Sunday, October 31, 2021

साना र मझौला उद्योगमा ९ अर्ब लगानी गर्दै अमेरिका

https://www.karobardaily.com/news/162669

 कार्तिक १४, २०७८ आईतबार

अमेरिकाको अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) ले नेपालमा नौ अर्ब लगानी गर्ने भएको छ । अमेरिकाको विकास बैंक डीएफसीले पहिलो पटक साना तथा मझौला उद्योगका लागि ७५ मिलियन डलर अर्थात ८ अर्ब ९२ करोड बराबरको लगानी गर्न लागेको हो ।
अमेरिकी सरकारले भारतको सहयोगमा दक्षिण एशियाको भारतमा पहिलो पटक शुक्रबार सम्पन्न दुई दिने इण्डो–प्यासिफिक बिजनेस फोरम २०२१ मा नेपाललाई लक्षित गरी निजी क्षेत्रको सहभागितालाई सहभागी गराएर साना तथा मझौला उद्योगका लागि निजी स्वपुँजी कोषको लागि लगानी गर्न लागिएको जानकारी दिइएको थियो ।
फोरममा युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) ले दक्षिण एशियाली क्षेत्रीय ऊर्जा साझेदारी (सारेप) परियोजनाको लागि ५ अर्ब ८२ करोड अर्थात ४९ मिलियन डलर लगानी गर्न लागेको पनि घोषणा गरिएको थियो । सारेप परियोजनाअन्र्तगत नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकामा आर्थिक सुरक्षाका लागि ऊर्जाको पहुँच उपलब्धता, सुरक्षा, भरपर्दो र दिगोपना वृद्धिका कार्यक्रम सञ्चालन गरिने योजना छ ।
खुला, अन्तर सम्बन्धित, लचिलो र सुरक्षित इण्डो–प्यासेफिक क्षेत्रको विकासमा जोड दिने उद्देश्यसहित आयोजित फोरम कोभिडपछिको पुनरुत्थानका साथै अर्थतन्त्र, ऊर्जा, सूचना प्रविधि, जलवायु परिवर्तनलगायतका विषयमा केन्द्रित भएको थियो । भर्चुअल रुपमा आयोजित कार्यक्रममा विश्वरका २ हजार ३ सय व्यापारी, व्यवसायीका साथै सरकारी प्रतिनिधिहरु सहभागी थिए ।
फोरममा एरिजेनाले भारतको तमिल नाडुमा सौर्य ऊर्जा (सोलार) का लागि करिब ८१ अर्ब अर्थात ६८४ मिलियन डलर तथा डीएफसीले महिला नेतृत्वको व्यवसाय र खाद्य सुरक्षाका लागि ५० मिलियन डलर अर्थात ६ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो ।
फोरममा कोलको कारण विश्वमा बढ्दै गएको ऊर्जा संकट समाधनका लागि संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिइएको थियो । जलवायु परिवर्तनको असरलाई दृष्टिगत गरी स्वच्छ ऊर्जाका परियोजनामा लगानी बढाउनुपर्नेमा जोड दिइएको थियो ।

Thursday, October 28, 2021

विद्युतको महशुल समायोजन

https://www.karobardaily.com/news/162451

 कार्तिक ११, २०७८ बिहीबार

विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई ६ अर्ब प्रतिफल दिने गरी विद्युत महशुल समायोजन गरेको छ ।
प्राधिकरणको कुल स्थिर सम्पत्तिको औसत लागत मूल्यको ३० प्रतिशतलाई स्वपुँजीको रुपमा मानेर यसको ८.२८३ प्रतिशत अर्थात ५ अर्ब ९२ करोड ७० लाख प्रतिफल हुने गरी प्राधिकरण महशुल प्रस्ताव पारित गरेको आयोगले जनाएको छ । विद्युत प्राधिकरणले गत वर्षभन्दा २६ अर्ब बढी खर्च बढ्ने प्रक्षेपणसहित महशुलका लागि प्रस्ताव गरेको थियो । तर आयोगले भने यसमा ३ अर्ब ३२ करोड कम खर्च हुने गरी कायम गरिएको जनाएको छ ।
बुधबार नयाँ विद्युत महशुल दर सार्वजनिक गर्दै आयोगका अध्यक्ष डिल्ली सिंहले ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशत घटाइएको जानकारी दिए । उनका अनुसार, विद्युतीय चुलो प्रवद्र्धनलाई प्रोत्साहन गर्न १५१ युनिटदेखि माथि खपत गर्ने उपभोक्तालाई छुट दिएको बताउँदै १५१ देखि २५० युनिटसम्म खपत गर्नेलाई प्रति युनिट ५० पैसा घटाइ ९.५० पैसा तथा ४ सय युनिटमाथिकोमा प्रति युनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।
आयोगका अनुसार, थ्री–फेज तल्लो भोल्टेज (२३०/४०० भोल्ट) आपूर्ति लिने ग्राहस्थ उपभोक्ताको हकमा मासिक ४ सय युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको वर्षा यामको इनर्जीमा प्रतियुनिट १ रुपैयाँ तथा ४ सय युनिटभन्दा बढी को हकमा प्रति युनिट १.५० रुपैयाँ घटाइएको छ । यसैगरी एक हजार युनिटसम्मको लागि ११/३३ केभीमार्फत आपूर्ति लिने उपभोक्ताका लागि वर्षामा ५० पैसा तथा एक हजार युनिटभन्दा माथि खपत गर्नेहरुका लागि वर्षा याममा प्रतियुनिट १.५० र हिउँदमा १ रुपैयाँ घटाइएको पनि आयोगले जनाएको छ ।
आयोगले सिँचाई वर्गको हकमा ८० प्रतिशतसम्म घटाइएको भएपनि औसतमा ४०.६९ प्रतिशत घटाइएको अध्यक्ष सिंहले जानकारी दिए । आयोगका अनुसार घरायसी तल्लो वर्गको २३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका लागि पानी तान्न हाल प्रतियुनिट ४.३० रहेकोमा घटाएर २.२५ रुपैयाँ, ३३ केभीका ग्राहकका लागि पानी तान्न ४.८० रुपैयाँ रहेकोमा २.५० रुपैयाँ तथा ११ केभीका ग्राहकका लागि ४.९० रुपैयाँ रहेकोमा घटाएर २.६० रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।
विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ को लागि आवश्यक पर्ने वार्षिक खर्चमा ९९ अर्ब १० करोड ६० लाख प्रस्ताव गरकोमा ३ अर्ब ३२ करोड ३५ लाख कम गरेको पनि आयोगले जनाएको छ । आयोगले प्राधिकरणको विद्युत बिक्रीबाट ८४ अर्ब ७२ करोड २० लाख र अन्य आम्दानीबाट ९ अर्ब ९९ करोड गरी ९४ अर्ब ७२ करोड १ लाख पुग्ने विश्लेषण गरेको छ । ५ एम्पेयरको लाइन लिने घरायसी उपभोक्ताले २० युनिटसम्मको ऊर्जा निःशुल्क पाउने र यसमा ३० रुपैयाँ भने न्यूनत्तम तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

Wednesday, October 27, 2021

बिजुलीको महशुल घट्यो, मंसिरदेखि लागू हुने

https://www.karobardaily.com/news/162258?fbclid=IwAR1X_diY4h6CQbenxr-AXe8CvQed81MgJKA8itSmpkx2hNU_ljkfN-2ygzw

