बिहिवार, चैत्र २१, २०७५
आगामी असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने भएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अन्तिम चरणमा पुगेसँगै जुनदेखि पाइपलाइनमार्फत डिजेल आयात हुन लागेको हो । पटना–मोतिहारी–बतितापुर पाइपलाइन परियोजनाका कन्ट्रक्सनतर्फका महाप्रबन्धक एनके पाण्डाले सबै प्रक्रिया पूरा गरेर आगामी जुनदेखि नेपाललाई पाइपनाइलमार्फत डिजेल भारतबाट निर्यात गरिने जानकारी दिए ।
३० वर्ष अघिदेखि चर्चा भएको तथा १५ वर्षअघि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सहमति भए पनि काम अघि बढेको थिएन । २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि नेपालले पेट्रोलियम पदार्थको आयात चीनबाट समेत गर्न थालेपछि भारतले समेत यसलाई उच्च प्राथमिकतामा राखिएको थियो । ०७२ सालमा पाइपलाइन निर्माण गर्ने द्विपक्षीय सम्झौता (एमओयु) भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दिल्लीबाट ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेसँगै आयोजना निर्माणले तीव्रता पाएको पायो ।
परियोजनाका अनुसार ७० किलोमिटर पाइपलाइनमध्ये भारततर्फको निर्माण पूरा भइसकेको छ भने नेपालतर्फको ३६.२ किलोमिटरमध्ये ७.५ किलोमिटर मात्र निर्माण हुन बाँकी छ । वन क्षेत्रको रुख कटानको स्वीकृति लिनमात्र परियोजनालाई ६ महिना लागेको थियो । यही कारण गत मार्च महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन निर्माणमा ढिलाइ भएको छ । नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेकोमा गत माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले रुख काट्नका स्वीकृति दिएपनि बल्ल चैत्रको पहिलो सातादेखि निकुञ्जभित्र पाइपलाइन विस्तार सुरु गरिएको थियो । “अब निकुञ्ज क्षेत्रभित्रको नौ किलोमिटरमध्ये ७.५ किलोमिटर सम्पन्न गर्न बाँकी छ, ८० प्रतिशत काम सकिसकेका छौ, कम्तिमा एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौं,” पाइपलाइन परियोजना प्रमुख प्रदीप यादवले भने, “निर्माण सम्पन्न भएपछि यसको परीक्षणपछिनै पाइपलाइनमार्फत आयात सुरु हुनेछ ।” परियोजनाअनुसार परीक्षणका लागि एक महिनादेखि डेढ महिनासम्म लाग्नेछ । ३० वर्ष अघिदेखि चर्चा भएको तथा १५ वर्षअघि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सहमति भए पनि काम अघि बढेको थिएन । २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि नेपालले पेट्रोलियम पदार्थको आयात चीनबाट समेत गर्न थालेपछि भारतले समेत यसलाई उच्च प्राथमिकतामा राखिएको थियो । ०७२ सालमा पाइपलाइन निर्माण गर्ने द्विपक्षीय सम्झौता (एमओयु) भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दिल्लीबाट ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेसँगै आयोजना निर्माणले तीव्रता पाएको पायो ।
प्रतिघण्टा ५ सय किलोमिटर आयात गर्नसक्ने गरी निर्माण गरिए पनि तत्काललाई भने २ सय किलोमिटर आयात गर्ने लक्ष्य राखिएको छ । भविष्यमा चितवनसम्म पाइपलाइन विस्तार गर्ने योजना आयल निगमको छ । हाल भारतको बरौनीबाट अमलेगञ्जसम्म प्रतिट्यांकर ५० हजारसम्म र काठमाडौंसम्म ८५ हजार रुपैयाँ बराबरको भाडामा पेट्रोलियम पदार्थ ल्याइने गरिन्छ । अमलेखगञ्जसम्म दैनिक १ सय र काठमाडांैसम्म अर्को १ सय ट्यांकरले आयात गरिरहेका छन् । प्रतिट्यांकर २० हजार लिटर इन्धन आयात हुन्छ । अमलेखगञ्ज डिपोका प्रमुखसमेत रहेका परियोजना प्रमुख यादवका अनुसार काठमाडौँ र अमलेखगञ्ज गरी दैनिक २ सय ट्यांकरले आयात गरिरहेकोमा पाइपलाइन सञ्चालनमा आएसँगै भाडामा कटौती भइ वार्षिक रूपमा २ अर्ब रुपैयाँ बराबर बचत हुन्छ भने प्रतिलिटर दुई रुपैयाँ लागत घट्नेछ ।
No comments:
Post a Comment