चैत्रदेखि ठोस्ने आयोजनाको निर्माण
काठमाडौं: आगामी चैत्रदेखि टुंगुन ठोस्ने तथा खानी खोला जलविद्युत आयोजनाको निर्माण सुरु गरिने भएको छ । खानी खदोला हाइड्रो पावर कम्पनीले बनाउनका लागि ४ दशमलब ३६ मेगावाटको ठोस्ने र २ मेगावाटको खानीखोला आयोजना बन्न लागेको हो ।कुल ९६ करोड ७५ लाखको लागतमा निर्माण हुने आयोजनामा ७० प्रतिशत ग्राण्ड बैक, सिभिल बैक र सिटीजन बैक तथा ३० प्रतिशत कम्पनीको शेयर लगानी रहने छ । खानी खोलाका कम्पनीको ५१ प्रतिशत शेयर लिएको पशुपति उर्जा विकास कम्पनीका अनुसार, आयोजनामा थप लगानी वैदिक हाइड्रो र प्रभु फाइनान्सको १९ दशमलब ५ प्रतिशत तथा स्थानीयबासीको १० प्रतिशत शेयर रहनेछ । चैत्रभित्र आयोजना सुरु गरेर दुई बर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको पशुपति कम्पनीका कार्यकारी अध्यक्ष विजयमान शेरचनले बताए । आयोजनाले ललितपुरको इकुडोल, भट्टडा डा र शंखु गाविसका बासिन्दासाग छलफल समेत गरेको छ । (सौस)
No comments:
Post a Comment