शुक्रवार, कार्तिक ८, २०७६
विश्व बैंकले सार्वजनिक गरेको ‘डुइङ बिजनेस इन्डेक्स २०२०’ मा नेपालको अवस्था सुधारिएको छ । सन् २०१९ मा तेस्रोबाट चौथो स्थानमा झरेको नेपालको सहज व्यावसायिक वातावरण फेरि तेस्रो स्थानमा उक्लिएर अवस्था सुधारिएको हो । विश्व बैंकले सार्वजनिक गरेको ‘डुइङ बिजनेस इन्डेक्स २०२०’ मा नेपालको अवस्था सुधारिएको छ । सन् २०१९ मा तेस्रोबाट चौथो स्थानमा झरेको नेपालको सहज व्यावसायिक वातावरण फेरि तेस्रो स्थानमा उक्लिएर अवस्था सुधारिएको हो ।
सहज व्यवसायका लागि सन् २०१९ मा सार्वजनिक प्रतिवेदनमा ११० औं स्थानमा रहेको नेपालले १६ अंक सुधार गर्दै ९४ औं स्थानमा उक्लिन सकेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । बैंकले सन् २०१८ को मे महिनादेखि सन् २०१९ मे सम्मको अध्ययनका आधारमा इन्डेक्स सार्वजनिक गरेको जनाएको छ । डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकहरूका आधारमा कुनैपनि देशको अर्थतन्त्रमा सुधार आएको नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भए नभएको मापन गरिँदै आएको छ। यो विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको पनि विश्व बैंकले जनाएको छ ।सन् २०१८ मा विश्वको १०५ औंं स्थानमा रहेको नेपालको अवस्था खस्किएर ११० औं स्थानमा पुगेको थियो भने दक्षिण एसियाली राष्ट्रहरूमा रहेको तेस्रो स्थानबाट झरेर चौथो स्थानमा पुगेको थियो ।
प्रतिवेदनले नेपालको अवस्था फेरि दक्षिण एशियाभित्र सुधारिएर तेस्रो स्थानमा उक्लिएको छ । प्रतिवेदनले नेपाल व्यवसायका लागि दक्षिण एशियाभित्रको भारत र भुटानपछिको तेस्रो सहज मुलुक हो । सार्वजनिक प्रतिवेदनअनुसार भारत विश्वको ६३ औं स्थान र भुटान ८९ औं स्थानमा छ भने नेपालपछि श्रीलंका ९९ औं, पाकिस्तान १०८ औं, माल्दिभ्स १४७ औं, बंगलादेश १६८ औं र अफगानिस्तान १७३ औं स्थानमा छन् । प्रतिवेदनअनुसार भारतले १५ अंकले सुधारेको छ भने भुटान ८ अंकले र श्रीलंका एक अंकले झरेको छ ।सहज व्यवसायका लागि सन् २०१९ मा सार्वजनिक प्रतिवेदनमा ११० औं स्थानमा रहेको नेपालले १६ अंक सुधार गर्दै ९४ औं स्थानमा उक्लिन सकेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । बैंकले सन् २०१८ को मे महिनादेखि सन् २०१९ मे सम्मको अध्ययनका आधारमा इन्डेक्स सार्वजनिक गरेको जनाएको छ । डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकहरूका आधारमा कुनैपनि देशको अर्थतन्त्रमा सुधार आएको नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भए नभएको मापन गरिँदै आएको छ। यो विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको पनि विश्व बैंकले जनाएको छ ।सन् २०१८ मा विश्वको १०५ औंं स्थानमा रहेको नेपालको अवस्था खस्किएर ११० औं स्थानमा पुगेको थियो भने दक्षिण एसियाली राष्ट्रहरूमा रहेको तेस्रो स्थानबाट झरेर चौथो स्थानमा पुगेको थियो ।
सन् २०१९ को तुलनामा बंगलादेश ८ अंकका साथ सुधारिएको छ भने अफगानिस्तान ५ अंक र माल्दिभ्सको ८ अंकले झरेको छ भने पाकिस्तानको भने २८ अंकले सुधारिएको छ । व्यापार गर्नका लागि सजिलो अवस्था भने दक्षिण एशियामा सबैभन्दा राम्रो अवस्था भारतको छ । प्रतिवेदनअनुसार प्रति एक सय स्कोरमा भारतको ७१ अंक छ भने भुटानको ६६ अंक, नेपालको ६३.२ अंक, श्रीलंकाको ६१.८ अंक, पाकिस्तानको ६१ अंक, माल्दिभ्सको ५३.३ अंक, वंगलादेशको ४५ अंक र अफगानिस्थानको ४४.१ अंक छ । रिफर्मतर्फ भने पाकिस्तानले ६, भारत र नेपालले ४÷४ र वंगलादेशले ३ सुधारिएका छन् भने अन्य देशको रिफर्म शून्य छ । नेपालले गरेका सुधारहरूमा कुनैपनि निर्माण अघिका प्रक्रियाहरूलाई सहज र कम खर्चिलो बनाउन निर्माण अनुमतिहरूको शुल्क तिर्ने र अनलाइनमार्फतनै सवमिसन गर्ने, कर्जा प्रणाली तथा त्यसबारे बृहद सूचना दिने संयन्त्र र पहुँच स्थापित गरेको, नेपालले वीरगंजमा भारतसँग एकीकृत भन्सार चेक पोष्ट सुरु गरेर निर्यात आयातको ब्यापारका लागि समय र लागतलाई समेत न्यून गर्न सघाएको तथा ब्यापार सम्झौताहरू सहज बनाएको उल्लेख छ । रोजगारदाता कम्पनीहरूले कर्मचारीको सामाजिक सुरक्षा प्रबन्ध गरी व्यवसाय सुरुवात गर्न गाह्रो बनाएको तथा नेपालमा सम्पत्ति दर्ता बढी महँगो रहेकोमा यसमा सुधार गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।
विज्ञहरूले भने अवस्थामा सुधार आउनु राम्रो भएपनि व्यवसायी मैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजानुपर्ने औंल्याएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले १० सुुचांकमध्ये ५ मा सुधार, ३ मा गिरावट र २ मा स्थिर देखिएको बताउँदै व्यवसायीमैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजानुपर्ने बताए ।
चार बर्ष अघि १४२ औं स्थानमा रहेको भारत ६३ औं स्थानमा आईसकेको पनि उनले उल्लेख गरे । प्रतिवेदनमा डुइडङ विजनेश सर्वाधिक सुधार गर्नेमा चीन, भारत, पाकिस्तान लगायतका देशहरू छन् । सबैभन्दा बढी व्यवसाय गर्नका लागि सहज वातावरण भएको देशमा न्यूजल्याण्डको ८६.८ छ भने सबैभन्दा खराब देशमा सोमालियको २० अंकभार छ ।
डुइङ बिजनेस इडेक्समा सार्क राष्ट्र
भारत ६३
भुटान ८९
नेपाल ९४श्रीलंका ९९
पाकिस्तान १०८
माल्दिभ्स १४७
बंगलादेश १६८
अफगानिस्तान १७३
स्रोतः विश्व बैंक

No comments:
Post a Comment