यवसायलाई पहिलाकै अवस्थामा फर्काउनेदेखि कोभिडका कारणले यसको परीक्षण र उपचारलाई व्यवस्थित बनाउने, पुनरुत्थानका लागि राहत प्याकेज ल्याउनेसम्मका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने चुनौती छ । चालू आर्थिक वर्ष सुरु भएको पाँच महिना पुग्न लाग्दासमेत बजेटको खर्च कमजोर अवस्थामा छ । दोस्रो पटक अर्थमन्त्री भएका उनका लागि बजेट कार्यान्वयन ठूलो चुनौती हो । बजेटमार्फत चालू आर्थिक वर्षमा ल्याएका राहतका प्याकेज पनि कार्यान्वयनमा गइसकेको छैन । कोभिडको फरक परिस्थितिमा अर्थमन्त्री भएका कारणले समस्याग्रस्त बन्दै गरेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि उनले चालू बजेटलाई प्राथमिकीकरण गर्दै प्रभावकारी कार्यान्वयन गर्ने बताए । नयाँ अर्थमन्त्री भएपछिका अवसर, चुनौती, अर्थतन्त्रलाई पुनरुत्थानका लागि चाल्न लागेको कदम, राजनीतिक खिचातानीभित्रको आर्थिक विकासलगायतका सन्दर्भमा कारोबारका लागि सम्पादक कुबेर चालिसे र प्रमुख संवाददाता भीम गौतमले नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलसँग गरेको कुराकानी :

अप्ठेरो अवस्थामा अर्थमन्त्रीका रूपमा प्रवेश गर्दा देशको अर्थतन्त्र चलायमान गराउन कस्तो योजना बनाउनुभएको छ ?
जिम्मेवारी लिँदा परिस्थिति छनोटको सुविधा हुँदैन । अप्ठेरो–सप्ठेरो भन्ने हुँदैन । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने मात्र हो । सजिलो परिस्थिति भए सजिलै तरिकाले अघि बढ्न सकिन्छ, अप्ठेरो छ भने त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । यतिबेला अप्ठेरो परिस्थिति छ । यस्तो परिस्थितिको सामना राज्यका सबै अंगहरूसँगको एकीकृत प्रयासमा गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । कोभिड–१९ ले सिर्जना गरेको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादन र रोजगारीमा जुन किसिमको समस्या सिर्जना भएको छ, त्यो समस्यालाई सम्बोधन गर्दै अर्थतन्त्रका सूचकांकहरूलाई सकारात्मक बनाउन प्रयास गर्नुपर्छ, सकिन्छ भन्ने विश्वास छ । यसमा मेरो ध्यान छ ।

तपाईंले सूचकांकहरूको कुरा गर्नुभयो । हाम्रो अर्थतन्त्र यस्तो मक्किसकेको छ कि एउटा विपद्को धक्का आउनेबित्तिक्कै धान्न नसक्ने हुने रहेछ । भूकम्पको अवस्थामा पनि त्यही देखियो, अहिले पनि देखिँदै छ । यसको पुनरुत्थानका लागि स्रोतको आवश्यकता छ । स्रोत व्यवस्थापन कसरी हुने देख्नुहुन्छ ?
स्रोत व्यवस्थापनका सम्बन्धमा बजेटमा हामीले जस्तो प्रबन्ध गर्दै आएका छौं यसैबाट हुने विश्वास छ । स्रोतका हिसाबले आन्तरिक राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण नै हो । यो संकटको बेलामा निजी क्षेत्रको आशा जगाउनुपर्छ । यति बेला निजी क्षेत्रको आत्मविश्वास र मनोबल पनि बढाउनुपर्छ । निजी क्षेत्रलाई पनि परिचालन गर्नुपर्छ र प्रत्यक्ष वैदेशिक सहयोग पनि परिचालन गर्नुपर्छ । निजी स्रोतलाई पनि अधिकतम परिचालन गर्नुपर्छ । हामीसँग आवश्यकता असीमित छ । स्रोत सीमित छ, त्यसैले अहिलेको बजेटलाई प्राथमिकीकरण गरेर अघि बढ्नुपर्नेछ । त्यस हिसाबले सोचिरहेका छौं ।

चालू वर्षको बजेट ल्याउँदा हामी लकडाउनको अवस्थामै थियौं । त्यतिबेला हामीले सामान्य अवस्था झैं बजेट ल्यायौं । बजेटको कार्यान्वयन कसरी हुन्छ ?
बजेट ल्याउने बेलामा कोभिड कहिलेसम्म रहने हो भनेर यकिन प्रक्षेपण गर्न गाह्रो नै थियो । त्यो परिस्थितिमा बजेट आएको हो । अर्को कुरा, प्राथमिकीकरणको कुरा गर्दा के कुरामा जोड दिनुपर्छ भन्ने मेरो कुरा हो भने प्रत्येक नागरिकको जीवन र जीविकाको सुरक्षा नै पहिलो प्राथमिकता हो । यसका लागि हामी योजनाबद्ध ढंगले प्रस्तुत हुनुपर्छ । पहिलो कोभिडको संक्रमणबाट मानिसलाई कसरी बचाउने, संक्रमणलाई कसरी न्यूनीकरण गर्ने ? संक्रमितहरूको उपचारलाई कसरी प्रभावकारी बनाउने, क्षति हुन नदिनका लागि के–कस्ता कामहरू गर्ने भन्ने विषय हुन्छन् । योसँगै जीविकाको पनि प्रश्न छ । साँझबिहानको हातमुख जोड्ने समस्या पनि छ । जीविकाको कुरामा विशेषगरी अशक्त, अपांग, विपन्नहरू, कोभिडका कारणले रोेजगारी गुमाएका अर्थात् कोभिडका कारण जीविका प्रभावित भएकाहरूलाई यही परिस्थितिमा पनि जिउन सकून, त्यो खालको प्रबन्ध गर्नुपर्छ । सरकारको पहिलो प्राथमिकता नै जीवन र जीविकाको रक्षा हो । यसतर्फ हामी केन्द्रित हुन्छौं ।

