बिहिवार, बैशाख २५, २०७७
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ‘एक प्रदेश, एक ठूला आयोजना’को नीतिअनुसार बजेट निर्धारण गरिने जानकारी दिएका छन् । मन्त्री पुनले बुधबार सबै प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीहरूसँग आगामी आर्थिक वर्ष (२०७७-७८) को नीति कार्यक्रम र बजेटका प्राथमिकताबारे सुझाव लिनेक्रमा यस्तो जानकारी गराएका हुन् ।
उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सकिएका ३०३५ मेगावाटको दूधकोसी, १०५ मेगावाटको तामाकोशी–५ का लागि वित्तीय व्यवस्थापनको काम सकेर आगामी आर्थिक वर्षबाट निर्माण सुरु गर्न लागिएको जानकारी दिए । यस्तै, बूढीगण्डकी आयोजनाको बाँकी मुआब्जा वितरण आगामी आर्थिक वर्षमा सकेर काम अघि बढाइने जानकारी पनि मन्त्री पुनले दिए । पुनले चैनपुर सेती, नौमुरे, जगदुल्लाह, नलसिंहगढ र फुकोट जलविद्युत आयोजनाका डिपीआर अन्तिम चरणमा पुगेको जानकारी दिँदै डीपीआर सकिएलगत्तै वित्तीय व्यवस्थापनको काममा मन्त्रालय लाग्ने पनि बताए ।
पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाको डीपीआर यसै वर्ष सकिने र लगानी मोडालिटीबारे छिमेकी भारतसँग परामर्श गर्ने उनको भनाइ थियो । पश्चिम सेती आयोजनाका लागि लगानी बोर्डले पीपीपी मोडलमा लगानीका लागि आह्वान गरिसकेको पनि उनले बताए । भर्चुअल बैठकका क्रममा मन्त्री पुनले सिँचाइ र ऊर्जाका केही नयाँ आयोजना थपिने र जारी आयोजनाका काम छिटो अघि बढाउने गरी बजेट ल्याउन लागिएको जानकारी दिए । त्यस क्रममा मन्त्री पुनले प्रदेश–२ मा चालू आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गरिने जानकारी दिए । यस्तै बागमती र गण्डकी प्रदेशका बाँकी सीमित स्थानमा आगामी आर्थिक वर्षमा र अरु प्रदेशमा वहुवर्षीय कार्यक्रम समावेश गरी वर्तमान सरकारकै पालामा पूरै देशभर विद्युतीकरण गरिसक्ने प्रतिबद्धता जनाए ।उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सकिएका ३०३५ मेगावाटको दूधकोसी, १०५ मेगावाटको तामाकोशी–५ का लागि वित्तीय व्यवस्थापनको काम सकेर आगामी आर्थिक वर्षबाट निर्माण सुरु गर्न लागिएको जानकारी दिए । यस्तै, बूढीगण्डकी आयोजनाको बाँकी मुआब्जा वितरण आगामी आर्थिक वर्षमा सकेर काम अघि बढाइने जानकारी पनि मन्त्री पुनले दिए । पुनले चैनपुर सेती, नौमुरे, जगदुल्लाह, नलसिंहगढ र फुकोट जलविद्युत आयोजनाका डिपीआर अन्तिम चरणमा पुगेको जानकारी दिँदै डीपीआर सकिएलगत्तै वित्तीय व्यवस्थापनको काममा मन्त्रालय लाग्ने पनि बताए ।
सिँचाइतर्फ महाकाली सिँचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न लागिएको, रानीजमरा–गुलरिया आयोजनाको काम अघि बढेको, सिक्टा, भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन प्राथमिकतामा रहेको बताए । यस्तै कालीगण्डकी–तिनाउ आयोजनाको डीपीआर यसै वर्ष सक्ने गरी काम भइरहेको र सुनकोसी–कमलाको पनि अध्ययन जारी रहेको उल्लेख गरे । यस्तै, पहाडी क्षेत्रका नदी किनाराका ४ लाख हेक्टर जमिनमा सिंचाईका लागि ‘लिफ्ट सिँचाइ’ आयोजना आगामी बजेटमा समावेश गर्न लागिएको जानकारी मन्त्री पुनले दिए । उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत आगामी आर्थिक वर्षमै राष्ट्रिय प्रसारण लाइन नपुगेका सुस्तासहित तराईका सीमा क्षेत्र, चुरे र हिमाली जिल्लाहरूमा २ सय वटा सोलार मिनी ग्रेडमार्फत उज्यालो प¥याइने योजना रहेको उल्लेख गरे ।