Saturday, January 30, 2021

भ्रष्टाचारमा नेपालको अवस्था झन् खस्कियो

https://www.karobardaily.com/news/127600

 माघ १६, २०७७ शुक्रबार

नेपालमा भ्रष्टाचारको अवस्था झन् कमजोर अवस्थामा पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाएको छ । इन्टरनेशनलद्वारा बिहीबार सार्वजनिक भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२० मा नेपालको स्थान झन कमजोर भएको देखाएको हो । सन् १९९५ देखि प्रत्येक बर्ष सीआईपी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
अघिल्लो वर्ष १८० देशमध्ये ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष भ्रष्टाचार व्याप्त मुलुकको ११७ औं स्थानमा पुगेको छ । १०० पूणांकमा नेपालले ३३ अंक पाएको छ, नेपालले गत वर्ष ३४ अंक पाएको थियो । नेपालको अवस्था खस्किएसँगै यसले आर्थिक क्षेत्रमा समेत समस्या पर्नेछ । भ्रष्टाचार बढ्दा त्यसको दबाब आर्थिक क्षेत्रमा ठूलो पर्ने विश्लेषण गरिएको छ ।
विश्व बैंक, विश्व आर्थिक मञ्च, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटी अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) को रिपोर्टको आधारमा सीपीआई स्कोर मापन गर्ने गरेको छ । ५० भन्दा कम अंक रहेका मुलुक भ्रष्टाचारमा व्याप्त भएको मानिन्छ । प्रतिवेदनका अनुसार, वल्र्ड जस्टिस प्रोजेक्टबाहेक सबैको प्रतिवेदनमा नेपालको अवस्था गत वर्षजस्तै रहेको छ । वल्र्ड जस्टिस प्रोजेक्टले अघिल्लो वर्ष नेपाललाई ३५ अंक दिएकोमा यो वर्ष ३२ दिएको छ ।
सीपीआईका पुरक सर्वेक्षणहरुमध्ये विश्व बैंकले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सिमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।
वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ । ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ । बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारी माथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।
वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिकासम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयहरूबारे सर्वेक्षण गरेको थियो ।
प्रतिवेदनले नेपालका सरकारी कार्यालयहरुमा ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भन्ने नारा टाँसिए पनि नघटेको देखाएको छ । भ्रष्टाचार नियन्त्रणमा पर्याप्त प्रयास नगरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको निष्कर्ष छ ।
दक्षिण एसियाली देशको सूचकांक
देश अंक श्रेणी
भारत ४० ८६
बंगलादेश २६ १४६
भुटान ६८ २४
पाकिस्तान ३१ १२४
श्रीलंका ३८ ९४
अफगानिस्तान १९ १६५
माल्दिभ्स ४३ ७५
स्रोतः ट्रान्सपरेन्सी इन्टरनेशनल

Tuesday, January 26, 2021

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

https://www.karobardaily.com/news/127378

 माघ १४, २०७७ बुधबार

संयुक्त राष्ट्र संघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको वृद्धिदर माइनस ०.१ प्रतिशतमा सीमित हुने यूएनको प्रक्षेपण छ । नेपाल सरकारले भने चालू आर्थिक वर्ष (२०७७-७८) मा ७ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको छ भने विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चालू वर्षमा ०.६ प्रतिशत र आगामी वर्ष २.५ प्रतिशत प्रक्षेपण गरेको बेला संयुक्त राष्ट्र संघको यो प्रतिवेदन आएको हो ।
सोमबार सार्वजनिक संघको वल्र्ड इकोनोमिक सिचुएसन प्रोस्पेक्ट्समा सन् २०२१ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर ऋणात्मक हुने देखाएको छ । प्रतिवेदनअनुसार सन् २०२० मा माइनस ०.५ प्रतिशत हुने आर्थिक वृद्धिदर २०२२ मा बढेर ८ प्रतिशत पुग्नेछ । सन् २०२० मा दक्षिण एसियाभित्रका मुलुकमध्ये आर्थिक वृद्धिदर तुलनात्मक रूपमा राम्रोतर्फ तेस्रो स्थानमा रहे पनि सन् २०२१ मा भने सबैभन्दा कमजोर हुने प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार दक्षिण एसिका अन्य देशहरु धनात्मक भए पनि नेपाल भने ऋणात्मकमा जाने उल्लेख छ । प्रतिवेदनमा सन् २०२० मा ५ प्रतिशत मुद्रास्फीति प्रक्षेपण गरिएको छ ।

अरुण तेस्रोको प्रसारणलाइन निर्माण सुरु

  https://www.karobardaily.com/news/127382

माघ १४, २०७७ बुधबार

पालतर्फ २१७ र भारततर्फ १६ किलोमिटर
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यातका लागि प्रसारणलाइन निर्माणको कार्य सुरु भएको छ । आयोजना निर्माण भइरहेको संखुवासभाको दिदिङदेखि भारतको सीतामणिसम्मको २ सय ३३ किलोमिटर डबल सर्किटको ४ सय केभीको प्रसारणलाइनको निर्माण कार्य सुरु भएको हो । प्रसारणलाइनअन्तर्गत डिडिङदेखि नेपाल–भारतको सीमा बथनाहसम्मको २ सय १७ किलोमिटर र बथानाहदेखि सीतामणिसम्म १६ किलोमिटर पूर्वाधार निर्माण हुनेछ ।
ढल्केबर सबस्टेसनको निर्माण सुरु गरेसँगै प्रसारणलाइनको निर्माण कार्य सुरु भएको आयोजनाले जनाएको छ । दुई टावर, दुई कन्डक्टर र एक सबस्टेसन गरी पाँच प्याकेज बनाएर प्रसारणलाइन निर्माण अघि बढाइएको र यसका लागि निर्माण कम्पनी छनोट गरिसकेको आयोजनाको प्रवद्र्धक अरुण तेस्रो हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । “सन् २०२२ को जुलाईमा सम्पन्न गर्ने गरी आयोजनाको काम सुरु भएको छ, सवस्टेशनको जग्गा प्राप्ति भइसकेको छ भने प्रसारणलाइन निर्माण गर्ने क्षेत्रहरूको जग्गा प्राप्ति र प्रक्रिया अघि बढेको छ,” उनले भने । महोत्तरी, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, सिरहा र धनुषा जिल्लाका टावर जाने क्षेत्रहरूमा जग्गा प्राप्ति, मुआब्जा निर्धारणलगायत काम अघि बढेको आयोजनाले जनाएको छ । सन् २०११ मा गरिएको सर्भेअनुसार निर्माण गर्दा उदयपुरको कटारी क्षेत्रमा धेरै घर विस्थापित हुने भएपछि ४८ टावर सार्नुपर्ने देखिएको पनि आयोजनाले जनाएको छ ।
प्रसारणलाइनका लागि अगष्ट २०१९ मा भारत सरकारले १९ अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबर अर्थात १२ अर्ब ३६ करोड १३ करोड भारु लगानीका लागि स्वीकृति दिइसकेको छ भने नेपाल सरकारले पनि डिसेम्बर २०१९ मा प्रसारणलाइनको अनुमतिपत्र समेत दिइसकेको छ । आयोजनाअन्तर्गत सात जिल्लामा ५०१ टावर बन्नेछन् । आयोजनाका अनुसार दिदिङदेखि उदयपुरसम्म ९३ किलोमिटर र उदयपुरदेखि सीमासम्म १ सय २३ किलोमिटर प्रसारणलाइन बन्नेछ । १० महिनाअघि प्रसारणलाइन निर्माणका लागि निर्माण व्यवसायी कम्पनी छनोट भएपनि कोभिडको कारणले ढिलाइ भएको आयोजनाले जनाएको छ ।
संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारणलाइन सीमा हुँदै ढल्केबरसम्म लैजाने योजना भए पनि आयोजनाले यसलाई संशोधन गरेर सीतामणि लैजाने योजना बनाएको छ । पहिला मुज्जफ्फरपुर पु¥याउन एक सय किलोमिटर प्रसारणलाइन भए पनि अब सीतामणिसम्म पुफ्याउन १६ किलोमिटर प्रसारणलाइन भए पुग्छ । आयोजनाबाट उत्पादित विद्युत् ढल्केबरबाट मुज्जफ्फरपुर हुँदै भारत निर्यात गर्ने योजना छ ।
सन् २००८ मा खुला प्रतिस्पर्धामार्फत अनुमतिपत्र लिएको अरुण तेस्रोको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । सम्झौता अनुसार, नेपालले पाउने २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट विद्युत् ढल्केवरस्थित ४०० केभी प्रसारणलाइनमार्फत पाउनेछ । एक खर्ब २० अर्ब लागत अनुमान गरिएको आयोजना सन् २०२० भित्र सम्पन्न गर्ने लक्ष्य छ । प्रसारणलाइन निर्माण केही ढिलाइ भए पनि आयोजना सम्पन्न हुने मितिमै सम्पन्न गर्ने गरी आयोजनाको निर्माण कार्य दु्रतगतिमा अघि बढेको आयोजनाले जनाएको छ ।

Monday, January 25, 2021

बजेट कार्यान्वयनमा पुरानै चुनौती

https://www.karobardaily.com/news/127138 

माघ १२, २०७७ सोमबार

सरकारले न्यून खर्चसँगै बजेट कार्यान्वयनमा खर्चसम्बन्धी मापदण्ड उल्लंघन गर्ने प्रवृत्ति बढेको स्वीकार गरेको छ । चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामा अर्थ मन्त्रालयले बजेट पूर्ण कार्यान्वयन हुन नसक्नुमा गैरबजेटरी तथा थप निकासा मागजस्ता कारण औंल्याएको छ । सम्बन्धित सबै मन्त्रालयका सचिवहरूको उपस्थितमा अर्थ मन्त्रालयले आइतबार गरेको समीक्षामा बजेट कार्यान्वयन कमजोर हुनुको कारणमा यस्ता चुनौती देखाएको हो ।
मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुन पालनामा बेवास्ता, बजेट विनियोजनमा पर्याप्त ध्यान नदिने र रकमान्तर तथा कार्यक्रम संशोधनको दबाबलाई पनि चुनौतीका रूपमा देखाएको छ । बजेट तर्जुमाका बखत ध्यान नपु-याइएको, वैदेशिक सहायता स्रोत परिचालनमा अनिच्छा, शोधभर्ना मागमा बेवास्ता, कार्यविधि, मापदण्ड र निर्देशिका तर्जुमा गर्न ढिलाइलाई पनि कारण मानिएको छ । यस्तै, विनियोजन ऐन र बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनको कमजोर परिपालना, बजेटरी सहायतासँग जोडिएका नीतिगत सुधारका क्षेत्रमा असहयोग, बजेट बाँडफाँटमा ढिलाई पनि बजेट कार्यान्वयनमा चुनौती रहेको समीक्षामा उल्लेख छ । यसले सरकारी निकायबीच बजेट निर्माणमै समस्या रहेको देखाएको छ ।
यता, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २८ प्रतिशतमात्र बजेट खर्च भएको छ । १४ खर्ब ७४ अर्ब ६५ करोडको कूल बजेटमध्ये पुससम्ममा ४ खर्ब १५ अर्ब ७५ करोड अर्थात २८.१९ प्रतिशत मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिवेदनले वार्षिक खर्चको तुलनामा चालू खर्चतर्फ विनियोजित ९ खर्ब ४८ अर्ब ९४ करोडमध्ये ३६.०८ प्रतिशत, पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये १४.४० प्रतिशत तथा वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्बमध्ये १३.०६ प्रतिशत मात्र खर्च भएको उल्लेख छ । समीक्षामा प्रस्तुत प्रतिवेदनअनुसार चालू वर्षको ६ महिनामा १४ खर्ब ७४ अर्ब ६५ करोडको कूल बजेटमध्ये ४ खर्ब १५ अर्ब ७५ करोड अर्थात २८.१९ प्रतिशत मात्र खर्च भएको छ । प्रतिवेदनले वार्षिक खर्चको तुलनामा चालू खर्चतर्फ विनियोजित ९ खर्ब ४८ अर्ब ९४ करोडमध्ये ३६.०८ प्रतिशत, पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये १४.४० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्बमध्ये १३.०६ प्रतिशत मात्र खर्च भएको उल्लेख छ ।
यसरी बजेट कार्यान्वयन हुन नसक्नुमा आकस्मिक खर्चको दबाब, संगठन संरचना र दरबन्दी विस्तार गर्ने होडबाजी, आयोजना वर्गीकरणसम्बन्धी मापदण्डको उल्लंघनलाई कारण मानिएको छ । यस्तै, राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनाबाट रकमान्तर प्रस्ताव लगायत पनि बजेट कार्यान्वयनका लागि चुनौती रहेको अर्थ मन्त्रलयले जनाएको छ । यसले योजना छनोट, बजेट प्रबन्ध, योजनाहरूको व्यवस्थापन र कार्यान्वयनमा समस्या रहनुका साथै बजेट कार्यान्वयमा सम्बन्धित निकायमा तत्परता नदेखिनु, समन्वय नहुनु लगायतका समस्या देखाएको छ ।
समीक्षा बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कमजोर कार्यान्वयन हुनुमा नीतिगत निर्णय र निर्देशनको अभावमा मात्र पुँजीगत खर्च कम नभइ सम्बन्धित निकायको क्रियाशिलतामा कमी आएको कारण पनि यस्तो भएको बताए । पहल लिएर समस्या समाधान गर्न ठोस रूपमा अघि नबढ्नु नै मूल कारण रहेको उल्लेख गर्दै पूँजीगत खर्च बढाउनका लागि सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालयमा छलफल र समन्वय हुनुपर्ने उनको भनाई थियो ।
बजेट कार्यान्वयनलाई प्रभावकारी गराउन अर्थ मन्त्रालयले आगामी दिनमा विनियोजित बजेट र स्वीकृत कार्यक्रमको कार्यान्वयन, समयमा नै बजेट समर्पण, औचित्यका आधारमा मात्र रकमान्तर र कार्यक्रम संशोधन प्रस्ताव, नयाँ बजेटको गहन तयारी, वैदेशिक स्रोतका कार्यक्रम र आयोजना कार्यान्वयनमा तीव्रता र शोधभर्ना, कानुन, मापदण्ड र मार्गदर्शनहरूको पूर्णत कार्यान्वयन हुनुपर्ने जनाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बजेट कार्यान्वयनका मापदण्डहरूलाई कडाइका साथ कार्यान्वयन गर्न जरुरी रहेको बताए । अर्थसचिव शिशिरकुमार ढुंगानाले पछिल्ला दिनमा आर्थिक गतिविधि बढेको, ५४ प्रतिशत उद्योगहरू पूर्ण रुपमा सञ्चालनमा आएको, ३६ प्रतिशत आंशिक रुपमा सञ्चालनमा आएको बताउँदै पूँजीगत खर्च बढाउनका लागि थप पहल गर्नु पर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बजेट खर्च नहुँदा रोजगारी सिर्जनामा समेत असर पर्ने भन्दै बजेट खर्चलाई सर्वाधिक महत्व दिएर अघि बढनु पर्ने बताए ।
कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरूले भने कार्यविधिहरू मन्त्रालयमा स्तरमा तयार पारी कार्यान्वयन गर्नुपर्ने, बहुवर्षिय ठेक्काको सिलिङ एउटै हुन नहुने, स्रोतको फुकुवा छिटो हुनु पर्ने लगायतका कारण बजेट खर्च कमजोर रहेको भन्दै यसमा सुधार गर्नुपर्ने बताएका थिए । अर्थ मन्त्रलयका बजेट महाशाखाका प्रमुख धनीराम शर्माले भने बजेट कार्यान्वयनलाई सहजीकरण गर्न विनियोजन ऐन २०७७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६, बजेट कार्यान्वयन मार्गदर्शन २०७७, सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी मापदण्ड २०७७ लगायत जारी गरिएको बाए ।

५० प्रतिशत प्रगति गर्ने निकाय शून्य
चालू आर्थिक वर्षको ६ महिनामा विनियोजित बजेटमध्ये ५० प्रतिशत प्रगति गर्ने निकाय शून्य रहेको अर्थ मन्त्रालयले समीक्षा बैठकमा पेश गरेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार पुँजीगत खर्च गर्ने १९ निकायमध्ये २५ प्रतिशतभन्दा कम खर्च गर्नेको संख्या १८ रहेको छ ।
विभिन्न मन्त्रालयसहित २६ निकायमध्ये सबैभन्दा बढी रक्षा मन्त्रालयले ४६.४७ प्रतिशत छ । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका अधिकांश विकासे मन्त्रालयको वार्षिक लक्ष्यको तुलनामा प्रगति प्रतिशत ३० प्रतिशतभन्दा कम छ । सबै निकायमध्ये सबैभन्दा कम राष्ट्रिय योजना आयोगको ६.८७ प्रतिशत छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ७.२९ प्रतिशत मात्र छ ।
प्रतिवेदनअनुसार, गृह मन्त्रालयले मात्र २५.४८ प्रतिशत वार्षिक लक्ष्यको तुुलनामा पुँजीगततर्फ खर्च गरेको छ भने सबैभन्दा कम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १.९९ प्रतिशत रहेको छ । समीक्षा बैठकका अनुसार, कूल स्रोतमधये राजस्वतर्फको ११ खर्ब १४ अर्ब ६२ करोडमध्ये ३४.१० प्रतिशत, वैदेशिक अनुदानतर्फको ६० अर्ब ५३ करोडमध्ये ९.२८ प्रतिशत तथा वैदेशिक अण २ खर्ब ९९ अर्ब ५० करोडमध्ये १०.०३ प्रतिशत मात्र खर्च भएको छ ।

Saturday, January 16, 2021

बिजुलीमा नेपाल आत्मनिर्भर कहिले ?

https://www.karobardaily.com/news/126408 

माघ ४, २०७७ आईतबार

प्राधिकरण भन्छ– पाँच वर्षपछि
दुई जलाशययुक्त आयोजना बन्नुपर्छ : विज्ञ


नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार नेपालले भारतबाट ११ हजार १ सय मेगावाट आवर अर्थात् ६५० मेगावाटबराबर बिजुली आयात गरेको थियो । २५ हजार मेगावाट आवर माग रहेकोमा झण्डै ४५ प्रतिशत आयात भएको हो ।
त्यसैगरी बिहीबार भारतबाट ११ हजार मेगावाट आयात गरेको प्राधिकरणले बुधबार त १२ हजार मेगावाट आवर नाघेको थियो । पुसमा त भारतबाट आयातित बिजुली सात सय मेगावाटको हाराहारीसम्म पुगेको थियो ।
१४ सय मेगावाटको हाराहारीमात्र माग रहेको नेपाललाई भारतले बिजुली नदिने हो भने जुनसुकै बेला पनि पुनः लोडसेडिङ हुने अवस्था देखिन्छ । एक अध्ययनको आधारमा ८३ हजार मेगावाट उत्पादन क्षमता रहेको र ४४ हजार व्यापारिक रुपमै उत्पादन गर्न सकिने नेपाल किन अझै बिजुलीमा भारतको परनिर्भर पर्नुपरेको छ ? अर्थात् किन आत्मनिर्भर छैन ? यो धेरैका लागि प्रश्न बनेको छ । अहिले हिउँदको बेलामा करिब ४५ प्रतिशत आयात गरिरहेको बताउँदै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नेपालले अझै कम्तीमा ५ वर्ष आयात गर्नुपर्ने र त्यसपछि मात्र आत्मनिर्भर बनाउन सक्ने बताउँछन् । ‘आगामी वर्षको हिउँदको माग वृद्धिलाई हेर्ने हो भने १५ हजार मेगावाट आवर पुग्दैन तर अर्को वर्ष सात मेगावाट अर्थात् ५ सय मेगावाट आवर थपिन्छ । यसले चालू वर्षको तुलनामा त आयात घट्छ तर अन्त्य हुँदैन,’ उनी भन्छन्, ‘दुई वर्षपछि ९ सय मेगावाट थपिन्छ, त्यसले पनि फेरि आयात घटाउँछ ।
यसैगरी अघि बढ्दा पाँच वर्ष आत्मनिर्भर हुन लाग्छ ।’ तीन वर्षको अवधिमा ठूलो पिकिङ आयोजना आएमा भने आयात धेरै घट्ने तर्क गर्दै उनी आगामी सन् २०८०-०८१ सम्म ६ हजार मेगावाट थप लक्ष्य राखिए पनि समयमै आयोजना नबनेको कारणले ५ वर्ष लाग्यो भने पनि यसले हिउँदको माग भने धान्न सक्ने बताउँछन् ।
वर्षामा बिजुली खेर जाने अवस्था रहेपनि नेपालका अधिकांश नदी प्रवाहमा आधारित (आरओआर) आयोजना भएकोले हिउँदमा एक तिहाई मात्र उत्पादन हुन्छ । अहिले विद्युत् प्राधिकरणसँग १ सय १४ मेगावाटका कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलाशययुक्त आयोजना छन् भने आगामी पाँच वर्षभित्र १४० मेगावाटको तनहुँ हाइड्रो (सेमी स्टोरेज) आयोजना मात्र बन्न सक्ने अवस्था छ । तर अन्य कुनै जलाशययुक्त आयोजनाको निर्माण कार्य अघि बढेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भैसकेको १२ सय मेगावाटको बूढीगण्डकी र ७ सय ५० मेगावाटको पश्चिम सेती तत्काल अघि बढ्ने अवस्था छैन । जलाशययुक्त आयोजनाहरु सुनकोशी–२ र ३, तमोर, नौमुरे, दूधकोशी लगायतका आयोजनाहरुको भने अध्ययन भइरहेको छ । यी आयोजनामध्ये दूधकोशीको डीपीआर अन्तिम चरणमा रहेको र यसको वित्तिय व्यवस्थापनका लागि एडीबीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग पहल गरिरहेकोले यो अघि बढ्ने अवस्था भने छ ।
पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय एक हजार मेगावाटको जलाशययुक्त आयोजना निर्माण सम्पन्न भएपछि मात्र नेपाल बिजुलीमा आत्मनिर्भर हुन सक्ने बताउँछन् । ‘एक हजार मेगावाट जलाशयुक्त आयोजना भयो भने बल्ल आत्मनिर्भर बन्न सक्छौं, हुन त हामी भारतसँगको ग्रिडसँग जोडिएकोले आफ्नो बिजुली भन्ने हुँदैन । सार्क ग्रीडको कुरा गरिरहेका छौं । चार देश जोड्ने कुरा पनि अघि बढेको छ,’ उनी भन्छन्, ‘आफ्नै आयोजनाहरुबाट बिजुली माग पूरा गर्न अहिले बनिरहेका सबै आयोजनाहरु आउनुपर्छ र कम्तीमा दुई वटा जलाशययुक्त आयोजना हुनुपर्छ । यसले हिउँदको माग पूरा हुन्छ र वर्षामा हामी बेच्न सक्छौं ।’
सरकारले २०७२ सालमा १० वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखी त्यसमध्ये ५० प्रतिशत जलाशययुक्त आयोजना बनाउने घोषणा गरेको थियो । २०७५ सालमा १० वर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा त्यसमध्ये पनि ५० प्रतिशत जलाशय भनेको छ तर कुनै आयोजनाहरु सुरु हुन सकेका छैनन् । पूर्व सचिव उपाध्यायका अनुसार लागत ठूलो हुने भएकोले सरकारको सहभागिताविना बनाउन नसकिने, पुनर्बास र पुनस्र्थापना ठूलो समस्याको रुपमा रहेको, जोखिम बढी हुने भएकोले निजी क्षेत्रले निर्माण गर्न नसक्ने, तल्लो तटीय फाइदाको कुरा उठेर विवाद नआउने लगायतका कारण जलाशययुक्त आयोजना अघि बढ्न सकेका छैनन् । ‘निर्माणका लागि जलाशययुक्त आयोजना प्राथमिकतामा परेका छैनन्,’ उनी भन्छन् ।
ऊर्जा मन्त्रालयका अधिकारीहरु भने सरकारले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेको बताउँदै अधिकांश अध्ययनको चरणमा रहेको बताउँछन् । ‘सरकारले उच्च प्राथमिकता, १० वर्षमा ५ हजार मेगावाट जलाशययुक्त आयोजनाबाटै उत्पादन गर्ने लक्ष्य राखेको छ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवाल भन्छन्, ‘थुप्रै जलाशययुक्त आयोजनाहरुको अध्ययन भइरहेको छ । बूढीगण्डकीको डीपीआर बनिसक्यो, दूधकोशीको डीपीआर अन्तिम चरणमा छ । अधिकांश जलाशययुक्त आयोजनालाई बाढी नियन्त्रण, सिँचाइ, पर्यटन लगायतका बहुउद्देश्यीय फाइदा हुने गरी बनाउन लागेका छौ ।’
जलाशययुक्त आयोजनामा जग्गा प्राप्ति र मुआब्जा वितरण, सरकारी निकायबीचको समन्वय अभाव, स्थानीयबासीमा रहेको आयोजनालाई दुहुनो गाई बनाउने प्रवृत्ति, जलाशययुक्त आयोजना क्षेत्रमा अन्य पूर्वाधार जथाभावी रुपमा बनाउने, सरकारको नेतृत्व गर्नेले फाइदाका लागि आफूले लगानी नगरी विदेशीलाई दिने, स्वार्थीपन, सकेसम्म जलाशययुक्त आयोजनामा लगानी गर्न नखोज्ने प्रवृत्ति लगायतका समस्या देखिएका छन् ।
यही कारण तयारी अवस्थामा भएर पनि बूढीगण्डकी, पश्चिम सेती लगायतका आयोजना अघि बढ्न सकेका छैनन् भने अन्य आयोजनाहरुको अध्ययनमा पनि ढिलाइ भइरहेको छ । प्रवक्ता भेटुवाल भने जलाशययुक्त आयोजना बनाउन लामो समय लाग्ने र अन्य केही झमेला देखिएकोमा यसलाई सम्बोधन गर्ने गरी आवश्यक सुधारका कार्यहरु भइरहेको बताउँछन् ।

जलाशययुक्त आयोजनाका समस्या
बढी लागत
पुनर्बास र पुनस्र्थापना
नेतृत्वकर्तामा रहेको स्वार्थ
जग्गा प्राप्ति र मुआब्जा
निजी क्षेत्रलाई जोखिम
तल्लो तटीय फाइदा
सरकारी निकायबीच समन्वय
आयोजनालाई दुहुनो गाई
जथाभावी अन्य पूर्वाधार

Wednesday, January 13, 2021

आधामात्र उद्योग पूर्ण सञ्चालनमा

https://www.karobardaily.com/news/126108

पुस २९, २०७७ बुधबार

 नेपाल राष्ट्र बैकको एक अध्ययनले कोभिड–१९ अघिको तुलनामा ५३.९५ प्रतिशत मात्र उद्योगहरू सञ्चालनमा आएको देखाएको छ । राष्ट्र बैकको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनले यस्तो देखाएको हो । गत असारमा पहिलो सर्भेक्षण गरेको राष्ट्र बैकले १३ कात्तिकदेखि २४ मंसिरसम्म पुनरवृत्ति सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ६ सय ७४ उत्तरदाता सहभागी भएकोमा त्यसमध्ये ९० प्रतिशत अर्थात ६ सय ४ उद्योगी-व्यवसायीहरू थिए । यीमध्ये ठूला व्यवसायी ३.९७ प्रतिशत थिए भने सबैभन्दा बढी लघु-साना खुद्रा व्यापारी ४२.७२ प्रतिशत थिए ।

अध्ययनले असारको तुलनामा मंसीरमा उद्योग-व्यवसाय सञ्चालन, कारोबार र रोजगारीको अवस्थामा सुधार आएको भएपनि कोभिड–१९ पुवको अवस्थामा अझै उद्योग-व्यवसायहरू सञ्चालन हुन नसकेको निष्कर्ष निकालेको छ । त्यसैगरी उद्योग÷व्यवसायहरूको बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाई भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाई भएको जस्ता समस्याहरू अगाडी सारेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार, अझै ३६.९८ प्रतिशत उद्योगहरू आंशिक रुपमा सञ्चालनमा छन् भने ९.०७ प्रतिशत सञ्चालनमा आउन सकेका छैनन् । गत असारमा आएको सर्वेक्षण प्रतिवेदनमा भने ६१.०३ प्रतिशत सञ्चालन हुन नसकेको, ३४.९२ प्रतिशत आंशिक सञ्चालनमा आएको र ४.०५ प्रतिशत मात्र पूर्ण सञ्चालनमा आएको उल्लेख थियो तर पाँच महिनापछिको सर्वेक्षणले भने पूर्ण सञ्चालनमा आएका उद्योगको संख्या झण्डै ५० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
प्रतिवेदनअनुसार पूर्ण सञ्चालनमा आएकामध्ये सबैभन्दा बढी ६६.६७ प्रतिशत विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योग छन् । गत असारको प्रतिवेदनमा यसको संख्या शून्य थियो । गत असारमा शून्य रहेको शिक्षातर्फका उद्योग भने हालसम्म पनि सबैभन्दा कम ११ प्रतिशत मात्र सञ्चालनमा आएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले गत असारको तुलनामा उद्योग-व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योगहरूहरू सुधार आएको देखिएकोमा त्योमध्ये पनि अधिकांश ठूलो उद्योगहरूको अवस्थामा उल्लेख्य सुधार आएको छ । प्रतिवेदनले गत असारममा ५० करोडमाथि स्थिर पुँजी भएका ठूला उद्योगको पूर्ण सञ्चालन ६.९० प्रतिशत मात्र रहेकोमा अहिले ७५ प्रतिशत पुगेको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार घरेलु उद्योग १६.६४ प्रतिशत, लघु उद्यम-साना खुद्रा व्यापार ८.१४ प्रतिशत, १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग १४.०८ प्रतिशत, १५ देखि ५० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योग १२.२४ प्रतिशत तथा ५० करोडभन्दा माथि स्थिर पुँजी भएका ठूला उद्योग ८.३३ प्रतिशत अझै पूर्ण सञ्चालनमा आएका छैनन् ।
प्रतिवेदनले कोभिड महामारी अगाडीको तुलनामा उत्पादन÷कारोबारमा अवस्थाको आधारमा राष्ट्रिय औसदमा ५०.५१ प्रतिशत मात्र भएको उल्लेख छ । गत असारमा २८.७७ प्रतिशत मात्र थियो । रोजगारीमा भने गत असारमा कोभिड अगाडीको तुनालमा ७७.५० प्रतिशत रहेकोमा ८७.५१ प्रतिशत पुगेको छ । तलब–ज्याला खर्चतर्फ भने गत असारमा ६३.४० प्रतिशत रहेकोमा मंसीरमा ७०.३९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा उद्योग-व्यवसायहरूले भोगेका समस्याहरूमा पहिलो बजार माग घटेर कारोबार ह्रास, दोस्रोमा सञ्चालन खर्च धान्न कठिनाई, तेस्रोमा थप कर्जा प्राप्त गर्न कठिनाई, चौथोमा पुँजी र तरलता व्यवस्थापन र पाचौँमा बैकको सहयोग प्राप्त नभएको उल्लेख छ ।

Saturday, January 9, 2021

खेर जाने बिजुलीबाट हाइड्रोजन

नीति निर्माण र नमूना केन्द्र स्थापना गर्न सहमति

https://www.karobardaily.com/news/125791

पुस २६, २०७७ आईतबार 

नेपालमा पहिलोपटक वैकल्पिक ऊर्जा र इन्धनको रुपमा उपयोग गर्नका लागि बिजुलीबाट हाइड्रोजनको व्यावसायिक विकास गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बर्षामा बिजुली खेर जाने भन्दै चिन्ता प्रकट गरिरहेको बेला नेपाल आयल निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग समझदारी गरेर हाइड्रोजनको विकास गर्न लागेको हो ।
हालसम्म नेपालमा हाइड्रोजन विकासबारे कुनै प्रक्रिया अघि बढेको छैन । सरकारी निकायको रुपमा निगम र प्राविधिक निकायको रुपमा रहेको केयूले बिजुलीको उपयोग गरेर हाइड्रोजनबारे नीति निर्माणदेखि उत्पादन, भण्डारण र वितरण केन्द्र स्थापना लगायतमा सहकार्य गर्ने योजना छ । यसबाट हाल भारतबाट आयात भइरहेको पेट्रोल, डिजेल र ग्यासको प्रतिस्थापन गर्नुका साथै रासायनिक मल र अन्य औषधि उद्योगको आवश्यक हाइड्रोजन उत्पादन हुनेछ ।
नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धन प्रतिस्थापन गर्न तथा आयल निगमलाई भविष्यसम्म बचाइराख्न हाइड्रोजन उत्पादन अनिवार्य भएकोले यसको प्रकृया अघि बढाईएको जानकारी दिए ।
“हाइड्रोजनको हालसम्म नीतिनै छैन, यसको नीति निर्माणदेखि उत्पादन, भण्डारण, वितरणका लागि नमूना परियोजनाहरू सुरु गर्ने, परीक्षण गर्ने लगायतका काम अब हामीले केयूसँग मिलेर गर्छौ,” उनले भने, “यसले इन्धन प्रतिस्थापनमा ठूलो सहयोग पुग्छ ।”
आगामी पाँच वर्षभित्र तीन हजार मेगावाट बिजुली खेर जाने भन्दै प्राधिकरणभित्र ठूलो चिन्ता भईरहेको र बर्षेनी सवा २ खर्बभन्दा बढीको इन्धन आयात भईरहेको बेला दुवैका लागि हरित ऊर्जाको रुपमा रहेको हाइड्रोजन महत्वपूर्ण मानिन्छ । निर्देशक पौडेल र केयूका पूर्व रजिष्ट्रार डा. भोला थापाको उपस्थितिमा केयूबाट स्कुल अफ इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपाली र निगमबाट निर्देशक दीपक बरालबीच भएको सम्झौता अनुसार, आगामी दुई बर्ष नीति निर्माणदेखि नमूना परियोजनाहरूको परीक्षण, उत्पादन, वितरण र भण्डारणको अध्ययन, लागत विश्लेषणबारे दुवै पक्षले मिलेर काम गर्नेछन् ।
हाल गाडी, विमान, रेल लगायतका साथै ग्यासमा आयातित इन्धन उपयोग गरिरहेकोमा हाइड्रोजनको विकासबाट विस्थापन गर्न सकिने प्राविधिहरू बताउँछन् । “१८३९ दशकमा विलियम गु्रभले पानीमा विद्युत् प्रवाह गरेर वैकल्पिक ऊर्जाको रुपमा भरपर्दो र हरित ऊर्जा मानिएको हाइड्रोजन उत्पादन गर्न सकिने पत्ता लगाएका थिए, धेरै देशहरूले यसको प्रयोग बढाउँदै लगेका छन्,” केयू मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापा भन्छन्, “अब नेपालमा पनि सुरु भएको छ, यसले आयातित इन्धनको प्रतिस्थापन मात्र गर्दैन, ठूलो सम्भावना भएको जलविद्युत् उत्पादनपछि खेर जाने समस्यालाई अन्त्य गर्छ ।” उनका अनुसार पाँच वर्षभित्र हाइड्रोजन उत्पादनका लागि तयारीमा पुर्याउन सकिने बताउँदै निगमले व्यवसायिक रुपमै पेट्रोल पम्पसँगै हाइड्रोजन केन्द्र स्थापना गरेर ऊर्जाको रुपमा विकास गर्न सक्छन् ।
आयल निगम र केयूले हाइड्रोजन उत्पादन र उपयोगका लागि विद्युत् प्राधिकरण, यातायात व्यवस्था विभाग लगायतसँग सहकार्य गर्ने योजना बनाएको छ । लगानी बोर्डले नेपालमा रासायनिक मल कारखाना उत्पादन गर्ने योजनामा हाइड्रोजनको समस्या ठूलो रुपमा आए पनि स्वदेशमै उत्पादनको प्रयोग भने भएको थिएन । भारतबाट प्राकृतिक ग्यास ल्याएर सञ्चालन गर्ने योजना रहेपनि यसमा समस्या देखिएको थियो । आयल निगमको नेतृत्वले हाइड्रोजन विकासलाई प्राथमिकता दिएर अघि बढेसँगै अब यसको पूर्वाधार निर्माण, सुरक्षा, आर्थिक विश्लेषण लगायतका काम अघि बढ्नेछ ।
हालसम्म आयल निगमले भारतबाट इन्धन खरिद गरेर बिक्री गर्दै आएकोमा अब स्वदेशभित्रै हाइड्रोजन इन्धन उत्पादन गर्नेछ भने यसबाट देशको अर्थतन्त्रमा ठूलो फाइदा पुग्नेछ । नेपालमै इन्धन उत्पादन गरेर निर्यातसम्मको योजनाका साथ आफूहरू अघि बढेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

