Wednesday, November 29, 2017

ठुला आयोजनाको डिपीआर नेपाली इन्जीनियरिङ्ग

ठूला जलविद्युत् आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) विदेशी परामर्शदाता कम्पनीबाटै मात्र हुने गरेकामा ४२६ मेगावाटको फुकोट जलविद्युत् आयोजनासहित दुई ठूला आयोजना नेपाली कम्पनीबाटै गरिने सम्झौता भएको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले अघि बढाउन लागेको फुकोट जलविद्युत् आयोजना र राष्ट्रिय योजना आयोगले प्रत्येक स्थानीय निकायमा ऊर्जा उत्पादन गर्ने गरी अघि बढाउन लागेको योजनाको अध्ययन नेपाली कम्पनीबाटै हुन लागेको हो । आयोगले ७ सय ५३ निकायमै ऊर्जा उत्पादन गर्ने गरी योजना अघि बढाएकोमा यसको अध्ययन कार्य कम्पनीले अघि बढाएको छ । 
दुवै आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको काम नेपाली विद्युत् प्राधिकरणकै सहायक कम्पनीको रूपमा गठित इन्जिनियरिङ कम्पनीले गर्ने गरी सम्झौता भएको हो । विगतमा भएका अधिकांश ठूला जलविद्युत् आयोजनाहरूको लागि विदेशी परामर्शदाता कम्पनी ल्याउनुपर्ने र उनीहरूले मात्र डीपीआर निर्माण गर्ने गरेका थिए । करिब आठ महिना अघि २६ वैशाखमा दाता भएको र साउनदेखि मात्र कारोबारलगायतका व्यवस्थापनका लागि स्वीकृति पाएको इन्जिनियरिङ कम्पनीले ४२६ मेगावाट आयोजनाको एवं इन्जिनियरिङ डिजाइनको काम अघि बढाउन उत्पादक कम्पनी र ऊर्जा उत्पादनको काम अघि बढाउन आयोगसँग सम्झौता गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले जानकारी दिए । “भर्खरै गठन भएको इन्जिनियरिङ कम्पनीले १८ महिनाभित्र विस्तृत अध्ययन र इन्जियिरिङ डिजाइन गर्नका लागि उत्पादन कम्पनी र आयोजनासँग सम्झौता गरेको छ ।”–प्रमुख कार्यकारी अधिकृत शाक्यले भने–“आवश्यकताको आधारमा फुकोटमा केही विदेशी परामर्शदाता समेत ल्याएर विस्तृत अध्ययनको काम अघि बढाउँछौं ।” उनका अनुसार विगतमा डीपीआरका लागि विदेशी परामर्शदाता कम्पनी र परामर्शदाताहरूलाई नै बढी ल्याउने गरिएकोमा यति ठूला आयोजनाको विस्तृत अध्ययन गर्ने यो नेपालको पहिलो परामर्शदाता कम्पनी हो । यसैगरी ५ वर्षभित्र ५ सय किलोवाटदेखि एक मेगावाटसम्मको ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउने लक्ष्यसहित कम्पनीले अध्ययन अघि बढाएको र तीन महिनाभित्र अध्ययन सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ । यसका लागि सोमबारदेखि सबै जिल्लामा ३२ जना प्राविधिक संलग्न १६ टोली खटाइएको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए । 
डीपीआर गर्नका लागि नेपालमा पूर्ण रूपमा विज्ञ नभएकाले आवश्यकताको आधारमा थोरै विदेशी परामर्शदाता ल्याएर फुकोटको डीपीआर सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
कालिकोटको कर्णाली नदीमा निर्माण हुन लागेको यो आयोजना पिकिङ रन अफ दि रिभर (पीआरओआर) आयोजना हो । २१ सय १०.०२ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना सेना, प्रहरी, शिक्षक र निजामती कर्मचारीले लगानी गरेर निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सीजीजीसीद्वारा बूढीगण्डकी समझदारी खारेजी निर्णय उल्ट्याउन पत्राचार


https://karobardaily.com/news/development/589
सरकारले आफूसँगको समझदारी एकतर्फी रूपमा खारेज गरेको भन्दै चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)ले बूढीगण्डकी जलाशययुक्त आयोजनाका सम्बन्धमा गरिएको निर्णय उल्ट्याउन आग्रह गरेको छ । आयोजना निर्माणको समझदारी भंग गर्ने सम्बन्धमा उल्लेखित शर्त पालना नगरिएको भन्दै कम्पनी रुष्ट देखिएको छ । कम्पनीले सरकारलाई लेखेको पत्रमा सहमति रद्द गर्नुपूर्व तीस दिने सूचना दिनुपर्ने भएपनि नदिइएको उल्लेख छ ।
सीजीजीसीले ऊर्जा मन्त्रालयलाई लेखेको पत्रमा समझदारी पत्रमा हस्ताक्षर भएका बेला उल्लेख भएको प्रावधानअनुसार सरकारले सम्झौता खारेज गर्न नसक्ने जिकिर गरिएको छ । तर, ऊर्जा मन्त्रालयले भने मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई चिनियाँ कम्पनीले चुनौती दिन नसक्ने जनाएको छ । ऊर्जाका एक अधिकारीले भने, “मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चुनौति दिन नसक्ने अवस्थामा विवादास्पद चिनियाँ कम्पनीले खारेज हुन सक्दैन भन्नु आफैंमा कुतर्कबाहेक केही होइन ।” 
मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीको जानकारी पठाएका ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जनलाई सम्बोधन गरेर सीजीजीसीले लेखेको पत्रको बोधार्थ प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई दिइएको छ । कम्पनीको तर्फबाट आधिकारिक प्रतिनिधि युआन हिजोङले लेखेको पत्रमा रद्द गर्नु जायज नभएको भन्दै पत्रमा समझदारीामा दिइएको विशेष प्रावधानको आधारमा रद्द गर्न नमिल्ने जिकिर गरिएको छ । पत्रमा आगामी डिसेम्बर १ (मंसिर १५)सम्ममा यसबारे स्पष्ट पार्न भनिएको छ । वैधानिक रूपमा रद्द नगरिएको भन्दै पत्रमा नेपाल सरकारको पत्रबाट अचम्मित भएको भन्दै कम्पनीले खेद व्यक्त गरेको छ । समझदारीको वैधानिक आधारमा आफूहरूसँग सम्झौता नतोडिएको उल्लेख गर्दै पत्रमा चीनको वान् वेल्ट वान् रोड परियोजनामा समेत समावेश गरिएको परियोजना रद्द हुननसक्ने भन्दै यसको निर्णय उल्ट्याउन अनुरोधसहित पूर्ण इमान्दारका साथ अघि बढ्न सरकारलाई भनिएको छ । 
पत्रमा सन् २०१६ देखि नेपाल सरकारसँग पटकपटक वार्ता भएर तथा विभिन्न समयमा नेपालका प्रधानमन्त्री, ऊर्जामन्त्री लगायतसँग सम्झौता गरी अघि बढेको उल्लेख गर्दै आयोजना अघि बढाउनका लागि कम्पनीले ५० जनाको अनुभवी विज्ञको समूह बनाएको, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को पुनर्विचार गरिरहेको, वित्तीय व्यवस्थापनका लागि चिनियाँ वित्तीय निकायका प्रतिनिधिहरूसँग छलफल गरिरहेको उल्लेख छ । चार बर्ष अघि विकास समिति मातहतमा पुगेको १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना सरकारको पछिल्लो निर्णयसँगै पुनः नेपाल विद्युत् प्राधिकरणमै फर्किएको छ । 
चिनियाँ कम्पनीसँग पुष्पकमल दाहाल सरकारले गरेको समझदारी मन्त्रिपरिषद्ले कात्तिक २७ मा खारेज गरेको थियो । खारेजपछि मन्त्रिपरिषद् बैठकले स्वदेशी लगानीमा निर्माण गर्ने गरी बूढीगण्डकी जलविद्युत् आयोजनाको जिम्मा नेपाल विद्युत् प्राधिकरणलाई दिने निर्णय गरिसकेको छ । विकास समितिमार्फत अघि बढेका दुवै आयोजनालाई कम्पनी मोडेलमा जाने भन्दै गत वैशाखमा सरकारले कम्पनी मोडेलमा लैजाने निर्णय गरेको थियो भने सोही सरकारले ९ जेठमा नेपालमा कर छली अभियोगमा मुद्दा खेपेको सीजीजीसीलाई दिने निर्णय गरेको थियो । जेठ २० मा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र चिनियाँ कम्पनीका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको निर्देशन दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान मन्त्रिपरिषद्ले समझदारी खारेज गरेको थियो ।

Monday, November 27, 2017

भारतीय विद्युत् कटौतीले आपूर्ति चुनौतीपूर्ण बन्दै

https://karobardaily.com/news/development/551
भारतबाट आयात हुने विद्युत् कटौती भएसँगै हिउँदका लागि नेपालमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । भारतीय सर्वोच्च अदालतको फैसलासँगै दुई नाका हुँदै नेपाल आयात हुने ५५ मेगावाट विद्युत् कटौती भएपछि डिसेम्बरदेखि नै विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको हो । भारतको सर्वोच्च अदालतले पेट्रोकोक र फर्निस आयलबाट उत्पादित विद्युत्मा प्रतिबन्ध लगाएपछि  ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने २५ र टनकपुरबाट आयात हुने ३० मेगावाट बन्द भएको छ । भारतको टनकपुरबाट आयात हुने विद्युत् पीटीसीले र  ढल्केबर–मुज्जफरपुरबाट आयात हुने बिजुली एनएनभीएनले पेट्रोकोक र फर्निस आयलबाट विद्युत् उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडबाट किनेर नेपाललाई दिँदै आएका थिए । भारतबाट आयात हुने विद्युत् कटौती भएसँगै हिउँदका लागि नेपालमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । भारतीय सर्वोच्च अदालतको फैसलासँगै दुई नाका हुँदै नेपाल आयात हुने ५५ मेगावाट विद्युत् कटौती भएपछि डिसेम्बरदेखि नै विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको हो । भारतको सर्वोच्च अदालतले पेट्रोकोक र फर्निस आयलबाट उत्पादित विद्युत्मा प्रतिबन्ध लगाएपछि  ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने २५ र टनकपुरबाट आयात हुने ३० मेगावाट बन्द भएको छ । भारतको टनकपुरबाट आयात हुने विद्युत् पीटीसीले र  ढल्केबर–मुज्जफरपुरबाट आयात हुने बिजुली एनएनभीएनले पेट्रोकोक र फर्निस आयलबाट विद्युत् उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडबाट किनेर नेपाललाई दिँदै आएका थिए । डिसेम्बरदेखि पानीको बहाव घट्ने र विद्युत् माग बढ्दै जाने र अहिले कटौती भएको बिजुली भारतीय कम्पनीले दिन नसकेमा विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने प्राधिकरणका अधिकारीहरू बताउँछन् । नोभेम्बरसम्ममा ५५ मेगावाट विद्युत् आयातलाई निरन्तरता दिन नसके अहिले ढल्केबर–मुज्जफरपुरबाट आयात हुने बिजुली नेपालमा चुनावको कारण देखाउँदै दुई महिनाका लागि थपिएकोमा चुनाव र त्यसपछिको वदलिँदो राजनीतिक अवस्थाले नेपाल–भारतबीचको जलस्रोतस्तरीय सचिवस्तरीय बैठक बस्न नसके तथा बढी प्रदूषित तर सस्तो पेट्रोकोक र फर्निस आयलबाट उत्पादित बिजुलीभन्दा अब आयात हुने बिजुलीको भाऊ बढ्ने देखिएको छ । यसले नकारात्मक असर देखाउने लगायतका कारणले भारतबाट आगामी दिनमा विद्युत् आयात कठिन देखिएको उनीहरूको ठम्याइ छ । सचिवस्तरीय बैठक २१ र २२ नोभेम्बरमा हुने भनिएपनि स्थगित भएपछि र अर्को बैठक कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन । नेपालमा निर्वाचनको कारण देखाउँदै प्राधिकरणको अनुरोधमा आगामी डिसेम्बरसम्मका लागि ढल्केबर–मुज्जफरपुरबाट १ सय ४५ मेगावाट सम्झौताको म्याद थपिएको छ भने निर्वाचनपछि सचिवस्तरीय बैठक बस्न नसकेमा डिसेम्बरपछि सो विद्युत् आयात समेत प्रभावित हुने देखिएको छ । ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दिनेश घिमिरे हालको लागि बैठक स्थगित भएपनि एक महिनाभित्र बस्न सक्ने बताउँछन् । “अहिले स्थगित भएपनि एक महिनाभित्र बस्छ, बैठक बस्न नसकेपनि प्राधिकरण सम्बन्धित निकायलाई अनुरोध गरेर सम्झौता थप हुन्छ,” उनी भन्छन् । तर प्राधिकरणका अधिकारीहरू हाललाई नेपालमा चुनावको कारण देखाउँदै केही महिना थपिएपनि पछि थप गर्न समस्या हुने बताउँछन् । प्राधिकरणले भने विद्युत् अभावको कारणले अहिले नेक टु नेक (बिनामार्जिन) विद्युत् आपूर्ति व्यवस्थापन भईरहेकोले थोरै मात्र पनि प्रणालीमा नआउँदा कठिन हुने जनाएको छ । “५५ मेगावाट विद्युत् आयातमा कटौती भएपछि खरिद गर्दै आएका निकायहरूलाई वैकल्पिक व्यवस्थाका लागि अनुरोध गरेका छौं, उहाँहरूले आश्वासन दिनुभएको छ,” विद्युत् प्राधिकरण विद्युत् व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता प्रवल अधिकारीले भने, “आगामी डिसेम्बरपछि खोलानालामा पानीको बहाव कम र विद्युत् माग बढ्दै जाने हुँदा र थोरै विद्युत् कटौती हुँदा समेत नेक टु नेक सञ्चालनमा रहेकोले प्रणाली सञ्चालनमा कठिनाई हुन्छ, यलाई सुक्ष्म अध्ययन गरेर थप उपायको खोजी गरिरहेका छौं ।” विद्युत् प्राधिकरणले आगामी हिउँदमा १४ सय मेगावाट माग पुग्ने तथा विद्युत् प्राधिकरणमार्फत ४ सय २० मेगावाट, निजी क्षेत्रको १ सय ६० मेगावाट र भारतबाट ४ सय ७० मेगावाट आयात गरी ११ सय मेगावाट आपूर्ति गरिने र ३ सय मेगावाट कम हुने प्रक्षेपण गरेको छ । प्राधिकरणको यो तथ्यांकले आगामी हिउँद पनि लोडसेडिङमुक्त हुने देखिएको छ । तर, फेरि भारतीय सर्वोच्च अदालतको निर्णयसँगै थप विद्युत् आयातमा समस्या देखिएको छ । गत वर्ष प्राधिकरणले ३ सय ९९ मेगावाटसम्म विभिन्न नाकाबाट आयात गरेको थियो भने यस बर्ष त्यसलाई बढाएर ४७० मेगावाट पु¥याउने लक्ष्य छ । टनकपुर सम्झौताबवापत नेपालले पाउने ७ करोड युनिट बिजुली हाल प्राधिकरणले आयात नगरी बढी माग हुने हिउँदमा आयात गर्ने लक्ष्य राखे पनि विद्युत् कटौती भएपछि हाल सो नाकाबाट १२ देखि १६ मेगावाट विद्युत् आयात गरेर तत्कालीन मागलाई व्यवस्थापन गरिरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्षभन्दा यो वर्ष कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारणलाइन निर्माण भएर ५०÷५० मेगावाट थप भएपछि आपूर्ति व्यवस्थापन केही सहज भएको छ ।

Saturday, November 25, 2017

प्राधिकरणमै फर्कियो बूढीगण्डकी

https://www.karobardaily.com/news/country/527
नेपाल विद्युत् प्राधिकरणबाट चार वर्षअघि विकास समितिमातहत पुगेको बूढीगण्डकी जलाशययुक्त आयोजना फेरि प्राधिकरणमै फर्किएको छ । १ हजार २ सय मेगावाट क्षमताको यो आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने पूर्ववर्ती पुष्पकमल दाहाल सरकारको निर्णय उल्ट्याउँदै सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । कात्तिक २७ मा चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)सँगको समझदारी खारेज गरेको मन्त्रिपरिषदले स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै शुक्रबार विद्युत् प्राधिकरणलाई दिने निर्णय गरेसँगै फेरि फर्किएको हो । नेपाल विद्युत् प्राधिकरणबाट चार वर्षअघि विकास समितिमातहत पुगेको बूढीगण्डकी जलाशययुक्त आयोजना फेरि प्राधिकरणमै फर्किएको छ । १ हजार २ सय मेगावाट क्षमताको यो आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने पूर्ववर्ती पुष्पकमल दाहाल सरकारको निर्णय उल्ट्याउँदै सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । कात्तिक २७ मा चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)सँगको समझदारी खारेज गरेको मन्त्रिपरिषदले स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै शुक्रबार विद्युत् प्राधिकरणलाई दिने निर्णय गरेसँगै फेरि फर्किएको हो । मन्त्रिपरिषद् बैठकले स्वदेशी लगानीमा निर्माण गर्ने गरी बूढीगण्डकी जलविद्युत् आयोजनाको जिम्मा प्राधिकरणलाई दिने निर्णय भएको उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जानकारी दिए । उनका अनुसार इन्जिनियरिङ प्रोक्युरमेन्ट, कन्सट्रक्सन एण्ड फाइनान्स (ईपीसीएफ) मोडेलमा आयोजना निर्माण गर्ने गरी निर्णय गर्दै त्यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा अर्थसचिव, ऊर्जासचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत रहेको उच्चस्तरीय समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र ईपीसीएफ मोडलको खाका तयार गरेर सुझावसहितको प्रतिवेदन मन्त्रीपरिषदमा बुझाउने म्यान्डेट दिइएको छ । पाँच वर्षअघि तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विद्युत् प्राधिकरणमार्फत अघि बढाइएको बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत् आयोजना विकास समितिमार्फत अघि बढाउने निर्णय गरेको थियो । यसमा प्राधिकरण र ऊर्जा मन्त्रालयको लामो द्वन्द्वपछि २०७० कात्तिक ३० मा प्राधिकरणले विकास समितिलाई हस्तान्तरण गरेको थियो । विकास समितिमार्फत अघि बढेका दुवै आयोजनालाई गत वैशाखमा सरकारले कम्पनी मोडेलमा लैजाने निर्णय गरेको थियो भने सोही सरकारले ९ जेठमा चिनियाँ कम्पनी सीजीजीसीलाई दिने निर्णय गरेको थियो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र चिनियाँ कम्पनीका प्रतिनिधिबीच सम्झौतामा रातारात हस्ताक्षर भएको थियो । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा प्रतिवद्धता चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाए पनि सफल भएको थिएन । ६ महिनाअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नाटकीय रुपमा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको भन्दै खारेजीका लागि निर्देशन दिएका थिए । सोही निर्णय कार्यान्वयनका लागि भन्दै सरकारले सम्झौता खारेज गरेपछि चुनावपछि आलोचना हुँदै आएको छ । सरकारमै रहेको माओबादी केन्द्र र प्रमुख प्रतिपक्षी केपी ओलीले चुनावपछि बाम सरकार बनेमा यो निर्णय खारेज गर्ने बताउँदै आएका छन् । ओलीकै सरकारले सरकारले आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै पेट्रोलियममा करसमेत लगाउने निर्णय गरेको थियो । यसबाट अहिलेसम्म करिब १२ अर्ब रुपैयाँभन्दा बढी उठिसकेको नेपाल आयल निगमले जनाएको छ । २ खर्ब ५९ अर्ब रुपैयाँ लागत अनुमान रहेको आयोजना स्वदेशी लगानीमै बनाउन सकिने भन्दै संसदको कृषि तथा जलस्रोत समितिले प्रस्तुतीकरण समेत गरेको थियो । तत्कालीन समिति सभापति गगन थापाले पेश गरेको प्रस्तुतीकरणमा नागरिक लगानी कोष, संचय कोष, विमा समिति लगायतलाई समेत उपयोग गरेर आयोजना निर्माण गर्न सकिने उल्लेख थियो । पछि चिनियाँ कम्पनीलाई दिएपछि बूढीगण्डकीबारे विवाद बढेको थियो । पहिला प्राधिकरण मातहतमै रहेको बूढीगण्डकीलाई विकास समितिमा हस्तान्तरण गरेपछि र समितिमा आयोजना बनाउनका लागि दक्ष जनशक्ति नभएको भन्दै त्यो बेला यसको विरोध भएको थियो तर प्राधिकरणले बनाउन नसक्ने भन्दै विकासमा समितिमा लगिएको आयोजना फेरि प्राधिकरणमै फर्किएको छ । उच्चस्तरीय समितिले यसको कार्यविधि बनाएपछि आयोजना कसरी अघि बढ्ने भन्ने टुंगो लाग्ने प्राधिकरणका अधिकारीहरूले जनाएका छन् । जग्गा मुआब्जा तथा पुनस्र्थापनाको जिम्मा सरकारले लिएर हाल पेट्रोलियम पदार्थमा लगाइएको करबाट जम्मा भएको रकमबाट खर्च गर्ने तथा बाँकी कामको लागि प्राधिकरणले माथिल्लो तामाकोसी, चिलिमे लगायतका आयोजनाहरूमा जस्तै सहायक कम्पनी बनाएर स्थानीयबासीलाई समेत सेयर आयोजना बनाउन सकिने उनीहरूको तर्क छ ।प्राधिकरणले सन् २०२० भित्र सम्पन्न गर्ने गरी बूढीगण्डकीको काम अघि बढाएर डेढ वर्ष अघि नै आयोजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि आयोजना कसरी अघि बढाउने भन्ने अन्योल अझै छ । अहिलेको मन्त्रिपरिषद्ले स्वदेशी लगानीमै बनाउने निर्णय गरे पनि पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्तिले आयोजना झन अन्योलमा पर्ने देखिएको छ । जलाशययुक्त आयोजनाको अभावमा स्वदेशी उत्पादनमै विद्युत्मा नेपाल आत्मनिर्भर हुन नसकिरहेको बेला काठमाडौबाट सबैभन्दा ६० किलोमिटर नजिकमा पर्ने यो आयोजनालाई महत्वपूर्ण रूपमा हेरिएको छ । बूढीगण्डकी आयोजना निर्माण भएपछि नेपाल स्वदेशी उत्पादनमै आत्मनिर्भर हुने भएपनि यो आयोजनामा राजनीतिक समस्या समेत थपिएको छ । 

जोखिममा रहेका प्रभावितलाई सुरक्षित ठाउँमा सार्न सुरु


कारोबार संवाददाता
काठमाडौ, ७ मंसीर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नुवाकोटबाट भुकम्पपछि जोखिममा रहेका वस्तीहरुलाई सार्न सुरु गरेको छ ।
भुकम्प गएको साढे दुई बर्षपछि  बल्ल जोखिमयुक्त बस्तीमा रहेका परिवारलाई सार्न सुरु गरिएको हो ।  प्राधिकरणको निर्णय बमोजिम सरकारको दुई लाख रुपैया अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरी सार्ने प्रकृया अघि बढेको प्राधिकरणले जनाएको छ । भौगर्भिक अध्ययन अनुसार नुवाकोटको बिकट उर्लेनीमा रहेका ७१ घर परिवार जोखिमयुक्त वस्तीमा बस्दै आएकोमा पहिलो चरणमा उनीहरुलाई सार्न सुरु गरिएको हो ।
२४ लाभग्राहीले नुवाकोटस्थित साविकको खरानीटार गाविस (हाल ताँदी गाँउपालिका) मा घर निर्माणका लागि जग्गा छनौट गरेपछि जग्गाधनी र लाभग्राहीको मञ्जुरीमा सरकारको दुई लाख रुपैया सहयोगमा ८ रोपनी जग्गा खरिद गरिएको प्राधिकरण कार्यकारी समितिका सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए । प्राधिकरणको स्वीकृतीमा जग्गा छनौट गरी सुरक्षित ठाँउको रुपमा रहेको उक्त जग्गा लाभग्राहीको नाममा दर्ता गरिएको छ । उक्त जग्गा खरिदका लागि प्राधिकरणले ४८ लाख रुपैया निकासा गरेको थियो ।
भूगर्भ्विद्हरुले गरेको अध्ययन अनुसार उक्त स्थान मानव वस्तीका लागि उपयुक्त नभएको पाइएपछि प्राधिकरणले उनीहरुलाई सुरक्षित स्थानमा सार्न पहल शुरु गरेको थियो । जोखिममयुक्त वस्तीबाट नयाँ स्थानमा सर्न घडेरी खरिद गरेका लाभग्राहीले सरकारी मापदण्ड पु¥याएर निजी आवास पुनर्निर्माणका लागि थप ३ लाख रुपैया समेत अनुदान पाउनेछन् । ‘सुरक्षित ठाँउमा घडेरी खरिद गरेका उनीहरुले एकीकृत वस्ती बिकासको अवधारणा अनुसार घर पुनर्निर्माण शुरु गर्नेछन् र एकीकृत वस्ती बिकासका लागि प्रोत्साहन गर्ने प्राधिकरणको नीति अनुसार सरकारले त्यस्तो वस्तीमा सामाजिक पुर्वाधारको समेत बिकास गर्नेछ ।’–सदस्य शर्माले भने ।
एकीकृत वस्ती बिकास सम्बन्धी कार्य्विधि अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा शहरी क्षेत्रमा ३ लाख रुपैयासम्म प्रति घरपरिवारको हिसावले सरकारले पुर्वाधार बिकास लागि खर्च गर्ने व्यवस्था छ । २८ असार २०७४ मा  प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दर्शौ बैठकको निर्णय अनुसार सरकारले जोखिमयुक्त वस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो ।

राहुघाट जलविद्युतको ठेक्का भारतीय कम्पनीलाई


कारोबार संवाददाता
काठमाडौ, ७ मंसीर ।
नेपाल विद्युत प्राधिकरणले ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको सिभिल निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिएको छ ।
प्राधिकरणले इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) मोडलमा आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल वक्र्सको ठेक्का भारतको जयप्रकाश एसोसियट्स कम्पनीलाई दिएको हो । प्राधिकरण उत्पादन निर्देशानालयका उपकार्यकारी निर्देशक हरिराज न्यौपानेका अनुसार, निर्माण सुरु भएको चार बर्षभित्र सम्पन्न गर्ने गरी भारतीय कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।
दुई महिनाभित्र आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । प्राधिरकणले ठेक्का दिने निर्णयसँगै स्वीकृतिका लागि प्राधिकरण भारतीय एक्जिम बैकलाई पठाउने र स्वीकृति भएर आएपछि निर्माणका लागि प्रकृया अघि बढ्ने प्राधिकरणले जनाएको छ । भारतीय एक्जिम बैकको ऋण सहयोग समेत गरी ९ अर्बको लागतमा निर्माण हुन लागेको आयोजनाको पहिलाको क्षमता ३२ मेगावाट रहेकोमा बढाएर ४० मेगावाट पुर्याइएको प्राधिकरणले जनाएको छ ।
साढे दुई बर्ष अघिनै समयमै जलविद्युत आयोजनाको काम अघि नबढाएपछि भारतीय कम्पनी आइभीआरसीएलसँग भएको सम्झौता प्राधिकरणले तोडेको थियो ।  म्याग्दी जिल्लामा निर्माण हुन लागेको सो आयोजनाको मुख्य सिभिल निर्माण कार्यका लागि भारतीय कम्पनी आईभीआरसीएल लिमिटेडसँग ४ नोभेम्बर २०१० मा सम्झौता भएको थियो । तर समयमै काम नगरेपछि ठेक्का तोडिएसँगै आयोजनाको निर्माणमा अन्योलता बढेको थियो ।




नेपालमा ऊर्जाको पहुँच ८५ प्रतिशत, अर्थतन्त्रमा योगदान २ प्रतिशत

https://karobardaily.com/news/development/519

नेपालमा ऊर्जाको पहुँच ८५ प्रतिशत जनतामा पुगे पनि अर्थतन्त्रमा भने २ प्रतिशतको योगदान दिएको प्रतिवेदन सार्वजनिक भएको छ । 
युनाइटेड नेसन कन्फरेन्स अन ट्रेड एन्ड डेभलप्मेन्ट (यूएनसीटीएडी) द्वारा बिहीबार नेपाललगायत विश्वभर एक साथ सार्वजनिक भएको परिवर्तनकारी ऊर्जा पहुँचबारेको अति कमविकसित राष्ट्रहरूको प्रतिवेदनमा यस्तो सार्वजनिक गरिएको हो । नवीकरणीय र विद्युत् ऊर्जामार्फत नेपालमा हाल ८५ प्रतिशत ऊर्जाको पहुँच पुगे पनि अर्थतन्त्रमा दुई प्रतिशतमात्र रहेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०३० भित्र सबैलाई ऊर्जाको पहुँचसँगै यसको पहुँच र उपयोगितामा परिवर्तन गर्नुपर्ने जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र राष्ट्र संघ सूचना केन्द्रका राष्ट्रिय सूचना अधिकारी रामबाबु शाहले ललितपुरमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै सन् २०३० भित्र ऊर्जाको पहुँच र यसको उपयोगितामा परिवर्तन गर्नका लागि लगानीमा तीन गुणा बढाउनुपर्ने बताए । 
“विश्वमा एक अर्ब जनतामा पहुँच नपुगेको ६२ प्रतिशत अति कम विकसित ४७ राष्ट्रका जनता छन्, उनीहरुलाई परिवर्तनकारी ऊर्जाको पहुँच पु¥याउनका लागि हाल रहेको लगानीलाई ३५० प्रतिशत बढाएर ४० देखि ६० अर्ब पु¥याउनपुर्छ ।” केन्द्रका कार्यकारी निर्देशक धितालले भने, “अति कमविकसित राष्ट्रका ६२ प्रतिशत जनतामा मात्र बिजुलीको पहुँच पुगेको तर नेपालमा त्योभन्दा बढी ८५ प्रतिशत छ ।” उनका अनुसार, कुल खपत विद्युत्मध्ये ८५ प्रशित बिजुली मोबाइल चार्जलगायतका घरायसी कामका लागि मात्र खर्च हुने गरेको छ । 
प्रतिवेदनका अनुसार अति कमविकसित राष्ट्रहरूमध्ये अर्थतन्त्रमा योगदान गर्नेमा नेपाल २०औं राष्ट्रमा पर्छ । ९९ प्रतिशत बिजुलीमार्फत ऊर्जा सेवा पु¥याएको नेपालले एक प्रतिशत कममात्र अन्य माध्यमबाट पु¥याइएको प्रतिवेदनमा उल्लेख छ । 
सन् २०३० भित्र सबैलाई ऊर्जाको पहुँच पु¥याएर उपयोगितामा जोड दिन जलविद्युत् विकास प्रणाली, लगानीमा वृद्धि, आधुनिक प्रविधिको उपयोग, विद्युतीकरणमा सुशासन र नीतिगत सुुधार, साझेदार निकायहरूसँगको समन्वय र सहकार्यलगायतमा प्रतिवेदनले जोड दिएको छ । प्रतिवेदनले ऊर्जाको पहुँच बिजुलीलगायतका घरयासीमा मात्र सीमित नराखी उत्पादनशील क्षेत्रमा उपयोग र आर्थिक विकाससँग जोड्न जोड दिइएको छ ।

Wednesday, November 22, 2017

चिनियाँ लगानीको पहिलो जलविद्युत् कम्पनी खुल्यो

https://karobardaily.com/news/development/493
नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर रहने गरी ‘सीजीआईजी इन्टरनेसनल नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनी’ स्थापना भएको छ । बुटबल पावर कम्पनी (बीपीसी)को २० प्रतिशत तथा तीन चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व रहनेगरी जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनी स्थापना भएको हो । 
कम्पनीमा चिनियाँ सीजीआईजीको ६२ प्रतिशत, सीएक्सआईजीको १५ प्रतिशत र क्यूवाईईसीको १२ प्रतिशत रहने बीपीसीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिए । “बुधबारमात्र तीन चिनियाँ कम्पनी र बीपीसीको संयुक्त सेयर रहेको जलविद्युत् लगानी कम्पनी उद्योग मन्त्रालय अन्र्तगतको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको छ,” उनले भने । नेपालको जलविद्युत् आयोजनामा लगानी गर्नका लागि चिनियाँ ठूला कम्पनी र नेपाली निजी कम्पनी मिलेर स्थापितको यो पहिलो कम्पनी हो । यसअघि कम्पनी खडा गरेर ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी लगायतका जलविद्युत् आयोजना चिनियाँ कम्पनीले निर्माण गरिसके पनि लगानी कम्पनीको रूपमा निजी कम्पनीसँग चिनियाँ कम्पनीले संयुक्त रूपमा खडा गरेको भने यो पहिलो हो । 
अधिकृत पुँजी १ अर्ब ९० करोड रहेको कम्पनीले ५ बर्षभित्र २ खर्ब बराबरको जलविद्युत् आयोजनामा लगानी गर्ने लक्ष्य राखेको बीपीसी सञ्चालक समितिका अध्यक्ष पद्मज्योतीले जानकारी दिए । “पाँच वर्षभित्र एक हजार मेगावाट जलविद्युत् आयोजनामा लगानी गर्ने गरी चिनियाँ कम्पनी र वीपीसी मिलेर लगानी कम्पनी निर्माण भएको छ,” उनले भने, “पहिलो चरणमा एक सय मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।” तल्लो मस्र्याङ्दीका लागि सीजीआईजी इन्टरनेशनल नेपाल हाइड्रो डेभलपमेन्ट कम्पनीले स्पेशल पर्पस भेइकल (एसपीभी) आधारमा सहायक कम्पनी निर्माण गरेर अघि बढ्ने लक्ष्य राखेको छ । 
बीपीसीका अध्यक्ष ज्योतीका अनुसार संयुक्त कम्पनीको रकम जलविद्युत् आयोजनाको स्वँपुजी (इक्विटी)का लागि खर्च गरिने तथा चिनियाँ कम्पनीमार्फत ऋण ल्याएर १ हजार मेगावाटसम्मका जलाशय र पिकिङ नदी प्रवाहमा आधारित (आरओआर) योजना निर्माण गर्ने लक्ष्य राखिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अरविन्दकुमार मिश्र, ऊर्जासचिव अनुपकुमार उपाध्याय तथा तीन चिनियाँ कम्पनीका प्रतिनीधिहरूको उपस्थितिमा साझेदारीको घोषणा गरिएको थियो । कार्यक्रममा सदस्य मिश्रले नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ कम्पनीले आयोजनामा लगानी घोषणा सकारात्मक रहेको बताउँदै नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको बताए ।https://karobardaily.com/news/development/493

Sunday, November 19, 2017

तामाकोसीको सुरुङ अहिलेसम्मकै लामो

https://www.karobardaily.com/news/development/434
आइतवार, मंसिर ३, २०७४
निर्माण सम्पन्न भएका आयोजनाहरूमध्ये सबैभन्दा लामो सुरुङ रहेको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाको मुख्य सुरुङको आइतबार निर्माण पूरा (ब्रेक थु्र) हुँदैछ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको अहिलेसममकै ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको ८.४ किलोमिटर मुख्य सुरुङ रहेको आयोजनाको ‘ब्रेक थु्र’ औपचारिक कार्यक्रम गरी निर्माणस्थल दोलखामा आइतबार हुन लागेको हो । अडिट, टेलरेस, हेडरेस गरी १८.५ किलोमिटर सुरुङ रहेको आयोजनाको ८.४ किलोमिटर मुख्य सुरुङको ब्रेक थु्र आइतबार हुन लागेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । “जलविद्युत् आयोजनामा सबैभन्दा चुनौतीपूर्ण कामका रूपमा रहेको सुरुङको ब्रेक थु्र हुँदैछ,” उनले भने, “आयोजनाका लागि यो एउटा उपलब्धिमूलक सफलता हो ।” सुरुङको ब्रेक थु्रपछि यसको लाइनिङ लगायतका कार्य सम्पन्न गर्न करिब ६ महिना लाग्ने अनुमान छ । निर्माण सम्पन्न भएका आयोजनाहरूमध्ये सबैभन्दा लामो सुरुङ रहेको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाको मुख्य सुरुङको आइतबार निर्माण पूरा (ब्रेक थु्र) हुँदैछ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको अहिलेसममकै ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको ८.४ किलोमिटर मुख्य सुरुङ रहेको आयोजनाको ‘ब्रेक थु्र’ औपचारिक कार्यक्रम गरी निर्माणस्थल दोलखामा आइतबार हुन लागेको हो । अडिट, टेलरेस, हेडरेस गरी १८.५ किलोमिटर सुरुङ रहेको आयोजनाको ८.४ किलोमिटर मुख्य सुरुङको ब्रेक थु्र आइतबार हुन लागेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । “जलविद्युत् आयोजनामा सबैभन्दा चुनौतीपूर्ण कामका रूपमा रहेको सुरुङको ब्रेक थु्र हुँदैछ,” उनले भने, “आयोजनाका लागि यो एउटा उपलब्धिमूलक सफलता हो ।” सुरुङको ब्रेक थु्रपछि यसको लाइनिङ लगायतका कार्य सम्पन्न गर्न करिब ६ महिना लाग्ने अनुमान छ । प्राधिकरणका अनुसार हालसम्म निर्माण सम्पन्न भएको १ सय ४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत् आयोजनाको ५.९ किलोमिटर सुरुङ छ भने ६९ मेगावाटको मस्र्याङ्दीको ७.१ किलोमिटर, ७० मेगावाटको मध्यमस्र्याङ्दीको ५.९ किलोमिटर र प्रथम कुलेखानी जलाशयको ६.२ किलोमिटर सुरुङ रहेको छ । त्यसैगरी,  निजी क्षेत्रबाट निर्माण सम्पन्न भएको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको सुरुङ ७.४ किलोमिटरको छ । प्राधिकरणको तथ्यांकको आधारमा आइतबार ब्रेक थु्र हुन लागेको सुरुङ जलविद्युत् आयोजनातर्फको सबैभन्दा लामो हो । अन्य पूर्वाधारतर्फ भने मेलम्ची खानेपानी आयोजनाको सुरुङ करिब २७ किलोमिटरको छ तर अझै निर्माण सम्पन्न भइसकेको छैन । ३५ अर्ब सुरुको लागत हाल बढेर ४२ अर्ब पुगेको आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘अपर तामाकोसी हाइड्रोपावर कम्पनी’ गठन गरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा समिति, नेपाल टेलिकम लगायतको ऋण र स्वँपुजी (सेयर) मा निर्माण हुन लागेको नेपालको यो सबैभन्दा ठूलो आयोजना हो । कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रूपैयाँ लगानी आयोजनामा छ । १० महिनाभित्र तामाकोसीले विद्युत् उत्पादन गरिसक्ने गरी निर्माण कार्य अघि बढिरहेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । २०६७ सालदेखि निर्माण सुरु भएको आयोजना भूकम्प र नाकाबन्दीको कारण समयमै पूरा हुन नसकी दुई वर्ष ढिला भएको आयोजनाले जनाएको छ । आयोजनाबाट २ अर्ब २८ करोड युनिट बराबरको विद्युत् उत्पादन हुनेछ । आयोजनाका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिए पनि सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको सिंगटीसम्मको सडक निर्माणाधीन अवस्थामा रहेकोले इलेक्ट्रोमेकानिकलका लागि आवश्यक सामानहरू आयोजना स्थलमा पु¥याउने कार्यमा भने ढिलाइ भइरहेको छ । 

Thursday, November 16, 2017

चिनियाँ कम्पनी र प्राधिकरणबीच सम्झौता

https://www.karobardaily.com/news/development/405
नेपाल विद्युत् प्राधिकरण र ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीबीच छुट्टै कम्पनी बनाउन संयुक्त उपक्रम सम्झौता भएको छ । पूर्वनिर्धारित सहमतिभन्दा झण्डै ५ वर्षपछि बिहीबार ‘वेस्ट सेती हाइड्रो पावर डेभलपमेन्ट लिमिटेड’ कम्पनी स्थापनाका लागि काठमाण्डौमा सम्झौता भएको हो । 
कम्पनी खोल्न प्राधिकरण र चीनको थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनबीच भएको सम्झौतालाई लगानी बोर्डबाट पारित गरेपछि कम्पनी स्थापना हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री–गर्जेज लगानी विभागका निर्देशक याओ फेङजिओङबीच भएको हस्ताक्षर अनुसार आयोजनामा चिनियाँ कम्पनीको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत सेयर रहनेछ । 
२०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र जेभीए गर्ने उल्लेख रहेकोमा २०७३ माघ ३ मा मात्र प्रारम्भिक जेभिए भएको थियो । दुवै निकायको बोर्डबाट जेभीए पारित भएपछि मात्र कार्यान्वयन आउने व्यवस्था रहेकोमा प्राधिकरणको बोर्डले माघमै पारित गरे पनि चिनियाँ कम्पनीले ढिलाइ गरेको थियो । “प्राधिकरण र चिनियाँ कम्पनीबीच जेभीए भएको छ, जेभीए अनुसार अब बन्ने कम्पनीमा प्राधिकरणको २५ र चिनियाँ कम्पनीको ७५ प्रतिशत इक्विटी सेयर रहनेछ,” विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने । ७५ प्रतिशत लगानी चिनियाँ कम्पनीमध्येबाट स्थानीयवासीलाई १० प्रतिशत सेयर दिनसमेत चिनियाँ कम्पनी तयार भएको छ । 
१ खर्ब ८१ अर्ब रुपैयाँ (१.८१ बिलियन डलर) लागत अनुमान रहेको आयोजनाको इक्विटीका लागि हाल्नुपर्ने २५ प्रतिशत रकम चिनियाँ पक्षले सहुलियत ब्याजदरमा प्राधिकरणलाई दिने प्रतिवद्धता समेत जनाएको प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार निर्माण सुरु भएको ६ वर्ष ७ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिला आयोजनाको लागत १ खर्ब ६० अर्ब अनुमान गरिएकोमा चिनियाँ कम्पनीको पछिल्लो अध्ययनले करिब २१ अर्ब बढेको हो । 
ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनीबीच भएको सम्झौता अनुसार अध्ययन अनुमति पाएको आयोजना अघि बढाउनका लागि कम्पनी दर्ता भएपछि आयोजना विकास सम्झौता (पीडीए), निर्माण अनुमतिपत्र (लाइसेन्स) दिने लगायतका कार्य अघि बढ्नेछ । कम्पनी स्थापना भएको कति समयभित्र अध्ययन सकेर पीडीए, निर्माण अनुमति, विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका सम्पन्न गरी आयोजना निर्माण सुरु गर्ने भन्ने टुंगो भने लागिसकेको छैन । लगानी बोर्ड र प्राधिकरण दुवैले चिनियाँ कम्पनीले यसको कार्ययोजना मागेका छन् । 
चिनियाँ कम्पनीले अध्ययनको क्रममा पहिला भएको खर्चको पुँजीकरण र विद्युत् महशुलबारे बिहीबार प्राधिकरण र चिनियाँ कम्पनीका प्रतिनीधिबीच भएको छलफलमा समेत कुरा उठाएको थियो । पश्चिम सेती जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय बनाएमा यसको पीपीए दर के हुने भन्ने समेत चिनियाँ पक्षले चासो राखेको थियो । विद्युत् प्राधिकरणले भने विद्युत्को खरिद मात्र गर्ने स्पष्ट पारेको प्राधिकरणले जनाएको छ । “प्राधिकरणले महशुलको योजना बनाउन भने बाँकी छ, प्राधिकरणले बिजुली मात्र किन्ने हो,” प्रवक्ता अधिकारीले भने ।

सोलारको ठेक्का नरोक्न अदालतको आदेश

https://www.karobardaily.com/news/development/382
पाटन उच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले त्रिशुलीमा जडान गर्न लागेको २५ मेगावाटको सौर्य ऊर्जा (सोलार प्लान्ट)को ठेक्का प्रक्रिया नरोक्न अन्तरिम आदेश दिएको छ । २०७४ साउनमा संसदको सार्वजनिक लेखा समितिले ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएपछि सरकारले यसलाई अघि बढाएको थिएन । तर, उच्च अदालतले भने तत्काल प्रक्रिया नरोक्न आदेश दिएको हो । 
विश्व बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको सोलार प्लान्टको ठेक्का दिने क्रममा ६८ करोड अनियमितता भएको आरोप लागेको भन्दै थप छानबिनका लागि सार्वजनिक लेखा समितिले ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो । यही आधारमा मन्त्रालय र प्राधिकरण दुवैले निर्देशनअनुसार भन्दै काम रोक्नेगरी ठेकेदार कम्पनीलाई पत्र पठाएका थिए । यसविरुद्ध ठेक्का पाएको चिनियाँ ठेकेदार रिजन इनर्जी कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । 
उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश दुर्गादत्त भट्टले दिएको अन्तरिम आदेशमा विश्व बैकको सुझाव अनुसारनै मूल्यको नेगोसिएसन(सौदावाजी) गरी बैंकको ‘नो अब्जेक्सन’ पत्रको आधारमा १७ मे २०१७ मा ठेक्का सम्झौता भइ परफरमेन्स ग्यारेन्टी, एडभान्स पेमेन्ट र भुक्तानीसम्बन्धी कार्य अघि बढिसकेको अवस्थामा रिजनसँग भएको करा सम्झौता सर्वोच्च अदालतबाट प्रतिवादित नजिर विपरित अनिश्चितकालका लागि निलम्बनमा रहने गरी ऊर्जा मन्त्रालय, प्राधिकरण लगायतबाट भएका निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरित देखिएको भन्दै ठेक्का नरोक्न भनिएको छ । पूर्ण सुनुवाइको हुँदाका बखत विस्तृत विवेचनासहित बोलिने भन्दै त्यस अवधिसम्मका लागि लेखा समिति तथा प्राधिकरणले ४ र मन्त्रालयले २२ साउनमा पठाएको पत्र कार्यान्वयन नगर्नु÷नगराउनु तथा सम्झौतासम्बन्धी कार्य नरोक्नु÷नरोकाउनु भनी उच्च अदालतले अन्तरिम आदेश दिएको छ । 
उच्च अदालतको आदेशसँगै तत्कालका लागि रिजन इनर्जीलाई सोलार आयोजना निर्माणका लागि अघि बढ्न बाटो खुलेको छ । कम्पनीले २०७४ भित्रै सोलार निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । दुई वर्षअघि नुवाकोटको त्रिशुलीमा ग्रीड सोलार राख्नेगरी ठेक्का आह्वान गरेकोमा विवादका कारण लामो समय लागेको थियो । ३ अर्ब ४ करोड २९ लाखमा चिनियाँ कम्पनी पिङ्गाओ एन्ड ह्यारिओले ठेक्का प्रस्ताव गरेकोमा यो कम्पनीलाई दिने प्रक्रिया अघि बढाएकोमा विश्व बैंकको प्रतिवेदन लगायतका आधरामा यसलाई अघि नबढाएर ३ अर्ब ७१ करोड ७९ लाख कबोल गरेको रिजनलाई दिइएको थियो ।
प्राधिकरणले विश्व बैंकले अस्वीकार गरेर रिजनलाई सिफारिस गर्दै आएको र पहिलाको प्रक्रियामा पुनरावलोकन गरेर रिजनलाई दिइएको बताउँदै आए पनि तत्कालीन संसदका सांसदहरूले कम कबोलेको कम्पनीलाई नदिएर बढीलाई दिँदै अनियमितता गरेको आरोप लगाएका थिए ।https://www.karobardaily.com/news/development/382

सम्झौताको ५ वर्षपछि पश्चिम सेतीको जेभीए हुँदै

तोकिएको सम्झौता अवधिभन्दा झण्डै पाँच बर्षपछि ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) हुने भएको छ । २०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक बर्षभित्र जेभीए गर्ने उल्लेख रहेकोमा बल्ल पूरा हुन लागेको हो । तोकिएको सम्झौता अवधिभन्दा झण्डै पाँच बर्षपछि ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) हुने भएको छ । २०६८ फागुनमा ऊर्जा मन्त्रालय र कर्पोरेसनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक बर्षभित्र जेभीए गर्ने उल्लेख रहेकोमा बल्ल पूरा हुन लागेको हो । प्रवद्र्धक थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्डबीच १६ र १७ नोभेम्बर अर्थात ३० कात्तिक र १ मंसिरमा हुने छलफलपछि जेभीए हुने बोर्डले जनाएको छ । “कर्पोरेसनको टोली जेभीएका लागि १६ र १७ नोभेम्बरमा आउँदैछ, अब जेभीए हुँदैछ,” लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले भने, “दुई विषयमा केही स्पष्ट हुन बाँकी रहेकोमा छलफलबाट टुग्याएर जेभिए हुन लागेको हो ।” उनका अनुसार कर्पोरेसनले पश्चिम सेती आयोजनाको अध्ययनको क्रममा कर्पोरेसनले गरेको खर्चको पुँजीकरण र विद्युत् महशुलबारे केही अस्पष्ट रहेको भन्दै कर्पोरेसनले पत्र पठाएको छ । जेभीए भएपछि मात्र बल्ल प्राधिकरण र कर्पोरेसनको संयुक्त रूपमा वेष्ट सेती हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना हुनेछ । गत वर्षको माघमा मात्र प्राधिकरण र कर्पोरेसनबीच जेभीए गर्ने सम्झौता भएको र जेभीएलाई दुवै प्रवद्र्धकले अनुमोदन गर्नुपर्नेमा प्राधिकरणले गत माघमै गरेको थियो भने कर्पोरेसनले हालै मात्र गरेको थियो । जेभीए अनुमोदन गर्न ढिला गरेको कर्पोरेसनले अहिले आएर बल्ल जेभीए गर्ने पत्र पठाएको छ । संयुक्त रूपमा गठन हुने वेष्ट सेती हाइड्रोपावर डेलभमेन्ट कम्पनीमा कर्पोरेसनको ७५ र विद्युत्् प्राधिकरणको २५ प्रतिशत सेयर रहने उल्लेख छ । एक बर्षभित्र जेभीए गरेर संयुक्त कम्पनी स्थापना गरेर झण्डै चार वर्षअघि वित्तीय व्यवस्थापन गरी सोही वर्ष सुरु गरेर २०७६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेतीको हालसम्म संयुक्त कम्पनी निर्माण हुन सकेको छैन । https://www.karobardaily.com/news/development/384

