Thursday, February 27, 2020

बिजुलीको भाउ बढाउन २० अर्ब बढी खर्च प्रक्षेपण

 बिहिवार, फाल्गुन १५, २०७६
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि गत वर्षभन्दा चालू वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपण गरेको भेटिएको छ । १४ प्रतिशतसम्म बिजुलीको भाउ बढाउनका लागि प्रस्ताव गरेको प्राधिकरणले यसरी अत्यधिक रूपमा खर्च बढी देखाएर विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको हो ।
 नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि गत वर्षभन्दा चालू वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपण गरेको भेटिएको छ । १४ प्रतिशतसम्म बिजुलीको भाउ बढाउनका लागि प्रस्ताव गरेको प्राधिकरणले यसरी अत्यधिक रूपमा खर्च बढी देखाएर विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको हो । अघिल्लो वर्षभन्दा बढीमा ८ देखि १० प्रतिशतसम्म खर्च वृद्धि हुनुलाई सामान्य मानिन्छ तर प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि प्रस्ताव गरेर विद्युत् नियमन आयोगले सार्वजनिक गरेको विवरणमा भने यति धेर खर्च बढी हुने प्रक्षेपण गरिएको हो । विवरणमा साढे ७ अर्ब त सञ्चालन, रोजगारदाता, प्रसारण लाइन, कर्पोरेल सञ्चालन लगायतलाई मात्र वृद्धि हुने उल्लेख गरिएको छ ।
बिजुलीको भाऊ घटाउनुपर्ने भन्दै आयोगमाथि विभिन्न पक्षबाट दबाब भईरहेको र बिजुलीको भाऊ अत्याधिक महंगो भएको भन्दै आलोचना भइरहेको बेला प्राधिकरणले यस्तो प्रस्तावलाई नियमन आयोगले भने विश्लेषण गरिरहेको छ । आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले भने प्राधिकरणले उपलब्ध गराएको विवरणहरू आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको र पठाएको प्रस्तावको विश्लेषण भइरहेको बताए । औद्योगिकका साथै उपभोक्ताहरूलाई समेत बिजुलीको भाऊ बढाउनका लागि प्रस्ताव गरेको विद्युत् प्राधिकरणको प्रस्तावको विश्लेषण सही रूपमा हुने नहुनेबारे भने उपभोक्ताहरूमा आशंका छ । नियमन आयोगले विद्युत् प्राधिकरणको आयोजनाहरूलाई समेत प्रतिफलको व्यवस्था गरेपछि आयोग समेत बिजुलीको भाऊ वृद्धिको पक्षमा रहँदै आएको भन्दै आलोचना समेत हुँदै आएको छ ।विवरणअनुसार आर्थिक वर्ष २०७५-०७६ मा प्राधिकरणको मुख्य आम्दानी ७६ अर्ब ४९ करोड ७ लाख रहेकोमा वृद्धिले चालू वर्ष २०७६-०७७ मा ८४ अर्ब २२ करोड ६४ लाख पुग्ने तर खर्च भने गत वर्ष ६६ अर्ब ९९ करोड ३० लाख रहेकोमा ८६ अर्ब ६० करोड ६३ लाख पुग्नेछ । चालू वर्षको प्रक्षेपणमा राजस्व ग्याप २ अर्ब ३७ करोड ९८ लाख हुने पनि उल्लेख छ । अघिल्लो वर्षभन्दा चालू वर्षमा विद्युत् प्राधिकरणले गरेको आर्थिक विश्लेषणको परिदृष्यमा प्राधिकरणका कार्यरत रोजगारदाताएको मात्र ३ अर्ब ४८ करोड बढी खर्च हुने देखाईएको छ ।
रोजगारदताको पेन्सन फण्डको लागि करिब ७ अर्ब ९८ करोड गत वर्ष रहेकोमा यस वर्ष बढेर ११ अर्ब ४३ करोड पुग्ने अर्थात ३ अर्ब ४५ करोड बढ्ने प्रक्षेपण गरिएको छ । त्यसैगरी प्रसारण लाइन खर्चमा गत वर्ष ३ अर्ब ७ करोड ३१ लाख रहेकोमा १ अर्ब ५६ करोड बढेर ४ अर्ब ६६ करोड ५५ लाख पुग्ने, कर्पोरेट अफिस सम्बन्धी खर्च  गत वर्ष ८५ करोड ३६ लाख रहेकोमा १ अर्ब २२ करोड बढेर  २ अर्ब ७ करोड ६३  पुगेको,  सञ्चालन खर्च  ८८ करोड ९१ लख गत वर्ष रहेकोमा १३ करोड बढेर १ अर्ब ३ करोड २३ लाख  पुग्ने, गत वर्ष ट्रान्समिसन लाइन-नेटवर्क खर्च १ अर्ब २ करोड रहेकोमा ३ करोड बढेर १ अर्ब ५ करोड पुग्ने तथा ऋणको ब्याज ३ अर्ब ९२ करोड ९४ लाख रहेकोमा एक अर्ब ७ करोड बढेर ५ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । डिप्रिसिएसन (ह्रासकट्टी)मा मात्र साढे ६ अर्ब बढी हुने देखाइएको अयाोगको वेभसाईटमा उल्लेख छ ।
गत वर्ष ४८  अर्ब ४८ करोड रहेकोमा साढे ६ अर्ब बढेर ५५ खर्ब पुग्ने, गत वर्ष रिटर्न-डेभिडेन्ट १२ करोड ५५ लाख रहेकोमा घटेर ११ करोड १० लाखमा झर्ने,  अन्य आम्दानी ५ अर्ब २० करोड ५ लाखबाट ३ अर्ब २१ करोड ७० लाखमा झर्ने, विद्युत् खरिद (निजी क्षेत्र र आयात) ३८ अर्ब ९६ करोडबाट ३९ अर्ब १९ करोड पुग्ने प्रक्षेपण प्राधिकरणको छ ।  

Wednesday, February 26, 2020

पीपीएको ढोका १० महिनादेखि बन्द

https://www.karobardaily.com/news/development/29457
बुधवार, फाल्गुन १४, २०७६
सरकारको अघि सारेको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि प्रमुख क्षेत्रको रूपमा जलविद्युत्लाई राखिएको छ । तर, यसको निर्माणका लागि मुख्य ढोकाको रूपमा लिइने विद्युत् खरिद सम्झौता (पीपीए) विगत १० महिनादेखि बन्द छ । नेपालमा एकमात्र विद्युत् खरिदकर्ता  नेपाल विद्युत् प्राधिकरणले नियमन आयोगले ल्याएको निर्देशिकाको कारण जटिलता आएको भन्दै पीपीए बन्द गरेको हो । विद्युत् नियमन आयोगका पदाधिकारीहरू नियुक्तिपछिका ल्याएको नियमावलीसँगै आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा विद्युत् प्राधिकरणबीचको असमन्वय र सार्थक पहलकदमीको अभाव पीपीए बन्द हुनेको कारण बनेको छ । १० बर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, हाल प्रतिव्यक्ति विद्युत् खपत २४५ युनिटलाई १५ सय युनिट पु-याउने र ५ हजार मेगावाट विद्युत् निर्यात गरेर अर्बौ भिœयाउने लगायतका योजनामा रहेको सरकारकै निकायबीचको यो सार्थक पहल अभावले पीपीएनै रोकिनुलाई जलविद्युत् क्षेत्रको लागि बिडम्बनाको रूपमा लिइएको छ ।
विद्युत् ऐन २०४९ अनुसार सर्भेक्षण अनुमतिपत्र (लाइसेन्स) पूरा भएपछि मात्र उत्पादन लाइसेन्स वा कनेक्सन एग्रिमेन्टको आधारमा जलविद्युत् प्रवद्र्धकहरूको पीपीए हुन्छ तर ६ हजार मेगावाट बराबरका आयोजनाहरूको पीपीएका लागि दिएको निवेदन प्राधिकरणमा थन्किएको छ । पीपीए रोकिएका कारण अध्ययनका लागि ५ अर्बभन्दा बढी खर्च गरिसकेका र झण्डै १० खर्ब बराबर लगानी हुन लागेका आयोजनाहरूको पीपीए रोकिँदा यसले लगानीकर्ताहरूलाई ठूलो मार परेको अनुभव निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकसँग छ । त्यसैगरी पहिलाको विद्युत् ऐन अनुसार सर्भेक्षण लाइसेन्स लिएर कनेक्सन एग्रिमेन्टको आधारमा पीपीए गरेका ५ हजार ५ सय मेगावाट बराबरका आयोजनाहरू समेत नियमन आयोगको उत्पादन अनुमतिपत्रपछि मात्र पीपीए गर्ने नयाँ व्यवस्थाको मारमा परेका छन् । “सरकार निकायबीचको समन्वयको अभावले विगत १० महिनादेखि पीपीएनै बन्द छ, यसको पीपीएको प्रतिक्षामा रहेका ६ हजार मेगावाट आयोजनाको निर्माणको समय पछाडी धकेलिएको मात्र छैन, निजी लगानीकर्ताहरूको अबौ डुबेको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष कुमार पाण्डे भन्छन्, “यस्तो अवस्थाले नेपाललाई भविष्यमा जलविद्युत्मा लगानी आवश्यक छ कि छैन भन्ने अन्योल थपिएको छ, स्पष्ट विधि नहुँदाको अवस्था लम्बिरहँदा स्वदेशी मात्र होइन, विदेशी लगानीकर्तामा समेत सरकारी संरचनाप्रतिको विश्वासमा घटछ, यसले त सरकारी लक्ष्य हासिल गर्न कठिन छ ।” 
सरकारी निकायले सार्थक पहल गर्नुको सट्टा एक अर्कालाई दोष देखाएर नियमन आयोग, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण पन्छिरहेका छन् । हुन पनि त्यस्तै अवस्था छ । प्राधिकरण नियमन आयोगको केही प्रावधानहरूको संशोधनपछि मात्र पीपीए गर्नका लागि बाटो खुल्ने बताइरहेको छ भने नियमन आयोगले आफूहरूले थप स्पष्टता पारेकोले पीपीएका लागि कुनै समस्या नरहेको तर पनि प्राधिकरणबाट पीपीए स्वीकृतिका लागि नयाँ योजना नआएको बताउँछ ।
विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी नियमन आयोगले ल्याएको विद्युत् खरिद विक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तसम्बन्धी नियमावलीमा केही थप स्पष्टता आवश्यक परेकोले पीपीए स्वीकृतिका लागि नगएको बताउँछन् । “जुनसुकै भोल्टेजका आउटेजको क्षतिपूर्ति प्राधिकरणले निजी प्रवद्र्धकलाई तिर्नुपर्ने र पीपीए रद्ध गर्नुपर्ने लगायतका केही विषयमा थप स्पष्ट भएकोले अहिले पीपीएको काम अघि बढ्न नसकेको हो,” उनी भन्छन्, “आयोगबाट थप स्पष्टता आएपछि अघि बढ्छ, अहिले ६ हजार मेगावाट जतिका आयोजनाले पीपीएका लागि आवेदन दिएका छन् ।” शर्तअनुसार काम नगरेमा पीपीए रद्द गर्न पाउने अधिकार नियमनको क्षेत्राधिकारभित्र नपर्ने तथा विद्युत् ऐन २०४९ ले विद्युत् ऐनअनुसार सर्भेक्षण अनुमतिपत्रछि कनेक्सन एग्रिमेन्टको आधारमा पीपीए हुने गरेकोमा यसविपरीत उत्पादन अनुमतिपछि मात्र पीपीएको व्यवस्थाले ठूलो अन्योल रहेको र नियमन आयोगको व्यवस्था संशोधन नगरेसम्म पीपीए नहुने तर्क प्राधिकरणमा छ । तर विद्युत् नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धिताल भने विद्युत् प्राधिकरणले राखेका चासोलाई सम्बोधन गरेर विनियमावली कार्यान्वयनमा आएका केही जटिलता फुकाएकोले प्राधिकरणलाई पीपीए गर्न कुनै समया नरहेको बताउँछन् । उनका अनुसार, खरिदकर्ताले विक्रीकर्तालाई अनडेलिभर इनर्जको क्षतिपुर्ति प्रदान गर्दा १३२ केभी, ६६ केभी, ३३ केभी र ११ केभीलाई समान सुत्र ल्याउने सम्बन्धमा प्राधकरणले आवश्यक थप अध्ययन गरी आयोगमा प्रतिवेदन पेश गर्ने र तबसम्मका लागि प्राधिकरणले यस अघि प्रचलनमा ल्याएको व्यवस्थालाई निरन्तरता दिने  लगायतका केही जटिलता फुकाएको छ । प्राधिकरणका अधिकारीहरूले भने यसलाई नियमावलीमा संशोधन नगरेसम्म अघि बढ्न कठिन रहेको बताउँछन् । 
समस्या देखिएपछि पीपीए बन्द भएको १० महिनापछि बल्ल ऊर्जा मन्त्रालयले जटिलता फुकाउनका लागि सह–सचिव तोयानाथ अधिकारीको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीण अर्याल मन्त्रालयले पीपीएको जटिलता फुकाउन समिति गठन गरेको र यसले छिट्टै समस्या समाधान गर्ने बताउँछन् । सरकारले १० बर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा यसमध्ये नदी प्रवाहमा आधारित (आरओआर) तर्फ ५ हजार २ सय ५० मेगावाट, अर्ध जलाशय (पीआरओआर) तर्फ ४ हजार ५ सय र जलाशययुक्ततर्फ ५ हजार २ सय ५० मेगावाट उत्पादन लक्ष्य छ । यसमध्ये आरओआरको पीपीए कोटा पुगिसकेको छ भने अर्धजलाशयको एक हजार र जलाशयको १४० मेगावाट मात्र पीपीए भएको छ ।
सरकारले जलविद्युत् क्षेत्रलाई विशेष महत्व दिएको बेला पीपीए रोकिने, थप आयोजना बनाउनका लाग सार्थक पहल नहुनुलाई ऊर्जा मन्त्री बर्षमान पुनभित्र रहेको स्वार्थले समेत काम गरिरहेको आरोप पनि लाग्ने गरेको छ । पुर्व मन्त्री जर्नाद्धन शर्माको पालमा धेरै जलविद्युत् आयोजनाहरूलाई खारेज गरी बास्केटमा लगेर पछि विभिन्न कम्पनीलाई दिएरु राम्रो चलखेल गरेका थिए, त्यो चाल पाएका अहिलेका मन्त्री समेत त्यही बाटोमा छन्,” एक प्रवद्र्धकको विश्लेषण छ, “नयाँ विद्युत् ऐन ल्याएर कानुन भुत प्रवाही नहुनु भएकोले त्यसको आधारमा र हालको विद्युत् नियमन आयोगको व्यवस्थाको आधारमा निजी क्षेत्रका आयोजनाको लाइसेन्स रद्द गरेर बास्केटमा लैजानका लागि चलखेल र्भरहेको छ, नत्र मन्त्री यस्तो संवेदनशिल विषयमा कुनै पहल नगरी बस्दैनथिए होला ।”