तामाकोसीको डिजाइन अन्तिम समयमा परिवर्तन

 https://www.karobardaily.com/news/125675

पुस २४, २०७७ शुक्रबार

भीम गौतम/दिलबहादुर केसी
काठमाडौं/दोलखा-
निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अन्तिम समयमा आएर डिजाइन परिवर्तन हुने भएको छ । मुख्य सुरुङबाट आएको बेगले आउने पानीलाई टर्बाइनमा पठाउनुअघि उच्च गतिलाई व्यवस्थापन गर्न एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने योजना बनाएको आयोजनाले अन्तिम समयमा आएर यसमा परिवर्तन गरी वेल्डिङ गर्ने निर्णय गरेको हो । एक्सपान्सन ज्वाइन्ट पाइप निर्माण गर्ने कम्पनीले डिजाइनअनुसार पाइप उत्पादन गर्न नसकेको र यसको कारण आयोजनाको काममा ढिलाई हुने भन्दै यस्तो गर्न लागिएको हो । विज्ञहरूले भने आठ सय मिटरभन्दा धेरै हेड भएको ठूलो आयोजनाको कारण सुरुङबाट आउने पानीको वेग थप घट हुँदा यसमा दबाब थपेर फुट्न सक्ने भन्दै छिटो सम्पन्न गर्ने नाममा उचित सुरक्षा नअपनाउँदा ठूलो खतरा हुन सक्ने बताउँछन् ।
२०६८ सालमा निर्माण सुरु भएर २०७२ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको सो आयोजना अझै सम्पन्न भएको छैन । सरकारले २०६७ सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपनि हालसम्म कुनै सम्पन्न नभईरहेको बेला माथिल्लो तामाकोसीमाथि तत्काल सम्पन्न गर्न ठूलो दबाब छ । सत्तारुढ विभाजनपछि आफ्नो कार्यकालमा माथिल्लो तामाकोसी जसरी भएपनि सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालयबाट ठूलो दबाब दिएपछि र तामाकोसी आयोजना व्यवस्थापनमाथि ढिलाइको आरोप लागेपछि थप एक्सपान्सन ज्वाइन्ट पाइपको सट्टा सोही राख्न सक्ने विकल्प हुँदा हुँदै थप समयभन्दा तत्कालका लागि खतराभन्दा हतारोलाई रोजिएको हुन सक्ने विज्ञहरूको तर्क छ । आयोजना व्यवस्थापनसम्वद्ध स्रोतले भने प्रधानमन्त्री कार्यालयका साथै ऊर्जा मन्त्रालयबाट समयमै सक्न ठूलो दबाब आए पनि प्राविधिक रूपमा सुरक्षामा सम्झौता नगरिएको र वाईन्डिङ गरेर क्रंक्रिट गर्ने परामर्शदाताकै सल्लाहमा विकल्पमा गएको जनाएको छ । आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको एण्ड रेल्वे कम्पनीले पाइप उत्पादन गर्न असफल भएपछि परामर्शदाता कम्पनी नरकल्सल्ट–ल्याह्मेरसँग र उत्पादकसँगको छलफलपछि विकल्प रोजिएको आयोजना व्यवस्थापनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमीटेडमार्फत निर्माण भईरहेको सो आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना हो । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक एवं तामाकोसी हाइड्रोपावर कम्पनी लिमीटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य एक्सपान्सन ज्वाइन्ट पाइप तत्काल राख्न नसक्ने अवस्था देखिएकोले वेल्डिङ गरेर क्रंकिट गर्ने परामर्शदाताको सुझावकै आधारमा विकल्पमा जाने निर्णय गरिएको बताए । “सम्झौता भएको कम्पनीले पाइप दिन नसकेपछि परामर्शदाताकै सुझावमा विकल्पमा गएका हौं, यहाँ दुई एक्सपान्सन ज्वाइन्ट पाइप राख्न लागिएको थियो, एउटा निश्चित (फिक्स) र अर्को झिक्न मिल्ने, फिक्समा मात्र हामी विकल्पमा जान लागेको हौं,” उनले भने, “झिक्न मिल्नेमा हामी एक्सपान्सन ज्वाइन्ट पाइपमै राख्ने योजना छ तर यसमा पनि कम्पनीले ल्याउन नसक्ने अवस्था देखिएकोले के गर्ने भन्ने निर्णय भैसकेको छैन ।”
निर्माण ढिलो भएपछि आयोजना छिटो सक्न दबाब आएको भएपनि यसकै आधारमा भन्दा पनि परामर्शदाताहरूले वेल्डिङ गरेर क्रंक्रिटमा जाँदा कुनै जोखिमता नहुने उल्लेख गरेकोले सबै पक्षसँग छलफल गरेर निर्णय गरिएको उनी बताउँछन् । “भविष्यमा मर्मत सम्भार गर्नुपर्दा ठूलो समस्या आउन सक्छ, छिर्ने बाटो नहुने भएकोले खतरा आउन सक्ने भएकोले यसको विकल्पमा खोजी गरेका छौ, झिक्न नमिल्ने ठाउँमा कंक्रिट गरेपछि यसमा खतरा हुँदैन, नांगो पाइपमा भने खतरा हुन सक्छ,” उनी भन्छन् । विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आफूले यसबारे विस्तृत जानकारी नभएपनि परामर्शदाता कम्पनीको सुझावमा गरिएको हुँदा यसमा खतरा हुन नसक्ने बताउँछन् ।
आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको एण्ड रेल्वे कम्पनी भारतले एक वर्षदेखि यसको उत्पादनै गर्न सकेको छैन । “अर्डरमा दिइएको डिजाइन अनुसारको एक्सपान्सन पाइप उत्पादक कम्पनीले बनाउनै सकेन,” उनले भने, “अब त्यसको साटो डिजाइन नै परिवर्तन गर्ने कम्पनीको बोर्डले निर्णय नै गरेर नयाँ डिजाइन अनुसारको उत्पादन भइरहेको छ ।” अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ भन्छन्, “टेक्सम्याकोले उत्पादन गरेको अघिल्लो डिजाइन अनुसारको एक्पान्सन ज्वाइन्टको पाइप असफल भयो । अहिले परामर्शदाता कम्पनी नरकल्सल्ट–ल्याह्मेरसँग र उत्पादकसँगको छलफलपछि नयाँ डिजाइन गर्न लागेको हो ।”
नयाँ डिजाइनअनुसार अब कंक्रिट बाक्लो हुन्छ । यस्तो ज्वाइन्ट धेरै जलविद्युत् आयोजनामा प्रयोग भए तापनि नेपालमा भने हालसम्मकै ठूलो जलविद्युत् आयोजना र उच्च हेडबाट पानी खसाल्ने हुँदा जोखिम पनि बढी छ । तर, श्रेष्ठ मेलम्चीमा सुरुङ परीक्षणमा भएको दुर्घटनाले पनि ढिलै भए तापनि गुणस्तरीयतामा कुनै सम्झौता नहुने गरी काम भइरहेको र आगामी चैतसम्ममा काम सकेर बैशाखदेखि पहिलो युनिट उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । पानीको उच्च बेग अनुसार उक्त पाइप तल–माथि भएर सरिरहँदा पनि यसले पानीको बेगले उत्पन्न हुने प्रेसरलाई घटाउने काम गर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेको दाबी छ ।
साना लघु जलविद्युत् आयोजना समेत एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने गरिएको भएपनि ठूलो आयोजनामा नराख्दा ठूलै खतरा हुन सक्ने तर्क गर्छन । “पाइप जोड्न एक्सपान्सन ज्वाइन्ट पाइप नभै हुँदैन । पानीको घटेर बढेर हुन सक्ने अवस्थालाई मध्यनजर राखी तन्किने ठाउँ राख्ने गरिन्छ । दबाबलाई नियन्त्रण गर्छ,” एक विज्ञले भने, “ठेक्का दिएको कम्पनीले समयमै गर्दैन भन्ने थाहा हुँदा हुँदै विकल्प खोजिएन तर अहिले छिटो सक्न भरपर्दो विकल्पमा नजाँदा भोलि आयोजनामा ठूलो विपद आउन सक्छ ।” उनका अनुसार, ठेक्का दिएको कम्पनीले गर्न नसकेमा करिब तीन करोड थपेर नयाँ कम्पनीसँग जान सक्ने वा सम्बन्धित कम्पनीले अर्को कम्पनीबाट ल्याउन सकिने विकल्प हुँदा हुँदै यसो गर्दा भोलि समस्या आउन सक्छ । ज्वाइन्ट पाइप राख्नलाई भने अब सुरु गरेपनि कम्तीमा ८ महिना भने लाग्ने तर यो राखेपछि आयोजनामा खतराको सम्भावना कम हुने उनको तर्क छ ।
गत वर्ष पाइप कम्पनीले बनाउन नसकेपछि सामान लिन कोलकाता गएको आयोजनाको टोली सामान नै नलिइ फर्किएको थियो । एक वर्षदेखि पेनस्टक पाइप उत्पादनका लागि आयोजनाले मेकानिकल इन्जिनियरलाई कोलकत्ताको टेक्सम्याकोकै उत्पादन उद्योगमा राखेको थियो । कोभिडका कारण लकडाउनका कारण टोली फर्कियो । ६ महिना जति कोलकत्तामा उद्योग बन्द भयो । अहिले फेरि इन्जिनियर कोलकातामै राखेको छ । उक्त पाइप आयोजनामा पुगेपछि बाँकी रहेका केहि पेनस्टक पाइप र उक्त एक्सपान्सन पाइप जडान गर्न २ महिनासम्म समय लाग्न सक्ने न्यौपाने बताउँछन् । नयाँ डिजाइन अनुसारको पाइप समयमा आइपुगे फागुनसम्म पाइप जडान गरेर चैतदेखि विद्युत् परीक्षण उत्पादन गरी असारसम्म पूर्ण क्षमता ४५६ मेगावाटकै उत्पादन गर्न सक्ने गरी कार्ययोजना बनाएको छ ।
आयोजनाले एक्सपान्सन ज्वाइन्टसँगै अर्को पनि महत्वपूर्ण सामान डिस्पान्टेबल बक्स पनि ल्याउन बाँकी छ । आयोजनाको निर्माण सकिएपछि सुरुङमार्गलगायत भित्री संरचनामा कुनै समस्या आउँदा मर्मतका लागि जाँदा त्यही बक्सको सहायताले भित्र जानु पर्छ । उक्त बक्स अहिले नै जडान गर्नुपर्ने हुन्छ । यो बक्स निर्माण गरिसकेको भए पनि एक्सपान्सन ज्वाइन्ट निर्माण नभएकाले दुवै सामान एकै पटक ल्याउने आयोजनाको तयारी छ । यी दुई उपकरण बाहेक आयोजनाको अधिकांश काम सकिएको छ । मुख्य सुरुङमार्गमा पेनस्टक पाइप जडान भइसकेको छ । सुरुङमार्गमा ग्राउटिङ र कंक्रिटिङको काम पनि साथसाथै भइरहेको छ । विद्युत्गृह निर्माण सकिएको छ । टर्बाइन र ट्रान्सफर्मरहरूको जडान भइसकेको २ वर्ष बितिसकेको छ । प्रसारणलाइन निर्माणको काम पनि अन्तिम चरणमा छ । ६ महिनादेखि अन्तिमको मल्टी सर्किट टावार मुआब्जा र स्थानीयको विवादले निर्माण हुन सकेको छैन । फुलासीको सबस्टेशन अब २ महिना भित्रै पूरा हुने निर्माण कम्पनी केईसी इन्टरनेशनल भारतीय कम्पनीका प्रतिनिधि अमित पुनियाँले बताए ।
एक्स्पान्सन ज्वाइन्ट राखिसकेपछि आयोजनाको सुरुङमार्गमा पानी भरेर सुरुङ परीक्षण गर्ने छ । सुरुङमार्गमा पानी भरिसकेपछि कतै चुहिने समस्या देखिएमा भने सबै पानी खाली गरेर त्यसलाई मर्मत गर्न थप केही समय लाग्ने छ । तर पानी चुहिने समस्या देखिएन र सुरुङमार्गको परीक्षण सफल भएमा भने विद्युत् गृह र टर्बाइनको परीक्षण सुरु हुने छ ।
त्यसपछि विद्युत् उत्पादन नगरी विद्युत् गृहका संरचनाको परीक्षण गरेपछि तेस्रो चरणमा विद्युत् उत्पादन गरेर आयोजनाको परीक्षण गरिने छ । त्यसपछि भने आयोजनाले नियमित विद्युत् उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारणलाइनमा जोड्ने आयोजनाको तयारी छ । कुनै प्राविधिक समस्या आएन भने २०७८ बैशाखमा माथिल्लो तामाकोसीको एउटा युनिटबाट कम्तिमा ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रवक्ता न्यौपानेले बताए । ४५६ मेगावाटको नेपालकै ठूलो जलविद्युत् आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन राखिएका छन् । वैशाखमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेपछि क्रमैसँग अरु युनिटबाट पनि विद्युत् उत्पादन सुरु गर्ने कार्यतालिका छ । आयोजनाको हेडवक्समा भने इन्टेक, बाँध, डिस्यान्डरमा भने पानी भरेर ८ महिना अघि नै पानी भरेर परीक्षण गरिसकेको छ ।
टेक्सम्याकोले मेकानिकलका सामान उत्पादन र ढुवानीमै ढिलाइ गरेपछि एक वर्ष अघि ऊर्जासचिव, दिनेश घिमिरे, तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठ, आयोजना प्रमुख दिनेशजंग राणा, अनुगमन महाशाखा प्रमुख विमल गुरुङ आफैं कोलकाता पुगेका थिए ।
आयोजनाको २०७० सालमा पनि मुख्य सुरुङमार्ग पनि कमजोर चट्टानका कारण डिजाइन परिवर्तन गरी २ वटा ठाडो सुरुङ डिजाइन गरिएको थियो । तर सुरुको ठेक्का सम्झौता अनुसार सामान उत्पादन र ढुवानी २०७१ चैतसम्म गरिसक्नु पर्ने छ । त्यससमयसम्म ढुवानीको काम नै सुरु हुन सकेको थिएन ।
आयोजनाको समय लम्बिँदा लागत समेत बढेर व्याज सहित दोब्बर बढी भएको छ भने वार्षिक १० अर्ब आम्दानी समेत गुमाउदै आएको छ । तामाकोसीको ढिलाइले २२ मेगावाटको रोल्वालिङ डाइभर्सनको काम समेत सुरु हुन सकेको छैन । यो आयोजना अपर तामाकोसीकै पाइप लाइनको आयोजना हो ।

Wednesday, January 6, 2021

‘बिजुली बेच्नुनै हुँदैन’

https://www.karobardaily.com/news/125212 

पुस १९, २०७७ आईतबार

सरकारले आगामी वर्षादेखि बिजुली बेच्नका लागि तयारी अघि बढाइरहेको बेला नेपालको बिजुली बेच्न नहुने तर्क अघि सारिएको छ ।
फ्रेन्डसिप फोरम फर नेपालीज जर्नालिष्टको काठमाडौं आयोजना गरेको ‘दक्षिण एसियाको जलस्रोत र नेपालको दृष्टि’ विषयक अन्र्तक्रिया पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवाली, पूर्व मुख्य सचिव लीलामणि पौडेल, जलस्रोत क्षेत्रका विज्ञ रतन भण्डारीलगायतले यस्तो धर्क गरेका हुन् । पूर्व जलस्रोत सचिव ज्ञवालीले भारतले बिजुली बेचेर कुनै देश धनी नभएको तर्क गर्दै स्वदेशमै खपत बढाउनुपर्ने बताए । नेपालमा निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युत् केन्द्रीय ग्रिडमा जोड्नको लागि ट्रान्समिसन लाइन बनाउन आवश्यक भएको बताउँदै उनले स्वदेसीभन्दा विदेसीलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको बताए । भारतले पञ्चेश्वर बिजुलीभन्दा पनि पानीको लागि बनाउन लागेको बताउँदै बूढीगण्डकी लगायतका ठूला आयोजना बनाउँदा नेपालको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
पूर्व मुख्य सचिव पौडेले बिजुली बेचेर कुनै देश धनी नभएको तर्क गर्दै कच्चा पदार्थको रुपमा रहेको बिजुलीलाई उपयोग गर्नका लागि स्वदेशमै खपत बढाउनुपर्ने बताए । हालै अमेरिकाले चीनबारे लिएको नीतिमा नेपालको प्रसंग जोड्नु गलत भएको बताउँदै नेपालले अरु देशका लागि आफ्नो विगतको परम्पराबाट पछि हट्न नहुने बताए । जलस्रोतका ज्ञाता भण्डारीले भारतको स्वार्थ नेपालको पानी जसरी भएपनि लैजाने भएकोले यसमा सजग हुनुपर्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष गणेश कार्कीले भने जलविद्युत् विकासबाट आर्थिक समृद्धि हुने भएकाले यसका आन्तरिक खपतसँगै विद्युत् आदानप्रदानलाई महत्व दिनुपर्ने बताए ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पहिलोपटक एकीकृत जलस्रोत ऐन पारित भएकाले अब जलस्रोत क्षेत्रको समग्र विकास व्यवस्थित रुपमा हुने बताए ।

३१५ एमभीएको ट्रान्सफर्मर सञ्चालनमा, पाँच सय मेगावाटसम्म आयात गर्न सकिने

https://www.karobardaily.com/news/125382

 पुस २१, २०७७ मंगलबार

देशकै ठूलो ढल्केबर सबस्टेसनमा निर्माणाधीन ३१५ एमभीएको ट्रान्सफर्मर सञ्चालनसँगै ५ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०-१३२ अन्तर्गत ३१५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेरसँगै यस्तो अवस्था आएको हो ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको छ । “३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोसी आएपछि आन्तरिक रूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ,” शाक्यले भने । ६५० मेगावाट विद्युत् आयात गरिरहेको प्राधिकरणले एक सय मेगावाट विद्युत् थप आयात गर्न लागेको जनाएको छ । ३१५ एमभीएको ट्रान्सफर्मर नबन्दा प्राधिकरणले ढल्केबर–मुज्जफरपुरबाट आयात गरिएको प्रतियुनिट ४.१८ भारतीय रूपैयाँभन्दा थप २ भारतीय रूपैयाँमा खरिद गर्नुपर्ने वाध्यता थियो । चार वर्षअघि सम्पन्न हुनुपर्ने सो ट्रान्सफर्मर विवादको कारणले निर्माण सम्पन्न हुन सकेको थिएन ।
हाल ढल्केबर सबस्टेसन मा २२०-१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभीए छ । अब सबस्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । ९५० एमभीएमध्ये बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको र डेढ महिनाभित्र सम्पन्न गरिने प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।
केही महिनाअघि सञ्चालनमा आएको ४००-२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख श्रेष्ठका अनुसार अब आवश्यक परेमा ढल्केबर–मुज्जफ्फरपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौता अनुसार थप करिब एक सय मेगावाट विद्युत् आयात गर्न सकिने छ । “अहिले हाम्रो संरचनाले नधान्ने हुँदा त्यहाँबाट करिब २७० देखि २८० मेगावाट विद्युत् आयात भइरहेको थियो, भारतीय पक्षले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत थप एक सय मेगावाट विद्युत् दिन सकिने बताएको छ, अब ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएकाले आवश्यक परेमा थप विद्युत् ल्याउन सकिन्छ,” श्रेष्ठले भने ।
प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर–मुज्जफ्फरपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।
ढल्केबर–मुज्जफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ । हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ । खिम्ती–ढल्केबरलाई २२० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पु-याइने छ ।
आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ । २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुज्जफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

प्रसारण लाइनको समस्या र सरकारी प्रयास

https://www.karobardaily.com/news/125515 

पुस २२, २०७७ बुधबार

हिउँदको समयमा नेपाल विद्युत् प्राधिकरणले भारतबाट ६ सय ५० मेगावाटको हाराहारीमा विद्युत् आयात गरिरहेको छ भने एक सय मेगावाट थप आयात गर्न लागेको छ तर यही बेला प्रसारणलाइन अभावकै कारण ५० मेगावाटभन्दा बढी बिजुली खेर गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को भनाइ छ । एकातिर भारतबाट विद्युत् आयात गर्ने, अर्कोतिर स्वदेशी उत्पादन प्रसारणलाइन खेर जाने अवस्था छ । अधिकांश ठूला प्रसारण लाइनमा समस्या छन् भने १५ हजार मेगावाट बराबरको अध्ययन गरिरहेको, तीन हजार मेगावाट बनाइरहेको तथा ५ हजार मेगावाट निर्माणका लागि तयारी गरिरहेको निजी क्षेत्र प्रसारण लाइनमा भएको ढिलाइसँगै अर्बौं लगानी गुम्ने डरले त्रसित छ । उनीहरू प्रसारण लाइनको अभावमा भयावह समस्या भोगिरहेको बताउँदै सरकारी निकायको कमजोर प्रयासका कारण जलविद्युत्का निजी प्रवद्र्धकसँगै बैंक र सर्वसाधारण लगानीमा जोखिम बढिरहेको बताउँछन् । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले भने प्रसारणलाइन निर्माणका लागि प्रयास भइरहेको र प्रसारण लाइनमा देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको बताएका छन् । प्रसारणसँगै वितरण लाइनमा समेत समस्या देखिएको छ । जलविद्युत्मा लगानी गरिरहेका निजी क्षेत्रले प्रसारण लाइनको अभावमा भोगिरहेको समस्या, यसको कारणले पर्न सक्ने प्रभाव, प्रसारण लाइनका लागि निजी क्षेत्रले गरिरहेको प्रयास लगायतबारे सरोकारवाला निकायसँग कारोबारले गरेको कुराकानीको सार ः
मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ
मधु भेटुवाल
सहसचिव, ऊर्जा मन्त्रालय

