Saturday, October 14, 2023

नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न भारतीय कम्पनीकाे आसयपत्र

 https://nepalpurbadhar.com/18508/

  • नेपाल पूर्वाधार नेपाल पूर्वाधार
  •  
  •  बैशाख ६, २०८०
  •  
  • ऊर्जा
  • काठमाडाैं । भारतकाे भेदान्त लिमिटेडले नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न आसयपत्र दिएकाे छ ।

    काठमाडाैंमा जारी ऊर्जा सम्मेलन २०२३ मा कम्पनीकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत विभव अग्रवालले नेपेक्सलाई विद्युत खरिद गर्ने आसयपत्र दिएकाे हाे। नेपेक्स स्वतन्त्र ऊर्जा उत्पादकहरुहरुले स्थापना गरेको निजी  विद्युत व्यापार कम्पनी हो ।

    भेदान्तले डिकार्बोनाइजेशनको नीति अनुरुप नेपालबाट दीर्घकालिन रुपमा विद्युत खरिद गर्न आशयपत्र बुझाएको नेपेक्सका प्रमुख कार्यकारी अधिकृत आशिष गर्गले बताए ।

    डिकार्बोनाइजेशनको लक्ष्य भेट्टाउन नेपालको विद्युत खरिद गर्ने इच्छा देखाएको भेदान्तका प्रमुख कार्यकारी अधिकृत अग्रवालले सम्मेलनमा भर्चुअल उपस्थितिमार्फत बताए ।

    यसअघि सम्मेलनको पहिलो मंगलबार भारतको अर्को निजी कम्पनी मणिकरण पावरले २ सय मेगावाट विद्युतको लागि समझदारी गरिसकेको छ । यससँगै नेपालबाट कुल २ हजार २ सय मेगावाट विद्युत खरिदको लागि भारतीय कम्पनी इच्छुक देखिएका छन् ।

    No comments: