Saturday, March 28, 2020

रातको समयमा तीन सय मेगावाट विद्युत् खेर

आयात पनि घटाइयो 
आइतवार, चैत्र १६, २०७६
लकडाउनको कारण विद्युत्मा माग घटेपछि रातिको समयमा मात्र झण्डै ३ सय मेगावाट बराबरको विद्युत् खेर गएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, रातीको समयमा अहिले माग ४ सय मेगावाट मात्र छ तर भारतबाट आयात घटाएर निजी क्षेत्र र प्राधिकरणको गरी ६ सय ८८ मेगावाट विद्युत् उत्पादन हुने अवस्था छ । प्राधिकरणका अनुसार, लकडाउनअघि प्राधिकरणको ३६९ र निजी क्षेत्रबात २५७ मेगावाट उत्पादन थियो भने हाल घटाएर भारतबाट ६० मेगावाट आयात भईरहेको छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार, २५० मेगावाट ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात भईरहेकोमा बिहीबार रातीदेखि ५० मेगावाटमा झारिएको छ भने ६० मेगावाट आयात हुने टनकपुरबाट पनि घटाएर १० मेगावाटमा झारिएको छ ।
अन्य अधिकांश भारतबाट आयात हुने प्रसारण लाइनबाट विद्युत् आयात बन्द गरिएको छ । “सकेसम्म खेर नजाने गरी प्रयोग गर्ने योजना बनाएका छौं,” प्रवक्ता अधिकारी भन्छन्, “ढल्केबर–मुज्जफरपुरबाट २५० मेगावाट आयात गर्ने गरिएकोमा ५० मेगावाट र टनकपुरबाट ६० मेगावाट आयात गर्ने गरिएकोमा १० मेगावाट झारिएको छ ।” ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट २५० मेगावाट आयात गर्न भारतसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएपनि फोर्स मेजरको कारणले सम्झौताको प्रावधान अनुसारनै घटाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार आयात गरिरहेको बिजुली शुन्य बनाउन नमिल्ने भएकोले न्यूनत्तम मात्र आयात गरिएको र नेपाली बिजुली खेर जाने अवस्थामा शून्यमा झार्ने तयारी पनि प्राधिकरणको छ ।
कुल ११४ मेगावाटको कुलेखानी पहिलो, दोस्रो र तेस्रो नचलाएको प्राधिकरणलाई निजी क्षेत्रबाट विद्युत् लिनैपर्ने वाध्यातात्मक अवस्था रहेकोले सकेसम्म विद्युत् प्राधिकरणले आफ्ना विद्युत् गृहहरूको उत्पादन कम गर्ने लक्ष्य लिएको छ । १४४ मेगावाटको कालीगण्डकीको एउटा युनिट मर्मतका लागि उत्पादन बन्द गरिएको छ भने दुई युनिटबाट लकडाउनअघि ७१ मेगावाट उत्पादन भइरहेकोमा त्यसलाई ४५ मेगावाटमा झारिएको छ । त्यसैगरी प्राधिकरणका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दीको विद्युत् गृहबाट लकडाउनअघि ३३ मेगावाट उत्पादन भएकोमा ३० मेगावाट तथा ६९ मेगावाटको मस्र्याङ्दी विद्युत् गृहबाट लकडाउनअघि ४० मेगावाट उत्पादन भएकोमा २६ मेगावाटमा झारिएको छ । त्यसैगरी अन्य जलविद्युत् आयोजनाहरूको उत्पादन पनि घटाइएको छ ।
लकडाउनका कारण उद्योग, धन्दा कलकारखाना बन्द हुँदा १२ सय मेगावाट पुगेको पिक आवरको विद्युत्का माग झण्डै ९५० मेगावाटमा झरेको छ भने एक हजार मेगावाट रहेको दिउँसोको माग ६ सय मेगावाटमा झरेको छ । प्राधिकरणको यो तथ्यांकले दिउँसो समेत ८८ मेगावाट बराबर विद्युत् खेर गएको छ । विद्युत् बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालयहरू बन्द भएकाले यस्तो अवस्था आएको हो । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले भने विद्युत् खपत बढाउनका लागि इडक्सन चुल्होको प्रवद्र्धन गर्न लागेको छ । सरकारले यसका लागि १५ प्रतिशत घरायसी छुट दिने निर्णय गरिसकेको छ । ऊर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् पर्याप्त रहेको बताउँदै खपत बढाउन आह्वान गरिसकेका छन् ।

Thursday, March 26, 2020

लकडाउन अवधिभर नियमित विद्युत् आपूर्तिमा कुनै समस्या हुँदैन

 वर्षमान पुन मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ
 बिहिवार, चैत्र १३, २०७६
कोरोना भाइरसको महामारीको प्रभाव नेपालमा बढ्दै जाने आशंकामा सरकारले देशभर लकडाउन गरेको छ । कोरोना भाइरसका कारण ऊर्जा क्षेत्रमा समेत प्रभाव परेको छ । यही कारण जलविद्युत् आयोजनाहरूमा आउने सामान, उपकरण आयात नहुँदा कतिपय आयोजनामा कार्यरत चिनियाँ कर्मचारीहरूका साथै अन्य विदेशी परामर्शदाताहरू धेरै आयोजनाको निर्माण प्रभावित भएको तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइ र जलविद्युत् आयोजनाहरूको निर्माण नरोक्ने निर्णय गरेको छ । विद्युत् आपूर्तिलाई नियमित र सहज गराउन विशेष व्यवस्था गरेको विद्युत् प्राधिकरणले सकेसम्म विद्युत्को महसुल अनलाइनमार्फत तिर्न र तिर्न नसकेमा लाइन नकाटिने र जरिवाना नलाग्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट कमभन्दा कम प्रभावित बनाउनका लागि योजना बनाएको बताउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सरकारले विद्युत्लाई अत्यावश्यक सेवा भनेकाले यसको व्यवस्थापनका लागि मन्त्रालयले सबै तयारी गरेको बताउँछन् । कोरोना संक्रमणले ऊर्जा क्षेत्रमा पारेको प्रभाव, कम प्रभाव पार्नका लागि मन्त्रालयले गरेको तयारी, प्रभावित आयोजनाहरूलाई सरकारले दिने राहतलगायतबारे ऊर्जामन्त्री पुनसँग कारोबारकर्मी भीम गौतमले गरेको संक्षित कुराकानी :
तपाईं अध्यक्ष रहेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले कोरोना संक्रमणको अवधिसम्मका लागि उपभोक्तालाई जरिवाना छुट दिने निर्णय गरेको छ । योसहित सावधानी अपनाउनका लागि के–के गर्नुभएको छ ?
विद्युत् प्राधिकरणमा अहिले पनि ७ लाखभन्दा बढी ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्छन् । हामीले सकेसम्म सबैलाई अहिलेको संवेदनशीलतालाई हेरेर अनलाइनमार्फत भुक्तानीका लागि अनुरोध गरेका छौं । अहिले मिटर रिडिङ र बिलिङ रोकेका छौ । यसले गर्दा आवतजावत कम हुन्छ । यस्तो अवस्थामा जुन घरमा जाने हो, त्यो घरले पनि राम्रो मान्दैन । ग्राहकलाई आफै रिडिङ गरेर प्राधिकरणलाई खबर गर्न पनि भनेका छौं । यसले हाम्रा कर्मचारीको सुरक्षामा पनि सहयोग पुग्छ । यसकारण अहिले बिजुलीको बिल तिर्नका लागि विद्युत् प्राधिकरणका काउन्टरहरूमा गएर भीडभाड गर्नुपर्ने अवस्था छैन । यदि ग्राहकले अहिले तिर्न नसकेमा पछि तिर्दा पनि यसको जरिवाना नलाग्ने र लाइन पनि नकाटिने व्यवस्था गरेका छौं । अहिले सहज भएपछि अहिले बन्द रहेको भुक्तानीको काम खुल्ने बित्तिक्कै गरेमा अहिले पाउने रिवेट पनि दिने व्यवस्था गरिएको छ । यसका लागि ग्राहकलाई अपिल गरेका छौं ।
विद्युत् अतिआवश्यक सेवा भएकाले यसको सेवा प्रवाहलाई लक्षित गरेर पनि हामीले व्यवस्था गरेका छौं । अति आवश्यक सेवाका लागि केही विद्युत् केन्द्रहरू र आयोजनाहरू संवेदनशील भएकाले त्यही नै आइसोलेसनमा राखेर सेवा दिने प्रबन्ध गरेका छौं । सरकारले लकडाउन गरेको अवधिसम्म उहाँहरूलाई त्यही बस्ने, खाने व्यवस्था मिलाइएको छ । कालिगण्डकी, मध्यमस्र्याङ्दी लगायतका आयोजनाहरूमा यो व्यवस्था गरिएको छ । यी संवेदनशील पनि छन् । यी जलविद्युत् आयोजनाहरूमा भएको प्रविधिबारे थोरै कर्मचारी साथीहरूलाई मात्र थाहा छ । केही विदेशी परामर्शदाताहरूलाई मात्र थाहा छ । त्यसकारण त्यस्ता साथीहरूलाई आइसोलेसनमा राखेर काम गराउने व्यवस्था गरेका छौं । त्यस्तै भार प्रेषण केन्द्र (एलडीसी) मा पनि इन्जिनियरहरूलाई आइसोलेसनमा राखिएको छ । उहाँहरूले पालैपालो विद्युत् प्रणालीलाई सुचारु गर्नुहुन्छ । ट्रिपिङ, रूख ढल्ने लगायतका समस्याको कारणले विद्युत् आपूर्तिमा समस्या भएमा मर्मत–सम्भारका लागि पनि टोली बनाएका छौं । नो लाइट सेवाका लागि पनि व्यवस्था गरेका छौं । उनीहरूलाई एप्रोन, माक्स, सेन्टिलाइजर लगायतका कोरोनाको संक्रमणबाट बच्नका लागि आवश्यक उपकरणहरूसहित २४ घण्टा नै खटाउने व्यवस्था पनि गरेका छौं । यसरी आइसोलेसनमा बस्दा अतिरिक्त खर्च आवश्यक हुन्छ, उनीहरूलाई प्रोत्साहन भत्ताको व्यवस्था पनि गरेका छौं । प्रत्यक्ष काममा सहभागीलाई तलबको ५० प्रतिशत र ब्याकअपमा बस्नेलाई ३० प्रतिशत दिने व्यवस्था गरिएको छ ।
के यो तयारीका कारण लकडाउनको अवधिभर नियमित विद्युत् आपूर्तिमा कुनै समस्या हुँदैन भन्न खोज्नुभएको हो ?
संक्रमणका कारण लकडाउन अवधिभर नियमित विद्युत् आपूर्तिमा कुनै समस्या हुँदैन । यसका लागि विशेष प्रबन्ध र योजना बनाइएको छ । कुनै कारणले विद्युत् आपूर्ति हुन नसकेमा ग्राहकहरूले नो लाइटमा गुनासो गरेपछि तुरुन्तै त्यो समस्या हट्छ । लकडाउनको अवधि भए पनि पहिलाजस्तै विद्युत् आपूर्तिमा कुनै समस्या हुँदैन । सिँचाइ र जलविद्युत् आयोजनाहरू निर्माण कार्यसमेत यसै अवधिमा नरोक्ने गरी अघि बढेका छौं ।
लकडाउनको अवधिभर पनि सिँचाइ र जलविद्युत् आयोजनाको काम नरोक्ने भन्नुभएको छ, कसरी अघि बढाउन लाग्नुभएको छ ?
लकडाउनको अवधिका पनि सिँचाइ र जलविद्युत् आयोजनाका कामहरू अघि बढाउन लागिएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको कामलाई पनि निरन्तरता दिनका लागि प्रबन्ध गरेका छौं । माथिल्लो तामाकोसी, भेरी बबई बहुउद्देश्यीय आयोजनालगायतका काम यस अवधिमा पनि बन्द हुँदैनन् । त्यहाँ पनि आइसोलेसनमा राखेर काम गर्दैछौं । अधिकांश कामदार त्यहीं बसेर कामलाई सुचारु गर्छन् । यसमा मन्त्रालयले समन्वय गर्छ । म आफै माथिल्लो तामाकोसी पुगेर यसबारे छलफल गरेर आएको छु । सबै सुरक्षाको प्रत्याभूति गरेर काम सुचारु राख्ने हाम्रो योजना छ ।
केही आयोजना सुचारु भए पनि अधिकांश जलविद्युत् आयोजनाको निर्माण ठप्प भएको छ । कोरोना संक्रमणपछि आयोजनाहरू कसरी प्रभावित भएका छन्, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?
ठूला पूर्वाधार आयोजनाहरूलाई निर्माणमा निरन्तरता दिने हाम्रो योजना छ । सरकारी आयोजनाहरू छँदैछ । निजी क्षेत्रका आयोजनाहरू पनि धेरै छन् । ती आयोजनाहरूमा असर परेको छ । यी आयोजनाहरूमा कतिपयमा चीनबाट सामान ल्याउनुपर्ने, कतिपय विदेशी परामर्शदाता रहेको, कतिपय उपकरणहरू आउन नसकेको लगायतका कारणले आयोजना प्रभावित भएका छन् । समग्रमा ऊर्जा क्षेत्रमा समस्या त परेको छ, तर कमभन्दा कम समस्या पर्ने गरी व्यवस्थाप गर्ने कोसिस गर्न खोजिरहेका छौं ।
ऊर्जा मन्त्रालयले कोरोना संक्रमणका कारणले के–कति जलविद्युत् आयोजनाहरूमा असर प¥यो भनेर अध्ययन सुरु गर्ने उल्लेख गरेको थियो, अध्ययनले के देखाएको छ ?
निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूलाई तपाईंका कुन–कुन आयोजनाहरू प्रभावित छन् भनेर तथ्यांकहरू मागिरहेका छौं । हाम्रै आयोजनाहरू पनि मूल्यांकन गरिरहेका छौं । सकेसम्म कम प्रभाव परोस् भन्नेमै सतर्क छौं । सरकारी आयोजनाहरूको काम त सिफ्ट मिलाएर सकेसम्म सुचारु राख्छौं । कमभन्दा कम आवातजावतबाट काम गराउने, डिजिटल माध्यमको बढी उपयोग गर्ने भन्ने पक्षमा हामी छौं ।
कोरोना संक्रमणले आयोजना निर्माण नै प्रभावित हुने देखिएको छ । यसको कारण उत्पादन मिति पर सर्ने, ठेकेदार कम्पनीको म्याद सकिने लगायतका समस्या देखिएका छन् । यसबारे सरकारले सम्बोधन गरोस् भन्ने चाहना निजी क्षेत्रको छ । यसबारे के विचार गर्नुभएको छ ?
अहिलेसम्म संक्रमण ठूलो मात्रामा फैलिएको अवस्था होइन । अहिले तयारीकै क्रममा छौं । अहिले त हामी सतर्कता र यसको व्यवस्थापनकै चरणमा छौं । यसबाट कति प्रभाव पर्छ, कति समयसम्म रहिरहन्छ भन्ने छ । पहिला त कमभन्दा कम क्षतिका लागि तयारी गरिरहेको अवस्था छ । सरकारले यस्तो अवस्थामा छ भने मन्त्रालयले यसलाई नजिकबाट नियालिरहेको छ । यसबाट केही न केही प्रभाव त देखिन्छ । उत्पादन मिति नै सार्नुपर्ने अवस्था त हुनसक्छ । सामान आयातदेखि परामर्शदातासम्मको व्यवस्थापनमा समस्या परेकै छ । प्रभावको समीक्षा गरेर निजी क्षेत्रलाई सहजीकरण हामी गर्छौं । सरकार त्यसका लागि तयार छ ।
यस्तो विपद्का बेलामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र यस मातहतका निकायहरू कसरी परिचालित छन् ?
हामीले मन्त्रालय, विभागलगायतका हामीसँग सम्बन्धित सबै निकायलाई परिचालन गरिसकेका छौं । नेपाल विद्युत् प्राधिकरणले अलग कार्यक्रम बनाएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अलग कार्यक्रम बनाएको छ । विद्युत् विकास विभागको अलग कार्यक्रम बनाएका छौं । जल तथा मौसम विभागको छुट्टै छ । यहाँ चौबीसै घण्टा सेवाको व्यवस्था मिलाएका छौं । मन्त्रालय, सरकारीको स्वामित्व रहेका कम्पनीहरूलाई पनि सुरक्षाको सबै प्रत्याभूतिसहित नियमित काम नरोक्ने गरी प्रबन्ध मिलाएका छौं । सरकारको निर्देशनअनुसार कार्ययोजना बनाइसकेका छौं । मन्त्रालयहरूबीच समन्वय होस्, सेवाग्राहीहरूको कुनै पनि सेवा नरोकियोस्, आफ्ना कर्मचारीहरूको सुरक्षा पनि ग्यारेन्टी होस्, उनीहरूलाई आवश्यकताअनुसार आइसोलेसनमा राखेर कामको विभाजन गर्ने कुरामा होस्, उनीहरूलाई सवारी साधनको व्यवस्थाको कुरा होस्, यी सबैमा योजना बनाएर व्यवस्थित बनाएका छौं । यस्तो बेला पनि सरकारको सेवाको काम रोकिँदैन । निरन्तर हुन्छ ।
पछिल्लो समयमा कोरोना संक्रमणका कारण उद्योगधन्दाहरू बन्द भएका छन् । यसको कारणले विद्युत्को माग कस्तो छ ? सहज रूपमा विद्युत् उपयोग गर्न सक्ने अवस्था छ कि छैन ?
उद्योगधन्दाहरूमा प्रभाव परेकाले केही माग घटेको छ, तर दिनभरि सबै घरमै बस्ने हुनाले अवश्य पनि यसको माग त बढ्छ नै । घरभित्रका टिभी, कम्प्युटर, ल्यापटपलगायतका साधनहरू उपयोग हुन्छ । अझ बढ्ने आशा गरेका छौं । विद्युत् उपयोग गर्नका लागि हिचकिचाउनुपर्ने अवस्था छैन । आवश्यकताअनुसार विद्युत् हामीसँग छ । मज्जाले उपयोग गरे हुन्छ । अझ ग्यासको अभाव हुनसक्ने भएकाले विद्युत् आवश्यक पर्ने उपकरणहरूको उपयोग गर्नमा कुनै समस्या छैन ।
कोरोनाले पारेको प्रभावलाई लिएर अन्य देशहरूसँग अन्तरदेशीय देशीय समन्वयको कामका लागि कसरी पहलहरू भइरहेका छन् ?
मुख्य त हाम्रो भारतसँग विद्युत् आयात–निर्यातको कुरा छ । हामीलाई नपुग्दा भारतबाट बिजुली आयात गरिरहेका छौं । हामीलाई बढी हुँदा भारतलाई पनि पठाइरहेका छौं । यो कुरा जारी रहन्छ । हामी हाम्रो विद्युत् केन्द्रबाट बढीभन्दा बढी उत्पादन गर्छौं । हाम्रो आवश्यकता पनि पूरा गर्छौं । यसका साथै ऊर्जाका वैकल्पिक प्रविधिहरूलाई पनि समन्वयात्मक ढंगले उपयोग गर्र्छौ । यता ग्यासको अभाव हुन्छ कि भनेर जनतामा चिन्ता छ । हामी विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहन गरिरहेका छौं । यो वर्ष १० हजार विद्युतीय चुलो परीक्षणका रूपमा अनुदानसहित वितरण गर्ने योजना बनाएका छौं । आगामी वर्ष १ लाखको योजना छ । अहिले हामीसँग जति पनि बिजुली छ । जोसँग विद्युतीय चुलो छ, त्यो प्रयोग गर्नुस् । अहिले बजारमा पनि विद्युतीय चुलो छ । विगतमा आपूर्ति मन्त्रालयले खरिद गरेका विद्युतीय चुलोहरू छन् । त्यो प्रयोग गर्न अनुरोध गर्न चाहन्छौं । हामी आत्तिनुपर्ने अवस्था छैन । ऊर्जाका विभिन्न स्रोत छन् । यसको उपयोग गर्नका लागि अनुरोध गर्छु ।
पहिलाको भूकम्पले पनि ऊर्जा क्षेत्रमा प्रभाव पारेको थियो । अहिले कोरोना भाइरसको संक्रमणबाट आएको अवस्थाले पनि प्रभाव पार्न थालेको छ । यसले ऊर्जा क्षेत्रमा कस्तो पाठ सिकायो जस्तो लाग्छ ?
ऊर्जा क्षेत्रमा जुनसुकै बेलामा जोखिम आउन सक्छ भन्ने देखाएको छ । अहिले कोरोनाको संक्रमण छ । कहिलेकाहीं भुकम्पको, कहिले बाढीपहिरोको छ । बेला बेलामा प्राकृतिक प्रकोप र अन्य विपद्हरू आउँछन् । यस्तो अवस्थालाई विश्लेषण गरी जोखिमहरू बेहोर्न सक्ने गरी आयोजनाहरूको क्षमता बनाउनुपर्ने रहेछ । यसका लागि जनतालाई तयार पार्नुपर्ने रहेछ । पहिलो त यस्ता आकस्मिक घटनाहरूलाई देखा पर्न नदिन पूर्वतयारी नै गर्नुपर्ने रहेछ । दोस्रो देखेपछि यसलाई तत्काल व्यवस्थापन र नियन्त्रण गर्ने कुरा महत्वपूर्ण हुन्छ । यो नै शिक्षा हो । अहिलेसम्म नेपाल सरकार सफल भएको छ । अहिले सरकारले उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ । यसले पूर्वसतर्कता, यसलाई नियन्त्रण गर्ने कुरा, अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्ने कुरा अघि बढाएको छ । खाद्यान्न, बिजुली, ग्यास, खानेपानी, सरसफाइलगायतका अत्यावश्यक कुरालाई तयारी गरेर निरन्तरता दिइरहेको छ । हामीले यस्तो अप्ठेरो अवस्थामा धैर्यताका साथ संयमित तरिकाले आफूले आफ्नो सुरक्षा र आत्मानुशासन कायम गरेर अरूलाई सहयोग गर्दे सरकारको आह्वान, अपिललाई कार्यान्वयन गर्न अनुरोध गरेका छौं । विपद्बाट बच्ने र कम क्षति हुने गरी अघि बढ्न सरकारको अपिल छ । मेरो पनि के अनुरोध छ भने केही अप्ठेरो, के दुःख भए पनि धैर्यतापूर्वक यो परिस्थितिको सामना गर्न मेरो अनुरोध, अपिल छ ।