Sunday, February 23, 2020

राजनीतिक स्वार्थको चक्रव्यूहमा एमसीसी

आइतवार, फाल्गुन ११, २०७६
संसद्को अधिवेशनबाट अनुमोदन गरेर अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को झण्डै ५५ अर्ब अनुदानसहितको ऊर्जा र सडक परियोजना आगामी असार महिनादेखि सुरु गर्ने लक्ष्य छ । झण्डै साढे दुई वर्षअघि तत्कालीन शेरबहादुर देउवा सरकारले मिलिनियम च्यालेन्ज कम्प्याक्टमा हस्ताक्षर गरेको थियो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालकै कानुनअन्तर्गत अर्थसचिवको संयोजकत्वमा मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) गठनदेखि आर्थिक रुपमा परियोजनायोग्य बनाउन राखिएको बुटवल–गोरखपुरको अन्तरदेशीय प्रसारण लाइनको मोडालिटी, आयोजना कार्यान्वयन सम्झौतालगायत धेरै काम ग-यो । सन् २०११ देखि प्रक्रिया सुरु गरेर प्रतिस्पर्धामार्फत सन् २०१५ मा नेपालले पाएको परियोजनाका अघि बढाउन त्यसपछिका हरेक सरकारसँग अमेरिकी प्रतिनिधिहरूले प्रतिवद्धता खोजे र सबैबाट सकारात्मक प्रतिवद्धता पाए । अझ गत जुनमा त नेपाल सरकारले एमसीसीलाई गत वर्षे अधिवेशन अर्थात नोभेम्बर २०१९ भित्र संसदबाट कम्प्याक्ट सम्झौता अनुमोदन गराउने भनी पत्र समेत पठायो । वर्षामा पारित नभएपछि फेरि अमेरिकी प्रतिनिधिलाई हिउँदे अधिवेशनमा पारित गराउने प्रतिवद्धता जनाएको छ ।
बलियो सरकारले प्रतिवद्धता जनाएपछि एमसीए नेपालले आगामी असारदेखि सडक र ऊर्जाको कामनै सुरु गर्ने घोषणा गरिसकेको छ । तर, हिउँदे अधिवेशनमा कम्प्याक्ट सम्झौता अनुमोदन हुन्छ कि हुन्न भन्ने अन्योल अझै छ । एमसीसीमा रहेका प्रावधान गलत रहेको भन्दै सत्तारुढ नेकपाभित्रै व्यापक विरोध भएपछि पार्टीले बनाएको पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले शुक्रबार मात्र संशोधनसहित पारित गर्न सुझाव दिएको छ । संयोजक खनालको भनाइमा कम्प्याक्ट सम्झौताका धेरै बुँदामा परिमार्जन आवश्यक छ । नेकपा नेता बामदेव गौतमको भनाइअनुसार सत्तारुढ दलका शीर्ष नेताहरूको शनिबार साँझ बसेको बैठकमा कार्यदलकै आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको जुटेको छ । यद्यपि सत्तारुढ दलले के के बुँदाहरू परिमार्जन गर्नुपर्ने अझै सार्वजनिक गरेको छ तर हालै अमेरकी राजदूतले सार्वजनिक रुपमा समय घर्किसकेकोले यसमा परिमार्जन र संशोधन गर्न नसक्ने स्पष्ट पारेका छन् । सत्तारुढ दलले परिमार्जन हुनुपर्छ भन्ने र अनुदान सहयोग गर्ने राष्ट्रका राजदूतले गर्न नसकिरहेको बेला कार्यान्वयनको अन्तिम अवस्थामा आएर राजनीति विवादमा फस्नुले एमसीसीका परियोजना के हुने भन्ने अन्योल बढेको छ ।
३१२ किलोमिटरको प्रसारण लाइन निर्माण र आधुनिक रूपमा १ सय किलोमिटर सडकको स्तरोन्नति र मर्मतका लागि अमेरिकाले दिएको ५५ अर्ब अनुदान एकदम ठूलो रकम होइन तर अमेरिकी संसदबाट अनुमोदनसमेत भएको परियोजना अधिकांश चरण पास भएर अन्तिम अवस्थामा राजनीतिको शिकार हुनुले पनि हाम्रो विकास योजना र यसको व्यवस्थापनमा गम्भीर चुनौतीहरू खडा गरिदिएको छ । अर्थशास्त्री डा. विश्वम्भर प्याकु-यालको शब्दमा परियोजना सुरु गर्ने बेलामा आएर एमसीसीबारे देखिएको विवाद र यसका लागि अघि बढाउन खोजिएको बाटोले खतराको संकेत भने गरेको छ ।
नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउनका लागि बढीभन्दा बढी लगानी चाहिएको बेला सरकारले छनोट गरेको र सरकारी संयन्त्रकै नेतृत्वमा अघि बढाउन लागेको आयोजना राजनीति भूमरीमा फस्नुले राजनीतिक संकट निम्तिने अवस्था सिर्जना हुन सक्ने उनको टिप्पणी छ । “आगामी १० वर्षमा ८÷१० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने छ, ऊर्जाका लागि २६.१ अर्ब डलरको लगानी ग्याप छ भने सडकमा १३ देखि १८ अर्ब डलरको ग्याप छ, अर्कोतिर सरकारले अघि बढाएका अधिकांश आयोजनाको लागत र समय दोब्बरभन्दा बढी छ,” उनी भन्छन्, “विकास आयोजनाहरूमा अनियमितता भईरहेको बेला पाँच वर्षभित्र र तोकिएके लागतमा बनाउछु भनेर आउने एमसीसी परियोजनालाई सफल बनाउन लाग्नु आवश्यक छ ।”
हालै नेपाल भ्रमणमा आएका अमेरिकी डेपुटी सेक्रेटरीले मुख्य सम्झौतामा संशोधन गर्न नसक्ने भए पनि ठेक्कागत (कन्ट्याक्चुयल) कुरामा नेपालको चासोबारे सोच्न सकिने बताएका थिए । एमसीसीका अधिकारीहरूको भनाइमा कम्प्याक्टको सम्झौतामा कानुनभन्दा माथि भनिएको विषयलाई संविधानभन्दा माथि भनेर विरोध भएपछि यसबारे सरकारलाई स्पष्ट पारिसकिएको छ भने अन्य सामान्य विषयमा सम्बोधन गर्न सकिएपनि फेरि मुख्य प्रावधानहरूमा संशोधन र परिमार्जन गर्नसक्ने अवस्था छैन । एमसीसीको विवरण पूर्णतः खुला रहेको र परियोजनासँग अमेरिकी सैन्य मुद्दा नजोडिएको भन्दै आएका छन् । यस्तो अवस्थामा सत्तारुढ दलले संशोधन र परिमार्जनको कुरा गर्ने र अमेरिकाले नमान्ने अर्थात पार्टीभित्रको आन्तरिक राजनीतिको शिकार बनाइएमा नेपालमा भावी दिनमो आउने सहायतामा समेत प्रभाव पर्ने देखिएको छ । अर्थशास्त्री प्याकु-याल सरकारले सहमतिका साथ अघि बढाइसकेको विषयलाई आन्तरिक राजनीतिको विवादलाई साम्य पार्ने अस्त्र बनाएर अमेरिका फर्किए यसले नेपालमा शिक्षा, स्वास्थ्यसहित मानव विकासमा आउने सहायता कटौती गरेमा त्यसले नेपालमा राजनीतिक संकट गहिरिने र अन्य विकासे परियोजनाहरूमा समेत प्रभाव पार्न सक्ने बताउँछन् ।
२०५१ कात्तिकमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले विश्व बैंकलाई लेखेको पत्रकै कारण अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विश्व बैंकले हात झिकेपछि जलविद्युतले लय समात्न लामो समय लाग्यो । फेरि पार्टी आन्तरिक कलहको शिकार एमसीसी भए यसले अबको कयौ वर्षसम्म विकासको यात्रामा धेरै अवरोधहरू आउन सक्छन् । आयोजनाहरूबाट हुने देशको फाइदालाई सिंहावलोकन नगरी विकासका आयोजनाहरूको विरोध गरेर फगत भोटका लागि राजनीति गर्ने परिपाटीको सिकार एमसीसीलाई बन्न दिन नहुने तर्क धेरै विज्ञहरूको छ । परियोजना अघि बढाएदेखिनै एमसीसीबारे व्यापक चासो र यसबारे गर्नुपर्ने संसोधन परिमार्जनमा अघि बढेको भए यसमा व्यापकको सुधार हुन सक्ने अवस्था हुन्थ्योनै । परियोजना सार्वजनिक भइरहँदा चासो नदिएर कार्यान्वयन गर्ने बेलामा चक्रब्यूहमा फसाउन खोज्ने अरुण तेस्रो तुहाएको प्रवृत्तिको शिकार एमसीसी बनाउन नहुने तर्कहरू धेरै छन् । हुन पनि लामो तयारीपछि आएको एमसीसीलाई फर्काउन नदिन सरकार र सत्तारुढ दलभित्र परिपक्व कुटनीतिसहितको निर्णय आवश्यक देखिन्छ ।

