Wednesday, March 30, 2022

लक्ष्य २० प्रतिशत पुर्याउने, विद्युतीय सवारी साधन भने एक प्रतिशत मात्र

 

दबाब बढाउन र्याली गर्दै इप्पान

काठमाडौं, चैत १६

सरकारले २०७१ सालमा पाँचवर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो । यसका लागि २०७१ सालमै आर्थिक वर्ष २०७७ अर्थात् सन् (२०२०) सम्ममा समग्र सवारी तथा यातायातको साधनको कम्तिमा २० प्रतिशत वातावरणमैत्री सवारीसाधन तथा यातायातका साधनलाई सञ्चालनमा ल्याइने गरी वातावरणमैत्री सवारी साधन र यातायात नीति अख्तियार गरेको ल्याएको थियो । तर यो नीति आएको पनि सात वर्ष वितिसकेको छ तर विद्युतीय सवारी साधनको संख्या दुई प्रतिशतभन्दा कम छ । 

संघीय सरकारमा मात्र होइन, बागमती प्रदेश सरकारले आर्थिक वष २०७५÷७६ को नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र अर्थात २०८५ सालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौँडा, बनेपा, धुलिखेल र पनौती लगायत सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा प्रतिबन्ध लगाएर विद्युतीय सवारीसाधन चलाउने घोषणा गरेको थियो । घोषणा गरे अनुसार बागमती प्रदेश सरकारले पनि विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्न सकेको छैन ।

नेपालमा विद्युतीय सवारी साधन चल्न सुरु भएको इतिहास हेर्ने हो भने चार दशक पुरानो छ । सन् १९७९ मा काठमाण्डौमा ट्रली बस सञ्चालन सुरु भएको थियो, यद्यपि यो अहिले बन्द छ । सन् १९९३ देखि सार्वजनिक यातायायतको रुपमा सञ्चालन हुन लागेको सफा टेम्पोको इतिहास पनि लामो छ तर यसलाई विशेष प्राथमिकत दिन नसक्दा अहिले विद्युतीय सवारी साधनको संख्या न्यूननै छ । 

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार मुलुकभर ३९ लाख ८७ हजार २ सय ६७ सवारीसाधन दर्ता भएका छन् । विभागमा दर्ता भएका कुल सवारीसाधनको एक प्रतिशत मात्रै विद्युतीय सवारीसाधन मुलुकभर गुड्दै आइरहेको अनुमान गरिएको छ । एक प्रतिशत विद्युतीय सवारीसाधन पनि ८० प्रतिशतभन्दा धेरै तराई÷मधेशमा चल्ने विद्युतीय अटो रिक्सा रहेका छन् ।


भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा १२ हजार विद्युतीय सवारीसाधन भित्रिएका छन् । आव २०७४÷७५ मा ५ हजार २ सय ३९ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । त्यसैगरी २०७५÷७६ मा यो संख्या ४ हजार ७ सय ४५  वटा, आव २०७६÷७७ मा ५ सय ७५ वटा सवारीसाधन भित्रिएका थिए । 

त्यसैगरी आव ०७७÷७८ मा विद्युतीय सवारीसाधनको आयातमा गिरावट आएर २ सय ४९ वटामा झरेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीसाधनमा अत्यधिक मात्रामा कर लगाइदिएसँगै विद्युतीय सवारीसाधनको आयातमा अत्यधिक मात्रामा गिरावट आएको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ २०७८ मा अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा लाग्दै आएको करको दायरा घटाएसँगै विद्युतीय सवारीसाधनको आयात बढ्दै भने गएको छ । 

सन् २०२१ अक्टोवर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त राष्ट्र संघिय जलवायु परिवर्तन सम्बन्धी २६ औं सम्मेलन (कोप २६) मा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाबाट भएको सम्बोधनमा जलवायु परिवर्तन सम्वन्धी संकटले गर्दा नेपाल लगायत अल्पविकसीत राष्ट्रहरुले भोगेका कठिनाई र नेपालको स्वच्छ हरित क्रान्तिलाई जलविद्युत् उर्जा मार्फत् प्रवर्धन गर्ने र स्वच्छ उर्जा मार्फत् कार्बन उत्सर्जन कटौती गर्न सन् २०३५ सम्म कार्बन प्रदुशणयुक्त स्वच्छ उर्जालाई शत प्रतिशत बनाउने लक्ष्य र २०५० सम्म कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने लक्ष राखिएको छ ।     

सधै सबैका प्राथमिकतामा तर कार्यान्वयन कमजोर

तत्कालिन अर्थमन्त्री पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा निजी क्षेत्रको समेत सहभागितामा मुलुकभर पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरेका थिए । त्यतिमात्रै होइन् , साझा यातायात मार्फत आगामी आवमा एक सय वटा विद्युतीय बस सञ्चालनको प्रवन्ध गर्ने योजना अघि सारेका थिए । अहिलेसम्म साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्ने सम्झौता गरिसकेको छ । तर, बजेट वक्तब्यमा जसरी चार्जिङ स्टेशन बन्न भने सकेका छैनन् । चालु आर्थिक वर्षको ६ महिनामा फेरि १ हजार १ सय ३ वटा विद्युतीय सवारीसाधन नेपालमा भित्रिएका छन् । पछिल्लो दुई वर्षको तुलनामा चालु आवको ६ महिनामा दोब्बरभन्दा धेरै सवारीसाधन आयात भएका छन् । 

२०७८ सालको बजेटमा मात्र होइन, पछिल्लो एक दशकदेखिका अधिकांश बजेटले यसलाई प्राथमिकता दिएका छन् । यति मात्र होइन, नेपाल सरकारले बनाएका विभिन्न नीति तथा कार्यक्रममा पनि यसलाई प्राथमिकतामा राखिएको छ । सरकारले ल्याएको राष्ट्रियरुपमा निर्धारण गरिएको योगदान (एनडीसी) २०२० ले सन् २०२५ भित्र २५ प्रतिशत र २०३० भित्र ९० प्रतिशत निजी र ६० प्रतिशत विद्युतीय सवारी साधनको विक्री संख्या पुर्याउने लक्ष्य राखेको छ । यसमा सन् २०३० भित्र २ सय किलोमिटर विद्युतीय रेल नेटवर्क निर्माणको लक्ष्य राखिएको छ । यसैगरी सन् २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्य (एसडीजीले पनि सन् २०१५ मा एक प्रतिशत रहेको विद्युतीय सवारी साधनको संख्या सन् २०१९ मा ५ प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो । यसैगरी सन् २०२२ भित्र २० प्रतिशत, सन् २०२५ भित्र ३५ प्रतिशत र २०३० भित्र ५० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । 

वातावरणविद् भूषण तुलाधार सरकारले  विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने खालको राम्रो नीति ल्याए पनि प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसक्दा नीति अनुसारको विद्युतीय गाडीको प्रवद्र्धन हुन नसकेको  बताउँछन् ।‘विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने नीतिपछि जुन कार्यक्रम आउनुपर्ने हुन्थ्यो । लगानी गर्नुपर्ने थियो । त्यो चाहीँ नआएकाले कारणले नै कार्यान्वयन हुन नसकेको हो,’ उनले भने ‘सरकारले प्रथामिकताको साथ नहेरेको कारणले पनि अपेक्षित गतिमा उपलब्धी हात पार्न नसकिएको हो ।’ 

वातावरण विद् तुलाधार नीति नियम पर्याप्त भएपनि कार्यान्वयन गर्ने तहमा इच्छाशक्ति नभएकाले कारणले नै समस्या देखिएको दावी गर्छन् । ‘इच्छाशक्ति राजनीतिक तहदेखि कर्मचारी तह दूवैमा अत्यन्तै आवश्यक छ,’ उनले भने‘नीतिलाई कार्यक्रममा, लगानी र परिणाममा परिणत गर्न सकिएन् ।’  

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले सोचेअनुसारको विद्युतीय सवारीसाधनको प्रवद्र्धन हुन नसकेको बताउँछन् । ‘विद्युतीय सवारीसाधनको प्रवद्र्धनको काम हुदैँ नभएको  पनि होइन् । तर, जति सोचेका थियौं । सोही अनुसार नभएको भन्ने पक्कै हो ’ उनले भने,‘विद्युतीय सवारीसाधनप्रतिको आकर्षण विस्तारै अभिवृद्धि हुदैँ गइरहेको छ ।’ प्रवक्ता भेटुवालले विद्युतीय सवारीसाधन सम्बन्धि सकारात्मक वातावरण बन्दै गएको बताए । ‘सरकारले अघिल्लो वर्षको तुलनामा विद्युतीय सवारीसाधनको आयातमा लाग्ने कर तथा महशुल घटाएको छ,’ उनले भने ‘नेपाल विद्युत् प्राधिकरणले कर्मचारीलाई  विद्युतीय सवारीसाधन खरिदको लागि पनि तीन लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने घोषणा गरिसकेको छ ।’ निजी क्षेत्रले पनि चार्जिङ स्टेशन निर्माण गर्न पाउने खालको कार्यविधि समेत बनिसकेको छ ।

विगतको वर्षको तुलनामा सर्वसाधारणको पनि वातावरणमैत्री सवारीसाधनतर्फ आकर्षित हुनुमा पेट्रोलियम पदार्थको भाउ बढ्नु र विद्युतीय साधनको मूल्यमा निरन्तर कमी आउनुपनि अर्काे हो । 

नेपाल विद्युत् प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले नेपाल विद्युत् प्राधिकरणले ३८ करोड रुपैयाँ खर्चेर मुलुकभरका ५१ स्थानमा चार्जिङ स्टेशन लगायतका आवश्यक पूर्वाधार निर्माण गर्दै आइरहेको बताए ।‘प्राधिकरणले विद्युतीय सवारीसाधनको प्रवद्र्धनको लागि मुलुकभरका ५१ स्थानमा चार्जिङ स्टेशन निर्माणको काम गरिरहेको छ,’ उनले भने,‘अहिलेसम्म करिव ७० प्रतिशत चार्जिङ स्टेशनको पूर्वाधार तयार भइसकेको छ । चालु आवको अन्त्यसम्म सबै निर्माण सक्ने तयारी भइरहेको छ ।’ 

प्राधिकरणले काठमाडौं मात्रै ७ वटा निर्माण गरिरहेको छ । ट्रान्सफर्मर जडान र अन्य कार्यको पनि काम भइरहेको छ । एउटा चार्जिङ स्टेशनमा कम्तिमा पनि ६ वटा विद्युतीय गाडी चार्जिङ गर्न सक्ने गरी निर्माण गरिरहेको छ । उनी भन्छन् ‘सरकारले निजी विद्युतीय सवारीसाधनको भन्दा पनि सार्वजनिक सवारीसाधनको प्रवद्र्धन गर्नुपर्ने बेला भइसक्यो । अहिलेपनि विद्युतीय सवारीसाधन अर्डर गरेको ६ महिनापछि मात्रै उपलब्ध हुने अवस्था रहेको छ ।’  

ग्रेटवाल मोटर्स कम्पनीका मार्केटिङ कम्यूनिकेसन प्रमुख पंकज यादवले विद्युतीय गाडी प्रवद्र्धनमा चालु आर्थिक वर्षमा सरकारको तर्फबाट राम्रो सहयोग पाएको बताए ।‘सरकारले चालु आवको बजेटमा विद्युतीय सवारीसाधनको आयातमा अन्तशूल्क पुरै हटाइदिएको छ’ उनले भने,‘ सरकारले सहुलियत दरमा नै विद्युतीय सवारीसाधन आयात गर्ने वातावरण तय गराइदिएको छ ।’ उनले एक्स्पोले विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने बताए । बिजुलीको मूल्य सस्तो र सहज हुने बित्तिकै विद्युतीय सवारीसाधनको बजार पनि तीव्र गतिमा वृद्धि हुने उनको भनाई छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का उपाध्यक्ष आशिष गर्गले सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिने खालको नीति अघि सार्नुपर्ने बताउँछन् । ‘एक्स्पोेले विद्युतीय साधनको खपत मात्रै होइन, बजारीकरण गर्ने सुनौला अवसर सिर्जना गर्नेछ,’उनले भने,‘एकातर्फ स्वदेशीमा बिद्युतीय उपकरणको खपत बढाउनुपर्ने छ । अर्काेतर्फ क्षेत्रिय बजारमा विद्युतीय बजार खोज्नेतर्फ पनि अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।’ 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाले सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने खालको नीति अघि सारेकाले विगतको वर्षको तुलनामा विद्युतीय सवारीसाधनको आयात बढेको बताउछन् ।  ‘सरकारले चालु आवको बजेटमा भन्सार र अन्तःशुल््क घटाएसँगै विद्युतीय सवारी साधनको आयात ह्वातै बढेको छ,’ उनले भने,‘विद्युतीय सवारीसाधनको आयातमा सरकारको स्थिर खालको नीति  नहुँदा कहिलेकाही समस्या हुदैं आइराखेका छन् ।’ अध्यक्ष थापा पछिल्लो समय विद्युतीय गाडीको मूल्य पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै हाराहारीमा आएकाले सर्वसाधारणको आर्कषण बढेको बताउँछन् । 

दबाब दिन इप्पानको र्याली

सरकारले महत्वकांक्षी नीति ल्याएपनि विद्युतीय सवारी साधनको संख्यामा लक्ष्य अनुसारको वृद्धि नभईरहेको बेला इप्पानले हिमालयन हाइड्रो एक्स्पोमा विद्युतीय सवारीसाधनको ¥याली आयोजना गर्न लागेको छ । 

आगामी शनिबार अर्थात अप्रिल २ विहान ७ बजे इप्पानको आयोजनामा काठमाण्डौस्थित भृकृटीमण्डपबाट सुरु हुने र्याली नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ्क पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ । इप्पान उपाध्यक्ष गर्गका अनुसार, र्यालीमा करिब दुई सय सवारी साधन सहभागी हुनेछन् । “सरकारको लक्ष्य र अपेक्षा अनुसार विद्युतीय सवारी साधन नबढीरहेको बेला सरकार र सरोकारवाला सबैलाई दबाब दिन र यसको प्रवद्र्धन गर्नका लागि र्यालीको आयोजना गरेका हौ ।”–उनले भने । 

र्यालीपछि हिमालयन एक्स्पोको उद्घाटन शनिबारनै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । 

                                                                                                             


Friday, March 25, 2022

युद्धको असर बिजुलीमा: उद्योगमा लोडसेडिङ सुरु

https://ins.news/archives/1686

 ९ चैत्र २०७८, बुधबार १९:४५ | अर्थतन्त्रप्रविधि

युक्रेन–रुस युद्धसँगै भारतमा बढेको ऊर्जा अभाव र महंगिएको बिजुलीको कारण हिउँदमा परनिर्भर नेपाल बिजुली व्यवस्थापनमा चरम संकटतिर धकेलिएको छ।

बिजुली उत्पादनको प्रशस्त सम्भावना हुँदाहुँदै सरकारको जलाशयुक्त आयोजना निर्माणमा वेवास्ता र प्राधिकरण घाटा जाने नाउँमा नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गरिएको कडाईको कारण स्वदेशी उत्पादनको अवस्था सीमित हुँदा बिजुली व्यवस्थापनमा नेपाल चरम संकटमा धकेलिँदै गएको हो।

आइएनस-स्वतन्त्र समाचारले आजको स्थीति आउने बारेमा रुस–युक्रेन युद्धको असर: नेपाल गम्भीर ऊर्जा सङ्कटतिर औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग र इन्धन आपुर्ति ठप्पको सम्भावना मा केही अगाडि नै सचेत गराएको थियो।