 कार्तिक १०, २०७८ बुधबार


विद्युत नियमन आयोगले बिजुलीको महशुल समायोजन गर्ने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष डीबी सिंहको अध्यक्षतामा बसेको बैठकले नेपाल विद्युत प्राधिकरणको प्रस्तावलाई विश्लेषण गरी महशुल समायोजन गर्ने निर्णय गरेको हो ।
आयोगको विद्युत महशुल समायोजनको नयाँ दर भने आगामी मंसिरदेखि लागू हुनेछ भने पुसदेखि नयाँ दरको आधारमा उपभोक्तालाई नयाँ बिल आउनेछ । नियमन आयोगले विद्युत प्राधिकरणको प्रस्तावलाई विश्लेषण गर्दै आयोगले समग्र रुपमा बिजुलीको महशुल घटाइएको जनाएको छ ।
आयोगका अनुसार गार्हस्थ्उ वर्गका साथै सिँचाइको बिजुली महशुल घटेको छ भने औद्योगिक ग्राहकको हकमा वर्षा र हिउँदका साथै पिक र अफ पिकको आधारमा केही हेरफेर गरेपनि अधिकांश महशुल दर यथावत् राखिएको छ । आयोगका सदस्य एवं प्रवक्ता डा. रामप्रसाद धितालले आयोगले बिजुली महशुल समायोजन गर्ने निर्णय गरेको जानकारी दिँदै यसको विस्तृत विवरण भने बुधबार मात्र सार्वजनिक गर्ने जानकारी दिए ।
आयोग स्रोतका अनुसार ५ एम्पेयरको लाइन लिने घरायसी उपभोक्ताले २० युनिटसम्मको ऊर्जा निःशुल्क पाउनेछन् तर उनीहरुले सेवा शुल्क (डिमाण्ड चार्ज) ३० रुपैयाँ भने तिर्नुपर्नेछ । आयोगले हाल सिंगल फेजका लागि ५, १५, ३० र ६० एम्पियरको लागि नौवटा विभिन्न समूह (स्ल्याब) को आधारमा महशुल निर्धारण गर्ने गरेकोमा घटाएर ६ मा झारी विद्युतीय चुल्होलाई प्रवद्र्धन गर्ने गरी महशुल दर घटाएको जनाएको छ ।
नयाँ व्यवस्था अनुसार अब ० देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ देखि माथिसम्मको स्ल्याब कायम गरी बढी विद्युतीय चुल्होको लागि उपयोग हुने १०१ देखि माथिको महशुल दर घटाइएको छ । यसमा प्रति युनिट ५० पैसादेखि एक रुपैयाँसम्म घटाइएको छ ।
गार्हस्थ्य वर्गले गाउँमा व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइनका लागि चार सय युनिटसम्म खपतमा प्रतियुनिट ११.५० र चार सय युनिटमाथि १२ रुपैयाँ रहेकोमा अब वर्षामा प्रति युनिट १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक फरक महशुल कायम गर्ने गरी आयोगले निर्णय गरेको छ ।
सिँचाइ ग्राहकको लागि भने करिब ८० प्रतिशतसम्म घटेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार घरायसी तल्लो वर्गको २३०÷४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका लागि पानी तान्न हाल प्रति युनिट ४.३० रहेकोमा घटाएर २.२५ रुपैयाँ, ३३ केभीका ग्राहकका लागि पानी तान्न ४.८० रुपैयाँ रहेकोमा २.५० रुपैयाँ तथा ११ केभीका ग्राहकका लागि ४.९० रुपैयाँ रहेकोमा घटाएर २.६० रुपैयाँ कायम गर्ने निर्णय भएको छ । यसले कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राधिकरणले औद्योगिक ग्राहकको हकमा न्यूनतम शुल्कमा एक सय रुपैयाँ प्रस्ताव गरेकोमा आयोगले त्यसलाई अस्वीकार गरी यथावत राखेको छ । उद्योगी व्यवसायीले समेत डिमाण्ड शुल्क बढाउन नहुने बताउँदै आएका थिए ।
१० युनिटम्म विद्युत उपयोग गर्ने घरायसी वर्गका ५ एम्पियरमार्फत लाइन लिने उपभोक्तालाई न्यूनतम शुल्क निःशुल्क रहेकोमा प्राधिकरणले २० युनिटसम्मका लागि निःशुल्क दिने निर्णयबाट करिब २२ लाख ग्राहक लाभान्वित हुने विभागको अनुमान छ । प्राधिकरणले यसबाट ७५ करोड बराबर घाटा भने बेहोर्नुपर्नेछ । सिँचाइमा गरिएको करिब ८० प्रतिशत छुटले समेत प्राधिकरणले करिब ५६ करोड घाटा हुने अनुमान गरेको छ ।

‘दक्षिण एसियाको विद्युत व्यापारका लागि पूर्वाधार र नीति आवश्यक’

https://www.karobardaily.com/news/162311

 कार्तिक १०, २०७८ बुधबार

दक्षिण एसियाली राष्ट्रबीच ऊर्जा व्यापार सम्भव भएको बताउँदै सम्बन्धित देशका प्रतिनिधिले यसका लागि राजनीतिक तत्परता, आवश्यक पूर्वाधारको निर्माण तथा कानुन र नीति व्यवस्थापन गर्नुपर्ने जनाएका छन् ।
यूएसएडको ऊर्जा एकीकरण कार्यक्रमका लागि दक्षिण एसियाली अभियान (सारी) ले यस क्षेत्रमा अन्तरदेशीय व्यापार र ऊर्जा सुरक्षाका लागि दक्षिण एसियामा क्षेत्रीय ऊर्जा बजार स्थापना विषयक मंगलबार भएको भर्चुअल अन्तरकृयामा उनीहरूले यस्तो बताएका हुन् । उनीहरूले सम्भावनाहरूको आधारमा द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफल र सहमतिको आधारमा व्यापारलाई अघि बढाउनुपर्ने बताए ।
अन्तरकृया कार्यक्रममा नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले विद्युत व्यापारलाई भूराजनीतिबाट अलग गरेमा मात्र दक्षिण एसियाली राष्ट्रबीच विद्युत व्यापार हुने बताउँदै आर्थिक र प्राविधिक रूपमा भने विद्युत व्यापार सम्भव भएको बताए । पछिल्लो समयमा नेपालले भारतलाई विद्युत व्यापारका लागि प्रयास गरे पनि सहमति आउन नसकी वर्षाको बिजुली खेर गएको बताउँदै उनले एक महिनापछि नेपाल सुख्खा याममा प्रवेश गरेर विद्युत आयातमा केन्द्रित हुनुपर्ने बताए । नेपालमा जुनसुकै उत्पादकले विद्युत उत्पादन गरे पनि निर्वाध रूपमा बिक्री गर्न पाउने गरी अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामा भारतले संशोधन गर्नुपर्ने र यसमा कुनै अवरोध हुन नहुने उनको भनाइ थियो ।
कार्यक्रममा भारतको ऊर्जा मन्त्रालयका सहसचिव घनश्याम प्रसादले दक्षिण एसियाली राष्ट्रबीच विद्युत व्यापारको सम्भावना रहेको बताउँदै अन्तरदेशीय व्यापार निर्देशिका ल्याएपछि सबै देशसँग विद्युत व्यापारका लागि हात बढाएको बताए । नेपालसँगको व्यापारबारे पनि दुवै देशबीच द्विपक्षीय संयन्त्रभित्र छलफल भइरहेको उनको भनाइ थियो ।
दक्षिण एसियाली राष्ट्रबीच दिगो ऊर्जा सुरक्षाका लागि एकीकृत ग्रिडको मार्गचित्र निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको छ । भारतीय उद्योग महासंघ (सीआईआई) ले दिगो ऊर्जा सुरक्षामा अग्रसरता विषयलाई केन्द्रित गरेर आयोजना गरेको भर्चुअल साउथ एसिया पावर समिटमा नेपाल, भारत, भुटान र बंगलादेशका ऊर्जा क्षेत्रका सरकारी र निजी क्षेत्रका प्रतिनिधिले एकीकृत ग्रिडमा जोड दिँदै यस्तो अवधारणा अघि सारेका हुन् ।
कार्यक्रममा श्रीलंकाको ऊर्जा मन्त्रालयका एडिस्नल सचिव डा. एमएनएस परेरा, वंगलादेशको पावर सेलका महानिर्देशक मोहमद होसिन, भारतको आईईएक्सका रणनीति र नियमन मामिलाका निर्देशक राजेश के मेडीरात्ता, भुटानको आर्थिक मन्त्रायका मुख्य इन्जिनियर डावा छोईड्रोनलगायतले दक्षिण एसियाभित्र विद्युत व्यापारका लागि र कनेक्टिभिटीका लागि प्रकृया अघि बढाएको बताउँदै यसलाई विशेष जोड दिएर अघि बढ्नुपर्ने बताए । दक्षिण एसियाली राष्ट्रबीच जलविद्युत, सोलारलगायतका स्वच्छ ऊर्जा विकासका लागि सबैबीच सहकार्य हुनुपर्ने बताउँदै उनीहरूले क्षेत्रीय र सहक्षेत्रीय रूपमा ग्रिड, नीति नियम र पूर्वाधारमा एकरूपता आवश्यक रहेको बताए ।

