बिहिवार, फाल्गुन १५, २०७६
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि गत वर्षभन्दा चालू वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपण गरेको भेटिएको छ । १४ प्रतिशतसम्म बिजुलीको भाउ बढाउनका लागि प्रस्ताव गरेको प्राधिकरणले यसरी अत्यधिक रूपमा खर्च बढी देखाएर विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि गत वर्षभन्दा चालू वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपण गरेको भेटिएको छ । १४ प्रतिशतसम्म बिजुलीको भाउ बढाउनका लागि प्रस्ताव गरेको प्राधिकरणले यसरी अत्यधिक रूपमा खर्च बढी देखाएर विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको हो । अघिल्लो वर्षभन्दा बढीमा ८ देखि १० प्रतिशतसम्म खर्च वृद्धि हुनुलाई सामान्य मानिन्छ तर प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि प्रस्ताव गरेर विद्युत् नियमन आयोगले सार्वजनिक गरेको विवरणमा भने यति धेर खर्च बढी हुने प्रक्षेपण गरिएको हो । विवरणमा साढे ७ अर्ब त सञ्चालन, रोजगारदाता, प्रसारण लाइन, कर्पोरेल सञ्चालन लगायतलाई मात्र वृद्धि हुने उल्लेख गरिएको छ ।
बिजुलीको भाऊ घटाउनुपर्ने भन्दै आयोगमाथि विभिन्न पक्षबाट दबाब भईरहेको र बिजुलीको भाऊ अत्याधिक महंगो भएको भन्दै आलोचना भइरहेको बेला प्राधिकरणले यस्तो प्रस्तावलाई नियमन आयोगले भने विश्लेषण गरिरहेको छ । आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले भने प्राधिकरणले उपलब्ध गराएको विवरणहरू आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको र पठाएको प्रस्तावको विश्लेषण भइरहेको बताए । औद्योगिकका साथै उपभोक्ताहरूलाई समेत बिजुलीको भाऊ बढाउनका लागि प्रस्ताव गरेको विद्युत् प्राधिकरणको प्रस्तावको विश्लेषण सही रूपमा हुने नहुनेबारे भने उपभोक्ताहरूमा आशंका छ । नियमन आयोगले विद्युत् प्राधिकरणको आयोजनाहरूलाई समेत प्रतिफलको व्यवस्था गरेपछि आयोग समेत बिजुलीको भाऊ वृद्धिको पक्षमा रहँदै आएको भन्दै आलोचना समेत हुँदै आएको छ ।विवरणअनुसार आर्थिक वर्ष २०७५-०७६ मा प्राधिकरणको मुख्य आम्दानी ७६ अर्ब ४९ करोड ७ लाख रहेकोमा वृद्धिले चालू वर्ष २०७६-०७७ मा ८४ अर्ब २२ करोड ६४ लाख पुग्ने तर खर्च भने गत वर्ष ६६ अर्ब ९९ करोड ३० लाख रहेकोमा ८६ अर्ब ६० करोड ६३ लाख पुग्नेछ । चालू वर्षको प्रक्षेपणमा राजस्व ग्याप २ अर्ब ३७ करोड ९८ लाख हुने पनि उल्लेख छ । अघिल्लो वर्षभन्दा चालू वर्षमा विद्युत् प्राधिकरणले गरेको आर्थिक विश्लेषणको परिदृष्यमा प्राधिकरणका कार्यरत रोजगारदाताएको मात्र ३ अर्ब ४८ करोड बढी खर्च हुने देखाईएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि गत वर्षभन्दा चालू वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपण गरेको भेटिएको छ । १४ प्रतिशतसम्म बिजुलीको भाउ बढाउनका लागि प्रस्ताव गरेको प्राधिकरणले यसरी अत्यधिक रूपमा खर्च बढी देखाएर विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको हो । अघिल्लो वर्षभन्दा बढीमा ८ देखि १० प्रतिशतसम्म खर्च वृद्धि हुनुलाई सामान्य मानिन्छ तर प्राधिकरणले विद्युत् महशुल वृद्धिका लागि प्रस्ताव गरेर विद्युत् नियमन आयोगले सार्वजनिक गरेको विवरणमा भने यति धेर खर्च बढी हुने प्रक्षेपण गरिएको हो । विवरणमा साढे ७ अर्ब त सञ्चालन, रोजगारदाता, प्रसारण लाइन, कर्पोरेल सञ्चालन लगायतलाई मात्र वृद्धि हुने उल्लेख गरिएको छ ।
रोजगारदताको पेन्सन फण्डको लागि करिब ७ अर्ब ९८ करोड गत वर्ष रहेकोमा यस वर्ष बढेर ११ अर्ब ४३ करोड पुग्ने अर्थात ३ अर्ब ४५ करोड बढ्ने प्रक्षेपण गरिएको छ । त्यसैगरी प्रसारण लाइन खर्चमा गत वर्ष ३ अर्ब ७ करोड ३१ लाख रहेकोमा १ अर्ब ५६ करोड बढेर ४ अर्ब ६६ करोड ५५ लाख पुग्ने, कर्पोरेट अफिस सम्बन्धी खर्च गत वर्ष ८५ करोड ३६ लाख रहेकोमा १ अर्ब २२ करोड बढेर २ अर्ब ७ करोड ६३ पुगेको, सञ्चालन खर्च ८८ करोड ९१ लख गत वर्ष रहेकोमा १३ करोड बढेर १ अर्ब ३ करोड २३ लाख पुग्ने, गत वर्ष ट्रान्समिसन लाइन-नेटवर्क खर्च १ अर्ब २ करोड रहेकोमा ३ करोड बढेर १ अर्ब ५ करोड पुग्ने तथा ऋणको ब्याज ३ अर्ब ९२ करोड ९४ लाख रहेकोमा एक अर्ब ७ करोड बढेर ५ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । डिप्रिसिएसन (ह्रासकट्टी)मा मात्र साढे ६ अर्ब बढी हुने देखाइएको अयाोगको वेभसाईटमा उल्लेख छ ।
गत वर्ष ४८ अर्ब ४८ करोड रहेकोमा साढे ६ अर्ब बढेर ५५ खर्ब पुग्ने, गत वर्ष रिटर्न-डेभिडेन्ट १२ करोड ५५ लाख रहेकोमा घटेर ११ करोड १० लाखमा झर्ने, अन्य आम्दानी ५ अर्ब २० करोड ५ लाखबाट ३ अर्ब २१ करोड ७० लाखमा झर्ने, विद्युत् खरिद (निजी क्षेत्र र आयात) ३८ अर्ब ९६ करोडबाट ३९ अर्ब १९ करोड पुग्ने प्रक्षेपण प्राधिकरणको छ ।

1 comment:
Do this hack to drop 2 lbs of fat in 8 hours
Over 160 000 women and men are trying a simple and SECRET "water hack" to drop 2lbs each and every night as they sleep.
It's effective and it works on everybody.
Here's how to do it yourself:
1) Take a clear glass and fill it half full
2) And now follow this strange hack
so you'll become 2lbs skinnier the next day!
Post a Comment