काठमाडौ : दुई वर्षअघि खारेज गरिएको सामुदायिक विद्युतीकरण विभागलाई
पुन: स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले अध्ययन
प्रतिवेदन समिति गठन गरेको छ । आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण
बैठकले प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र
पाण्डेको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा ग्राहक तथा
वितरण पूर्व र पश्चिमका प्रतिनिधि तथा प्राधिकरणका डिल्लीरमण दाहाल
सदस्यसचिव छन् । ०६० सालमा प्राधिकरणमा छुट्टै सामुदायिक विद्युतीकरण शाखा
गठन गरी सामुदायिक विद्युतीकरण कार्यक्रम अघि बढाए पनि ०६७ सालमा खारेज
गरिएको थियो । खारेज गरिएपछि अहिले सामुदायिक विद्युतीकरण कार्यक्रमको
प्राधिकरण ग्राहक तथा वितरण पूर्व र पश्चिमले हेरिरहेका छन् । विभाग खारेज
भएपछि सामुदायिक विद्युतीकरणको कार्य लथालिङ अवस्थामा छ भने सामुदायिक
विद्युत् व्यवसायी महासंघले पनि व्यवस्थित माग गर्दै आएका थिए ।
बैठकमा ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हरिराम कोइरालाले विभाग गठनको प्रस्ताव राखेपछि केही सञ्चालक सदस्यले सिधै गठनभन्दा पनि विगतमा किन खारेज गरियो र यसको आवश्यकता किन छ भन्ने अध्ययन नभई विभाग गठन गर्न नहुने बताएपछि समिति गठन गरिएको थियो । मुख्यसचिव लीलामणि पौडेलले ऊर्जा सचिवलाई सामुदायिक विद्युतीकरणको छुट्टै निकाय गठन गर्नका लागि निर्देशनसमेत दिएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दियो । सञ्चालक समितिले डिजेल प्लान्टका लागि प्राधिकरणले गरेको टेन्डर आह्वानलाई स्वीकृत गरेको छ । प्राधिकरण बैठकमा त्रिशूली ३–ए आयोजनाको क्षमता ६० बाट ९० मेगावाट बनाउनका लागि बनाइएको समितिका संयोजक एवं ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवर यसबारे प्रतिवेदन पेस गरेका थिए । तर, प्राधिकरणले नभई प्रधानमन्त्रीको निर्देशनमा समिति गठन गरिएकोले उत्तै प्रस्तुतीकरण गर्नु उपयुक्त हुने सुझाव बैठकमा दिइएको थियो । (सौस)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment