-भीम गौतम
‘कहिल्यै
बिजुली नपुगेको विकट गाउँका चाहुरिएको अनुहारमा उज्याँलोले खुसीको धर्सा
देखिँदा बडो आनन्द आउने रहेछ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका
कार्यकारी निर्देशक प्रा.डा. गोविन्दराज पोखरेल नवीकरण ऊर्जाको प्रभाव बारे
भन्दै थिए, ‘ सुविधा सम्पन्न सहर लोडसेडिङले अध्याँरो भइरहेको बेला
उज्याला गाउँका संख्या बढेको छ ।’
औपचारिक रूपमा नवीकरण ऊर्जा विस्तार सुरु भएको २० वर्ष नाघेको छैन । तर, उज्यालो देख्न सहर पुग्नैपर्ने बाध्यताबाट गाउँले मुक्ति पाएको छ । सन् १९५० को दशकमा बायोग्यास सुरु भएको थियो भने ०१९ सालमा गोदावरीमा सबैभन्दा सानो लघुजलविद्युत् बनेको थियो । पोखरीमाथि बत्ती बालेर बत्तीमा झुम्मिएका किरा पोखरीमा खस्ने र ती किरा माछाका लागि आहार हुने गर्थे । पञ्चायतकालमा कृषि विकास बैंकमार्फत अनुदान दिएर केही क्षेत्रमा नवीकरण ऊर्जा प्रणाली पुगे पनि ०५३ सालमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको स्थापनासँगै यसले व्यापकता पायो । ०५३ साल अघिसम्म एक प्रतिशत पनि नवीकरण ऊर्जाको पहुँच नभएको नेपालको ग्रामीण क्षेत्रका १४ प्रतिशत घरधुरीमा नवीकरणीय ऊर्जा प्रविधि पुगेको छ । यसले गाउँका वृद्धवृद्धामा विशेष खुसीयाली ल्याएको हो जसले गाउँमा बिजुली देख्न पाइएला भन्ने कल्पनासम्म पनि गरेका थिएनन् । नवीकरण ऊर्जा अति विकट गाउँ पुग्यो र उज्यालोसँगै धेरै विकासका ढोका खोलिदियो ।
नवीकरण ऊर्जाको विकास र विस्तारसँग प्युठान जिल्लाको विकट सरपुरकोटका डा. पोखरेलको योगदान पनि जोडिएको छ । २० वर्षदेखि ऊर्जा र १४ वर्षदेखि नवीकरणीय ऊर्जाका क्षेत्रमा योगदान दिएका
पोखरेलको विगत पनि टुकीको भरमा चलेको थियो । दु:खका साथ पढेको सम्झेर यी मेकानिकल इन्जिनियरले नवीकरणीय ऊर्जामा मास्टर र पिचएडी गरे । सात वर्ष त केन्द्रको कार्यकारी निर्देशकका रूपमा नवीकरण ऊर्जा विस्तारको नेतृत्व गरेका अहिले उनी अहिले खुला प्रतिस्पर्धाद्वारा छानिएर केन्द्रको नेतृत्व गरिरहेका छन् । पुल्चोक इन्जिनियर कलेजको प्रमुखसमेत भइसकेका पोखरेलले पाकिस्तान, बंगलादेश, इन्डोनेसियालगायत मुलुकमा नवीकरणीय ऊर्जा विशेषज्ञका रूपमा काम गरेका छन् । विदेशको काम छोडेर उनी केन्द्रको कार्यकारी निर्देशक बन्न आएका थिए । ‘नवीकरणीय ऊर्जा अन्धकारले सिर्जना गर्ने दु:ख हटाउने सबैभन्दा उपयुक्त प्रविधि हो, अधिकांश विकासबाट वञ्चित लाखौँ जनताको उज्यालोमा बस्ने सपनासँग यो जोडिएको छ,’ उनले नवीकरण ऊर्जा विस्तारको सपना सुनाए, ‘विदेशको जागिर छोडेर नवीकरणीय ऊर्जा क्षेत्रमा केही गराँै भनेरै देश फर्केको हुँ । अध्याँरोमा बसेर उज्यालोका लागि भौतारिएका विकट गाउँका कुना कन्दरासम्म नवीकरणीय ऊर्जाको उज्यालो पुर्याउनका लागि म कँस्सिएको छु ।’
केन्द्रका अनुसार अहिले तीन लाख घरधुरीमा लघु जलविद्युत् र चार लाख घरधुरीमा सोलार पुगिसकेको छ । ती घरधुरीमा कहिल्यै लोडसेडिङ हुँदैन । तीन लाख घरधुरीमा बायोग्यास तथा ६ लाख ५० हजार घरधुरीमा सुधारिएको चुल्हो पुगेको छ । सन् २०१७ भित्र सबै घरधुरीमा सुधारिएको चुल्हो पुर्याएर घरलाई धुवाँमुक्त घोषणा गर्ने सरकारले सार्वजनिक रूपमै जनाइसकेको छ । पाँच वर्षभित्र ६ लाख घरधुरीमा सोलार, एक लाख ३० हजार घरधुरीमा बायोग्याँस, सात सय ५० सोलार ड्रायर, २५ मेगावाट विद्युत् उत्पादन अर्थात् एक लाख ५० हजार घरधुरीमा लघु जलविद्युत्, चार हजार सुधारिएका घट्ट तथा एक हजार पाँच सय ५० वटा खानेपानी, अस्पताल र स्कुललगायतमा संस्थागत सोलार बनाउन लागिएको छ । सुधारिएको चुल्हो कार्यक्रमअन्तर्गत ३५ हजार फलामे चुल्हो निर्माण गर्ने लक्ष्य छ ।
मोटरबाटो, अस्पताल, सञ्चारलगायतका सुविधा नपुगेको गाउँ नवीकरणीय ऊर्जाले झिलिमिली भएको छ । बिजुलीको उज्यालो थाहा नपाएका, नेदेखेका तथा सहर बिजुलीले झलमल्ल हुन्छ रे † भनेर सुनेका गाउँलेका लागि नविकरणीय ऊर्जाले गाउँको मुहार फेरेको छ । अहिले त ऊर्जा पुगेका ती गाउँलेहरू उल्टो भन्न थालेका छन्, ‘सधैँ उज्यालोमा बस्नु छ भने सहर छोडेर गाउँ आऊँ, यहाँ लोडसेडिङ छैन ।’ नवीकरणीय ऊर्जाले विकट गाउँमा उज्यालो मात्र दिएको छैन, नयाँ प्रविधि र विकास पनि भित्र्याएको छ । ‘अध्याँरो गाउँ झलमल्ल भएको छ । मर्ने बेलामा बिजुली देख्न पाइयो भन्ने धेरै वृद्धवृद्धा देखेको छु । नविकरणीय ऊर्जासँग उनीहरूको खुसी र समाजको विकास जोडिएको छ,’ डा. पोखरेलले भने, ‘लघु जलविद्युत् पुगेको ठाउँमा त इमेल इन्टरनेट नै चलेको छ, जसले गाउँलाई विश्वसँग जोडेको छ । सहर धाउनुपर्ने बाध्यता मेटेको छ । एफएम रेडियो र स्वास्थ्य केन्द्र चलेका छन्, बायोग्यास र सुधारिएको चुल्होका कारण जंगल जोगिएको छ, महिला तथा वृद्धवृद्धालाई श्वासप्रश्वासलगायत रोगबाट टाढा गराएको छ ।’ आँखा पिरो बनाएर पढ्नुपर्ने वाध्यताको अन्त्यले ल्याएको खुसीयाली गाउँका बालबालिकामा प्रष्ट देखिन्छ ।
विद्युत्ीय ऊर्जा वितरणमा जलविद्युत् प्रभावकारी हो भन्नेमा दुई मत छैन । तर, नवीकरणीय ऊर्जा जलविद्युत्को सबैभन्दा महत्त्वपूर्ण ‘ब्याकअप’ हो । दैनिक १२ घन्टा लोडसेडिङ भइरहेको बेला ‘व्याकअप’को रूपमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तार जरुरी भए पनि यसका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन । जलविद्युत् आयोजना बिग्रिएमा समाधानका लागि नवीकरणीय ऊर्जालगायतका अन्य स्रोतहरूको सँगसँगै विकास गर्नुपर्ने धारणा उनको छ । अझ नेपालजस्तो जलविद्युत्को विकासमा ढिलाइ भइरहेको मुलुकको लागि नवीकरणीय ऊर्जाको आवश्यकता प्रतिदिन बढीरहेको छ ।
समुदायको सक्रियतामा निर्माण गरिने कारणले गाउँगाउँमा नवीकरणीय ऊर्जा सफल भएको छ । यही कारण नर्वेजियन, डेनिस, जर्मन, संयुक्त अधिराज्य, युएनडिपी, विश्व बैंक, एसियाली विकास बैंक, नेदरल्यान्डलगायतले यस अभियानमा सहयोग गरेका छन् । ‘जलवायु परिवर्तन र यसको कारण पानीको स्रोत सुक्दै गएकाले जलविद्युत्को ‘व्याकअप’का लागि नवीकरणीय ऊर्जा विस्तार गर्नुपर्ने अवस्था छ ।
पोखरेलका अनुसार नवीकरणीय ऊर्जाका कारण विकासको सामाजिक विभेद अन्त्य भएको छ । सहर र गाउँ, धनी र गरिबबीचको विभेद हटाएर विकासमा समानता दिने नवीकरणीय ऊर्जाका कारण पाँच सयभन्दा बढी साना उद्योगधन्दा सञ्चालन भएर ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन् । यद्यपि, अहिले १४ प्रतिशत घरधुरीसम्म मात्र नवीकरणीय ऊर्जाको हिस्सा पुगेको छ । अझै उज्यालो देख्ने सपना बन्दै बसेका गाउँ धेरै छन् । संयुक्त राष्ट्र संघको आह्वान अनुसार सन् २०३० भित्र नवीकरणीय ऊर्जाको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्य छ जसअनुसार सरकारले योजना निर्माण गरिरहेको छ ।
नेपाल तुलनात्मक रूपमा नवीकरणीय ऊर्जाका लागि उदार मानिन्छ । ‘बंगलादेश, पाकिस्तानलगायत देशभन्दा नवीकरण ऊर्जामा नेपाल उदार देखिन्छ,’ पोखरेल भन्छन्, ‘नवीकरणीय ऊर्जाको प्रविधिको मोडालिटी पनि यहाँ दिगो खालको छ ।’ उनका अनुसार बायोग्यासको मोडालिटी अफ्रिका तथा एसियाका २१ राष्ट्रमा अनुशरण गरिरहेको छ ।

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment