आइतवार, बैशाख २२, २०७६
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सरकारलाई नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत् बंगालादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
नेपाल र बंगलादेशबीच विद्युत् ब्यापार विस्तार गर्ने मूल उद्देश्यले बंगलादेशका निजी विद्युत् ब्यवसायीको निमन्त्रणामा बंगलादेश पुगेर फर्केपछि इप्पानले शुक्रबार पत्रकार सम्मेलन गरी सो माग गरेको हो । इप्पान अध्यक्ष शैलेन्द्र गुरागार्इंको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले गत वैशाख १५ देखि १८ गतेसम्म बंगलादेशको भ्रमण सम्पन्न गरेको थियो ।
इप्पानले अब हुन लागेको नेपाल र बंगालदेशबीचको संयुक्त कार्यकारिणीय र कार्यमूलक समितिको बैठकमा नेपालका निजी क्षेत्रका प्रवद्र्धकले बंगलादेशलाई बिजुली बेच्न पाउने व्यवस्था गर्नुपर्ने इप्पान अध्यक्ष गुरागाईंले बताए । त्यसैगरी इप्पानले नेपाल सरकारले निर्यातसम्बन्धी आफ्नो स्पष्ट अवधारणा ल्याउन र भारतमा प्रसारणलाइन प्रयोग गर्नका लागि सम्बन्धित पक्षसँग वार्ता अगाडि बढाउन पनि आग्रह गरेको छ । इप्पानले भ्रमणबाट दुई देशबीच सन् २०१८ अगस्ट मा सम्पन्न ऊर्जा सहकार्यसम्बन्धी समझदारीले दुवै राष्ट्र संयुक्त रूपमा विद्युत् विकास तथा विद्युत् ब्यापार गर्न प्रतिबद्ध रहेको र बंगलादेशको सरकारी पक्ष तथा निजी क्षेत्र दुवैले यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ । भारतले छिमेकी राष्ट्रबीच विद्युत् आदान–प्रदानका लागि अंगीकार गरेको उदार नीतिले गर्दा नेपाल र बंगलादेशबीच विद्युत् ब्यापार विस्तार गर्ने वातावरण बनेको र अवसरको फाइदा सकेसम्म छिटो लिनुपर्छ भन्ने बंगलादेशको सरकारी तथा निजी क्षेत्रको धारणा उल्लेख गर्दै इप्पानले बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको समेत उल्लेख गरेको छ । नेपाल र बंगलादेशबीच विद्युत् ब्यापार विस्तार गर्ने मूल उद्देश्यले बंगलादेशका निजी विद्युत् ब्यवसायीको निमन्त्रणामा बंगलादेश पुगेर फर्केपछि इप्पानले शुक्रबार पत्रकार सम्मेलन गरी सो माग गरेको हो । इप्पान अध्यक्ष शैलेन्द्र गुरागार्इंको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले गत वैशाख १५ देखि १८ गतेसम्म बंगलादेशको भ्रमण सम्पन्न गरेको थियो ।
कैयौं मेगावाटका जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौताका लागि पर्खिरहेको अवस्था र नेपाल विद्युत् प्राधिकरणले विभिन्न कारण देखाई वर्षौंसम्म विद्युत् खरिद दरमा परिवर्तन गर्न नसकेको अवस्थाले गर्दा थुपै्र आयोजना बन्ने÷नबन्ने अन्योलमा रहेको उल्लेख गर्दै धेरै आयोजना बनेर पनि प्रतिफल उठाउन नसक्ने अवस्थामा पुगेकाले बंगलादेशको बजार खुल्दा यस्ता समस्याका लागि समाधानको बाटो पनि मिल्ने, भारतीय सरकारको हालको नीतिअनुसार नेपालमा उत्पादित विद्युत् बंगलादेश पु¥याउन भारतमा भइरहेका प्रसारणलाइन प्रयोग गर्ने वा डेडिकेटेड प्रसारणलाइन बनाउन सकिने प्रावधान रहेकाले यस सम्बन्धमा सरकारीस्तरमा समझदारी भएमा सम्बन्धित निजी क्षेत्रले नै उक्त प्रसारणलाइन समेत निर्माण गर्नसक्ने इप्पानले जनाएको छ । नेपालमा उत्पादित विद्युत् बंगलादेशमा निर्यात गर्ने विस्तृत खाका तयार भएमा प्रसारण लाइनको चुनौती समेत समाधान गर्न सकिने उल्लेख गर्दै यसमा गम्भीर हुन आग्रह गरेको छ ।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले बंगलादेशको ऊर्जाराज्यमन्त्री, बंगालादेश पावर डेभलेपमेन्ट बोर्डका अध्यक्ष, बंगलादेश ऊर्जा नियमन आयोगका अध्यक्ष, सरकारी स्वामित्वमा रहेको पूर्वाधार विकास कम्पनी (इड्कोल), निजी ऊर्जा उत्पादक कम्पनी तथा पूर्वाधार क्षेत्रमा परामर्श दिइरहेका विभिन्न कम्पनीसँग भेट गरी बंगलादेशको हालको विद्युत् उत्पादनको अवस्था, माग प्रक्षेपण, प्रसारण लाइनको अवस्था, लगानीका अवसर र चुनौतीबारे छलफल गरेको थियो ।
No comments:
Post a Comment