विकास विद्युत् खपत घट्यो

विद्युत् खपत चार सय मेगावाटसम्म घट्यो
बिहिवार, चैत्र १३, २०७६
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशैभर लकडाउन घोषणा गरेसँगै बढी विद्युत् खपत गर्ने उद्योग तथा कलकारखाना बन्द हुँदा समग्र विद्युत् माग नै घटेको छ । लकडाउनको कारण कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरू बन्द छन् । यससँगै विद्युत्को माग साँझ (पिकआवर)मा २१५ मेगावाट र दिउँसोको समयमा ४ सय मेगावाट घटेको हो ।
अत्यावश्यकीय सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग एक्कासी घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “लकडाउनका कारण घरायसी प्रयोजनका लागि ग्यासको अभाव भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ,” घिसिङले भने ।
लकडाउनपछि औद्योगिकको पूर्ण रूपमातथा घरायसीको क्रमशः माग घट्दै गएको छ । लकडाउनअघि पिक आवरमा १ हजार २ सय मेगावाट पुगेको विद्युत्को माग लकडाउनपछि भने ९ सय ४५ मेगावाटमा झरेको छ भने दिउँसो १ हजार मेगावाट माग हुने गरेकोमा घटेर ६ सय मेगावाटमा झरेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । “काठमाडौंबाट धेरै गाउँ फर्केको तथा विद्युत् बढी खपत हुने उपकरणहरूको पनि कम प्रयोग हुन थालेकोले विद्युत् माग धेरै घटेको छ,” उनले भने । प्राधिकरणका अनुसार बिहानको माग पनि घटेर ४ सय ४० र रातीको माग ४ सय ८० मेगावाट पुगेको छ ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग पनि पूरै घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारी रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ । काठमाडौं उपत्यकामा मंगलबार बिहान विद्युत् माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाटमात्र रहेको प्राधिकरणले जनाएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत्को माग १ सय ४ मेगावाट मध्याह्न १२ बजे १ सय ८२ मेगावाट पुगेको छ ।
प्राधिकरणले पानी, हावाहुरी, प्राविधिकलगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउन लकडाउनको बेला पनि कर्मचारीहरू चौबीसै घण्टा तयारी अवस्थामा रहेको पनि जनाएको छ । विद्युत्को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । घिसिङका अनुसार अहिले ढल्केबर–मुज्जफ्फरपुर प्रसारणलाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ । उनले राति विद्युत्को लोड घटेकाले प्राधिकरणका विद्युत् गृह बन्द गर्नुपर्ने अवस्था रहेको बताए । प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत् ्गृहबाट उत्पादित विद्युत्बाट आपूर्ति गरिरहेको छ ।

Tuesday, March 24, 2020

विद्युत् महशुलको निर्णयमा ढिलाइ हुने

https://www.karobardaily.com/news/development/30377
मंगलबार, चैत्र ११, २०७६
कोरोना महामारीको कारण विद्युत् नियमन आयोगले विद्युत् महशुलबारे गर्न लागेको सार्वजनिक सुनुवाइ स्थगित भएपछि तोकिएको समयभित्र विद्युत् महशुलको निर्णयमा ढिलाई हुने भएको छ । कोरोना महामारीको कारण विद्युत् नियमन आयोगले विद्युत् महशुलबारे गर्न लागेको सार्वजनिक सुनुवाइ स्थगित भएपछि तोकिएको समयभित्र विद्युत् महशुलको निर्णयमा ढिलाई हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेश गरेको विद्युत् महसुल निर्धारणको प्रस्ताव उपर सर्वसाधारणको प्रतिक्रियाका लागि आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई स्थगित भएपछि महशुल वृद्धिको निर्णयमा ढिलाई हुने भएको हो । विद्युत् प्राधिकरणले १४ प्रतिशतसम्म विद्युत् महशुल वृद्धि गर्ने गरी आयोग समक्ष प्रस्ताव गरिसकेको छ । गत फागुन १ गते प्राधिकरणको महशुल प्रस्ताव स्वीकार गरेको आयोग समक्ष ६० दिनभित्र यसबारे निर्णय गरिसक्नुपर्ने व्यवस्था छ भने यसका लागि आयोग ऐन २०७४ ले सार्वजनिक सुनुवाईलाई अनिवार्य गरेको छ । सार्वजनिक सुनुवाई नगरी विद्युत् महशुलबारे निर्णय गर्न नसक्ने भएकोले विद्युत् महशुलको निर्णयमा ढिलाई हुने आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए । “सार्वजनिक सुनुवाई सकेर विद्युत् महशुलबारे निर्णय गर्ने योजना आयोगको थियो तर कोरोना भाइरसको कारणले सार्वजनिक सुनुवाई स्थगित भएपछि यसमा ढिलाई हुनेनै भयो,” उनले भने, “पछि उपयुक्त समयमा सार्वजनिक सुनुवाई गरेर महशुलबारे निर्णय गर्छौ ।”सरकारले अत्यावश्यकबाहेक अन्य काममा गर्न रोक लगाउनुका साथै २५ भन्दा बढीको भेला गर्न रोक लगाएपछि आयोगले तोकेको सार्वजनिक स्थगित भएको जनाएको छ । आयोगले सार्वजनक सुनुवाईका लागि पहिलोपटक सूचना प्रविधि (इ–हियरिङ) समेत गर्न लागेको थियो । आयोगले चैत १४, १६, १७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाण्डौस्थित डाइनिङ पार्क, मध्य बानेश्वर, पिपलबोटमा आयोगका अध्यक्ष, सदस्यहरूका साथै प्राधिकरणका प्रतिपनधिहरूको उपस्थितिमा उपभोक्ता र सरोकारवालाहरूको राय, सुझाव तथा प्रतिक्रिया लिने कार्यक्रम पनि तय गरेको थियो । सरकारले कोरोना भाईरसको कारणले २५ जनाभन्दा बढी भेला नहुन सार्वजनिक सूचना जारी गरेपछि ती स्थानहरूमा स्वास्थ्यकर्मीको उपस्थितीमा एक लटमा बढीमा २५ जनासम्मले मात्र प्रतिक्रिया दिने गरी कार्यक्रम व्यवस्थापन गर्ने योजना बनाएपनि त्यो स्थगित भएको छ ।

माथिल्लो तामाकोसीले साउनदेखि विद्युत् उत्पादन गर्ने

मंगलबार, चैत्र ११, २०७६
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी साउनदेखि उत्पादन सुरु गर्ने भएको छ । २०६५ सालबाट निर्माण सुरु भएको आयोजनाको पहिलो युनिटको विद्युत्को उत्पादन आगामी साउनको दोस्रो सातादेखि उत्पादन गर्ने भएको हो ।
साउनमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका आयोजनाको छ । आगामी असारसम्म सम्पूर्ण परीक्षण सकेर साउनको दोस्रो सातादेखि विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको काम अघि बढीरहेको आयोजनाको प्रवद्र्धक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमीटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए ।
आयोजनाका अनुसार, तामाकोसीको बाँध तथा बालुवा थिग्र्याउने (डिसेन्डिङ वेसिन) पोखरीको प्राविधिक परीक्षण सुरु भइसकेको छ । गत सोमबारबाट पानी जम्मा गर्न सुरु गरिएकोमा आइतबार पोखरी भरिएको छ । आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डिङ बेसिन राखिएका छन् । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ । बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पु¥याइन्छ । २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको आयोजनाको समग्र रुपमा ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
आयोजनाको सबैभन्दा जटिल ठानिएको आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर लामो पेनस्टक पाइप जडान तथा तल्लो ठाडो सुरुङमा २ सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा १ सय ३५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको छ । तर तल्लो ठाडो सुरुङमा १ सय ४७ र माथिल्लो ठाडो सुरुङमा १ सय ७१ मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम आगामी वैशाख महिनाभर सकेपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गर्ने योजना आयोजनाको छ
आयोजनाका अनुसार, सिभिलअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको कम्पनीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार, विद्युत् गृहका सम्पूर्ण उपकरण यसअघि नै जडान भइसकेको छ ।
आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन मन्त्री पुनसहित महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले आयोजनाको निरीक्षण भ्रमण गरेको छ । बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिए ।
भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने बताउँदै काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको बताए । “माथिल्लो तामाकोसीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ”, मन्त्री पुनले भने, “धेरै काम भएको छ, अब बाँकी काम जसरी भए पनि समयमै हुनुपर्छ ।” दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि खुसीको कुरा भएको बताए ।

Sunday, March 22, 2020

जलाशययुक्त आयोजना निर्माणमा ‘नयाँ मोडेल’

https://www.karobardaily.com/news/development/30284
आइतवार, चैत्र ९, २०७६
नेपालमा जलाशयुक्त आयोजनाहरू निर्माण हुन नसकिरहेको बेला भर्टिकल सेप्रेसन पीपीपी (सार्वजनिक निजी साझेदारी) मोडलबारे छलफल सुरु भएको छ । २० हजार मेगावाटभन्दा बढी क्षमताका ५ दर्जनभन्दा बढी जलाशययुक्त आयोजनाहरूको पहिचान भएपनि हालसम्म १०४ मेगावाट मात्र विद्युत् उत्पादन हुन सकेको नेपालमा जलाशययुक्त आयोजना बनाउनका लागि नयाँ मोडलबारे छलफल सुरु भएको हो ।
२०३९ सालमा सरकारले ६० मेगावाटको कुलेखानी प्रथम, २०४३ सालमा ३० मेगावाटको कुलेखानी दोस्रो तथा चालू वर्षमै १४ मेगावाटको कुलेखानी तेस्रोवाहेक अन्य जलाशययुक्त आयोजना बनेका छैनन् । विगत तीन दशकदेखि चर्चामा भने बुढीगण्डकी, पश्चिमसेती, सुनकोसी, उत्तरगंगा लगायतका जलाशययुक्त आयोजनाहरू छन् ।
नेपालको कठिन भौगोलिक अवस्था, कमजोर प्राविधिक क्षमता, ठूलो वातावरणीय प्रभाव, लगानीयोग्य रकमको अभाव र प्रतिफल कम हुन लगायतले जलाशययुक्त आयोजना निर्माण हुन नसकेको बेला जापान इन्टरनेशनल कर्पोरेसन एजेन्सी (जाइका) ले भर्टिकल सेप्रेसन पीपीपीबारे अध्ययन अघि बढाएको हो । जाइकाका लागि परामर्शदाताहरू न्यूजेक÷कान्साइ इलेक्ट्रिक पावरले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को अन्तिम चरणमा पुगेको ४१७ मेगावाटको नलगाढ जलाशययुक्त आयोजनालाई भर्टिकल सेप्रेसन पीपीपी ढाँचामा निर्माणका लागि अध्ययन अघि बढाएको नलगाढ जलविद्युत् कम्पनीका निमित्त कार्यकारी निर्देशक रामगोपाल लागेजुले जानकारी दिए । ‘जाइकाले जलाशययुक्त आयोजनाहरूको लागि नयाँ भर्टिकल सेप्रेसन पीपीपी ढाँचामा आयोजना बनाउन सक्ने गरी अध्ययन अघि बढाएको छ, यसपछि यो नयाँ ढाँचाबारे छलफल पनि सुरु भएको छ ।’–उनले भने ।
प्रस्तावित नयाँ ढाँचामा सरकारले सहुलियत ऋणमा बाँध निर्माण गर्नेछ भने विद्युत् गृह, सुरुङ लगायतका अन्य संरचना निजी क्षेत्रले बनाउनेछ । फेबु्रअरी २०२० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो अध्ययन प्रतिवेदनले नलगाढलाई नमूनाको रूपमा लिएरे प्राविधिकका पुर्नव्याख्या, यसको जोखिम बहन र बाँडफाँड, वित्तिय व्यवस्थापन, सञ्चालन लगायतबारे समेट्नेछ । प्रारम्भिक अध्ययनले भने निजी क्षेत्रले मात्र बनाएमा स्वपुँजी (इक्विटी) को प्रतिफल ३ प्रतिशत मात्र हुन र नयाँ भर्टिकल सेप्रेसन पीपीपी ढाँचामा बनाएमा प्रतिफल ११ प्रतिशत हुने देखिएको छ ।
प्रतिफलको हिसाबलेसबै संरचनाहरू बनाएर प्रतिफल अन्त्यन्त न्यून आउने भएकोले सबै संरचना बनाउने परम्परागत ढाँचामा बनाउन नलगाढ अयोग्य देखिएको छ ।
अझ नेपालमा विदेशी लगानीका लागि हेजिङ व्यवस्थापन, पीपीपी सहुलियत, जोखिम बहन, जिम्मेवारी बाँडफाँड र समन्वय, संस्थागत व्यवस्थापन, सञ्चालनका साथै महशुलस्तर र संरचनामा समेत समस्या छ । हाल सरकारले जलाशययुक्त आयोजनाको विद्युत् खरिद दर (पीपीए) १२.४० रूपैयाँ तोकिएपनि यो दरमा अधिकांश जलाशययुक्त आयोजना निर्माण हुन नसक्ने देखिएको छ । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको लागत प्रति युनिट २०÷२२ रूपैयाँ पर्ने भन्दै यसमा करिब ३३ प्रतिशत न्यूपरिपुर्ति कोष (भीजीएफ) बाट बेहोर्ने गरी बनाउन सकिने भन्दै तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समितिले प्रतिवेदन दिएको थियो । पहिला चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)लाई दिएर स्वदेशी लगानीमा निर्माण गर्ने गरी समझदारी खारेज गरिएको सो परियोजना पुन सीजीजीसीलाई दिइएको छ तर काम अघि बढेको छैन । झण्डै विभिन्न लगानीकर्ताले होल्ड गरेको पश्चिम सेतीको निर्माण पनि हालसम्म अघि बढ्न सकेको छैन । यस्तो अवस्थामा बहशमा आएको नयाा मोडेललाई सकारात्मक रूपमा हेरिएको छ । जाइकाले नलगाढमा लगानीका लागि चासो देखाएपनि यसको ढाँचाबारे भने अझै स्पष्ट छैन ।
चालू वर्षभित्र डीपीआर सम्पन्न गरेर अर्को बर्षभित्र वित्तिय व्यवथापन गर्ने गरी आठ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाबाट ४३५ घरधुरी विष्थापित हुने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, बार्षिक उत्पादन १२३२ गिगावाट आवर हुने आयोजनाको बाँध कक्रिट ग्राभिटी संरचनामा बनाउने र यसको उचाई २१० मिटर हुनेछ ।

Saturday, March 21, 2020

नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि १६ करोड सहायताको सम्झौता

https://www.karobardaily.com/news/development/30257
 शुक्रवार, चैत्र ७, २०७६
नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र एशियाली विकास बैक (एडीबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ । नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र एशियाली विकास बैक (एडीबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ । दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्र्तगतको ऊर्जा विस्तार आयोजना अन्र्तगत अफ ग्रिडका नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सहायतामा सम्झौता भएको हो ।
एशियाली विकास बैकको सहायता र युएनडीपीको साझेदारीमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्र्तगतको केन्द्रले परियोजना अघि बढाउनेछ । यसमा युएनडीपीले ग्रामिण जिवीकोपार्जनका लागि नवीकरण ऊर्जा (आरईआरएल) अन्र्तगत थप ०.८ मिलियन डलर र केन्द्रलाई प्राविधिक सहायता पनि गर्नेछ । परियोजना अघि बढाउजनका लागि केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, युएनडीपीका आवासीय प्रतिनीधि आईसानी लाबे र एडीबीका देशीय निर्देशक मुख्तर खामुदखानोभबीच सम्झौतामा हस्ताक्षर भएको छ । केन्द्रका कार्यकारी निर्देशक अधिकारीका अनुसार, ४.८ मेगावाट उत्पादन हुने गरी परियोजना अन्र्तगत ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पुर्व, रुकम पश्चिम, डोल्पा, जुम र मुगु जिल्लाका नौ वटा लघु जलविद्युत तथा पाँचथर, मोरङ, ओखलढुंगा, सिन्धुली, रोल्पा, सुर्खेत, कैलाली र वैतडी जिल्लाका १० सोलार मिनि ग्रिड परियोजना अघि बढाइने छ । उनका अनुसार, यसबाट ३० हजार ५ सय थप घरधुरीमा विद्युत् पहृुँच विस्तार हुनेछ ।
 युएनडीपीकी आवासीय प्रतिनिधि आईसानीले परियोजनाले स्थानीय समुदायको जीवीकोपार्जनमा ठूलो सहयोग पुग्ने बताउँदै कोरोना भाइरसले आर्थिक र सामाजिक क्षेत्रमा असर पारेकोमा रोजगारी सिर्जनामा सहयोग पु-याउने बताइन् । एडीबीका देशीय निर्देशक मुख्तरले परियोजनामार्फत भरपर्दो र गुणस्तर ऊर्जा प्राप्त भई यसले गुणस्तर जीवन यापनका साथै परियोजनाहरुको सञ्चालन र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए । सासेकले परियोजनाहरु सञ्चालन र विकासका लागि सहकारीहरु र कम्पनी स्थापनाका लागि सहायत समेत प्रदान गर्ने जनाएको छ । 

Thursday, March 19, 2020

कोरोनाका कारण महशुलको विद्युतीय सुनुवाई

बिहिवार, चैत्र ६, २०७६
कोरोना महामारीको कारणसार्वजनिक सुुनुवाई गर्ने अवस्था नभएपछि विद्युत् नियमन आयोगले प्रतिक्रियाका लागि सूचना प्रविधिको प्रयोग गर्ने भएको छ । जसअनुसार अब विद्युतीय सुनुवाई हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले आयोगसमक्ष पेश गरेको विद्युत् महसुल निर्धारणको प्रस्तावउपर सर्वसाधारणको प्रतिक्रियाका लागि नेपालमै पहिलोपटक इ–हेरिङ समेतको माध्यमबाट गर्ने भएको हो । गत फागुन १ गते प्राधिकरणको महशुल प्रस्ताव स्वीकार गरेको आयोगलाई ६० दिनभित्र यसबारे निर्णय गरिसक्नुपर्ने व्यवस्था छ भने यसका लागि आयोग ऐन २०७४ ले सार्वजनिक सुनुवाईलाई अनिवार्य गरेको छ ।
कोरोना भाईरस (कोभिड १९)को प्रभावलाई मध्यनजर गर्दै ठुलो भेला वा सभा नगर्न नेपाल सरकारले गरेको सूचनालाई अनुसरण गर्दै सरोकारवालाहरूबाट सूचनाको आधुनिक प्रविधि मार्फत समेत उपभोक्ता तथा सरोकारवालाहरूको प्रतिक्रियालिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
कम्तीमा हरेक प्रदेशमा पुगेर सरोकारवालासँग विद्युत् महशुलबारे प्रतिक्रिया र सुझाव लिने योजना आयोगको थियो तर कोरोना भाईरसको कारणले ठूला भेला गर्ने अवस्था नभएपछि सुचना प्रविधिको उपयोग गरी प्रतिकृया लिन लागेको हो ।
“व्यापक रूपमा उपभोक्तामाझ पुगेर सार्वजनिक सुनुवाई गरी विद्युत् महशुलबारे निर्णय गर्ने हाम्रो लक्ष्य थियो तर कोरोनाको महामारीको कारण त्यो अवस्था रहेन,” नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले भने, “सबै क्षेत्रको व्यापक रूपमा सुझाव प्रतिकृयाका लागि हामी नेपालमै पहिलो पटक सूचना प्रविधि इ–हेरिङ समेतको माध्ययमबाट सार्वजनिक सुनुवाई गर्दैछौ ।” अत्याधुनिक प्रविधिको प्रयोगद्वारा मेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा कार्यरत नेपालीहरूले समेत श्रव्य–दृश्यको माध्ययमबाट आफ्नो राय दिन सक्ने भएकोले यस्तो अभ्यासले समस्त वर्गका उपभोक्ताहरूको लागि निष्पक्ष र न्यायोचित महसुल सुनिश्चित गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
आधुनिक प्रविधिबाट प्रतिक्रिया दिन इच्छुक सरोकारवालाहरूले सार्वजनिक सुनुवाई हुने दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मोबाइल नम्बर ९८४७३४००३८ वा ९८४७३४००४३ वा ९८४७३४००४५ माफोन गरी वा सोही मोबाईल नम्बरको ह्यासअप वा भाईबरबाट तथा आयोगको इमेलमा समेत प्रतिकृया दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
यसैगरी, आयोगले आगामी चैत्र १४, १६, १७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंस्थित डाइनिङ पार्क, मध्य बानेश्वर, पिपलबोटमा आयोगका अध्यक्ष, सदस्यहरूका साथै प्राधिकरणका प्रतिनिधिहरूको उपस्थितिमा उपभोक्ता र सरोकारवालाहरूको राय, सुझाव तथा प्रतिक्रिया लिने कार्यक्रम पनि तय गरेको छ । सरकारले कोरोना भाइरसको कारणले २५ जनाभन्दा बढी भेला नहुन सार्वजनिक सुचना जारी गरेपछि ती स्थानहरूमा स्वास्थ्यकर्मीको उपस्थितीमा एक लटमा बढीमा २५ जनासम्मले मात्र प्रतिक्रिया दिने गरी कार्यक्रम व्यवस्थापन गर्ने लक्ष्य राखेको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए ।

