उनीहरूले श्रीमान्लाई कसरी तह लगाउने भनेर रातोदिन छलफल गरे। कहिले
श्रीमान्लाई थर्काउने र कहिले फकाउने प्रयास पनि गरे। तर पनि पुरुषहरूले
श्रीमती कुट्न छोड्नन्। त्यसपछि भने महिलाले सामूहिक सोच बनाए,
श्रीमान्लाई त्यागेर अन्त हिँड्नुभन्दा श्रीमान्लाई कुलतबाट हटाउनका
लागि अभियान सुरु गर्नु नै बेस।
काभ्रेको सबैभन्दा विकट क्षेत्र डाँडापारिमा यातायात अझै पुगेको छैन। यातायात नपुगेको उक्त क्षेत्रका बासिन्दा शिक्षा, स्वास्थ्यलगायत अधिकांश विकासका पूर्वाधारमा पिछडिएका छन्। यहाँका महिलाको अवस्था त अझ दयनीय छ, तर पनि बुढाखानी र फोक्सिङटारका महिलाले गाउँलाई जुवातासमुक्त क्षेत्र घोषणा गरेर नमुना कार्य गरेका छन्। समूहमा अधिकांश अशिक्षित महिला छन् तर उनीहरूले गाउँमा विकृति, विसङ्गति भित्रिएपछि त्यसको विरुद्ध सशक्त आवाज मात्र उठाएका छैनन्, गाउँमा जुवातास खेल्न निषेध नै गरेका छन्। गाउँमा जुवातासको विकृति बढेपछि भैरवस्थान महिला समूह र स्थानीय महिलाको सामूहिक प्रयासमा गाउँलाई नै जुवातासमुक्त क्षेत्र बनाइएको हो। विकट डाँडापारिको बुढाखानी गाविस– ४ र ६ तथा फोक्सिङटार गाविस– १ को लघु जलविद्युत्को पावरहाउस क्षेत्रभित्र जुवातास खेल्न निषेध गरिएको स्थानीय भैरवस्थान महिला समूहकी अध्यक्ष पुतलीमाया घिसिङले जानकारी दिइन्। बढी पसल र जमघट हुने उक्त क्षेत्रलाई जुवातासमुक्त बनाएपछि दुवै गाविसका स्थानीय पुरुषले जुवातास खेल्न छोडेका छन्।
सशस्त्र युद्धको बेला माओवादी अति प्रभावित क्षेत्र मानिने यो गाउँमा जुवातास निषेध गरिएको थियो तर माओवादी शान्तिप्रक्रियामा आएपछि जुवातासको विकृति फेरि बढ्यो। पुरुषहरूले जुवातास खेल्नेबाहेक अरू काम नै गर्न छाडे, त्यति मात्र होइन, पहिला जुवातास खेल्न निषेध गर्ने स्थानीय माओवादी कार्यकर्ता नै जुवातास खेल्न थालेपछि र जुवातास खेलसँगै गाउँमा महिलामाथि कुटपिटका घटना बढ्न थालेपछि महिला हैरान भए र सामूहिक रूपमा छलफल गरी जुवातासमुक्त बनाए। ‘पहिला त जुवातासले गाउँका धेरै पुरुषलाई बिगारेको थियो, तर अहिले महिलाको सामूहिक प्रयासपछि धेरै सजिलो भएको छ, समाजमा यसले साह्रै सकारात्मक प्रभाव पारेको छ,’ डाँडापारिमा सामाजिक विकासमा सक्रिय नेपाल स्कुल प्रोजेक्टका अध्यक्ष रकमसिंह लामाले भने।
महिलाले गाउँलाई जुवातास निषेध गराएकाले नखेल्न र नखेलाउनका लागि सार्वजनिक रूपमा पम्प्लेट, पोस्टरमार्फत आह्वान पनि गरेका छन्। यस्तै सन्देशसहितका हस्तलिखित पोस्टर स्थानीय बजार, चौतारा, पाटी, भञ्ज्याङलगायतका सार्वजनिक स्थानमा टाँसिएका छन्। निषेध गर्नुअघि यी गाउँका अधिकांश घरमा जुवातासको खाल दैनिक जम्ने गरेको थियो। दिनभर स्थानीय बजारमा गएर जुवातास खेल्ने र राति घरमा आएर कुटपिट गरेपछि धेरै महिला यसबाट पीडित बनेका थिए। उनीहरूले श्रीमान्लाई कसरी तह लगाउने भनेर रातोदिन छलफल गरे। कहिले श्रीमान्लाई थर्काउने र कहिले फकाउने प्रयास पनि गरे। तर पनि पुरुषहरूले श्रीमती कुट्न छोड्नन्। त्यसपछि भने महिलाले सामूहिक सोच बनाए, श्रीमान्लाई त्यागेर अन्त हिँड्नुभन्दा श्रीमान्लाई कुलतबाट हटाउनका लागि अभियान सुरु गर्नु नै बेस। जुवातासमा श्रीमान्सँग स्कुले छोराछोरी पनि मस्त हुन थालेपछि उनीहरूमा झनै पीडा थपिएको थियो। ‘दिनरात जुवातास खेलेर पुरुषहरू साह्रै बिग्रन थाले, जति सम्झाउँदा पनि नहुने, हुँदैहुँदै बाबुछोरा सँगै खेल्न थाले, विद्यार्थी केटाहरूसमेत बिग्रन थालेपछि हामीले गाउँलाई जुवातास निषेध क्षेत्र घोषणा गरेका हौँ,’ अध्यक्ष पुतलीमाया घिसिङले थपिन्, ‘कसैले खेलेको थाहा पाएमा कडा कारबाही गर्छौं।’