नेपालले प्रति युनिट ४.१२ देखि ४.१८ भारुमा खरिद गर्दै आएको बिजुली युद्धका कारण भए न्यूनत्तम ११ देखि अधिककत्तम २० रुपैयाँ भारु अर्थात नेपाली २० रुपैयाँदेखि ३७ रुपैयाँसम्म पुगेको छ।मूल्य बढेपछि आयात गर्दै आएको बिजुली कटौती गरिएको छ भने बिजुली व्यवस्थापन गर्न नसकेपछि भैरहवा लगायतका केही औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भैसकेको छ। प्राधिकरणका अनुसार, विद्युत आयात गर्दा प्रति युनिटबाहेक एजेन्सी चार्ज, ह्विलिङ्क चार्ज र १५ प्रतिशत विद्युतको चुहावटको रकम पनि थप हुन्छ।

“अत्याधिक महंगोमा किन्ने की लोडसेडिङ गर्ने ?”

भारतका राज्यहरूबाट विद्युत् आदान–प्रदान कमिटीबाट, पीटीसी इण्डियामार्फत टनकपुरबाट र तेस्रो ढल्केबर–मुजफ्फपुरमा एनभीभीएनमार्फत इनर्जी एक्सचेजबाट मात्र बिजुली आयात गर्दा बिजुली महंगो भएको छ।

एकातिर भारतमै ऊर्जा संकट र अर्कोतिर कोइला आयातमा समस्याको कारण उत्पादनमा समेत कमी आएपछि नेपालमा दिने बिजुली महंगिएको छ। नेपाललाई दिने बिजुली आयातित कोइलाबाट उत्पादित बिजुली मात्र दिने दुवै देशको सम्झौता छ।

ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइनबाट ३५० सहित ५५० देखि ६ सय मेगावाट विद्युत आयात गरिरहेको नेपालले पछिल्लो समयमा १६ मेगावाटको टनकपुरबाट आउने निःशुल्क बिजुलीबाहेक भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) बजारबाट ४२० मेगावाट आयात गरिरहेकोमा बिजुली महंगिएसँगै त्यो आयात पनि बन्द भएको छ।

विद्युत प्राधिकरणका अनुसार, एक्सचेन्ज बजारबाट प्रत्येक घण्टाको चारपटक अर्थात दिनको ९६ पटक प्रतिष्पर्धा गरेर बिजुली लिएपछि बुधबार भने ७ पटक मात्र लिइएको प्राधिकरणका प्रवक्ता शुरेस भट्टराईले जानकारी दिनुभएको छ। “हामीले ९६ पटक प्रतिपर्धा गरेर भारतीय एक्सचेन्ज बजारबाट बिजुली आयात गरिरहेका थियौ तर अहिले ६/७ पटक मात्र लिएका छौ, अहिले बिजुली धेरै महंगिएर लिन सक्ने अवस्था छैन।”, भट्टराईले भन्नुभयो, “तत्काल घरायसी ग्राहकमा लोडसेडिङ हुँदैन, नेपालकै बिजुलीले त्यो व्यवस्थापन गर्न सक्छौ तर औद्योगिक क्षेत्रमा भने अहिलेकै अवस्थामा गर्नुपर्ने हुन्छ, यसको व्यवस्थापनमा पनि लागेका छौ।”

उहाँका अनुसार, राज्यले महंगोमै बिजुली किन्नका लागि प्रतिष्पर्धा गर्ने निर्णय गरेमा भने औद्योगिक मागको व्यवस्थापन गर्न सक्ने अवस्था छ।

प्राधिकरणका अनुसार, हाल ३० हजार मेगावाट आवर बराबरको माग छ भने भारतबाट करिब १२ हजार मेगावाट आवर आयात हुने गरेको थियो। यस १३ हजार मेगावाट आवर प्राधिकरण र सहायक कम्पनी तथा निजी क्षेत्रबाट ७ हजार मेगावाट आवर उत्पादन भईरहेको छ। विद्युतको मागमध्ये करिब १८ हजार मेगावाट आवर घरायसी तथा १२ हजार मेगावाट आवर औद्योगिक लगायतका क्षेत्रमा माग छ। मेगावाटको आधारमा भन्दा १६ सय मेगावाटको बिजुलीमा स्वदेशी उत्पादन ११ सय मेगावाट मात्र छ भने ५ सय मेगावाटभन्दा बढी आयातित बिजुलीले माग धान्नुपर्ने अवस्था छ। यो तथ्यांकले भारतबाट आयात नहुँदा औद्योगिक क्षेत्रमा पूर्ण लोडसेडिङ गर्नुपर्ने र घरायसी क्षेत्रमा भने विद्युतको व्यवस्थापन भई तत्काल लोडसेडिङ हुने अवस्था देखिदैन तर माग बढ्दै गएको तथा कुनै विद्युत प्लान्टमा समस्या आएमा भने लोडसेडिङ गर्नुपर्ने अवस्था सिर्जना हुनेछ। “बिजुली व्यवस्थापनको चरम संकटमा नेपाल पुगिसक्यो, कि ३६/३७ रुपैयाँमा बिजुली किनेर घाटामा भएपनि बेच्छु भनेर प्राधिकरणले भन्नुपर्यो, यस्तो अवस्था रहेमा विद्युत प्राधिकरणको वित्तिय अवस्था टाट पल्टिने अवस्थामा पुग्छ,” प्राधिकरणका एक अधिकारीले भने, “सरकारले हालसम्म अहिले आएको चरम संकटको समाधानका लागि के गर्ने भनेर कुनै चासो देखाएको छैन, प्राधिकरण पनि टाट पल्टिने गरी बिजुली किनेर वितरण गर्न सक्ने अवस्थामा छैन।”

