https://www.karobardaily.com/index.php/news/country/4841
बिहिवार, बैशाख २०, २०७५
सन् २०३० भित्र दिगो ग्रामीण विकासमार्फत गरिबी र भोकमरीमुक्त ‘पानी सुरक्षित विश्व’ बनाउने घोषणा गरिएको छ । बुधबारदेखि काठमाण्डौमा सुरु भएको अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोगको आठौं एसियाली क्षेत्रीय सम्मेलनमा यस्तो मिसन र भिजन घोषणा गरिएको हो ।
‘सदाहरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा नियोगका का अध्यक्ष फेलिक्स राइन्डर्सले पानी सुरक्षित विश्वका लागि आर्थिक रुपमा सम्भाव्य, सामाजिक रुपमा स्वीकार गरिएको र वातावरणमैत्री सिँचाइ, जल निकास र बाढी नियन्त्रणसँगै दिगो कृषि पानी व्यवस्थापनका लागि सबै क्षेत्र सँगसँगै लाग्नुपर्ने बताए ।
हाल विश्वमा ८१ प्रतिशत अर्थात १ हजार २ सय ३४ मिलियन हेक्टर खेतीयोग्य जमिन आकाशे पानीबाट तथा ३ सय मिलियन हेक्टर सिँचाइबाट कृषि हुँदै आएको उल्लेख गर्दै सन् २०५० भित्र दोब्बर खाद्य उत्पादन बढाउनुपर्ने बताए । “हरित क्रान्तिका लागि थोरै जमिन, पानी र विषादीमै विश्वमा खाद्य उत्पादन उत्पादन दोब्बर बनाउनु आवश्यक छ,” उनले भने, “बढ्दो जनसंख्या र वस्ती तथा घट्दो जमिनको आधारमा थोरै जमिन उपयोग गरेर दोब्बर खाद्यान्न उत्पादन गर्नु जरुरी छ,” उनले भने । हरित क्रान्ति अभियानका लागि निजी क्षेत्र, किसान, सरकार र उसका नीति, दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान र विकास लगायतको योगदान महत्वपूर्ण हुने उनको तर्क थियो ।
सिँचाइ विभाग, नेपाल राष्ट्रिय पानी तथा जलनिकास कमिटीले विश्व बैक, एशियाली विकास बैक, इसिमोड लगायतका विभिन्न दातृ निकाय र सरोकारवाला निकायहरूको सहयोगमा आयोजना गरेको सम्मेलन तीन दिनसम्म चल्नेछ । विभिन्न २२ वटा मुलुकका करिब ७० वटा अनुसन्धानका अनुभवसम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुने सम्मेलनमा ३० राष्ट्रका तीन सय सहभागी रहेको सिँचाइ विभागका महानिर्देशक सरोज पण्डितले जानकारी दिए ।
सम्मेलनको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनबाट भएको नकारात्मक असरबाट पानीलाई जोगाउनुपर्ने बताइन् । “व्यवस्थित सिँचाइ र कृषिबाट मात्र खाद्य सुरक्षा कायम गर्न सकिन्छ, नेपालको कृषि र पानीमा नकारात्मक असर देखिन थालेको छ, यसबाट जोगाउनु आवश्यक छ,” उनले भनिन् । पानीको दिगो संरक्षण र समुचित उपयोगमा लाग्नुपर्ने उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभइ सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताए । नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको जानकारी दिँदै लक्ष्य पूरा गर्न पानी निकास तथा व्यवस्थापन जरुरी रहेको धारणा राखे । मन्त्रालयका सचिव डा. सञ्जय शर्माले सिँचाइको विकाससँग खाद्य सुरक्षा जोडिएको बताउँदै यसका लागि नेपालले विभिन्न योजना र कार्यक्रम अघि बढाउने बताए ।

No comments:
Post a Comment