हामीले प्रसारण लाइनलाई व्यवस्थित रूपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गरेका छौं । ग्रिड कम्पनी र नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको अध्ययन र निर्माण गरिरहेको छ । केही प्रसारणलाइन निर्माणमा विलम्ब भएको छ । त्रिशुली हबमा काम ढिलो भएको छ । मस्र्याङ्दी करिडोरमा स्थानीय अवरोधले काममा ढिलाइ भएको छ । सोलु करिडोरमा समस्या छ । पूर्वका केही क्षेत्रमा पनि समस्या छ । प्रसारणलाइन बनाउन ढिलाइ हुँदा समस्या आइरहेका छन् । सिंगटी क्षेत्रमा केही जलविद्युत् आयोजनाले उत्पादन गर्न लागे पनि त्यहाँ ढिलाइ भएको छ । उनीहरू राष्ट्रिय ग्रिडमा आउन समस्या छ । अपर सोलु जलविद्युत् आयोजनाको पनि यसैका कारण विद्युत् प्रवाह हुन सकेको छैन । मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । ठेकेदार कम्पनी, विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको छ । तर पूर्णरूपमा परिणाम प्राप्त भएको छैन । यसका बाबजुद भारतबाट आयात गरेर भए पनि बिजुली आपूर्ति भइरहेको छ । लोडसेडिङ गर्नुपर्ने अवस्था छैन ।
पहिला सचिवले जग्गा प्राप्तिका लागि प्रारम्भिक अधिकृत तोक्ने व्यवस्था थियो, अहिले मन्त्रिपरिषद्ले तोक्छ । यस कारण पनि केही समस्या छन् । बढी क्षतिपूर्ति माग्ने समस्या पनि छन् । स्थानीय जनताले प्रसारणलाइन निर्माणमा अवरोध गर्ने क्रम बढेसँगै आएको समस्या हामी सबै पक्ष मिलेर समाधान गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ । राजनीतिक दलहरूले साथ दिनुपर्छ । हामीले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । बार्गेनिङपछि बढी क्षतिपूर्ति दिनेभन्दा पनि क्षतिपूर्तिको व्यवस्थालाई पारदर्शी बनाउनुपर्छ । पूर्वतयारी नगरी रेखांकन गर्ने, विरोध आएपछि सार्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । पूर्वतयारीका क्रममा परामर्श पनि पुगेको छैन । सरोकारवालासँग परामर्श कम भएको छ । मेरो बुुझाइमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय निकायसँग परामर्श गरिरहनुपर्छ, त्यसमा केही कमी भएकै छ । बन्द, हड्ताल गरेपछि मात्र सुनुवाइ गरेपछि यसले नकारात्मक प्रभाव पर्छ । राजनीति दल, स्थानीय निकायले पनि प्रसारणलाइन भनेको एकदम महत्वपूर्ण पूर्वाधार हो, यो संरचनाविना देश समृद्धि हुँदैन भन्ने बुझ्नुपर्छ । भरपर्दो र सस्तो बिजुली पु-याउनका यो अति आवश्यक छ भन्ने बुझ्नुपर्छ । संघ, प्रदेश र स्थानीय तथा राजनीतिक दलहरू आफै सक्रिय भएर लाग्नुपर्छ । निर्णय पारदर्शी हुनुपर्छ । प्राधिकरण सक्रियताका साथ प्रसारणलाइन निर्माण गर्न लाग्नुपर्छ, उहाँहरू लाग्नुभएको पनि छ । यसलाई अझ गति दिनुपर्छ । प्रसारण लाइनमा सही कर्मचारी व्यवस्थापन गरेर छिटो अघि बढाउनका लागि प्रोत्साहन दिनुपर्छ । यसका लागि मन्त्रालयले सहयोग गरिरहेको पनि छ । प्राधिकरणले बढी नै ध्यान दिनुपर्छ, मन्त्रालयले सहायता दिइरहेको छ, यसमा कमी हुँदैन । यी सबै कुराका बाबजुद पनि प्रसारणलाइन बनिरहेकै छन् । सबै बनेनन् भन्ने पनि होइन, केही त निर्माण सम्पन्न पनि गरिसकेका छांै ।

बिजुली खेर जान नदिन प्रयत्न गरिरहेका छौं
मदन तिमल्सिना
प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रसारण निर्माणको कार्य जारी राखेको छ । केही ठाउँमा समस्या पनि आएका छन् । प्रसारण लाइनमा भएको समस्याका कारण वितरण प्रणालीमा पनि समस्या आएको छ । जहाँ जहाँ समस्या आएका छन्, ती ठाउँमा अघि बढाउन प्रयत्न गरिरहेको छ । लामोसाँघु–खिम्तीमा नेक टु नेक थियो, सेटिङ मिलाएका छांै । सबस्टेसनमा बढी लोड भएकाले सुविधाजनक तरिकाले विद्युत् आदानप्रदान गर्ने अवस्था सिर्जना गरेका छौं । कालिगण्डकी करिडोर दाना–कुस्माको सम्पन्न गर्ने क्रममा र्छौं । प्राधिकरणकै कारणले उत्पादन नरोकियोस् भनेर लागिरहेका छौं । केही ठूला प्रसारण लाइनमा विभिन्न खाले समस्या भएकाले पनि यसलाई अन्त्य गर्न लागिपरेका छौँ । भरतपुर–हेटौँ डा–बर्दघाट, खिम्ती–काठमाडौं, मस्र्याङ्दी–काठमाडौंलगायतका धेरै आयोजनामा समस्या छ । करिडोरमा सम्बन्धित आयोजनाहरू हामीलाई फोकस गरेर प्रसारण लाइनका कार्य अघि बढेका छन् । केही परियोजनामा विशेष समस्या छ । क्षमताअनुसार, त्यही नै हो । नयाँ लाइन बनाउने क्रममा धेरै समस्या आएका छन् । स्थानीय समस्या छन्, वन, वातावरणमा समस्या छ । कोभिडका कारण पनि केही समस्या आए । यसका कारण केही प्रसारण लाइनमा ढिलाईपनि भएको छ । प्राधिकरण उत्पादित बिजुली खेर जान नदिन प्रयत्न गरिरहेका छांै ।

आर्मीको जस्तो शासन नभएसम्म समयमै प्रसारणलाइन बन्दैनन्
गणेश कार्की
उपाध्यक्ष, इप्पान

अहिले हामीले ६५० मेगावाट बराबर भारतबाट आयात गरिरहेका छौं । तर प्रसारण लाइनको अभावमा स्वदेशी उत्पादन भने खेर गइरहेको छ । सरकारले प्रसारण लाइनमा सहजीकरण गरिदिएको भए भारतबाट ल्याउनुपर्ने थिएन । नेपालमा प्रसारणलाइन बनाएको भए ६० मेगावाट बराबर थप बिजुली हुन्थ्यो, यो खेर जाँदैनथ्यो । अहिले त धेरै आयोजनामा समस्या छ । कोसी करिडोरमा समस्या छ । २३ मेगावाटको अपर सोलुको बिजुली खेर गइरहेको छ । २५ मेगावाटको सिंगटी उत्पादन तयारी छ तर प्रसारणलाइन छैन । २२ मेगावाटको अपर चाकु बन्यो तर प्रसारण समस्या छ । यसले गर्दा ३ मेगावाटको गेलुङ खोला बनेर एक वर्ष÷डेढ वर्षदेखि प्रवाह गर्न सकेको छैन ।
प्रसारण लाइन अभावले जलविद्युत् प्रवद्र्धकले ठूलो घाटा बेहोरिरहेका छन् । आम्दानी आउने बेलामा बिजुली खेर गएर बंैकहरूको ब्याज बढी तिर्नुपरेको छ । सबै आयोजनाको लागत बढिरहेको छ । बैंकले कहिलेसम्म पुँजीकरण गर्दै जालान्, सधै त गाह्रो होला । लागत बढेपछि भनेजति प्रतिफलमा पनि समस्या भएको छ । यसको नकारात्मक प्रभाव बढ्दो छ । भारतबाट ल्याएर सिस्टम धान्ने हो भने त्यही कुरा हो, नत्र सरकार प्रसारणलाइन बनाउन गम्भीर हुनुपर्छ । प्रसारणलाइन नबनाउने भने भयावह समस्या आउँछ । लामो समय ढिलो भए पनि सावा ब्याज तिर्न नसक्ने अवस्था छ । बनिसकेका आयोजनासमेत बैंकको कालोसूचीमा पर्छन । लामो समयसम्म प्रसारणलाइन नहुनुको यो पीडाले प्रवद्र्धकलाई दोब्बर तेब्बर घाटा छ । अर्कोतिर समयमै उत्पादन नगरेको भनेर प्राधिकरणलाई जरिवाना तिर्नुपरेको छ । सिंगटी प्रसारणलाइन सुरु भएको १० वर्ष भयो । १० वर्षसम्म पनि प्रसारणलाइन बनाउन नसक्नु सरकारको नालायकीपन हो । प्रसारणलाइन बनेन भने समस्या छ । दोर्दी करिडोरमा पनि प्रसारणलाइन बन्दैछ । थुप्रै करिडोरमा प्रसारणलाइन बनिरहेका छन् तर प्रसारणलाइन भने सबै डुब्छन् । सरकारले चाँडोभन्दा चाँडो प्रसारणलाइन बनाउनेतिर लाग्नुपर्छ ।
प्रसारणलाइन नबन्नुमा वनजंगल, जग्गा प्राप्तिलगायत समस्या छन् । प्रसारण लाइनमा आर्मीको जस्तो शासन नभएसम्म समयमै प्रसारणलाइन बन्दैनन्, यो देखिसकिएको छ । ठेकेदारलाई जति लम्बियो त्यति फाइदा हुन्छ । प्राधिकरणले गाम्भीर्यपूवर्क लिएको छैन । बिजुली खेर जान्छ भन्ने त्रासमा छ । स्थानीय क्षेत्रमा समस्या पनि छ । स्थानीय सरकारको प्राथमिकतामा परेको छैन । सबै करिडोरमा समस्या छ । सरकार र प्राधिकरण लागिरहेका छांै भन्छन्, ठेकेदारलाई बोलाउने निर्देशन दिने काम गर्छन् । निर्देशनले मात्र काम गर्दैन । विकल्पमा निजी क्षेत्रलाई दिने कुरा आएको थियो, दिएको भए जसरी भएपनि बनाउँथ्यो । गर कि मर भन्ने अवस्था हुन्थ्यो । पहिला दिने भनेको थियो तर पछि दिएन । निजी क्षेत्रले बनाउँछु भनेमा सरकारले दिनुपर्छ र बन्थ्यो पनि । जग्गा प्राप्तिमा सहजीकरण गरेर भने यो सम्भव छ तर अवस्था उस्तै छ ।

प्रसारणलाइन विकराल समस्या बन्दैछ
सूर्य अधिकारी
जलविद्युत् प्रवद्र्धक

सबैभन्दा ठूलो समस्या प्रसारण लाइनकै छ । प्रसारणलाइन भएको ठाउँमा पनि अर्को समस्या छ । त्यो बिजुली नियमित रूपमा ग्रिडसम्म पुग्दैन । ट्रिप भएको कारणले २५ प्रतिशतभन्दा बढी आम्दानी लगानीकर्ताले गुमाएका छन् । प्रसारणलाइन भएन, विद्युत् प्रवाह गर्न सकिएन । प्रसारणलाइन भएका पनि पूर्ण क्षमतामा चल्न सकेनन् । प्रवाह गर्ने क्षमता नै भएन । स्थानीयस्तरमा खपत हुने अवस्था देखिएन । अर्को हाइड्रोलोजीको कारणले पनि समस्या छ । साना जलविद्युत् आयोजनामा पानीको उपलब्धतामा निरन्तर उत्तारचढाव हुन्छन् । पानीको निरन्तरतामा समस्या छ । खोलाहरूमा समस्या छ । हाइड्रोलोजी अध्ययन नगरेको भनेर प्रवद्र्धकलाई दोष दिने काम पनि भएको छ । यस्तो होइन । प्रवद्र्धकहरूले जथाभावी रूपमा अध्ययन गर्छन् भनेर भन्न पाइन्छ । विद्युत् विकास विभाग, विद्युत् प्राधिकरणले पनि जलविद्युत् आयोजनालाई अनुमतिपत्र (लाइसेन्स) दिएपछि यसको विश्लेषण गर्छ । तर विभागले खाली बढी नै राजस्वलाई मात्र ध्यान दिएको छ । मन्त्रालयले अध्ययन गरेर एउटा प्रतिवेदन बनायो । यसमा निजी क्षेत्रले निर्माणमा गरेका १० मेगावाटभन्दा साना आयोजनको पेनाल्टी छुट दिने भनियो तर प्राधिकरण अवरोधक बन्यो ।
प्रसारणको समस्या पहिलादेखि नै हो । २०५६ सालदेखि समस्या देखिएको छ । कालिगण्डकीको पावर पूर्वजान सकेन । बर्दघाट–भरतपुरबाटै समस्या आएको हो । बर्दघाट–भरतपुरको प्रसारणलाइन अझै बनेको छैन । कालिगण्डकी बनेपछि बिजुली खेर गयो भनेर बेच्ने योजना पनि बनाइयो । राजा वीरेन्द्रको बेलापछि हेर्ने हो भने खासै धेरै प्रसारणलाइन बनेका छैनन् । १९९० पछि खासै ठूला प्रसारणलाइन बनेका छन् । पावर हाउसबाट ग्रिडमा जोडिने मात्र बने । पूर्व–पश्चिम बनेन । ठूला बनेनन् । प्राविधिक समस्या छ । उत्पादित बिजुली प्रसारण र वितरण हुन सकेको छैन । यतिसम्मकि ३३ केभीका लाइनमध्ये अधिकांशको बनेपछि हालसम्म कण्डक्टरसम्म पनि परिवर्तन भएका छैनन् । सिंगल कण्डक्ट पनि परिवर्तन भएका छैनन् ।
विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माणका लागि बेला बेलामा टेण्डर गर्छ । ठेक्का गर्न हतार हुन्छ तर कहिलेसम्म बन्ने हो टुंगो छैन । धेरैपटक म्याद थप हुन्छ । उदाहरणका लागि खाँडीचौर–सिंगटीको लाइन ८ वर्षअघि बन्नुपर्ने तर अझै पनि बनेको छैन । प्रसारणलाइन निर्माण कार्यान्वयनमा ठूलो गल्ती भइरहेको छ । प्राधिकरणको कारणले हामीले पेनाल्टी तिर्नुपर्ने भएर रोइकराई गरिरहेका छौं । निजी क्षेत्रको उत्पादन एक÷डेढ वर्ष ढिला भयो होला तर प्राधिकरणले बनाउनुपर्ने प्रसारणलाइन १५÷१६ वर्षसम्म ढिलाइ भएको छ । प्रसारणलाइन नभएका कारण जलविद्युत्को विकास हुन सकेको छैन । जसले बनाएका छन्, उनीहरूले दुःख पाएका छन् । सिंगटीले दुःख पाइरहेको छ । अरु धेरै यस्ता आयोजना छन्, जसले आयोजना सम्पन्न गरेर पनि प्रसारणलाइन अभावमा सास्ती भोगिरहेका छ्न ।
अहिले हाम्रो उत्पादन क्षमता १४ सय मेगावाटको हाराहारीमा छ । वर्षाको कुरा गर्दा अब आउने असार मसान्तसम्म अर्को एक हजार मेगावाट आउला । आउँदा २३÷२४ सय मेगावाट क्षमता पुग्छ । १३२ केभी प्रसारण लाइनले धान्दैन । बिजुली बेच्ने अवस्था देखिएको छैन । यसको आधार तयार भएको छैन । वर्षामा बिजुली खेर जाने अवस्था छ तर प्रसारण लाइनलाई व्यवस्थापन गर्न सरकारी निकाय, विद्युत् प्राधिकरण, नियमन आयोग र मन्त्रालयले स्पष्ट कार्यान्वयनको खाका लयाएका छैनन् । कागजमा खाका होलान तर कार्यान्वयनमा आएका छैनन् । प्रसारणलाइन ३३ केभीभन्दा साना उत्पादन बिक्री हुन सकेको छैन । ३३ केभीको आउटेज मात्र ३० प्रतिशत रहेको अध्ययनले देखाएको छ । अर्को वर्षदेखि प्रसारणलाइन झन विकराल समस्या बन्दैछ । प्राधिकरण वा सरकारले प्रसारण लाइनमा लगानी गर्छ, ढिलाइ भए पनि मतलब छैन तर निजी क्षेत्रलाई लिऊ वा तिर (टेक अर पे) बाट टेक एण्ड पे (लिऊ र तिर) विद्युत् खरिद सम्झौता (पीपीए) गर्न दबाब दिइरहेको छ । प्रसारण लाइनको समस्या छ ।

Monday, January 4, 2021

लोडसडिङ नहुने प्राधिकरणको दावी

https://www.karobardaily.com/news/125194

 पुस १९, २०७७ आईतबार

नेपाल विद्युत् प्राधिकरणले अहिले लोडसेडिङको अवस्था अन्त्य भइसकेको बताउँदै अब हुने हुने सम्भावना पनि नरहेको जानकारी दिएको छ ।
पछिल्ला केही दिन उपत्यकामा केही समय विद्युत् कटौती भएपछि पुनः लोडसेडिङ सुरु भएको भन्दै आलोचना भएपछि प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो । १३ र १४ पुसमा केही समय विद्युत् कटौती भएपछि लोडसेडिङ सुरु भएको भन्दै प्राधिकरणको आलोचना भएको थियो । प्राधिरकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई उपत्यकामा लोड (माग) बढेका कारण वितरण लाइनमा चाप परेर केही समय आपूर्ति रोकिन गएपनि यसको व्यवस्थापन भइसकेको जानकारी दिए । “बढी लोडको कारणले आएको प्राविधिक समस्या सल्टाइसकेका छौ, मागअनुसार बिजुली धान्ने अवस्थामा छौँ , अझ ढल्केबर–मुजफपुरबाट एक सय मेगावाट थप गर्न लागेका छौं’ उनले भने, “लोडसेडिङ छँदैछैन र हुने अवस्था पनि छैन, बरु हामीले आगामी जेठदेखि बिजुली खेर जाने अवस्था देखेर औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाउनका लागि कार्यदल बनाएरै अध्ययन गरिरहेका छौंं ।”
उत्पन्न प्राविधिक समस्या समाधान गर्न प्राधिकरणको टिम सक्षम रहेको बताउँदै उनले तुलनात्मक रूपमा गत वर्ष यही समयको तुलनामा उपत्यकामा प्राविधिक कारणले हुने विद्युत् कटौतीको समय कम रहेको तथ्यांक प्रस्तुत गरे । वितरण प्रणाली मर्मत, सुधार तथा स्तरोन्नतीको कारण विद्युत् वितरण प्रणाली सुधार आएको बताउँदै उनले सामाजिक सञ्जालमा आएको सुझावलाई अझ सुधार होस् भन्ने उद्देश्यका साथ भएको रुपमा आफूहरुले लिएको बताए ।
शाक्यका अनुसार, गत वर्षको साउनदेखि पुससम्म उपत्यकामा २२ पटकसम्म प्रणाली ट्रिप (अवरोध) भएकोमा चालू वर्ष सोही समयमा १० पटकमात्र समस्या आएको छ । गत वर्ष मंसिरमा बालाजु सवस्टेसनमा प्राविधिक कारणले ५४ घन्टा लाइन काटिएको थियो भने चालू वर्ष सोही अवधिमा ४९ घन्टा काटिएको छ । यस्तै, सोही महिनामा गत वर्ष बानेश्वरमा घन्टा, लैनचौर सवस्टेसनमा १७ घन्टा र टेकु सवस्टेसनमा १२ घन्टा लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, चालू वर्षको सोही महिनामा बानेश्वर सवस्टेसनमा १९ घन्टा, लैनचौर सबस्टेसनमा ४.२५ घन्टा र टेकु सवस्टेसनमा ६ घन्टा मात्र लाइन काटिएको छ । माग र आपूर्तिको सन्तुलन राम्रोसँग मिलेको तथा वितरण प्रणालीको सुधार पनि हुँदै गएकाले आगामी वर्षहरुमा यसमा अझ सुधार हुने उनको भनाइ छ ।
ऊर्जा सविच दिनेश घिमिरेले विद्युत् आपूर्तिलाई दिगो, भरपर्दो र गुणस्तरीय बनाउने जिम्मेवारी प्राधिकरणको रहेको बताउँदै यसमा प्राधिकरणको सकृयता बढेको बताए । उनले माग र आपूर्तिबीचसन्तुलन भएकाले लोडसेडिङको कुनै सम्भावना नरहेको बताए ।