उनका अनुसार, सरकारले जलाशययुक्त आयोजना बनाउन वेवास्ता गर्दा तथा २५ प्रतिशतसम्म बिजुली रिजर्भ गर्ने अन्तर्राष्ट्रिय प्रावधानबारे जानकार हुँदा हुँदै बिजुली खेर गएको नाममा आरओआर आयोजनाको पीपीए रोक्दा अहिले हिउँदमा बिजुली व्यवस्थापन धेरै चुनौतीपूर्ण बनेको छ। तर ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवाल भने बिजुली व्यवस्थापनको काम प्राधिकरणले गरिरहेको र मन्त्रालयले प्राधिकरणसँग समन्वय गरी काम गरिरहेको बताउनुहुन्छ।

२०७२ सालमा १० बर्षमा १० हजार मेगावाट र पछि २०७५ सालमा १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गरेको सरकारले यसमध्ये करिब ५० प्रतिशत जलाशययुक्त आयोजनाबाट उत्पादन गर्ने घोषणा गरेको छ। एक प्रदेश एक जलाशययुक्त आयोजनाको नारा पनि दिएको छ तर हालसम्म अर्ध जलाशय किसिमको तनहुँ हाइड्रो बाहेक कुनै जलाशययुक्त आयोजनाको निर्माण सुरु भएको छैन।

विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएर तुरुन्तै निर्माण जान सक्ने बुढीगण्डकी र पश्चिम सेती जलाशययुक्त आयोजना पनि सरकारकै वेवास्ताले अघि बढ्न सकेका छैनन्। यता सरकारले तोकेको कोटा पुगेको भन्दै विद्युत प्राधिकरणले तीन बर्षदेखि आरओआर आयोजनाको पीपीए रोकेको छ। “कम्तीमा २५ प्रतिशत रिभर्ज बिजुली राखे पो हिउँदमा पनि बिजुलीको अभाव हुँदैन, तीन बर्षदेखि पीपीए रोकिएको छ, जलाशययुक्त आयोजना बन्न सकेको छैन,” प्राधिकरणका अधिकारी भन्छन्, “मन्त्री, प्रधानमन्त्रीलाई मतबल छैन, यस्तो ऊर्जा संकटको प्रक्षेपणपछि त सरकार सक्रिय हुनुपर्ने हो,” उनी नेपालमा जलाशययुक्त आयोजना निर्माण नभएसम्म हिउँदमा परनिर्भर हुनुपर्ने र जलाशययुक्त आयोजना निर्माण सुरु भएपछि निर्माण सम्पन्न हुन कम्तीमा ८ बर्ष लाग्ने भएकोले यस्ता संकट आईरहने हुनाले यसतर्फ सरकारको गम्भीर ध्यान जानुपर्ने उनी बताउँछन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Thursday, March 17, 2022

बन्यो न्यू बुटवल २२० केभी सबस्टेसन

 


काठमाण्डौ, ३ चैत । नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०÷१३२ केभी न्यू बुटवल सबस्टेसनको निर्माण कार्य पूरा भएको छ । 

नेपाल सरकारकोे लगानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि ८ नेभेम्बर २०१७मा करिब एक अर्ब आठ करोड रुपैयामा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एक अर्ब पाँच करोड रुपैयाँमा २३ नोभेम्बर २०२१मा सम्पन्न भएको थियो 

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि  न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको  दोस्रो ठूलो विद्युत् हब बन्ने छ । 

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फ दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ । 

बर्दबाट–न्यू बुटवल  २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ । 

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माणले ठूलो योगदान दिनेछ । 

निर्माण सम्पन्न सवस्टेशनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गर्दै नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन ।  

रसिया र युक्रेनबीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन ।  

ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए । नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिंदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानी क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३÷११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले नेपालको विद्युत महसुल सस्तो रहेको र मागेजति विद्युत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे । 

एसियाली विकास बैक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख  रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे । 

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । 


Monday, March 7, 2022

नियमन आयोग अध्यक्ष र सदस्यद्धय बर्खास्त, नयाँ पदाधिकारीका लागि दरखास्त आह्वान


 काठमाण्डौ, २३ फागुन ।

सरकारले विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह तथा सदस्यद्धय रामेश्वरकुमार कलवार र भगिरथी ज्ञवालीलाई बर्खास्त गरी नयाँ पदाधिकारीहरुको लागि दरखास्त आह्वान गरेको छ । 

