शुक्रवार, मंसिर ६, २०७६
नेपाल र छिमेकी राष्ट्रहरुबीच विद्युत् व्यापारका लागि द्विपक्षीय र त्रिपक्षीय समझदारी र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
पावर समिटको क्रममा दक्षिण एशियाको विद्युत्को कारोबारका लागि द्विपक्षीय र त्रिपक्षीय समझदारीबारेको सत्रमा उनीहरुले नेपालको विद्युत् विकास तथा कनेक्टिभिटीको विस्तारमा दक्षिण एशियाली देशले विशेष जोड दिनुपर्ने बताएका हुन् । भारतको एकीकृत अनुसन्धान तथा विकासका कार्यकारी निर्देशक पंकज भट्टले नेपाल, भारत, बंगलादेश, भुटान तथा म्यानमार मिलेर ऊर्जा विकास गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय योजना अयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले पछिल्लो समय नेपालले नीतिगत क्षेत्रमा व्यापक सुधार गरेको दाबी गरे । उनले सरकारले विद्युत् विकास गर्न कुनै पनि कसर बाँकी नराख्ने र हरसम्भव काम गरिरहेको बताए । ‘नेपालले जलवायु परिवर्तनको मुद्दामा धेरै सुधारका कामको सुरूवात गरेके छ,’ उनले भने, ‘नेपालका राजनीतिक दलहरुका विकासको मुद्दामा एक ढिक्का भएर अगाडि बढीरहेकाले विदेशी लगानीकर्ताहरूले यहाँ ढुक्कले लगानी गर्न सक्छन् ।’पावर समिटको क्रममा दक्षिण एशियाको विद्युत्को कारोबारका लागि द्विपक्षीय र त्रिपक्षीय समझदारीबारेको सत्रमा उनीहरुले नेपालको विद्युत् विकास तथा कनेक्टिभिटीको विस्तारमा दक्षिण एशियाली देशले विशेष जोड दिनुपर्ने बताएका हुन् । भारतको एकीकृत अनुसन्धान तथा विकासका कार्यकारी निर्देशक पंकज भट्टले नेपाल, भारत, बंगलादेश, भुटान तथा म्यानमार मिलेर ऊर्जा विकास गर्नुपर्ने धारणा राखे ।
भारतमा रहेर युएसएआइडीको स्वस्छ ऊर्जा हेर्ने निर्देशक माइकल साटियाले नेपालमा भइरहेको जलविद्युत् आयोजना निर्माणको अवस्था हेर्दा यस क्षेत्रमा द्विपक्षीय वा त्रिपक्षीय विकासको सम्भावना बढेर गएको बताए ।
नर्ड पुल कन्सल्ट्यान्ट नर्बेका प्रमुख कन्सल्टेन्ट विलहेम सेडरसेमले नेपालले उत्पादन गरेको विद्युत् बढी भए इनर्जी एक्सचेन्जमा बिक्री गर्न सक्ने बताए । यही अभ्यास नर्बेले युरोपभरी विकास भइरहेको र हाल भारतले पनि अनुशरण गरिरहेको बताए । जसमा राजनीतिक इच्छाशक्ति, मूल्य, बजार र कनेक्टिभिटी अपरिहार्य रहेको उनको धारणा थियो । सम्मेलनमा पावर ट्रेडिङ इन्डिया कम्पनी लिमिटेडका कार्यकारी निर्देशक हरिष शरणले ऊर्जा विकासमा द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
‘भारतमा कुनै पनि कम्पनीले खुलारूपमा बिजुली अदान–प्रदान गर्न र बिक्री वितरण गर्न सक्छन्,’ उनले भने, ‘नेपाल तथा बंगलादेशले पनि यो मोडलको अनुशरण गरे भविष्यमा ऊर्जाको बजार विस्तार तथा व्यवस्थापन गर्ने वातावरण तयार हुन सक्छ ।’
यसैगरी, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इन्जिनियर एडि महबुर रहमानले भारतले त्रिपक्षीय कामका लागि अग्रसरता लिनुपर्नेमा जोड दिए । ‘अहिले बंगलादेशले भारतबाट एक हजार मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ र भविष्यमा नेपालबाट बिजुली लैजाने गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘भारत तथा नेपालबाट पर्याप्त बिजुली लैजान लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम भइरहेको छ ।’
उनका अनुसार नेपालका पाँचवटा नदीहरू दूधकोसी, सुनकोसी दोस्रो तथा तेस्रो, तल्लो अरूण र तमोरबाट बिजुली लैजाने गृहकार्य भइरहेको छ । त्यस्तै, इनर्जी एक्सचेन्ज भारतका डाइरेक्टर राजेशकुमार मडिरट्टाले नेपालको इनर्जी एक्सचेन्जसँग सहकार्य गर्न तयार रहेको बताए । उनले नेपालले भारतीय इनर्जी एक्सचेन्जबाट धेरै कुरा सिक्न सक्ने भन्दै इनर्जी एक्सचेन्जको काम अगाडि बढाउन सक्ने बताए । उनले नेपाललाई चाहिने आवश्यक प्राविधिक सहयेग गर्न तयार रहेको पनि बताए ।

No comments:
Post a Comment