मंगलबार, फाल्गुन ६, २०७६
सन् २०१९ मा एसियाली विकास बैंक (एडीबी) को ऋण सहायतामा अघि बढाउन विकासका आयोजनाका लागि ३२३.७ मिलियन डलर अर्थात साढे ३५ अर्ब खर्च भएको छ ।
सोमबार अर्थ मन्त्रालय र एडीबीले आयोजना गरेको कन्ट्री पोर्टफोलियो बैठकमा नेपालले सन् २०१९ मा विकास योजनाहरूका लागि प्रगति गरेर रेकर्ड कायम गरेको जानकारी दिइयो । एडीबीका अनुसार, सन् २०१९ मा भूकम्पपछिको पुनर्निर्माणका लागि ३८.५ मिलियन डलर, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक निगम (सासेक) अन्तर्गतको पावर सिष्टम एक्पान्सनका लागि २८.७ मिलियन डलर, खाद्य सुरक्षा तथा कृषि व्यापारीकरण कार्यक्रमका लागि २५ मिलियन डलर, क्षेत्रीय सहरी विकास परियोजनाका लागि २२.१ मिलियन डलर, ग्रामीण क्षेत्र जडान सुधार परियोजनाका लागि २०.२ मिलियन डलर तथा विद्यालय क्षेत्रीय विकास कार्यक्रमको सहायताका लागि २० मिलियन डलर खर्च भएको छ ।
बैठकमा बोल्दै अर्थसचिव शिशिरकुमार ढुंगानाले एडीबीले अघि बढाएका आयोजनाहरूको प्रगति सन्तोषजनक नै देखिए पनि यसमा रफ्तार बढाउनुपर्ने बताए । एडीबीका देशीय निर्देशक मुखतोर खामुदनोभले पूर्वाधार क्षेत्रमा लगानी बढ्दै गएको बताउँदै अझै विकास आयोजनाहरूमा चुनौती बाँकी रहेको बताए । उनले आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि समूह कार्यलाई बलियो बनाउनुपर्ने, दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, अन्तर निकाय समन्वय बढाउनुपर्ने, समयमै रिपोर्टिङ गर्नुपर्ने तथा निरन्तर रूपमा क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।सोमबार अर्थ मन्त्रालय र एडीबीले आयोजना गरेको कन्ट्री पोर्टफोलियो बैठकमा नेपालले सन् २०१९ मा विकास योजनाहरूका लागि प्रगति गरेर रेकर्ड कायम गरेको जानकारी दिइयो । एडीबीका अनुसार, सन् २०१९ मा भूकम्पपछिको पुनर्निर्माणका लागि ३८.५ मिलियन डलर, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक निगम (सासेक) अन्तर्गतको पावर सिष्टम एक्पान्सनका लागि २८.७ मिलियन डलर, खाद्य सुरक्षा तथा कृषि व्यापारीकरण कार्यक्रमका लागि २५ मिलियन डलर, क्षेत्रीय सहरी विकास परियोजनाका लागि २२.१ मिलियन डलर, ग्रामीण क्षेत्र जडान सुधार परियोजनाका लागि २०.२ मिलियन डलर तथा विद्यालय क्षेत्रीय विकास कार्यक्रमको सहायताका लागि २० मिलियन डलर खर्च भएको छ ।
सन् २०१९ मा उत्कृष्ट हुने परियोजनाहरूमा तेस्रो साना सहर खानेपानी तथा सरसफाइ आयोजना तथा सामुदायिक व्यवस्थापनमा कृषिक्षेत्र सिँचाइ योजनाले आउटस्यान्डिङ प्रोजेक्ट म्यानेजमेन्ट टिम अवार्ड, द अर्वान वाटर सप्लाइ एन्ड स्यानिटेसन सेक्टर प्रोजेक्टले खरिद व्यवस्थापनमा उत्कृष्ट टिम अवार्ड, सासेक सिष्टम एक्पान्सन प्रोजेक्टले वातावरण तथा सामाजिक सुरक्षा अनुगमनतर्फको बेष्ट टिम र तेस्रो साना सहर खानेपानी तथा सरसफाइ आयोजनाले लैंगिक समता तथा सामाजिक समावेशीकरण अवार्ड पाएको थियो । सबै टिमलाई अर्थसचिव ढुंगानाले अवार्ड पनि वितरण गरे ।

No comments:
Post a Comment