http://karobardaily.com/news/development/12170
शुक्रवार, कार्तिक १६, २०७५
देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युत्को अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएका छन् । राष्ट्रिय योजना आयोगले स्थानीयदेखि केन्द्रीय तहसम्मका योजनाहरू निर्माणमा सहजीकरणका लागि दुई एप्स निर्माण गर्न लागेको हो । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युत्को अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएका छन् । राष्ट्रिय योजना आयोगले स्थानीयदेखि केन्द्रीय तहसम्मका योजनाहरू निर्माणमा सहजीकरणका लागि दुई एप्स निर्माण गर्न लागेको हो । जलस्रोत र विद्युतीकरणको अवस्थाबारे विस्तृत रूपमा जानकारी दिने गरी आयोगले एप्स बनाउन लागेको र यसको जिम्मा एनईए इन्जिनियरिङ कम्पनीलाई दिन लागिएको आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जानकारी दिए । “कुन खोलामा कति पानी छदेखि कुन ठाउँसम्म कति विद्युतीकरण भएको छ भन्नेसम्मको विस्तृत विवरण दिने गरी एप्स बनाउन लागेका छौ.,” उनले भने, “यसको तयारीमा हामी लागेका छौँ, यसको लागि बजेटको व्यवस्थापनको काम अघि बढेको छ ।” उनका अनुसार एप्स बनाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई सहज रूपमा प्रारम्भिक जानकारी भएर जलविद्युत् आयोजनाहरूलाई लगानीका लागि सहज हुनेछ । इन्जिनियरिङ कम्पनीले दुवै एप्स निर्माणका लागि आयोगमा प्रस्ताव गरिसकेको छ । एनवाटर एप्सबाट नेपालमा भएका सबै नदी र खोलाहरूको हिउँद र वर्षाको पानीको अवस्था, त्यो पानीबाट जलविद्युत्, खानेपानी र सिँचाइको सम्भावनालगायत विस्तृत रूपमा संसारको जुनसुकै कुनाबाट पनि एप्समार्फत थाहा पाउन सकिनेछ । यसैगरी, एनपावरबाट कति गाउँमा विजुली पुगेको छ, कहाँ पुगेको छैन, त्यहाँ कसरी लैजान सकिन्छदेखि कुनै क्षेत्रमा विजुली बन्द भएमा कुन ट्रान्सफर्मरको कारणले समस्या आएकोसम्म सहजै थाहा पाउन सकिनेछ । हालसम्म कुन नदी र खोलाको पानीको क्षमता तथा विधुतिकरणबारे स्पष्ट जानकारी दिने कुनै विवरण नभएकोमा एप्स निर्माणपछि विस्तृत रूपमा सहज जानकारी हुने कम्पनीले जनाएको छ । “आयोगमा प्रस्ताव गरिसकेका छौं, आयोगबाट स्वीकृत भएपछि एक वर्षभित्र दुवै एप्स निर्माण गरिसक्छौ,” इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भने, “यसबाट विशेष गरी स्थानीय सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आफ्ना योजना अघि बढाउन र सेवालाई प्रभावकारी रूपमा अघि बढाउनका लागि धेरै सहज हुनेछ ।”एप्स बनेपछि विधुतिकरण नभएको क्षेत्र र घरसमेत सहजै रूपमा हरेकले एप्समार्फत जानकारी पाउन सक्नेछन् भने पानीको मात्राको आधारमा खानेपानी, सिञ्चाई र जलविद्युत् निर्माणको सम्भावनाबारे जानकारी हुनेछ । प्रबन्ध निर्देशक शाक्य स्थानीय निकायका जनप्रतिनिधिहरू आफ्नो क्षेत्रको नदी र खोलाको उपयोगबारे अलमलमा रहेकोले यसले निर्णय प्रक्रियामा धेरै सहज बनाउने बताउँछन् । उनका अनुसार वर्षाको बर्षादेखि हिउँदको सुख्खासम्मको पानीको परिमाणसमेत एप्सले सहज रूपमा देखाउनेछ । एप्सबाट आउने प्रारम्भिक विवरणले जलविद्युत्, खानेपानी र सिँचाइ आयोजनाको योजना निर्माण र लगानीलाई सहजीकरण गर्ने कम्पनीले जनाएको छ । हालसम्म बजेट व्यवस्थापन नभएकोले काम अघि नबढेपनि योजना आयोगले छिट्टै बजेट व्यवस्थापन गर्ने जनाएको छ । आयोगका सदस्य ओली डेढ करोडमात्र बजेट लाग्ने भएकोले विभिन्न सरकारी निकाय र दातृ निकायसँग बजेट व्यवस्थापनबारे छलफल भइरहेको बताउँछन् । तथ्यगत विवरण नभएकै कारण भने हालसम्म हचुवाको भरमा लगानीकर्ताहरूले जलविद्युत्को अनुमतिपत्र (लाइसेन्स) लिने र पछि विस्तृत अध्ययन गर्दा सो अनुसारको हाइड्रोली नहुँदा आयोजना अघि बढाउनका लागि समस्या हुने अवस्था छ ।

No comments:
Post a Comment