प्राधिकरण चुनाव अनिश्चित
-सौर्य समाचार
काठमाडौं, २८ कात्तिक । कर्मचारी संघ/संगठनकै विवादको कारणले नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित बनेको छ । आगामी २७ मंसिरमा निर्वाचन गर्नका लागि सोमबार सूचना प्रकाशित गर्नुपर्ने भए पनि निर्वाचन अधिकृत एवं प्राधिकरण निर्देशक शान्तिलक्ष्मी शाक्यले संघ/संगठन विवादका कारणले राजीनामा दिएपछि निर्वाचन अनिश्चित बनेको हो ।
प्राधिकरणभित्रका युनियन र कर्मचारी संघले पूर्व सहमतिअनुसार आगामी मंसिर २७ मा चुनाव गर्नुपर्ने अडानमा थिए भने कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन र परिषद्ले समानुपातिक निर्वाचन प्रणालीविपरीत चुनाव गर्न लागेको भन्दै त्यसको विरोध गरेको थियो । सोही विवादका कारणले दुई दिनदेखि प्राधिकरणमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था गरिएको छ । युनियन र संघअनुसार निर्वाचनका लागि वाग्मती श्रम कार्यालयबाट ल्याएको पत्र तीन कर्मचारी संगठनका प्रतिनिधिले पत्रबाहकलाई कार्यालयमै पुगेर कुटपिट गरेपछि सूचना प्रकाशित हुन सकेन ।
पत्र ल्याउने श्रम कार्यालयको कर्मचारीलाई कुटपिट गरेपछि कालीमाटी प्रहरीले पत्र ल्याउनेलाई कुटपिट गर्ने कालीकोटका ३० वर्षीय खगेन्द्र शाहीलाई पक्राउ गरेको जनाएको छ । मंसिर २७ गते हुने निर्वाचन रोक्नका लागि कर्मचारी संगठनका प्रतिनिधि श्रम कार्यालय घेराउकै लागि पुगेका थिए । पाँच कर्मचारी संघ/संगठन निर्वाचनका लागि सहमतिमा नआई विवाद गर्न थालेपछि निर्वाचन गर्न नसक्ने अवस्थामा देखेर सोमबार नै निर्वाचन अधिकृत शाक्यले राजीनामा दिएकी छिन् । तीन संगठन चुनाव नै हुनै नदिने र दुई संघ/संगठन चुनाव हुनै पर्ने अडानमा रहेपछि प्राधिकरणमा तनाब बढ्दै गएको थियो । आङ्खनो माग पूरा नभएसम्म निर्वाचन गर्नुहुन्न भन्ने तीन कर्मचारी संगठनले गत २१ कात्तिकमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ र शाक्यको कार्यकक्षमा तालाबन्दी गरेका थिए । श्रेष्ठको कार्यकक्षमा केही दिनअघि नै ताला खोलिए पनि प्रहरीको सहयोगमा शाक्यको कार्यकक्षमा भने आइतबार मात्र ताला खोलिएको थियो । यही विवादले प्राधिकरणमा प्रहरी नै परिचालन गर्नुपरेको थियो ।
निर्वाचन अधिकृतले राजीनामा दिए पनि श्रमले सार्वजनिक सूचना जारी गरेमा अर्को निर्वाचन अधिकृत तोकेर निर्वाचन गराउन सक्ने भए पनि तीन संगठनको विरोध र पत्रबाहकलाई कुटपिट गरेपछि निर्वाचन अनिश्चित बनेको युनियनका एक अधिकारीले जनाए । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले भने निर्वाचन अधिकृतले राजीनामा दिइसकेको अवस्थामा अब पाँचै संघ/संगठनको सहमतिमा मात्र निर्वाचन हुने र अहिलेको विवाद टुंगिएको बताए ।
तीन संगठनद्वारा आन्दोलन
काठमाडा : प्राधिकरणका तीन कर्मचारी संगठनले आन्दोलनको घोषणा गरेका छन् । आङ्खनो मागविपरीत आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न लागेको र प्राधिकरणभित्र अनियमितता र भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् । प्राधिकरणका राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन र परिषद्ले सोमबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । राष्ट्रिय संगठनका अध्यक्ष सीताराम थापा, कर्मचारी संगठनका अध्यक्ष दुर्गा ढकाल र परिषद्का कार्यवाहक अध्यक्ष महेन्द्र बस्नेतद्वारा संयुक्त जारी विज्ञप्तिमा तिहार र छठपर्व सिद्धिएपछि मंसिरको पहिलो सातादेखि आन्दोलन गर्ने उल्लेख छ ।
विज्ञप्तिअनुसार ट्रान्सफर्मर प्रकरणमा मुछिएका प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठको राजीनामाको माग गर्दै प्रवेश निषेध गर्ने, प्राधिकरण र देशले धान्न नसक्ने थर्मल प्लान्ट ल्याउने निर्णयको विरोध गर्ने, रातो नम्बर प्लेटको सट्टामा प्राधिकरणको प्लेट राख्न लगाउने र सवारी दुरुपयोग गरेमा संगठनहरूले नियन्त्रणमा लिई प्रशासनमा बुझाउने, १ मंसिरदेखि प्राधिकरणको स्रोत दुरुपयोग गर्नेहरूको नाम सार्वजनिकलगायत आन्दोलनका कार्यक्रम उनीहरूले सार्वजनिक गरेका छन् । बहुमत ट्रेड युनियन निर्वाचनको विपक्षमा रहेकाले आगामी मंसिर २७ गते हुने निर्वाचन मान्य नहुने र प्राधिकरणका कामु निर्देशकको राजीनामापछि छलफल गरी समानुपातिक आधारमा निर्वाचन गर्नुपर्ने माग उनीहरूको छ ।
सोमबारसम्म सूचना प्रकाशित नभएमा २७ मंसिरमा निर्वाचन हुन नसक्ने भएकाले युनियन र संघले त्यसका लागि धर्ना दिएपछि अन्य तीन संगठन पनि सूचना प्रकाशित गर्न नदिनका निर्वाचन कार्यालयको कार्यकक्षमा धर्नामा बसेका थिए । विवादका कारण प्राधिकरणभित्र प्रहरी परिचालनसमेत गरिएको थियो । प्रहरीले निर्देशक शाक्यको कार्यकक्षमा लगाइएको तालाबन्दी तीन संगठनका प्रतिनीधिलाई हटाएर खुलाएको थियो । त्यसपछि प्राधिकरणले सूचना प्रकाशित गर्नका लागि वाग्मती श्रम कार्यालयमा पत्र पठाएको थियो । ‘प्राधिकरणले सूचना प्रकाशित गर्नका लागि पत्रसमेत पठाइसकिएको छ, अब चुनाव हुन्छ भन्ने अवस्था आएको छ,’ युनियनका अध्यक्ष रामप्रसाद रिमालले भने, ‘तीन संगठनले चुनाव नचाहेकाले केही विवाद बढेको छ ।’ उनका अनुसार पहिला चुनावका लागि सहमति गरेका संगठनले चुनाव गर्न नदिनका लागि तालाबन्दी गरेका थिए ।

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment