सोमवार, चैत्र २५, २०७५
धरान उपमहानगरपालिकाको अवरोधका कारण अघि बढ्न नसकेको कोसी करिडोर २२० केभी प्रसारणलाइन आयोजना निर्माणकार्य अघि बढेको छ ।
उपमहानगरपालिकास्थित चिण्डेडाँडा हुँदै जाने प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखेको उपमहानगरपालिका नै आफ्नो अडानबाट पछि हटेपछि प्रसारण लाइन निर्माणकार्य अघि बढेको हो । उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम सुचारु भएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । “आयोजनाको प्रस्तावित रुटबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु भएको छ,” उनले भने, “१७ वटा टावर निर्माणमा अवरोध थियो, पटकपटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित रुटबाटै प्रसारणलाइन लैजान दिन तयार भएपछि निर्माण सुरु गरिएको छ ।” प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीय रूपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
समस्या समाधानका लागि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पहल गरेका थिए । उनले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका संघ तथा प्रदेशका सांसदलगायतसँग पटकपटक छलफल गरेका थिए । उनले प्रसारणलाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका थिए । उपमहानगरपालिकास्थित चिण्डेडाँडा हुँदै जाने प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखेको उपमहानगरपालिका नै आफ्नो अडानबाट पछि हटेपछि प्रसारण लाइन निर्माणकार्य अघि बढेको हो । उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम सुचारु भएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । “आयोजनाको प्रस्तावित रुटबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु भएको छ,” उनले भने, “१७ वटा टावर निर्माणमा अवरोध थियो, पटकपटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित रुटबाटै प्रसारणलाइन लैजान दिन तयार भएपछि निर्माण सुरु गरिएको छ ।” प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीय रूपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गत मंसिर २८ गते प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरेमा उपमहानगरपालिका–२० को विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थललाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत् प्राधिकरणलाई लिखित रूपमै आग्रह गरेकी थिइन् । त्यसपछि आयोजनाको निर्माण रोकिएको थियो ।
प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो प्रसारण लाइनले कुनै असर नपर्ने, प्रसारणलाइन निर्माणमा ढिलाइ भएमा हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने अनुमानित ५ सय १६ मेगावाट विद्युत् खेर जाने अवस्था आउने, यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवद्र्धकलाई क्षतिपूर्तिलगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न अस्वीकार गर्दै आएको थियो ।
उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रलाई लाइनको चेक सर्भे गर्ने क्रममा सम्बोधन गरिसकिएको र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने अडान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राख्दै आएका थिए ।
गत पुसमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक÷एकजना प्रतिनिधि थिए । कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन दिएको थियो । तर, यसमा राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गरेका थिएनन् ।
प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरेको छ । अब सोही रुट हुँदै प्रसारण लाइनको निर्माण हुनेछ ।
नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागेको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।
करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण जुन २०१९ मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । ३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए । अब केही दिनमै टार तान्न पनि सुरु हुने उनले बताए । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सबस्टेसन निर्माण फेबु्रअरी २०२० मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२० मा सक्ने लक्ष्य राखिएको छ ।
No comments:
Post a Comment