Thursday, May 31, 2018

ऊर्जा दशकका लागि पौने दुई खर्ब

http://karobardaily.com/news/development/6040
बिहिवार, जेठ १७, २०७५
–उत्पादन गर्ने निजी क्षेत्रलाई वेबास्ता गरेको आरोप
२०७५–०८५ लाई ऊर्जा दशक घोषणा गर्दै सरकारले यसका लागि १ अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ३ वर्षभित्र ३ हजार, ५ वर्षभित्र ५ हजार र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको हो । मंगलबार सार्वजनिक बजेटमा सरकारको तर्फबाट जलविद्युत् विकास दशकसम्बन्धी कार्ययोजनाका लागि १९ करोड ४५ लाख तथा अर्थ मन्त्रालयलको ऋण तथा लगानीअन्तर्गत १ अर्ब ६७ करोड ३७ लाख विनियोजन गरिएको छ ।२०७५–०८५ लाई ऊर्जा दशक घोषणा गर्दै सरकारले यसका लागि १ अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ३ वर्षभित्र ३ हजार, ५ वर्षभित्र ५ हजार र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको हो । मंगलबार सार्वजनिक बजेटमा सरकारको तर्फबाट जलविद्युत् विकास दशकसम्बन्धी कार्ययोजनाका लागि १९ करोड ४५ लाख तथा अर्थ मन्त्रालयलको ऋण तथा लगानीअन्तर्गत १ अर्ब ६७ करोड ३७ लाख विनियोजन गरिएको छ ।१५ हजार मेगावाटबराबरका आयोजना बनाउनका लागि कम्तीमा ३० खर्ब रुपैयाँ आवश्यक पर्छ, तर बजेटमा पुँजी कसरी जुटाउने भन्ने उल्लेख छैन । सरकारले १५ हजार मेगावाटमध्ये अधिकांश निजी क्षेत्रबाट उत्पादन गर्ने लक्ष्य राखे पनि निजी क्षेत्रलाई नै बेवास्ता गरिएको आरोप सरोकारवालाको छ  । “सरकारले १० वर्षभित्र उत्पादन गर्ने लक्ष्य राखेकोमध्ये अधिकांश निजी क्षेत्रबाटै उत्पादन गर्ने लक्ष्य राखेको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) का उपाध्यक्ष कुमार पाण्डे भन्छन्, “निजी क्षेत्रलाई सहुलियत र सहजीकरण नगरी कसरी उत्पादन हुन सक्छ ?” सरकारले जलविद्युत् प्रवद्र्धकलाई प्रोत्साहन गर्न विगतको सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने गरी भ्याटबापत प्रतिमेगावाट ५० लाख फिर्ता, विद्युत् खरिद सम्झौता (पीपीए) मा पोस्टपेड रेट, सहज रहेको वन, वातावरणको प्रकृयालाई सहजीकरण गर्ने तथा हाल जलविद्युत् आयोजनामा लगानीका लागि ठूलो समस्याको रुपमा रहेको बैंक-वित्तीय संस्थाले ५ प्रतिशतलाई १५ प्रतिशत पुर्याउने गरी बजेट आउने आशा गरिएको भए पनि निजी क्षेत्रलाई पूर्ण रुपमा वेवास्त गरी बजेट आएको उनी बताउँछन् । 
कुन निकायलाई कति बजेट ?
ऊर्जा, जलस्रोत र सिँचाइलाई करिब १ खर्ब १० अर्ब बजेट विनियोजन गरेको सरकारले विद्युत् विकास विभागलाई २८ करोड, नियमन आयोगलाई १ करोड ५४ लाख, जल तथा मौसम विभागलाई  ३५ करोड, जलस्रोत तथा सिँचाइ विभागलाई २२ करोड ५० लाख तथा सिँचाइ व्यवस्थापन डिभिजन १० करोड ७५ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी जल तथा ऊर्जा आयोगलनाई ६ करोड ३१ लाख, नदी वेसिन योजना तथा जलविद्युत् विकास गुरुयोजना तर्जुमा आयोजनालाई १० करोड ८० लाख, सप्तकोशी बहुउद्देश्यीय आयोजनालाई १२ करोड ४९ लाख, पञ्चेश्वर बहुउद्देश्यीयलाई १ करोड ७७ लाख, जलविद्युत् आयोजनालाई अध्ययन ७३ करोड २१ लाख, जलविद्युत् आयोजना सम्बन्धी मापदण्डलाई ८४ लाख, बूढीगंगालाई २९ करोड ९९ लाख, बूढीगण्डकीलाई १७ अर्ब ९९ करोड ९६ लाख,  नलगाढलाई ५४ करोड ४१ लाख विनियोजन गरिएको छ । सिँचाइतर्फ बृहत् सरकारी सिँञ्चाइ योजनाको पुनस्र्थापना तथा व्यवस्थापन हस्तान्तरणलाई ४५ करोड ३२ लाख, बागमती सिँचाइ आयोजनालाई ४७ करोड ६० लाख, बबई सिँचाइलाई १ अर्ब २४ करोड ९७ लाख, महाकाली सिँचाइ आयोजनालाई ३१ करोड ८१ लाख, सुनसरी मोरङ सिँचाइ आयोजना तेस्रिो ३६ करोड २ लाख,  सिक्टा सिँचाइलाई १ अर्ब ४९ करोड ४३ लाख, पालुङटार–कुन्डुटार सिँचाइलाई ४ करोड २ लाख, रानी मजरा कुलरिया सिँचाइलाई २ अर्ब १५ करोड २५ लाख, भेरी बबई सिँचाइ आयोजनालाई ६ अर्ब ९ करोड ७४ लाख छुट्याइएको छ । 

Wednesday, May 30, 2018

ऊर्जा र सिँचाइमा १ खर्ब १० अर्ब

 बुधवार, जेठ १६, २०७५
पुर्ननिर्माणका लागि साढे एक खर्ब
अर्थमन्त्री डा. युवराज खतिवडाले ऊर्जा र सिँचाइ क्षेत्रमा एक खर्ब १० अर्ब रुपैयाँबराबर बजेट विनियोजन गरेका छन् । ऊर्जालाई विशेष प्राथमिकता दिँदै मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा ऊर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड ५२ लाखसहित ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयलाई गरी एक खर्बभन्दा बढी विनियोजन गरिएको छ ।
चालु वर्षमा ऊर्जा क्षेत्रमा ७१ अर्बबराबरको बजेट रहेको तथा मन्त्रालयलाई सिलिङ दिँदा ७६ अर्बमात्र दिइएकोमा सार्वजनिक बजेटमा त्योभन्दा बढी ८३ अर्ब विनियोजन गरिएको हो । बजेटमा तीन वर्षभित्र सबै नेपालीको घरमा आधुनिक ऊर्जा र पाँच वर्षभित्र सबै परिवारलाई मागबमोजिमको विद्युत् उपलब्धता गराउने उल्लेख गर्दै प्रत्येक प्रदेशमा कम्तीमा एक बहुउद्देश्यीय जलाशययुक्त आयोजना सञ्चालन गर्ने उल्लेख छ । प्रदेशहरूमा तमोर, कन्काई, उत्तरगंगा, नौमुरे, सुनकोशी दोस्रो र तेस्रो, कालीगण्डकी तथा नलगाडको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण अघि बढाइने उल्लेख गर्दै बजेटमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न गरी निर्माण प्रकृया अघि बढाउने, पश्चिम सेती जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमै निर्माण गरिने घोषणा गरिएको छ । हाल पश्चिम सेतीको अनुमतिपत्र चिनियाँ कम्पनीसँग भए पनि यसलाई खारेज गरेर स्वदेशी लगानीमा बनाउन लागिएको हो ।
कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको निर्माण अघि बढाउन प्रारम्भिक कार्य सुरु गरिने, कर्मचारी, स्वदेश तथा वैदेशिक रोजगारीमा संलग्न सबै श्रमिकको लगानीमा उपयुक्त जलविद्युत् आयोजना अघि बढाइने, विद्युत् उत्पादनमा सम्मिश्रित वित्तिय स्रोत परिचालन गरिने तथा सर्वसाधारण जनताको लगानीमा तीन हजार मेगावाटसम्मको आकर्षक जलविद्युत् आयोजना कार्यान्वयनमा ल्याइने बजेटमा उल्लेख छ । बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको काम प्रारम्भ गर्नुका साथै अन्य निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने उल्लेख गरिएको बजेटमा लम्की–बरेली, दुहबी–पूर्णिया र कोहलपुर–लखनउ प्रसारण लाइनहरूको विस्तृत अध्ययन गरिने, पाँच वर्षभित्र चीन जोड्ने अन्तरदेशीय प्रसारणलाइन सम्पन्न गर्ने तथा पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गको समाान्तरमा र नदी वेसिनमा आधारमा उत्तर दक्षिण प्रसारण लाइन निर्माण अघि बढाइने उल्लेख छ ।
निजी लगानीकर्ताहरूलाई प्रसारणलाइनको विकासमा सहभागी गराउन निर्माण र हस्तान्तरण अवधारणा अघि ल्याउने, प्रसारण लाइनबाट प्रभावित घरपरिवारलाई विद्युत् आयोजनामा लगानीको अवसर प्रदान गर्ने उल्लेख गरिएको बजेटमा विद्युत् नियमन आयोग गठन गरी विद्युत् खरिद सम्झौता र विद्युत् शुल्क निर्धारणलगायत व्यवस्थित गर्ने तथा देशैभरि क्रमशः स्मार्ट मिटर प्रणाली लागू गर्ने बजेटमा उल्लेख छ । 
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले प्रसारणलाइन र उत्पादनमा जोड दिए पनि बजेटले पुँजी निर्माणतर्फ ध्यान नदिएकोले यसको लगानी जुटाउन समस्या हुन सक्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्षसमेत रहेका जलविद्युत् विज्ञ ज्ञानेन्द्रलाल प्रधान भने प्रत्येक प्रदेशमा ठूला आयोजना बनाउने उल्लेख हुनुलाई सकारात्मक रहेको बताउँछन् । 
त्यसैगरी सिँचाइतर्फ पाँच वर्षभित्र सिँचाइयोग्य जमीनमा सिँचाइ पुराउने उद्देश्यले निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न तथा नयाँ आयोजना सुरु गर्ने, तमोर–चिसाङ, सुनकोशी–मरिन, सुनकोशी–कमला, कालीगण्डकी–तिनाउ र पश्चिम सेती–कैलाली–पाण्डुल सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन तथा वृहत दाङ सिँचाइ आयोजना अघि बढाउने बजेटमा उल्लेख छ । बजेटमा भेरी–ववई डाइभर्सन, रानी जमरा, कुलरिया, सिक्टा र बबई सिँचाइ आयोजनाको लागि कार्य तीव्रता दिन १० अर्ब ९९ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । 
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका लागि ४५ अर्ब ५३ करोड ९८ लाख छुट्याएको बजेटमा विद्युत् विकास विभागलाई २८ करोड, नियमन आयोगलाई १ करोड ५४ लाख, जल तथा मौसम विज्ञान विभागलाई ३५ करोड, जलस्रोत तथा सिँचाइ विभागलाई २२ करोड ५० लाख तथा सिँचाइ व्यवस्थापन डिभिजन १० करोड ७५ लाख बजेट छट्याइएको छ । 
बजेटले आर्थिक बर्ष २०७४/०७५ सम्ममा विद्युतको पहुँच वृद्धि ४० लाख पुग्ने र २०७५/०७६ सम्म ३ लाख थपिएर ४३ लाख घरधुरी पुग्ने, उत्पादन १०४५ मेगावाटबाट ७६० मेगावाट थपिएर १८०५ मेगावाट, ६६ केभी र सो माथिको प्रसारण लाइन ३४९६ किमिबाट ७६१ थपिएर ४२५७ किमी, ३३ केभी प्रसारण लाइन ६०० किमिबाट ४ सय ५५ बढेर १०५५ किलोमिटर, ११ केभीको प्रसारण लाइन १२ सय किलोमिटरमा नौ सय किलोमिटर थपेर २१ सय किलोमिटर पुर्याउने लक्ष्य बजेटले राखेको छ । त्यसैगरी हाल केन्द्रीय प्रसारण लाइनबाट ६९ प्रतिशत उपभोक्तामा विजुलीको पहुँच पुगेकोमा ९ प्रतिशत थपेर ७८ प्रतिशत पुर्याउने, प्रति व्यक्ति विद्युत खपत १ सय ६४ युनिटबाट सात युनिट थपेर १७० युनिट, विद्युत चुहावट २०.९ प्रतिशतबाट २ प्रतिशत घटाएर १८.९ प्रतिशतमा झार्ने बजेटमा उल्लेख छ । 
वैकल्पिक ऊर्जातर्फ भने हाल ८ हजार ५९ हजार ९ सय ७६ घरधुरीमा सोलार जडान भएकोमा ५५ हजार घरधुरीमा थप्ने, लघु तथा साना जलविद्युत् आयोजनाबाट विद्युत ३०.७ मेगावाटबाट ३ मेगावाट थप्ने, घरायासी वायोग्यास प्लान्ट निर्माण ४ लाख ३८ हजार ८ सय ६८ बाट २५ हजार घरधुरीमा थप्ने, सुधारिएको चुल्हो १३ लाख ३ हजार ९ सय ८० बाट १ लाख २२ हजार घरधुरीमा थप्ने बजेटमा उल्लेख छ । त्यसैगरी सिँचाइतर्फ २० हजार ३ सय हेक्टर जमीनमा थप सिँचाइ पुराउने, थप १५ किलोमिटर जनताको तटबन्ध कार्यक्रमअन्तर्गत योजना अघि बढाउने बजेटमा उल्लेख छ ।
पुर्ननिर्माणका लागि साढे एक खर्ब
भूकम्प र बाढीपछिको पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्ब ८ करोडबराबरको बजेट विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्षमा पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब विनियोजन गरिएको थियो भने यसपटक बाढी लगायतको पुनर्निर्माणलाई समेत गरी आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि यो बजेट विनियोजन गरिएको हो । 
आगामी वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने तथा बाढी पहिरो र डढेलो लगायतका सबै प्रकारका प्राकृतिक प्रकोप पीडितहरूको आवास निर्माणका लागि सो बजेट विनियोजन गरिएको छ । बजेटमा प्रदेश र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिने उल्लेख छ ।

Monday, May 28, 2018

'विश्वकै नमुना'फोहोरबाट ग्यास बनाउने परियोजना

http://karobardaily.com/news/development/5950
मंगलबार, जेठ १५, २०७५
नवलपरासीमा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले निर्माण गरेको नेपालकै ठूलो फोहोरबाट ग्यास बनाउने बायोग्यास प्लान्ट विश्वकै नमुना परियोजनाको रूपमा छनोट भएको छ । क्लाइमेट इन्भेस्टमेन्ट फण्ड (सीआईएफ)ले विश्व बैंकमार्फत् गरेको आर्थिक सहायताअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)को अनुदानमा निजी क्षेत्रले निर्माण गरेको बायोग्यास परियोजना विश्वकै उत्कृष्ट नमुना परियोजनाको रूपमा छनोट भएको हो । 
सीआईएफले विश्वमा लगानी गरेका तीन सय परियोजनामध्ये १० उत्कृष्ट नमुना छनोट गरेको र त्यसमध्ये नेपालको बायोग्यास छनोट भएको सीआईएफकी प्रमुख माफाल्दा डरार्टले जानकारी दिइन् । “सीआईएफले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा विश्वका ७२ मुलुकमा सञ्चालन गरेका तीन सय परियोजनामध्ये नेपालको बायोग्यासको परियोजना छनोट गरेका हौ,” नवलपरासीको रामग्रामस्थित बायोमास परियोजना पुगेकी उनले भनिन्, “यो परियोजनामा केही नयाँपन प्रयोग गरिएको देखिएको छ ।” माफाल्दासहित सीआईएफ र एईपीसीका कार्यकारी निर्देशक रामप्रसाद धितालसहितको टोलीले रामग्राम पुगेर बायोग्यास परियोजनाबारे सबै सरोकारवाला निकायसम्म पुगेर अध्ययनसमेत गरेको थियो । 
चार वर्षअघि निर्माण भएको ३७ सय ५० घनमिटरको बायोग्यास प्लान्ट एक वर्षअघि निर्माण सम्पन्न भएको थियो । सरकारको ५ करोडबराबर अनुदानसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा २२ करोड लगानीमा निर्माण भएको प्लान्टबाट दैनिक १ सय ४७ वटा ग्यास सिलिण्डर अर्थात् एलपीजीबराबर गणना गर्दा १ सय २० सिलिण्डर उत्पादन हुने प्रालिका कार्यकारी निर्देशक अभिरत अग्रवालले जानकारी दिए । उनका अनुसार प्लान्टबाट १ हजार ५ सय केजी मिथेन ग्यास उत्पादन गरी नवलपरासी र भैरहवाका ५१ वटा विभिन्न होटल, उद्योगहरूमा वितरण गरिएको छ । “विश्व बैंकमार्फत् क्लाइमेट चेन्जको अनुदान नपाएको भए बायोग्यास प्लान्ट बनाउन गाह्रो हुन्थ्यो, अहिले निर्माण सम्पन्न भएपछि यस क्षेत्रका ५१ वटा होटेल र उद्योगधन्दामा एलपीजी ग्यास विस्थापन भएको छ,” उनले भने, “पहिलो प्लान्ट निर्माण गरेर उत्पादन र वितरणमा सफल भएका छौं । अब १५ सय घनमिटरको बायोमास निर्माण गर्ने प्रकृयामा छांै ।”
गाईको गोबर, कुखुराको सुली, चिनी मिलको प्रेस मडलगायत फोहोरबाट उत्पादन हुने ग्यासमध्ये ६० प्रतिशत मिथेन ग्यास र करिब ४० प्रतिशत कार्बनडाईअक्साईड उत्पादन हुने कम्पनीले जनाएको छ । दैनिक ३६ टन कच्चा पदार्थ चाहिने प्लान्टबाट दैनिक १२ टन फोहोर उत्पादन हुने गरेको छ । कोल, फ्यान्टलगायतका उपयोग हुने कार्बनडाईअक्साईड प्लान्टले बिक्री गरिसकेको छैन भने मल बिक्रीका लागि प्रकृया अघि बढाएर हाल कृषि मन्त्रालय हुँदै कृषि अनुसन्धान केन्द्र (नार्क) ले परीक्षण गरिरहेको छ । परीक्षणबाट सफल भएपछि मलसमेत बजारमा पठाउने तयारी कम्पनीको छ । 
प्लान्टले मात्र वार्षिक रुपमा ४३ हजार ८ सय भारतबाट आयातित एलपीसी ग्यास विस्थापन गरेर ६ करोड २ लाख रुपैयाँबराबर फाइदा पुगेको एईपीसीले जनाएको छ । “रामग्रामको बायोग्यास प्लान्टले ग्यास उत्पादन गरेर यस क्षेत्रका ठूला होटल र उद्योगहरूमा वितरण गरेर नेपालमै उत्कृष्ट काम गरेको छ,” एईपीसीका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने, “यसले ग्यासमा भएको परनिर्भरतालाई घटाएको छ । यस्तो नमुना परियोजनालाई देशव्यापी रुपमा प्रचार गरेर बायोग्यास प्लान्टलाई विस्तार गर्न सके ग्यास उत्पादन बढाउन र फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्छ ।”
जर्मन प्रविधिमा आधारित बायोग्यास प्लान्ट निर्माण गरेको परियोजना बायोग्यास शुद्धीकरणका लागि मेरनेन प्रविधि उपयोग गर्ने दक्षिण एसियाकै पहिलो हो । “बायोग्यासलाई शुद्धीकरणका लागि कम्प्रेस नेचुरल ग्यास (सिएमजी) बनाउन प्रयोग गरिएको मेरनेन प्रविधि दक्षिण एसियामै पहिलोपटक यहाँ प्रयोग गरिएको छ।” एईपीसी बायोमास शाखाका प्रमुख प्रकाश अर्यालले भने । 
परियोजनाको प्लान्ट उपयोग गरेपछि यस क्षेत्रका होटेल र व्यवसायीहरूले एलपीजीको तुलनामा सस्तो रुपमा आफ्नै क्षेत्रमा उत्पादन गरेको ग्यास उपयोग गरेका पाएका छन् । “विगतमा २ सय १३ एलपीजी ग्यास खरिद गरेर मासिक रुपमा मेरो सिमेन्ट उद्योगमा २० हजार खर्च हुन्थ्यो । अहिले यहीको वायोमास प्लान्टबाट आउने मिथेन ग्यास १ सय ५३ प्रयोग गरेर १२ हजार ५ सय मात्र खर्च भईरहेको छ,” नेपाल अम्बुजा सिमेन्टका लगानीकर्ता हेमन्त अग्रवाल भन्छन्, “उद्योगमै सिलिण्डरको सुविधा मात्र पाएका छैनौ, सस्तोमा पनि पनि पाएका छौं । अब नाकाबन्दी हुँदा पनि चिन्ता गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।”
एलपीजीको तुलनामा १५ प्रतिशत बढी तापीय क्षमता हुने यो ग्यास ९५ प्रतिशतभन्दा बढी शुद्धीकरण भएकोले एलपीजीमा जस्तो ग्यास खेर जाने सम्भावना शून्य हुन्छ । प्लान्ट उत्पादन क्षेत्रबाट ५० किलोमिटरसम्मको ग्राहकसम्म वितरण सेवा दिने भएकोले ग्यास उपभोक्तालाई समेत धेरै सहज छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल बोर्ड गठन

सोमवार, जेठ १४, २०७५
अमेरिकी अनुदान सहयोगमा अघि बढाउन लागिएको परियोजना कार्यान्वयनका लागि एमसीए (मिलेनियम च्यालेन्ज एकाउन्ट) नेपाल बोर्ड गठन भएको छ । ऊर्जा र यातायातका परियोजना कार्यान्वयनका लागि स्पेसल पर्पोज भेइकल (एसपीभी) अन्तर्गत गठन हुने एमसीए नेपालको बोर्ड गठन भएको हो । 
अर्थ मन्त्रालयका सचिव पदेन अध्यक्ष हुने बोर्डमा सदस्यको रूपमा वरिष्ठ पत्रकार प्रतीक प्रधान र निजी क्षेत्रको तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका उपाध्यक्ष कुमार पाण्डे तथा वैकल्पिक सदस्यको रूपमा ज्ञानेन्द्रलाल प्रधान र सुरेन्द्र महतोलाई चयन गरिएको छ । प्रधान नागरिक समाज र पाण्डे निजी क्षेत्रबाट चयन भएको अफिस अफ मिलेनियम च्यालेन्ज नेपाल (ओमएमसीएन) का प्रमुख तुलसी सिटौलाले जानकारी दिए । अर्थसचिवसहित ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा प्रतिनिधि सदस्यका साथै एमसीए नेपालको कार्यकारी निर्देशक सदस्यसचिव रहने व्यवस्था गरिएको छ । जस अनुसार अर्थ सचिव राजन खनाल अध्यक्ष रहेको समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेश घिमिरे, भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव केशव शर्मा र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य छन् । एमसीएको कार्यकारी निर्देशक भने अब खुला प्रतिस्पर्धामार्फत चयन हुनेछन् । 
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारीको हालै नेपाल भ्रमणमा प्रधानमन्त्रीदेखि विभिन्न मन्त्री तथा सरकारी उच्च अधिकारीसँगको भेटघाटपछि सन् २०१९ को सेप्टेम्बरदेखि नेपालका प्रशारण लाइन तथा विभिन्न सडक विस्तार सुरु हुने जनाइएको छ । आयोजना सुरु भएको ५ वर्षभित्रै तथा तोकिएको लगानीभन्दा एक सुकाभन्दा पनि बढी खर्च नगरिने समयबद्ध कार्यक्रमको बारेमा एमसीसी अत्यन्त उत्साहित भएको पनि जनाएको छ । 
अमेरिकी सरकारको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)ले दिएको ५० मिलियन डलर अर्थात् ५२ अर्ब रुपैयाँबराबरको अनुदान तथा नेपाल सरकारको १३ अर्ब गरी ६५ अर्ब लागतमा प्रसारणलाइन र सडकहरू मर्मत सम्भार अघि बढ्न लागेको छ । परियोजनाअन्तर्गत लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म २३ किलोमिटर ४ सय केभीको प्रसारण लाइन निर्माण हुन लागेको छ । परियोजनाअन्तर्गत नुवाकोटको गल्छी, तनहुँको दमौली र सुनवलमा सवस्टेशन निर्माण हुनेछ । त्यसैगरी मेची, कोशी र सगरमाथा राजमार्गका साथै पथलैया–भैंसे–भीमफेदी र अमेलिया–तुलसीपुर सडकको मर्मतसम्भार समेत परियोजनामार्फत् अघि बढाउन लागिएको छ । परियोजना ३ सय किलोमिटर सडक छ । परियोजनाको डिजाइनका लागि परामर्शदाता छनोटको कार्य अघि बढेको प्रमुख सिटौलाले जानकारी दिए । 
अबको एक वर्षपछि निर्माण सुरु गरेर पाँच वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य छ । निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा नभएमा खर्च नभएको पैसा स्वतः फिर्ता हुने सम्झौतामा उल्लेख छ । गत सेप्टेम्बर १४ मा अमेरिकामा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी विदेश उपमन्त्रीले हस्ताक्षर गरेका थिए ।

Sunday, May 27, 2018

चक्रपथभित्र मोनोरेल चलाउन अध्ययन सम्झौता

https://karobardaily.com/news/development/5834
आइतवार, जेठ १३, २०७५
काठमाडौं र ललितपुर महानगरपालिकाको चक्रपथ र काठमाडौं उपत्यकाभित्र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । २८.५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीसँग सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र रेलवेका महाप्रबन्धक ली होङ कीले हस्ताक्षर गरेका छन् । ६ महिनाभित्र सम्भाव्यता अध्ययन सकेपछि परियोजनाबारे विस्तृत अध्ययन अघि बढ्नेछ । 
सम्झौताअनुसार रेलवे कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक र प्राविधिक पक्षका साथै आयोजनाको उपयुक्त रुट तथा विकल्पबारे अध्ययन गर्नेछ । 
शुक्रबार भएको सम्झौता कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालभित्र मोनोरेल सञ्चालनमा आइसक्ने दाबी गरे । ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चक्रपथभित्र मोनोरेल बनाउन ढिलो भइसकेको बताउँदै यसको शुभारम्भ भएको बताए । कम्पनीका महाप्रबन्धक होङ कीले तोकेको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसले सहरको यातायात व्यवस्थापनमा सहज हुने बताए । मोनोरेलको निर्माणपछि राजधानीको ट्राफिक अस्तव्यस्तता हटाउन, सवारी दुर्घटना घटाउन, ध्वनि प्रदूषण कम गर्न, पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Saturday, May 26, 2018

पनौती जलविद्युत् अब अनुसन्धान केन्द्र

https://karobardaily.com/news/development/5802 
शुक्रवार, जेठ ११, २०७५
जीर्ण अवस्थामा पुगेको काभ्रेको पनौतीस्थित खोपासीमा रहेको नेपालकै तेस्रो जलविद्युत् आयोजना अब अनुसन्धान केन्द्र बनेको छ । पुराना उपकरण तथा उचित मर्मतसम्भार गर्न नसक्दा जीर्ण अवस्थामा पुगेको फर्पिङ र सुन्दरीजलपछिको तेस्रो २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रलाई अनुसन्धान केन्द्र बनेको हो । 
२०१७ सालदेखि निर्माण सुरु भएर २०२२ सालदेखि सञ्चालनमा आएको केन्द्र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो भने २०२२ सालमा स्व. राजा महेन्द्रले उक्त आयोजनाको उद्घाटन गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले निर्माण र सञ्चालन गर्दै आएको सो केन्द्रलाई अनुसन्धान केन्द्रको रूपमा प्रयोग तथा विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएर बिहीबारदेखि कार्यान्वयनमा आएको छ । 
धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गरे । विद्युत् गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ । बेलाबेलामा उत्पादन समेत बन्द भएर जलविद्युत्को एउटा इतिहास अन्त्य हुने चिन्ता भइरहेको बेला अनुसन्धान केन्द्र र यसको मर्मतसम्भारसहित संरक्षणको समझदारीले स्थानीयवासीसमेत खुसी भएका छन् ।
१० वर्षसम्म कायम रहने समझदारीअनुसार प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत्गृहको सदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ । विद्युत्गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने समझदारीमा उल्लेख छ । हाल जलविद्युत् केन्द्रमा रहेका अधिकांश उपकरणहरू ५० बर्षभन्दा बढी पुराना छन् भने उत्पादन पनि ८ सय किलोवाटभन्दा कम हुँदै आएको छ ।
विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल, वातावरण, जलविद्युत्लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि अध्ययन गरिरहेका विद्यार्थीहरूलाई जलविद्युत् केन्द्रमै कक्षाहरू निर्माण गरेर अनुसन्धान अघि बढाउने विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले जानकारी दिए । “पनौती जलविद्युत् केन्द्रको संरचना र जग्गामा आवश्यकताअनुसार थप संरचनाहरू बनाएर जेनेरेट र टर्वाइन परीक्षण, विभिन्न प्रर्दशन, वातावरण पक्षको अध्ययन, संरचनाहरूको पुर्ननिर्माण लगायतका व्यवहारिक कक्षाहरू सञ्चालन गर्ने गरी अनुसन्धान केन्द्रको रूपमा विकसित गर्ने समझदारी भएको छ,” उनले भने, “जलविद्युत् उत्पादनको काम प्राधिकरणले गर्छ भने अनुसन्धानका काम विश्वविद्यालयका विद्यार्थीहरू लगेर गर्छौ ।”
प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत् गृहको क्षमता स्तरोन्नति गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिए । “यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग समेत हुनेछ, सुक्खायामको ऊर्जा बढाउन विद्युत् गृहभन्दा तल रहेको सोलान्दुलगायतका खोलाखोल्सीको पानी पम्प गर्ने लगायतका सम्भावना विश्वविद्यालयले आफ्नै खर्चमा खोजी गरी आवश्यक संरचना निर्माण गर्ने छ,” उनले भने । प्राधिकरणलाई आतिरिक्त वित्तीय दायित्व सिर्जना नहुने गरी विश्वविद्यालयले विद्युत् गृहलाई जलविद्युत्, वायु र सौर्य ऊर्जाको हाइब्रिड हबकोरूपमा विकास गर्नेछ ।
विश्वविद्यालयका उपकुलपति श्रेष्ठले विद्युत्गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रूपमा विकास गर्ने बताए । “विद्युत्गृहलाई सुधार गर्न गर्नु पर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत्गृहलाई सिकाईका लागि उत्कृष्ट थलोको रूपमा विकास गर्ने छौं,” उनले भने, “विद्युत् गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौं ।” प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् सेवा प्रदायक र विश्वविद्यालयबीच विद्युत् गृह शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरी एमओयू हुनु सुनौलो अवसर भएको बताए । विश्वविद्यालयका उपकुलपति श्रेष्ठले विद्युत्गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रूपमा विकास गर्ने बताए । “विद्युत्गृहलाई सुधार गर्न गर्नु पर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत्गृहलाई सिकाईका लागि उत्कृष्ट थलोको रूपमा विकास गर्ने छौं,” उनले भने, “विद्युत् गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौं ।” प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् सेवा प्रदायक र विश्वविद्यालयबीच विद्युत् गृह शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरी एमओयू हुनु सुनौलो अवसर भएको बताए । प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युत्गृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ । नेपालको पहिलो विद्युत् गृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।  

Tuesday, May 22, 2018

नीति तथा कार्यक्रममा ऊर्जालाई कम महत्व

मंगलबार, जेठ ८, २०७५
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा योगदान दिने क्षेत्रको रूपमा ऊर्जालाई विकास गर्ने घोषणा गरेपनि सरकारको नीति तथा कार्यक्रममा यस क्षेत्रलाई कम प्राथमिकता दिइएको छ । राष्ट्रपतिद्वारा सोमबार दुबै सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा मन्त्रालयले पठाएका एक दर्जनभन्दा बढी कार्यक्रममध्ये तीन बुँदा मात्र समावेश गरिएको छ ।
नीति तथा कार्यक्रममा आउँदो ५ वर्षभित्र उत्पादनका सबै क्षेत्र, सार्वजनिक सेवा र अन्य पूर्वाधारका क्षेत्रमा २४ घण्टा नै विद्युत् आपूर्तिको व्यवस्था मिलाइने उल्लेख छ । 
१० वर्षभित्र हाल १ सय ४० किलोवाट आवर विद्युत्को खपतलाई १५ सय किलोवाट आवर पु¥याउने, सार्वजनिक र निजी क्षेत्रको लगानीबाट साना, मझौला र ठूला जलविद्युत् आयोजना निर्माण गरी ५ वर्षभित्र ५ हजार मेगावाट र दश वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन उल्लेख छ । 
यस्तै, सम्भाव्यस्थलहरूमा सौर्य, वायु, भूतापीय ऊर्जा एवं अन्य नवीकरणीय वैकल्पिक ऊर्जाको प्रविधिालाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ । विद्युत् प्रसारण लाइन निर्माणमा सरकारले अग्रणी भूमिका खेल्ने, पूर्व पश्चिम राजमार्ग र रसुवागढी–काठमाण्डौ–वीरगञ्ज कोरिडोरहरूमा ७६५ केभी क्षमताको प्रसारणलाइन निर्माण गरिने, कर्णाली, गण्डकी र कोशी कोरिडोरमा उच्च क्षमताको प्रसारणलाइन निर्माण गरिने तथा अन्तरदेशीय प्रसारण लाइनहरू विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 
सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिने अपेक्षा गरिएपनि जलविद्युत् आयोजनाको लागि अत्यावश्यक पुँजी निर्माण, वैदेशिक लगानी आकर्षणका लागि नीति निर्माण, निजी क्षेत्रलाई प्रोत्साहन, जलविद्युत्मा सर्वसाधारणको सहभागिता, ठूला ठूला जलाशययुक्त आयोजनाको प्राथमिकता लगायतलाई खासै प्राथमिकता दिएको छैन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई समग्रमा नीति तथा कार्यक्रमले ठूला प्रसारण लाइन बनाउन जोड दिनु सकारात्मक भएपनि ऊर्जाको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन र पुँजी निर्माणका लागि खासै नीति नआएको बताउँछन् । “जलविद्युत् आयोजनाहरूलाई आवश्यक पुँजी निर्माणलाई फोकस गरेर नीति आउने आशा गरेका थियौ्र, तर आएन, निजी क्षेत्रलाई प्रोत्साहन दिने गरी पनि आएको छैन,” उनले भने, “समग्र समृद्धिको योजना र लक्ष्य क्रान्तिकारी देखिएपनि कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम छलाङ मार्ने खालको देखिएन ।
एक वर्षभित्र निजी आवास 
भूकम्पपछि क्षतिग्रस्त निजी आवास तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएपनि त्यो समय पुरा हुँदा हालसम्म ७ लाख ६७ हजार प्रभावितमध्ये १ लाख ५५ हजार घर मात्र निर्माण सम्पन्न भएका छन् । नीति तथा कार्यक्रमले एक वर्षमै सम्पन्न गर्ने जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हाल ४ लाख ५८ हजार घरधुरी निर्माणाधीन अवस्थामा छन् । तीन वर्षभित्र धरहरा, काष्ठमण्डप र रानीपोखरीको पुर्ननिर्माण सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Monday, May 21, 2018

सोलु प्रसारणको ढिलाइले ८ अर्ब गुम्ने

सोमवार, जेठ ७, २०७५
सिंहदरबारभित्रको अनावश्यक विवादका कारण सरकारले पहिलो प्राथमिकतामा राखेको सोलु कोरिडोरको प्रसारणलाइन समयमै निर्माण नहुँदा ८ अर्ब रुपैयाँ गुम्ने भएको छ । 
ठेकेदार कम्पनी नियुक्तिका विषयलाई लिएर तत्कालीन संसदको सार्वजनिक लेखा समितिको गलत निर्देशन र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हस्तक्षेपसँगै तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीबीचको द्वन्द्वका कारण समयमै निर्माण सुरु हुन नसक्दा यस्तो अवस्था आएको हो । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिकी तत्कालीन अध्यक्ष ऊर्जामन्त्री ज्ञवालीले २६ करोड बढी कबुलेको भारतीय ठेकेदार कम्पनी मोहन इनर्जीलाई ठेक्का दिएर अनियमितता गरेको भन्दै अख्तियारले निर्णयकर्तालाई हटाउन निर्देशन दिएपछि तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले ज्ञवालीलाई बर्खास्त गरेका थिए । तर, सर्वोच्च अदालतले ज्ञवालीलाई पछि सफाई दिएको थियो भने प्राधिकरणले एक वर्षपछि उही कम्पनीलाई ठेक्का दिने निर्णय गरेको थियो । 
प्राधिकरणको प्रारम्भिक लक्ष्यअनुसार आर्थिक वर्ष २०७१र०७२ मै सोलु करिडोर निर्माण सम्पन्न भइसक्नुपर्ने भएपछि ढिलो गरी २०७२ साल भदौमा ठेक्का दिनुपर्ने आयोजना विवादको कारण एक वर्ष ढिला सुरु भएको आयोजना २०७६ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, जग्गा प्राप्ति र रुख कटानमा देखिएको समस्याका कारण एक वर्ष ढिलो हुने देखिएको छ । केही समयपछि सिरहाको मिर्चैयादेखि उदयपुरको घुर्मीसम्मको मोटरबाटो ढलान गर्न लागेकोले र यसका कारण सामान लैजान समस्या भएपनि प्रसारणलाइन निर्माणमा अझै ढिलाइ हुने देखिएको छ ।
जग्गा प्राप्तिमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सहजीकरण र वन स्वीकृति प्रक्रियालाई मन्त्रिपरिषद्ले छोटो प्रक्रिया अपनाउन सहयोग नगरे लक्ष्यअनुसार निर्माण पूरा गर्न कठिन रहेको सोलु करिडोर प्रसारणलाइन आयोजना प्रमुख जनार्दन गौतम बताउँछन् । उनका अनुसार सिरहाको र्मिचैयादेखि सोलुको तिङ्लासम्मको १३२ केभीको ९० किलोमिटर प्रसारणलाइनमा ३०१ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ५० वटाको फाउन्डेसन भएको छ भने ५ वटामात्र सम्पन्न भएको छ । आयोजनाका अनुसार सिरहाको रुख कटानको काम सकिए पनि उदयपुरमा बल्ल रुख गणना सकिए पनि काट्न बाँकी छ भने ओखलढुंगा र सोलुको गणनानै सुरु भएको छ । उदयपुरमा रुख कटानको लागि अनुमति लिन मात्र एक वर्ष लागेको आयोजनाले जनाएको छ । प्रक्रियाअनुसार गणना सकिए पनि रुख कटानका लागि बोलपत्र आह्वान गरेर त्यसलाई स्वीकृति गरी ठेक्का दिन लामो समय लाग्छ । 
उदयपुरका प्रमुख जिल्ला अधिकारी तीन महिना नहुँदा जग्गा प्राप्तिमा ढिलाइ भएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा जग्गा प्राप्तिको प्रक्रिया प्रारम्भिक चरणमा छ । “चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला वन अधिकृत, २२ सामुदायिक वनदेखि मन्त्रिपरिषद्सम्म प्रक्रिया पूरा गर्दा जग्गा प्राप्तिदेखि रुख कटानसम्म लामो प्रक्रिया लाग्ने अवस्था छ,” गौतमले भने, “जग्गा अधिग्रहणमा आउने स्थानीय अवरोध, विरोधको समस्या पनि छ, ठेकेदार कम्पनीलाई छिटो निर्माण गर्ने वातावरण बनाउनुपर्ने पनि छ ।” आयोजनाका अनुसार वनसम्बन्धी कार्यविधिमा रुख गणना सकिएपछि एक रुख बराबर २५ विरुवा रोप्नुपर्ने, त्यसका लागि जग्गा खोज्नुपर्ने र वृक्षरोपण गर्नुपर्ने हुन्छ । यो प्रसारणलाइन आयोजनामा ८ हजार विरुवा कटान गर्नुपर्ने छ भने यसवापत २ लाख विरुवा रोप्नुपर्ने छ ।
आयोजनामा ढिलाइ हुने देखिएपछि आयोजनास्थल पुगेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समय मार्च २०१९ भित्र सम्पन्न गर्न ताकेता गरेका छन् । समयमै निर्माण नभए विद्युत् प्राधिकरणले तिर्नुपर्ने जरिवाना ठेकेदार कम्पनीलाई तिराउन लगाउने भन्दै उनले आयोजनालाई तीव्र गतिमा निर्माणमा लैजान प्रसारणलाइन आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएका थिए । प्रसारणलाइन निर्माणमा केही ढिला हुने देखेपछि माथिल्लो सोलुको विद्युत् जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाको रूपमा ओखलढुंगाबाट ३३ केभी प्रसारणलाइन निर्माण र तिङ्लामा ३३/११ केभीको सवस्टेसन भने निर्माण भइरहेको र यसको काम ६ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवत्ता एवं व्यापार विभाग प्रमुख प्रवल अधिकारीले जानकारी दिए । 
तोकिएको समयभन्दा एक वर्ष प्रसारणलाइन निर्माणमा ढिलाइ हुँदा विद्युत् प्राधिकरणले यस करिडोरमा निर्माणाधीन ६ मध्ये ५ आयोजनालाई जरिवाना दिनुपर्नेछ । समयमै प्रसारणलाइन नबन्दा खेर जाने बराबरको बिजुली नेपालले भारतबाट आयात गर्नुपर्ने हुन्छ । विद्युत् प्राधिकरणकै तथ्यांकअन्ुसार समयमै प्रसारणलाइन निर्माण नहुँदा ६ महिनाको १ अर्ब बराबरको विद्युत् उत्पादन खेर जाने ८६ मेगावाटको सोलुखोला (दूधकोशी) लाई मात्र प्राधिकरणले ५ करोड ५१ लाख रुपैयाँ बराबरको जरिवाना तिर्नुपर्नेछ । त्यसैगरी प्रसारणलाइनभन्दा १६ महिनाअघि उत्पादन भइसक्ने ८२ मेगावाटको लोअर सोलुको ३ अर्ब बराबरको बिजुली खेर जानेछ भने १ अर्ब ३६ करोड ४१ लाख बराबर जरिवाना प्राधिकरणले तिर्नुपर्नेछ । त्यसैगरी २३.५ मेगावाटको सोलु खोलाको ३२ महिना विद्युत् खेर जाँदा २ अर्बको विजुली गुम्नेछ भने ८६ करोड ८ लाख बराबर जरिवाना तिर्नुपर्नेछ । त्यसैगरी १८ मेगावाटको अपर सोलुमा १६ महिना ढिला हुँदा २५ करोड ५० लाख बराबरको विद्युत् खेर जाने र प्राधिकरणले ५ करोड १५ लाख तथा ५.२ मेगावाटको जुनवेसी खोलामा १६ महिना ढिला हुँदा ७ करोड ५० लाखको विजुली खेर जाने र १ करोड ५० लाख जरिवाना तिर्नुपर्नेछ । २०७७ चैतमा मात्र निर्माण सम्पन्न हुने हुनाले सिसाखोलाको बिजुली एक वर्ष प्रसारणलाइन ढिला हुँदा पनि खेर जाने छैन । प्राधिकरणले समयमै प्रसारणलाइन नबनाउँदा सोलुखोला र लोअर सोलुलाई ४५ प्रतिशत हर्जना तथा अन्य आयोजनालाई ५ प्रतिशत हर्जना तिर्नुपर्ने गरी ती आयोजनासँग सम्झौता भएको छ । 
के हो सोलु प्रकरण ? 
सोलु कोरिडोर निर्माणका लागि बोलपत्रमा भारतीय कम्पनीहरू मोहन इनर्जी र ज्यागुवार कम्पनीसहित केईसी इन्टरनेसनल, टाटा प्राजेक्ट, कल्पतरु पावर ट्रान्समिसन, ज्योति स्ट्रक्चर र ग्यामन भारत सहभागी भएका थिए । ४ भदौ २०७२ मा बसेको प्राधिकरण बोर्ड बैठकले भारतको मोहन इनर्जी नामक कम्पनीलाई २ अर्ब २६ करोड रुपियाँमा ठेक्का दिने निर्णय ग¥यो । विद्युत् प्राधिकरणले भारतको ज्वागुवार कम्पनीलाई अयोग्य ठह¥याएको थियो तर यो कम्पनीले मोहनभन्दा झण्डै २६ करोड कममा टेण्डर हालेको थियो । 
प्राधिकरण सञ्चालक समिति अध्यक्ष रहेकी उर्जामन्त्री ज्ञवालीसहित बहुमत विद्युत् प्राधिकरण सञ्चालकले सो निर्णय गरेकोमा प्राधिकरण तत्कालीन सञ्चालक एवं उर्जासचिव राजेन्द्रकिशोर क्षेत्री र अर्का सञ्चालक सदस्य सन्तोषनारायण श्रेष्ठले १० भदौमा निर्णयबिरुद्ध फरक मत राखे । ज्यागुवारले २०.३५ मिलियन डलर र मोहन इनर्जीले २२.९७ मिलियन डलरमा बिडिङ कोट गरेका थिए । ज्यागुवार अयोग्य भएपछि योग्य कम्पनीमध्ये सबैभन्दा कम कबोल गर्ने मोहन इनर्जीलाई दिने निर्णय बहुमतले गरेको थियो । 
प्राधिकरणका अधिकारीहरूका अनुसार सुरुमा तय गरिएको बोलपत्रको सर्तमा ज्यागुवारलाई योग्य बनाउनका लागि उर्जा सचिव क्षेत्रीले ठूलो दबाब दिएका थिए । त्यसअनुसार सञ्चालक सदस्य श्रेष्ठ संयोजकत्वको समितिले ठेक्का सर्तहरूनै परिवर्तन गरेको थियो । यसबारे प्राधिकरणका उपकार्यकारी निर्देशक राजीव शर्माले फरक मत राखेका थिए । सर्त परिवर्तन गर्दा समेत ज्यागुवार अयोग्य भएको थियो । यस विषयमा प्राधिकरण सञ्चालक समितिमा विवादनै भएको थियो । 
ज्यागुवारले पेस गरेको सुरक्षण रकम भारतीय रुपैयाँमा राखेको र भारतीय मुद्रा परिवत्र्य नभएको, कम्पनीका तर्फबाट एस राजागोपालनलाई दिइएको अख्तियारी मान्य नभएको, संयुक्त उपक्रम सम्झौता अमान्य रहेको, प्रत्येक साझेदारको भूमिकासम्बन्धी सर्त मान्य नभएको र बोलपत्रमा कार्यानुभवको अपर्याप्तता रहेको आरोप लगाउँदै बोलपत्र मूल्यांकन गरेका थिए ।
ज्यागुवारले पेश गरेको बोलपत्रको विवरणमा संलग्न बिड सेक्युरिटी, पावर अफ एन्टोनी, ज्वाइन्ट भेन्चर एग्रिमेन्ट र रोल अफ इच पार्टनर अमान्य तथा बोलपत्रमा कार्यानुभवको अपर्याप्त भएको भन्दै आठ कम्पनीले बोलपत्र हालेकोमा ज्यागुवारलाई अयोग्य ठहर्याएको थियो । तर, फरक मत लेख्ने दुवै सञ्चालकले मूल्यांकनलाई गलत बताएका थिए । यो विषय संसदको सार्वजनिक लेखा समितिमा समेत लामो छलफल भएको थियो भने समितिले समेत अनियमितता ठहर गरेको थियो । 
मन्त्री ज्ञवालीले भने सचिव क्षेत्रीले आफू अनुकुलको कम्पनीलाई ठेक्का नदिएपछि अख्तियारमा उजुरी दिन लगाएकी थिइन् । हुन पनि १० भदौमा क्षेत्री र श्रेष्ठले फरक मत राख्ने वित्तिक्कै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ११ भदौमा सोलु कोरिडोर ठेक्कापट्टाका सबै कागजपत्र नियन्त्रणमा लियो र अनुसन्धान अघि बढायो । अख्तियारले उर्जामन्त्री ज्ञवाली, विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलगायतलाई विभागीय कार्बाहीका १ असोज २०७२ मात्र पत्र पठाएको थियो । अख्तियारको निर्देशनअनुसार असोजको पहिलो सातानै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई ऊर्जा मन्त्रीबाट बर्खास्त गरेका थिए । यसविरुद्ध उनी सर्वोच्च अदालत गएकी थिइन् । पछि उनलाई सर्वोच्चले सफाई दियो भने एक वर्षपछि प्राधिकरणले पहिल्यै छानिएको मोहन इनर्जीलाई ठेक्का दिएको थियो ।

Sunday, May 20, 2018

बिजुलीका ग्राहकलाई स्मार्ट मिटर

आइतवार, जेठ ६, २०७५
नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्मार्ट मिटर वितरणको प्रकृया अघि बढाएको छ । वितरण प्रणालीमा स्मार्ट ग्रिडसहितको स्वचालित (अटोमेसन) वितरण प्रणालीमा जान लागेको प्राधिकरणले सर्वसाधारणदेखि ठूला ग्राहकसम्मलाई स्मार्ट मिटर दिनेगरी प्रक्रिया अघि बढाएको हो । 
२०७२ फागुन ६ मा सरकारले ल्याएको ऊर्जा संकट तथा ९९ बुँदे कार्ययोजनामा विद्युत् प्राधिकरणको वितरण प्रणालीलाई स्मार्ट ग्रिड सिष्टममा लैजाने उल्लेख छ । यसको अत्यावश्यक पूर्वाधार मानिएको एकीकृत गर्ने प्रणाली निर्माण गरेर अघि बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिला एकोहोरो प्रणालीको रुपमा लिइने अटोमेटिक मिटर रिडिङ (एएमआर) जानेगरी अघि बढेकोमा अहिले भने अझ यसलाई आधुनिकीकरण गर्दै दोहोरो प्रणालीको रुपमा लिइने एडभान्स मिटरिङ इन्फ्रास्ट्रक्चर (एएमआर) प्रणाली तयार भएको छ । 
टीओडी मिटर र थ्री फेज लिएका ठूला ग्राहकलाई परम्परागत मिटर प्रतिस्थापन गरेर स्मार्ट मिटर दिनका लागि अघि बढेकोे प्राधिकरणले अब आउने नयाँ ग्राहकका लागि भने स्मार्ट मिटर दिने लक्ष्य राखेको छ । प्राधिकरणको ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले वितरण प्रणालीलाई सुधार गर्दै स्मार्ट ग्रिड प्रणाली निर्माणका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । “वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै स्मार्ट मिटरमा जानका लागि प्रक्रिया अघि बढाएका छौं, स्मार्ट ग्रिडको अवधारणाअनुसार आधुनिक प्रणाली विकास भइसकेकोले अब त्यसलाई कार्यान्वयनको चरणमा छौं,” उनले भने । 
न्यौपानेका अनुसार एएमआर प्रणालीअन्तर्गत स्मार्ट मिटर जडानसँगै मिटर रिडिङ, चुहावट र सही तथ्यांक नआउने अहिलेको समस्या समाधान भइ प्रत्येक ग्राहकको माग, खपत र आपूर्ति, यसको बिलिङ, मिटर विगार्ने, चुहावट गर्ने लगायतका समस्याबारे सहज रुपमा केन्द्रले जानकारी पाउने र यसको समाधान गर्न सक्नेछ । हाल भने मिटर रिडर तथा विद्युत् प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा सही रुपमा मिटर रिडिङ नहुने, अन्दाजमा युनिट गणना गर्ने, स्टक युनिट राख्नेलगायतका समस्या हाल देखिएकोमा स्मार्ट मिटरमा गएसँगै अन्त्य हुनेछ । 
१५ ग्राहकलाई टीओडी मिटरमा जीपीआरएस जडान गरेको प्राधिकरणले टीओटी मिटर लिएका ८ हजार औद्योगिक ग्राहकलाई जडान गर्ने लक्ष्य राखेको छ । विद्युत् प्राधिकरणको सबस्टेशन र ट्रान्सफर्मर तथा करिब ८ हजार ग्राहकलाई जीपीआरएस मोडियम जडान गर्न लागेको छ । एमआरई प्रणाली निर्माण गरेको भारतीय एनोलो मिक्स गु्रपले १० हजार जीपीआरसँग ठेक्का सम्झौता भइसकेको छ भने दुई हप्ताभित्र दुई हजार मोडियम नेपाल आइपुग्नेछ । नेपाल टेलिकमको सिम राखेर जडान गरिने यो प्रणाली दुई वर्षभित्र सबै उद्योगमा जडान गरिने लक्ष्य प्राधिकरणको छ । 
प्राधिकरणले थ्री फेज लाइन जडान गरेका ग्राहकको हालको मिटर प्रतिस्थापन गरी स्मार्ट मिटर जडान गर्ने लक्ष्यअनुसार तत्कालका लागि ६० हजार स्मार्ट मिटर खरिदका लागि टेण्डर आह्वान गर्नका लागि प्रक्रिया अघि बढेको छ । त्यसैगरी प्राधिकरणले अब बन्ने नयाँ ग्राहकलाई स्मार्ट मिटर दिनेगरी पहिलो चरणमा ७ लाख खरिद गर्नका लागि प्रकृया अघि बढाएको छ । एसियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशानालयले समेत ९८ हजार स्मार्ट मिटर खरिदको प्रकृया अघि बढाएको छ । “स्मार्ट मिटर ग्राहकका लागि दिने प्रक्रिया अघि बढिसकेको छ, आगामी नयाँ वर्षदेखि पुरानो मिटर नदिएर स्मार्ट मिटर मात्र वितरण गर्ने लक्ष्य छ,” प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक न्यौपाने भन्छन् । 
प्राधिकरणमा सामुदायिक बिधुतिकरणमार्फत बाहेकका सिंगल फेज लिने ग्राहकको संख्या २७ लाख छ भने थ्री फेज लिने ग्राहकको संख्या १ लाख र टीओडी मिटर जडान गरेका ग्राहकको संख्या ८ हजार छ । एएमआई प्रणालीमा स्मार्ट मिटर जडान गरेपछि मिटर डाटा एकुजिसन (एमडीए), मिटर डाटा म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लगायतमार्फत ग्राहकबारे विस्तृत रुपमा जानकारी पाउन सकिनेछ ।

Thursday, May 17, 2018

मोदी विद्युत् व्यापार सम्झौताकै पक्षमा

https://karobardaily.com/news/country/5439
 बिहिवार, जेठ ३, २०७५
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कै पक्षमा देखिएका छन् । नेपाल र भारतबीच भएको पीटीएका प्रावधानविपरित भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका ल्याए पनि प्रधानमन्त्री मोदी भने पीटीएका पक्षमा देखिएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता (पीटीए) कै पक्षमा देखिएका छन् । नेपाल र भारतबीच भएको पीटीएका प्रावधानविपरित भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका ल्याए पनि प्रधानमन्त्री मोदी भने पीटीएका पक्षमा देखिएका हुन् । मोदीको हालै भएको नेपाल भ्रमणको क्रममा जारी संयुक्त विज्ञप्तिको ९ नम्बर बुँदामा दुवै पक्ष द्विपक्षीय पीटीएकै लाइनमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएको उल्लेख भएपछि नेपालले डेढ बर्षदेखि उठाउँदै आएको र भारतीय पक्षले अस्वीकार गरेको निर्देशिकाको विवाद सहज रूपमा समाधान हुने देखिएको छ । “दुई देशका प्रधानमन्त्रीनै पीटीएकै आधारमा अघि बढ्ने भएपछि पीटीएको भावनाअनुरूप नल्याएको निर्देशिकाभन्दा पनि पीटीएकै मर्मअनुरूप जानका लागि सहज भएको छ,” ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले भने, “दुई देशका प्रधानमन्त्री सहमत भएपछि अब निर्देशिकालाई पीटीएअनुकुल बनाउन धेरै सहज हुन्छ ।”पीटीएको प्रावधानविपरित निर्देशिका ल्याएपछि १५ महिनाअघि सरकारले सम्झौता अनुसारनै अघि बढाउनका लागि प्रतिक्रियासहित पठाएको थियो । तर, ५ महिनाअघि भारतीय पक्षले पहिलाकै निर्देशिका पठाएपछि यसबारे विवाद रहँदै आएको छ । ऊर्जा मन्त्रालयले नेपाल र भारतका द्विपक्षीय बैठकहरूमा यसबारे आवाज उठाउँदै आएको छ । डेढ वर्षअघि भारतको विद्युत्् मन्त्रालयले ल्याएकोे निर्देशिकामा नेपाल लगायतका छिमेकी देशमा उत्पादित बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी वा निजी कम्पनीको कम्तीमा ५१ प्रतिशत लगानी हुनुपर्ने उल्लेख छ । त्यसैगरी भारतमा बिजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत्् व्यापार कम्पनीको कम्तीमा ५१ प्रतिशतसम्म स्वामित्व हुनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । यी लगायतका प्रावधान दुई देशबीच भएको सम्झौता तथा सार्क राष्ट्रहरूबीच खुला बजारको अवधारणा विपरित भएको भन्दै नेपाललगायतले देशले विरोध गर्दै आएका छन् । तर, भारत सरकारले निर्देशिका कार्यान्वयन गर्नका लागि तोकेको सेन्टर इलेक्ट्रिसिटी अथोरिटी (सीईए)को डिजेनेटेड अथोरिटी (डीए)ले पठाएको कार्यविधिमा सरकारको कुनै सुझाव नसमेटी निर्देशिकाअनुसार नै कार्यविधि पठाएपछि ऊर्जा मन्त्रालयले यसबारे आवाज मात्र उठाउँदै आएको छ ।  विद्युत् मन्त्रालयको केन्द्रीय नियमन आयोगले निर्देशिकालाई अन्तिम रूप दिन बाँकी रहेकोले यसमा संशोधन हुने ऊर्जा मन्त्रालयका अधिकारीहरूको आशा गरेका छन् । एक वर्षअघि चैतमा ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पीटीएमा उल्लेख भएअनुसार नै नेपाल र भारतका सबै व्यापारी, उत्पादक र बिक्रेतालाई बिनाभेदभाव विद्युत् आदानप्रदान गर्न दिइनुपर्ने भन्दै पत्र पठाएको जनाएको थियो । १४ फेबु्रअरी २०१७ मा नेपाल र भारतबीच भएको सचिवस्तरीय बैठकमा नेपालले निर्देशिका पुनरावलोकन गरेर औपचारिक धारणा बताउने बताएको र सोही आधारमा निर्देशिका पीटीए सम्झौताअनुरूप नदेखिएको र परिमार्जनको आवश्यकता उल्लेख गर्दै ऊर्जा मन्त्रालयले प्रतिक्रिया पठाएको थियो ।  निर्देशिकाअनुसार नै प्रावधान राखिए भारतमा विद्युत् बजारको पहुँच पाउन कठिन रहेको जलविद्युत् प्रवद्र्धकहरूले समेत बताउँदै आएका छन् ।   

Wednesday, May 16, 2018

अमेरिकी कम्पनीले ६ सय मेगावाट सोलार प्लान्ट राख्ने

बुधवार, जेठ २, २०७५
https://karobardaily.com/news/development/5389
अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।  अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।  विश्वका ३४ स्थानमा ८० खर्ब रुपैयाँ बराबरको २५ हजार मेगावाट सोलार आयोजना निर्माण र विकास गर्न लागेको स्काइले गरेको प्रस्तावअनुसार अघि बढेको छलफल अन्तिम चरणमा पुगेको हो । स्काइपावर ग्लोबलका प्रतिनिधिले नेपालमा विभिन्न स्थानमा ६ सय मेगावाट बराबरको सोलार निर्माणका लागि गत चैतमा प्रस्ताव गरेका थिए । स्काइका क्षेत्रीय प्रबन्धक इमतिज महतबलगायतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर आफू इच्छुक रहेकोले प्रस्ताव गरेको बताउँदै सहजीकरणका लागि अनुरोध समेत गरिसकेका छन् भने ऊर्जा मन्त्री पुनले स्काइपावरलाई सोलार निर्माणका लागि सबै किसिमको सहयोग र दु्रतगतिमा निर्माणका लागि सहजीकरण गर्ने बताएका छन् । “एक खर्ब रुपैयाँ बराबरको लगानी गर्ने गरी स्काइ पावर ग्लोबलले नेपालमा ६ सय मेगावाटको सोलार निर्माणका लागि मन्त्रालयमा प्रस्ताव गरे अनुसार छलफल अघि बढेको छ,” ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले भने, “सोलार बनाउनका लागि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र स्काइ कम्पनीका प्रतिनिधिहरूबीच पटक पटक छलफल भएर समझदारी गर्ने चरणमा पुगेको छ ।” उनका अनुसार कम्पनीको अध्यक्षनै नेपाल आएर ६ सय मेगावाटको सोलार आयोजनाबारे छिट्टै समझदारी गर्ने योजना छ ।  ऊर्जा मन्त्रालयले पछिल्लो पटक निर्धारण गरेको प्रतियुनिट ७.३० रुपैयाँमै सोलार बनाउने योजना स्काइ कम्पनीको छ । कम्पनीले नेपाल सरकारलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दै उपलब्ध जग्गा खरिद गरेर विभिन्न ठाउँमा गरी सोलार आयोजना अघि बढाउने योजना बनाएको छ । हालै जारी गरेको मार्गचित्रसहितको श्वेतपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले प्रदेश नम्बर २ मा २ सय मेगावाटसहित मिश्रित ऊर्जामा जाने घोषणा गरेको र प्रसिद्ध कम्पनीले ६ सय मेगावाटका लागि लगानी गर्ने बताएपछि यसलाई सहजीकरणका लागि मन्त्री पुनले विशेष चासोका साथ हेरेर अघि बढाउनका लागि सहयोग गरिरहेको प्रेस सयोजक खड्काले जानकारी दिए । ऊर्जा मन्त्रालयका अधिकारीहरूका अनुसार सकेसम्म सरकारी जग्गा उपलब्ध गराएमा सहज हुने बताउँदै चरणवद्ध रुपमा ६ सय मेगावाट बनाउने गरी प्रस्ताव गरेकोमा सम्भावित क्षेत्रबारे छलफल भइरहेको छ । तीन वर्षभित्र ६ सय मेगावाट सोलार बनाउने योजना स्काइको छ । स्काइपावरले हालै १ हजार मेगावाट बराबरको सोलार निर्माणका लागि उज्वेकिस्तानमा एक खर्ब ३० अर्बको लगानीमा निर्माण गर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ भने भारतमा १५ सयभन्दा बढी र वंगलादेशमा २ हजार मेगावाटभन्दा बढीको सोलार आयोजना निर्माण गर्न लागेको छ । 

Monday, May 14, 2018

औद्योगिक क्षेत्र लोडसेडिङमुक्त

https://karobardaily.com/news/development/5298 
सोमवार, बैशाख ३१, २०७५
औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।  औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।  “खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अद्र्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं,” उनले भने । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण  समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।

Sunday, May 13, 2018

लामो सकसपछि अरुण तेस्रोको शिलान्याश

https://karobardaily.com/news/development/5250
आइतवार, बैशाख ३०, २०७५
लामो समयसम्म विवादमा फसेर अघि बढ्न नसकेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । २०४३ सालदेखि आयोजना अघि बढाउनका लागि सरकारले प्रयास सुरु गरेपनि विभिन्न विवादका कारण अघि बढ्न नसकेको अरुण तेस्रोको शिलान्याश शुक्रबार भएको हो । लामो समयसम्म विवादमा फसेर अघि बढ्न नसकेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । २०४३ सालदेखि आयोजना अघि बढाउनका लागि सरकारले प्रयास सुरु गरेपनि विभिन्न विवादका कारण अघि बढ्न नसकेको अरुण तेस्रोको शिलान्याश शुक्रबार भएको हो । राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीच थिचेर आयोजनाको शिलान्यास गरेका छन् । यसअघि गत असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री मोदीले शिलान्यास गर्ने कार्यक्रम भए पनि भ्रमण स्थगित भएपछि रोकिएको थियो । हालै प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा गत चैत २४ गते हैरादावाद हाउसबाट अरुण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम राखे पनि आयोजनाको उत्पादन अनुमतिपत्रबारे विवाद देखिएपछि शिलान्यास रोकिएको थियो । राजधानीमा दुई देशका प्रधानमन्त्रीले स्वीच थिचिरहँदा आयोजनाको बाँधस्थल संखुवासभास्थित फाक्सिन्दा नुममा भने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र सर्वसाधारण सहभागी थिए । स्वीच थिच्नुअघि भएको औपचारिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमसहित सहभागीले अरुण तेस्रो निर्माणका लागि संखुवासभावासीले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।छिमेकी राष्ट्र भारतका दुई कम्पनी सतलजले अरुण तेस्रो र जीएमआरले ९ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गरिरहेकोमा विदेशी लगानीकर्ताले भने यी दुई आयोजनाको निर्माणलाई चासोका साथ हेरिरहेका छन् । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा नेपालमा ठूला आयोजनाहरू निर्माणमा लामो समय लागिरहेका बेला नेपालमा लगानी गर्न चाहेर पर्ख र हेर रणनीतिमा रहेका ठूला लगानीकर्ताका लागि अरुण तेस्रोको शिलान्यासले सकारात्मक सन्देश गएको छ । “ठूलो परियोजनामा लगानी गर्न चाहाने विदेशी लगानीकर्ताहरूलाई अरुण तेस्रोको शिलान्याशले सकारात्मक सन्देश दिएको छ, लामो समयदेखि प्रतिक्षा गरेको आयोजना निर्माण सुरु हुनु र शिलान्याश दुई देशका प्रधानमन्त्रीले गर्नुले ठूलो सन्देश गएको छ,” लगानी बोर्डका प्रवक्ता उत्तम वाग्लेले भने ।शिलान्याससँगै आयोजना निर्माण पनि सुरु भएको छ । आगामी पाँच वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने सम्झौताअनुसार सन् २०४८ भित्र नेपाललाई नै हस्तान्तरण गर्नेछ । आयोजनाको प्रबद्र्धक सतलजले आयोजनाको बाँध, विद्युतगृह, हाइड्रो र इलेक्ट्रोमेकानिकलको ठेक्का दिइसकेको छ । खुल्ला प्रतिस्पर्धाअनुसार अघि बढाइएको आयोजना सम्पन्न भएपछि नेपालले कुल क्षमताको २१.९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट निःशुल्क सेयर पाउनेछ । जलविद्युत् उत्पादन र प्रशारण लाइनका लागि गरि १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई राजस्व, कर लगायत गरी ३ खर्ब  ३८ अर्ब ६६ करोड रूपैयाँ प्रतक्ष्य फाइदा पाउने लगानी बोर्डले जनाएको छ । आयोजनामा ३ हजारले प्रत्यक्ष रोजगारी पाउनुका साथै स्थानीयबासीले ३० युनिट विद्युत निःशुल्क पाउनेछन् । सन् २००८ मा भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेबीएन) ले प्रतिस्पर्धाको आधारमा लाइसेन्स लिएको सो आयोजनाको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । हालै भएको लगानी बोर्ड बैठकले आयोजनाको वित्तिय व्यवस्थापनका लागि ६ माहिना समय थप समेत गरिसकेको छ । २०४३ सालदेखि विश्व बैंकले लगानी गर्ने गरी प्रकृया अघि बढेको आयोजनाबारे २०५१ कात्तिकमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले विवादित आयोजना भन्दै रद्द गर्न विश्व बैंकलाई पत्र लेखेका थिए । बहुदलीय प्रजातन्त्रपछि बनेको तत्कालीन गिरिजाप्रसाद कोइरालाको पालामा अघि बढाइएको आयोजना महासचिव नेपालको पत्रसँगै विवादको कारण देखाउँदै २०५२ साल साउन १८ गते खारेज गरेको थियो । अरुण तेस्रोबाट हात झिक्नुलाई नेपालको जलविद्युत् विकासका लागि दुःखद घटनाको रूपमा लिइदै आएको छ भने ठूला विदेशी लगानी नेपालमा नआउनुको कारकको रूपमा अरुण तेस्रोको अवसानलाई पनि लिने गरिएको छ ।   