Monday, November 13, 2017

दुई मेट्रोरेल परियोजना अघि बढाउने निर्णय

     कारोबार संवाददाता   http://www.karobardaily.com/news/83253 0 + -

 लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र र नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको बोर्ड बैठकले दुवै आयोजनाको निर्माणका लागि अध्ययन लगायतका प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा गठन गरेको समितिले पेश गरेको प्रतिवेदनको आधारमा यसको निर्णय गरिएको हो । धुलिखेलसम्म पुग्ने मेट्रोरेल परियोजनाको बुट अवधारणाअनुरुप कार्यान्वयन गर्न विस्तृत सम्भाव्यता अध्यययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लगायतका कार्य अघि बढाउनका लागि बैठकले बोर्डको कार्यालयलाई निर्देशन दिएको सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए । प्रवक्ता वाग्लेका अनुसार उपत्यकाभित्रका परियोजना अघि बढाउन सिफारिस अनुसारको कार्यान्वयन गर्ने गरी बोर्डको कार्यालय लगायतका अन्य सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ । २०७३ पुसमा बसेको बोर्डको २५ औं बैठकले योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य हितेन्द्रमान प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले बुढानिलकण्ठदेखि नारायणगोपाल चोक, सातदोबोटो हुँदै तराईसँग जोड्ने दु्रतमार्गसम्मको रुट–१ र नौबिसे, नागढुंगादेखि कलंकी–कोटेश्वर हुँदै धुलिखेलसम्मको रुट–२ को अन्तिम प्रतिवेदन तयार बोर्डमा पेश गरेको थियो ।
प्रतिवेदनअनुसार २५ किलोमिटर लामो रुट–१ को मेट्रोरेल र ५४ किलोमिटरको रुट–२ को मेट्रोरेल चार बर्षभित्र निर्माण सम्पन्न गर्न सकिनेछ । रुट–१ बाट दैनिक १ लाख ५८ हजार र रुट–२ को मेट्रोरेलबाट दैनिक दुई लाख यात्रुलाई सेवा दिन सकिने अध्ययनले देखाएको छ । बेलायती सहयोग नियोगका परामर्शदाताले तयार पारेको लागतअनुसार रुट–१ को मेट्रोको १ खर्ब ७६ अर्ब र रुट–२ को रेलमार्गको ३ खर्ब ६० रुपैयाँ लागत अनुमान गरिएको छ । सडकमाथिको पुल (एलिभेटेड ट्रयाक) मा निर्माण हुने मेट्रोरेल बनेपछि अन्य सवारीसाधन उपत्यका छिर्न नदिने लक्ष्य राखिएको छ । धुलिखेल क्षेत्रमा ठूला बसपार्क बनाएर अरनिको तथा वीपी राजमार्गबाट आउने सबै बस यसै क्षेत्र तथा पश्चिमका राजमार्गमार्फत् आउने बसहरूको लागि नौबिसे क्षेत्रमा ठूलो बसपार्क बनाएर त्यहिँ रोकी रेलमार्फत काठमाडौं भिœयाउने लक्ष्य राखिएको छ ।

बूढीगण्डकी चिनियाँलाई दिने सम्झौता खारेज

     भीम गौतम  http://www.karobardaily.com/news/83254 0 + -

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरेको समझदारी खारेज गरेको छ । कांग्रेससमेत सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी)सँग गरेको समझदारी सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खारेज गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको कृषि तथा जलस्रोत र अर्थ समितिले संयुक्त रूपमा दिएको खारेजीको निर्देशनअनुसार भन्दै समझदारी खारेज गरेको हो । 
दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चिनियाँ कम्पनीलाई दिने गरी प्रक्रिया अघि बढाएपछि दिन सकेको थिएन । २०७४ जेठ ९ मा तत्कालीन दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले सीजीजीसीसँग इन्जिनियरिङ, खरिद, निर्माण र लगानी (ईपीसीएफ) मोडलमा अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको थियो भने २० जेठमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले हस्ताक्षर गरेर चिनियाँ कम्पनीसँग सम्झौता गरेका थिए । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र कम्पनी मोडेलमा स्वदेशी लगानीमै निर्माण गर्ने तयारी बढिरहेको बेला राजीनामा दिइसकेका मन्त्री शर्माले कम्पनीसँग सम्झौता गरेपछि बूढीगण्डकी समझदारी विवादमा तानिएको थियो । तर पनि देउवाकै नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले ३१ साउनमा मन्त्रिपरिषद्ले समझदारीलाई भने अनुमोदन गरेको थियो । आफ्नै मन्त्रिमण्डलले अनुमोदन गरेको समझदारीलाई सोमबार देउवाले उल्टाएका छन् । उपप्रधानमन्त्री रहेका ऊर्जामन्त्री कमल थापाले संसदीय समितिहरूको निर्देशन र मुलुकको वृहत्तर हितलाई ध्यानमा राखेर ऊर्जा मन्त्रालय र लगानी बोर्डले आवश्यक नीति र कार्यविधि बनाई पारदर्शी ढंगले आयोजना निर्माण हुने जनाएका छन् । “संसदीय समितिहरूको निर्देशनअनुसार मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा अघि बढाउने गरी सम्झौता खारेज गरेका हौं,” उनले भने । 
कृषि तथा जलस्रोत समितिले असोज १० मा बूढीगण्डकी जलविद्युत्् आयोजनाबारे मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय प्रचलित कानुनको विरुद्धमा रहेको र बिनाप्रतिस्पर्धा दिइएको भन्दै सम्झौता खारेज गर्न निर्देशन दिएको थियो । समितिले निर्णय नेपालको प्रचलित नियम कानुनसम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लघन गरेको, खुला प्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत्् क्षेत्रमा बदनाम रहेको चिनियाँ कम्पनीसँग हचुवाको भरमा समझदारी  गरिएको आरोप संसदीय समितिले लगाएको थियो ।
अस्थिर राजनीति र नीतिको कारणले नेपालमा जलविद्युत् आयोजनामा लगानी भित्रन नसकेको बताइरहेको बेला अघिल्लो सरकारले चिनियाँ कम्पनीसँग गरेको सम्झौता खारेज गरिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । जलविद्युत्का विज्ञहरूले यस्ता कदमले वैदेशिक लगानी भिœयाउनमा समस्या पर्ने बताएका छन् । 
माथिल्लो कर्णाली र अरुण तेस्रोको म्याद थप
लगानी बोर्डले ९÷९ सय मेगावाटका भारतीय कम्पनीद्वारा निर्माण हुन लागेका अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत्  आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थपेको छ । सोमबार बसेको बोर्डको २८ औं बैठकले सतलज कम्पनी प्रवद्र्धक रहेको अरुण तेस्रोको ६ महिना तथा जीएमआर प्रवद्र्धक रहेको कर्णालीको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार अरुण तेस्रोले आगामी चैतसम्म र माथिल्लो कर्णालीले आगामी असोजसम्ममा वित्तिय व्यवस्थापन गरिसक्नुपर्नेछ ।  दुवै आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) मा भएको व्यवस्था अनुसार सरकारले समयमै वन क्षेत्रको जग्गा उपलब्ध नगराउन नसकेर ढिला भएको भन्दै म्याद थप्न माग गरेको बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए । 

Sunday, November 12, 2017

ई–बिडिङले ठेक्कापट्टा सहज

   भीम गौतम    0 + -

सूचना प्रविधिको उपयोगपछि नेपालको सार्वजनिक खरिद प्रकृयाले फड्को मारेको छ । इलेक्ट्रिक गभर्मेन्ट प्रोक्योरमेन्ट सिस्टम (ईजीपी) लागू भएसँगै सार्वजनिक खरिद प्रकृया सहज भएको हो । 
परम्परागत ठेक्कापट्टामा कार्टेलिङ हुनुका साथै अपारदर्शी पनि हुने गरेकोमा नयाँ प्रविधि लागू भएपछि प्रकृयामै आमूल परिवर्तन आएको सार्वजनिक खरिद अनुगमन कार्यालयका पूर्वसचिव रमेश शर्मा बताउँछन् । “परियोजनाको ठेक्कापट्टाकै लागि पहिले कम्तीमा एक वर्ष लाग्थ्यो, अहिले ६ महिनामा झरेको छ । यो नेपालको खरिद प्रकृयामा सूचना प्रविधिले ल्याएको ठूलै उपलब्धि हो,” उनले भने । ईजीपी प्रणाली लागू हुनुअघि ठेकेदारहरूबीच धेरै चलखेल हुने, गुण्डागर्दी हुने, प्रतिस्पर्धालाई नियन्त्रण गर्ने, पारदर्शी नबनाउने, प्रतिस्पर्धालाई सीमित गर्ने, सीमित ठेकेदारले मात्र ठेक्कापट्टा गर्ने आदि विकृति रहेकोमा अहिले त्यो धेरै न्यूनीकरण भएको उनको अनुभव छ । 
०७३ असार ३० गते संसद्बाट पारित भई सार्वजनिक खरिद ऐनमा भएको संशोधनले विद्युतीय प्रणालीमार्फत् मात्र खरिद प्रकृयामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । चालू आवदेखि यसलाई अनिवार्य गरिएको छ । त्यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ ल्याएको छ । “१० वर्ष अघिदेखि विद्युतीय खरिद प्रणालीबारे उल्लेख भएपनि सन् ६ वर्ष अघिदेखि विद्युतीय प्रणालीमार्फत नै सुरुको प्रकृयादेखि बिड ओपनिङसम्मको व्यवस्था भने गरिएको थियो,” अनुगमन कार्यालयका निर्देशक मनिष भट्टराईले भने । सरकारले बनाउने योजनामध्ये ६५ देखि ७० प्रतिशतसम्म ठेक्कापट्टामा खर्च हुने गरेकोमा विगतमा यो प्रकृया झन्झटिलो हुँदा सरकारको पुँजीगत खर्चसमेत कम हुने गरेको भट्टराई बताउँछन् । 
ईपीजी लागू भएपछि ठेकेदारहरू पनि खुसी छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ विगतका तुलनामा ठेक्कापट्टा धेरै सहज भएको अनुभव सुनाउँछन् । “पहिले ठूला परियोजनाको बिडिङ गर्दा कागजपत्रको ठेली नै बुझाउनुपर्ने अवस्था थियो । अहिले सहज भएको छ,” उनले भने । व्यवसायीहरू प्रविधिमा पूर्ण दक्ष नभएको र साना व्यवसायीलाई ठेक्कामा सहभागी हुन गाह्रो भएकोले सानो रकमको हकमा विकल्प दिनुपर्ने उनको भनाइ छ । 
सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय प्रणालीमा कारोबार अनिवार्य गरेसँगै यसमा आवद्ध हुने व्यवस्था गरेको छ । यो प्रणालीमा आवद्ध हुने सार्वजनिक निकाय तथा बिडरहरुको लागि कार्यालयले छुट्टै युजरनेम दिन्छ भने ती निकायले आफ्नो पासवर्ड राखेर कारोबार गर्न सक्छन् । 
विश्व बैंकको सहयोगमा सडक विभागको ठेक्का प्रकृयामा सन् २००९ देखि ई–बिडिङ सुरु गरी सफल भएपछि एसियाली विकास बैंकको आर्थिक सहयोगमा अनुगमन कार्यालयले एकीकृत रूपमा सूचना प्रविधिको उपयोग गरी ठेक्का प्रकृया अघि बढाएको थियो । अनुगमन कार्यालयका अनुसार अहिले सिँचाइ, खानेपानी, सडक, भवन विभाग, जल उत्पन्न प्रकोप विभाग, स्वास्थ्य सेवा विभागलगायत निर्माणका कार्य हुने सबै निकायमा नयाँ प्रविधि लागू भएको छ । नयाँ प्रविधि कार्यावन्यनका लागि १२ सय निर्माण व्यवसायी र दुई हजार कर्मचारीलाई यसबारे तालिमसमेत दिइसकेको कार्यालयले जनाएको छ । 