Tuesday, October 26, 2021

ऊर्जा मन्त्रालय नेतृत्व निजी जलविद्युतको विरोधी : इपान

https://www.karobardaily.com/news/162045

 कार्तिक ८, २०७८ सोमबार

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व निजी जलविद्युत प्रवद्र्धक विरोधी भएको आरोप लगाएको छ । पछिल्लो समय ऊर्जा मन्त्रालयसँग सम्बन्ध नै नभएका मुख्य सचिवले उत्पादन अनुमतिपत्र वितरणमा निर्णय गरी रोक लगाएको, नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) रोकेको, विद्युत नियमन आयोगले काममा ढिलासुस्ती गरेको, विद्युत विकास विभागले सर्भे र उत्पादन अनुमतित्र दिन रोक लगाएको तथा बीमा समितिले समेत ३० गुणा प्रिमियम रकम बढाएको भन्दै इपानले यस्तो आरोप लगाएको हो ।
आइतबार पत्रकार सम्मेलन गरी इपानले सहजीकरण गर्नुपर्ने ऊर्जा मन्त्रालयबाटै निजी क्षेत्र विरोधी काम थालेको भन्दै ऊर्जा नेतृत्वले सहजीकरण गर्न नसके जिम्मेवारीबाट मुक्त भएर मार्गप्रशस्त गर्न समेत माग गरेको छ । पछिल्लो समयमा देखिएका निजी क्षेत्र विरोधी कदमहरु नसच्चाए यसको विरुद्ध आन्दोलनमा जाने उसले बताएको छ ।
सरकारको लक्ष्य अनुसार नै विद्युत उत्पादनलाई निजी क्षेत्रले तीब्रता दिइरहेको बेला प्राधिकरणमा पीपीएका लागि आवेदन दिएका ७ हजार मेगावाटको आयोजना रोकिएको तथा पछिल्लो समयमा मुख्य सचिवले सरोकारवालाहरुसँग परामर्श नगरी उत्पादन अनुमतिपत्र दिन रोक्ने कदम निजी क्षेत्रविरोधी भएको इपान अध्यक्ष कृष्ण आचार्यले बताए । “विद्युत खेर गयो वा अन्य कुनै बहानामा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरु असर पर्ने गरी यस्तो गलत निर्णय हुनु हुँदैन,” उनले भने, “सरकार नियन्त्रणमुखी बन्दै गएको छ, निर्देशन दिन तल्लिन छ, सहजीकरण छैन, निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने निकायनै यस्तो अवस्था हुँदा समस्या भएको छ ।” उनले निजी क्षेत्रलाई विद्युत व्यापारको जिम्मा दिए बिजुली विक्री समस्या नहुने दाबी गर्दै ऊर्जा क्षेत्रलाई नियन्त्रणमुखी हुँदा यसले समग्र अर्थतनत्रमा असर पार्ने बताए ।
इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले पछिल्लो समयमा ऊर्जा मन्त्रालय र यसको नेतृत्वले निजी क्षेत्रविरुद्ध काम गरिरहेको बताउँदै सहजीकरण गर्न स्थापना भएको निकायले यस्तो गर्न नसक्ने हो भने मार्गप्रशस्त गर्नुपर्ने बताए । “ऊर्जाको प्रत्यक्ष साइनो नरहेको मुख्य सचिव उत्पादन अनुमतिपत्र रोक्न निर्णय गरेर पत्राचार गर्छन, प्राधिकरणले पीपीए रोक्छ, बीमा समितिले अत्याधिक रुपमा प्रिमियम बढाउँछ, विद्युत विकास विभागले अनुमतिपत्र दिन रोक्छ, पछिल्लो समयमा नौवटक यस्ता निजी क्षेत्रविरोधी निर्णय भएका छन्,” उनले पत्रकार सम्मेलनमा भने, “१० वर्षभित्र १५ हजार बिजुली उत्पादन गर्ने भन्ने तर दुई हजार मेगावाट उत्पादन नहुँदै आत्तिने नेतृत्वले मार्गप्रशस्त गर्नुपर्छ ।” सरकारका कम्पनी रजिष्ट्रार लगायतका सरकारी निकायबाट एक÷दुई दिनमै सम्पत्ति हस्तान्तरण भैसक्ने भएपनि नियमन आयोगले काम गर्न नसकेको बताउँदै उनले ऊर्जा मन्त्रालयको असक्षम नेतृत्वको कारण ऊर्जा क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको बताए ।

इपानका उपाध्यक्ष गणेश कार्कीले निजी जलविद्युत क्षेत्रमाथि विभिन्न ठाउँबाट आक्रमण भएको बताउँदै खपत बढाउन नसकेर अरुलाई दोष लगाई निजी क्षेत्रको बिजुली नकिन्ने गरी अघि बढ्नु गलत भएको बताए ।
समयमै सहजीकरण गर्न नसकेमा पछिल्लो समयमा भारतमा बढेको ऊर्जा संकटसँगै हिउँदमा बिजुली आयात गर्न नसकेर फेरि नेपालमा लोडसेडिङको समस्या हुने उनको भनाइ थियो । अर्का उपाध्यक्ष मोहन डाँगीले जलविद्युतको लाइसेन्स दिइरहेको सरकारकै निकाय प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) कोटा पुगेको भनेर विगतकै
सरकारकै हालसम्म रोकिने गलत भएको बताए ।

अरुण–४ को लाइसेन्स विद्युत प्राधिकरणलाई
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४९० मेगावाटको अरुण–४ को सर्भेक्षण अनुमतिपत्र (लाइसेन्स) नेपाल विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको छ ।
पछिल्लो समय सरकारले सर्वेक्षण र उत्पादन अनुमतिपत्र रोकेको भन्दै निजी प्रवद्र्धकहरुले यसविरुद्ध आन्दोलनमा गर्ने घोषणा गरेकै दिन मन्त्रालयले सो निर्णय गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले विद्युत प्राधिकरणलाई ४९० मेगावाटको अरुण–४ को सर्भेक्षण अनुमतिपत्र दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार ५० करोड अतिरिक्त शुल्क लिएर सो अनुमतिपत्र दिइएको हो ।

Saturday, October 23, 2021

‘ऊर्जा संकट टार्न चार देशबीच सहकार्य’

 https://www.karobardaily.com/news/161726

कार्तिक ५, २०७८ शुक्रबार

दक्षिण एसियाली राष्ट्रबीच दिगो ऊर्जा सुरक्षाका लागि एकीकृत ग्रिडको मार्गचित्र निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको छ । भारतीय उद्योग महासंघ (सीआईआई) ले दिगो ऊर्जा सुरक्षामा अग्रसरता विषयलाई केन्द्रित गरेर आयोजना गरेको भर्चुअल साउथ एसिया पावर समिटमा नेपाल, भारत, भुटान र बंगलादेशका ऊर्जा क्षेत्रका सरकारी र निजी क्षेत्रका प्रतिनिधिले एकीकृत ग्रिडमा जोड दिँदै यस्तो अवधारणा अघि सारेका हुन् ।

