सोमवार, असार १६, २०७६
भूकम्पपछिको पुर्ननिर्माणमा संलग्न १९ प्राविधिक गैरकानुनी काम गरेको आरोपमा कारबाहीमा परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका प्राविधिकहरू विभिन्न गैरकानुनी कार्यमा संलग्न रहेको भेटिएको भन्दै कारबाही गरेको हो ।
भूकम्पपीडितबाट गैरकानुनी रूपमा रकम असुल गरेको, भूकम्प पीडितहरूलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेकोलगायतका कारणले उनीहरूमाथि कारबाही भएको हो । यस्तै, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरू पालना नगरेका लगायतका कारण उनीहरूलाई कारबाही गरिएको प्राधिकरण सह–प्रवक्ता मनोहरि घिमिरेले जानकारी दिए । उनका अनुसार ती प्राविधिकहरूको करार सम्झौता भंग गरिएको छ ।
कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिङमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना छन् ।भूकम्पपीडितबाट गैरकानुनी रूपमा रकम असुल गरेको, भूकम्प पीडितहरूलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेकोलगायतका कारणले उनीहरूमाथि कारबाही भएको हो । यस्तै, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरू पालना नगरेका लगायतका कारण उनीहरूलाई कारबाही गरिएको प्राधिकरण सह–प्रवक्ता मनोहरि घिमिरेले जानकारी दिए । उनका अनुसार ती प्राविधिकहरूको करार सम्झौता भंग गरिएको छ ।
प्राधिकरणका अनुसार, कारबाही पर्नेमा नुवाकोटमा कार्यरत मात्र ७ इन्जिनियर छन् । कारबाही पर्ने इन्जिनियरिहरूमा नुवाकोट किस्पाङ–३ इन्जिनियर बसन्त घिमिरे, किस्पाङ–५ कै शेषनारायण भण्डारी, लिखु–३ का धु्रवराज खरेल, मेघाङ–५ का रामजी श्रेष्ठ, तादी–४ का रिजन अगन्जा, तादी–५ का शेखर झा र पञ्चकन्या–१ का राधाकान्त प्रसाद शाह छन् । त्यसैगरी सिन्धुपाल्चोक इन्द्रवाती–१२ मा कार्यरत इन्जिनियर सविन पुडासैनी, दोलखाको गौरीशंखर–१ र २ मा कार्यरत इन्जिनियर सागर घिसिङ, सोही जिल्ला मैलुङ–४ मा कार्यरत इन्जिनियर सुरेश शाह, भोजपुरमा कार्यरत इन्जिनियर सुरेन्द्रकुमार मण्डल र सोलुखुम्बुको नेचासल्यानमा कार्यरत आशुतोष जोशी छन् ।
मण्डलले भने हस्ताक्षर किर्ते गरेको प्राधिकरणले जनाएको छ । त्यसैगरी सबइन्जिनियरहरूमा नुवाकोटको ककनी–४ मा कार्यरत नवराज शर्मा चापागाई, धादिङको त्रिपुरासुन्दरी–१ मा कार्यरत नरदीप शाही, सिन्धुपाल्चोकमा कार्यरत वीरेन्द्र रोकाय छन् । त्यसैगरी काभ्रेको रोशी–२ मा कार्यरत मुक्तिप्रसाद रेग्मी र रोशी–११ मा कार्यरत दिपेन्द्रकुमार मण्डल छन् । त्यसैगरी काभ्रेको महाभारत–२ मा कार्यरत असिसटेन्ट सबइन्जिनियर भीमबहादुर भट्ट, धादिङ त्रिपुरासुन्दरी–१ मा कार्यरत दुर्गानन्द राम छन् ।

No comments:
Post a Comment