Wednesday, November 8, 2017

जेठ मसान्तसम्म ६० प्रतिशत निजी घर बनाइसक्छौं

     http://www.karobardaily.com/news/83171 0 + -

युवराज भुसाल, प्रमुख कार्यकारी अधिकृत , राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
२०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका पूर्वसचिव युवराज भुसालसँग सरकारका विभिन्न निकायमा काम गरेको अनुभव छ । भुसालले २०४३ सालमा सहायक सचिव हुँदै २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए । भूमिसुधार, प्रशासन पुनर्संरचना आयोग, वन मन्त्रालय, अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगको सचिव भएर काम गरिसकेका भुसाल वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रीकरण, लैंगिक मामला, विकास योजना र गरिबी निवारणको क्षेत्रमा विशेष दक्खल भएका व्यक्ति हुन् । सरकारी सेवाबाट अवकाशपछि कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा निर्देशकसमेत बनिसकेका भुसाल अहिले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छन् । भूकम्प गएको साढे दुई वर्ष भए पनि भूकम्पपछिको पुनर्निर्माणको काम अझै सुस्त छ । ९० प्रतिशतभन्दा बढी निजी आवास निर्माण हुन सकेका छैनन्, तर भूकम्पपछि मात्र प्राधिकरणले उनीसहित चार प्रमुख कार्यकारी अधिकृत पाएको छ । आगामी जेठभित्र ६० प्रतिशत निजी आवास निर्माण गरिसक्ने लक्ष्य राखेको बताउने भुसालसँग पुनर्निर्माणको अवस्था, समस्या, चुनौती, आगामी योजनालगायतबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार ः
भूकम्प गएको साढे दुई वर्षभित्र १० प्रतिशत पनि भूकम्पप्रभावितका निजी घर बनेका छैनन् । आगामी वर्षाअघि नै प्रभावितको आँसु पुछ्ने उद्घोष गर्नुभएको छ । लामो समय नभएकाले छोटो समयमै कसरी काम सम्पन्न गर्न सक्नुहुन्छ ? 
भूकम्प गएपछि जो दाजुभाइ, दिदीबहिनीहरू टहरामा बसेर दुःख पाइरहनुभएको छ, उहाँहरूलाई घरभित्र हाल्ने मेरो पहिलो योजना छ । घरभित्र पसेपछि अलि–अलि भए पनि आँसु पुछ्नुहोला भनेर यो भनेको हो । सरकारले ३ लाख रुपैयाँ दिएको छ । अहिलेको जमानामा यो केही होइन । खास गरेर पहाडी क्षेत्रमा त्यो ३ लाखले घर बन्दैन । चितवन, नवलपुरमा हो भने बन्छ । ३ लाख पनि लाग्दैन । २ लाखमै बन्छ । 
सरकारले तीन वर्षभित्र निजी आवास निर्माणको काम सक्ने घोषणा गरेको थियो, त्यो अब ६÷७ महिना मात्र बाँकी छ । कसरी बाँकी ९० प्रतिशत घर बनाउन सक्नुहुन्छ त ? 
कुरा त्यसो होइन । हामीले ७ लाख ६७ हजार भूकम्पप्रभावित भनेर तथ्यांक निकालेका छौं । यसमा कसैका घर दोहोरा, तेहेरोलगायत भएका कारणले ५ लाख प्लस घर बनाउनुपर्छ । ६ लाखले त पहिलो किस्ता लगिसकेका पनि छन् । प्राविधिक परीक्षण, अनुगमन नभएका पनि छन् । कतिले भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ भनेका छन् । भूकम्पप्रतिरोधी घर कस्तो हो, कसरी बनाउने भनेर पहिलो किस्ता लगेर बसेका छन् । केही काम गरेका छैनन् । यसको मुख्य जड प्राविधिक कर्मचारीमै भन्ने मेरो निष्कर्ष छ । आउँदाको पहिलो दिनदेखि नै हरेक नगरपालिका, गाउँपालिकाका हरेक वडामा प्राविधिकहरू खटाउनुपर्छ भनेर अभियान थालें । किनभने स्थानीय निकायमा पहिल्यै आठ वर्ष काम गरेको हुनाले स्थानीय तहको समस्या मलाई थाहा छ । गाउँमा जेटीए, प्राविधिक खटाउन धेरै कठिन भएको थियो त्यो बेला । त्यसकारण पुनर्निर्माण अघि बढाउनका लागि एक जना स्थायी प्राविधिक कर्मचारी वडा कार्यालयमा बस्नैप¥यो । बसेपछि भूकम्पपीडितका कति घर बने, कहाँ–कहाँ बन्न बाँकी छन् भनेर खोजेर सहजीकरण त गर्छ नि ! अहिले सकारात्मक कुरा के छ भने स्थानीय सरकार गठन भएको छ । निर्वाचित जनप्रतिनिधिहरू छन् । उनीहरूबीच पनि भूकम्पप्रभावितका समस्याबारेमा छलफल भइरहेको छ । 
स्थानीय तहको निर्वाचन भएपछि प्राधिकरणले स्थानीय तहका प्रतिनिधिलाई राखेर मंसिरभित्र ५० प्रतिशत घर निर्माणका काम अघि बढ्छन् भनेको थियो । त्यो बेला इन्जिनियर पु¥याउने कुरा थियो । अहिले मंसिर आउन लाग्यो, फेरि नयाँ कुरा आयो । प्राधिकरणले काम नगरेको आरोप लागिरहेका बेला यो कसरी सम्भव छ ? 
म पुनर्निर्माणको क्षेत्रमा तीन महिनाभित्र काम गरेर देखाउँछु । पहिलो अतिप्रभावित १४ जिल्लाका वडा कार्यालयहरूमा मंसिरभित्र प्राविधिक खटाउँछु । प्रभावित १७ जिल्लाका क्षेत्रमा लाभग्राहीहरूका आधारमा प्राविधिकहरू पठाउँछु । प्राविधिक गाउँमा हुनेबित्तिक्कै आधा समस्या समाधान हुन्छ । ६ लाख घरधुरीले पहिलो किस्ता लगे पनि उनीहरूको अनुगमन र निरीक्षण हुन सकेको छैन । दोस्रो कुरा भनेको निर्माण सामग्रीको समस्या छ । हामीले यसबारे गाउँपालिका र नगरपालिका महासंघका पदाधिकारीहरूसँग अन्तक्र्रिया ग¥यौं । यसमा स्थानीय तहसँग हामीले साझेदारी गर्न खोजेका छौं । अब उहाँहरूलाई निर्णय प्रक्रियामै सहभागी गराएर पुनर्निर्माणको जिम्मा दिएका छौं । उहाँहरूलाई ड्राइभिङ सिटमा राखेका छौं । हामी पछाडि बसेका छौं ।
हालै पुनर्निर्माणलाई तीव्रता दिनअघि सारिएको २८ बुँदेमध्ये १४ बुँदा त स्थानीय तहले गर्नुपर्ने कामबारे उल्लेख छ । उनीहरूको जिम्मेवारी अहिले स्पष्ट भएको छ । यसमा उहाँहरूले सही गरेर पनि जानुभएको छ । यो कुरा ३१ जिल्ला मात्र होइन, देशभर लागू हुन्छ । निर्माण सामग्रीहरू ढुंगा, गिट्टी, बालुवाहरू सकेसम्म सित्तैमा दिनुस्, जुन जिविसले ठेक्का लगाइरहेको छ । यसमा समन्वय गरेर सित्तैमा दिनुस्, सित्तैमा दिन नसक्ने अवस्था रहे सहुलियत दरमा दिनुस् भनेर हामीले भन्यौं । उहाँहरूले हुन्छ भन्नुभएको छ । तपाईंहरूको गाउँमा यी निर्माण सामग्री नभए छिमेकी निकायसँग समन्वय गरिदिनुस् ताकि भूकम्पप्रभावितले सहज किसिमले घर बनाउन सक्नुहुन्छ भनेर ग्यारेन्टी गरिदिएका छौं । 
तेस्रो कुरा काठ, यसमा वन मन्त्रालय र यस निकायसँग छलफल गरेर टुंगो लगाइसकेका छौं । उहाँहरूले चिरान काठ भए पनि कोही लिन नआएको बताइरहनुभएको छ । जिल्ला–जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आपूर्ति समिति छ । जिल्ला पनि काठ दिन तयार छ । टिम्बर कर्पोरेसन पनि दिन तयार छ । यो गर्दा पनि पुगेन भने पोर्टएबल सह–मिल खोल्ने, यसका लागि उद्योग मन्त्रालयले सहमति दिने र वन मन्त्रालयले सहजीकरण गरेर दिने भन्ने व्यवस्था समेत गर्न लागेका छौं । सिमेन्ट, छडले घर बनाउनेहरूका लागि निजी क्षेत्रले व्यापारिक रूपमा गरेकै छ । ३ लाखले त घर बन्दैन । सहुलियत ऋण दिन्छौं त भनेका छौं, तर बैंकहरू सबै ठाउँमा पुगेका छैनन् । गत वर्ष नै बैंकहरूले ७ सय ५३ स्थानमै बैंक पु¥याउँछौं भनेर प्रतिबद्धता गर्नुभएको हो । बैंकर्स एसोसिएसनले यो प्रतिबद्धता गरे पनि अहिले १ सय १३ स्थानमा बैंक पुगेको छैन । यो आर्थिक वर्षभित्र खोल्ने लक्ष्य छ भन्नुभएको छ । हामीले पुस मसान्तभित्र खोलिसक्नुप¥यो भनेका छौं । यसबारे राष्ट्र बैंकका पदाधिकारीहरूले गृहकार्य गरिरहनुभएको छ । राष्ट्र बैंक, एसोसिएसन र अर्थ मन्त्रालय यसका बलियो साझेदार पक्षहरू हुनुहुन्छ । फेरि उहाँहरूसँग छलफल गर्दै छौं । बैंक नै खोल्न नसके पनि घुम्ती बैंकको सेवा त दिनुस् भनेर हामी भन्छौं । भूकम्प पीडितलाई ५० हजार लिनका लागि हजारौं खर्च गरेर टाढा जान फुर्सद छैन । यसकारण उहाँहरूले दुःख पाइरहनुभएको छ । वडासम्म बैंकको घुम्ती सेवा गएर अनुदान दिने व्यवस्था गर्नुपर्छ । उहाँहरूले सैद्धान्तिक रूपमा यो कुरा स्वीकार गर्नुभएको छ । कसरी जाने भनेर गृहकार्य गरिरहेका छौं । 
विगतमा पनि यी सबै विषयको चर्चा त थियो, तर किन काम नभएको रहेछ त ? समस्याको जरो कहाँ रहेछ ?
एउटा कुरा त समन्वयको कुरा पनि हो । प्रायः सरकारी निकायहरूसँगै यसको समन्वय गर्ने हो । स्थानीय तह, बैंकलगायतका धेरै निकायसँग समन्वय गर्ने काम हो प्राधिकरणको । पुनर्निर्माण प्राधिकरण आफंैले काम गर्ने होइन । यो कार्यकारी निकाय होइन । यसले नेतृत्व लिएर व्यवस्थापन, अनुगमन, उत्प्रेरक, संयोजनलगायतका भूमिका खेल्नुपर्छ; अर्थात् यसको संयोजनकारी भूमिका हुनुपर्छ । पहिला किन भएन भन्ने त मलाई धेरै थाहा छैन, तर म अर्थ मन्त्रालय, स्थानीय, वन मन्त्रालयका साथै योजना आयोगमा काम गरेको हुनाले दातृ निकायदेखि सबैसँग समन्वय गर्न सक्छु भन्ने मलाई विश्वास छ । कसरी काम अघि बढ्छ भन्ने धेरै कुरा मलाई थाहा छ । पहिलेका साथीहरूलाई यसबारे गहिरो जानकारी नभएको पनि हुन सक्ला । वर्षामास भयो । यहाँ ग्राउन्ड वर्कहरू पनि धेरै भए । यहाँ उहाँहरूले धेरै काम गर्नुभएको छ । नीति, ऐन, कानुन निर्देशिकाहरू बनाउनुभएको छ । धेरै अध्ययन गराउनुभयो । बस्तीका स्थानान्तरणका अध्ययनहरू गराउनुभएको छ । गर्दागर्दै त यी काम अघि बढेका हुन् । उहाँहरूले केही काम गर्नुभएन, म सिध्याउँछु भनेको होइन । धेरै काम गर्दागर्दै देखिने गरी काम नभएको मात्र हो । नतिजा देखिने गरी पुनर्निर्माण अघि बढाउन लागेका छौं । म योजनाको विद्यार्थी पनि हुँ । पहिला लक्ष्य निश्चित गर्ने र त्यो पुग्नका लागि गर्नुपर्ने कामको विवरण बनाएर अघि बढ्ने हो । मंसिर मसान्तभित्र प्राविधिक खटाइसक्ने, पुस मसान्तभित्र डकर्मी सिकर्मीको समस्या समाधान गरिसक्ने र माघ २ गतेको भूकम्प सुरक्षा दिवससम्म गाउँमा पुनर्निर्माण दु्रत गतिमा अघि बढ्यो भन्ने जागरण ल्याउने योजना छ । माघपछि पुनर्निर्माणले गतिशील रूपमा अघि बढाएर जेठ मसान्तसम्म न्यूनतम ६० प्रतिशत निजी घर बनाइसक्छौं । यो लक्ष्य पूरा गरिछाड्ने अठोट छ । उनीहरूलाई घरभित्र राख्ने योजना छ । यो लक्ष्य प्राप्तिका लागि आवश्यक सबै व्यवस्थापन गर्ने हामीले भनेका छौं । केही स्थानीय तहले कर्मचारीहरू बढी सरुवा भए भनेकाले त्यसलाई रोकिदिनका लागि स्थानीय विकास मन्त्रालयसँग आग्रह गरेका छौं । निर्वाचन आयोगलाई हाम्रा कर्मचारी कतै नखटाईदिनुस् भनेर अनुरोध गरेका छौं । चारतिरबाट पुनर्निर्माणलाई गति दिन हामी लागेका छौं । 
कार्यान्वयनभन्दा पनि सहजीकरण गर्ने निकाय प्राधिकरण भएकै कारण विगतमा कार्यान्वयन गर्ने निकायले काम अघि नबढाउँदा पुनर्निर्माण सुस्त भयो भनिन्छ । के सहजीकरणले मात्र काम अघि बढ्ला त ?
सहजीकरण मात्र होइन, समन्वय पनि महŒवपूर्ण हुन्छ । अनुगमन पनि आवश्यक छ । अब हामी प्राविधिक खटाइसकेपछि आधाभन्दा बढी समय फिल्डमै हुन्छौं । केन्द्रमा बस्दैनौं । प्रभावितका घर–घरमा पुग्ने प्रयास गर्छौं । अहिले आन्तरिक रूपमा प्राधिकरणले विभिन्न समूह बनाएको छ । नियमित रूपमा गएर काम भएको ठाउँको अवस्था र नभएको ठाउँमा किन भएन भनेर अनुगमन गर्छौं । समस्या देखिए यसलाई फुकाउँदै गएर समाधान गर्छौं । 
भर्खरै घोषणापत्र जारी गरिएको छ । घोषणा हुने तर कार्यान्वयन नहुने नेपालमा सबैभन्दा ठूलो समस्या छ । यो कसरी कार्यान्वयन होला त ? 
यो घोषणापत्रभन्दा पनि स्थानीय तह, प्राधिकरण, सरकारलगायतका निकायहरूको प्रतिबद्धतापत्र हो । यसको कार्यान्वयनकै लागि प्राधिकरणका कार्यकारी सदस्य धु्रवप्रसाद शर्माको संयोजकत्वमा कार्यदल बनाएका छौं । घोषणापत्र कार्यान्वयन गर्न निश्चित समय तालिकासहितको कार्ययोजना बनाउँछौं । कुन निकायले कतिभित्र के–के गर्ने भनेर कार्ययोजना बनाउँछौं । यहाँ केही समस्या देखिए सहजीकरण गर्छौं । यसमा आधा त स्थानीय तहकै जिम्मेवारी छ । उदाहरणका लागि नक्सा । पहिला गाविसमा नक्सा पास गर्नु नपर्ने हुनाले नबनाई घर बनाएको अवस्था छ । भूकम्पप्रतिरोधी छ भने यसलाई अब छुट दिएर पारित दिनुप¥यो नि । नक्सापासमा फी नलिने भन्ने कुरा गरेका छौं । भूकम्पपीडितले नक्सा बनाइदेउ भनेर कहाँ परामर्शदाता खोज्दै जानु ? स्थानीय तहले नै नक्सा बनाइदिनुप¥यो । मूल्यांकन गरेर फरफारक गरिदिनुप¥यो । 
पहिला प्राधिकरणको प्राविधिक नगएको अवस्थामा बासका लागि धेरै प्रभावितले आफ्नो तरिकाले बनाएका छन् । अब फेरि नयाँ बनाऊ भन्दा त कसरी बनाउन सक्लान् र ?
अहिले सहरी मन्त्रालय, प्राधिकरणले दिएका नमुनाहरूको आधारमा मात्र बनाउनुपर्छ, नत्र हुँदैन भनेका छैनौं । जस्तो घर बनाए पनि भूकम्पप्रतिरोधी बनाउनुपर्छ भन्ने मात्र हाम्रो मान्यता हो । फेरि भूकम्प जाँदा यसकै कारणले ज्यान गुमाउनु नपरोस् भनेर हामीले भूकम्पप्रतिरोधीचाहिँ बनाउनुपर्छ भनेका हौं । बनाएको घरमा सामान्य त्रुटि भए यसमा सामान्य यो–यो काम गर्नुस् भनेर हाम्रो प्राविधिकले भन्छ । फरफारक गरेर उसले पैसा लैजान सक्छ । नमुनाअनुसार बनाएको रहेनछ, तुरुन्तै भत्काउनुस् भनेर हामी भन्दैनौं । कसैले आफू बस्ने घर कच्ची बनाउन त चाहँदैन नि । तपाईंहरूले यसरी घर बनाउँदा सुरक्षित हुन्छ भनेर भन्ने गरी अभिमुखीकरण गरेर पठाउँछौं । हाम्रो काम मिल्यो, मिलेन भन्ने मात्र होइन, यसमा सहजता ल्याउन सहयोग गर्ने हो ।
राजनीतिजस्तै पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा अस्थिरता छ । तपाईं नयाँ आउनुभएको छ । कतिले नेतृत्व परिवर्तन भए पनि केही हुँदैन भनेर निराशा पोखेका, विश्वास नगरेको अवस्था छ । के तपाईंले साँच्चै काम गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने त ? 
साँच्चै काम हुन्छ भनेर विश्वास गर्दा हुन्छ । राजनीतिक अस्थिरताका कारण परिवर्तन भइरहने पद भनेर मान्छेले बुझे पनि म राजनीतिक व्यक्ति नभएका कारण र सरकारी सेवामा लामो समय काम गरेर बसेको हुनाले यो काम पार लाउँछु भन्ने मलाई विश्वास छ । कर्मचारीले गरेको काम पक्का हुन्छ भन्ने विश्वास सबैलाई छ । जुनसुकै राजनीति दलसँग पनि सम्पर्क बराबर छ । त्यसकारण कुनै द्विविधा मान्नुपर्ने कारण छैन । दाजुभाइहरूलाई के भन्न चाहन्छु भने तपाईंहरूले घरप्रतिरोधी खालको जस्तो पनि बनाउन सक्नुहुन्छ, तर प्राविधिकहरूले भूकम्पप्रतिरोधी भएको प्रमाणित गर्नुपर्छ । वडा कार्यालयका सचिवसँग बसेर प्राविधिकले अब काम गर्ने हुनाले र इन्जिनियर सम्बन्धित गाउँ र नगरपालिकामा बस्ने हुनाले भूकम्पप्रभावितहरूले खोज्न टाढा जानु पर्दैन । सास्ती हुँदैन । अहिले कुरा गरिरहेको अवस्थामा पनि काम धेरै भइरहेको हामीले देखेका छौं । अब केही हुन्छ भन्ने आशा जाग्या छ । यसलाई पार लगाउँछौं । 
तपार्इंको नियुक्तिलाई लिएर राजनीति बढी जोडियो भनेर पनि आएको थियो । कतै त्यसको प्रभाव त यहाँ पर्दैन ? 
नाताको कुरा आएको थियो । नाता नजोडिएको मान्छे त नेपाली हुन सक्दैन । कि त साम्राज्यवादी ब्रिटिस, जर्मनीहरूलाई ल्याउनुप¥यो । आर्थिक, राजनीतिभन्दा पारिवारिक नाता खराब होइन । अझ राम्रो हो भन्छु, किनभने मैले कसैको राजनीतिक दलको भारी बोकेर आएको छैन । बडाबड गरेर कुनै लाभ लिन आएको छैन । नाता त एउटाको पर्छ, नाता नपर्ने मान्छे को हुन्छ ? अरू खोट देखाउने कुरा नभएर नाताको कुरा लगाइएको हो । यसले अझ राम्रो गर्छ, किनभने म फलानाको नाता भन्ने धेरैलाई थाहा भयो । मैले गरेको कामले उहाँलाई व्यक्तिगत रूपमा र दललाई राम्रो–नराम्रो हुन सक्छ । यही कारण जहिले पनि सतर्क भएर सेवा दिन्छु नि । यो त कमजोरभन्दा सबल पक्ष हो । 
दाता सम्मेलनमा प्रतिबद्धता गरेको रकम दुई बर्ष नाघिसक्दा पनि पूर्ण रूपमा आएको छैन । कतै पुनर्निर्माणमा रकम अभाव त हुँदैन ? 
हामीले पुनर्निर्माणमा पैसा खर्च गर्न सकेकै छैनौं । गाउँघरे भाषामा पैसा धुरीमा झुन्ड्याएर राखेका छौं, तर खर्च गरेका छैनौं । खर्च गरेपछि अरू पैसा आइहाल्छ नि । अहिले पुनर्निर्माणका लागि पैसा अभाव छैन । पछि काम गर्दै जाँदा अभाव भए फेरि मित्रराष्ट्र र दातृ संस्थाहरूलाई गुहारेर फेरि सम्मेलन गरी स्रोत जुटाउँछौं भन्ने हाम्रो योजना छ । 
प्राधिकरणले पुनर्निर्माण कोष खडा गरेर आफैं सञ्चालन गर्ने भनेर सुरुदेखि प्रयास गरेको थियो, तर हालसम्म गर्न सकेन नि ? 
कससँग थैली हुने भनेर जँुगाको लडाइँ गर्नु आवश्यक छैन । किनभने नतिजा निकाल्नुपर्नेछ । तल अर्थ मन्त्रालयमा पैसा भएर के बिग्रेको छ र ? चाहिएका बेला दिइएकै छ । निकासा भइरहेकै छ । मैरै मुठ्ठीभित्र राख्छु भनेर जुँगाको लडाइँ गर्नु आवश्यक छैन । पुनर्निर्माणको व्यवस्था कानुनमा गरिएको छ । कानुनका सबै व्यवस्था गरेर साध्य छैन । कानुनमै हेर्ने हो भने त प्राधिकरणको प्रमुखलाई मन्त्रीसरहको पद दिइएको छ, तर शपथको प्रावधान नै रहनेछ । त्यो नदेखेपछि काली भगवती हाम्रा कुल देउता त्यहाँ शपथ गरी काम सुरु गरें । म पुनर्निर्माणको काम पार लगाइछाड्छु । कुनै लोभानी–पापानीतिर लाग्दिन । म पूर्ण रूपमा समय दिएर केही प्रतिफल निकाल्छु भनेर आएको छु । 
निजी आवासको कुरा बढी चर्चामा छ, भूकम्पपछि क्षति भएका अन्य क्षेत्रको प्रगति कस्तो छ ? कतै निजी आवासमै बढी केन्द्रित त छैनौं ? 
निजी आवास एउटा पक्ष हो । अरू क्षेत्रमा पनि प्रगति भइरहेको छ । बस्ती स्थानान्तरणको काम पनि अघि बढेको छ । आयआर्जन र जीविकोपार्जनका काम पनि अघि बढिरहेका छन् । समावेशिता र क्षमता अभिवृद्धिका काम पनि अघि बढेका छन् । बाहिर बसेको हुनाले मात्र निजी आवासको कुरा बढी उठेको हो । धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण नभएको हरेक दिन मान्छेले देखिरहेका छन् । यो काम भएन भन्नु पनि स्वाभाविकै हो । यसमा पनि जुँगाको लडाइँ भएको देखिरहेको छु । पुरातत्व विभाग, नागरिक समाज, काठमाडौं महानगरपालिका, प्राधिकरण वा कसले बनाउने भनेर छलफल भइरहेको देखिरहेको छु । सरोकारवाला सबै पक्ष जम्मा गरेर सार्वजनिक बहस चलाउँछौं । ऐन–कानुनले के भन्छ ? युनेस्कोलगायत विश्वसम्पदा सूचीकरण गर्ने संस्थाले के भन्छन्, स्थानीय तहले के भन्छ ? यी सबै कुरा सुनेर अघि बढाउँछौं । खानेपानी, कृषि र सडकका काम पनि भइरहेका छन् । खानेपानी, वन, कृषि, पशु क्षेत्रका कामहरू सम्बन्धित मन्त्रालयले गर्ने भनेर निर्णय गरेका छौं । उहाँहरूले स्थानीय तहलाई बाइपास गरेर काम गर्न पाउनुहुन्न । उहाँहरूले स्थानीय तहसँग मिलेर काम गर्नुपर्छ भनेका छौं ।

Tuesday, November 7, 2017

रेलमार्गका लागि स्थलगत अध्ययन गर्दै चिनियाँ टोली

    भीम गौतम   http://www.karobardaily.com/news/83161 0 + -

नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौं आइपुगेको उपमन्त्री झेङ जिङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो । 
जिङ र रेल विभागका प्रतिनिधिहरूको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । “चिनियाँ र नेपाली टोलीले रसुवागढीबाट अध्ययन सुरु गरेको छ, टोली बुधबार पोखरा र त्यसपछि लुम्बिनीमा समेत जान लागेको छ,” उनले भने । 
केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलका क्रममा चिनियाँ पक्षले प्रस्तावित रेलमार्गको आर्थिक र प्राविधिक पक्षबारे जानकारी गराएको थियो भने विभागले नेपालमा रेलमार्ग निर्माणको योजना र भविष्यबारे चिनियाँ पक्षलाई जानकारी दिएको थियो । 
चीनको गन्सुबाट ल्हासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौं–लुम्बिनी जोड्ने गरी रेलमार्ग बनाउन दुई देश सहमत भएपछि अहिले चिनियाँ पक्ष अध्ययन अघि बढाएको छ । सगरमाथाको उत्तरी मोहडाको करिब पाँच हजार मिटर उचाइमा पर्ने स्थानमा सुरुङ खनेर सो रेलमार्गलाई हिमाल वारपार गराउने योजना छ । यो सम्भव भएमा उक्त रेलमार्ग संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुनेछ । 
चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (ओबार) अन्तर्गत निर्माण अघि बढाउन लागिएको उक्त मार्गको विस्तृत अध्ययनका लागि नेपालले चिनियाँ अधिकारीहरूलाई अनुरोध गरिसकेको छ । केही महिनाअघि भएको तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भारत भ्रमणका बेलामा पनि चिनियाँ प्रधानमन्त्रीसँग यसबारे छलफल भएको थियो । महराले यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि चिनियाँ अधिकारीहरूलाई आग्रह गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच रेलमार्गसहित यातायात र पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो ।
चीनले सन् २०२० सम्ममा नेपालको सीमासम्म उक्त रेलमार्ग जोड्ने लक्ष्य लिएको छ । त्यसपछि नेपालतर्फको रेलमार्ग निर्माणको काम अघि बढ्नेछ । अहिले नेपाल आएको चिनियाँ टोलीले प्राविधिक रुपमा अध्ययन सम्पन्न गरेपछि दुई देशको सहमतिमा डीपीआरलगायत कार्य अघि बढाउने लक्ष्य छ ।
 