नेपाल र भुटानमा वर्षामा बढी हुने तथा भारत र बंगलादेशमा वर्षामा बढी माग हुने उल्लेख गर्दै माग र आपूर्तिबीचमा हिउँद र वर्षामा देखिएको अभाव पूर्ति गर्न एक अर्काले देशले विद्युत व्यापारलाई सहजीकरण गरी अघि बढ्नुपर्ने बताए । ऊर्जा संकट टार्न चार देशबीच सहकार्य गरी आवश्यक प्रसारणलाइन पूर्वाधारका साथै कानुन, नियम र निर्देशिका निर्माणमा अग्रसर हुनुपर्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स), पीटीसी भारत, विद्युत व्यापार निगमलगायतको सहयोगमा आयोजना गरिएको समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हिउँदमा केही वर्षका लागि विद्युत आयात गर्नुपर्ने र वर्षामा निर्यात गर्न सक्ने गरी थप बिजुली रहेको भन्दै यसका लागि क्षेत्रीय र सह–क्षेत्रीय रूपमा ग्रिड, नीति नियम र पूर्वाधारमा एकरुपता आवश्यक रहेको बताए । स्वच्छ र हरित ऊर्जाको रूपमा लिइने जलविद्युतको प्रशस्त सम्भावना नेपालमा भएको बताउँदै नेपालबाट भारत र बंगलादेशमा विद्युत व्यापारका लागि द्विपक्षीय र त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताए ।
भारतीय विद्युत मन्त्रालयका सचिव आलोक कुमारले दिगो ऊर्जा सुरक्षाका लागि साइबर सेक्युरिटी र प्रसारण पूर्वाधारमा विशेष जोड दिनुपर्ने बताए । पछिल्लो समयमा भारतमा कोलको कारण ऊर्जामा संकट आएपछि भण्डारण प्रविधिलाई जोड दिएको र ऊर्जा सुरक्षाका लागि यसको विशेष महत्व रहेको बताउँदै सोलार, जलाशय, पम्प जलाशय, अर्ध जलाशय, हाइड्रोजन लगायतमा जोड दिएको बताए । पछिल्लो समयमा भारतले नवीकरणीय ऊर्जाको रूपमा सोलारको विकास गरिरहेको बताउँदै चुनौतीको रुपमा रहेको साइबर सेक्युरिटी र प्रसारण लाइनमार्फत क्षेत्रीय ग्रिड कनेक्टीभिटीका लागि विशेष मार्गचित्र बनाउनुपर्ने बताए । उनले भारत एक विश्व, एक ग्रिडको पक्षमा रहेको बताए ।
बंगलादेशका शक्ति, ऊर्जा र खनिज मन्त्रालयका सचिव हबिबुर रहमनाले दिगो ऊर्जा सुरक्षाका लागि क्षेत्रीय विद्युत व्यापार महत्वपूर्ण रहेको बताउँदै भारत र नेपालबाट वंगलादेशले विद्युत व्यापारका लागि औपचारिक रूपमा संयन्त्र बनाएर अघि बढिसकेको बताए । उनले बंगलादेश र भारतलाई वर्षामा बढी बिजुली चाहिने तथा नेपाल र भुटानलाई हिउँदमा बढी चाहिने हुनाले यी देशबीच विद्युत व्यापारमा आदानप्रदान आवश्यक रहेको बताए । उनले नेपालमा जीएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णालीबाट ५ सय मेगावाट विद्युत आयात गर्ने योजनाअनुसार विद्युत खरिद सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको बताए ।
पीटीसी भारका अध्यक्ष दीपक अभिताभले ऊर्जा सुरक्षाका लागि दक्षिण एसिया प्रसारणलाइन नेटवर्कको आवश्यकता रहेको बताउँदै अन्तरदेशीय विद्युत व्यापारका लागि यसका लागि स्मार्ट ग्रिड र वितरण प्रणालीको विकास आवश्यक रहेको बताए । क्षेत्रीय नेटवर्कका लागि उचित वातावरण निर्माण गरेर निजी क्षेत्रसँग सहकार्य गर्दै विद्युतीकरणको विस्तार र दिगो व्यवस्थामा जोड दिनुपर्ने बताए । भारतीय विद्युत मन्त्रालयका पूर्वसचिव आरभी शाहीले पछिल्लो १० वर्षमा दक्षिण एसियाली राष्ट्रबीच विद्युत व्यापार बढ्दो रहेको बताउँदै ऊर्जा विकास र विस्तारका लागि सकृय सरकारी, नियमनकारी र निजी क्षेत्रबीच संयन्त्र निर्माण गरी ग्रिड कनेक्सन हुनुपर्ने बताए ।
सम्मेलनको क्रममा कोभिडपछि इरामा बंगलादेश, भुटान, भारत र नेपाल (बीबीएनबीचको एकरुपताः चुनौती र अवसर, यी देशबीचमा विद्युत आदान प्रदामार्फत व्यापार प्रवद्र्धन र सन्तुलन र व्यापारका लागि जलविद्युतको बढावा साथै परिवर्तित ऊर्जा बजारको परिदृष्यमा अन्तर्देशीय विद्युत व्यापारको बढावा रणनीतिमा केन्द्रित भएर सत्रहरू सञ्चालन भएका थिए ।

६ सय मेगावाटसम्म खेर, निर्यात स्वीकृतिको पर्खाइमा
परिवर्तित ऊर्जा बजारको परिदृष्यमा अन्तर्देशीय विद्युत व्यापारको बढावा रणनीति विषयक सत्रमा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पिकवारमा ४ तथा अफ पिकपावरमा ५ देखि ६ सय मेगावाट बिजुली खेर गइरहेको जानकारी दिए ।
खेर जाने बिजुली बिक्रीका लागि तीन महिनादेखि भारतको स्वीकृतिको प्रतिक्षामा रहेको बताउँदै उनले हाल नेपालमा २ हजार मेगावाट बराबरको क्षमता भए पनि पिक पावरमा १६ सय मेगावाटमात्र खपत भइरहेको बताए । उनका अनुसार, बिजुली खेर गएकै कारण दैनिक ४० देखि ५० मिलियन अर्थात् ४ देखि ५ करोड रुपैयाँ नोक्सान भईरहेको छ । नेपालको बिजुली बेच्नका लागि भारत केन्द्र विन्दुमा रहेको बताउँदै अर्को वर्षदेखि विद्युत् क्षमता तीन हजार मेगावाट पुगेर एक हजार खेर जाने बताए । भारत र नेपालबीच कानुन, नीति र निर्देशिका निर्माण सकारात्मकतर्फ अघि बढेको तथा पूर्वाधारसमेत निर्माण भइसकेकाले वर्षामा निर्यात र हिउँदमा आयात गर्ने गरी दुई देशबीच सहकार्य हुनुपर्ने बताए । नेपालको जलविद्युत दक्षिण एसियाका लगि ब्याट्री भण्डारणको रूपमा रहेको बताउँदै बजारको विकास विना स्वच्छ ऊर्जाको रूपमा लिइने जलविद्युतको विकास हुन नसक्ने भएकाले यसका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए । इपानका उपाध्यक्ष आशिष गर्गले सन् २०२८ भित्र ३५७६ मेगावाट बिजुली थप जगेडा रहने बताउँदै यसले दक्षिण एसियाको दिगो ऊर्जाको रुपमा ठूलो सहयोग गर्ने बताए । कोभिडपछिको इरामा बंगलादेश, भुटान, भारत र नेपाल (बीबीएनबीचको एकरुपताः चुनौती र अवसर विाष्यक सत्रमा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायुकुरमा श्रेष्ठले केही महिनाभित्र नेपाल र भारतको ग्रिड सिक्रोइनाज हुन लागेको बताउँदै यले क्षेत्रीय व्यापारमा सहयोग पु¥याउने बताए ।
बीबीआईएन देशमा व्यापारका लागि जलविद्युतको बढावासम्बन्धी सत्रमा नेपाल पावर ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत प्रवल अधिकारीले नेपालमा जुनसुकै उत्पादकले विद्युत उत्पादन गरे पनि निर्वाध रूपमा बिक्री गर्न पाउने गरी अन्तर्देशीय विद्युत व्यापार निर्देशिकामा भारतले संशोधन गर्नुपर्ने बताउँदै नेपाल स्वच्छ ऊर्जा व्यापारका लागि भारतले महत्व दिनुपर्ने बताए ।
दक्षिण एसियामा आवश्यक पर्ने ऊर्जाका स्रोत रहेको उल्लेख गर्दै दिगो ऊर्जा विकासका लागि सबै देशबीचमा हालको मानसिकता परिवर्तन गरेर सहजीकरण र सहकार्यमा जोड दिनुपर्ने बताए । अर्को सत्रमा नेपेक्सका निर्देशक आनन्द चौधरीले निजी क्षेत्रलाई समेत विद्युत व्यापार संलगन गराएर बहुक्रेता र बिक्रेताको अवधारणाका साथ क्षेत्रीय व्यापार हुनुपर्ने बताए ।


एशिया र प्रशान्त क्षेत्रका लागि नयाँ ऊर्जा नीति

कार्तिक ५, २०७८ शुक्रबार

https://www.karobardaily.com/news/161790

 एशियाली विकास बैंक (एडीबी) ले एसिया र प्रशान्त क्षेत्रका लागि नयाँ ऊर्जा नीति ल्याएको छ ।