एक साता अघि मन्त्री परिषदले उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेसँगै ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले अध्यक्ष र तीन सदस्यसहित चार जना पदाधिकारीहरु नियुक्ति गर्नका लागि सोमबार दरखास्त आह्वान गरेको हो । ऊर्जा सचिव देवेन्द्र कार्कीले आयोगका पदाधिकारीहरु बर्खास्त गर्ने सरकारको निर्णयपछि अध्यक्षसहित सदस्यहरु नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको जानकारी दिए । “आयोगका अध्यक्ष र सदस्यहरुलाई सरकारले बर्खास्त गरेपछि नयाँ नियुक्तिका लागि मन्त्रालयले आह्वान गरिसकेको छ, उनीहरुलाई यसबारे जानकारी गराउनका लागि आइतबार मात्र नियमन आयोगको कार्यालयलाई भनिसकिएको छ ।”–उनले भने । 

बर्खास्तीमा परेका सिंहले भने बर्खास्तीबारे हालसम्म पत्र पाईनसकिएको र पत्र तयार पारेको थाहा भने पाएको बताए । नियमन आयोगका सचिव गोकर्णराज पन्थले भने बर्खास्तीमा परेका सबैलाई पत्र पठाउने कार्य भईरहेको जानकारी दिए । अध्यक्ष र दुई सदस्य बर्खास्तीमा परेपनि नियमन आयोगको वेभसाइटमा भने सोमबार दिउँसो तीन बजेसम्म उनीहरुको नाम र फोटो हटाइएको छैन ।  बर्खास्तीमा परेका अध्यक्ष र सदस्यहरुको भने यसको विरुद्ध अदालत जाने तयारीमा छन् । 

दुई साता अघि विद्युत  नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताको छानबिन गर्न गठित समितिले कार्य सम्पादन चित्त बुझ्दो नभएको निष्कर्षसहित प्रतिवेदन बुझाएको  थियो । ८ पुसमा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्ष र पुर्व सहसचिव विष्णुबहादुर थापा र पुर्व सुपरिटेन्डेन्ट इन्जिनियर आशिष घिमिरे सदस्य रहेको समितिले बुझाएको प्रतिवेदनमा आयोगका अध्यक्ष र सदस्यद्धयले जिम्मेवारी वहन गर्न नसक्दा  आयोगको काम, कर्तव्य र अधिकारमा असर पर्न गएको देखिएको उल्लेख थियो । सोही प्रतिवेदनको आधारमा ऊर्जा मन्त्रालयले उनीहरुलाई बर्खास्तीका लागि मन्त्री परिषदमा प्रस्ताव लगेको थियो । 

बर्खास्तीपछि विद्युत नियमन आयोगको रिक्त पदहरूमा अध्यक्षसहितका पदाधिकारी नियुक्ती प्रक्रिया अघि बढाइसकेको छ । मन्त्रालयले विद्युत नियमन आयोग ऐन,२०७४ को दफा ५ बमोजिम आयोगको १ जना अध्यक्ष र एक महिला सदस्यसहित ३ पदका लागि दरखास्त आह्वान गरेको हो । अध्यक्षसहित पाँच सदस्यीय आयोग पदाधिकारीहरुका लागि यस अघिनै मन्त्रालयले एक जनाको लागि दरखास्त आह्वान गरी नियुक्ति गर्ने प्रकृया अघि बढाईसकिएको छ ।  

रिक्त पदका लागि योग्य इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको मितिले १५ दिनभित्र ऐनको दफा ७ को उपदफा (१) मा भएको व्यवस्था बमोजिम दरखास्त दिनुपर्ने जारी सार्वजनिक सुचनामा उल्लेख छ ।

 सरकारले घोषणा गरेको स्थानीय चुनावको ६० दिन अघिदेखि निर्वाचन आचारसंहिता लागु हुने हुनाले ३० फागुनभित्र नियुक्त गर्न नसकेमा भने निर्वाचनपछि मात्र नियुक्ति हुने सम्भावना छ । 

हाल आयोगका पदाधिकारीहरु नहुँदा जलविद्युतका विद्युत खरिद सम्झौता (पीपीए), व्यापारिक उत्पादनको म्याद थप, सेयर र हकप्रद सेयर जारी, मर्जरज लगायतका अधिकांश काम ठप्प छ । निजी जलविद्युत प्रवद्र्धकहरुले भने यसले जलविद्युत उत्पादनमा ठूलो असर पर्ने बताउँदै निजी क्षेत्रलाई छिटो सेवाको व्यवस्था गर्न माग गर्दै आएका छन् ।


Sunday, March 6, 2022

रुस–युक्रेन युद्धको असर नेपालमा लोडसेडिङ र इन्धन आपुर्ति ठप्प हुने सम्भावना

https://ekagaj.com/article/finance/89826/

https://ins.news/archives/1029

फाल्गुन २२, २०७८ आइतबार

 इन्धन भाउ वृद्धिले निगम टाट पल्टिने अवस्थामा

नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ६ सय मेगावाटको हाराहारीमा विद्युत आयात गरिरहेको छ भने यसमध्ये चार सय मेगावाटभन्दा बढी भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) बजारबाट आयात गरिरहेको छ।

प्रत्येक १५ मिनेटका लागि फरक फरक मूल्य हुने र दिनको ९६ पटक मूल्य निर्धाणर हुने सो बजारमा पछिल्लो रुस–युक्रेन युद्धले आयातित कोइलामा भएको समस्याकै कारण प्रति युनिट बिजुलीको मूल्य २० भारतीय रुपैयाँ अर्थात ३२ रुपैयाँ नेपालीसम्म पुगेको छ।