Thursday, May 10, 2018

कर्णाली चिसापानी अब 'सार्क बहुउद्देश्यीय परियोजना'

https://www.karobardaily.com/news/development/5192 
शुक्रवार, बैशाख २८, २०७५
५२ वर्षअघि अध्ययन सुरु भएको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी अब बहुउद्देश्यीय परियोजना रूपमा अघि बढाइने भएको छ ।  विश्वकै ठूलोमध्ये पर्ने र आकर्षक मानिने कर्णाली चिसापानीलाई दक्षिण एसियाकै क्षेत्रीय र बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढाइने भएको हो । ५२ वर्षअघि अध्ययन सुरु भएको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी अब बहुउद्देश्यीय परियोजना रूपमा अघि बढाइने भएको छ ।  विश्वकै ठूलोमध्ये पर्ने र आकर्षक मानिने कर्णाली चिसापानीलाई दक्षिण एसियाकै क्षेत्रीय र बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढाइने भएको हो । सरकारको छात्रवृत्तिमा यही आयोजना बनाउनका लागि २०३७ सालदेखि २०४१ सालसम्म भारतको रुड्की विश्वविद्यालयका २ सय ५० इन्जिनियरलाई अध्ययनको व्यवस्था गरिएको थियो । परियोजना अघि नबढ्दा उनीहरू अन्य विभिन्न क्षेत्रमा नोकरीपछि अवकाश भइसक्दा पनि परियोजना सुरु भएको छैन । तर, अहिले भने नेपाल सरकारकै प्रस्तावमा सार्कले अध्ययन अघि बढाएको छ । मंगलबार  मात्र ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले ल्याएको श्वेतपत्रसहितको मार्गचित्रमा समेत कर्णाली चिसापानी परियोजना अघि बढाउने उल्लेख छ । पछिल्लो अध्ययन सकिएको झण्डै तीन दशकपछि दक्षिण एशियाली सहयोग संगठन (सार्क)अन्तर्गतको सार्क ऊर्जा केन्द्र (सेक) ले परियोजनालाई सार्क क्षेत्रकै साझा परियोजनाको रूपमा अघि बढाउने गरी अध्ययन अघि बढाएको छ । सेकले परियोजना अघि बढाउनका लागि गठन गरेको दुर्गानाथ रैना, लीलानाथ भट्टराई र महेश आचार्यको विज्ञ समूहले कर्णाली चिसापानीलाई सार्कको बजारलाई हेरेर क्षेत्रीय बहुउद्देश्यीय आयोजनाको रूपमा अघि बढाउने गरी सम्भाव्यता अध्ययनको स्तरोन्नति गर्नुपर्ने लगायतको अध्ययन प्रतिवेदन दिएको छ । पहिला भारतका लागि निर्यात गर्ने गरी अघि बढाउने भनिएको परियोजना सार्कको साझा परियोजनाको रूपमा अघि बढाउने लक्ष्य छ । विज्ञ समूहको निष्कर्ष र सिफारिससहितको प्रतिवेदनबारे शुक्रबार पाकिस्तानमा भएको कर्णाली चिसापानीलाई क्षेत्रीय जलविद्युत् परियोजनाको विकासबारे कर्णाली चिसापानीको अध्ययनसम्बन्धी वेभिनारमा विज्ञ रैनाले परियोजनालाई बहुउद्देश्यीय आयोजनाको रूपमा अघि बढाउनुपर्ने बताए । पहिला भएका अध्ययनहरूमा जलविद्युत् उत्पादनलाई मात्र जोड दिँदै आएकोमा यसलाई बहुउद्देश्यीय बनाएर सिँचाइ, बाढी नियन्त्रण र जल यातायातबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिइएको छ । सन् १९६६ मा नेपाल कोइले अध्ययन सुरु गरेको आयोजनाको सन् १९६८ मा स्मेक, सन् १९७६ मा नर कन्सल्ट लगायतका समूह र सन् १९८९ मा नर्थ अमेरिकाको परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययन गरेको वेभीनारमा विज्ञ भट्टराईले जानकारी दिए । उनका अनुसार  परियोजनाबाट मात्र नेपालको २ लाख र भारतको ३४ लाख हेक्टर जमीनमा सिँचाइ हुनेछ भने भारत र वंगलादेशको बाढी नियन्त्रणमा ठूलो योगदान पुर्याउने छ । अध्ययनले  परियोजनाबाट बार्षिक रूपमा २० हजार गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।  विज्ञ आचार्यले परियोजना आर्थिक र प्राविधिक रूपमा योग्य रहेको बताउँदै थप अध्ययन अघि बढाउनुपर्ने बताएका थिए । वेभिनारमा दिइएको जानकारी अनुसार सन् १९८९ को अध्ययनको आधारमा ५ खर्ब लागत अनुमान गरिएको आयोजनाबाट ६० हजार जनसंख्या विष्थापित हुने उल्लेख छ । तर, आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डीईआर) भएको छैन । अहिले लागत करिब २० खर्ब र कम्तीमा २ लाख जनसंख्या विस्थापित हुने अनुमान गरिएको छ । अध्ययनले कर्णाली चिसापानी तीन वर्षभित्र सम्भाव्यता अध्ययनको स्तरोन्नति (अपडेट) र डीईआर सम्पन्न गर्न सकिने तथा त्यसको दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरेर त्यसपछिको नौ वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्नसकिने देखिएको छ । सन् १९८९ ले गरेको अध्ययनले भने निर्माण सुरु गरेर सन् २००३ मा पहिलो युनिटबाट विद्युत् उत्पादन हुने समेत उल्लेख थियो । हिमालय पावर कन्सल्ट्यान्सले तीन वटा क्यानेडियन र एउटा अमेरिकी परामर्शदाताले गरेको अध्ययनमा आयोजनाको क्षमता बढाएर १६ हजार २ सय मेगावाट समेत पुर्याउन सकिने उल्लेख थियो । सो अध्ययनले परियोजनालाई बहुउद्देश्यीय रूपमा अघि बढाउने उल्लेख गरेपनि सिँचाइ, बाढी नियन्त्रण, जल यातायातभन्दा पनि विद्युत्लाई मात्र बढी केन्द्रित गरेर अध्ययन गरेको थियो । सेकले गठन गरेको विज्ञ समूहले भने जलविद्युत्, सिँचाइ, बाढी नियन्त्रण, जल यातायात लगायतबाट हुने फाइदाको बारेमा अध्ययन हुनुपर्ने उल्लेख गरेको छ । विज्ञ समूहले दिएको प्रतिवेदनलाई अन्तिम रूप दिएर सेकले सार्कलाई हस्तान्तरण गर्ने र सार्कले क्षेत्रीय आयोजनाको रूपमा अघि बढाउन सक्छ । तर, ठूलो लगानीका साथै सिँचाइ, बाढी नियन्त्रण, जल यातायात लगायतको फाइदाको बाँडफाँड लगायतका धेरै मुद्दा रहेकोले परियोजना अघि बढाउनका लागि चुनौती रहेको बताउँछन् । “परियोजनाको जलविद्युत् उत्पादन क्षमता बढ्न सक्छ तर विश्वकै दोस्रो ठूलो परियोजना हुन सक्छ,” एक विज्ञ भन्छन्, “कर्णाली गर्ज जलविद्युत् उत्पादनका लागि विश्वकै आकर्षक ठाउँ मानिन्छ तर ठूला लगानी तथा यसबाट हुने पानी, सिँचाइ, बाढी नियन्त्रण लगायतका फाइदाको बाँडफाँड चुनौतीको विषय छ ।” 

सामुदायिक विद्युतीकरण संस्थाद्वारा हाइटेन्सनबाटै विद्युत् चोरी

 https://www.karobardaily.com/news/society/5188
शुक्रवार, बैशाख २८, 
 ज्वालामुखी गाउँपालिकाको मैदी ग्रामीण विद्युतीकरण सहकारी संस्थाले ११ हजार भोल्टेजबाटै विद्युत् चोरी भेटिएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय चुहावट नियन्त्रण महाशाखाको टोलीले निरीक्षण गर्नेक्रममा समुदायिक विद्युतीकरणका लागि राखिएको ट्रान्सफर्मरभन्दा अघिको मुख्य वितरण लाइनबाटै प्रत्यक्ष हुकिङ गरी चोरी गरेको भेटिएको हो । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी ग्रामीण विद्युतीकरण सहकारी संस्थाले ११ हजार भोल्टेजबाटै विद्युत् चोरी भेटिएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय चुहावट नियन्त्रण महाशाखाको टोलीले निरीक्षण गर्नेक्रममा समुदायिक विद्युतीकरणका लागि राखिएको ट्रान्सफर्मरभन्दा अघिको मुख्य वितरण लाइनबाटै प्रत्यक्ष हुकिङ गरी चोरी गरेको भेटिएको हो । सामुदायिक संस्थाले हाइटेन्सन लाइनबाटै विद्युत् चोरी गरी २५ केभीको ट्रान्सफर्मर राखेर विद्युत् चोरी गरेको पाइएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । “हाइटेन्सन लाइनबाटै धादिङको मैदी सामुदायिक विद्युतीकरणले विद्युत् चोरी गरेको भेटिएको छ,” उनले भने, “सामुदायिक विद्युतीकरणले यसरी आफै विद्युत् चोरीमा संलग्न हुनु गम्भीर कुरा हो, यसले विद्युत् प्राधिकरणलाई पनि डुबाउँछ र सामुदायिक विद्युतीकरण गर्ने संस्था पनि बद्नाथ हुन्छन् ।”सामुदायिक विद्युतीकरण संस्थाले टालो हटिया खानेपानी योजनाका लागि हाइटेन्सनबाट डारेक्ट हुकिङ गरेको थियो । २५ केभीको ट्रान्सफर्मर राखेर चोरी गरिएको सो स्थानमा मिटर भने विद्युत् प्राधिकरणकै राखिएको थियो । केही मिटर सामुदायिक विद्युतीकरण संस्थाले लगे पनि प्राधिकरणकै मिटर जडान गरिएको भेटिएपछि सामुदायिक संस्थाले चोरीका लागि मिटर दिएर दुरूपयोग गरेको समेत पाइएको प्राधिकरणले जनाएको छ ।दुई वर्षदेखि ११ हजार भोल्टेजको मुख्य लाइनबाटै प्रत्यक्ष हुकिङ गरी विद्युत् चोरी गरेको निरीक्षणको भेटिएको र यसबाट १ लाख ७८ हजार बराबरको विद्युत् चोरी गरेको पाइएको चुहावट नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चोरी गरेको रकम सामुदायिक विद्युतीकरण सहकारी संस्थाले विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रमा भुक्तानी गरेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै मातहतमा रहेको चुहावट नियन्त्रण महाशाखाले अघि बढाएको चुहावट नियन्त्रणअन्तर्गत देशभरको न्यूनीकरणका लागि चुहावट नियन्त्रण अभियान सुरु गरेको छ । अभियानको क्रममा सामुदायिक विद्युतीकरण गर्ने संस्थाहरूमा बन्द मिटर, सिल तोडेर चोरी, मिटर रिडिङ नहुने, स्टक युनिट राख्ने लगायतका समस्या देखिएको तथा यसको कारणले चुहावट नियन्त्रण र विद्युत् प्राधिकरणको आम्दानीमा समेत असर परेको प्रवक्ता अधिकारीले जानकारी दिए । “सामुदायिक विद्युतीकरणबाट चुहावट घट्ने अनुमान गरिएकोमा चुहावट बढ्नुको कारणमध्ये यस्ता संस्था पनि देखिएकोले यसबारे छानबिन गर्न लागेका छौं,” उनी भन्छन्, “चोर चुहावट गर्ने संस्थाहरूमाथि कारबाही हुन्छ ।”

Wednesday, May 9, 2018

ऊर्जामा अब लगानीकर्ताले कुनै झन्झट बेहोर्नु पर्दैैन

बुधवार, बैशाख २६, २०७५
वर्षमान पुन
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रीअर्थमन्त्री भएर नेपालको अर्थतन्त्रबारे जानकारी लिइसकेका वर्षमान पुन अहिले ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री छन् । रोल्पाबाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित पुनले नेपालको आर्थिक समृद्धिको प्रमुख चालकका रूपमा ऊर्जा र सिँचाइ क्षेत्रलाई बनाउने घोषणा गरेका छन् । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा ठूलो हिस्सा ऊर्जा र सिँचाइ बनाउने अठोटका साथ अघि बढेको बताउने पुनले आगामी तीन वर्षभित्र ३ हजार, पाँच वर्षभित्र ५ हजार र १० वर्षभित्र आन्तरिक खपत १० हजार मेगावाट पुर्याउने गरी १५ हजार मेगावाट उत्पादन गर्ने महत्वकांक्षी योजनासहित आगामी मार्गचित्रसहितको श्वेतपत्र सार्वजनिक गरेका छन् । ऊर्जाक्षेत्रका लागि स्थायी सरकार भएकाले स्थायी नीति र उपयुक्त वातावरण बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढ्ने तथा सरकारले अति आवश्यक ठूला आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेका मन्त्री पुनसँग कारोबारकर्मी भीम गौतमले गरेको संक्षिप्त कुराकानी :
ऊर्जामन्त्री भएपछि ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि मार्गचित्रसहितको श्वेतपत्र ल्याउनुभएको छ । यो ल्याउनुपर्ने आवश्यकता किन पर्यो ? 
१० वर्षको रणनीति र ५ वर्षको कार्ययोजनासहित श्वेतपत्र ल्याएका छौं । यसको मुख्य अवधारणा भनेको आगामी दशक नेपालका लागि समृद्धिको दशक हुने र यसमा दोब्बर अंकको आर्थिक वृद्धिदर सम्भव भएकाले यसका लागि ऊर्जा र सिँचाइ आधारभूत सर्त हुुन्छ र बनाउनुपर्छ भनेर ल्याइएको हो । दोब्बर अंकको आर्थिक वृद्धिका लागि ऊर्जा र सिँचाइ चालक शक्ति (ड्राइभिङ फोर्स) हुनेछ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा ठूलो योगदान ऊर्जा र सिँचाइ हुने घोषणा गर्नुभएको छ । अहिले पछि रहेको ऊर्जा र सिँचाइको योगदान कसरी पुर्याउनुहुन्छ ? 
अहिले दुईतिहाई कृषिमा आबद्ध छन् । जीडीपीमा कृषिको एकतिहाइ योगदान छ । हामी ठूला र बहुउद्देश्यीय सिँचाइ आयोजनाहरू प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पन्न गर्ने योजनाका साथ अघि बढेका छौं । यसले कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व पनि बढाउँछ । एकातिर कृषिक्षेत्रको योगदान बढ्छ भने अर्कातिर हामी अहिले गुणात्मक रूपमा औद्योगिक चरणमा जाँदैछौं । व्यावसायिक रूपमा पनि अघि बढ्दैछौं । यसका लागि आधारभूत सर्त भनेको ऊर्जा हो । हाम्रो अहिले जलविद्युत्मा प्राथमिकता छ । मिश्रित ऊर्जा प्रणालीमा पनि अघि बढ्दैछौं । यसका आधारमा जलविद्युत्, सौर्य (सोलार), वायुलगायतका विभिन्न ऊर्जाको सम्मिश्रण गर्छौं । अहिले ११ सय मेगावाट जति उत्पादन गर्न सकेका छौं । आगामी तीन वर्षमा ३ हजार, पाँच वर्षमा ५ हजार, १० वर्षमा १० हजार स्थानीय खपतसहित १५ हजार मेगावाट उत्पादन गर्ने स्पष्ट खाका र योजना छ । केही निर्माण प्रक्रियामा छन् । केही सर्वेक्षणका क्रममा छन् । आयोजना निर्माणलाई कार्यान्वयन गर्ने गरी विवरण तयार पारेका छौं ।
लोकतन्त्र आएपछिका १० वर्षलाई हेर्ने हो भने हजारौं मेगावाट उत्पादन गर्ने योजना धेरै आएका छन्, तर जलविद्युत्को लामो इतिहास भए पनि उत्पादन १ हजार मेगावाटको हाराहारीमै छ । अबको १० वर्षमा १५ हजार मेगावाट कसरी सम्भव देख्नुहुन्छ ? 
कुन समयमा कुन–कुन जलविद्युत् आयोजनाहरू बनाउने भन्ने हाम्रो स्पष्ट विवरण छ । निर्माण र सर्वेक्षणका क्रममा रहेका, पूरा हुने र हुन सक्ने आयोजनाहरू जुन तीन वर्षमा बनाउन सकिन्छ, त्यसको विवरण तयार गरेका छौं । पाँच वर्षभित्र पूरा हुनेको पनि विवरण तयार पारेका छौं । १० वर्षको प्रक्षेपण पनि मोटामोटी गरेका छौं । यो तथ्यमा टेकेर गरेका छौं । अर्को कुरा तीन, पाँच र दस वर्षमा पूरा गर्ने आयोजनाको हामीले तालिका बनाएका छौं, यसको अनुगमन गर्छौं, निरीक्षण गछौं र निजी क्षेत्रलाई प्रोत्साहन गर्छौं । हामी सबै किसिमको सहजीकरण गरेर तालिकाअनुसार समयमै आयोजनाहरू निर्माण गर्छौं । पहिला संक्रमणकालीन अवस्था थियो, सरकार अस्थिर थियो । पहिलाका सरकारका मन्त्रीहरूले बोले, तर काम गर्न नपाई छोड्नुपर्यो भन्न पाउनुभयो । मैले त बोलेर मात्र हुँदैन, नतिजा पनि बनाउनुपर्छ । यो सरकार पाँच वर्षको सरकार हो । अब नीति र नेतृत्वको स्थायित्व हुन्छ । कामको निरन्तरताको स्थायित्व हुने भएकाले परिणाम पनि आउँछ भन्ने विश्वास छ ।
पहिला कार्ययोजना ल्याउने तर कार्यान्वयन नहुने समस्या थियो । पुरानै संरचना यथावत् रहेको अवस्थामा कसरी पूरा गर्न सक्नुहुन्छ ? 
श्वेतपत्र र मार्गचित्र जारी गरेलगत्तै मैले सचिवहरू, सह–सचिवहरू, महानिर्देशकलगायतका उच्च कर्मचारीहरूलाई राखेर निकायअनुसारको विस्तृत कार्ययोजनाहरू बनाउनुहोस् भनेर निर्देशन दिइसकेका छौं । विस्तृत आयोजनापछि समय तालिका तोक्छौं । यसअनुसारको नीति, बजेट र जनशक्तिको व्यवस्था गर्छौं । यसको आवधिक समीक्षा गर्छौं । कार्यान्वयन भए–नभएको हेर्छौं । कार्यान्वयन गर्ने गरी जनशक्ति परिचालन र जिम्मेवारी बाँडफाँड गर्छौं । विगतको भन्दा काम गर्ने शैली परिवर्तन गर्छौं । नेतृत्वको काम गर्ने शैली परिणत गरेर नतिजा निकाल्छौं ।
जिम्मेवारी दिएर कार्यान्वयन नभएमा तपाईंको कदम के हुन्छ ? 
कार्यान्वयन नगर्ने निकाय र व्यक्तिको हेरफेर हुन्छ । कारबाही हुन्छ । स्पष्टीकरण सोध्छौं । सरकारी निकायबाहेक निर्माण कम्पनी, निजी लगानीकर्तालगायत संलग्न हुन्छन् । उनीहरूलाई सहजीकरण गर्ने काम हुन्छ । समयमै जलविद्युत् आयोजना सम्पन्न नगर्नेहरूको लाइसेन्स खारेज हुन्छ । सर्वेक्षण, उत्पादन वा विद्युत् खरिद सम्झौता (पीपीए) गरेर समयमै काम नगर्नेको लाइसेन्स खारेज हुन्छ । काम गर्ने कम्पनीहरूलाई लाइसेन्स दिन्छौं । लामो समयसम्म जलविद्युत् आयोजना होल्ड हुन दिँदैनौं । राज्यलाई अति आवश्यक जलविद्युत् आयोजनाहरू निर्माणका लागि विद्युत् प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रलगायतलाई समेटर एउटा निर्माण कम्पनी पनि स्थापना गर्न लागेका छौं, जसले अति आवश्यक, उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने आयोजनाहरू बनाउँछौं । जसरी फास्टट्र्याक सेनालाई दियौं । मैलुङ–स्याफ्रुबेसी सडक सेनालाई दिएर तीव्र गतिमा ट्र्याक खोल्यौं । यस्तै काम ठूला र छिटो सम्पन्न गर्ने आयोजनाहरूका साथै अवरोध भएर अघि बढ्न नसकेका क्रोनिक आयोजनाहरूमा गर्छौं । हामी सबै उपाय अवलम्बन गरेर जलविद्युत् आयोजनाहरूलाई अघि बढाउने गरी अघि बढेका छौं ।
निजी क्षेत्रले सरकारले प्रतिबद्धता जनाएअनुसारको काम गरेन भनेर गुनासो सुनिन्छ, निजी क्षेत्रलाई कसरी विश्वासमा लिएर काम गर्नुहुन्छ ? 
निजी क्षेत्रलाई लाइसेन्समा छिटो गरिदिने कुरामा छिटो गरिदिन्छौं । प्रसारण लाइनहरूमा जग्गा अधिग्रहणमा ढिलाइ हुँदा आएको समस्या समाधानका लागि जग्गा लिनमा लिने र जग्गा धनीहरूलाई जलविद्युत्मा लगानीको सुविधा दिने गरी अघि बढ्दैनौं । स्थानीय जनताले पनि स्वामित्व लिने र उनीहरूले पनि फाइदा पाउने गरी अघि बढ्दैछौं । जसले प्रसारणलाइन निर्माणमा सहज हुन्छ, जसले काम नगरी होल्ड मात्र गर्छ, ती कम्पनीहरूलाई कालोसूचीमा राखेर अघि बढ्छौं । निजी क्षेत्रलाई कुन–कुन ठाउँमा सहजीकरण गर्नुपर्छ, प्रत्येक घटनाअनुसार सहजीकरण गर्छौं । निजी क्षेत्रलाई सहजीकरण गर्नका लागि सबै काम हामी गरिदिन्छौं । यो प्राथमिकताका साथ हुन्छ । निजी क्षेत्र, निजी प्रवद्र्धकलाई प्रेरित गर्ने, प्रोत्साहन गर्ने काम हुन्छ । अहिले पीपीएमा देखिएको समस्यालाई समाधान गर्ने गरी टेक अर पे (लिऊ र तिर) लाई खोलिदिन्छौं । यसले ती आयोजनाहरूलाई वित्तीय व्यवस्थापनका लागि सहज हुन्छ । विगतमा निजी क्षेत्रलाई हामीले गरेको प्रतिबद्धता पूरा गर्छौं ।
जलविद्युत् आयोजना अघि बढाउनका लागि प्रक्रियागत रूपमा धेरै झन्झट भइरहेको, वन र वातावरणबारे स्वीकृति लिन लामो समय लाग्ने गरेको छ । यसलाई कसरी सहजीकरण गर्नुहुन्छ ? 
अहिले वन र वातावरण एउटै मन्त्रालय भएको छ । दुईतिर अब जानु परेन । अहिले ती निकायले पनि प्रक्रियाहरू धेरै छोट्याउँदै लगेका छन् । वन वातावरण जोगाउनका लागि पनि न्यूनतम प्रक्रिया पूरा गर्नुपर्छ । योसँगसँगै विकास पनि गर्नु छ । हामीले अराजक तरिकाले विकास गर्न खोजेका छैनौं; तर वन, वातावरणसँग सम्बन्धित निकायहरू विकासको विरोधी बन्नु हुँदैन । हामी सन्तुलित ढंगले अघि बढ्नुपर्छ । विगतभन्दा सहज हुँदै गएको छ, अझ सहज बनाउनेतिर लाग्छौं । वन, वातावरण, ऊर्जा बसेर यसमा समन्वय गर्छौं । अन्तरमन्त्रालय समन्वय गरेर अघि बढ्छौं ।
बेला–बेलामा प्रक्रियालाई सरलीकरण गर्न एकद्वार (वन इन्डो पोलिसी) कुरा आउने गर्छ । उद्योग मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । ऊर्जा मन्त्रालयले यसका लागि के गर्छ ? 
विगतमा जस्तो समस्या त छैन । एकद्वार प्रणाली एउटा निश्चित तहसम्म हुन्छ । नत्र त प्रधानमन्त्रीले सबै काम गर्ने भन्ने कुरा होइन । विषयको विशेषज्ञताको आधारमा अघि बढ्नुपर्छ । मात्र छिटोछरितो र पारदर्शी कसरी गर्ने भन्ने हो । जिम्मेवारीपूर्वक कसरी गर्ने भन्ने हो । यसमा जवाफदेही कसरी बनाउने भन्ने कुरा मुख्य हो । प्रक्रिया छोट्याउने कुरा त गर्नैपर्छ । असल नियतले आएका लगानीकर्ताहरूलाई सहजीकरण गर्ने र खराब नियतले आएकाहरूलाई प्रक्रियाले अयोग्य बनाउने काम गर्नुपर्छ ।
स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले नेपालमा लगानी बढाउन खोजेका छन् । उनीहरूलाई आकर्षण गर्नका लागि कस्ता कार्यक्रम अघि बढाउनुहुन्छ ? 
लगानीकर्ताहरूका लागि अहिले देखिएको प्रसारणलाइनको समस्या हल गर्ने कुरा अघि बढाउन लागेका छौं । स्थानीय समुदायले स्वामित्वको अभावमा दुःख दिने त्यसलाई हटाउनुपर्छ । जलाधार क्षेत्रहरूमा लगानीका लागि सहज बनाउन विद्युत् संस्कार (कल्चर) को विकास गर्नका लागि अघि बढ्दैछौं । स्थानीयहरूलाई फाइदा दिने गरी अघि बढेर यस्तो संस्कारको विकास गराउँछौं । प्रत्यक्ष वैदेशिक लगानी गर्नेहरूले लगानी गरेको रकम फिर्ता नभएसम्मका लागि डलरमै पीपीए गर्ने कुरालाई सुनिश्चितता दिन्छौं । यसको जोखिम न्यूनीकरणका लागि हेजिङ फन्डको व्यवस्था गर्दैछौं । वैदेशिक लगानीकर्ताहरूलाई समेत लगानीका लागि आकर्षण गर्ने गरी यस्ता सुनिश्चितता दिन्छौं ।
अहिले ११ सय मेगावाट जति उत्पादन गर्न सकेका छौं । आगामी तीन वर्षमा ३ हजार, पाँच वर्षमा ५ हजार, १० वर्षमा १० हजार स्थानीय खपतसहित १५ हजार मेगावाट उत्पादन गर्ने स्पष्ट खाका र योजना छ ।

यो सरकार पाँच वर्षको सरकार हो । अब नीति र नेतृत्वको स्थायित्व हुन्छ । कामको निरन्तरताको स्थायित्व हुने भएकाले परिणाम पनि आउँछ भन्ने विश्वास छ ।

राज्यलाई अति आवश्यक जलविद्युत् आयोजनाहरू निर्माणका लागि विद्युत् प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रलगायतलाई समेटर एउटा निर्माण कम्पनी पनि स्थापना गर्न लागेका छौं ।

जसले प्रसारणलाइन निर्माणमा सहज हुन्छ, जसले काम नगरी होल्ड मात्र गर्छ, ती कम्पनीहरूलाई कालोसूचीमा राखेर अघि बढ्छौं ।

हामीले अराजक तरिकाले विकास गर्न खोजेका छैनौं; तर वन, वातावरणसँग सम्बन्धित निकायहरू विकासको विरोधी बन्नु हुँदैन ।

असल नियतले आएका लगानीकर्ताहरूलाई सहजीकरण गर्ने र खराब नियतले आएकाहरूलाई प्रक्रियाले अयोग्य बनाउने काम गर्नुपर्छ ।

राजनीतिक एजेन्डा पूरा भइसकेकाले अब नेपालको फोकस आर्थिक समृद्धि र सुशासन नै हो । हामी यस युगमा प्रवेश गरेका छौं ।



तपाईं मन्त्री भएपछि पहिला वैदेशिक लगानी ल्याउनका लागि केके कठिन रहेको अनुभव गर्नुभयो ? 
मुख्य कुरा त नीतिकै निरन्तरता नहुने समस्या रहेछ । अहिले एउटा निश्चित नीति हुन्छ भनेर उनीहरूलाई हौसल्ला मिलेको छ । विगतमा डलर लगानी गर्दाका जोखिम पनि थिए । बजार व्यवस्थापनको जोखिम पनि थियो । भारतसँग ऊर्जा व्यापार सम्झौता (पीटीए) भएपछि यसमा पनि समस्या छैन । बंगलादेश र चीनसँग पनि पीटीए गर्दैछौं । यसले अझ विदेशी लगानीकर्ताहरूमा हौसला बढ्दै गएको छ । नेपाल विकास र समृद्धिको युगमा प्रवेश गरिसकेकाले हामीलाई नै धेरै ऊर्जा आवश्यक छ । हाम्रो माग बढ्दैछ । नाफा र बजार अनि व्यावसायिक वातावरण पनि अनुकूल बन्दै गएपछि लगानीका लागि आकर्षण बढ्दै गएको पाएका छौं ।
अब ऊर्जामा स्वदेशी तथा विदेशी लगानीकर्ताले पहिलाको जस्तो कुनै झन्झट बेहोर्नु पर्दैन त ?
स्वदेशी, विदेशी लगानीकर्ताले अब निश्चित रूपमा कुनै झन्झट बेहोर्नु पर्दैैन । राजनीतिक एजेन्डा पूरा भइसकेकाले अब नेपालको फोकस आर्थिक समृद्धि र सुशासन नै हो । हामी यस युगमा प्रवेश गरेका छौं । विगतभन्दा केही फरक हुँदै गएको छ । अवश्य वातावरणका लागि उपयुक्त वातावरण बन्छ । स्थानीय जनतादेखि कर्मचारीहरूको कार्यशैलीमा पनि सुधार आएको छ । सुधार गर्नुपर्छ, जसबाट धेरै सकारात्मक सुधार हुन्छ ।
२ करोड ८० लाख जनतालाई नै ऊर्जामा लगानी गर्ने वातावरण बनाउने घोषणा गर्नुभएको छ । अब जनतादेखि लगानीकर्ता सबै लगानीका लागि जुमुराउँछन् त ? 
ऊर्जामा हरेक घरपरिवारलाई लगानी गर्ने वातावरण बनाउँदैछौं । हरेक परिवारलाई जलविद्युत् सेयरको धनी बनाउने योजना बनाएका छौं । हरेक जनताले आकर्षक जलविद्युत् आयोजनामा लगानी गर्न पाउँछन् । यसका लागि आकर्षक योजनाहरू छनोट पनि गरेका छौं । आगामी आर्थिक वर्षदेखि यी आयोजनाहरू अघि बढ्छन्, जसमा सबै जनता सहभागी हुन पाउँछन् । स्वदेशी सीप, पुँजी अनि जनताको सहभागितामा जलविद्युत् आयोजनाहरू अघि बढाउँछौं । यसले एकातिर ऊर्जाको विकास हुन्छ भने अर्कातिर देशको आर्थिक वृद्धि र समृद्धि हुन्छ । यसो गर्दा हरेक घर नेपालको प्राकृतिक स्रोतमा लगानी गरेर धनी बन्छ । अझ हिमाल, पहाड, तराईका जनता जलविद्युत्मा लगानीमार्फत एकताबद्ध हुन्छ । यसले सामाजिक सद्भावको पनि विकास गर्छ । ऊर्जाका आयोजनालाई राष्ट्रिय एकताको आयोजनाका रूपमा अघि बढाउन सकिन्छ ।
तपाईंले ठूला–ठूला आयोजना निर्माण गर्ने भन्नुभएको छ, तर बूढीगण्डकी, पश्चिमसेतीलगायतका आयोजनाहरू अघि बढाउन सबैभन्दा ठूला समस्या छन् । कसरी अघि बढाउनुहुन्छ ? 
बूढीगण्डकीलाई खुल्ला टेन्डर गर्छौं । स्वदेशी पुँजी लगानी गरेर निर्माण गर्छौं । पश्चिम सेतीमा समस्या छ । चिनियाँ लगानीकर्ताहरू नआउन खोजेका छन् । उनीहरू नआएमा स्वदेशी लगानी वा पुँजी परिचालन गरेर बनाउन सकिन्छ ।
अहिले पनि धेरै जनता विद्युत्बाट वञ्चित छन्, उनीहरूलाई कसरी पहुँच बनाउनुहुन्छ ? 
पाँच वर्षभित्र सबै जनतामा आधुनिक ऊर्जा पुर्याउँछौं । सबै ठाउँमा ग्रिड नपुग्न सक्छ । साना जलविद्युत्, सोलार लगायतमार्फत त्यहाँ विद्युत् भने पुर्याउँछांै । ७ सय ५३ स्थानीय निकायसँग सहकार्य गरेर साना खालका सोलारहरू उत्पादन गर्छौं, जसमार्फत पनि ऊर्जा उत्पादन गरेर पहुँच पुर्याउन हामी अघि बढ्छौं । हरेक घर, ऊर्जा घरअन्तर्गत रुफ टप सोलारको अवधारणा अघि सारेका छौं । यसअन्तर्गत नेट मिटरिङ पनि गर्छौं र नेट पेमेन्ट पनि गर्छौं । यसले स्थानीय स्तरमा नेट मिटरिङ र पेमेनटबाट आम्दानी पनि बढ्छ । यसले स्थानीय निकायको पनि आम्दानी पनि बढ्छ ।
अबको योजनाअनुसार त उत्पादन बढी हुने तर माग कम हुने अवस्था देखिन्छ । कसरी मागलाई बढाउनुहुन्छ ? 
गत वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धिदर भयो । यो वर्ष पनि ६ प्रतिशतभन्दा माथि रहन्छ । आगामी वर्षहरूमा अझ वृद्धि भएर जाने देखिन्छ । यसबाट मानिसको व्यक्तिगत क्षमता बढ्दै जान्छ । बहुआयामिक ऊर्जाको प्रयोग हुन्छ । यसका आधारमा माग बढ्दै जान्छ । अहिलेको मागभन्दा गुणात्मक रूपमा फरक पर्छ । पर्याप्त ऊर्जा पाइन्छ भने पनि माग पनि बढ्छ ।
ऊर्जाका योजना कार्यान्वयनका लागि आवश्यक नीतिहरू बन्न सकेको अवस्था देखिँदैन । नियमन आयोग आए पनि पदाधिकारी नियुक्त भएका छैनन् । एकीकृत जलस्रोत नीति, विद्युत् ऐनलगायत आउन सकेका छैनन् । यी ल्याउनका लागि कस्तो पहल गर्नुहुन्छ ? 
छिटै जलस्रोत नीतिहरू बनाउँछौं । त्योअनुसार काम हुन्छ । नियमन आयोग तत्काल अघि बढाउन लागेका छौं । बाँकी ऐनहरूलाई समसामयिक बनाउने तथा बनाउनुपर्ने नयाँ ऐनहरूलाई तालिकाबद्ध बनाएर श्वेतपत्र र मार्गचित्रलाई कार्यान्वयन गर्न सक्ने गरी अघि बढ्छौं । नीतिहरू बेला–बेलामा आवश्यकअनुसार संशोधन भइरहन्छ । यो गतिशील पनि हुन्छ । एकीकृत जलस्रोत नीति बनाएपछि त्यसका आधारमा सहायक नीतिनियमहरू बनाउँछौं । ऊर्जामा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउँछौं । कुनै अवरोध बेहोर्नुपर्ने अवस्था आउँदैन ।
मन्त्री भएपछि विगतमा जलविद्युत्को अवस्था कमजोर हुनुको कारण के रहेछ र के गर्दा ऊर्जामा चमत्कार ल्याउन सकिन्छ भनेर अनुभव गर्नुभयो ? 
जलस्रोतको एकीकृत उपयोग र सदुपयोग गर्ने नै समस्या हो । त्यसपछि स्रोतहरूको समस्या हो । त्यसपछि निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न नहुने समस्या छन् । आत्मगत रूपमा भन्दा कहीं न कहीं ढिलासुस्ती, अराजकता, बेथितिहरू, अनियमितताहरू छन् । यस्ता प्रवृत्तिहरू पनि छन्, जसको कारणले चाहेर पनि मन्त्रालय, निकाय वा कम्पनीहरूले काम गर्न सकेका छैनन् । ऊर्जामा संस्थागत संरचनाहरूको सुधारको आवश्यकता देखेको छु । यसपछि गतिशील भएर सम्बन्धित निकायले काम गर्न सक्छ । यसपछि परिणाम पनि आउँछ ।
के संगठनात्मक सुधार भनेर अहिले प्रसारणलाइन, उत्पादन गर्ने लगायतका धेरै निकाय सरकारभित्रै छन्, के त्यसलाई एकीकृत गर्न लाग्नुभएको हो ? 
यी निकायहरूको कामलाई विशिष्टीकृत गर्न लागेका छौं । कसैले उत्पादन मात्र गरोस् । कसैले प्रसारण र वितरणको काम मात्र गरोस् । कसैले निर्माण मात्र र कसैले परामर्शदाताको काम मात्र गरोस् । यसरी विविधीकरण र विशिष्टीकरण गर्न खोजेको हो । यसअनुसार रिफर्म हुँदै जान्छ । यसका आधारमा सबैले आफ्ना सेवाहरू प्रभावकारी रूपमा गर्नुपर्ने हुन्छ ।