कोल जस्ता डर्टी इनर्जी (फोहोर ऊर्जा) मा लगानी नगर्ने गरी एशिया र प्रशान्त क्षेत्रमा न्यून कार्बन उत्सर्जनलाई प्रवद्र्धन गर्ने गरी भरपर्दो र किफायती ऊर्जाको विश्वव्यापी पहुँच अभिवृद्धिका लागि एडीबीले नयाँ नीति ल्याएको हो ।
यसअघि कोलमा समेत एडीबीले लगानी गर्दै आएकोमा नयाँ ऊर्जा नीतिको मस्यौदा सार्वजनिक भएपछि एशिया र प्रशान्त क्षेत्रका ऊर्जासँग सम्बन्धित विभिन्न संघसंस्थाले यसको विरोध गर्दै आएका थिए ।
नयाँ ऊर्जा नीतिले एडीबीका विकासोन्मुख सदस्य राष्ट्रहरुमा भरपर्दो, उपयोग योग्य र स्वच्छ ऊर्जाको पहुँच विस्तारमा सहयोग गर्ने एडीबीका अध्यक्ष मासात्सुगु आशाकावाले बताए । “समावेशी सामजिक–आर्थिक विकासका लागि ऊर्जा केन्द्रमा हुन्छ तर ऊर्जा प्रणाली विस्तारमा हाम्रो जलवायु र वातावरणको हानिकारक प्रभावको लागतको रुपमा रहेको छ” उनले भने ।
उनका अनुसार, नयाँ ऊर्जा रणनीतिमा नयाँ कोल ऊर्जा उत्पादनमा लगानी नगर्ने बलियो प्रतिवद्धता छ । सन् २०१९ देखि २०३० सम्म एक सय विलियन डलर अर्थात हालको डलर भाऊ अनुसार करिब ११९ खर्ब वित्तीय लगानी हुने र यसले वातावरणमैत्री दिगो ऊर्जा भविष्यका लागि योगदान दिने उनले बताए ।
ऊर्जामा पहुँच वृद्धिका लागि द्रुत गतिमा एशिया र प्रशान्त क्षेत्रमा विकास भइरहेपनि ३ करोड ५० लाख जनतालाई पर्याप्त बिजुली आपूर्ति हुन नसकेको तथा १ करोड ५० लाख जनतामा अझै ऊर्जाको पहुँच नपुगेको एडीबीले जनाएको छ ।
निरन्तरको आर्थिक वृद्धि र सहरीकरणसँगै उपयोगयोग्य र भरपर्दो ऊर्जा प्रणालीका लागि अतिरिक्त जलविद्युत उत्पादन क्षमता थप गर्नुपर्ने उल्लेख गर्दै एडीबीले सन् २०३० भित्र सन् २०१९ मा रहेको ३३८६ गिगावाटभन्दा झण्डै दोब्बर अर्थात ६११३ गिगावाट पु¥याउनुपर्ने उल्लेख गर्दै प्रतिशत वर्ष १.३ ट्रिलियन डलरको लगानी आवश्यक देखाएको छ ।
एडीबीले नयाँ ऊर्जा नीतिले एशिया र प्रशान्त क्षेत्रमा ऊर्जाको पहुँच र सुरक्षाका साथै जलवायु परिवर्तमान र दिगो वातावरणमा निर्माणमा सहायता पुग्ने अपेक्षा गरेको छ ।
नीतिले एशिया र प्रशान्त क्षेत्रको समृद्ध र समावेशीताका लागि ऊर्जा सुरक्षा, दिगो र भरपर्दो ऊर्जा भविष्यको निर्माण, संस्थागत, निजी क्षेत्रको सहभागिता र सुशासनका लागि सहायता, क्षेत्रीय सहकार्य र एकीकरणको प्रवद्र्धन तथा अधिकत्तम विकास प्रभावका लागि अन्तर सम्बन्धित क्षेत्रको सञ्चालनमा एकरुपतालगायतका पाँच सिद्धान्तलाई नीतिले जोड दिएको छ ।
नीति र सिद्धान्तले न्याय, समानता, विविधता र समावेशीपनतामा जोड दिँदै सार्वजनिक र निजी क्षेत्रमा लैंगिकता समानता र महिलाको नेतृत्व विकासको वृद्धिलाई मुख्य लक्ष्यको रुपमा लिएको छ ।

Wednesday, October 20, 2021

उपभोक्ता हित हेरेर मात्र विद्युत् महसुल समायोजन

https://www.karobardaily.com/news/161485

 कार्तिक ३, २०७८ बुधबार

नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक घरायसी (गार्हस्थ्य) ग्राहकलाई हिउँद र वर्षाको विद्युत् महसुलमा फरक–फरक हुने गरी विद्युत् महसुल समायोजनका लागि विद्युत् नियमन आयोगलाई प्रस्ताव गरिसकेको छ । प्राधिकरणले आयोगमा गरेको प्रस्तावमा सिँचाइका लागि हालको महसुल घटाइएको छ भने औद्योगिक ग्राहकलाई डिमान्ड शुल्कमा १ सय रुपैयाँ वृद्धिको प्रस्ताव गरिएको छ ।
१० युनिटसम्म विद्युत् उपयोग गर्ने घरायसी वर्गका ५ एम्पियरमार्फत लाइन लिने उपभोक्तालाई न्यूनतम शुल्क निःशुल्क रहेकोमा प्राधिकरणले २० युनिटसम्मका लागि निःशुल्क दिने प्रस्ताव गरेको छ, तर यस्ता ग्राहकले ऊर्जा शुल्क भने तिर्नुपर्छ । ऊर्जा शुल्क प्रतियुनिट ३ रुपैयाँ छ । यसबाट २२ लाख ग्राहक लाभान्वित हुने र प्राधिकरणले ७५ करोडबराबर घाटा बेहोर्नुपर्ने प्राधिकरणको वित्तीय विश्लेषणमा उल्लेख छ । प्राधिकरणले गत वर्षको तुलनामा यस वर्ष विद्युत् प्राधिकरणको खर्च २६ अर्ब बढ्ने प्रक्षेपणसहितको प्रस्ताव पेस भएको छ ।
अहिलेकै विद्युत् महसुल दर महँगो भएको, वैज्ञानिक ढंगले विद्युत् महसुल निर्धारण नगरिएको, प्रस्ताव उपभोक्तासहित उद्योग व्यवसायीमैत्री नभएको विश्लेषण सरोकारवालाले गरेका छन् ।
अघिल्लो वर्षको १ असारमा विद्युत् नियमन आयोगले समग्रमा १० प्रतिशत विद्युत् महसुल घटाएको थियो, तर विद्युत् नियमनले आयोगले यस वर्ष महसुल समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । विद्युत् प्राधिकरणले गरेको महसुल वृद्धिको प्रस्तावबारे सरोकारवाला निकायका प्रतिनिधिहरूले कारोबारकर्मीसंँग व्यक्त गरेको विचार :

प्राधिकरणको सेवाको लागत हेरेर निर्धारण गर्ने प्रयासमा छांै
डा. रामप्रसाद धिताल
सदस्य, विद्युत नियमन आयोग
नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्तावलाई दुई किसिमले हेर्नुपर्छ । यसको विश्लेषण अन्तिम चरणमा छ । यसले ५÷६ वटा क्षेत्रमा छुुन खोजेको छ । पहिलो त विपन्न गरिबलाई २० युनिटसम्म ऊर्जामा छुट दिने कुरा छ । दोस्रो कृषि उत्पादनलाई टेवा दिने गरी छुटको प्रस्ताव गरिएको छ । तेस्रो कुरा, थ्रीफेजको लाइनका लागि सिजनल महसुल छुट्टाछुट्टै प्रस्ताव गरिएको छ । चौथो भनेको विद्युत् खपत बढाउनका लागि बढी खपत गर्नेलाई कम महसुल तिर्ने गरी प्रस्ताव गरिएको छ । पाँचौं कुरा भनेको इन्डक्सन चुलो प्रयोगकर्तालाई सहज हुने गरी प्रस्ताव गरिएको छ, यसले विद्युत् खपत बढाउन सहयोग पु¥याउनेछ । अर्को कुरा, उद्योगीहरूलाई अफ पिक आवरमा बिजुली भाउ घटाउने प्रस्ताव गरिएको छ । अहिले हामी प्राधिकरणको सेवाको लागत हेरेर निर्धारणका लागि प्रयास गरिरहेका छौं । प्राधिकरणको वित्तीय अवस्थालाई पनि ख्याल गर्नुपर्ने अवस्था छ । औद्योगिक क्षेत्रको खपत बढाउने कुरालाई जोड दिइएको छ । हामी महसुल निर्धारणको अन्तिम चरणमा छौं । डिमान्ड शुल्क बढाउँदा उत्पादनलाई कसरी असर गर्छ, यसको खोजीको पक्षमा हामी छौं । विद्युत् महसुल वृद्धि सबै पक्षसँग सल्लाह गरेर मात्र गर्ने प्रक्रियामा छौं । हामीले विद्युत् प्राधिकरणसँग लागत प्रष्ट्याइएको आधार मागेका छौं । उपयुक्त आधार प्रदान गरेमा वृद्धि पनि गर्न सक्छौं । प्रष्ट्याइँ गर्न नसक्ने आधार भएमा यसलाई अस्वीकार पनि गर्छौं । अहिले विश्लेषणकै क्रममा छौं । सार्वजनिक सुनुवाइलगायतका काम पनि सकिसकेका छौं । यसका लागि नेपाल सरकारको नीति, सेवाप्रदायक विद्युत् प्राधिकरणको वित्तीय अवस्था, सबै क्षेत्रको चासो र सरोकारलाई समेटेका छौं ।