२१ सय मेगावाट विद्युत उत्पादन क्षमता भएपनि पिक आवरमा १४ सय मेगावाट बिजुली माग रहेको नेपालले भारतबाट विद्युत आयात गर्न नसकेमा पुनः देश लोडसेडिङ्कमा जाने निश्चित छ। पछिल्लो समयमा पीटीसीमार्फत टनकपुरबाट विद्युत प्राधिकरणले प्रति युनिट भारु ४.१२ पैसामा आयात गर्दै आएको ७० मेगावाट बिजुलीमा कटौती भएको छ।

हाल टनकपुरबाट समेत विद्युत प्राधिकरणले वाध्यतावश आईईएक्सबाट आयात गर्दै आएको छ। युद्धको कारण भारतमा आयातित हुने कोइला घट्दै जाँदा र युद्ध लामो समयसम्म जारी रहेमा बिजुली उपलब्धतामा चरम संकट आउने अवस्था छ।

यस्तै चरम संकटमा पर्ने अवस्थामा नेपाल आयल निगम पनि छ। युद्धको कारणले इन्धनको मूल्य वृद्धिले ऐतिहासिक रेकर्ड राखेको छ। आयल निगमका अनुसार, युद्धपछिको इन्धन आउन बाँकी रहेकोले अझै यसमा उच्च वृद्धि हुनेछ भने यसले हाल भईरहेको करिब ५ अर्बको घाटालाई मासिक रुपमा १० अर्ब पुर्‍याउनेछ। मूल्य वृद्धि गर्दा पनि यस्तो घाटा बेहोर्नुपर्दा आयाल निगम टाट पल्टिने अवस्थामा पुगेको छ भने युद्ध लम्बिरहेमा भविष्यमा इन्धनको आपुर्ति ठप्प हुने अवस्था सिर्जना हुँदैछ।

माथिका यी दुई उदाहरणले नेपालको ऊर्जा सुरक्षा जटिल मोडलमा पुगेको छ तर सरकारले यसलाई गम्भीरताका साथ लिएको छैन।

“आयल निगम टाट पल्टिने अवस्थामा पुगेको छ, यस्तै घाटा बढ्दै जाने हो भने थेग्न नसकेर इन्धनको आपुर्ति ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ। अर्कोतिर भारतमा आयातित कोइलामा आएको कटौतीसँगै बिजुली आयात नहुने सम्भावना बढ्दैछ, यसो भएमा ६ घण्टासम्म लोडसेडिङ्ग हुने अवस्था आउन सक्छ” एक सरकारी अधिकारीले भने “न सरकारसँग यसलाई कसरी समाधान गर्ने भनेर रणनीति छ, न यसप्रति गम्भीरताका साथ चासो लिएको नै छ।”

इन्धन आयातमा नेपाल पूर्ण परनिर्भर छ भने बिजुली आयातमा पनि हिउँदमा ४० प्रतिशतको हाराहारीमा परनिर्भर हुनुपर्ने अवस्था छ। सरकारले दुई दशकभन्दा अघिदेखि आयात न्यूनीकरणको नीति र रणनीति बनाएपनि आयात भने झन बढ्दो छ। आयल निगमका अनुसार, इन्धन आयात प्रतिशत १५ प्रतिशतले वृद्धि हुँदै गएको छ।

यता बिजुलीमा पनि नेपालमा जलाशययुक्त आयोजना निर्माण नभएसम्म हिउँदमा परनिर्भर हुनुपर्ने अवस्था छ तर जलाशययुक्त आयोजना निर्माणतिर सरकारको ध्यान गएको छैन। जलाशययुक्त आयोजना निर्माण सुरु भएपछि निर्माण सम्पन्न हुन कम्तीमा ८ बर्ष लाग्छ तर तयारी अवस्थामा रहेका बुढीगण्डकी, पश्चित सेती लगायतका जलाशययुक्त आयोजना पनि अघि बढ्न सकेका छैनन्।

बिजुली कटौती भए लोडसेडिङ्ग

विद्युत प्राधिकरणका प्रवक्ता शुरेश भट्टराईका अनुसार, युक्रेन युद्धको प्रभावकै कारण भारतीय एक्सचेन्ज बजारमा प्रति युनिट ३.८० सम्म रहेको बिजुलीको भाउ बढेर २० रुपैयाँसम्म पुगेको छ भने सरदरमा पनि ४.५५ भारु भन्दा बढी छ।

भारतबाट बिजुली आयात बन्द भएमा बिजुली आपुर्तिका लागि अर्को विकल्प नभएको बताउँदै प्रवक्ता भट्टराई अझै बिजुलीको भाउ प्रति युनिट २० भन्दा बढी जान सक्ने र यस्तो बेलामा उद्योगहरूलाई एउटा पिकमा ऊर्जा नदिएर त्यो बेला नचलाऊ र अरु बेला चलाऊ भन्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् ।

“भारतबाट बिजुली आयात हुन नसकेमा र अति महंगो भएर आयात गर्न सक्ने अवस्था नभएमा त्यो यसमा रणनीतिहरू परिवर्तन गर्नुपर्ने हुन्छ, घरघरको बिजुली त काटिदैन तर उद्योगहरुलाई सीमित समयका लागि कटौती गर्नुपर्ने हुन सक्छ” प्रवक्ता भट्टराई भन्‍छन् ।