विद्युतीकरण नभएका मुलुकभरका ५७ वटा पालिकामा प्रशासनिक, बैंकिङ र स्वास्थ्य चौकीका लागि समेत मिनी ग्रिड जडान गर्ने योजना मन्त्रालयले अघि सारेको छ । यस्तै मन्त्रालयले आगामी आर्थिक वर्षमा एक लाख विद्युतीय चुल्होमा अनुदान दिने र एक लाख सुधारिएको चुल्हो वितरण गर्ने योजनासमेत ल्याएको छ । विद्युतीय र सुधारिएको चुलोबाट ग्यास आयात प्रतिस्थापन हुने र भान्सामा काम गर्ने गृहणीहरूको स्वास्थ्यमा समेत सुधार हुने भएकाले उक्त योजना अघि बढाइएको मन्त्री पुनको भनाइ छ । बैठकमा कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको सन्तुलित विकासमा जोड दिँदै विकासमा पछि परेको कर्णालीलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
कृषि उत्पादनका लागि सुदूरपश्चिम प्रदेश अर्गानिक रहेको भन्दै उनले सुख्खा जमिनमा सिंचाइको व्यवस्था गर्न सकिए कर्णाली खाद्यान्नमा आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्न सक्ने अवस्थामा पुग्ने बताए । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले विकास आयोजनाहरूलाई ठूला, मध्यम र सानामा विभाजन गरी ठूला संघ, मध्यम प्रदेश र साना स्थानीय सरकारको क्षेत्राधिकारमा राख्नुपर्ने बताए । प्रदेश–२ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश–२ कृषिका लागि सबैभन्दा उत्तम भए पनि सिंचाइको पर्याप्तता नरहेको बताए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पनि प्रदेश, संघ र स्थानीय तहबीच कसले कुन तहको योजना निर्माण गरेर काम गर्ने भन्नेमा समन्वयको अभाव देखिएको औंल्याए ।
प्रदेश–५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी थारुले नदी नियन्त्रण र कृषि उत्पादनलाई सँगै जोडर काम गर्ने गरी बजेट निर्धारण गरिनुपर्ने बताए । प्रदेश–१ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले विदेशमा रहेका लाखौं नेपाली स्वदेश फर्कने सम्भावना औंल्याउँदै उनीहरूलाई कृषि क्षेत्रमा लगाउनका लागि सिँचाइमा जोड दिनुपर्ने बताए । कोभिड असरबारे अध्ययन हुनेऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश घिमिरेले कोरोना महामारीले पारेको असरबारे ऊर्जा क्षेत्रका सबै सरोकारवालाहरूलाई समेटेर समिति बनाइने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आयोजना गरेको भिडियो कन्फेरेन्समासचिव घिमिरेले अध्ययनले सबै जलविद्युत आयोजनाहरूको विश्लेषण गरेर आगामी दिनमा चाल्ने कदमबारे एकिन गर्ने जानकारी दिए ।
सबै पक्षको सहभागितामा प्रतिवेदन बन्ने र यसमा महामारीले ऊर्जा क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय समेतलाई विश्लेषण गरिने उनले बताए । आवश्यक परेमा यस प्रतिवेदनलाई मन्त्रिपरिषद्मै लगेर पारित गरी कार्यान्वयन गर्न सकिने उनले बताए । सचिव घिमिरले पछिल्लो समयमा विद्युतको माग घटेको तथा नेपाल विद्युत प्राधिकरणको उद्योगबन्द भएको कारण झण्डै ४० प्रतिशत राजस्व पनि घटेको बताउँदै छिमेकी राष्ट्रहरूमा विद्युत् बेच्नका लागि मन्त्रालयले पहल गरिरहेको बताए । उनले भारतको बजार उपलब्धताका लागि भारत सरकारले बनाउनुपर्ने कार्यविधिको सम्झौता अन्तिम चरणमा रहेको तथा आन्तरिक खपत बढाउनका लागि विद्युतीय चुल्हो, सवारी साधन लगायतमा जोड दिइरहेको पनि बताए ।

No comments:
Post a Comment