एडीबीद्धारा ७ खर्ब सहायता प्याकेज घोषणा

 बिहिवार, चैत्र ६, २०७६
एशियाली विकास बैक (एडीबी) ले कोरोनाको महामारीबाट परेको असरको न्यूनीकरणका लागि ६.५ विलियन डलर अर्थात ७ खर्ब रुपैयाँ बराबरको सहायता प्याकेज घोषणा गरेको छ ।
कोरोनाको महामारीबाट विकासोन्मुख देशका सदस्य राष्ट्रहरुमा देखिएको असरको तत्कालीन सम्बोधनका लागि एडीबीले यस्तो प्याकेज घोषणा गरेको हो । “यो महामारी विश्वकै मुख्य संकट हो, यसमा राष्ट्रिय, क्षेत्रय र विश्वस्तरमा बलमूलक कार्य आवश्यक छ ।” एडीबीका अध्यक्ष मासात्सुगु आकावाले भने, “हाम्रो विकासउन्मुख देशका सदस्यहरुका गरिब, जोखिममा परेका र धेरै जनसंख्या भएका क्षेत्रहरुको आर्थिक असरको न्यूनीकरण र संरक्षणका लागि आक्रामक कार्य तय गरेका छौं, तत्कालीन आवश्यकता परिपूर्तिका लागि आफ्ना सदस्यहरु र समूहरुसँगको छलफलमा यसको रेस्क्यूका लागि त ६.५ विलियन डलरको प्याकेज तयार गरेका छौ ।” उनले एडीबीले थप वित्तिय सहायता तथा नीतिगत सुझावका लागि पनि तयार गरेको बताए ।
प्रारम्भिक रुपमा घोषणा गरेको प्याकेजअन्र्तगत ३.६ विलियन डलर स्वास्थ्य र आर्थिक क्षेत्रको सार्वभौम कार्यलाई सम्बोधन तथा १.६ विलियन डलर सुक्ष्म, साना तथा मध्यम खालका उद्योगहरु, घरेलु तथा क्षेत्रीय व्यापारका गैरसार्वभौम कार्यलाई सम्बोधन गर्ने गरी प्याकेज घोषणा गरिएको एडीबीले जनाएको छ । १ अर्ब डलर भने पुनःस्थानीकरणमार्फत अघि बढीरहेका परियोजनाहरुको सहुलियत स्रोतका लागि तत्कालीन आवश्यकता परिपूर्ति गर्न तथा ४० मिलियन डलर प्राविधिक सहयोग र द्रुत वितरण अनुदानमा उपयोग गर्ने एडीबीले जनाएको छ ।
एडीबीले प्रारम्भिक रुपमा अध्ययन गरेर गत मार्च ६ मा सार्वजनिक कोरोनाको प्रभावबारेको विवरणले उत्कृष्ट केशमा हेर्दा चीनबाहेक एशियाका अन्य देशहरुमा १५ हजार ६ सय ५८ मिलियन डलर तथा खराब केशमा ४२ हजार २ सय ४३ मिलियन डलर गुमाएको देखाएको थियो । चीनले मात्र उत्कृष्ट केशमा ४३ हजार ८ सय ९० मिलियन डलर तथा खराब केशमा २ लाख ३६ हजार ७ सय ९३ मिलियन डलर गुमाएको विवरणले देखाएको छ ।

Wednesday, March 18, 2020

सरकारी राहत पर्खंदै जलविद्युत् आयोजना

बुधवार, चैत्र ५, २०७६
चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालका अधिकांश जलविद्युत आयोजना प्रभावित भएपछि जलविद्युत् प्रवद्र्धकहरू सरकारबाट राहतको प्रतिक्षा गर्न थालेका छन् । अधिकांश जलविद्युत्् र प्रसारणलाइनमा चिनियाँ ठेकेदारहरूका साथै कामदार पनि चिनियाँ रहेको तथा उपकरण र सामानहरू पनि चीनबाटै ल्याउनुपर्ने कारणबाट प्रभावित उनीहरू राहतको प्रतिक्षामा गर्न थालेका हुन् ।
कोरोनाले जलविद्युत् आयोजनाहरू प्रभावित भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणमा विभिन्न राहतका लागि ध्यानाकर्षण गराएका उनीहरू सरकारले जलविद्युत् क्षेत्रलाई आपतकालीन क्षेत्रको रुपमा घोषणा गरी राहत घोषणा गर्नुपर्ने पक्षमा छन् । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई आफूहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकेको बताउँदै राहत घोषणाको प्रतिक्षामा रहेको बताउँछन् । “दुई हप्ता अघिनै सरकारलाई लिखित रुपमै ध्यानाकर्षण गराएका हौं, अहिलेसम्म त राज्यले केही गरेको छैन, छलफल पनि गरेको छैन, राज्य मरेकोजस्तै छ,” उनी भन्छन्, “कोरोनाबाट अधिकांश जलविद्युत् प्रभावित भएको र यसको निर्माणमा प्रत्यक्ष प्रभावित हुने देखिएकोले यसलाई फोर्स मेजरको रुपमा लिएर सबै आयोजनाहरूको लागि राज्यबाट राहतको घोषणा हुने आशा भने गरिरहेका छौं ।”
कोरोनाको कारणले सबैजसो जलविद्युत् आयोजना प्रभावित भएकोले उत्पादन गर्ने मिति (आरसीओडी) को म्याद थप गर्नुपर्ने, ठेकेदार कम्पनीको समयावधि थप गर्नुपर्ने, बैकको ऋण तिर्ने अवधिमा संशोधन गर्नुपर्ने तथा निर्माणमा ढिलाई हुँदा आउने समस्या समाधानका लागि ठोस राहत कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । ऊर्जा मन्त्रालयले आरसीओडीको म्याद थप लगायतबारे प्रकृया अघि बढिसकेको भए पनि यसबारे ठोस निर्णय भने नभइसकेको बताउँछन् । “सरकारी र निजी दुवै जलविद्युत् आयोजनाहरू कोरोना भाइरसकको कारण प्रभावित भएका छन्, यसका लागि सरकारले उत्पादन मितिको समावधि थप लगायतका विषयमा छलफल गरिरहेको छ तर टुंगो लागेको छैन,” उनी भन्छन्, “सरकारले कोरोनाको कारण जलविद्युत् क्षेत्रमा असर परेको बुझेकोले यसका लागि गर्न सक्ने कामहरू गर्छ ।”
कोरोनाका कारणले जलविद्युत् आयोजनाहरूले नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग लगायतमा आवेदन दिनेक्रम भने बढेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निजीका साथै विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूको निर्माणमा समेत प्रभावित भएको बताउँदै प्राधिकरणमा निवेदन आउनेक्रम बढेको बताउँछन् ।
चीनको नयाँ वर्ष अर्थात भव्य रुपमा मनाइने स्प्रिङ मनाउनका लागि गएका अधिकांश चिनियाँ ठेकेदारका प्रतिनिधिका साथै कामदारहरू कोरोना भाइरसको महामारीको कारण अझै नेपाल फर्कन सकेका छैनन् भने जलविद्युुत र प्रसारण लाइनका आयोजनाहरूको लागि चाहिने पेनस्टक पाइप, स्पेयर्स लगायतका उपकरणहरू समेत रोकिएका छन् । अधिकांश आयोजनाहरूमा विद्युुत उत्पादनको लागि चाहिने पावर ट्रान्सफर्मर, स्टेशन ट्रान्सफर्मर, स्वीच गेयर, इन्सुलेटर हार्डवेयर लगायतका उपकरणहरूका साथै वितरणका लागि आवश्यक ट्रान्सफर्मर खरिद र अन्य उपकरण आयातमा पनि समस्या परेको छ ।

Tuesday, March 10, 2020

जलविद्युत् मार्फत हुने आर्थिक समृद्धि बुझेपछि सकारात्मक धारणा बढ्दै जान्छ

https://www.karobardaily.com/news/interview/29924
बुधवार, फाल्गुन २८, २०७६
२२ वर्षदेखि जलविद्युत् क्षेत्रमा सक्रिय अरुण धिमान नेपालमा निर्माण भइरहेको सबैभन्दा ठूलो नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी एसजेभीएन अरुण–३ डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । भारतको हिमाञ्चलस्थित रामपुरमा जलविद्युत् आयोजना निर्माणमा संलग्न भएर लामो अनुभव बटुलेका उनी २०२२ को सेटेम्बरसम्ममा अर्थात् लक्ष्यअनुसार नै आयोजना निर्माण सम्पन्न हुनेमा ढुक्क छन् । कम्पनीका अध्यक्ष नन्दलाल शर्माले दैनिक रूपमा आयोजनामा भएको प्रगतिको अनुगमन गरी नजिकबाट नियालिरहेको तथा आवश्यक सुझावसमेत दिइएकाले आयोजना दु्रतगतिमा अघि बढेको उनी बताउँछन् । सरकारले सुरक्षा प्रबन्ध गरेको र लगानी बोर्डले सहजीकरण गरिरहेको तथा प्राकृतिक रूपमा आउने बाहेकका अन्य जोखिम कम भएकाले आयोजना दु्रतगतिमा अघि बढ्ने उनी बताउँछन् । हिमाञ्चल र नेपालको जलविद्युत् को विकासक्रम, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणको अवस्था, यसका चुनौती र समस्या तथा यसबाट नेपालले लिने फाइदाबारे कारोबारकर्मी भीम गौतमले गरेको संक्षिप्त कुराकानी : 

तपाईसँग भारतमा जलविद्युत् आयोजना निर्माणको लामो अनुभव छ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा संलग्न भएपछिको नेपालको जलविद्युत् क्षेत्रबारे तपाईंको अनुभव के छ ?
नेपाल एउटा ठूलो जलविद्युत् उत्पादनको सम्भावना भएको देश हो । म भारतको हिमाञ्चल प्रदेशबाट आएको हुँ । त्यहाँ र यहाँको समान अवस्था छ । त्यहाँ पनि धेरै जलविद्युत् को सम्भावना थियो । धेरै निर्माण पनि भइसकेका छन् । यस्तै नेपालमा पनि छ । यो नेपालका लागि सुनौलो अवसर हो । यो रोजगारी सिर्जनाका साथै वातावरण, सामाजिक, आर्थिक तथा सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण अवसर पनि हो ।

नेपाल र हिमाञ्चलबीचको विकासक्रममा केही फरक देख्नुभएको छ ?
हिमाञ्चलमा हामीले पहिल्यै जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गरिसकेका छौं । १५ सय मेगावाटको नाथमा झाक्री लगायतका थुप्रै आयोजना सम्पन्न भइसकेका छन् । नेपालमा भने धेरै आयोजना बन्न बाँकी छन् । यसको अभाव छ । त्यसकारण नेपालमा जलविद्युत् आयोजनाहरू हामीले निर्माण सुरु गरेका हौं । अन्य जलविद्युत् आयोजना निर्माणका लागि हाम्रो कम्पनीका अध्यक्ष, ऊर्जामन्त्री लगायतले पनि कुरा गरिरहनुभएको छ । हामीले अवसर पायौं भने त्यो सम्पन्न गर्न सक्छौं । हिमाञ्चलमा गत १५ वर्षदेखि निजी क्षेत्रलाई सरकारले आयोजना पनि दियो तर ती सम्पन्न हुन सकेनन् । विद्युत् उत्पादन क्षमता छ तर लागत सोलारको कारण घट्न थालेको अहिले बजार र घट्दो लागत समस्या छ । यसलाई दृष्टिगत गरी हिमाञ्चल सरकारले निःशुल्क ऊर्जाको प्रावधानमा केही परिवर्तन गरेको छ । केही सहुलियत दिएको छ । १० वर्षसम्मका लागि ४ प्रतिशत मात्र निःशुल्क ऊर्जा दिए हुने व्यवस्था गरेको छ । त्यसपछि बढ्दै जाने व्यवस्था गरिएको छ । ४ प्रतिशत, १० प्रतिशत, १५ प्रतिशत, २० प्रतिशत र २५ प्रतिशतसम्म निःशुल्क ऊर्जा दिने व्यवस्था गरिएको छ । विकासकर्ताले यसलाई अंगीकार गर्नसक्ने अवस्था छ । जलविद्युत्मा सुरुको अवस्थामा प्रतिफल कम हुन्छ । सन् २००८ तिर प्रतियुनिट ७-७.५० बिक्री थियो । अहिले ३-३.१५ रुपैयाँमा आएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतको बिक्री दर धेरै घटेको छ । तर पनि जलविद्युत् आयोजना निर्माणले अर्थतन्त्रलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ । हिमाञ्चल क्षेत्रमा जलविद्युत् विकासले अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । जलविद्युत्बाट आर्थिक समृद्धि हुन्छ भन्ने कुरालाई नेपाल सरकारले पनि विश्लेषण गर्नुपर्छ ।

नेपालमा जलविद्युत् आयोजनाप्रति नकारात्मक मानसिकता धेरै देखिन्छ । विगतमा हिमाञ्चलमा जलविद्युत्बारे त्यहाँका धारणा कस्तो थियो । नेपालमा जलविद्युत्मैत्री मानसिकता कसरी बनाउन सकिने अवस्था देख्नुभएको छ ?
पहिला गैरसरकारी संघसंस्था, वातावरणको मुद्दालगायतका कारणले जलविद्युत् आयोजनाबारे गलत मानसिकता थियो । विरोध पनि थियो तर वातावरण संरक्षणका लागि जति जंगल काटिन्छ, त्यसको दोब्बर रोप्ने व्यवस्था पनि छ । जलविद्युत् आयोजना निर्माण गर्दा वातावरण मात्र विनाश हुन्छ भन्ने विगतको मानसिकताबाट यसले वातावरण संरक्षण पनि गर्छ भन्ने मानसिकतामा हिमाञ्चल क्षेत्रका बासिन्दा आएका छन् । उनीहरूले यसबाट हुने आर्थिक फाइदाबारे पनि थाहा पाए । हिमाञ्चलको रामपुर क्षेत्रमा निर्माण भएका आयोजना हुने, झाक्री आयोजना नै होस्, यसले यस क्षेत्रको प्रतिव्यक्ति आम्दानी पनि धेरै बढायो । समुदायको विकास पनि भयो । कुनै क्षेत्रको केही विकास भएपछि यसप्रतिको मानसिकता पनि बढ्ने रहेछ । जलविद्युत् आयोजनालाई बढी वातावरणमैत्री रूपमा विकास गर्दा यसले सकारात्मक धारणा बन्नु पनि स्वाभाविक हो । नेपालमा पनि यही कुरा बुझाउनु जरुरी छ । नेपालमा पनि जलविद्युत् आयोजनाले वातावरण विनास गर्दैन, यसले आर्थिक विकासमा ठूलो योगदान पु-याउँछ भन्ने चेतना पु-याउनु जरुरी छ । जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न हुँदै गएपछि आफसेआफ यसप्रतिको धारणा पनि सकारात्मक हुँदै जान्छ । आयोजनाबाट देश र जनतालाई हुने फाइदाले जनतामा जलविद्युत् बुझ्न सहज हुन्छ, जलविद्युत्मार्फत हुने आर्थिक समृद्धिबारे बुझेपछि त अझ सकारात्मक धारणा बढ्दै जान्छ ।

अब अरुण तेस्रोकै कुरा गरौं । अहिले यो आयोजनाको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
लगभग २८ प्रतिशत जति आयोजनाको काम सम्पन्न गरिसकेका छौं । बाँध, सुरुङ र विद्युत्गृहको काम भटाभट भइरहेको छ । यो वर्षको अन्त्यसम्ममा टर्बाइन, जेनेरेटर लगायतका मेसिनसमेत आइसक्छन् । ११ किलोमिटरमध्ये हालसम्म ३ किलोमिटर जति सुरुङ निर्माण पनि सम्पन्न गरिसकेका छौं । चारवटा अडिट सुरुङ निर्माण गरेर मुख्य टनेलको काम अघि बढाउन लागेका छौँ । रक कमजोर भएको कारण सुरुङमा केही समस्या भने देखिएको छ । यो प्राकृतिक प्रक्रिया भएकाले अघि बढ्छ । हामीलाई के विश्वास छ भने लक्षित समयभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्छौं । हालै वित्तीय व्यवस्थापनको काम पनि सकिसकिएको छ । आर्थिक व्यवस्थापनको पनि समस्या समाधान भएको छ । अब द्रुतगतिमा जलविद्युत् निर्माणको काम अघि बढ्छ ।

आयोजना निर्माणको क्रममा केही जोखिम र चुनौती देख्नुभएको छ ? ति कस्ता किसिमका छन् ?
जलविद्युत् निर्माणका लागि प्रकृतिसँग जुध्नुपर्छ । सुरुङ निर्माण भइरहेको देख्नुभयो । ड्राइभर्सन सुरुङ बनाएर भए पनि बाँध निर्माणको काम अघि बढाएको पनि तपार्इंले देख्नुभयो । त्यहाँ प्रकृतिसँग जुध्नुपर्छ तर हामीसँग त्यसलाई जुँधेर निर्माण गर्ने अनुभव छ । हामीसँग यसका लागि प्राविधिक ज्ञान छ । हामी यसको आधारमा समाधान गर्न पनि सक्षम छौँ । अर्को कुरा आयोजनाका लागि आवश्यक विभिन्न उपकरण ल्याउनका लागि समस्या भने छ । ति सामान ल्याउनका लागि अहिलेको सडक मार्ग साँघुरो छ । कोसी राजमार्ग पनि साँघुरो छ । यसलाई चौडा बनाउनुपर्नेछ । त्यसपछि खाँदबारीदेखि दोभानसम्मको सडकलाई समेत स्तरोन्नति गरेर आवश्यक सामग्री लैजानका लागि सहज बनाउनुपर्ने आवश्यकता छ । वर्षामा उपकरण र सामग्री लैजान समस्या हुने अवस्था छ । ट्रकबाट सामान लैजानका लागि सडक उपयुक्त हुनु आवश्यक छ । यसका लागि सरकारलाई पनि भनेका छौँ । हामीले पनि यसमा लगानी गरेर आयोजना निर्माणमा सहजीकरण गर्ने विचारमा छौं । हामीले अहिले निर्माण गरेर पछि सरकारबाट फिर्ता ल्याउने गरी निर्माणका लागि पहल भइरहेको छ । सरकारले बनाऊ भनेमा पछि एडजष्ट हुने गरी हामी निर्माण गर्न पनि तयार छौं । सडककै कारणले परियोजना पछि धकेलिन जाने समस्यालाई दृष्टिगत गरेर यसका लागि प्रस्ताव गरेका हौं । वर्षामा सडक राम्रो बनाउन नसकिए यसले आयोजना ५-६ महिना ढिलो हुनसक्छ ।

के आयोजनामा सामाजिक आर्थिक जोखिम र चुनौती पनि देख्नुभएको छ ?
मेरो अनुभवमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेका जनता धेरै समझदारी र सहयोगी छन् । उनीहरू पनि समयमै जलविद्युत् आयोजना निर्माण सम्पन्न होस् भन्ने चाहान्छन् । गाउँपालिका, गाउँपालिकाका अध्यक्ष लगायतले पनि हामीलाई सहयोग गरिरहनुभएको छ । हामीले आफ्नोतर्फबाट स्थानीय निकायलाई पनि सक्दो सहयोग गरेका छौं ।

कहिले काहीं जलविद्युत् आयोजनामा बम विष्फोटका घटना पनि भइरहेका छन् । यसमा सरकारको तर्फबाट कतिको सुरक्षाका लागि सहयोग भइरहेको छ ?
केही घटना भएका छन् र केही सुरक्षाको जोखिम पनि छ । ६-७ विष्फोटकका घटनाहरू पनि भइसकेका छन् । तैपनि कामहरू अघि बढेका छन् । हामीले सुरक्षाका लागि सरकारसँग अनुरोध गरेकोमा सरकारले सशस्त्र प्रहरी बलसहितको सुरक्षा पनि राखेको छ । बम विष्फोटका घटनाले मानसिक रूपमा तनाब त हुन्छ । काम गर्ने कामदारमा पनि समस्या हुन्छ । गत वर्ष भएको विष्फोटको कारणले गर्दा ३-४ महिना काममा ढिलाइ हुने अवस्था पनि आयो । अहिले सरकारले सुरक्षाको व्यवस्था गरेपछि मनौवैज्ञानिक रूपमा समेत उनीहरूमा काम गर्दाको सन्तुष्टि बढेको देखिन्छ ।

आयोजनाको मुआब्जा वितरणमा समेत समस्या भएको देखिएको छ । यो के कारणले हो र कसरी समस्या समाधान गर्दै हुनुहुन्छ ?
जहाँसम्म झ्याऊकुटीदेखि विद्युत्गृहको सडक निर्माणका लागि जग्गाको मुआब्जाको समस्या छ, यसमा सरकार र जसले यसबारे कुरा गर्नुभएको छ, उहाँहरूबीचको कुरा हो । यसमा सरकारले पनि आफ्नो कदम उठाएको छ । यसमा केही रुटको समस्या देखिएको छ । यसमा लगानी बोर्डले काम गरिरहेकोले समस्या समाधान होला भन्ने अपेक्षा गरेका छौँ ।

आयोजनाहरूमा देखिएको समस्या समाधानका लागि लगानी बोर्डले कसरी सहजीकरण गरिरहेको पाउनुभएको छ ?
जुन किसिमले लगानी बोर्डले हामीलाई सहजीकरण गरिरहेको छ, यसमा हामी खुसी छौं । प्रशंसनीय छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि हामीलाई ठूलो सहायता गरिरहनु भएको छ । यसले निरन्तरता पाउने छ भन्ने अपेक्षा पनि गरेका छौँ ।

नेपालको फाइदाको दृष्टिकोणले हेर्दा अरुण तेस्रोको महत्व किन र के छ भन्ने तपाईंलाई लाग्छ ?
यो एउटा निर्माण निर्माणाधीन आयोजनामध्ये सबैभन्दा ठूलो हो । यसमा झण्डै १ खर्ब ४० अर्बभन्दा बढी लगानी हुँदैछ । यसले नेपालको अर्थतन्त्र वृद्धि गर्न सहयोग पनि पु-याउँछ । यो राष्ट्रिय गौरवको आयोजना पनि हो । नेपाल सरकारले पनि यसलाई दु्रत गतिमा विकास होस् भन्ने चाहेको छ । आयोजनामा कार्यरत पनि धेरै नेपाली छन् । अहिले बाँध र विद्युत्गृहतिर जाने हो भने ६०-७० पसल पनि देखिन्छ । स्थानीयबासीकै ४० भन्दा बढी सवारी साधान पनि भाडामा लिइरहेका छौं । त्यहाँबाट पनि राम्रो आम्दानी भइरहेको छ । यो अप्रत्यक्ष रोजगारी सिर्जना हो । समुदायका लागि समेत हामीले धेरै सहयोग गरेका छौं । विद्यालय, स्वास्थ्य केन्द्र लगायतलाई पनि सहयोग गरेका छौं । आयआर्जनमा पनि सहयोग गरेका छौं । यसबाट धेरै स्थानीयबासी लाभान्वित पनि भएका छन् ।