३२ रुपैयाँमा बिजुली किनेर नेपालले ८/९ रुपैयाँमा बेच्न प्राधिकरणले नसक्ने उहाँको तर्क छ, “ भारतबाट पावर नआएमा हामी थेग्न सक्दैनौ, अहिले एक्सचेञ्जमुमा लिईरहेका छौ, अहिले साढे ६ सय मेगावाटसम्म दिउँसो आयात गरिरहेका छौ, राती अहिल कम हुन्छ, यो बिजुली भारतबाट आएन भने ऊर्जा संकट आउँछ।”

हाल विद्युत प्राधिकरणले तामाकोशी, कुलेखानी, कालीगण्डकी, मर्स्याङ्दी लगायतका आयोजनाको करिब सात अर्ध जलाशययुक्त आयोजनाको बिजुलीबाट आपुर्ति धानिरहेको छ। अहिलेको अवस्थामा आयात बन्द भएमा बिजुली थपको सम्भावना पनि छैन। “१४ मेगावाटको डिेजेल प्लान्ट त तयारी अवस्थामा तर डिजेलबाट चलाउन महंगो र पाउन पनि कठिन छ, अर्को ३९ मेगावाटको मल्टिफ्यूल बन्द भैसक्यो” प्रवक्ता भट्टराई भन्‍छन् ।

इन्धन भाउ वृद्धिले निगम टाट पल्टिने अवस्थामा

१६ रुपैयाँ घाटा खाएर पनि पेट्रोल प्रति लिटर १५०, साढे ११ रुपैयाँ घाटा खाएर डिजेल १३३, २३ रुपैयाँ घाटा खाएर आन्तरिक हवाई इन्धन १३६ र ६० रुपैयाँ घाटा खाएर बाह्या हवाई इन्धन १.२९५ डलर तथा र ६६५ घाटा खाएर प्रति सिलिण्डर १५७५ रुपैयाँमा निगमले विक्री गरिरहेको छ। आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशील भट्टराई युद्ध भएपछिको इन्धन अझै आइनपुगेकोले अझै मूल्य अत्याधिक हुने बताउँछन् ।

“युद्धपछिको भाउ बढेको आउनै बाँकी छ, अबको दुई हप्तापछि आउने मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हुन्छ, अहिलेभन्दा २० रुपैयाँभन्दा बढी मूल्य वृद्धि हुन्छ, आयाल निगमको अहिले घाटा ४ अर्बबाट प्रति महिना १० अर्ब पुग्छ” कार्यकारी निर्देशक भट्टराई भन्‍छन् “वित्तिय रुपमा नेपाल आयल निगम टाट पल्टिने अवस्थामा पुगिसक्यो, दैनिक घाटा मात्र १७ करोड भन्दा बढी छ, यसको घोषणा हुन मात्र बाँकी छ।”

उनका अनुसार, रकम अपुग भएर फेरि निगमले मूल्य स्थितीकरण कोषबाट ४ अर्ब मागिसकेको छ भने फेरि आगामी २३ तारिखपछि तीन अर्ब थप माग्नुपर्ने अवस्थामा निगम छ ।

“चरम संकटमा हामी पुग्न लागिसकेका छौ, भयावह हुँदैछ, यसले डलर सिध्याउँदैछ, विकास निर्माणमो लागत बढ्दैछ, जनजीवन महंगिदै छ” कार्यकारी निर्देशक भट्टराई भन्‍छन्, “यस्तो निगमलाइ संकट बेला ट्यांकर, पेट्रोल र ग्याँस व्यवसायीले गठबन्धन गरेर कमिसन बढाउनका लागि भन्दै आन्दोलन गर्न लाग्दा झन इन्धन आपुर्तिको अवस्था भयावह हुँदैछ।”

पहिला निगमले प्रतिशतको आधारमा प्रति लिटर पेट्रोलमा ३.४ र डिजेलमा ३.१ प्रतिशत कमिशन दिएको थियो र १४५ रुपैयाँपछि चरम घाटालाई दृष्टिगत गरी यसलाई स्थिर राखेको छ तर व्यवसायीहरूले बढेको मूल्य अनुसारको कमिशन दिनुपर्ने माग गर्दै आएका छन्।

कार्यकारी निर्देशक भट्टराई भन्‍छन्, “५/१० रुपैयाँ बढाउँदा पनि बढाउनुपर्यो भन्ने उहाँहरूको माग छ, गत एक बर्षदेखिको कमिसन मात्र हेर्ने हो भने एक प्रतिशत बढेको छ, अहिले ५ रुपैयाँ बढ्दा पनि बढेको चाहियो भनेर गठबन्धन गरेर आन्दोलन गर्दै हुनुहुन्छ, यो भनेको लिटरमा १२ पैसा हो, निगमको चरम घाटालाई हेरेर अहिले थप लिनुस भन्दा पनि मान्नुभएको छैन अप्राकृतिक रुपले मूल्य वृद्धि मुनाफामाथि मुनाफा माग्नु त भएन नि।”

प्रति महिना ग्याँस ५० मेट्रिक टन, पेट्रोल ७० हजार केएल, डिजेल १ लाख ५० हजार केएल र हवाई इन्धन १५ हजार केएल आयात भइरहेको निगमले जनाएको छ।  (श्रोत: INS NEWS-स्वतन्त्र समाचार)