आइतवार, आश्विन १२, २०७६
सरकारले जाजरकोटस्थित ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा बनाउन जापान सहयोग नियोग (जापान) सँग प्रस्ताव गरेको हो ।
जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा पीपीपी मोडेलमा परियोजना बनाउन प्रस्ताव गरेका हुन् । जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच भएको भेटवार्तामा मन्त्री पुनले नलसिंह गाड जलविद्युतमा लगानी गर्न समेत आग्रह गरेका थिए । उर्जामन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा परियोजना अघि बढाउन आग्रह गरे ।
‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपीआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चाँडै यसले मुर्त रुप पाउनेमा म आशावादी छु ।’ मन्त्री पुनले भने । छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले आफूहरु परियोजना अघि बढाउन सकारात्मक भएको बताउँदै नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता जनाएका थिए ।जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा पीपीपी मोडेलमा परियोजना बनाउन प्रस्ताव गरेका हुन् । जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच भएको भेटवार्तामा मन्त्री पुनले नलसिंह गाड जलविद्युतमा लगानी गर्न समेत आग्रह गरेका थिए । उर्जामन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा परियोजना अघि बढाउन आग्रह गरे ।
मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधबार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल पनि छलफल गरेका थिए । भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।
भेटमा मन्त्री पुनले नेपालमा हाल पाँच वर्षका लागि स्थायी सरकार रहेको भन्दै थप लगानीका लागी आग्रह गरेका थिए । नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दावी गरे ।भ्रमणका क्रममा २५ भन्दा बढी कम्पनीका प्रतिनिधि र १ सय सहभागी भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रहका साथै उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाएका थिए ।
अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो ईलेक्ट्रोनिक्स, न्यूजेक ईलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो ।

No comments:
Post a Comment