Saturday, February 22, 2020

उद्योगको विद्युत् महसुलमा १५ प्रतिशतसम्म वृद्धि प्रस्ताव

शुक्रवार, फाल्गुन ९, २०७६
नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोग समक्ष औद्योगिक क्षेत्रको विद्युत् महसुलमा १५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेको छ ।
विद्युत् प्राधिकरणले प्रस्ताव गरेर प्रतिक्रियाका लागि सार्वजनिक गरिएको विवतरण अनुसार, टीओटी (टाइम अफ डे) ६६ केभीमार्फत आपूर्ति गर्ने उद्योगका लागि डिमान्ड चार्जतर्फ प्रतियुनिट २४० रुपैयाँबाट २७५ अर्थात १५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरिएको छ । इनर्जी चार्जतर्फ पिक टाइमअन्तर्गत साँझ ५ देखि ११ बजेसम्म प्रतियुनिट ९.३० बाट १०.५०, अफ पिक समयमा ४.१५ लाई ५.४० र सामान्य समयमा ७.५ लाई बढाएर ८.५५ प्रस्ताव गरिएको छ । विगतमा डेडिकेटेड फिडर लिएका ग्राहकलाई दोब्बर दस्तुर तोके पनि यसबारे सार्वजनिक विवरणमा कुनै उल्लेख छैन ।
त्यसैगरी ३३ केभी भोल्टेजका उद्योगका लागि डिमान्ड चार्जतर्फ २५० रुपैयाँबाट २९० अर्थात १६ प्रतिशत, पिक समयमा प्रतियुनिट १०.२० बाट ११ रुपैयाँ, अफ पिक समयमा ५.२५ बाट ५.६५ र सामान्य समयमा ८.४० बाट ८.९५ रुपैयाँसम्म बढाउन प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार, ३३ केभी भोल्टेजको कमर्सियलअन्तर्गत डिमान्ड चार्ज यथावत् राखिएको छ भने पिक समयमा ४.८८ प्रतिशत, अफ पिक समयमा ५.१९ प्रतिशत र सामान्यमा ६.५५ प्रतिशत बढाउन प्रस्ताव गरिएको छ । सिँचाइ र नकमर्सियल ग्राहकको डिमान्ड चार्ज यथावत् राखिएको छ भने सामुदायिक खानेपानी आपूर्तिको डिमान्ड चार्ज २२० रहेकोमा निःशुल्क गरिएको छ भने इनर्जी चार्ज बढाइएको छैन । औद्योगितर्फ १३२ केभी भोल्टेजमा पुसदेखि चैत्रसम्मलाई छुट्टै विद्युत् महसुल प्रस्तुत गर्दै डिमान्ड चार्ज २७० रपैयाँ, इनर्जी चार्जमा पिक समयमा १०.४५ र सामान्य समयमा ८.५०, ६६ केभीतर्फ डिमान्ड चार्ज २७५ तथा इनर्जी चार्जतर्फ पिकमा १०.५० र सामान्यमा ८.५५ प्रस्ताव गरिएको छ ।
इनर्जीतर्फ चार्जिङ स्टेसनसहितको यातायातका लागि वैशाखदेखि मंसिरसम्म ३३ केभीतर्फ पिक समयमा ११.२, अफ पिकमा ४.४५ र सामान्य समयमा १०.१ तथा ११ केभीतर्फ पिक समयमा ११.६, अफ पिकमा ५.०५ र सामान्यमा १०.२ रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी पुसदेखि चैतसम्म ३३ केभी र ११ केभीको क्रमशः पिक समयमा ११.२ र सामान्य समयमा १०.१ तथा पिक समयमा ११.६ अफ पिकमा १०.२ रुपैयाँ प्रस्ताव गरिएको छ ।
टीओडी मिटर नलिएका औद्योगिकअन्र्तगत ग्रामीण र घरायसी उद्योगका लागि डिमान्ड चार्ज ६० बाट ७० रुपैयाँ र इनर्जीतर्फ प्रतियुनिट ७.८० बाट ८.६० तथा साना उद्योगतर्फ डिमान्ड चार्ज ११० बाट १२५ तथा इनर्जी चार्जतर्फ ९.६० बाट १०.५५ पु¥याउन प्रस्ताव गरिएको छ । हाई भोल्टेजतर्फ १३२ केभीमा डिमान्ड चार्ज २७० रुपैयाँ र इनर्जी चार्जतर्फ प्रतियुनिट ८.५० तथा ६६ केभीतर्फ २४० बाट २७५ तथा इनर्जी चार्जतर्फ प्रतियुनिट ७.५० बाट ८.५५ रुपैयाँ प्रस्ताव गरिएको छ । डिमान्डतर्फ १४.५८ प्रतिशत र इनर्जी चार्जतर्फ १४ प्रतिशत बढाउन प्रस्ताव गरिएको छ ।
यातायातर्फ टीओटीतर्फ वैशाखदेख मंसिरसम्म इनर्जी चार्जमा पिक समयमा ३३ केभीतर्फ ८.४ रुपैयाँ, अफ पिकमा ४.४५ र सामान्यमा ६.६ तथा ११ केभीअन्तर्गत पिक समयमा ८.६ रुपैयाँ, अफ पिक समयमा ५.०५ र सामान्यमा ६.९ रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी पुसदेखि चैतसम्म ३३ केभीतर्फ र ११ केभीतर्फ क्रमशः पिक समयमा ८.४ र सामन्यमा ६.६ तथा पिक समयमा ८.६ र सामान्य पिकमा ६.९ रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यसैगरी घरायसीतर्फ ५ एम्पेयरलिने ग्राहकलाई १० युनिटसम्मको डिमान्ड चार्ज ३० रुपैयाँलाई यथावत् राखी इनर्जी चार्जलाई निःशुल्क बनाउन प्रस्ताव गरिएको छ भने १५ एम्पेयरतर्फ डिमा चार्ज ५० रुपैयाँ र इनर्जी चार्ज प्रतियुनिट ४ रुपैयाँलाई यथावत् राख्न प्रस्ताव गरिएको छ । त्यसैगरी ३० एम्पेयरको डिमान्ड चार्ज ७५ रुपैयाँ र इनर्जी चार्ज ५ रुपैयाँ तथा ६० एम्पेयरको डिमान्ड चार्ज १२५ र इनर्जी चार्ज ६ रुपैयाँलाई समेत यथावत राखिएको छ । ११ देखि २० युनिटसम्म, २१ देखि ३० युनिटसम्म ५ एम्पेयरदेखि ६० एम्पेयरसम्मको डिमान्ड चार्ज यथावत् राखे पनि इनर्जी चार्ज वृद्धिको प्रस्ताव गरिएको छ । त्यसैगरी ३१ देखि ५० युनिट, ५१ देखि १०० सय युनिटसम्मको डिमान्ड चार्ज घटाइएको छ भने इनर्जी चार्ज यथावत् राखिएको छ । १०१ देखि ४ सय युनिटसम्मका ग्राहकलाई महसुल बढाउन प्रस्ताव गरिएको छ भने ४ सय युनिटभन्दा माथिका ग्राहकलाई यथावत् राख्न प्रस्ताव गरिएको छ ।
विद्युत् प्राधिकरणले प्रस्ताव गरेसँग नियमन आयोगले विद्युत् महसुल समायोजनको प्रक्रिया अघि बढाएको जनाएको छ । प्रस्ताव गरेको दुई महिनाभित्र अर्थात आगामी चैत मसान्तभित्र महसुलबारे निर्णय गर्नुपर्ने व्यवस्थाको कारण बुधबार सुझावका लागि आयोगले सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले उपभोक्ताहरूको सुझावका साथै सार्वजनिक सुनुवाइ सकेपछि यसको आधारमा आयोगले विद्युत् महसुलबारे निर्णय गर्ने जानकारी दिए । उनका अनुसार, कानुनी व्यवस्थाबमोजिम चैत्रभित्र आयोगले महसुलको निर्णय गरिसक्नुपर्छ । गत कात्तिकमा विद्युत् महसुल वृद्धि प्रस्ताव गरेको प्राधिकरणले पुनः गत माघ १७ मा संशोधित प्रस्ताव गरेको थियो ।
परियोजनाको विवरण पेस गर्न आयोगको पत्र
विद्युत् नियमन आयोगले करिब दुई जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरूलाई प्रत्येक परियोजनाको छुट्टाछुट्टै विवरण पेस गर्न पत्राचार गरेको छ ।
विद्युत् खरिद सम्झौता (पीपीए) दरको विश्लेषण गरी तय गर्नका लागि आयोगले सबै प्रवद्र्धक कम्पनीहरूलाई पत्र पठाएको हो । पत्रमा नदीप्रवाहमा आधारित (आओआर), अर्ध जलाशय (पीआरओआर) र जलाशययुक्त आयोजनाका प्रवद्र्धकहरूलाई आयोजनाको क्षमतादेखि वार्षिक उत्पादनको प्रक्षेपण र ड्यामको उचाइसम्मका प्राविधिक विषयका साथै यसको डिजाइन, आयोजनाको लागत, ऋण, स्वपुँजी, आयोजना सञ्चालन र मर्मत सम्भार खर्चलगायतका सम्पूर्ण विवरण मागिएको छ ।

Tuesday, February 18, 2020

एडीबीका परियोजनामा साढे ३५ अर्ब खर्च

मंगलबार, फाल्गुन ६, २०७६
सन् २०१९ मा एसियाली विकास बैंक (एडीबी) को ऋण सहायतामा अघि बढाउन विकासका आयोजनाका लागि ३२३.७ मिलियन डलर अर्थात साढे ३५ अर्ब खर्च भएको छ ।
सोमबार अर्थ मन्त्रालय र एडीबीले आयोजना गरेको कन्ट्री पोर्टफोलियो बैठकमा नेपालले सन् २०१९ मा विकास योजनाहरूका लागि प्रगति गरेर रेकर्ड कायम गरेको जानकारी दिइयो । एडीबीका अनुसार, सन् २०१९ मा भूकम्पपछिको पुनर्निर्माणका लागि ३८.५ मिलियन डलर, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक निगम (सासेक) अन्तर्गतको पावर सिष्टम एक्पान्सनका लागि २८.७ मिलियन डलर, खाद्य सुरक्षा तथा कृषि व्यापारीकरण कार्यक्रमका लागि २५ मिलियन डलर, क्षेत्रीय सहरी विकास परियोजनाका लागि २२.१ मिलियन डलर, ग्रामीण क्षेत्र जडान सुधार परियोजनाका लागि २०.२ मिलियन डलर तथा विद्यालय क्षेत्रीय विकास कार्यक्रमको सहायताका लागि २० मिलियन डलर खर्च भएको छ ।
बैठकमा बोल्दै अर्थसचिव शिशिरकुमार ढुंगानाले एडीबीले अघि बढाएका आयोजनाहरूको प्रगति सन्तोषजनक नै देखिए पनि यसमा रफ्तार बढाउनुपर्ने बताए । एडीबीका देशीय निर्देशक मुखतोर खामुदनोभले पूर्वाधार क्षेत्रमा लगानी बढ्दै गएको बताउँदै अझै विकास आयोजनाहरूमा चुनौती बाँकी रहेको बताए । उनले आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि समूह कार्यलाई बलियो बनाउनुपर्ने, दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, अन्तर निकाय समन्वय बढाउनुपर्ने, समयमै रिपोर्टिङ गर्नुपर्ने तथा निरन्तर रूपमा क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।
सन् २०१९ मा उत्कृष्ट हुने परियोजनाहरूमा तेस्रो साना सहर खानेपानी तथा सरसफाइ आयोजना तथा सामुदायिक व्यवस्थापनमा कृषिक्षेत्र सिँचाइ योजनाले आउटस्यान्डिङ प्रोजेक्ट म्यानेजमेन्ट टिम अवार्ड, द अर्वान वाटर सप्लाइ एन्ड स्यानिटेसन सेक्टर प्रोजेक्टले खरिद व्यवस्थापनमा उत्कृष्ट टिम अवार्ड, सासेक सिष्टम एक्पान्सन प्रोजेक्टले वातावरण तथा सामाजिक सुरक्षा अनुगमनतर्फको बेष्ट टिम र तेस्रो साना सहर खानेपानी तथा सरसफाइ आयोजनाले लैंगिक समता तथा सामाजिक समावेशीकरण अवार्ड पाएको थियो । सबै टिमलाई अर्थसचिव ढुंगानाले अवार्ड पनि वितरण गरे ।

विद्युत् वितरण प्रणाली भूमिगत बनाइँदै

मंगलबार, फाल्गुन ६, २०७६
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन सुरु गरेको छ । जताततै बिजुली तार अव्यवस्थित र अस्तव्यस्त भन्दै आलोचना भइरहेका बेला विद्युत् प्राधिकरणले विकसित राष्ट्रहरुले उपयोगमा ल्याइसकेको आधुनिक र भरपर्दो रुपमा वितरण प्रणालीलाई भूमिगत बनाउन सुरु गरेको हो ।
पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा साढे चार सय किलोमिटर विद्युत् वितरण प्रणाली भूमिगत बनाउने गरी सोमबारदेखि आयोजना सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भ गर्दै जताततै छरिएका तारहरुको गुजुल्टोहरुको अन्त्य भएर सहरको शोभा बढाउने बताए । “भूमिगत वितरण प्रणाली निर्माणले सहरको सौन्दर्य पनि बढाउँछ,” उनले भने, “जनताले सहज र सुरक्षित रुपमा विद्युत् पाउँछन् ।” उनले विकास आयोजनाहरुमा नयाँ प्रविधिहरुको उपयोग बढाउँदै लगेको बताउँदै सरकारले विद्युत् उत्पादन र खपत बढाउनुका साथै निर्यातमार्फत् मुलुकको अर्थतन्त्रलाई बलियो बनाउँदै लगेको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दुई वर्षभित्र सबैलाई विद्युत् पहुँच पु-याइसक्ने लक्ष्य सफल पार्न तथा विद्युत्को गुणस्तरमा अभिवृद्धिका लागि स्तरोन्नतिको काममा मन्त्रालय केन्द्रित भएको बताए । उनका अनुसार, भूमिगत वितरण प्रणाली सफल बनाउनका लागि सबै सरोकारवालाहरुको समन्वय र सहकार्य महत्वपूर्ण छ ।
विद्युत् प्राधिकरणका अनुसार, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबु लगायतका क्षेत्रमा २५० किलोमिटर अप्टिकल फाइबरसहित ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । त्यसैगरी रत्नपार्क वितरण केन्द्र अन्तर्गत बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर लगायतका क्षेत्रहरुमा दुई सय किलोमिटर अप्टिकल फाइबरसहित जडान गर्ने योजना प्राधिकरणको छ । दुई वितरण केन्द्रपछि काठमाडौँका बाँकी क्षेत्रका साथै भक्तपुर, ललितपुरका साथै अन्य वितरण केन्द्रहमा समेत भूमिगत वितरण प्रणालीलाई अघि बढाउने योजना प्राधिकरणको छ ।
एशियाली विकास बंैक (एडीबी) को ऋण सहायताका साथै सरकार र विद्युत् प्राधिकरणले अघि बढाउन लागेको आयोजना सन् २०२१ को अक्टोबरभित्रमा सक्ने गरी भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग सन् २०१९ को मार्चमा ठेक्का सम्झौता भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “हाल भइरहेको जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित छ, यो भरपर्दो पनि छ । यसले हाल विद्युत् आपूर्तिमा देखिएका समस्याहरु समाधानका लागि पनि सहयोग पु-याउँछ,” उनले भने, “हामीले विद्युत्को थप मागलाई सम्बोधन गर्ने गरी निर्माण अघि बढाएका छौं ।”
भूमिगत वितरण प्रणाली भएपछि हावाहुरी, पानी, चट्याङ आदिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने तथा विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको नहुने लगायतका फाइदाहरु छन् । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल तुलनात्मक रुपमा भूमिगत विद्युत् धेरै सुरक्षित र भरपर्दो हुने भएकोले नमूना रुपमा सुरु गरिएको बताउँछन् । “भूमिगत वितरण प्रणाली तुलनात्मक रुपमा धेरै प्रभावकारी हुन्छ । वितरण प्रणाली भूमिगत गर्दा कुनै जोखिम पनि छैन । यसको कामको अनुगमनका लागि पनि हामीले परामर्शदाता समूह चयन गरेका छौं,” उनले भने ।
भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने गरी परम्परागत तरिकाबाट सडक नखनी सम्भव भएसम्म होराइजेन्टल डाइरेक्सन ड्रिलिङ प्रविधि प्रयोग गरिन लागेको प्राधिकरणले जनाएको छ ।