स्थानीय महिला समूहका अनुसार, स्थानीय बुढाखानी, महादेवटार, सिमलटार र थुम्कीका सबै ३३ घरधुरीका ३३ महिला रहेको समूहले जुवातास खेलेको थाहा पाएमा पहिलोपटक पाँच हजार जरिवाना, दोस्रोपटक १० हजार र तेस्रोपटक पनि खेलेको भेटिएमा खेल्ने घरका महिलालाई महिला समूहबाट निकाल्नेगरी कडा कारबाही तोकिएको छ। प्रहरीसँग समन्वय गरी कारबाही अगाडि बढाउने महिला समूहको भनाइ छ। स्थानीय फोक्सिङटार प्रहरीचौकीले समेत उनीहरूलाई सहयोग गर्दै आएको छ। महिलाले अभियान सञ्चालन गरेपछि प्रहरीलाई पनि स्थानीय क्षेत्रमा शान्ति र अमनचयन कायम गर्नका लागि धेरै सहयोग पुगेको छ। स्थानीय महिला प्रहरीले सहयोग गरेकै कारण महिलालाई अटेर गर्ने कतिपय पुरुष चुपचाप लाग्न बाध्य छन्। गाउँलाई जुवातासमुक्त क्षेत्र बनाएपछि गाउँका स्थानीय महिला धेरै खुसी भएका छन्। अहिले श्रीमान्हरू जुवातास खेल्न छोडेर श्रीमतीहरूलाई काममा सहयोग गर्न थालेका छन् भने धेरै विद्यार्थीे स्कुल गएर पढ्न थालेका छन्। ‘पहिला श्रीमान् र छोरो साह्रै बिग्रिएका थिए, अहिले श्रीमान्ले घरको काममा सहयोग गर्नुहुन्छ, छोरा विद्यालय गएर पढ्न थालेको छ।’ स्थानीय फूलमाया मोक्तानले खुसी हुँदै भनिन्, ‘पहिला त दिनभरि जुवातास खेल्ने श्रीमान्हरूको कुटपिट र अपमानले मरौँ–मरौँजस्तो लाग्थ्यो तर अहिले पूरै परिवारमा खुसियाली छाएको छ, जीवन अझ धेरै बाँचौँजस्तो भएको छ।’
आफ्नो ठाउँलाई जुवातास निषेधित क्षेत्र घोषणा गर्दा धेरै पुरुष महिलादेखि रिसाएका पनि थिए। तर, यहाँका पुरुषले निषेध–आज्ञालाई तोड्ने प्रयास भने गर्न सकेनन्। सबै महिला एकजुट भएर आफूले घोषणा गरेको कार्य जसरी पनि पूरा गर्ने सार्वजनिक कार्यक्रम अघि सारेपछि र प्रहरीले पनि उनीहरूलाई साथ दिएपछि पुरुषहरू महिलाको निर्णय मान्न बाध्य भएका थिए। अशिक्षित र महिलाले केही पनि गर्न सक्दैनन् भनेर श्रीमतीहरूलाई बेवास्ता गर्ने धेरै पुरुष अहिले सुधि्रएका छन्। पहिला रिसाउने तिनै पुरुषले अहिले अभियानको प्रशंसा गर्न थालेका छन्। गाउँ सुधि्रएकोमा र सबै काममा सक्रिय हुन थालेकोमा उनीहरू खुसी भएका हुन्। स्थानीय महावीर मोक्तान पुरुषले जुवातासमा घरबारी सिध्याउलान् भन्ने चिन्ता हराएर परिवारमा खुसियाली छाएको बताउँछन्। ‘निषेध क्षेत्र घोषणाले गाउँमा धेरै सकारात्मक प्रभाव पारेको छ, जुवातासमा रम्ने पुरुष सप्रिएका छन्, अब जुवातासले कसैको घर सिद्धियो, कसैको ढिकुटी रित्तियो भनेर सुन्नुपरेको छैन, महिलाको यो अभियानको त प्रशंसा गर्नैपर्छ,’ उनले भने। पुरुषहरू घरको काममा सक्रिय भएपछि आम्दानी बढ्न थालेको छ। पहिला झैझगडा हुने अधिकांश घरमा मेलमिलापको वातावरण रहेको महिला समूहकी अध्यक्ष घिसिङ बताउँछिन्।
यातायात, सञ्चार, बिजुलीलगायतका विकासका पूर्वाधारबाट वञ्चित डाँडापारिको बुढाखानी र फोक्सिङटारका महिलाले गाउँलाई जुवातासबाट टाढा बनाएर लैङ्गिक हिंसामुक्त समाजको गोरेटो कोरेका छन्। डाँडापारिजस्तो विकट क्षेत्रका महिलाले गाउँमा उदाहरणीय कार्य गरेकोमा त्यसको प्रशंसा जिल्लाभरि हुन थालेको छ। डाँडापारिकै साल्मेचाकल, घर्तीछाप, गोकुलेलगायतका गाविसमा समेत जुवातास, जाँडरक्सीको कारण महिलाले धेरै समस्या भोग्नुपरेको भन्दै त्यस क्षेत्रमा समेत महिला सशक्त हुनुपर्ने आवाज उठ्न थालेको छ। जुवातासमुक्त गरेपछि अब महिला बिस्तारै जाँडरक्सी सेवनलाई न्यूनीकरण गर्नेतर्फ अघि बढेका छन्।
http://www.mysansar.com/archives/2011/08/id/20754

No comments:
Post a Comment