https://www.karobardaily.com/news/society/5188
शुक्रवार, बैशाख २८,
ज्वालामुखी गाउँपालिकाको मैदी ग्रामीण विद्युतीकरण सहकारी संस्थाले ११ हजार भोल्टेजबाटै विद्युत् चोरी भेटिएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय चुहावट नियन्त्रण महाशाखाको टोलीले निरीक्षण गर्नेक्रममा समुदायिक विद्युतीकरणका लागि राखिएको ट्रान्सफर्मरभन्दा अघिको मुख्य वितरण लाइनबाटै प्रत्यक्ष हुकिङ गरी चोरी गरेको भेटिएको हो । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी ग्रामीण विद्युतीकरण सहकारी संस्थाले ११ हजार भोल्टेजबाटै विद्युत् चोरी भेटिएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय चुहावट नियन्त्रण महाशाखाको टोलीले निरीक्षण गर्नेक्रममा समुदायिक विद्युतीकरणका लागि राखिएको ट्रान्सफर्मरभन्दा अघिको मुख्य वितरण लाइनबाटै प्रत्यक्ष हुकिङ गरी चोरी गरेको भेटिएको हो । सामुदायिक संस्थाले हाइटेन्सन लाइनबाटै विद्युत् चोरी गरी २५ केभीको ट्रान्सफर्मर राखेर विद्युत् चोरी गरेको पाइएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । “हाइटेन्सन लाइनबाटै धादिङको मैदी सामुदायिक विद्युतीकरणले विद्युत् चोरी गरेको भेटिएको छ,” उनले भने, “सामुदायिक विद्युतीकरणले यसरी आफै विद्युत् चोरीमा संलग्न हुनु गम्भीर कुरा हो, यसले विद्युत् प्राधिकरणलाई पनि डुबाउँछ र सामुदायिक विद्युतीकरण गर्ने संस्था पनि बद्नाथ हुन्छन् ।”सामुदायिक विद्युतीकरण संस्थाले टालो हटिया खानेपानी योजनाका लागि हाइटेन्सनबाट डारेक्ट हुकिङ गरेको थियो । २५ केभीको ट्रान्सफर्मर राखेर चोरी गरिएको सो स्थानमा मिटर भने विद्युत् प्राधिकरणकै राखिएको थियो । केही मिटर सामुदायिक विद्युतीकरण संस्थाले लगे पनि प्राधिकरणकै मिटर जडान गरिएको भेटिएपछि सामुदायिक संस्थाले चोरीका लागि मिटर दिएर दुरूपयोग गरेको समेत पाइएको प्राधिकरणले जनाएको छ ।दुई वर्षदेखि ११ हजार भोल्टेजको मुख्य लाइनबाटै प्रत्यक्ष हुकिङ गरी विद्युत् चोरी गरेको निरीक्षणको भेटिएको र यसबाट १ लाख ७८ हजार बराबरको विद्युत् चोरी गरेको पाइएको चुहावट नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चोरी गरेको रकम सामुदायिक विद्युतीकरण सहकारी संस्थाले विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रमा भुक्तानी गरेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै मातहतमा रहेको चुहावट नियन्त्रण महाशाखाले अघि बढाएको चुहावट नियन्त्रणअन्तर्गत देशभरको न्यूनीकरणका लागि चुहावट नियन्त्रण अभियान सुरु गरेको छ । अभियानको क्रममा सामुदायिक विद्युतीकरण गर्ने संस्थाहरूमा बन्द मिटर, सिल तोडेर चोरी, मिटर रिडिङ नहुने, स्टक युनिट राख्ने लगायतका समस्या देखिएको तथा यसको कारणले चुहावट नियन्त्रण र विद्युत् प्राधिकरणको आम्दानीमा समेत असर परेको प्रवक्ता अधिकारीले जानकारी दिए । “सामुदायिक विद्युतीकरणबाट चुहावट घट्ने अनुमान गरिएकोमा चुहावट बढ्नुको कारणमध्ये यस्ता संस्था पनि देखिएकोले यसबारे छानबिन गर्न लागेका छौं,” उनी भन्छन्, “चोर चुहावट गर्ने संस्थाहरूमाथि कारबाही हुन्छ ।”

No comments:
Post a Comment