Sunday, February 16, 2020

अधिकांश जलविद्युत् र प्रसारणलाइन प्रभावित

आइतवार, फाल्गुन ४, २०७६
चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालका अधिकांश जलविद्युत् आयोजना प्रभावित भएका छन् । अधिकांश जलविद्युत् र प्रसारण लाइनमा चिनियाँ ठेकेदारहरूका साथै कामदार पनि चिनियाँ रहेको तथा उपकरण र सामानहरू पनि चीनबाटै ल्याउनुपर्ने कारणले पनि आयोजना प्रभावित भएका हुन् ।
करिब एक महिना अघिनै चीनको नयाँ वर्ष अर्थात भव्य रुपमा मनाइने स्प्रिङ मनाउनका लागि गएका अधिकांश चिनियाँ ठेकेदारका प्रतिनिधिका साथै कामदारहरू कोरोना भाइरसको महामारीको कारण नेपाल फर्कन सकेका छैनन् भने जलविद्युत् र प्रसारण लाइनका आयोजनाहरूको लागि चाहिने पेनस्टक पाइप, स्पेयर्स लगायतका उपकरणहरू समेत रोकिएका छन् । कामदार कोरोना फैलिएपछि आउन नसक्दा दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको छ भने न्यादी जलविद्युत् आयोजनाको पनि काम पनि प्रभावित भएको छ । चीन गएपछि कोरोनाका कारण कामदार फर्कन नसक्दा काम रोकिएको दुवै आयोजनाका कम्पनी म्यानेजर रामहरि शर्माले जानकारी दिए ।
पिपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको बताए । वुटवल पावर कम्पनी (बीपीसी) र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) ले निर्माण गरिरहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको पनि चिनियाँ कामदार नफर्कदा काम ठप्प भएको छ । आयोजनाका प्रवद्र्धन गणेश कार्कीका अनुसार, अन्तिम अवस्थामा पुगेको २५ मेगावाटको सामान बोर्डरमा आएर रोकिँदा परीक्षण लगायतका काममा असर परेको छ भने चिनियाँहरू फर्कन नसक्दा आयोजनाको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन । २० मेगावाटको वेनी जलविद्युत् आयोजनाको गत २ तारिखमा पेनस्टक पाइप आउनुपर्ने रोकिएर काममा अवरोध पुगेको छ भने बाढीको कारण क्षति भएको ४.३६ मेगावाटको टुंगुन ठोस्ने जलविद्युत् आयोजनाका लागि आवश्यक सामान र चीइनीजहरू आउन नसक्दा आयोजना प्रभावित भएको छ । त्यसैगरी चिनियाँ कामदार नफर्कदा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी, १ सय २ मेगावाटको मध्यभोटेकोशी, १ सय ११ मेगावाटको रसुवागढी, ३७.६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी, १ सय ४० मेगावाटको तनहुँ, १ सय २ मेगावाटको मध्यभोटेकोशी, भरतपुर–बर्दघाट २२० केभी प्रशारणलाइन लगायतका आयोजनाहरू प्रभावित भएका छन् । प्रसारण लाइनका अधिकांश आयोजनाको ठेकेदार कम्पनी चिनियाँ रहेको र त्यहाँ कार्यरत कामदार समेत चिनियाँ रहेकोले ती आयोजनाहरूको काम समेत प्रभावित भएको छ ।
 अधिकांश आयोजनाहरूमा विद्युत् उत्पादनको लागि चाहिने पावर ट्रान्सफर्मर, स्टेशन ट्रान्सफर्मर, स्वीच गेयर, इन्सुलेटर हार्डवेयर लगायतका उपकरणहरूका साथै वितरणका लागि आवश्यक ट्रान्सफर्मर खरिद र अन्य उपकरण आयातमा पनि समस्या परेको छ । लगानीकर्ता, विकासकर्ता, कामदार र उपकरण सप्लायर्स, उपकरण जडान लगायतका सबै कुरामा चीनकै भर पनुैपर्ने अवथा रहेको जलविद्युत् प्रवद्र्धकहरू बताउँछन् ।
 स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष कुमार पाण्डे नेपालका अधिकांश जलविद्युत् आयोजनाहरूमा चिनियाँ ठेकेदार र कामदार रहेको उनीहरू फिर्ता नभएको तथा उपकरणहरू समेत आउन नसकेकोले आयोजना प्रभावित भएको बताउँछन् ।  “अधिकांश चिनियाँ ठेकेदार कम्पनीले ठेक्का लिएको तथा अधिकांश चीनबाट उपकरणहरू ल्याउनुपर्ने कारणले आयोजना प्रभावित भएको देखिएको छ,” उनले भने, “जर्मन र भारतम सामान अर्डर गरेपनि कतिपय भाग चीनबाट आउनुपर्ने भएकोले पनि समस्या छ ।”विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भने विद्युत् प्राधिकरणले निर्माण गरिरहेका केही प्रसारण लाइनमा चाइनीज कम्पनीले ठेक्का लिएको र केही कामदार चीन गएपनि तत्काल काममा ठूलो असर नपरेको तर भविष्यमा धेरै सामान आउन ढिलाई हुँदा प्रभावित हुने अवस्था देखिएको बताउँछन् । 

पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिइने

बिहिवार, फाल्गुन १, २०७६
सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिने भएको छ । पाँच वर्षका लागि गठन भएको प्राधिकरणको समयावधि सकिन लागेको बेला बुधबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६-७७ को अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिने योजना रहेको बताए । सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिने भएको छ । पाँच वर्षका लागि गठन भएको प्राधिकरणको समयावधि सकिन लागेको बेला बुधबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६-७७ को अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिने योजना रहेको बताए ।
 “चालू आर्थिक वर्षभित्र निजी आवासको पुनर्निर्माण सम्पन्न भइसक्छ, सम्पदासहित अन्य भवनहरूको पुनर्निर्माण बाँकी रहन्छ,” उनले भने, “सरकारले विपद् व्यवस्थापन प्राधिकरण बनाईसकेको अवस्थामा बाँकी काम त्यही प्राधिकरणले गर्छ, पुनर्निर्माण प्राधिकरणलाई निरन्तरता नदिने सोचमा छौं ।” उनले बाँकी रहेका कतिपय काम सम्बन्धित मन्त्रालयहरूबाट अघि बढाइने पनि बताए । सरकारले २०७२ सालमा ल्याएको भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐनमा प्राधिकरणको कार्यविधि पाँच वर्षको हुने, कुनै कारणले पुनर्निर्माणको काम सम्पन्न नभएमा सरकारले प्राधिकरणको कार्यविधि एक वर्षका लागि थप गर्न वा प्राधिकरणले गरी आएको यस ऐन बमोजिमको काम अन्य निकायले गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्ने तथा प्राधिकरणको हक, दायित्व र सम्पत्ति नेपाल सरकारमा सर्ने उल्लेख छ । ऐनमा एक वर्षसम्म प्राधिकरणको अवधि थप गर्न सक्ने व्यवस्था भएपनि अर्थमन्त्री खतिवडाले निरन्तरता नदिने सोचमा अर्थ मन्त्रालय रहेको बताएपछि पाँच वर्षमै प्राधिकरणको स्वतः समाप्त हुने देखिएको छ ।
पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थपका लागि प्रयास भईरहेको बेला अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि बजेटको तयारी गरिरहेको बेला अर्थमन्त्री डा. खतिवडाको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार, भूकम्पबाट क्षति भएका करिब ८ लाख घरधुरीमध्ये ४ लाख ८१ ह्जार ५ सय ८५ निजी आवासको पुनर्निर्माण सम्पन्न भैसकेको छ भने क्षतिग्रस्त ९ सय २० पुरातात्विक सम्पदामध्ये ३ सय ८९, ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ३ सय ८४, १ हजार १ सय १७ स्वास्थ्य संस्थामध्ये ६ सय ६५ स्वास्थ्य संस्थाको निर्माण पूरा भइसकेको छ ।
त्यसैगरी भूकम्पबाट ४ सय १५ सरकारी भवन क्षतिग्रस्त भघएकोमा हालसम्म ३ सय ५९ भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३ सय ८३ सुरक्षा निकायका भवनमध्ये १ सय ९४ भवनको पुनर्निर्माण सकिएको छ । सरकारले भूकम्प गएको पाँच वर्षभित्र पुरातात्विक सम्पदाबाहेक सबै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेपनि निजी आवास लगायतका अधिकांशको पुनर्निर्माण सम्पन्न नहुने देखिएको छ । पछिल्लो समयमा पुनर्निर्माणले गति लिएपनि सुरुको वर्षमा सुस्त हुँदा यसले निरन्तरता पाउन सकेको छैन । 

Wednesday, February 12, 2020

ऊर्जा र सडक परियोजनामा किन विवाद ?

बहसमा अमेरिकी अनुदान सहयोग
बुधवार, माघ २९, २०७६
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५ सय मिलियन अर्थात् झण्डै ५५ अर्ब अनुदान र सरकारको १३ मिलियन डलरसहित ऊर्जा र सडक परियोजना अघि बढाउन लागेको छ । संसद्को वर्षे अधिवेशनमै परियोजना अघि बढाउनका लागि नेपालको संसद्ले कम्प्याक्ट सम्झौता अनुमोदन गर्नुपर्ने भए पनि चालू संसद्को अधिवेशनमा अनुमोदन हुने, नहुने अन्योल छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट अनुमोदन हुने उल्लेख गरे पनि सत्तारुढ नेकपाभित्र यसको विरोध भइरहेको छ । सन् २०११ देखि प्रक्रिया अघि बढेको तथा अनुमोदनबाहेक परियोजना अघि बढाउनका लागि आयोजना कार्यान्वयन सम्झौतासहित विद्युत् प्रसारण आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गर्नुपर्ने, विद्युत् नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनुपर्ने लगायतका सबै सर्त सरकारले पूरा गरिसकेको अवस्थामा विरोध आएपछि यसले अन्योलता बढाएको हो । एमसीसीले अनुदान दिने सम्झौता गरेर सरकार आफैले नै विकास समिति अन्तर्गत गठित मिलियन च्यालेन्ज एकाउण्ट (एमसीए) गरेर आगामी असार १६ गतेदेखि सुरुवात गर्ने घोषणा भने गरिसकेको छ । ऊर्जाअन्तर्गत ३१२ किलोमिटरको प्रसारणलाइन निर्माण र आधुनिक रूपमा १ सय किलोमिटर सडकको स्तरोन्नति हुँदैछ । निर्माण सुरु भएको पाँच वर्षभित्रै पूरा गर्नुपर्ने सो परियोजनाबारे सरोकारवाला निकाय र सत्तारुढ दलका प्रतिनिधिका साथै विज्ञहरूसँग गरिएको संक्षिप्त कुराकानी :

सरकारकै नेतृत्वमा परियोजना अघि बढेको छ
खड्गबहादुर विष्ट
प्रमुख कार्यकारी अधिकृत, एमसीए नेपाल
नेपाल सरकारले नेपालको विकासको बाधक के हो भनेर यसको अध्ययन गरेको थियो । अध्ययनले सडक र प्रसारणलाई मुख्य अवरोधकका रूपमा पहिचान गरेको थियो । प्रसारणलाइन र सडक छनोट भएपछि कुन बनाउने भनेर छनोट गरिएको हो । प्रसारण गुरुयोजनाकै मुख्य अंग नै छनोट गरिएको प्रसारणलाइन हो । लप्सीफेदीदेखि बुटवल हुँदै भारतको बोडरसम्म लाने एउटा लाइन छ भने लप्सीफेदीबाट रातमाटे लगेपछि त्यहाँबाट हेटौंडा लाने अर्को लाइन छ । दुवै लाइन बनाउँदा एउटा सर्किट पूर्ण हुन्छ । यसले पाँचवटा नदी बेसिनको झन्डै ३ हजार मेगावाट क्षमता विद्युत् ओहोरदोहोर गर्न सहयोग गर्छ । यी लाइनबाटै बढी भएको विद्युत् भारत पु-याउन पनि सहज हुन्छ । राष्ट्रको प्राथमिकता र राष्ट्रले निक्र्योल गरेको प्रसारणलाइन नै एमसीसीको अनुदान सहयोगमा निर्माण हुन लागेको हो । हाम्रो अध्ययन विश्लेषणमा यो प्रसारण लाइनले २ करोड ३० लाख जनसंख्यालाई विद्युत्को पहुँचको अवस्था सुधारमा सहयोग पु-याउँछ । प्रसारण लाइनसँग जोडिएका धेरै आयोजना त पक्कै यसअन्तर्गत आउँछन् । सडक पनि त्यत्तिकै महत्वपूर्ण छ । यो आयोजनामा सडकलाई दोस्रो प्राथमिकतामा राखेर अघि बढाएका छांै । सडक विभागले राष्ट्रिय रणनीतिको सडक भने छुट्याएको छ । त्यो सडकमा राम्रो स्तरोन्नतिको प्रविधि प्रयोग गरेर बनाउने भनेर एक सय किलोमिटरको सडकलाई छनोट गरिएको छ । त्यो सडक १०-१५ वर्षसम्म केही नहुने खालको गुणस्तर बन्छ । 
एमसीसीको निर्देशिकामै २०-२२ वटा सूचकांकहरूको आधारमा मात्र परियोजना छनोट गरिने उल्लेख छ । सोअनुसार नेपालले यसको प्रतिस्पर्धाबाट छानिएर अनुदान सहयोग पाएको हो । यी सबै सूचकांकमा पास भएपछि देश योग्य हुने हो । सन् २०११ मै नेपाल यसमा योग्य भइसकेको थियो । सबै देशमा प्रायःजसो सबै परियोजना संसद्बाटै अनुमोदन भएर कार्यान्वयनमा गएका छन् । संसद्मा छलफल भएर यसमा अपनत्व होस् भनेर यसो गरेको हो । कानुन त हेर्ने हो भने कम्प्याक्ट लागू हुँदा सम्बन्धित कुनै बाधा–अवरोधहरू आएमा कम्प्याक्ट लागू गर्नुपर्ने उल्लेख छ । बाधा, अड्काउ–फुकाउका लागि संसद्बाट अनुमोदन गर्नुपर्ने भनिएको हो । सरकारबाट पारित भइसकेको प्रावधानलाई संसद्बाट अनुमोदन गर्ने भनिएको हो । बुँदा–बुँदामा छलफल भएर दुई वर्षअघि नै यसको सम्झौता भइसकेको छ । खालि अहिले त संसद्बाट अनुमोदन गर्ने मात्र भनिएको हो । 
एमसीसी कार्यान्वयनका लागि सरकारले विकास समितिअन्तर्गत मिलिनियम कम्प्याक्ट एकाउन्ट गठन गरिएको छ । सरकारकै नेतृत्वमा र स्वामित्वमा परियोजना अघि बढाइएको छ । यसको सञ्चालनका लागि अर्थसचिवको अध्यक्षतामा समिति छ । यसमा नागरिक समाज र लगानीकर्ता समूहसहित पाँच जना सरकारी निकायका प्रतिनिधि रहेको सञ्चालक समिति छ । सबै काम र निर्णय यही समितिबाट हुन्छ । 
विरोधको एउटा कारण नयाँ मोडल भएर नबुझेकाले पनि हुन सक्छ । एमसीसी, एमसीए, कम्प्याक्टलगायतका शब्दले समेत अप्ठेरो परेको हुन सक्छ । दोस्रो यसलाई विभिन्न रणनीतिअन्तर्गतको आयोजना भनेर पनि कुरा उठाइएको छ । यसबारे बहस भइरहेको छ । यस्तो हुनु नपर्ने हो । पारदर्शिताका हिसाबले सार्वजनिक भयो । यसमा सार्वजनिक विषय बन्न गयो । छलफल पनि राम्रो भएको छ । तर, नेपालमा यो भन्दा अघि गरेका दातृ निकाय र अरू देशसँग भएका सम्झौताहरू अर्थात् छिमेकी देशहरू भारत, चीन, विश्व बैंक, एसियाली विकास बैंकहरूसँग भएका सम्झौताहरू पब्लिक डोमेनमा नभएकाले र त्यसमा पनि सर्तहरू यस्तै छन् भन्ने अवगत नभएकाले बढी बहस भएको होला । यो मात्र यस्तो रहेछ, अरू छैन भन्ने हिसाबले अमेरिकाले यस्तो ग-यो भनेर बजारमा कुरा आएका छन् । अरू सम्झौताहरू हेर्नुभयो भने दातृ निकायहरूको सर्तहरू उनीहरूको निर्देशिका अनुसार हुन्छन् । 
सम्झौताले स्वाभिमानको बेवास्ता गरेको देखिन्छ
लीलामणि पोखरेल
नेता, नेकपा
एमसीसी पारित गराउन सरकार अघि बढेको त छैन । नेकपाले अध्ययन समिति बनाएको छ । पार्टीले अध्ययन समिति बनाएपछि के प्रतिवेदन आउँछ, त्यसका आधारमा मात्र कुरा अघि बढ्छ । किनभने सरकार त पार्टीले बनाएको हो नि । पार्टीले बनाएको सरकार त पार्टीको नीतिअन्र्तगत जान्छ । प्रतिवेदनकै आधारमा सरकार अघि बढ्ने भन्ने हुन्छ । 
एमसीसीको तीनवटा पक्ष छन् । एमसीसीअन्तर्गत तोकिएको लप्सीफेदीदेखि भारतको गोरखपुरसम्म पु-याउने ४ सय केभीको प्रसारणलाइन आयोजना कुन बेला डिजाइन गरियो भने सन् २०१३ ताका । जुन बेला १८ घण्टाको लोडसेडिङ थियो । त्यो बेला बिजुली बेच्ने गरी आयोजना कसरी बन्यो, त्यसको औचित्य नै मेरो लागि पुष्टि हुन सकेको छैन । यसका बारेमा चर्चा परिचर्चा धेरै छन्, यो स्पष्ट नभई अघि जाने सक्ने अवस्था देखिँदैन । जुन एमसीसी इन्डो प्यासिफिकको भाग बनेको छ । त्यो कुरा यथावत् रहेर जान सक्ने अवस्था हुँदैन । यसको साझेदारी बन्नु भनेको हाम्रो पञ्चशिलको सिद्धान्त र परराष्ट्र नीतिविपरीत हो । अर्को कुरा हाम्रो भूमि कुनै छिमेकीविरुद्ध प्रयोग हुन नदिने भन्ने जुन हाम्रो नीति छ, त्यो नीति विरुद्ध हुन जान्छ । इन्डो प्यासिफिकको साझेदार नबनाईकन एमसीसीको सहायता नदिने भन्ने जुन अमेरिकी नीति छ, सन् २०१९ जुन १ को त्यहाँको रक्षा मन्त्रालयको प्रतिवेदनअनुसार त नेपाल यसको भाग बनेको छ । कसरी बन्यो ? त्यसकारण हामी यसमा मन्जुर छैनौं । तेस्रो भाग हो– सम्झौताको प्रारूप । यो अन्तर्राष्ट्रिय कानुनको अंग हुनै सक्दैन, यो त करार सम्झौता हो । सन्धिको हैसियतमा कानुनको मातहतमा राखेर यो गरिएको छ । करार सम्झौताबमोजिम अमेरिकाले अनुदान दिने हो, नेपालले अनुदान लिएर प्रयोग गर्ने हो । यस्तो सम्झौता गर्नु भनेको आफ्नो स्वाभिमानलाई गुमाउनु हो बन्न जान्छ । सम्झौताले स्वाभिमानको बेवास्ता गरेको देखिन्छ । त्यसभित्र अरू सर्तहरू छन् । नेपालको कानुनसँग बाझिएको हकमा हाम्रा कानुन अमान्य हुन्छन्, सम्झौता सर्तहरू लागू हुन्छन् भनिएको छ, त्यो हुन सक्दैन । यो करार सम्झौता भएकोले यो बेठीक छ । दुईतिहाइले पारित गर्नुपर्ने संविधानलाई एउटा करार सम्झौताको खेस्राले कसरी अमान्य गर्न सक्छ ? यो महत्वपूर्ण अर्को पाटो छ । अर्को संसद्बाट अनुमोदन गर्ने भन्ने छ । यो किन गरिन्छ भने यो गरेपछि यसले कानुनको हैसियत प्राप्त गर्छ । अर्को त्यहाँ भारतसँग अनुमति लिने भनिएको छ । गोरखपुरसम्म प्रसारणलाइन बनाउने हो, यसका लागि भारतसँग दुईपक्षीय छलफल गर्नुपर्ने अर्को पाटो होला । सम्झौतामा लेखिनु भनेको अमेरिकाले डिक्टेड गरेको ठहर्छ । सम्झौतामा लेखिएपछि भारतसँग सम्झौता गरेर अनुमति लिएर आइजो भनेको ठहर्छ । त्यसकारण स्वतन्त्र परराष्ट्र नीतिलाई यसले असर पारेको छ । कतिपय बुँदाहरू छन्, कानुन बनाउने, राष्ट्रिय गौरवका आयोजना घोषणा गर्नुपर्ने लगायत । यो गर्ने नगर्ने त हाम्रो आन्तरिक कुरा हो । सम्झौतामा निर्देशन गर्न मिल्दैन । सुझाव दिन मिल्ला । यो परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) हाम्रो जानकारीमा छैन । परियोजना अनुमोदन भएको छैन, एमसीएको नाममा विभिन्न ठाउँमा सार्वजनिक सुनुवाइ आदि–इत्यादि गर्ने काम, जग्गा लिने लगायतका सबै हुन थालिसक्या छ । संसद्बाट पारित नभई गरिने कुराहरू अमान्य छ । त्यसकारण बलजफ्ती यो कुरा गर्न खोजिएको छ । यसले विकासका पूर्वाधारहरू केही अघि आउँला, तर अमेरिकी सेनाको ब्याकिङमा र रक्षा मन्त्रालयले सञ्चालन हुने गरी इन्डो प्यासिफिक अन्तर्गत सीधै रक्षा मन्त्रालयले निर्देशन गर्ने गरी आएको छ । रक्षा मन्त्रालय आम विकासका निम्ति आउँदैन । अमेरिकाको सुरक्षा रणनीतिलाई दृष्टिगत गरी इन्डो प्यासिफिक बनेको हो । अमेरिकी रक्षा रणनीतिलाई आधारित भएर आएको छ । विश्व प्रतिष्पर्धामा अमेरिकी छाता ओढेर जाने वा नेपालको आफ्नै छाता बनाउने, त्यो हाम्रो निम्ति महत्वपूर्ण छ । यति धेरै कुरा गरेपछि यो संशोधन गरेर पनि हुन्छ भन्ने अवस्था छ र ? अमेरिकाले नेपालमा सञ्चालन गर्ने एमसीसी परियोजना इन्डो प्यासिफिक विपरीत छ भनेर अमेरिकाले भन्नुप-यो । जबकि उसको प्रतिवेदनमा यो छ । अरू कुनै प्रयोजनको निम्ति परियोजना गरिनेछैन भनेर औचित्व पुष्टि गर्नुप-यो । यसमा भएका नेपालको कानुन मान्य नभएर अन्र्तराष्ट्रिय कानुन लागू हुने, भारतसँग सोध्नुपर्छ, गौरवका आयोजना घोषणा गर्ने वा नगर्ने लगायतका गलत सर्तहरू हटाइनुपर्छ । यदि यस्ता कुरा हटाइन्छ भने अमेरिकासँग हामीले सहायता लिनु हुँदैन भनेर हामीले भनेका छैनौं, लिनुहुन्छ । उनीहरूले सर्तहरू थुपारेर होइन, निष्पक्ष, बिनासर्तका साथ दिनुपर्छ । त्यही समयमा बिनास्वार्थ ६५ अर्ब सहायता त आएको छ । अरू सर्त नहुने, यसमा किन ? 
सम्झौतामा अनावश्यक सर्तहरू छैनन् 
अनुपकुमार उपाध्याय
पूर्वऊर्जा सचिव
त्यो बेला सरकारले प्राथमिकतामा राख्नुपर्नेमा सडक र प्रसारणलाइन देखियो । प्रसारणलाइन बन्ने क्षेत्रहरूमा धेरै जलविद्युत् आयोजना निर्माण हुँदै थिए । सुदूरपश्चिममा थिएनन्, पूर्वतिर केही लाइन थिए । यस क्षेत्रमा ठूला आयोजना आउने देखिएकोले यसलाई सुरुवात गरियो । पहिला नै सरकारले चारवटा अन्तरदेशीय प्रसारणलाइन तय गरेको थियो । जलाशययुक्त आयोजना बन्न समय लाग्ने भएकाले सिजनल भेरियसनका लागि वर्षामा भारत पठाउने र हिउँदमा आयात गरेर अहिले पनि प्रणाली चलाउनुपर्ने अवस्था छ । 
नेपालमा सहायता गर्ने सबै दातृ निकायका आफ्नै स्वार्थ र सर्तहरू हुन्छन् । जाइका, कोइका, विश्व बंैक, एसियाली विकास बैंक, भारत, चीनलगायतका देशका केही न केही स्वार्थ छन् । कसैको व्यापार हुन्छ, कसैले सम्बन्ध सुधार मात्रै हुन्छ । परियोजनाहरू निर्माण गर्दा सर्तहरू हुन्छन् । यो कसरी लागू हुन्छ भनेर हेर्नुप-यो । कपिराइट, अडिटदेखि जुन कुराहरू उठेका छन्, ती सबै त्यही परियोजना कार्यान्वयनको क्रममा लागू हुने हुन् । कपिराइट ठेकेदारको हुने होइन, उनीहरूकै हुने हो । जुन किसिमको शंका गरिँदैछ, यस्को पुष्टि गर्न सकिने अवस्था छैन । अनावश्यक सर्तहरू सम्झौतामा छैनन् । जहाँसम्म सुरक्षाको कुरा छ, नेपालमा पनि कुनै परियोजनाले मागेमा दिने व्यवस्था छ । यसमा अमेरिकी आर्मी आउने भनेको पनि होइन, हामीले यसरी बुझ्नु पनि हुँदैन । कुनै देशका आर्मी नेपालमा छिर्न आफ्नै विधि विधान हुन्छन् नि । भारतसँग जोड्ने कुरा हाम्रो योजनामा थियो । दुवै परियोजना सँगै बन्दा यसले प्रसारणमा धेरै सहज बन्छ भन्ने कुरा हो । 
अहिले पनि प्रसारण लाइनमा लगानी जुट्न सकेको अवस्था छैन । जसले जे सुकै कुरा गरे पनि सरकारको खाताबाट जलविद्युत् र प्रसारण लाइनका लागि चाहिँदो पैसा जुटेको छैन । निजी क्षेत्रबाट लगानी ल्याउने बुट, ईपीसीएफ लगायतबारे नीति नबनाएर बसेको देश हो हाम्रो । खरिदबाटै यसलाई नियमन गरिएको छ । यस्तो बेलामा आएको अनुदान आउनु ठूलै कुरा हो । प्रसारण लाइनबाट देशलाई कुनै नोक्सान छैन । तर समयमै काम गर्न सकिएन भने पैसा पनि फिर्ता जाने र नेपालको पैसा पनि फस्ने सम्भावना छ । 
नेपालमा विकास परियोजनाबारे गलत धारणा छ
ज्ञानेन्द्रलाल प्रधान
जलविद्युत्, लगानीकर्ता
अमेरिकी सरकारले धेरै विकासका आयोजनाहरू सहयोग गर्दै आएको छ । १९९० मा के भयो भने यूएसआईडको सारी भन्ने आयोजना आयो । सार्क देशहरूमा नेपालको बिजुली बेच्नका लागि सहजीकरण गर्ने भन्ने थियो । यसका लागि त्यो बेला भारत, बंगलादेश तयार थिएन । त्यसकारण त्यो कार्यक्रम त्यति प्रभावकारी हुन सकेन । अमेरिकाको सबै राष्ट्रसँगको सम्बन्धलाई लक्षित गरी विकास प्याकेज छ । कुनै बेला अमेरिका र रस्साको युद्ध हुँदा दुवैको सहयोग लिएका हौँ । हामीले आफ्नो स्वार्थपूर्तिका लागि लक्षित गरी सबै सहायता लिनुपर्छ । दक्षिण एसियामा अमेरिकाले हाम्रो विकासमा सहयोग गर्छ भने किन नलिने ? यही क्रममा नेपालमा आधा खर्ब रुपैयाँ आएको हो । यो सफल भएमा अरु परियोजनाहरू पनि आउन सक्छन् । नेपालमा विकास परियोजनाबारे गलत धारणा छ । एउटा विकास परियोजना आउन लागेपछि यसको विरुद्धमा समूहहरू तयार भइहाल्छन् । सोसियल मिडियामा व्यापक विरोध गर्न सहज छ । अरुण तेस्रोको विरोध गर्ने समूह नै विरोधमा सक्रिय छ । अरुण तेस्रोको विरोधमा लाग्ने समूहहरूले राजनीति पार्टीका नेताहरूलाई विरोध गर्न सिकाइरहेका छन् । एउटा विरोध गर्ने कारण त सरकारको साढे दुई वर्षको काम त्यति लोकप्रिय भएन । सरकार पनि डिक्टेटर भएर गयो पार्टीमा पनि । यसमा उनीहरूले एमसीसीको वाण प्रयोग गरे । एमसीसीलाई विरोध गरेर पार्टीलाई लक्षित बनाए । भीम रावल, एमसीसी आउनुपर्छ संशोधन गरेर भनिरहेको छ । आउनु हुँदैन भनेको सुनिएको छैन । 
अहिले एमसीसीको कुरा गर्नु नै बेकार छ । यो अमेरिकी संस्था हो । हामीकहाँ परियोजना अघि बढाउन लागेको त एमसीए नेपालले हो । एमसीसीबारे छलफल गर्नु नै बेकार छ । एमसीए नेपालको कुरा गर्नुस् । यसमा ६० जना नेपालीले काम गरिरहेका छन् । नेपाली नै सीईओ छ । बोर्डमा अधिकांश नेपाली छन् । यसको अध्यक्ष नै अर्थसचिव हो । यसको लेखा परीक्षण नेपालको महालेखाले गर्छ । यस्ता कुरा नबुझेर गलत कुरा प्रचार भइरहेको छ । एमसीएको कुरा गर्दा यो हाम्रो देशको नियन्त्रणमा छ । यो सरकारलाई लक्षित गरिएको हो । यहाँ जति पनि प्रावधान राखिएका छन्, ती सबै समयमै कसरी पूरा गर्ने भनेर केन्द्रित छन् । यति मात्र होइन, जापानको अनुदान हेर्नोस्, कति फिर्ता लैजान्छ । चीनको हेर्नुस्, आधा पैसा पनि नेपालमा उपयोग हुँदैन । यो सबै उपयोग हुन्छ । यसमा त पूर्ण स्वतन्त्र छ । एमसीसीको सहायताको परियोजनामा अमेरिकी कम्पनीले काम पाएको उदाहरण छैन । कि भारतीयले, कि चीनले वा अरु देशका कम्पनीले पाउँछन् । यति पारदर्शी परियोजनाको विरोध गर्नु बेकार हो । बुटवल–गोरखपुर निर्माणको सुनिश्चितताको कुरा मलगायतले सर्तको रूपमा राख्न लगाएको हो । ३९ सय मेगावाट प्रसारण गर्ने परियोजना बन्दैछ, डेढ वर्षपछि हाम्रो बिजुली बढी हुँदैछ । त्यसलाई बाटो बनाएन भने त बुटवलसम्म लगेर मात्र भएन । भारतले ७ वर्षसम्म नमानेको प्रसारणलाइन अहिले मानिसक्यो । यो त नबुझेर विरोध गरेको होइन, स्वार्थका लागि विरोध गरेको हो ।