तपाईंले पहिलो प्राथमिकता जीवन र जीविकाको रक्षाको कुरा गर्नुभयो, तर पछिल्लो समय सरकारले उपचारबाट हात झिकेको छ । जीविकाको कुरामा पनि धेरै साना तथा मझौला उद्योगहरू बन्द भएर रोजगारी गुमेको छ । नयाँ रोजगारी सिर्जना हुन सकेका छैनन् । अर्थतन्त्र संकुचनतर्फ गइरहेका बेला अहिलेको आवश्यकता परिपूर्ति गर्ने गरी कसरी स्रोतलाई सन्तुलन व्यवस्था गर्नुहुन्छ ?
यस्ता अनपेक्षित महामारी र यसबाट सिर्जना हुने समस्यालाई समाधान गरी नागरिकको रक्षा गर्ने जिम्मेवारी सरकारको हो । यसमा केही अन्योलता सिर्जना भएको भने सत्य हो । तर, सरकारको स्पष्ट दृष्टिकोण के हो भने हामी प्रत्येक नेपाली, जसमा कोभिडको संक्रमण देखिएका बिरामीको निःशुल्क उपचार गर्छांै । सबै उपचार निःशुल्क गर्छौं । खास गरी सरकारी अस्पताल र प्रयोगशालाहरूमा निःशुल्क परीक्षण र उपचारबाट सरकार हिजो पनि पछि हटेको थिएन, आज पनि पछि हटेको छैन र भोलि पनि पछि हट्दैन । यसमा केही समय अन्योलता देखियो, फेरि दोहो¥याएर भन्छु— सरकार पछि हट्दैन । सरकारले बीचमा ‘सक्नेले योगदान गर्नुस्’ भनेको भने हो । हामी सक्दैनौं, जिम्मा लिँदैनौं, भाग्छौं भनेको छैन । जहाँसम्म स्रोत सन्तुलनको विषय छ, यो निःसन्देह आजको सन्दर्भमा बजेटकै प्रभावकारी कार्यान्वयनमा जोड दिन्छौं । हाम्रा प्रबन्धहरूमा केही परिवर्तनको आवश्यकता देखियो भने त्यसमा पनि अघि बढ्छौं । कोभिडबाट बचेर नागरिकको जीवन र जीविका रक्षाका लागि सरकारले स्रोतको अभाव हुन दिँदैन ।

स्रोत अभाव नहुनका लागि आन्तरिक राजस्वको कुरा महत्वपूर्ण हुन्छ । आन्तरिक राजस्व संकलनको अवस्था सन्तोषजनक छैन । आन्तरिक राजस्व वृद्धिका लागि निजी क्षेत्रले व्यापार, व्यवसाय बढाउनुपर्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि कोभिडका कारण समस्याग्रस्त उद्योगहरूको सञ्चालन र नयाँ उद्योग स्थापनाका लागि तपाईंले अघि बढाउने योजनाको खाका तयार गर्नुभएको छ त ?
निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारले नीति ल्याएको छ, तर यसको कार्यान्वयनमा केही ढिलाइ भएको छ । उदाहरणका लागि सहुलियत कर्जा, पुनर्कर्जा अनि कतिपय मौद्रिक नीतिमार्फत पनि सम्बोधन गरेका छौं । ती चिजमा बजेटले बोल्यो, तर त्योअनुसारको निर्देशिका, विनियमावलीमा केही समय लागेका कारणले केही ढिलाइ भएको हो । सरकारले निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्न खोजेको छ, तपाईंको साथमा सरकार छ भन्न खोजेको छ । अघि बढ्नुस्, यो अवस्थामा तपाईंलाई स्रोत अभाव हुन नदिन सरकार साथमा छ, उत्पादन र रोजगारीमा लाग्नुस् भनेर सरकारले उहाँहरूलाई विश्वस्त तुलाउन खोजेको छ । सहुलियत कर्जा, पुनर्कर्जाबाहेक पनि कर छुटको व्यवस्था गरिएको छ । ती चिजहरू प्रभावकारी कार्यान्वयन गर्छौं । कोभिडको प्रभाव के हो, रोजगारी र उत्पादनको अवस्था के हो भनेर हामीले तुलनात्मक अध्ययन गर्न खोजेका छौं । उत्पादनका क्षेत्रहरू कहाँ–कहाँ कसरी प्रभावित भएका छन् ? यी चिजको पनि हामी गहिरो लेखाजोखा गर्छौं । परिस्थितिले जे माग गर्छ, त्योअनुसार अघि बढ्छौं ।

रोजगारीको कुरा गर्नुभयो । यसमा कोभिडका कारणले विगत आठ महिनामा धेरै बेरोजगार भए । योसँगै विदेशमा रहेका धेरै रोजगारी छोडेर फर्किएका छन् । बेरोजगारको संख्या धेरै बढिसकेको छ, तर तपाईंले रोजगारी–रोजगारी भनिरहँदा उनीहरूले रोजगारी पाउने आधार के छन् ?
अहिलेसम्म भएका प्रयासका बारेमा सबै जानकार नै हुनुहुन्छ । प्रयास नभएका होइनन्, भएका छन् तर यसलाई गति दिनु जरुरी छ । नयाँ जनशक्ति तयार हुने हुनाले नयाँ रोजगारीमा आबद्ध गराउनुपर्ने चुनौती प्रत्येक वर्ष थपिन्छ । अहिले त झन् हिजो जो रोजगारीमा थियो, कोभिडका कारणले रोजगारीबाट विमुख भएको छ । अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका पनि फर्किएका छन् । यी विविध कारणले बेरोजगारी संख्या थपिएर सरकारलाई दबाब बढेको छ । विदेशबाट कुन समस्याको कारणसँगै कुन सीप लिएर फर्किनुभएको छ भनेर अभिलेख राखेर रोजगारी र स्वरोजगारीमा आबद्ध गराउने हाम्रो लक्ष्य छ । रोजगारी र स्वरोजगारीका लागि सरकारले अघि बढाएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गराउँदै छौं । तेस्रो कुरा, निजी क्षेत्रलाई हामीले के भनिरहेका छौं भने अघि बढ्नुस्, सरकार साथमा छ भनिरहेका छौं ।

सरकार निजी क्षेत्रको साथमा छ भनिरहँदा निजी क्षेत्रले सरकारले सहजीकरण गरिदिएन भनिरहेको छ । उनीहरू सरकारका तर्फबाट ठोस कार्यक्रम आएन भनिरहेका छन् । आर्थिक वर्षको ६ महिना पुग्न लागिसक्यो । सरकारले गर्छौं, गर्छौं भनिरहेको छ तर निजी क्षेत्रलाई सहमत गराएर पुनरुत्थानमा लैजाने कामको सुरुवात गर्ने कहिले हो ? कहिलेदेखि निजी क्षेत्रले तपाईंहरूले ल्याएको कार्यक्रमबाट उत्साहित भएर उद्योग–व्यवसाय सञ्चालन गर्ने अवस्था आउँछ ?
हामीले गर्नुपर्ने केही पूर्वकार्यहरू नियमावली, निर्देशिका, कार्यविधि छिट्टै टुङ्ग्याउँदै छौं । पहिलो कुरा, घोषणा गरेका कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजान्छौं । म निजी क्षेत्रलाई के आग्रह गर्न चाहन्छु भने म निजी क्षेत्रसँग जीवन्त संवादमा रहन चाहन्छु । उहाँहरूले सरकार भनेर सोचिदिनुस्, सरकारको कठिनाइ पनि बुझिदिनोस् । सरकारले निजी क्षेत्रका कठिनाइ बुझ्छ । उहाँहरूका मुख्य मुद्दाहरू के हुन्, राउन्ड टेबलमा बसेर हामी छलफल गरी समस्याको समाधान खोज्छौं । सरकारले पनि उहाँहरूलाई सहजीकरण गर्छ । यो काम तुरुन्तै हुन्छ । यसको तयारीमा छौं ।

६ महिना बित्न लाग्दा पनि विनियमावली, निर्देशिका, कार्यविधि आएको छैन । आर्थिक वर्षको अन्त्यमा बल्ल आयो भने कसरी काम हुन्छ ? काम नहुनुको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
यसको पछाडि विभिन्न कारणहरू छन् । यसमा प्रशासनिक ढिलासुस्तीका कुरा पनि छन् । यसमा परिस्थितिका प्रभाव पनि हुन्छन् । कतिपय अवस्थामा राजनीतिक प्रभाव पनि हुन्छ । विभिन्न कारणले विलम्ब भएको हो, अब हुन दिँदैनौं ।

राजनीतिक प्रभावको कुरा गर्नुभयो, सत्तारुढ दलभित्रकै विवादका कारणले अर्थतन्त्रमा पनि प्रभाव पारेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
आमनेपालीले चाहेको हामी एकताबद्ध भएर जाऊँ भन्ने हो । भूकम्पको बेलामा हामी सबै एकताबद्ध भएर काम गरेका थियौं । यसमा के सत्तापक्ष, के प्रतिपक्ष । आज त्यही परिस्थितिमा हामी छौं । तपार्इंहरूले गर्नुभएको आलोचनात्मक प्रश्नप्रति सम्मान छ । पार्टीभित्रको विवादका कारणले राष्ट्रिय अभिभारा पूरा गर्ने कुरा ओझेलमा पर्नु त्यति उचित होइन ।

अहिले खालि विवाद राजनीतिको कुराकै खिचातानीमा केन्द्रित छ । किन अर्थतन्त्र बलियो भएन, राष्ट्रिय गौरवका आयोजनाहरू समयमै बनेनन् भनेर राजनीतिक दलभित्र बहस हुँदैन ? कतै राजनीतिक दलका नेताहरूले अर्थतन्त्र नबुझेरै हो कि बुझाउन नसकेर हो ? आर्थिक समृद्धिको भाषण मात्र गरेर त हुँदैन, यसबारे के भन्नुहुन्छ ?
हामी कुन विषयमा केन्द्रित हुनुपर्ने हो, त्योभन्दा अन्तैतिर बहकिएको हामी पाउँछौं । वादविवाद, आन्तरिक झगडा गर्ने यो बेला होइन । सिंगो सरकार, राजनीतिक दलहरू, नागरिक समाज र जनता एकढिक्का भएर कोभिडको सामना गर्न लाग्नुपर्छ । आन्तरिक विवाद छोडेर एकढिक्काका साथ अर्थतन्त्रलाई पुनरुत्थान गर्न केन्द्रित हुनुपर्छ । रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउनेतिर केन्द्रित हुनुपर्छ । अभिभारा एकातिर छ, ध्यान अर्कैतिर छ । यसलाई पन्छाएर अघि बढ्न सक्दैन । यस्तो छुट कसैलाई छैन ।

नयाँ संविधान आएपछि राजनीतिक क्रान्ति सकियो, आर्थिक क्रान्ति सुरु भयो भनियो; तर समस्या राजनीतिमै छ । नेताज्यूहरूमा अर्थतन्त्रको बुझाइ नै कमजोर भएर यस्तो अवस्था आएको हो कि, के देख्नुहुन्छ ?
समस्या नै आउँदैन भन्न त सकिँदैन, आउँछ । तर, समस्या मुलुकको आर्थिक उन्नति, प्रगति र समृद्धि, सामाजिक न्यायका लागि चुनौतीका रूपमा उपस्थित हुनु भएन । अघि पनि कुरा भएको थियो, राष्ट्रिय गौरवका आयोजनाहरूमा समस्या छ । अध्ययन ग-यो, बजेट प्रबन्ध गरिदियो, कार्यान्वयन राम्रो हुँदैन । यसमा लागत र समय दुवै बढ्दै जाने समस्या छ । यसको मारमा विकासका आयोजनाहरू परेका छन् । यिनीहरूबाट पाठ सिक्नुपर्ने अवस्था छ ।

आयोजनाहरूलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमै बार रुमको कुरा अघि बढाइएको थियो । यसको औचित्य सकिएको हो र ?
सकिएको छैन, यो राम्रो कुरा हो । फोटो खिचेर यसको औचित्य सकिएको छैन, यसको प्रयोजन धेरै छ । यसको अन्त्य होइन, प्रधानमन्त्रीले सुरुवात गर्नुभएको छ । बार रुमबाट अनुगमन गर्ने, समस्या भए तत्काल समाधान गर्ने गरी अगाडि लैजान्छौं । अब विकासका आयोजनाहरूलाई सोच्दा आयोजनाको तयारी चरण र कार्यान्वयन कुरा मुख्य हुन्छ । छनोटपछि अध्ययन, वातावरण प्रभाव मूल्यांकन, त्यहाँका अन्य पूर्वाधारको व्यवस्था, जग्गा प्राप्ति र मुआब्जालगायतका सबै पूर्वतयारीपछि बल्ल स्रोतको व्यवस्था हुन्छ अनि कार्यान्वयनमा जानुपर्छ । यसको सुरुवात गर्दा नै सम्पन्न हुने निश्चित मिति तोक्नुपर्छ । यस क्रममा समस्या आएमा सहजीकरण गर्न, अनुगमन र नियमन गर्न सरकारको सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

अहिलेसम्म पनि बिनाअध्ययन खल्तीका योजनाहरू छनोट गरेर बजेट व्यवस्थापन गर्ने र विकास खर्च नहुने अवस्था छ । के अब विस्तृत अध्ययन गरेका आयोजनाहरूलाई बजेट दिने प्रबन्ध गर्न सक्नुहुन्छ ?
आगामी जेठ १५ गतेसम्म मलाई बजेट कार्यान्वयन गर्न दिनुस् । नयाँ बजेटमा हामीलाई विशेष ध्यान दिन्छौं । खल्तीका आयोजना अहिले चलनचल्तीको पुरानो पदावली हो । खल्तीको होइन, अध्ययनको आयोजनामा बजेट हाल्छौं । यसमा लगानी केन्द्रित हुन चाहन्छौं । यसो गर्दा अपेक्षित प्रतिफल प्राप्त हुन्छ ।

विगतमा वैशाखमा आएको भूकम्पपछि तीन महिनाको खराब अवस्थाले हाम्रो आर्थिक वृद्धिदर एकदम कम भयो, अहिले कोरोनाले पनि यस्तै अवस्था आएको छ । आन्तरिक र बाह्य रूपमा कुनै विपद् आउनेबित्तिकै हाम्रो अर्थतन्त्र त धराशायी हुने रहेछ, हामी देशको अर्थतन्त्रलाई दिगो बनाउन नसक्ने अवस्थामै पुगेका हौं ?
रूपान्तरणको कुरा गर्दा मेरो बुझाइ के छ भने राजनीतिक रूपान्तरण तीव्र हुन्छ । यसको तुलनामा आर्थिक रूपान्तरणको गति धिमा हुन्छ । यो मानिएको विषय हो जस्तो लाग्छ । यो बीचमा हामीले संविधान बनायौं, निर्वाचन ग-यौं । सरकार बन्यो, यो सरकारसँग केही आधारभूत जिम्मेवारी थियो । जुन चिज पूर्ववर्ती सरकारले गर्नु पर्दैनथ्यो र अब आउनेले पनि गर्नु पर्दैन । संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीलगायतका काम थिए । भौतिक संरचना निर्माणका काम थिए । आधारभूत रूपमा संघीयता कार्यान्वयनमा आएको छ । अहिले पनि केही समस्या छैनन् भनेर म भन्दिनँ । अब भने मुलुकको आर्थिक विकासलाई तीव्रता दिनुपर्ने छ । पूर्वाधार र अर्थतन्त्र वृद्धि गर्ने आयोजनाहरूमा बढी लगानी बढाउनुपर्छ ।

राजनीति र वित्तीय संघीयताको कुरा गर्दा हामीमा राजनीतिक रूपमा पनि केन्द्रिकृत मानसिकता देखियो । कर्णालीमा देखिएको राजनीतिक समस्या बालुवाटारबाट समाधान गरिन्छ । वित्तीय संघीयताको कुरा गर्दा, हामीले संघीयतामा बजेट बाँडफाँड गर्दा अर्थ मन्त्रालय नै हावी भयो । वित्त आयोगलाई कमजोर बनाइएको छ । दुवै हिसाबले सरकार संघीयता विरोधी देखियो नि ?
सरकार संघीयतामा अनुदार देखियो भन्ने आरोप छ, यसमा यथार्थता छैन । धेरैले यो भन्ने गर्छन् । यो संविधानका लागि हामी लडेका हौं, हामीले कार्यान्वयन गरेर जाने हो । यसको प्रभावकारी कार्यान्वयनमा सरकार लाग्छ । बालुवाटार वा कुनै टारबाट निर्देशन दिने र मिलाउने कुरा होइन । प्रदेश सरकार नेकपाको छ, केही समस्या भयो भने केन्द्रले गर्नुपर्ने आवश्यकता पर्छ । संघीयता कार्यान्वयनको जहाँसम्म कुरा छ, त्यो अघि बढ्छ । वित्त आयोगको पदाधिकारी नियुक्तिमा ढिलाइ भएको हो, अब छिट्टै हुन्छ । वित्त आयोगमा अर्थ मन्त्रालय हावी हुँदैन । वित्त आयोग संविधानले दिएको स्वतन्त्र निकाय हो । यसले काम गर्छ, गर्नुपर्छ ।

संघीयताले प्रदेश र अझ स्थानीय तहलाई धेरै अधिकार दिएको छ, सबै कार्यान्वयन भएमा यसले धेरै स्रोतको माग गर्छ । सधैं संघले प्रदेश र स्थानीय तहलाई अनुदान दिएर सम्भव छ, यसलाई कसरी हेर्नुभएको छ ?
प्रदेश र स्थानीय तहअघि मौलिक अधिकारको कुरा कार्यान्वयन गर्नुपर्नेछ । धेरै कुरा छन्, ती कार्यान्वयन गर्नुपर्ने अवस्था छ । जहाँसम्म प्रदेश र स्थानीय तहको आम्दानी र खर्चको कुरा छ, उनीहरू सेतो हात्ती हुँदैनन् । हुन दिनु हुँदैन । उनीहरूको आम्दानी पनि बढ्दै जान्छ । सन्तुलित रूपमा जान्छ ।

एमसीसी कार्यान्वयनको अन्तिम चरणमा पुगेपछि विवाद देखेर अघि बढ्न सकेको छैन । यसमा पनि राजनीति छि-यो । कसरी समाधान गर्दै हुनुहुन्छ ?
एमसीसी संसद्मा विचाराधीन छ । यसबारे छलफल, बहस भइरहेका छन् । उचित समयमा उचित निर्णय हुन्छ ।

उचित समयमा भनेको कहिले हो ? अनुदान दिने निकाय पनि अनन्तकालसम्म पर्खेर बस्दैन होला । सरकारलाई यसलाई अस्वीकार गर्ने अधिकार पनि छ, एउटा निर्णयमा पुग्न किन ढिलाइ भएको हो ?
यसबारे संसद्मा थप छलफल हुन्छ । पार्टीभित्र पनि यसबारे प्रशस्त छलफल भएको छ । कार्यदल बनेर प्रतिवेदन आएको छ । यसबारे निर्णय भएको छ । सत्तारूढ दल र सरकार यसमा अघि बढेको छ । फेरि भन्छु, उचित समयमा उचित निर्णय हुन्छ ।

खराब राजनीतिको खिचातानीमा देशको अर्थतन्त्र कहिलेसम्म बन्धक बनाएर राख्ने त ?
हामीले राजनीतिक रूपमा स्वीकारेको प्रणाली लोकतन्त्र हो । यसलाई कसैले लादेको नभई हाम्रो छनोटको विषय हो । यसको विशेषता के छ भने यसमा सबै अभ्यासहरू हुन्छन् । यसमा एउटै पार्टीभित्र पनि विचारमा विमति हुन्छ, यसमा विचार–विमर्श हुन्छन् । यदि राजनीतिक पार्टी लोकतान्त्रिक छ भने त्यहाँभित्र प्रशस्त छलफल हुन्छ, लोकतान्त्रिक तरिकाले निर्णय हुन्छ । मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका लागि छलफल र विवाद हुन्छ, तर कुन विषयमा कति छलफल गर्ने भन्ने हेक्का राख्नुपर्छ । यसतर्फ ध्यान दिनुपर्ने देखिएको छ ।

राजनीति गर्ने व्यक्तिहरू गफ गर्छन्, काम गर्दैनन् भनेर आरोप लाग्छ । आफू अर्थमन्त्री भएपछि कत्तिको काम गर्न सक्छु भन्ने लागेको छ ?
यो प्रश्न मेरो ट्र्याक रेकर्ड हेरेर गर्नुभएको होइन ? म कम बोल्छु, यो त अन्तरमुखी छ भन्छन्, म गफभन्दा काममा केन्द्रित हुन्छु । म जिम्मेवारी र जनतालाई दिने सेवामा केन्द्रित स्वभावको मान्छे हुँ । बोल्ने त मिडियाले बोल्छ, काम गरे ग-यो भनेर तपाईहरू नै बोलिहाल्नुहुन्छ, वा गरेन भनेर आलोचनासहित बोल्नुहुन्छ ।https://www.karobardaily.com/news/121442

Sunday, November 8, 2020

हाइड्रोलोजीको जरिवाना छुटमा ढिलाइ

https://www.karobardaily.com/news/121240

 कार्तिक २३, २०७७ आईतबार

मन्त्रालय र आयोगको अस्पष्टता, प्राधिकरणको अटेरी

गएको साता निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले जलविद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले दिएको निर्देशन पालना नगरेको भन्दै सरोकारवाला निकाय गुहारे । उनीहरूले नियमन आयोगको अध्यक्ष, ऊर्जासचिव र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई भेटेर १० मेगावाट भन्दा साना आयोजनाहरूमा लाग्दै आएको हाइड्रोलोजी जरिवाना छुट दिन माग गरे । २०७२ मा मन्त्रिपरिषद्बाट पारित ऊर्जा संकटकाल तथा ९९ बुँदे कार्ययोजनामा उल्लेख, २०७६ साल साउनमा आयोगले ल्याएको नियमन आयोगको विनियावलीमा पनि छुट दिनुपर्ने उल्लेख थियो, तर कार्यान्वयन गरेनन् ।

विद्युत् प्राधिकरणले प्रवद्र्धकहरूसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) को सम्झौतामा प्रवद्र्धकले ९० प्रतिशतसम्म कम ऊर्जाको उपलब्धता घोषणा (एभाईलिबिटी डिक्लियरेसन) गर्न पाउने र त्योमध्ये पनि ९० प्रतिशत उत्पादन अर्थात ८० प्रतिशतभन्दा कम उत्पादन गरेमा जरिवाना गर्ने व्यवस्था थियो । मन्त्रीको ७२ बुँदे कार्ययोजनापछि प्राधिकरणले त्यसमा ५० प्रतिशत छुट दियो । अर्थात ४० प्रतिशतभन्दा कम उत्पादन गर्नेले मात्र जरिवाना गर्ने व्यवस्था ग¥यो । प्राधिकरणका अनुसार, ४० प्रतिशतसम्म पनि उत्पादन गर्न नसकेर हाइड्रोलोजी जरिवाना तिर्ने १० मेगावाट मुनिका आयोजनाको संख्या दुई दर्जन छ । निजी प्रवद्र्धकहरूले विद्युत् प्राधिकरणका कतिपय व्यवस्थाहरूको कारण यस्तो अवस्था आएको भन्दै यसमा जरिवाना नलागउन नहुने भनिरहेको छ भने प्राधिकरणले करार सम्झौतामा प्राधिकरणले लचिलो हुँदा पनि सम्झौता अनुसारको उत्पादन नगर्दा प्रणालीमा समस्या आउने बताईरहेको छ ।

साना अर्थात १० मेगावाट मुनिका जलविद्युत् आयोजनाहरूले हाइड्रोलोजी जरिवाना तिरेर ठूलो समस्या भएपछि निजी प्रवद्र्धकहरूले आन्दोलनको कार्यक्रमनै घोषणा गरे । त्यसपछि ऊर्जा मन्त्रालयले निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले संकटग्रस्त आयोजनाको समस्या सम्बन्धमा अधययन गर्न एक बर्ष अघिको चैत्रमा मन्त्रालयका सह–सचिव प्रवीणराज अर्यालको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनीधिहरू संलग्न समिति गठन ग¥यो । समितिले गत असारमा दिएको प्रतिवेदनमा नियमन आयोगको विद्युत् खरिद विक्री तथा अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनिमायवली २०७६ अनुसार खोला÷नदीमा पानीको वहावमा कमी भएको कारणले विद्युत् ऊर्जा उत्पादनमा कमी हुँदा विद्युत् खरिदकर्ताले विद्युत् विक्रीकर्तालाई कुनै हर्जना नलगाउने व्यवस्था गर्ने भन्ने व्यवस्था लागु गर्ने सन्र्दभमा यथाशिघ्र निर्णय लिई सो को कार्यान्वयन गर्न मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई लेखी पठाउने भन्ने सुझाव दियो । मन्त्रालयले यथाश्रिघ लेखेर स्पष्ट कार्यान्वयन मिति राखेन भने कसरी गर्ने भनेर पनि स्पष्ट पारेन । अर्को स्पष्ट निर्णय नगरिदिएर छुट गर्ने निकायलाई मन्त्रालयले खेल्ने अधिकार दियो ।

२०७६ सालमा विद्युत् नियमन आयोगले ल्याएको विनिमायवलीमा हाइड्रोलोजी जरिवाना मिनाहा गर्ने व्यवस्था गर्दै त्यसको कार्यान्वयनका लागि प्राधिकरणलाई पत्र लेख्यो । प्राधिकरणमा लेखेको पत्रमा त्यो समयसम्म सञ्चालनमा रहेका १० मेगावाटका आयोजनाहरूलाई छुट दिने उल्लेख ग¥यो । त्यो बेलासम्म १० मेगावाट मुनिका आयोजना ५२ वटा सम्पन्न भएका थिए भने त्यसपछि १० वटा आयोजना सम्पन्न भएका छन् । विनियावलीले त्यसपछि निर्माण सम्पन्न भएका तथा भविष्यमा निर्माण हुने १० मेगावाट मुनिका आयोजनाहरूको अवस्था के हुने स्पष्ट छ । विद्युत् प्राधिकरणले २०७४ सालमा आयोग आउनु अघि भएका द्धिपक्षीय करार सम्झौतालाई आयोगले परिवर्तन गर्न नसक्ने तर्क प्राधिकरणका अधिकारीहरूले गर्दै आएका छन् । कानुन व्यवसायीहरू प्नि आयोगले करार सम्झौताको शंसोधनका लागि नीतिगत व्यवस्थाका लागि आयोगले निर्देशन दिन सक्ने भएपनि छुटका लागि सिफारिस गर्न नसक्ने बताउँछन् । उनीहरूले आयोगले विद्युत् महशुलबाहेकका अन्य व्यवसायिक जन्य कुरामा हस्तक्षेप गर्न नहुने तर्क गरिरहेका छन् । सुरुमा हाइड्रोलोजी छुटबारे विनियावलीमा व्यवस्था नभएपनि पछि यसलाई थप गरिएको थियो ।

मन्त्रिपरिषद्बाट पारित ९९ बुँदे कार्ययोजना आएपछि प्राधिकरणले करारीय व्यवस्थामा शंसोधन गरेर १० मेगावाट मुनिका आयोजनाहरूलाई जरिवाना छुट दिन सक्थ्यो तर गरेन । त्यसपछि आयोगले बनाएका लागेको विनिमावलीमा आफ्नो सुझाव दिँदा पनि यसलाई स्पष्ट पार्नका लागि प्रतिकृया दिएर त्यही बेला समस्या समाधान गर्न सक्थ्यो । तर प्राधिकरणले गरेन । मन्त्रालयले यथाशिघ्र गर्नु भनेर पत्र पठाएपछि प्राधिकरण सञ्चालक सदस्य चेतराज जोशीको संयोजकत्वमा रहेको समिति गठन ग-यो । समितिले विगतमा गरिएको सम्झौता शंसोधन गर्ने विषयमा करार सम्झौतामा समस्या आएको र यसले प्रणाली सञ्चालनमा आउन सक्ने भन्दै गत साउनमा प्राधिकरण बोर्ड बैठकबाट निर्णय गरी आयोगलाई पुर्नविचार गर्न पठायो । गत असोज अन्तिम साता फेरि आयोगले प्राधिकरणलाई छुट दिन पत्राचार ग-यो । प्राधिकरणले आयोगलाई पुर्नविचार गर्न पत्र पठाएपछि त्यसलाई वेवास्ता गरेर फेरि छुटका लागि निर्देशन दिएको प्राधिकरणका अधिकारीहरूको आरोप छ भने आयोगका अधिकारी भने साउनमा भएको निर्णय आयोगले फेरि निर्देशन दिएपछि मात्र पत्र पठाएको बताउँदै आएका छन् । पहिला भएका सम्झौताहरूलाई तोडेर जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोलि छानवीन गर्ने भएकोले कार्यावन्यन प्राधिकरणभित्र त्रास छ । अझ अचम्मको कुरा त मन्त्रालयले यथाशिघ्र छुट दिनु भनेको थियो तर प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जामन्त्री अध्यक्ष र ऊर्जासचिव सदस्य रहेको समितिले पुनर्विचारका लागि पत्र लेख्यो ।

हाइड्रोलोजी जरिवाना कार्यान्वयनमा ढिलाई हुनुमा प्राधिकरणको अटेरी मात्र देखिएन, ऊर्जा मन्त्रालयको अपरिपक्व र दोहोरो भूमिका, नियमन आयोगको अस्पष्ट र अपरिपक्क निर्णय कारण देखिएको छ । समस्यामा रहेका प्रवद्र्धकहरूले ५ बर्षदेखि धाईरहेको विषयको समस्या समाधानका लागि पहल भए तर शुक्ष्म अध्ययन गरेर कार्यान्वयन भएनन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाई मन्त्रिपरिषद्ले गरेको निर्णय, मन्त्रालयले दिएको सुझाव र आयोगले गरेको व्यवस्था प्राधिकरणले कार्यान्वयन नगर्नु गैरजिम्मेवारीको पराकाष्टा भएको बताउँछन् । इप्पान पुर्व उपाध्यक्ष कुमार पाण्डे पनि पीपीए सम्झौतामा समस्या देखिएको प्राधिकरणले आयोगको पुख्यौली हेर्नु सट्टा नियामक निकायको निर्देशक हुवहु कार्यान्वयन गर्नुपर्ने बताउँछन् । विगतमा भएका समस्या नियामक निकाय आएपछि सुधार गर्न सक्ने बताउँदै प्राधिकरणले कार्यान्वयन नगरे यसले कानुनी राज्यको अवधारणा अन्त्य गर्ने बताउँछिन् । आयोगका प्रवक्ता प्राधिकरणबाट पुनरावलोकनका लागि साउन २३ गते निर्णय भए पनि असोज २६ गते मात्र पुर्नविचार गर्न पठाएको र त्योभन्दा अघिनै आयोगले कार्यान्वयनका लागि पत्र लेखेको बताउँदै प्राधिकरणले आयोगको निर्देशन कार्यान्वयन गर्नुपर्ने बताउँछन् । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भने विगतमा भएका करारीय सम्झौता संशोधन गर्नका लागि कानुनी समस्या तथा पूर्ण रुपमा छुट दिँदा प्रणाली सञ्चालनमा समस्या आउने भएकोले आयोगमा पुनर्विचारका लागि पठाएको बताउँछन् । उनी आयोगले पुनर्विचारका लागि पठाएको पत्रमा आवश्यकत निर्देशन दिएपछि यसलाई कार्यान्वयन गर्नका लागि बोर्डमा पेश गरिने बताउँछन् ।

लामो समयसम्म प्राधिकरणले हाइड्रोलोजी पेनाल्टी छुट नगरेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूले गत असोज अन्तिम साता पुनः निर्देशन दिएपनि प्राधिकरणले दिएको छैन । प्राधिकरणले ४० प्रतिशतभन्दा जति कम उत्पादन हुन्छ, त्यतिनै बराबर हर्जना लाग्ने व्यवस्था गरेको छ तर अधिकांश साना जलविद्युत्् आयोजनाहरू विभिन्न कारणले यति उत्पादन पनि गर्न सक्ने अवस्थामा छैनन्

अमेरिकाले ऊर्जा सुरक्षामा सहयोग गर्ने

 https://www.karobardaily.com/news/121081

कार्तिक २०, २०७७ बिहीबार

अमेरिकी सरकारले इण्डो–प्यासिफिक क्षेत्रको ऊर्जा सुरक्षाका लागि सहयोग गर्ने भएको छ । इण्डो प्यासिफिक क्षेत्रमा ऊर्जा विकासका लागि लगानी बढाउँदै लगेको अमेरिकाले भियतनाममा भएको इण्डो–प्यासिफिक बिजनेस फोरम २०२० मा यस्तो घोषणा गरेको हो । फोरममा अमेरिकाले ती देशमा ऊर्जा सुरक्षा बढाउन र निजी क्षेत्रका लागि नयाँ बजारको अवसर प्रदान गर्न सहयोग गर्ने घोषणा गरेको थियो । फोरममा यूएस ट्रेड एण्ड डेलभमेन्ट एजेन्सी (यूएसटीडीए) र यूएस एजेन्सी फर इन्टरनेशनल डेलभमेन्ट (यूएसआईडइी)मार्फत ऊर्जामा लगानी, एसिया इन्हान्सिङ डेलभेमेन्ट एण्ड ग्रोथ थ्रो इनर्जी (एसिया ईडीजीई) लगायतका कार्यक्रममार्फत ऊर्जा सुरक्षा र नयाँ बजारका लागि सहयोग गर्ने घोषणा गरिएको थियो ।
फोरममा यूएसआईडीले एसिया इडीजीईमार्फत २८ मिलियन डलर थप लगानी गर्ने घोषणा गरिएको थियो । यसअन्तर्गत ऊर्जाको पहुँच भरपर्दो, सुरक्षित र दिगो बनाउनका लागि पारदर्शीता र प्रभावकारी बजारमा जोड दिइएको छ । इडीजीईमार्फत साउथ एसिया ग्रुप फर इनजर्इी (एसएजीई), त साउनथ एसिया रिजनल इनजीई हब (एसएआरईएच) र साउथ एसिया रिजनल इनर्जी पार्टनरसिप (एसएआरईपी) परियोजना अघि बढाउन लागिएको र यसमा भारत र अमेरिकाले एक साथ काम गरिरहेको फोराममा जानकारी दिइएको थियो । सो रियोजना अनर्तगत १ सय ८५ बिलियन डलरको लगानीका लागि छलफल अघि बढेको तथा ५७ विलियन डलरको लगानीबारे भने छलफल धेरै अघि बढिसकेको समेत जानकारी दिइएको थियो । फोरममा भारतका लागि अमेरिकी राजदूत केनेथ जष्टरले परियोजनाले यस क्षेत्रको दीर्घकालीन अर्थतन्त्रको वृद्धि र स्थायित्वका लागि काम गर्ने बताए ।
अमेरिकाले फोरममा लगानी जुटाउन र क्षेत्रीय व्यापार प्रवद्र्धनमार्फत राष्ट्रिय र क्षेत्रीय ऊर्जा बजारका लागिजापान–यूएस–मेकोङ ऊर्जा साझेदारी (जीयूएमपीपी) जानकारी गराएको थियो । यूएसटीडीएले सन् २०२१ को लागि रणनीति योजना सार्वजनिक गर्दै इण्डो–प्यासिफिक क्षेत्रमा नयाँ ऊर्जा क्षेत्र पूर्वाधार कार्यक्रम अघि बढाउने घोषणा गरेको थियो । यसअन्तर्गत मनिला, फिलिपिन्स, मलेशिया, कोलाम्पुर, जकर्ता, इण्डोनेसियामा समेत थप कार्यक्रम अघि बढाउने योजना छ । यसअघि यो कायृक्रम भारत, बैकक र भियतनाममा जारी छ । यूएसटीडीएका प्रमुख सञ्चालन अधिकृत र एजेन्सीका प्रमुख टोड अब्राजानेले दिगो पूर्वाधार र आर्थिक वृद्धिदरलाई केन्द्रित गरेर ऊर्जाका विभिन्न परियोजनाहरूमा लगानी बढाउने बताए ।
विश्वमा हुने कुल विद्युत् खपतमध्ये ६० प्रतिशत हिस्सा ओगटेको इण्डो प्यासिफिक क्षेत्रमा लगानी बढाउँदै लगेको अमेरिकाले विशेष गरी ऊर्जा अर्थतन्त्र र यसको सुरक्षाका लागि विशेष ध्यान दिएको छ । नेपालसहित भुटान, वंगलादेश, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, फिलिपिन्स, थाइल्याण्ड, श्रीलंका, म्यानमार, जापान लगायतका एसियाली राष्ट्रहरूमा अमेरिकी सरकारले लगानी बढाउँदै लगेको छ । अमेरिकी सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालमा ३ सय १८ किलोमिटर प्रसारण निर्माण गर्दै छ । नेपालमै पहिलोपटक सबैभन्दा बढी ५ सय मिलियन डलरको अनुदानमा निर्माण हुन लागेको सो प्रसारणलाइन सञ्जालबाट ३ हजार मेगावाट बराबरको विद्युत् आदानप्रदान गर्न सक्नेछ । यसबाट २ करोड ३० लाख नेपालीलाई गुणस्तर बिजुली प्राप्तिका लागि सहयोग पुग्नेछ ।
यूएसआईडीले नेपालको ऊर्जा विकासका २०१५ देखि २०२० सम्मका लागि नेपाल जलविद्युत् विकास परियोजनमार्फत ९.९ मिलियन डलर सहायता दिएको छ । लगानी बोर्ड, ऊर्जा मत्रालय, नेपाल विद्युत् प्राधिकरणका साथै निजी क्षेत्रमार्फत सो रकम जलविद्युत् विकासका लागि लगानी गरिएको यूएसएडले जनाएको छ ।

Wednesday, November 4, 2020

स्थानीयको लगानीले जलविद्युत् आयोजनामा सहज

https://www.karobardaily.com/news/120915 

कार्तिक १८, २०७७ मंगलबार

कास्कीको माछापुछ्रे र अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन धेरै जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको अवरोध खेपिरहेका छन् । तर, माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण भईरहेको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनामा भने कुनै अवरोध छैन ।
माछापुछ्रे गाउँपालिका–२ का अधिकांश अर्थात ४ सय २७ जना स्थानीयवासीलाई जलविद्युत् आयोजनाहरूले संस्थागत (प्रमोटर) सेयरकर्ताको रूपमा लगानी गर्ने अवसर दिएपछि र आयोजनाहरूबारे विस्तृत रूपमा जानकारी गराएपछि यस्तो अवस्था सिर्जना भएको हो । निर्माण सुरु गर्नुअघि आयोजनाका अधिकारीहरूले आफ्नो जलविद्युत्बारे विस्तृत जानकारी दिँदै सेयरकर्ताको रूपमा लगानी गर्ने अवसर दिएका थिए । आयोजना प्रमुख लेखनाथ पाण्डे आफ्नो टिमले एक वर्षसम्म स्थानीयवासीसँग निरन्तर छलफल र अन्तरक्रिया गराएपछि आयोजना निर्माण सहज रूपमा अघि बढ्न सकेको र कुनै पनि अवरोध नआएको बताउँछन् । “झण्डै एक वर्षसम्म म आफै र आफ्नो टिमले सबै स्थानीयवासीसँग आयोजनाका विविध पक्षबारे छलफल ग-यौं, अन्तरक्रिया ग¥यौं, यसले स्थानीयबासीको अपनत्व मात्र बढेन, उहाँहरू सेयरधनीको रूपमा आउनुभयो,” उनले भने, “केही कुरामा समस्या आयो भने उहाँहरू आफै हाम्रो आयोजना हो, विवाद गर्नु हुँदैन भनेर भन्नुहुन्छ, धेरै सहज भएको छ ।”
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको प्रवद्र्धनमा निर्माण भइरहेको आयोजनामा यहाँका स्थानीयबासीले एक लाखदेखि डेढ लाखसम्म लगानी गरेका छन् । “४ सय २७ स्थानीयबासीले आयोजनाको प्रमोटरको रूपमा सेयर लगानी गरेका छन्, उहाँहरूले आफ्नै आयोजनाहरूको रूपमा सहयोग र सहजीकरण गरिरहनुभएको छ, कुनै वाधा अवरोध छैन,” कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले भने–“स्थानीयबासीको पूर्ण साथ छ, विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेका छौ, वित्तीय व्यवस्थापन पनि भइसकेको छ, समयमै आयोजना सम्पन्न हुन्छ ।” माछापुछ्रे गाउँपालिका– २ वडा अध्यक्ष बिक्रम गुरुङले वडाबाट एक परियोजनालाई सफल पार्न आवश्यक सहयोग गरीर्दै आएको र भोलिका दिनमा पनि सहयोग गर्ने बताए । आयोजनाको अवलोकनका लागि पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले आफ्नो क्षेत्रमा निर्माण हुन लागेका आयोजनाहरूको लागि पहुँच मार्ग निर्माणका लागि कार्य गरिदिने गरी अघि बढ्न लागेको बताउँदै आयोजना निर्माणमा सहजीकरण गर्ने बताए ।
वित्तीय व्यवस्थापन हुनु अघिदेखिनै प्रवद्र्धकहरूको लगानीमार्फत निर्माण सुरु गरिएको आयोजनाको ११ प्रतिशत काम सकिएको छ । भराभरीमा आयोजनाको बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा १ सय ८७ मिटर उचाइबाट खसालिने भएको छ । आयोजनाबाट उत्पादित विद्युत् साँढे चार किमी दूरीमा रहेको माछापुछ्रे गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको कम्पनीले जनाएको छ ।
आयोजना प्रमुख पाण्डेका अनुसार, पाँच महिना अघिदेखि निर्माण सुरु भएर २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट १४८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । गत असोज अन्तिम साता एनएमबी बैकको नेतृत्वमा कर्मचारी संचय कोष र कृषि बैकले ३ अर्ब ५० करोड लगानी गरेका छन् । आयोजनामा ३० प्रतिशत इक्वेटी (स्वपुँजी) मध्ये १० प्रतिशत स्थानीयबासीसहित सर्वसाधारणका लागि ३० प्रतिशत सेयर दिने लक्ष्य राखिएको छ ।
हाल सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) काम भइरहेको छ । हाइड्रो, इलेक्ट्रिक मेकानिकलका साथै प्रसारणसहितको क्रमशः सुरु गर्दै जाने लक्ष्य आयोजनाले लिएको प्रमुख पाण्डेले बताए । उनका अनुसार, ७ बर्षभित्र प्रतिफल आईसक्ने आयोजना पहुँचमार्ग निर्माण भइसकेको, अन्नपूर्ण र माछापुछ्रे हिमालको कारण हाइड्रोलोजी राम्रो रहेको, छाटो प्रसारण लाइन निर्माण मात्र गर्नुपर्ने लगायतको कारण आकर्षक देखिएको छ ।

Monday, November 2, 2020

इण्डोप्यासिफिक क्षेत्रमा लगानी बढाउने अमेरिकी घोषणा

https://www.karobardaily.com/news/120867 

कार्तिक १७, २०७७ सोमबार

इण्डो प्यासिफिक देशको अर्थतन्त्र विकासका लागि लगानी बढाउने घोषणा गर्दै भियतनाममा इण्डो–प्यासिफिक बिजनेस फोरम २०२० सकिएको छ । बिहीबार सकिएको विजनेश फोरम २०२० मा अमेरिकाले ६० प्रतिशतभन्दा बढी जनसंख्या रहेको तथा उदाउँदो अर्थतन्त्रमा विकासमा अघि बढेको इण्डोप्यासिफिक क्षेत्रमा लगानी बढाउने घोषणा गरेको हो ।
कार्यक्रममा अमेरिकाका सरकारी तथा निजी क्षेत्रका प्रतिनीधिहरूले एसियाली देशहरूको अर्थतन्त्र विकासका लागि ऊर्जा, सुचना प्रविधि, स्वास्थ्य हेरचाह लगायतमा क्षेत्रमा लगानी बढाउने उल्लेख गरेका थिए । सन् २०१७ को नोभेम्बरमा अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पले स्वतन्त्र र खुल्ला इण्डो प्यासिफिकको अमेरिकी अवधारणा सार्वजनिक गरेका थिए । सन् २०१८ को जुलाईमा आयोजना गरेको पहिलो बिजनेश फोरमपछि अमेरिकाले लगानी बढाउँदै लगेको छ । सन् २०१९ मा बैककमा भएको फोरममा अर्थतन्त्र विकासका लागि डिजिटल अर्थतन्त्र, गुणस्तर पूर्वाधार र दिगो ऊर्जा विकासमा जोड दिएको थियो । सन् २०२० को फोरमले भने सन् २०२१ को लागि इण्डो प्यासिफिक क्षेत्रको डिजिटल पूर्वाधार, ऊर्जा, यातायात रणनीतिमा जोड दिएको छ ।
फोरममा बोल्दै अमेरिकाको डिपार्टमेण्ट अफ स्टेटका मन्त्री माइचेल पेम्पोईले इण्डोप्यासिफिक क्षेत्रमा अमेरिकाले सम्बन्धित देशका निजी क्षेत्रसँगको सहभागितामा ऊर्जा, पूर्वाधार, टेलिकम्युकेशनका साथै गरिबी निवारणका लागि एक सय विलियन डलरभन्दा बढी लगानी गरेको बताए । ऊर्जा सुरक्षाका लागि मात्र ८५ विलियन डलर बराबरका ५९ परियोजनामा लगानी गरेको जानकारी दिँदै यस क्षेत्रको अथृतन्त्रको विकासका लागि आफ्नो लगानी बढाउँदै लगेको बताए । इण्डो प्यासिफिक क्षेत्रमा लगानी वृद्धि र साझेदारीमा अमेरिकी राष्ट्रपति ट्रम्पले विशेष जोड दिँदै आएको बताउँदै अमेरिका सधैँ सुशासन, पारदर्शीता, उद्योग व्यवसायको स्वतन्त्र र प्रविधिगत नवीनताको पक्षमा रहेको बताए । भियतनाममा डेपुटी प्राइम मिनिष्टर फाम विन्हले लगानीका लागि भियतनामले उपयुक्र्त वातावरण बनाएको र अमेरिकी लगानीलाई स्वागत गर्ने बताए ।
फोरममा यूएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसआईडी) ले इण्डो प्यासिफिक क्षेत्रमा २८ मिलियन डलर थप लगानी गर्ने घोषणा गरेको थियो । अमेरिकाले एसिया इन्हान्सिङ डेभपमेन्ट एण्ड ग्रोथ थ्रो इनर्जी (एसिया ईडीजीई) अभियानमार्फत सो लगानी गर्ने घोषणा गरेको थियो ।
त्यसैगरी फोरममा युनाईटेड स्टेट ट्रेड एण्ड डेभलपमेन्ट एजेन्सी (यूएसटीडीए) ले ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य हेरचाह, यातायात लगायतका क्षेत्रमा लगानी बढाउन विभिन्न परियोजना अघि बढाउने जानकारी दिएको थियो । ऊर्जा क्षेत्रमा नेचुरल ग्याँस पूर्वाधार विकास, सूचना प्रविधिमा ५ जी सोलुसन्स, स्वास्थ्य हेरचाह अन्र्तगत सार्वजनिक स्वास्थ्य अभियान र यातायात क्षेत्रमा साउथइष्ट एसिया एभियसन साझेदारी कार्यक्रम अघि बढाउने यूएसटीडीएले जनाएको छ । यूएसटीडीएका प्रमुख सञ्चालन अधिकृत र एजेन्सीका प्रमुख टोड अब्राजानेले दिगो पूर्वाधार र आर्थिक वृद्धिदरलाई केन्द्रित गरेर विभिन्न परियोजनाहरूमा लगानी बढाउने बताए ।