आर्थिक दृष्टिकोणले हेर्दा नेपालले यसबाट के फाइदा लिन सक्ने अवस्था छ ? कसरी ?
२५ वर्षको आयोजना अवधिमा राजस्वबाट मात्र ठूलो फाइदा लिन सक्ने अवस्था छ । राजस्व, कर, निःशुल्क ऊर्जा लगायतबाट मात्र प्रत्यक्ष ३ खर्ब ३४-३५ अर्ब नेपालले पाउनेछ । निर्माण सुरु भएको एक वर्षअघि र अहिलेको अवस्थामा स्थानीयबासीले पाएको फाइदा धेरै देख्न सकिन्छ ।
भविष्यमा अरुण तेस्रो निर्माणको मोलाडिटीले अन्य नेपाली परियोजनालाई के कस्तो पाठ सिकाउन सक्ने देख्नुभएको छ ?
नेपालका धेरै क्षेत्रमा नयाँ जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन् र उत्पादनको क्रममा छन् । यसमा जनताको सहभागिता महत्वपूर्ण हुन्छ तर कम भएको देखिन्छ । यस आयोजनाले स्थानीयबासी, स्थानीय व्यापारी समूह तथा अन्य आयआर्जनका लागि राम्रो प्याकेजको व्यवस्था गरेको छ । त्यसैगरी अहिले अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गरिरहेका जनशक्तिले पनि आगामी दिनमा दक्षतापूर्ण तरिकाले जलविद्युत् आयोजनाहरू निर्माण गर्न सक्छन् । २५ वर्षसम्म यो जलविद्युत् आयोजना सञ्चालन हुँदा धेरै कुरा नेपालीले सिक्न सक्छन् । यसले नेपालको जलविद्युत्को बजारीकरणका लागि पनि सहयोग पु-याउँछ । यसमा निःशुल्क ऊर्जा दिइएको छ । स्थानीयबासीलाई पनि निःशुल्क ऊर्जा दिने योजना छ । अन्य जलविद्युत् आयोजनाले पनि यसबाट पाठ सिकेर आयोजना निर्माण गर्न सक्नेछन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनापछि के सतलज कम्पनीले अन्य आयोजना निर्माण गर्ने सोच बनाएको छ ? तल्लो अरुणको प्रतिस्पर्धामा सहभागी हुनभएको छ, यसको सम्भावना कत्तिको देख्नुभएको छ ?
हो, तल्लो अरुण जलविद्युत् आयोजना निर्माणमा चासो छ । लगानी बोर्डले आह्वान गरेकोमा सतलज कम्पनीले यसमा आवेदन पनि दिएको छ । अहिले यसका लागि सतलजसहित तीन कम्पनीको नाम छोटो सूचीमा परेको छ । तर केही प्रावधानका कारणले यसबाट ब्याक आउनुपर्ने अवस्था छ । यसमा सरकारले २० प्रतिशत निःशुल्क ऊर्जाको कुरा ल्याएको छ । त्यसअनुसार आयोजना अघि बढाउन गाह्रो छ । अहिले जलविद्युत् उत्पादन र यसको बजारीकरणको कुरामा धेरै परिवर्तन भइरहेको छ । यसबारे विश्लेषण गरिरहेका छौं । हामीले यसको प्रावधानमा परिवर्तनका लागि अनुरोध पनि गरिरहेका छौ । यसको समयावधिका साथै अन्य सहुलियतका लागि पनि अनुरोध गरेका छौँ । परियोजनालाई लगानीयोग्य बनाउनका लागि अहिले भएका प्रावधानका केही न केही सुधार आवश्यक छ । लगानीयोग्य परियोजना नभए त कोही पनि लगानीकर्ता आउँदैनन् ।

बैशाखभित्र सोलारबाटै १५ मेगावाट

सोमवार, फाल्गुन २६, २०७६
विश्व बैकको  सहयोगमा नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) मध्ये १५ मेगावाट आगामी बैशाखदेखि सम्पन्न भई सञ्चालनमा आउने भएको छ । नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको १० मेगावाट आगामी चैत्रभित्र र ५ मेगावाट वैशाखाभित्र सम्पन्न हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ ।
 विश्व बैकको  सहयोगमा नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) मध्ये १५ मेगावाट आगामी बैशाखदेखि सम्पन्न भई सञ्चालनमा आउने भएको छ । नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको १० मेगावाट आगामी चैत्रभित्र र ५ मेगावाट वैशाखाभित्र सम्पन्न हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ ।
 प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत  सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।  देविघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६-३३ केभीको  नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको छ । कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक  व्यवस्था तत्काल गर्न निर्देशन दिए ।
‘सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाखभित्रमा उत्पादन हुने देखिन्छ, प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएको कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न सकिंदैन-हुँदैन, त्यसैले संचालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने आवश्यक व्यवस्था गर्नुहोस्’, घिसिङले आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई निर्देशन दिंदै भने– ‘अझै तीन महिना हामीलाई विद्युत्को माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट विद्युत् जसरी पनि ग्रिडमा जोड्नु पर्छ, यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न हामी संधै तयार छौं ।’ सम्पूर्ण उपकरणहरू आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिहरूले  वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए ।  त्यतिवेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको घिसिङले बताए । हाम्रै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानुनी प्रकृया पूरा गर्न धेरै समय लाग्यो, ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गर्यो, त्यसलाई परामर्शदाताले पटक—पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाईदियो जसले गर्दा सुरुमा तय गरिएको निर्माण तालिका प्रभावित हुन पुग्यो,’ उनले भने । 
आयोजना प्रमुख विकास बहादुर रघुबंशीकाअनुसार, डिजाइनर स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साइटमा परिचालित नभइदिंदा डिजाइनलाई अन्तिमरुप दिन ढिलाइ भएको थियो ।विश्व बैकको  ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत  प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ ।  सुरुमा जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो । तर, परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाइ र रेट बृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन । अहिले एनइए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ ।   

पाँच वर्षभित्र ५० अर्बको बिजुली बेच्ने योजना

मंगलबार, फाल्गुन २७, २०७६
नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भईरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६-०७७ देखि २०८०-०८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७-०७८ अर्थात आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ ।
हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भईरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६-०७७ देखि २०८०-०८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७-०७८ अर्थात आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ । चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७-७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८-७९ मा ८ अर्ब ९८ करोड ३० लाख, २०७९-८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०-८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ । पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पु¥याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पु¥याउने योजना छ ।
आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन । विशेष गरी सरकारले भारत र वंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको छ । भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका निर्माण गरेपनि नेपाल लगायतले भने अझै यसबारे कुनै नीति बनाईसकेका छैनन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले तयार गरेको विद्युत् विद्येयकको मस्यौदामा पनि विद्युत् व्यापारबारे प्रावधान छ भने यसका लागि विद्युत् व्यापार कम्पनी स्थापना गर्ने योजना राखिएको छ । 
चालू वर्षमा २३३ विद्युत् थप गर्ने तथा आगामी पाँच वर्षभित्र ५ हजार १ सय ९२ मेगावाट विद्युत् उत्पादन पु¥याउने लक्ष्य राखेको विद्युत् प्राधिकरणको योजनामा आगामी २०७७-७८ देखिनै स्वदेशी विद्युत् उत्पादनले माग धान्ने उल्लेख छ । सरकारले भने चालू वर्षमै ४५६ मेगावाटको माथिल्लो तामाकोशी लगायतका जलवद्युत आयोजनासहित एक हजार मेगावाट विद्युत् थप उत्पादन हुने उल्लेख गरेपनि योजनामा भने २३३ मेगावाट मात्र थप हुने उल्लेख गरिएको हो । 
चालू वर्षमा ९७ प्रतिशत विद्युत् मागलाई धानिरहेकोमा अर्को वर्षदेखिनै पूर्ण रुपमा धान्ने योजनामा उल्लेख छ । यसअघि विद्युत् प्राधिकरणले भने जलाशययुक्त आयोजना निर्माण सम्पन्न नभएसम्म स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुने अवस्था नरहेको उल्लेख गर्दै आएको थियो । यसका लागि नेपाल–भारतबीच इनर्जी बैकिङको अवधारणा पनि अघि बढेको छ । 
 
विद्युत्     निर्यात (रु. अर्बमा)
२०७७-७८     १.०६३
२०७८-७९     ८.९८३
२०७९-८०     १७.५३८
२०८०-८१     २२.१३८
जम्मा        ४९.७२२