अब भारतमार्फत क्षेत्रीय सम्बन्ध

बुधवार, माघ २९, २०७६
भारतमार्फत दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा अर्थतन्त्र, वातावरण, राजनीति, सुरक्षा तथा सामाजिक–सांस्कृतिक सम्बन्ध (कनेक्टिीभी) गर्नुपर्नेमा जोड दिइएको छ । क्षेत्रीय सम्बन्धमा भारतमार्फत नयाँ रणनीतिबारे अध्ययनबाट गत जनवरीमा तयार पारेको नीतिबारे आईआईडीएसले मंगलबार आयोजना गरेको क्षेत्रीय कनेक्टिीभीटीबारेको छलफलमा पाँच क्षेत्रको सम्बन्धमा जोड दिइएको हो ।
बुकिङ इण्डियाले गरेको अध्ययनले क्षेत्रीय सम्बन्धको पहलको रूपमा लिइने सम्बन्धबारे कार्यपत्र प्रश्तुत गर्दे फेलो डा. कन्स्यान्टटिनो जेभियर पछिल्लो समयमा भारत र चीनले छिमेकी देशहरूसँगको कनेक्टिीभी अघि बढाउन देखाएको सकृयताबारे चर्चा गरेका थिए । उनले तयार पारेको नीतिको बिफ्रिङमा अर्थतन्त्रतर्फ व्यापार, विदेशी लगानी, वित्तीय व्यवस्थापन, सि र ल्याण्ड पोर्ट, पानी जहाज, डिजिटल, सेटलाइट र टेलिकम, विद्युत् लगायतका क्षेत्रमा कनेक्टिभिटीमा जोड दिइएको थियो । त्यसैगरी वातावरणातर्फ नदी र वेसिन, माटाहरू, वायु प्रदूषण लगायत, राजनीतिर्फ औचापरिक भ्रमणहरू, क्षमता अभिवृद्धि तालिम, विकास सहायता, कुटनीतिक मिसन, क्षेत्रीय संस्थागत संरचना, प्राविधिक सहयोग, सुरक्षातर्फ आर्मी हस्तान्तरा, सुरक्षा आदानप्रदान र तालिम, मानवीय सहायता र दैवी प्रकोप व्यवस्थापन तथा सामाजिक संस्कृतितर्फ विद्यार्थी, पर्यटन, बसाइँसराई, भाषा, संस्कृति केन्द्र, मिडिया कभरेज र विश्वविद्यालय र अनुसन्धान लगायतमा कनेक्टिभिटीमा जोड दिइएको छ ।
भारत हुँदै नेपाल, वंगलादेश, म्यानमार, श्रीलंका, भुटान, जापान, कोलम्बो लगायतका देशहरूमा भारत हुँदे हुने कनेक्टिभीटी अघि बढेको बताउँदै यसलाई अझ सघन रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको थियो । कार्यपत्रमा जेभियरले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले १० बर्षमा छिमेकी मुलुकहरूसँग पाँच पटक मात्र भ्रमण गरेको उल्लेख गर्दै मोदी आएपछि विगत पाँच बर्षमा १३ पटक छिमेकी मुलुकहरूमा भ्रमण गरेको, नेपाल–भारत आयल पाइपलाइन, एसियन सेटलाइट शुभारम्भ लगायतका कनेक्टिभिटीका कार्यक्रम अघि बढेको, साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेसन (साकेक), नयाँ क्षेत्रीय सम्बन्धबारे बहश अघि बढाईएको उल्लेख गरे ।
क्षमता अभिवृत्ति र सफ्ट कनेक्टिीभीटी, खुल्ला अर्थतन्त्र र स्वायत्त, नयाँ अनुसन्धान, ज्ञान र तथ्यांकको संकलन, नयाँ सरोकारवालासँगको समन्वय लगायतका चुनौतीहरू रहेको उल्लेख गर्दै उनले कार्यपत्रमा क्षेत्रीय सम्बन्ध पहलका लागि समग्र बुझाई, तथ्यांकद्धारा केन्द्रित, क्षमता अभिवृद्धि र भारतमार्फत नीति प्रवद्र्धन गरी कनेक्टिीभी जोडनुपर्ने बताए । कार्यक्रममा आईआईडीएसका कार्यकारी अध्यक्ष स्वर्णिम वाग्लेले क्षेत्रीय सम्बन्ध स्थापनाका लागि छिमेकी राष्ट्रहरूबीचको समन्वय र सहकार्य जरुरी भएको बताए ।

Sunday, February 9, 2020

बिजुली किन्न बंगलादेशको आशयपत्र

सोमवार, माघ २७, २०७६
तीन महिनाभित्र पीपीए गरिसक्ने माथिल्लो कर्णालीको लक्ष्यतीन महिनाभित्र पीपीए गरिसक्ने 
माथिल्लो कर्णालीको लक्ष्यकाठमाडौं, २६ माघ बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले  ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न आशयपत्र (एलओआई) माग गरेको छ । एक महिनाअघि बीपीडीबीले माथिल्लो कर्णालीको बिजुली किन्नका लागि आशयपत्र जारी गरेको थियो । आयोजना प्रमुख केके शर्माका अनुसार आशयपत्र माग्ने निर्णयसहितको पत्र आयोजनाले गता सातामा पाइसकेको छ । आशयपत्र अनुसार माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रर्वद्धक जीएमआर कम्पनीले ५ सय मिलियन डलरको बैक ग्यारेण्टीसहित आयोजनाबाट दिने बिजुलीको क्षमता, वितरण गर्ने प्रणाली, प्रसारण लाइनको अवस्था, यसको दर, बिद्युत बेच्नका लागि भएको नेपाल र भारतले दिएका स्वीकृति लगायतको विस्तृत वितरणसहित आशयपत्र पेश गर्ने शर्माले जानकारी दिए । बेच्न तयार रहेको आशयपत्र बोर्डमा पेश गरेपछि बंगलादेशको राष्ट्र बैक र कानुन मन्त्रालयबाट थप स्वीकृति दिएपछि मात्र पीपीए प्रकृया अघि बढ्नेछ ।
यसपछि जीएमआर, एनभीभीएन र बीपीडीबी बीच विद्युत् खरिद सम्झौता (पीपीए) हुनेछ । कानुन र अर्थ मन्त्रालयको स्वीकृति भएपछि फेरि १५ मिलियन डलरको बैक ग्यारेण्टी राखेपछि पीपीए हुने चरणमा पुग्ने आयोजनाले जनाएको छ । “आगामी तीन महिनाभित्र आशयपत्र पेश गरेर त्यहाँको कानुन मन्त्रालय र राष्ट्रबाट स्वीकृति पाएर पीपीए गरिसक्ने लक्ष्य राखेका छौं,” उनले भने, “पीपीए भएको एक वर्षभित्र वित्तिय व्यवस्थापन गरिसकेर निर्माण सुरु गर्ने लक्ष्य राखेका छौ ।”  सन् २००८ मा जीएमआरले प्रतिस्पर्धाको माध्यमबाट लाइसेन्स लिएको थियो भने सन् २०१४ मा यसको आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । गत महिना बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी क्याबिनेट कमिटी (सीसीपीपी) ले माथिल्लो कर्णालीको बिजुली किन्न त्यहाँको उर्जा विकास बोर्ड (बीपीडीबी) लाई सहमति दिएसँगै विद्युत् व्यापारको लागि ढोका खुलेको थियो । लामो समयदेखि नेपालबाट भारत र बंगलादेशमा बिजुली बेच्ने चर्चा चलपनि यसलाई विद्युत् व्यापारका लागि यसलाई ठूलो उपलब्धिको रूपमा लिइएको छ । पीपीएपछि वित्तीय व्यवस्थापन भएपछि आयोजनाको बिजुली भारतको एनटीपीसी विद्युत् निगम (एनभीभीएन) मार्फत बंगलादेशमा बिजुली व्यापार हुनेछ ।

यसअघि एनभीभीएनले जीएमआरलाई भारतहुँदै बंगलादेश बिजुली बिक्रीका लागि सहमति दिईसकेको छ । भारत हुँदै बंगलादेश जान प्रसारणलाइन उपयोग गरेवापत भारतले ह्विलिङ चार्जबाहेक प्रति युनिट एनभीभीएनले ४ भारतीय पैसा लिने आयोजनाले जनाएको छ । २५ वर्षसम्म बंगलादेशले करिब ३८ हजार १६० करोड टाका अर्थात करिब ५ खर्ब रुपैयाँ बराबरको बिजुली किन्नेछ । यसका लागि पीपीएवापत प्रतियुनिट ७.७१७२ सेन्ट खरिद दर तोकिएको छ । सहमतिपछि थप प्रक्रिया अघि बढेर आयोजना निर्माण भएपछि ९ सय मेगावाटमध्ये ५ सय मेगावाट जीएमआरले बंगलादेशमा बेच्नेछ । त्यसैगरी जीएमआरले प्रतिस्पर्धाको आधारमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्दा दिनुपर्ने १ सय ८ मेगावाट विद्युत् नेपालले सित्तैमा पाउनेछ भने बाँकी भने जीएमआरले भारत वा बंगलादेशमा बेच्नेछ । सो आयोजनामा लाइसेन्सको सर्त अनुसार, नेपालले २७ प्रतिशत स्वपुँजी निःशुल्क पाउने छ ।

 निर्यात गर्ने गरी लाइसेन्स लिएको सो आयोजनाले करिब दुई वर्ष अघि बंगलादेशलाई बिजुली किन्नका लागि प्रस्ताव गरेको थियो । बिजुली किन्ने टुंगो नलागेको कारण जीएमआरको वित्तिय व्यवस्थापन गर्ने समय सकिएपनि लगानी बोर्डले थप गरेको छैन । जीएमआरले भने वित्तिय व्यवस्थापनको समय थप गर्नका लागि बोर्डमा आवेदन दिइसकेको र पीपीएको प्रक्रिया अघि बढेकोले  वित्तिय व्यवस्थापन गर्न सहज बनेको जनाएको छ । १ खर्ब ५० अर्ब लागत अनुमान गरिएको आयोजनाबाट २५ वर्षमा निःशुल्क ऊर्जा, इक्विटीका साथै अन्य राजस्व गरी करिब ४ अर्ब ५० करोड पाउने जीएमआरले जनाएको छ । आयोजनामा ३० प्रतिशत स्वपुँजी (इक्विटी) र ७० प्रतिशत ऋण हुनेछ । 

Tuesday, February 4, 2020

वैदेशिक लगानीको वाधकः अस्पष्ट डलर नीति

बुधवार, माघ २२, २०७६
१० वर्षअघि सर्भे अनुमतिपत्र (लाइसेन्स) लिएको अम्बेश्वर इन्जिनियरिङ कम्पनीले १६३ मेगावाटको कालीगण्डकी कोबान जलविद्युत् आयोजनामा वैदेशिक लगानी ल्याउनका लागि प्रयास ग-यो । २०७२ सालमा सरकारले ल्याएको ऊर्जा दशक कार्ययोजनाले डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने र यसका लागि हेजिङको व्यवस्था गर्ने उल्लेख गरेपछि कम्पनीले उत्पादन अनुमतिपत्रका लागि प्रक्रिया अघि बढायो र २०७३ साल साउनको अन्तिममा पायो पनि ।
झण्डै ३३ अर्ब लगानी हुने आयोजनाको ७५ प्रतिशत ऋणका लागि चीनको कम्पनीले आशयपत्र समेत पठाइसकेको थियो । उत्पादन अनुमतिपत्र लिएपछि तीन वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने थियो तर हेजिङबारेको अन्योलले समयमै सकेन । अघिल्लो वर्षको फागुनमा नेपाल राष्ट्र बैकले हेजिङ नियमावली त बनायो तर कोषको व्यवस्थापन अझै भएको छैन । एक अर्ब खर्च गरिसकेपछि झण्डै २५ अर्ब वैदेशिक लगानी ल्याउन लागेको आयोजनाको अनुमतिपत्र गत भदौमा विद्युत् विकास विभागले समयमै रद्द गरिदियो । हेजिङको अस्पष्टताकै कारण आयोजना सम्पन्न हुने बेलामा रद्द पो भयो । 
बुटवल पावर कम्पनी (बीपीसी)ले १३५ मेगावाटको मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनाको इक्वेटी (स्वँपुजी) मा चिनियाँ लगानीकर्ताको ८० प्रतिशत लगानी छ भने ऋण पनि चीनबाटै ल्याउन लागिएको छ । ऋण दिनका लागि चिनियाँक म्पनी पनि तयार छ । ३२० मिलियन डलर अर्थात ३२ अर्बको लागतमा निर्माण हुने आयोजनामा साढे २५ अर्ब विदेशी लगानी हुँदैछ । विदेशी लगानीकर्ताहरूले लगानीको प्रतिफल फिर्ता डलरमै फिर्ता गर्नुपर्ने भएकोले डलर पीपीएको माग गरिरहेका छन् । विद्युत् प्राधिकरणले पीपीएको मस्यौदामा हस्ताक्षर पनि गरेको छ । आयोजनाले हेजिङका लागि निवेदन दिएका छन् ।
हेजिङका अवरोध हेजिङका अवरोध 
⇔ हेजिङ संयन्त्र अभाव
⇔ हेजिङ कोष अझै नबन्नु
⇔ जोखिम बेहोर्ने विश्वासिलो कम्पनी नहुनु
⇔ जोखिम बहनको बाँडफाँड नहुनु
⇔ हेजिङ निरन्तरताको ग्यारेण्टी अभाव
⇔ हेजिङ विधिहरूको अस्पष्टता
⇔ जोखिम महशुलमा समेट्नेबारे अन्योल
⇔ डलर पीपीए नगर्ने घोषणा गर्नु

 हेजिङको नियमावली आएपनि यसको कार्यविधि अझै नबनेकोले अघि बढ्न सकेको छैन । 
लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत् आयोजनाले एक वर्ष अघिनै भविष्यमा हेजिङ कोषको लागि भएको व्यवस्था अनुसार जोखिम बेहोर्ने गरी विद्युत् प्राधिकरणसँग डलरमा पीपीए गरिसकेको छ । छिट्टै चीनबाट ऋण लगानी ल्याएर वित्तीय व्यवस्थापन गर्न लागिएको आयोजनाको हेजिङ कसरी हुन्छ भन्ने अझै अन्योल छ ।
सन् २०१२ अर्थात नौ वर्षअघि २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनामा लगानी गर्ने सम्झौतासँगै नेपाल आएका कोरियनहरू यति उत्साहित थिए कि उनीहरूले सन् २०१९ को अप्रिलमै आयोजना सम्पन्न गर्ने सार्वजनिक गरे । लक्ष्यअनुसार त २०१४ को मार्चमा विद्युत् खरिद सम्झौता (पीपीए) सेप्टेम्बरमा वित्तीय व्यवस्थापन र अक्टोबरमा निर्माण सुरु भइ १० महिनाअघिनै आयोजना निर्माण सम्पन्न भइसक्नुपर्ने थियो तर डलर पीपीएबारे विद्युत् प्राधिकरणले समयमै निर्णय गर्न नसक्दा गत कार्तिकमा बल्ल वित्तीय व्यवस्थापन भयो । आयोजनाका लागि अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)को नेतृत्वमा ९ विदेशी बैंक तथा वित्तीय संस्थाले ४५३ मिलियन डलर लगानीका लागि ऋण सम्झौता गरिसकेका छन् । 
माथिका केही उदाहरणले हेजिङ अभावले लगानी फर्किएको र डलरमा पीपीए गर्ने आयोजनामा समेत हेजिङको व्यवस्थापनमा अझै अन्योल रहेको देखाउँछ । माथिल्लो त्रिशुली ए मा गरिएको अभ्यास वा रसुवा भोटेकोशीमा भविष्यमा बेहोर्ने उधारो प्रतिवद्धताले ठूला परियोजनामा राम्रा र सक्षम लगानीकर्ता आउन पनि कठिन हुन्छ । डलर पीपीए गरेकै कारण झण्डै दुई दशक अघि खिम्ती र भोटेकोशीमा विदेशी लगानी भित्रिएपनि त्यसपछि ठूला ठूला जलविद्युत् आयोजनामा खासै विदेशी लगानी आएन ।
यसको कारण डलर पीपीए हुन नसक्नुलाई प्रमुख कारक मानिन्छ । हुन त खिम्ती र भोटेकोशीको पीपीए गर्दा रहेको डलरको भाऊ ५४ रुपैयाँ बढेर ११४ रुपैयाँसम्म पुग्यो । यसले विद्युत् प्राधिकरणलाई ठूलै घाटा भयो । यसको कारण डलर पीपीएको खुब विरोध भयो, यो अस्वभाविक नभएपनि यसको समाधान र जोखिम न्यूनीकरणका लागि खासै पहल भएन  र ठूलो लगानी आउन सकेन । डलरमा विदेशी लगानी ल्याएपछि डलरमै लाने व्यवस्था नभएसम्म विदेशी लगानी आउन सम्भावना पनि कमै थियो । यही लगायतका कारण ७५० मेगावाटको पश्चिम सेती, ६५० मेगावाटको तामाकोशी तेस्रो लगायतका थुप्रै जलविद्युत् आयोजनाहरूबाट विदेशी लगानीकर्ताले हात पनि झिके ।
यस्तो तीतो अनुभव र नेपालको आर्थिक सम्वृद्धिका लाग वैदेशिक लगानीको महत्वलाई बुझ्दै गत वर्ष सरकारले हेजिङ नियमावली २०७५ ल्याएर डलरको जोखिम बेहोर्नका लागि नीतिगत व्यवस्था ग-यो नियमावलीले एक सय मेगावाटमाथिका क्षमता भएको जलविद्युत् आयोजना, ३० किलोमिटरभन्दा ठूला २२० केभी माथिका प्रसारण लाइन, १० किलोमिटरभन्दा ठूला रेल, मेट्रोरेल र मोनो रेल तथा ५० किलोमिटरभन्दा लामो फाष्ट ट्रयाकमा हेजिङको व्यवस्था गरेको छ तर यसमा धेरै अस्पष्टता छन् । यही डलर नीतिबारेको अस्पष्टताको कारण विदेशी लगानीकर्ताहरू अझै लगानीका लागि हच्किएका छन् ।
सरकारले हेजिङ निमायवली आउनुलाई डलरको जोखिम बेहोर्नका लागि ढोका खुलेको अर्थमा लिएका छन् भने विदेशी लगानी ल्याउनका लागि अग्रसर भएका स्वदेशी लगानीकर्ता तथा सरोकारवालाहरू भने नियमावलीले ढोका खोलिदिएपनि अस्पष्टताको कारण ढोकाभित्र छिर्न धेरै अवरोध रहेको र छिर्न सक्ने अवस्था र वातावरण नबनेको टिप्पणी गर्छन् । 
नियमावली आएपछि यसको संयन्त्र र जोखिम बाँडफाँड कसरी गर्ने भन्ने अझै कार्यवधि बनेको छैन । जोखिम कुन कुन पक्षले 
कति कति बेहोर्ने भन्ने पनि अझै स्पष्ट भएको छैन । नियमावलीले ऋणको सावामा मात्र जोखिम बेहोर्ने व्यवस्था गरेको छ तर ब्याजमा छैन । यसलाई समेत विदेशी लगानी ल्याउनका लागि बाधकको रूपमा हेरिएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अहिले व्यवस्था नभएपनि सावा र ब्याज दुवैमा हेजिङ हुनुपर्ने स्वीकार्छन । “नियमावलीले डलर जोखिम न्यूनीकरणका लागि बाटो त खुलेको छ, यसमा सुधार त आवश्यक छ,” उनी भन्छन्, “१० वर्षसम्मका लागि डलरमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ तर यमा ऋणको सावा मात्र दिने भनिएको छ, ब्याजलाई समेत यसलाई समेट्नुपर्छ  ।”
ऋणदाताहरूले नेपाल बाहिर रहेको बैक खाताबाट सम्पूर्ण नगद प्रभावमा प्रभावकारी ढंगले सुरक्षा लिन सक्ने व्यवस्था नगरेको, राष्ट्र बैकले आफ्नो दायित्व पूरा गर्न असफल भएमा रकम प्रदान गर्ने र समाधान गर्ने संयन्त्रको बारेमा नियमावलीमा बैकले ऋण दाताहरूलाई कुनै किसिमको आश्वासन प्रदान नगरेका तथा नेपाली कानुमबमोजिम केवल एक मात्र अदालत नेपाली अदालतहरूमा पनि गर्न सकिने नियमावलीको व्यवस्थाले अन्योल प्रदान गरेको लगानीकर्ताहरूको गुनासो छ । 
ठूला परियोजनाहरूको भविष्यसम्म हुने हुनाले यसको ग्यारेण्टी खोज्ने भए पनि  नियमावलीले भविष्यसम्म हेजिङको व्यवस्था रहन्छकि रहँदैन भन्ने ग्यारेण्टी नगरेको, वैदेशिक लगानीको ब्याजदरको सिलिङ दर लण्डन इन्टरबैक अफर्ड रेट (एलआईबीओआर) प्ल ५.५ प्रतिशतको मार्जिनभन्दा माथि भएमा कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट नभएको, हेजिङ विधिहरूको सन्र्दभमा अस्पष्टता रहेको, हेजिङले ब्याज, अन्य फि र जरीवानालाई नसमेटेको र यसको व्याख्यामा अस्पष्टता रहेको, नियमन आयोगले महशुलमा हेजिङ लागतलाई कसरी समेट्ने भन्ने स्पष्ट जस्तो कुरा विदेशी लगानीकर्ताको वाधकको रूपमा देखिएको अनुभव विदेशी लगानी भित्र्याउने अभ्यासमा रहेका सरोकारवालहरूको छ । हरेक ठूला आयोजनाहरूमा विदेशी लगानीकर्ताहरूले पीपीए भएको मितिदेखिनै जोखिम बेहोर्नुपर्ने, जोखिमलाई महशुलमा समायोजना गर्दै गएर लगानीकर्तालाई कम व्ययभार पार्नुपर्ने बताउँदै आएका छन् ।
अहिले वैदेशिक लगानी आउन लागेका अधिकांश परियोजनाहरूमा प्रतिफलको सुनिश्चितता र यसको प्रतिफल डलरमा लानेबारेको अन्योलनाले समस्या परेको छ । उनीहरूले अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, लगानी बोर्ड लगायतका निकायसँग भएका छलफलमा यस्ता विषय उठाउने गरेका छन् । ती सरकारी निकायका अधिकारीहरूले हेजिङले त्यसलाई समेट्ने पनि बताउने गरेका छन् तर लगानीकर्ताहरू विश्वस्थ हुन सकेका छैनन् । वैदेशिक लगानी र परियोजनाको वित्तीय व्यवस्थापनमा सक्रिय पायनियर्स लका प्रबन्ध साझेदार अनुप उप्रेतीको अनुभवमा माथिल्लो त्रिशुली १ मा भएको डलर पीपीएले लगानी सम्झौता र पीपीएले लगानीयोग्य परियोजनाको नमूना प्रश्तुत गरेपनि हेजिङ नियमावलीमा रहेका अन्य डलर सम्बन्धी अस्थिरताले अरु परियोजनाहरूमा विदेशी लगानी ल्याउने समस्या देखिएको छ । “लक्ष्य अनुसार सरकारले जलविद्युत्को विकासबारे ल्याएको योजना पुरा हुन जलविद्युत्मा डलर पीपीए र अन्य पूर्वाधार आयोजनामा परियोजना सम्झौता दरको प्रतिफल डलरमै लाने व्यवस्था हुनुपर्छ । यसमा परिवर्तन गर्नु आवश्यक छ । डलर पीपीए प्राधिकरण गर्दिन भनेको छ ।”–उनी भन्छन्, “नियमन आयोगले पनि लागत प्लसमा गर्नुपर्छ, नत्र ठूला विदेश लगानीकर्ताहरू आउँदैनन ।”
माथिल्लो त्रिशुली १ मा हेजिङ मोडलको उपयोग हुन नसकेकोले एक-दुई परियोजनामा अभ्यास गर्न सकेमा यसले अन्य आयोजनाहरूलाई बाटो खोल्ने तर्क गर्छन तर हेजिङका लागि क्रियाशील हुने निकायहरूबीचमा तदारुकता र समन्वय अभावले यसले गति लिन सकेको छैन । तीन वर्ष अघि डलर पीपीए निर्देशिका आएर एक सय मेगावाटभन्दा बढी क्षमताका वैदेशिक लगानीका लागि डलरमा पीपीए गर्ने उल्लेख छ । डलरको जोखिम बेहोर्न हेजिङ फण्डको व्यवस्था गर्ने उल्लेख भएपनि अहिले नियमावली आएपछि प्राधिकरणले सबै हेजिङले बेहोर्ने भन्दै डलर पीपीएनै रोकेको छ । 
विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी अब विद्युत् प्राधिकरणले डलर पीपीए नगर्ने र डलरको जोखिम हेजिङले नै बेहोर्ने बताउँछन् । “अब प्राधिकरणले विदेशी लगानीका परियोजनाको पीपीए पनि नेपाली रुपैयाँमै गर्छ, अर्थ मन्त्रालयले व्यवस्था गरे अनुसार डलरको जोखिम हेजिङ नियमावली अनुसार बेहोरिन्छ,” उनी भन्छन्, “लगानी डलरमा आएपछि उनीहरूले डलरमै लाने व्यवस्था हेजिङ फण्डबाटै हुन्छ ।” हेजिङ विनियमावली आएको एक वर्ष वितेपनि यसको कार्यविधि भने अझै बनेको छैन । तर अर्थ मन्त्रालय भने अहिलेसम्म हेजिङको मागनै नआएको बताउँछ । “माग आएपछि बल्ल हेजिङ कसरी गर्ने भनेर अघि बढ्छ तर अहिलेसम्म आएकै छैन ।”–अर्थ मन्त्रालयका सह–सचिव उदयराज सापकोटा भन्छन्–“माग आएपछि यसको मोडेल तयार गरेर अघि बढ्छौ ।” उनका अनुसार, मागको आधारमा जोखिमको बाँडफाँड हुन्छ, जोखिम बाँडफाँडका विभिन्न मोडलबारे माग आएपछि मात्र छलफल हुन्छ । ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल भने अर्थ मन्त्रालयले हेजिङ विनियावलीमा भएको व्यवस्था अनुसार यसको जोखिम बेहोर्नका लागि कार्यविधि बनाईरहेकोले सो अनुसार अघि बढ्ने बताउँछन् । तर बीपीसीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भने डलरमा पीपीए प्राधिकरणले गरेर त्यसको जोखिम हेजिङ फण्डमार्फत बेहोर्ने गरी डलरमै भुक्तानीको व्यवस्था गर्नुपर्ने बताउँछन् । 
गत वर्ष लगानी बोर्डले गरेको लगानी सम्मेलनमा सोकेस गरेका आयोजनाहरूका लागि झण्डै ३१ खर्ब बराबर लगानीका लागि विदेशी लगानीकर्ताले इच्छा देखाएका छन् तर डलरको नीति स्पष्ट नभएसम्म जतिनै प्रकृया अघि बढेपनि लगानी नआउने निश्चित छ । निर्यातमूलक अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् विक्री भारत हुने तय भएको कारण यो आयोजनामा स्वपुँजी र ऋण गरी झण्डै एक खर्ब २७ अर्ब लगानी आउने सुनिश्चित भएपनि पहिला लगानी बोर्ड अन्र्तगत अघि बढेका अधिकांश आयोजनाहरू अध्ययनको चरण सकेर वित्तीय व्यवस्थापनमा आएपछि फिर्ता भएका छन् । 
लगानी बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको भनाईमा सरकारले अझै पनि वैदेशिक लगानी ल्याउनका लागि विश्वासको वातावरण बनाउन सकेकै छैन । उनी त कानुन निर्माण भएर मात्र लगानीको वातावरण नबन्ने तर्क गर्छन तर नेपालमा अझै पनि विश्वासयोग्य कानुन र नीतिनै बन्न सकेको छैन । “लगानीको मुख्य वाधकनै प्रतिवद्धता अनुसार सरकारले कार्यान्वयन नगर्नु हो । कुनै पनि सम्झौतामा यो यो गर्ने हो भनेर विभिन्न प्रावधानहरू राखिएको हुन्छ । त्यसको कार्यान्वयन हुनुप-यो ।”–उनी भन्छन्–“ यसमा टिप्पणी उठाउने, अर्को वन, अर्थ, कानुनलाई सोध्नुपर्ने, काम नहुने । सरकारलाई पनि आनन्द छ, एकदिन काम नभएर केही फरक पर्दैन । लगानीकर्तासँग त त्यो समय छैन । उनीहरूको एक दिन ढिला हुँदा कति घाटा हुन्छ भनेर उनीहरूले गणना गरिरहेका हुन्छन् । हामीले भाषण गरेर, कानुन शंसोधन गरेर वातावरण बन्ने वाला छैन ।”  
उनी विदेशीसँगै स्वदेशी लगानीकर्तालाई विश्वासको वातावरण बनाउन नसके विदेशी लगानी आउन नसक्ने तर्क गर्छन् । हुन त लगानी सम्मेलनमा लगानी भित्र्याउनका प्रकृयादेखि कानुनसम्मलाई लगानीमैत्री बनाउन पछि नपर्ने घोषणा गरेको थियो तर बिडम्बना लगानी सम्मेलन अघि तत्कालीन अवस्थामा विदेशी लगानीकर्ताका लागि हतारका साथ हेजिङ नियमावली ल्याएको सरकार यसको कार्यान्वयनका लागि भने खासै चासो देखाएको देखिदैन । 
 
साँवाब्याज दुवैमा हेजिङ गरिदिनुपर्छः 
महाप्रसाद अधिकारी

हेजिङको व्यवस्थापनले विदेशी मुद्राको जोखिम न्यूनीकरणका लागि काम गर्छ । यसले बाटो खोलिदिएको छ । यसले प्रतिफल सुनिश्चिताको लागि काम गर्छ । यसको अभ्यास २१६ मेगावाटको अपर त्रिशुली १ मा भैसकेको पनि छ तर हुबहु भैसकेको छैन । कतिपयले यही मोडेलमा पनि खोज्न सक्छन् । यो पर्याप्त पनि छैन । जोखिम जसले देख्छ, उसले आकर्षक प्रतिफलको आधारमा जोखिम न्यूनीकरण खोज्छ । यसका लागि राज्यको नीति पनि महत्वपूर्ण हुन्छ । हालसम्म नेपालमा जलविद्युत्बाहेक उद्योगधन्दा, होटेल, पर्यटन लगायतको जोखिम आफैले बेहोरेका छन् । जलविद्युत्मा पहिला सरकारले डलरको सबै जोखिम बेहोरेर खिम्ती र भोटेकोशीमा विदेशी लगानी ल्याएको हो । डलरको भाऊ बढेर यसले ठूलो जोखिम बेहोर्नुप-यो । डलरमा ल्याएको लगानी डलरमै लैजान समस्या त छैन । डलरको उत्तरचढावबाट हुने जोखिम बेहोर्न नियमावली आएको भएपनि यो पूर्ण कमर्सियल बेसिस हेजिङ होइन । यसका लागि त हेजिङ गर्ने छुटै निकाय चाहिन्छ र हुनुपर्छ । नियमावली र कोषले यो काम गर्दैन । यो पर्याप्त छैन तर सुरुवातका लागि बाटो खोलिदिएको छ । दीर्घकालीन रूपमा कमर्सियल हेजिङमै जानुपर्छ । बाहिरको हेजिङ कम्पनी र यसको शाखा खोलेर यसको काम अघि बढाउनुपर्छ । साँवा र ब्याज दुवैमा हेजिङ गरिदिनुपर्छ ।