कारोबार संवाददाता
काठमाडौ, ७ मंसीर ।
नेपाल विद्युत प्राधिकरणले ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको सिभिल निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिएको छ ।
प्राधिकरणले इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) मोडलमा आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल वक्र्सको ठेक्का भारतको जयप्रकाश एसोसियट्स कम्पनीलाई दिएको हो । प्राधिकरण उत्पादन निर्देशानालयका उपकार्यकारी निर्देशक हरिराज न्यौपानेका अनुसार, निर्माण सुरु भएको चार बर्षभित्र सम्पन्न गर्ने गरी भारतीय कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।
दुई महिनाभित्र आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । प्राधिरकणले ठेक्का दिने निर्णयसँगै स्वीकृतिका लागि प्राधिकरण भारतीय एक्जिम बैकलाई पठाउने र स्वीकृति भएर आएपछि निर्माणका लागि प्रकृया अघि बढ्ने प्राधिकरणले जनाएको छ । भारतीय एक्जिम बैकको ऋण सहयोग समेत गरी ९ अर्बको लागतमा निर्माण हुन लागेको आयोजनाको पहिलाको क्षमता ३२ मेगावाट रहेकोमा बढाएर ४० मेगावाट पुर्याइएको प्राधिकरणले जनाएको छ ।
साढे दुई बर्ष अघिनै समयमै जलविद्युत आयोजनाको काम अघि नबढाएपछि भारतीय कम्पनी आइभीआरसीएलसँग भएको सम्झौता प्राधिकरणले तोडेको थियो । म्याग्दी जिल्लामा निर्माण हुन लागेको सो आयोजनाको मुख्य सिभिल निर्माण कार्यका लागि भारतीय कम्पनी आईभीआरसीएल लिमिटेडसँग ४ नोभेम्बर २०१० मा सम्झौता भएको थियो । तर समयमै काम नगरेपछि ठेक्का तोडिएसँगै आयोजनाको निर्माणमा अन्योलता बढेको थियो ।
No comments:
Post a Comment