११ वर्षदेखिको विद्युत् ऐन झनै अपरिपक्व

सोमवार, फाल्गुन २६, २०७६
११ वर्षअघि २०६५ सालमा तत्कालीन जलस्रोत मन्त्रालयले विद्युत् विधेयकको मस्यौदा तयार पारेको थियो । विधेयक तयार भएपछि संसद्को तत्कालीन प्राकृतिक स्रोत, साधन समितिदेखि कृषि तथा जलस्रोत समितिमा पटकपटक छलफलमात्र भएन, यसलाई तुरुन्तै ल्याउन निर्देशन पनि दिइयो तर आएन ।
२०७२ सालमा देश संघीयतामा गएपछि यस अनुकुल बनाउनुपर्ने भन्दै फेरि ऊर्जा मन्त्रालयले यसमा परिमार्जन गर्नें बतायो । देश संघीयतामा गएको पनि चार वर्ष वित्न लागिसक्यो । जलस्रोत मन्त्रालयको नाम ऊर्जा हुँदै तेस्रोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि भइसक्यो तर विधेयक सिंहदरबारभित्रै छ, संसदमा पुगिसकेको छैन ।
छाता ऐनको रूपमा लिइने विद्युत् ऐन संघीय सरकारले नबनाउँदा प्रदेश र स्थानीय तहले ऊर्जा सम्बन्धी कानुन बनाउन सकेका छैनन् । केही समयअघि प्रदेशको ऊर्जा सम्बन्धी कानुनबारेको विज्ञासामा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघको ऐन कुरिरहेको बताएका थिए तर संसदको चालू संसद्बाट पारित गर्ने भनिएको विधेयक संसद सकिन लाग्दा समेत त्यहाँ पुग्न सकेको छैन । आगामी तीन साताभित्र संसदको हिउँदे अधिवेशन सकिने अवस्था छ तर अझै कानुन मन्त्रालयको राय आउन समेत दुई हप्ता लाग्ने ऊर्जा मन्त्रालयका अधिकारीहरू बताईरहेका छन् । हुन त सुरुको विधेयकभन्दा अहिलेकोमा संघीयतादेखि विद्युत् व्यापारसम्मका प्रावधान छन् तर सिंहदरबारभित्र ११ वर्षदेखि सुधारिदै र तिखारिदै लगिएको भनिएको विधेयक अपरिपक्व भन्दै सरोकारवालाहरू निकायहरूले असन्तुष्टि पोखिरहेका छन् ।
मुख्य ऐन आउनै एक दशकभन्दा बढी समय लागिसकेको अवस्थामा मस्यौदामा दर्जनौ प्रावधानमा तोकिए बमोजिम जस्ता शब्द राखेर अन्य नियमावली, निर्देशिका, कार्यविधि बनाउन प्रोत्साहित गरिएको छ भने अस्पष्ट व्यवस्था राखेर आफू अनुकुलको व्याख्या गर्ने गरी तजबिजको अधिकार दिइएको छ । पायोनियर्स लका प्रबन्ध साझेदार अनुप उप्रेती समयमै ऐन ल्याउनका लागि पनि सार्थक पहल नभएको बताउँछन् । कम्तीमा १०÷१५ वर्षसम्म काम गर्न सक्ने गरी विद्युत् ऐन आउनुपर्ने भएपनि यसबारे सबै सरोकारवालाहरूसँग छलफल नगरिएको तथा विद्युत् निर्यात र कार्बन न्यूट्रलको अवधारणासहितको अन्र्तराष्ट्रिस्तरको ग्रीड विकासबारे खासै चासो नदिएको गुनासो गर्दै उनी ढिलो आउन लाग्दा समेत सबै सरोकारवालाहरूलाई मान्य हुने गरी प्रावधानको व्यवस्थ ागर्न नसकिको बताउँछन् । हुन पनि हिउँदे अधिवेशन सकिन लाग्दा समेत ऐन कहिले जाने भन्ने स्पष्ट भएको छैन ।
ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल भने अर्थ मन्त्रालयले राय सुझाव पठाईसकेको तथा कानुन मन्त्रालयले पठाएको रायसुझावको आधारमा थप स्पष्टता पारिसकिएकोले दुई साताभित्र आएपछि मन्त्रालयले मन्त्री परिषदमा पठाउने बताउँछन । मन्त्री परिषदबाट पारित भएर संसदमा तथा संसदले पनि सम्बन्धित संसदीय समितिलाई पठाउने हुनाले चालु हिउँदे अधिवेशनमा विधेयक पारित हुने सम्भावना धेरै कम रहेको ऊर्जा मन्त्रालयकै अधिकारीहरू बताउँछन् । ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार, कानुन मन्त्रालयले सरकार ऊर्जा क्षेत्रलाई पुर्नसंरचना गर्ने भनिएपनि विद्युत् प्राधिकरणलाई कसरी अघि बढाउने भन्ने स्पष्ट नभएपछि विधेयकमा स्पष्ट पार्न भन्दै फर्काएको थियो । विद्युत् प्राधिकरण भने खण्डीकरण हुनु नहुने पक्षमा छ । पछिल्लो समय मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीको संयोजकत्वमा रहेको विधेयक मस्यौदामा प्राधिकरणबाट प्रतिनीधि गर्ने सदस्यले अहिले विद्युत्को प्रणाली सानो रहेकोले पूर्ण रूपमा खण्डीकरण गर्ने अवस्था नआएको भन्दै यसप्रति असहमति जनाएका थिए । त्यसपछि मन्त्रालयले खण्डीकरण मात्र होइन, प्राधिकरणबारे एक शब्द नराखी मस्यौदालाई शंसोधन गरेर कानुन मन्त्रालय पठाएको थियो ।
स्वतन्त ऊर्जा उत्पादकहरूको सस्था (इप्पान)का उपाध्यक्ष कुमार पाण्डे भने विद्युत्् ऐन नआउँदा अनुमतिपत्र, उत्पादन, वितरण, व्यापार लगायतबारे अन्योल बढेको बताए । “ढिलाइ गर्दा यसले ऊर्जा क्षेत्रमा दीर्घकालीन असर गर्छ, यसको कारण विद्युत्् उत्पादनदेखि वितरणसम्म कसले कसरी गर्ने भन्ने ठूलो अन्योल देखिएको छ,” उनी भन्छन्, “जे जे कारणले जलविद्युत्मा समस्या छन्, त्यसबारे विधेयकमा उल्लेख छैन, खाली लाइसेन्सबाहेक अन्य प्रावधानहरू अस्पष्ट र अपुरा छन्, नवीकरणीय ऊर्जा प्रविधिबारे उल्लेख छैन, विधेयकमा सहजीकरणभन्दा नियन्त्रणका कुरा बढी छन् ।”
विधेयकले सबै पक्षलाई नसमेटेपछि अधिकांश सरोकारवाला निकायहरूले मात्र होइन, स्वयं मन्त्रालयभित्र पनि विधेयक अपरिपक्क भएको भन्दै आलोचना हुने गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले ऐन अपुरो र अस्पष्ट रहेको बताउँदै आएको छ भने विद्युत् नियमन आयोगले आफ्नो अधिकार कटौती खोजेको भन्दै यसको विरोध जनाईसकेको छ । कानुन मन्त्रालयले समेत विधेयकले विद्युत् प्राधिकरण लगायतबारे विधेयकमा स्पष्ट व्यवस्था गर्न नबोलेको भन्दै फिर्ता पठाएपछि यसबारे थप स्पष्ट बनाएर ऊर्जा मन्त्रालयले फेरि पठाएको छ । विधेयकको मस्यौदाप्रति ऊर्जा मन्त्रालय अन्र्तगतका निकायहरूबीचमै अस्पष्टता देखिएको छ । कम्तीमा एक दशकसम्म उपयोग हुने गरी ऐन आउनुपर्ने भएपछि अहिलेको मस्यौदाका प्रावधानहरू एक वर्षपछि नै संशोधन गर्ने खालका भएका उनीहरूकै टिप्पणी छ ।
“अहिलेको मस्यौदालाई जलविद्युत् ऐन भने हुन्छ, विद्युत् ऐनका लाग आवश्यक कुनै प्रावधान छैनन, दुई वर्षपनि नटिक्ने अपरिपक्व छ,” ऊर्जा मन्त्रालयअन्तर्गत कार्यरत एक अधिकारीले भने, “जलविद्युत्बाहेक नवीकरणीय ऊर्जाका प्रविधिका साथै बगास र थर्मललाई समेटेकै छैन ।” उनका अनुसार सहुलियत सिफारिसका लागि मात्र विद्युत् विकास चिनेको मस्यौदामा हाल विभागका महानिर्देशकलाई एक सय मेगावाटसम्म लाइसेन्स (अनुमतिपत्र) दिने अधिकार दिएकोमा खोसेर मन्त्रालय अर्थात सचिवमा अधिकार केन्द्रित गरिएको छ भने यसले विद्युत् प्राधिकरण र मन्त्रालयले गठन गरेका ग्रीड, उत्पादन, जलविद्युत् लगानी तथा विकास कम्पनीलाई पनि चिन्दैन ।
मस्यौदाले जलविद्युत् विकासका लागि धेरै निकाय हुँदाहुँदै ती निकायको व्यवस्थापनको सट्टा नयाँ राष्ट्रिय विद्युत् विकास तथा अनुसन्धान प्रतिष्ठान गठनको व्यवस्था राखेको छ भने प्रदेश र स्थानीय तहले लाइसेन्स दिँदा संघसँग समन्वय गर्नुपर्ने भएपनि संघले भने प्रदेश र स्थानीयसँग कसरी समन्वय गर्नुपर्ने उल्लेख छैन । लाइसेन्स लिएपछि निर्माण गर्नु अघि लगानी सम्झौता (पीडीए), सुरक्षाको ग्यारेण्टी प्रतिफल जस्ता महत्वपूर्ण व्यवस्थाबारे खास उल्लेख नभएको विधेयकमा क्याप्टिक प्लाण्टका लागि लाइसेन्स लिनुनपर्ने व्यवस्था गरेपनि सम्बन्धित उद्योगभित्र वा जहाँ बनाए हुने नहुनेबारे केही उल्लेख छैन । त्यसैगरी इनर्जी मिक्स अवधारणा र आन्तरिक खपत बढाउनेबारे नबोलेको ऐनले हाल ठूलो समस्याको रूपमा देखिएको विद्युत् लागत सस्तो बनाउनेबारे पनि कुनै उल्लेख छैन । सरकारी अधिकारीहरूका अनुसार, पहिला विद्युत् गुणस्तरका लागि विद्युत् नियम आयोगलाई निरीक्षकको भूमिका दिएपनि मस्यौदामा उल्लेख छैन भने लाइसेन्सबारे विवाद समाधान गर्न उच्च अदालतमा जानुपर्ने उल्लेख छ । विश्वासको वातावरण बनाउन आर्विटेसनमा जानुपर्ने भएपनि उच्च अअदालत जानुपर्ने व्यवस्था हुनुलाई समेत गलत रूपमा विश्लेषण गरिएको छ ।
ऊर्जा क्षेत्रका जानकारहरू भने साना सौर्य तथा वायु प्रविधिमा आधारित आयोजनाहरूलाई प्रतिष्पर्धा गराउने मोडल गलत भएको, लगानी बोर्डले दुई सय मेगावाटभन्दा माथिका आयोजना आफूअन्तर्गत रहने उल्लेख गरेकोमा त्यसलाई समेत वेवस्ता गरिएको, पहिला लाइसेन्स लिईसकेका कम्पनीहरूको लाइसेन्स खारेज गर्ने गरी व्यवस्था ल्याइएको भन्दै यसमा सुधार आवश्यक रहेको बताएका छन् । मस्यौदामा नियमन आयोगको अधिकार क्षेत्रभित्र रहेको ग्रिड कोर्ड तथा ग्रिड मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने र अनुगमन गर्ने लगायतका अधिकार मन्त्रालय आफैले राखेको छ । मस्यौदामा ‘खारेजी र बचाउ’ प्रावधानमा नियमन आयोग ऐन, २०७४ को दफा १२ को खण्ड (च), दफा १४ को खण्ड (ज) र (ञ) खारेज गरिएको उल्लेख छ । नियमन आयोगमा दिइएको ती अधिकारहरू विधेयक पारित भएमा फेरि मन्त्रालयमा फर्कनेछ । ऊर्जा क्षेत्रमा रहेको एकाधिकार तोडेर समग्र रूपमा नियमन गर्नका लागि नियमन आयोग बनाएपनि मन्त्रालयले भने आयोगलाई दिइएका अधिकारहरू फिर्ता गर्ने गरी प्रस्ताव गरिएको छ । नियमन आयोगले प्रस्तावित मस्यौदाले नियमन आयोगका धेरै अधिकारहरूलाई असर पर्ने देखिएको भन्दै विरोध गर्दै आएको छ । मस्यौदामा अनुमति प्राप्त संस्थाले आर्थिक हैसियत वा अवस्था नाजु भई अनुमतिपत्र बमोजिमको कार्य पूर्ण र प्रभावकारी रूपमा सम्पन्न गर्न सक्दैन भन्ने कुरामा अनुमति प्राप्त गर्ने अधिकारी विश्वस्थ भएमा अनुमतिपत्र खारेज हुन सक्ने जस्ता तजबीजका अधिकार दिइएको छ । मस्यौदामा विद्युत् व्यापारका लागि दुईभन्दा कम्पनी नहुने भन्दै प्रतिस्पर्धालाई कमजोरी पारिएको पनि सरोकारवालाहरू गुनासो छ ।
इप्पानले प्रसारण लाइनका समस्याहरू, जग्गा प्राप्ति तथा बन क्षेत्र प्रयोग सम्बन्धी व्यवस्था लगायतका थप प्रावधानहरू मस्यौदामा राख्नुपर्ने उल्लेख गर्दै विद्युत् उत्पादनको १५ वर्षपछि पनि अधिकांश आयोजनाहरूले ऋण मुक्त हुन नसकेकको परिप्रेक्षमा ती आयोजनाहरूले तिर्नुपर्ने रोयल्टीको रकम घटाइनुपर्ने, हाल आयकर ऐन र औद्योगिक व्यवसाय सम्बन्धी ऐनलाई विद्युत् आयोजनालाई दिइने कर छुटको व्यवस्था निश्चित सालभित्र विद्युत्को व्यावसायिक उत्पादन सुरु गरेमा मात्र पाइने शर्तयुक्त व्यवस्था गरेकोमा सो हटाई सबै आयोजनाहरूलाई सो कर छुटको व्यवस्था गर्नुपर्ने, आयोजनाहरू नेपाल सरकारलाई हस्तान्तरण गरिनुपर्ने भएकोले आयोजनाको विकास तथा संचालनका लागि प्रसारण लाइन, सबस्टेशन, पहुँच माग जस्ता आवश्यक पूर्वाधारहरूको लागत खर्च नेपाल सरकारले फिर्ता गर्ने व्यवस्था गर्नुपर्ने जस्तालगानी मैत्री व्यवस्था राख्न सुझाव दिएको छ । अन्तरप्रदेश विद्युत् व्यापार, अनुमतिपत्रको अवधि समाप्त भएपछि आयोजनाको संचालन, विदेशी लगानीमा प्रोत्साहन, एकद्वारा सेवा प्रवाह, स्वतन्त्र रूपमा विद्युत् व्यापारको लागि खरिद विक्री गर्नका लागि इनर्जी एक्सचेन्जको व्यवस्था जस्ता प्रावधान थप गर्नुपर्ने इप्पानको माग छ ।