डिमान्ड शुल्क बढाउने प्रस्तावले लागत बढ्छ
पशुपति मुरारका
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सबैभन्दा पहिला त विद्युत्लाई कच्चा पदार्थको रूपमा लिनुपर्छ, न कि ऊर्जाको रूपमा । हामीसँग थप ऊर्जा छ, तर यसको उपयोग गर्न सकेका छैनौं । यदि बिजुलीलाई कच्चा पदार्थको रूपमा लिएर सस्तो दियौं भने तुलनात्मक लाभ भएको वस्तु भएकाले उद्योग–व्यवसाय फस्टाउँछ । यहाँको उत्पादन सस्तो हुन्छ । आयात प्रतिस्थापन हुन्छ । जहिले पनि मन्त्रीहरूले जसले उपयोग बढी गर्छ त्यहाँ महसुल घटाउँछु भन्नुहुन्थ्यो, तर नेपाल विद्युत् प्राधिकरणले उल्टो प्रस्ताव गरेको छ । यसमा डिमान्ड शुल्क बढाएको छ । करिब ४० प्रतिशत शुल्क बढाउन प्रस्ताव गरिएको छ । डिमान्ड शुल्क त उद्योग चले पनि नचले पनि तिर्नुपर्ने हो ।
खपतको आधारमा लिने कि डिमान्डको आधारमा लिने कुरा हो । कहिले कोराना, कहिले के कारणले बन्द हुन्छ । डिमान्ड शुल्क बढाउनु भनेको त निश्चित लागत बढ्नु हो । यसले गर्दा उद्योगको लागत बढ्छ । फिक्स चार्ज बढ्दा उद्योगधन्दाको जोखिम पनि बढ्न जान्छ । मेरो विचारमा विद्युत् प्राधिकरणको यो प्रस्ताव गलत छ । निश्चित रूपले पनि नियमन आयोगले यसलाई हेर्छ । महसुल अझ घटाउने प्रयास गर्नुपर्छ । अहिले टीओडी मिटर प्रयोग गर्नेलाई रातिको समयमा बढी प्रयोग गर्न जोड दिने गरी प्रस्ताव गरिएको छ ।
यो आठ महिनाका लागि मात्र भयो । पहिला १२ महिनामै तीनवटै दर थियो । अहिले आठ महिना तीनवटा दर र चार महिना दुईवटा दर प्रस्ताव गरिएको छ । हाम्रो प्रस्ताव त बा¥है महिना तीनवटा दर कायम गर्नुपर्छ । अहिलेको डिमान्ड शुल्क बढाउने प्रस्तावले उद्योगको लागत पनि बढ्छ, तर यो उद्योगअनुसार पनि हुन्छ । डिमान्ड शुल्क बढ्नु भनेको स्थायी रूपमा बिजुलीको भाउ बढ्नु हो ।
कम उद्योग चल्नेलाई झन् ठूलो मार पर्छ । डिमान्ड शुल्क बढाउनु कुनै पनि हालतमा राम्रो होइन । अहिले पनि विद्युत् खपतका लागि आवश्यक पूर्वाधार नबनेर समस्या छ । यस कारणले उत्पादन गर्नेेले पनि शतप्रतिशत बिजुली जोड्न सकेन । विद्युत् प्राधिकरणले कुनै पनि बहानामा जलविद्युत् दिइरहेको छैन । अर्कातिर उद्योगमा पनि बिजुली पुगिरहेको छैन । यसमा गुणस्तरको समस्या छ ।
यसका लागि आवश्यक वितरण लाइन, सबस्टेसन बनेको छैन । जुन ठाउँमा उद्योग छ, त्यो ठाउँमा बिजुली पुग्नुप¥यो नि । कुन क्षेत्रमा उद्योगहरू बढ्दै छन्, त्यसको पूर्वाअनुमान त प्राधिकरणले गर्नुपर्ने हो । यसको आधारमा पूर्वाधार बनाउनुपर्ने हो, तर उत्पादन सुरु भएपछि यसको तयारी अगाडि बढाउने होइन नि ! समयमै गर्नुपथ्र्यो । यसको ढिलाइ भयो । यसको कारण एकातिर निजी क्षेत्रले उत्पादन गरिरहेको बिजुली खेर गइरहेको छ भने उद्योगले मागेको बिजुली दिन सकेका छैनन् । यसको प्रमुख कारण त प्रसारण लाइन नै हो । यसतर्फ पनि ध्यान दिनु आवश्यक छ ।

भारतमा बेच्ने दरमा नेपाली उद्योगलाई बिजुली दिनुपर्छ
आशिष गर्ग
सभापति, पूर्वाधार समिति, नेपाल उद्योग परिसंघ
जुन अहिले नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल छ, यसमा उद्योगी–व्यवसायीहरूको आपत्ति छ । जबसम्म बिजुलीको महसुल प्रतिस्पर्धी हुँदैन, त्यो बेलासम्म नेपालको उद्योग फस्टाउन सक्दैन । छिमेकी राष्ट्र भारतलगायतका अन्य देशहरूसँग नेपालले प्रतिस्पर्धा गर्नुपर्छ । अहिलेको प्रस्तावमा डिमान्ड चार्ज बढाइएको छ । एकातिर प्रतियुनिट १ रुपैयाँ घटाइएको छ । भारतलगायतका अन्य देशहरूसँग नेपालले प्रतिस्पर्धा गर्नुपर्छ । अहिलेको प्रस्तावमा डिमान्ड चार्ज बढाइएको छ ।
एकातिर प्रतियुनिट १ रुपैयाँ घटाइएको छ भने अर्कातिर डिमान्ड चार्ज बढाइएको छ । यसबाट उद्योग–व्यवसायलाई कुनै सहुलियत हुँदैन । नेपालको निजी जलविद्युत् प्रवद्र्धकबाट औसतमा प्रतियुनिट ५ रुपैयाँमा खरिद गरिएको छ भने औसतमा १० रुपैयाँभन्दा बढीमा बेचिएको छ । शतप्रतिशत मार्जिन राखेर प्रस्ताव गरिएको छ । जबसम्म यसलाई पुनर्परिभाषित गरिँदैन, कति नाफा र कति ओभर हेड हाल्ने हो, यसको स्पष्टतासहित महसुल निर्धारण नगरेसम्म नेपालको उद्योग अघि बढ्न सक्दैन । अहिलेको जुन प्रस्ताव छ, यसलाई पुनर्परिभाषित गर्नुपर्छ । जब भारतमा हामी साढे ३/४ भारतीय रुपैयाँमा बेच्न गइरहेका छौं भने यसअनुसार नै नेपालका उद्योगीहरूलाई सस्तोमा बिजुली दिनुपर्छ । भारतमा बेच्ने दरमा नेपाली उद्योगलाई बिजुली दिनुपर्छ । सरकारको काम विद्युत् प्राधिकरणले गरेर त्यसमा लाग्ने खर्चको पैसालाई उद्योगमाथि लगाउनु हुँदैन । सैद्धान्तिक रूपमै महसुल निर्धारणमा समस्या छ ।
विद्युत् नियमन आयोगले जे आयो, त्यो सुनुवाइ ग¥यो । अनि निर्धारण ग¥यो । यो पुरानो परिपाटीअनुसार आयोग चलिरहेको छ । नियमन आयोगले समष्टिगत अर्थतन्त्रको विश्लेषण गरेर निर्धारण गर्नुपर्छ । विद्युत् प्राधिकरणको नाफामूलक महसुल निर्धारण गर्दा यसले अर्थतन्त्रमै प्रभाव पार्छ । यसमा विद्युत् नियमन आयोग सचेत हुनुपर्छ । प्राधिकरण पनि एउटा विक्रेता हो । यसलाई आयोगले बुझ्नुपर्छ । प्राधिकरणले प्रस्ताव गरेपछि यसबारे विस्तृत अध्ययन नगरी घारघुर रूपमा निर्धारण गर्ने काम हुँदै आएको छ । यो वैज्ञानिक भएन । मान्छे छैन, टेबल कुर्सी छैन, दरबन्दी छैन भनेर जे आयो, के गर्ने, जसोतसो चलाउनुपर्छ भनेर उहाँहरू भनिरहनुभएको हुन्छ । सधैं यो भन्न त नमिल्ला । पूर्वाधार छैन, मन्त्रालयबाट सहायता छैन भने पनि त यसका लागि व्यवस्था गर्नुप¥यो नि ।
यस कारणले आयोगले स्वतन्त्र नियमनकारी निकायको भूमिका निर्वाह गर्न सकेन । आयोगको ऐन, कानुन, नियमावलीमा बहुक्रेता, बहुबिक्रेताको उल्लेख छ । ह्विलिङ चार्ज निर्धारण गर्ने कुरा पनि छ । आयोगले त विद्युत् खरिद सम्झौता (पीपीए) दर हेर्नुपर्छ, उसले दिएको खर्च ठीक छ कि छैन भनेर हेर्नुपर्छ । महसुल निर्धारणका लागि विभिन्न तथ्य र तथ्यांकको विश्लेषण गर्नुपर्छ । आयोगले यो गर्न सकेको छैन । पीपीए दरबारे पनि विश्लेषण गर्न सकिएको छैन । अब त तात्नुपर्छ । विद्युत् आपूर्ति बढ्दै गएको अवस्थामा नेपाली उद्योगहरूलाई कच्चा पदार्थको रूपमा आवश्यक विद्युत् सस्तो हुनुपर्छ । रोजगारी सिर्जना गरी मुलुकको अर्थव्यवस्थालाई चलायमान गराउने उद्योगहरूको लागत कम गर्न सके उद्योगको उत्पादन प्रतिस्पर्धी भई आयातसमेत कम हुँदै जाने अवस्था सिर्जना हुन्छ । यसले मुलुकको लगानीको वातावरण निर्माणमा पनि सहयोग पु¥याउँछ ।

विद्युत महसुल नघटाई सुखै छैन
ज्योति बानियाँ
उपभोक्ता अधिकारकर्मी
नेपाल विद्युत् प्राधिकरणमा ८५ प्रतिशत घरायसी ग्राहक छन् । यसका लागि हामीले बोल्नुपर्छ । अहिलेसम्म नेपालमा विद्युत् महसुल वृद्धिको प्रस्ताव खर्चको आधारमा गरिएको छ । दुनियाँमा नेपालबाहेक कतै पनि खर्चको आधारमा विद्युत् महसुल निर्धारण गर्न पाइँदैन । लागत मूल्यको आधारमा मात्र गर्न पाइन्छ । खर्चको आधारमा गर्न मिल्दैन । बढी खर्च देखाएर उपभोक्ताबाट त्यसको लागत उठाउन पाइन्छ र ? अर्को कुरा, नेपालमा धेरै जलविद्युत् आयोजनाहरू समयमै र तोकिएको लागतमा बनेका छैनन् र भनेजति उत्पादन पनि भएका छैनन् । ३५ अर्बको तामाकोसी अहिले ८५ अर्ब पुगिसक्यो ।
अनावश्यक रूपमा किनिएका गाडी र खर्चको भार उपभोक्तामाथि थोपर्न पाइन्छ र ? गल्ती गर्ने जलविद्युत् आयोजना अनि त्यसको मार उपभोक्ताले खेप्नुपर्ने, यस्तो पनि हुन्छ ? अर्को कुरा, दक्षिण एसियामा भुटानको भन्दा पनि महँगो बिजुली नेपालमा छ । अहिले सरदर प्रतियुनिट ११ रुपैयाँ छ । यो त अन्याय हो । उत्पादन, प्रसारण र वितरण मूल्यका आधारमा महसुल निर्धारण हुनुपर्ने हो । यो हिसाब गर्नेबित्तिक्कै निर्धारण भइहाल्छ, तर विद्युत् प्राधिकरणले छुट्टाछुट्टै दिन सकिँदैन भन्छन् । दुनियाँमा सबैले गर्छन्, नेपालमा सकिँदैन भन्न पाइन्छ र ? अर्को महसुल घट्नुपर्छ भन्ने कारण बजारीकरण नै हो । इन्डक्सन चुलोका लागि ८ रुपैयाँ मात्र बनायौं भने पनि धेरैले प्रयोग गरिहाल्छौं ।
एलपी ग्यासमा हेर्ने हो भने १ खर्बभन्दा बढी आयात भएको छ, इन्डक्सन चुलोको प्रयोग बढाउन महसुल घटाउने हो भने यो रकम विदेश त जाँदैन । अहिलेको अवस्थामा विद्युत् महसुल नघटाई सुखै छैन । जलविद्युत्मा बढी लागत देखाएर त्यो पैसा घरजग्गामा खर्च भएको छ । यस कारण जग्गा महँगो भएको हो । प्रतिमेगावाट २४–२५ करोड देखाइएको छ । उत्पादन भने १४–१५ करोड लागतको आधारमा मात्र हुन्छ । विदेशमा जलविद्युत् आयोजनाहरूको सार्वजनिक लेखा परीक्षणका लागि आह्वान गर्ने गरिन्छ ।
खर्च भएको हो कि होइन परीक्षण हुन्छ । जलविद्युत् आयोजनाले १० देखि ११ करोड जलविद्युत् आयोजनाबाट प्रतिमेगावाट कमाइरहेका छन् र खर्च भने बढी देखाइरहेका छन् । बढी खर्च देखाए पनि विद्युत् महसुल निर्धारणको निर्णय गर्ने विद्युत् नियमन आयोगसँग यसको परीक्षण गर्ने जनशक्ति छैन । हाल यसको विश्लेषण गर्न सक्ने क्षमताको चार्टर एकाउन्टेन्ट आयोगमा छैन ।
मूल्य विश्लेषण गर्ने नौवटा सूत्र हुने रहेछन्, मैले पनि भारतमा यसबारे तालिम लिँदा थाहा पाएको हुँ । यसको विश्लेषण गर्ने मान्छे आयोगसँग छैन । महसुल वृद्धि सामाजिक न्यायको कुरा हो । अहिले त जनता लुटिरहेको अवस्था छ । सेवा शुल्कको नाममा लाखौं ग्राहकसँग पैसा लिइरहेको अवस्था छ । यो अन्त छैन । विद्युत् महसुलको नाममा जनतामाथि ठूलो लुट भइरहेको छ । तत्काल यसमा पुनर्विचार हुनुपर्छ ।

निजी क्षेत्रलाई जलविद्युतको अनुमतिपत्रमा विवाद

 कार्तिक ३, २०७८ बुधबार

https://www.karobardaily.com/news/161494

सरकारले निजी क्षेत्रलाई जलविद्युत आयोजनाको अनुमतिपत्र (लाइसेन्स) दिन सुरु गरेको २७ वर्षपछि रोक लगाएको छ । ७ असोज २०७८ मा मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको बैठकले विद्युत वितरण र उपभोगको मोडालिटी नभएसम्म आयोजनाहरुको विद्युत उत्पादन अनुमतिपत्र वितरण नगर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । सरकारले हालसम्म उक्त निर्णय गोप्य राखेको छ ।
निजी क्षेत्रका जलविद्युत प्रवद्र्धकहरुले तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र स्वर्गीय जलस्रोत मन्त्री शैलजा आचार्यको पालामा सुरु भएको निजी क्षेत्रलाई जलविद्युतमा लाइसेन्स दिन खुला गरेकोमा शेरबहादुर देउवा प्रधानमन्त्री र पम्फा भुषाल ऊर्जामन्त्री भएको बेला बन्द गरिएको भन्दै निर्णय गैरकानुनी र गलत नियतले भएको टिप्पणी गरेका छन् ।
सरकारी अधिकारीहरुले भने लाइसेन्स वितरणमा कुनै रोक नलगाएको दाबी गरेका छन् । दसैंअघि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को टोलीसँग भएको भेटमा समेत ऊर्जा मन्त्री भुषालले आफूले लाइसेन्स वितरण रोक्न विद्युत विभागका महानिर्देशकलाई निर्देशन दिइसकेको बताएकी थिइन् ।
मुख्यसचिव वैरागीसहित ऊर्जा सचिव देवेन्द्र कार्की, सिँचाइ सचिव सागर राई, विद्युत विकास विभागका महानिर्देशक सन्दीप देवसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिवहरु संलग्न बैठकले अनुमतिपत्र वितरण नगर्ने निर्णय गरेको निर्णय पुस्तिका कारोबार दैनिकले प्राप्त गरेको छ ।
निर्णय पुस्तिकामा अनुमतिपत्र वितरण नगर्नेसहित विद्युतीय ऊर्जाको उत्पादन, वितरण र विद्युत खपत वृद्धिको तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्ने, विद्युत व्यापार मोडालिटी स्पष्ट गर्ने र सोका लागि आवश्यक अध्ययन कार्य मन्त्रालयले अघि बढाउने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु लगायत अन्य महत्वपूर्ण आयोजनाहरुलाई तीव्रता दिने निर्णय समेत गरेको छ ।
२०४९ सालको विद्युत ऐनपछि निजी क्षेत्रलाई खुल्ला गरेसँगै ११ चैत २०५१ मा हिमाल पावर कम्पनीले ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको लाइसेन्स पाएको थियो भने २०५७ सालको असारदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो । त्यसपछि मात्र निजी क्षेत्रले हाल रहेको १९८० मेगावाटको जडित क्षमतामध्ये सर्वसाधारणको समेत लगानी रहेको माथिल्लो तामाकोशी र चिलिमेसहित ७४ प्रतिशत अर्थात् ११६० मेगावाट निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने नेपाल विद्युत प्राधिकरणले ३६ प्रतिशत अर्थात् ७२० मेगावाट मात्र उत्पादन गरिरहेको छ । हाल निजी क्षेत्रसँग १५ हजार मेगावाटभन्दा बढीको लाइसेन्स छ ।
विद्युत व्यापार र विद्युत खपतका लागि कुनै पहल नगरी बिजुली खेर जाने बहानामा एक्कासी अनुमतिपत्र वितरणमा लगाएको रोकलाई सरकारको गैरकानुनी कदमको रुपमा निजी क्षेत्रले लिएको छ । इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले निजी क्षेत्रलाई लाइसेन्स दिन सुरु गरेको २७ वर्षपछि रोक लगाएको र यो पूर्णतः ऐन, कानुन विपरित भएको बताएका छन् । “अहिलेसम्मका कुनै सरकार र मन्त्रीले जलविद्युत आयोजनाको लाइसेन्स रोकेका थिएनन् तर अहिले सरकारको निकायबाट औपचारिक निर्णय गरेर रोक लगाउनका लागि परिपत्र गरिएको छ,” उनले भने ।
इपानका उपाध्यक्ष आशीष गर्ग पनि सरकारले जलविद्युत आयोजनालाई आर्थिक समृद्धिको संवाहकको रुपमा लिएकोमा अहिले आएर लाइसेन्स वितरणमा रोक लगाउने निर्णय गर्नु आपत्तिजनक र निजी क्षेत्र विरोधी भएको बताउँछन् । “निजी क्षेत्रले जलविद्युत लगानीलाई तीव्रता दिइरहेको बेला खपत वृद्धिको वैकल्पिक उपायका लागि प्रयास नगरी लाइसेन्स रोक्नु गलत हो । यसले जलविद्युतको विकासलाई २० वर्ष पछाडि धकेल्छ,” उनले भने ।
ऊर्जा मन्त्रालयका अधिकारीहरु भने अनुमतिपत्र रोक लगाउनेबारे कुनै निर्णय भएको दाबी गर्छन् । ऊर्जा सचिव देवेन्द्र कार्कीले लाइसेन्स वितरणमा कुनै रोक नलगाएको र तत्काल आवेदन दिएमा दिन सकिने दाबी गरे । “लाइसेन्स रोक लगाउने कुनै निर्णय भएको छैन, गलत कुरा बाहिर आइरहेको छ ।
अहिलेको अवस्थामा प्रक्रिया पूरा गरेर आएमा ऐन, कानुनमै नभएको कुरा हामीले कसरी रोक्न सक्छौं ?” उनले भने, “मुख्य सचिवको बैठकले बजार सुनिश्चितताका लागि रणनीति अबलम्बन गर्ने भनेको हो, आज रोक्ने भनेको होइन ।”
ऊर्जा मन्त्रालय स्रोतले भने प्रतिष्पर्धात्मक माध्यमबाट लाइसेन्स दिने गरी तत्कालका लागि लाइसेन्स वितरणमा रोक लगाउने गरी विद्युत विकास विभागले ऊर्जा मन्त्रालयमा प्रस्ताव गरिसकेको र मन्त्रीस्तरबाट निर्णय हुने प्रकृयामा रहेको जनाएको छ । तर विद्युत विकास विभागका महानिर्देशक देवले भने यसबारे कुनै प्रस्ताव मन्त्रालयमा नगएको बताए । “मेरो पालामा यस्तो प्रस्ताव गएको छैन, मभन्दा अगाडि गएको भए थाहा छैन,” उनले भने ।
विद्युत विकास विभागको तथ्यांकले भने पछिल्लो समयमा लाइसेन्स वितरण वन्द भएको देखाएको छ । निजी क्षेत्रका प्रवद्र्धकहरुले समेत वर्तमान ऊर्जा मन्त्री आएपछि लाइसेन्स दिन कडाइ गरिएको र पछिल्लो समयमा रोकिएको बताएका छन् । विभागको वेबसाइटका अनुसार हालसम्म १५ हजार ४७४ मेगावाटका २०६ जलविद्युत आयोजनालाई सर्भे लाइसेन्स दिइएको छ भने २७ असार २०७८ मा एसजेभीएन लिमिटेडलाई ६७९ मेगावाटको तल्लो अरुणको सर्भे लाइसेन्स दिएपछि कुनै दिइएको छैन । ७ हजार ४५३ मेगावाटका २१५ मेगावाटका आयोजनालाई निर्माण लाइसेन्स दिएको र पछिल्लो पटक २१ भदौ २०७८ मा २३.६ मेगावाटको सुपर मेलम्ची आयोजनाले लाइसेन्स पाएको विद्युत विभागले जनाएको छ ।

Tuesday, October 19, 2021

विद्युत् आदानप्रदानमा भारतको सकारात्मक सन्देश

https://www.karobardaily.com/news/161299

 आश्विन २६, २०७८ मंगलबार

नेपालबाट वर्र्षाको बिजुली लिन र हिउँदमा दिनका लागि भारत सकारात्मक देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भदौ अन्तिम साता बिहार स्टेट पावर होल्डिङसँग पारस्पारिक मौसमी विद्युत् आदान–प्रदानको लागि प्रस्ताव गरेकोमा भारत सकारात्मक देखिएको छ । प्रस्ताव गरेलगत्तै बिहारले प्रारम्भिक चरणमा वर्र्षामा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मको बिजुली लिने तथा वर्र्षामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म दिन तयार उल्लेख गर्दै प्राधिकरणलाई सन्देश पठाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वर्र्षामा बढी भएको बिजुली लिन तथा हिउँदमा पठाउने गरी बिहारले सकारात्मक प्रस्ताव पठाएको बताए । “हामीले वर्र्षामा खेर जाने बिजुली लिन तथा खाँचो परेको हिउँदको बेलामा दिने गरी विद्युत् आदानप्रदानको प्रस्ताव गरेका थियौ, भारतबाट सकारात्मक सन्देश आएको छ” उनले भने ।
असोज अन्तिम साता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सञ्जिव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदान–प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो । यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने प्रस्ताव प्राधिकरणको थियो ।
विद्युत् प्राधिकरणले चालु वर्षमा मात्र १९६० गिगावाट आवर बिजुली खपत गरेर बढी हुने जनाएको छ । घिसिङले दैनिक चार करोड बराबरको खेर गइरहेको जनाएको छ । प्राधिकरणले चालु वर्षमा अधिकत्तम १६७१ मेगावाट माग पुग्ने तथा आगामी वर्ष १८३९ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।
६१७६ मेगावाटका ३४६ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको तथा ३ हजार मेगावाट बराबरका १३६ आयोजना निर्माणाधीन रहेको जानकारी दिँदै प्राधिकरणले १३२ केभीको कटैया–कुसाहा, रामनगर गण्डक र रक्सौल पववानीपुरसहित अन्य ३३ केभीबाट ३ सय ७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने प्राधिकरणले छलफलमा जानकारी दिएको थियो । बिहार नेपालको बिजुली वर्र्षामा लिन र हिउँदमा दिन सकारात्मक भएपनि यसको टुंगो भने लागिसकेको छैन ।


Saturday, October 9, 2021

कोसी करिडोर प्रसारणलाइनको पहिलो खण्ड पूरा

 https://www.karobardaily.com/news/160589

आश्विन २१, २०७८ बिहीबार

२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको काम पूरा भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य पूरा भएको हो ।
नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्वारा धनकुटाको हिलेमा संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारणलाइन निर्माण पूरा भएको घोषणा गरिएको छ । करिडोरको पहिलो प्याकेजको सो प्रसारणलाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि.सँग २५ फेब्रुअरी २०१६ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयनमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब) छ ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ ।
कोसी करिडोर प्रसारणलाइन आयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब १००० मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाट विद्युत प्रसारण गर्न सकिने आयोजनाले जनाएको छ ।
दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड) छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारणलाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरिने छ ।
कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले प्रसारणलाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए । ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारणलाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पु¥याउन पूर्वाधार तयार भएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारणलाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोसी करिडोर र कावेली करिडोर प्रसारणलाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।
नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताइन् ।
धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोसी करिडोरको निर्माणबाट पुष्टि भएको बताए । आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात दोस्रो सर्किट तार तान्ने र सम्वन्धित सवस्टेशनहरुको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणलाई लगानी जुटाइदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।
अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।
इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारणलाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । संखुवासभाको किंटिगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको हो । प्याकेज २ अन्तर्गत सबस्टेसनहरुको निर्माण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०-१३२-३३ के.भी. इनरुवा सबस्टेसन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर –तुम्लिङ्गटार प्रसारणलाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० के.भी. मा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
हाल ३३ केभीमा चार्च गरिएको प्रसारणलाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिएको छ ।
यसबाट वर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारणलाइनको समस्या समाधान भएको छ ।
तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारणलाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारणलाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।