फुकोट कर्णालीमा जलविद्युत् कम्पनीको पहिलो स्वपुँजी

    कारोबार संवाददाता  http://www.karobardaily.com/news/831430 + -

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले ४२६ मेगावाटको फूकोट कर्णाली जलविद्युत् आयोजनामा स्वँपुजी (इक्विटी)  गर्ने निर्णय गरेको छ । ६ वर्षअघि स्थापना भएको कम्पनीले हालसम्म जलविद्युत् आयोजनाहरुमा ऋण लगानीमात्र गर्दै आएको छ । 
फूकोट कर्णालीमा भने कम्पनीले १० प्रतिशत स्वपुँजी लगानी गर्न लागेको हो । सोमबार बसेको बैठकले उत्पादक कम्पनीको अनुरोधमा लगानीको निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत छविलाल पोखरेलले जानकारी दिए । “कम्पनीले १० प्रतिशत अर्थात् १ अर्ब २६ करोड रुपैयाँ बराबर लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले पाँच वर्षे व्यावसायिक योजना सार्वजनिक गरेपछिको यो पहिलो लगानी पनि हो,” उनले भने । 
निजामति कर्मचारीसहित नेपाली सेना, प्रहरी, शिक्षकलगायतको सेयर लगानीमा निर्माण हुन लागेको आयोजना २० प्रतिशत इक्विटी र ८० प्रतिशत लोनमा निर्माण हुन लागेको छ । कालीकोटमा निर्माण हुन लागेको आयोजनालाई ऊर्जा मन्त्रालयले गत साउनमा अध्ययन अनुमतिपत्र दिएको थियो ।
अहिलेसम्म ५ सय ४१ मेगावाटका १४ आयोजनामा ६ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरिसकेको आयोजनाले पाँच वर्षभित्र १५ अर्बबराबर लगानी गर्ने लक्ष्य राखेको छ । विदेशी पुँजी भित्र्याएर तथा स्वदेशकै पुँजी जम्मा गरेर कम्पनीले सरकारी तथा निजी क्षेत्रका आयोजनाहरूमा इक्विटी र लोन दुवै लगानी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । 
सोमबार भएको कम्पनीको बोर्ड बैठकले सेयर लगानीकर्ताहरूलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ । कम्पनीका अनुसार ५० करोड बराबरको लाभांश वितरण गर्न लागिएको हो ।

Sunday, November 5, 2017

अर्धजलाशययुक्त आयोजनाको पहिलो पीपीए

    भीम गौतम   http://www.karobardaily.com/news/831360 + -

नयाँ प्रावधानपछि भोटेकोशीको डलर पीपीए

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक पिकिङ नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । प्राधिकरणले १ सय ६० मेगावाटको लाप्चेखोला जलविद्युत् आयोजनाको पीपीए गरेको हो । विगतमा पिकिङ आरओआर आयोजनाको छुट्टै पीपीए दर नभएकाले ऊर्जा मन्त्रालयको नीति अनुसार प्राधिकरणले जलाशय र अर्धजलाशयको नयाँ पीपीए दर कायम गरेको थियो ।
प्राधिकरणको ७ सय ६१ औं बैठकले नासा हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ९९.४ मेगावाट पीपीए क्षमता भएको १ सय ६० मेगावाटको लाप्चेखोला जलविद्युत् आयोजनासँग नयाँ नीति आएपछि पहिलोपटक पीपीए गर्ने निर्णय गरेको छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “६ घन्टा पिकिङ समयमा ऊर्जा उत्पादन गर्नेगरी बोर्डले पीपीएका लागि स्वीकृति दिएको छ ।” नयाँ नीति अनुसार ६ घन्टा पिकिङ दिने आयोजनाको पीपीए दर प्रतियुनिट १०.५५ रुपैयाँ छ ।  पिकिङ आवरबाहेक भने प्राधिकरणकै पीपीए दरअनुसार वर्षामा प्रतियुनिट ४.८० र हिउँदमा ८.४० रुपैयाँ पाउनेछ । 
प्राधिकरणको सुख्यायाममा कम्तीमा कुल ऊर्जाको ३० प्रतिशत र पिक हावरमा ६ घन्टा दिनुपर्ने व्यवस्थाअनुसार क्यू ४२ मा निर्माण हुँदा आयोजनाको क्षमता ९९.४ मेगावाट मात्र पीपीए क्षमता हुने भएकोले सोहीअनुसार पीपीए गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्यू ४० भन्दा कममा पीपीए नगर्ने व्यवस्था गरेको छ । तर १२ माघ २०७३ मा  प्राधिकरण बोर्ड बैठकले कुनै जलविद्युत् आयोजनाले क्यू ४० भन्दा कममा डिजाइन गरी उत्पादन गर्न चाहेमा र त्यस्तो विद्युत् प्राधिकरणलाई आवश्यक परेमा भारप्रेषण केन्द्रको निर्देशनअनुसार खरिद गर्नसक्ने र आवश्यक नपरेमा प्रवद्र्धकले प्राविधिक रूपमा सम्भव भएमा ह्विलिङ चार्ज तिरी तेस्रो पक्षलाईसमेत बेच्नसक्ने बाटो खुल्ला गरेको थियो । संसद्बाट पारित विद्युत् नियमन आयोगसम्बन्धी ऐनअनुसार आयोग गठनपछि प्राधिकरणको एकाधिकार तोडेर विद्युत् व्यापारका लागि अर्को कम्पनी खडा भएमा मात्र थप विद्युत् विक्रीको सम्भावना छ । सुख्यायाममा १ सय ७२ गिगावाट आवरसहित ५ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुने लाप्चेखोलाले १४ साउन २०७९ देखि उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
निर्देशिकापछि पहिलो डलर पीपीए 
विदेशी मुद्रा (डलर)मा पीपीएसम्बन्धी नयाँ नीति आएपछि पहिलोपटक १ सय २० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् आयोजनाले पीपीए गरेको छ । लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित सो आयोजना नयाँ प्रावधानअनुसार पीपीए भएको हो । यसअघि विद्युत् प्राधिकरणले खिम्ती, भोटेकोसी, तल्लो सोलु, अपर मस्र्याङ्दी, काबेली लगायतका  आयोजनासँग डलरमा पीपीए गरेपछि स्पष्ट डलर पीपीए निर्देशिका नहुँदा विभिन्न दर र सर्तबमोजिम डलर पीपीए भएको थियो । खिम्ती र भोटेकोसीको पीपीए डलरमा गरेकै कारण विद्युत् प्राधिकरणको कुल आम्दानीको ४५ प्रतिशत तिर्नुपर्ने कारण विद्युत् प्राधिकरणको आर्थिक अवस्था धराशायी भएको भन्दै डलर पीपीएबारे विवाद थियो भने संसद्का विभिन्न समितिलेहरूले समेत निश्चित निर्देशिका बनाएर पीपीए गर्न निर्देशन दिएका थिए ।
नयाँ प्रावधानअनुसार ७५ प्रतिशत चिनियाँ कम्पनीको लगानी भएको रसुवा भोटेकोसी आयोजनामा ७५ प्रतिशत डलरमा र २५ प्रतिशत नेपाली मुद्रामा प्रवद्र्धक कम्पनीले भुक्तानी पाउनेछ । ८ पटकसम्म मूल्यवृद्धि (स्कालेसन) पाउने आयोजनाको लागत २ सय १२ मिलियन डलर छ । २२ डिसेम्बर २०२१ भित्र सम्पन्न गर्ने आयोजनाबाट हिउँदमा १०३ गिगावाट आवरसहित ५ सय ८१ गिगावाट आवर उत्पादन हुने लक्ष्य राखिएको छ । प्राधिकरणको बोर्डको निर्णय अनुसार, पीपीए हस्ताक्षर गर्दाको दिनमा हुने आउने डलरको भाऊको आधारमा कम्पनीले भुक्तानी पाउने प्रवक्ता अधिकारीले जानकारी दिए । “पीपीए हस्ताक्षर भएको समयको डलर भाऊको आधारमा कम्पनीले विदेशी लगानी रहेको ७५ प्रतिशत रकम मात्र नेपाली मुद्रामै डलर किनेर विद्युत् प्राधिकरणले भुक्तानी गर्नेछ,” उनले भने, “डलरको भाऊ तलमाथि भएमा हेजिङ फन्डबाट बेहोर्ने गरी निर्णय भएको छ, अब विद्युत् प्राधिकरणमा डलर पीपीएको कारण थप व्यवभार पर्दैन ।”
हेजिङ फन्डको अवधारणाअनुसार नेपाल राष्ट्र बैकले विस्तृत अध्ययन गरेर फन्ड स्थापना गर्ने र त्यसमा सरकार, प्राधिकरण र प्रवद्र्धकले निश्चित रकम जम्मा गरी सोही रकमबाट डलरको भाऊ पीपीए सम्झौता भएको वखतभन्दा वृद्धि भएमा बेहोर्नेछ भने घटेमा विद्युत् प्राधिकरणलाई फाइदा हुनेछ । रसुवा भोटेकोसी आयोजना निर्माण सम्पन्न हुने अवस्थासम्म हेजिङ फन्ड स्थापना नभएमा दुवै पक्षको सहमतिमा डलर वृद्धिको रकम बेहोर्नेगरी अघि बढ्ने अधिकारीले जानकारी दिए । नयाँ व्यवस्थाअनुसार विदेशी ऋण चुक्ता नभएसम्म डलरमा पीपीए गर्ने उल्लेख भएपनि त्यो १० बर्षभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

विद्युत् नियमन आयोगको नियमावली एक महिनाभित्र

     भीम गौतम  http://www.karobardaily.com/news/83125 0 + -

ऊर्जा मन्त्रालयले विद्युत्् नियमन आयोग गठनका लागि आवश्यक आयोग नियमावलीको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।  गत साउनमा संसदबाट पारित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ १९ मा प्रमाणीकरण गरिएको नियमन आयोगको ऐन–२०७४ अनुसार आयोग गठनका लागि आवश्यक नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको हो । 
ऊर्जा क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणसँगै रहेको खरिद र विक्रीको एकाधिकारका साथै ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागमा रहेका धेरै अधिकार रहने आयोग गठनलाई उच्च महत्वका साथ हेरिएको छ । “प्रारम्भिक मस्यौदा निर्माणको काम भएको छ, यसलाई अन्तिम रूप दिन बाँकी छ,” ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले भने, “राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको ९१ दिनपछि ऐन सक्रिय भएको मानिन्छ र त्यसपछि पदाधिकारीहरूको चयन प्रक्रिया प्रारम्भ हुन्छ ।” उनका अनुसार, मस्यौदामा ऐनमा उल्लेख भए अनुसारका शुल्कहरू निर्धारणका साथै आवश्यक कर्मचारीहरूको नियुक्ति, आयोगका पदाधिकारीहरूको सेवा सर्तहरूको लागि नियमावलीमा व्यवस्था गरिन्छ । राष्ट्रपतिद्वारा प्रमाणीकरण गरेको मितिअनुसार अबको एक महिनाभित्र ऐन स्वतः सक्रिय हुनेछ । अबको एक महिनाभित्र विनियमावली निर्माण गरी मन्त्रिपरिषद्बाट पारित गर्ने योजना ऊर्जा मन्त्रालयको छ । नियमावली गठनका लागि मन्त्रिपरिषदद्वारा गठित समितिमा संयोजक एवं ऊर्जा मन्त्रालयका सहसचिव धर्मराज कुइँकेल छिट्टै नियमावलीको बनाएर आयोग गठनका लागि प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘एक महिनापछि ऐन सक्रिय हुन्छ र त्यसपछि आयोग गठनका लागि पदाधिकारीहरूको नियुक्ति गर्ने प्रक्रिया अघि बढ्छ ।”
ऊर्जा मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिले आयोगका अध्यक्ष लगायतका पदाधिकारीहरू चयन गर्ने व्यवस्था गरिएको छ । आयोग स्थापनापछि पीपीएमा एकरूपता, वेसिनवाइज जलविद्युत्् र प्रसारणलाइन निर्माणमा प्राथमिकताका साथै नीतिगत स्पष्टता भई अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्या समाधान हुन सक्ने अपेक्षा गरिएको छ ।
जलविद्युत् नीति २०५८ साल आएपछि नियमन आयोग बनाउने प्रक्रिया सुरु गरेको १६ बर्षपछि र  २०६५ सालमा विद्युत् नियमन आयोग विधेयकको मस्यौदा तयार पारेपछिको ९ वर्षपछि बल्ल ऐन निर्माण भएर अहिले नियमावली बन्ने चरणमा छ ।    विद्युत् उत्पादन, प्रसारण, वितरण, निकासी, पैठारी वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम गर्र्ने अधिकार आयोगलाई दिइएको छ । आयोगले उत्पादन, वितरण, खरिद, विक्री लगायतमा प्रतिष्पर्धात्मक वातावरण बनाई निजी क्षेत्रलाई समेत एक्लै वा अन्य देशसँग मिलेर उत्पादन, वितरण, प्रसारण, खरिद, ह्विलिङ व्यापार लगायतमा खुल्ला गर्नेछ । आयोगले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापार नियमन गर्न विद्युत् सेवासम्बन्धी ग्रिड संहिता र वितरणसंहिता बनाइ कार्यान्वयन तथा अनुगमन गर्ने, यसको सञ्चालन तथा मर्मतसम्भारको स्तर तथा कार्यविधि निर्धारण गरी कार्यान्वयन गर्ने, राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षा कायम राख्न नियमन गर्ने, विद्युत् प्रणाली सञ्चालकको भूमिका तथा दायित्व निर्धारण गरी कार्यान्वयनको अनुगमन गर्ने लगायतका कार्य गर्नेछ ।