बुधवार, फाल्गुन २१, २०७६
नुमदोभान (संखुवासभा)-डेढ वर्ष अघिसम्म ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना बन्छ कि बन्दैन भनेर धेरै अन्योलमै थिए । अझ कतिपय बुद्धिजिवीहरुले भारतीय कम्पनीले बनाउँदैन भनेर सार्वजनिक रुपमा भन्दै पनि आएका थिए । अझ आयोजना निर्माणस्थल संखुवासभाका मकालु, चिलिलालगायत गाउँपालिकाका बासिन्दामा यस्तै अन्योलता थियो । हुन पनि ३० वर्षअघिदेखि अरुण तेस्रो बन्ने भनेर सुनेका उनीहरुले फेरि २०५१ सालपछि झण्डै १३ वर्ष नबन्ने भनेर मात्र सुन्नुप-यो । सन् २००८ अर्थात १२ वर्षअघि फेरि उनीहरले अरुण तेस्रो बन्ने भनेर खबर सुने । खबर सुनेको झण्डै १० वर्षसम्म त उनीहरुले जलविद्युत् आयोजनाहरु निर्माण गर्नका लागि भन्दै आएका धेरै व्यक्तिहरुको ओहोरदोहोर मात्र देखे । आयोजनाले मुआब्जा नै दिएपछि मात्र उनीहरुमा विश्वास जाग्यो ।
आन्तरिक राजनीतिक कारण रद्ध नभएको भए २०५१-०५२ सालमै अरुण तेस्रो जलविद्युत्को निर्माण तीब्र गतिमा भएर झण्डै २० वर्षअघिदेखि त सञ्चालनमै आइसक्थ्यो । तर २५ वर्ष ढिलो भएपनि आयोजना निर्माणले रफ्तार लिएको छ । मकालु गाउँपालिकास्थित नुमदोभानमा विद्युत्को बाँधका साथै सुरुङ निर्माणले तीब्रता लिएपछि स्थानीयबासीमा समेत आयोजना निर्माणले गति लिनेमा विश्वास जगाएको छ ।
२०५१ साल कात्तिकमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले विश्व बैंकलाई लेखेको पत्रकै कारण रद्ध हुन पुगेको त्यो आयोजनालाई सरकारले प्रतिष्पर्धाको आधारमा १२ वर्षअघि अर्थात सन् २००८ मा भारतीय जलविद्युत् कम्पनी एसजेभीएन कम्पनीलाई दिएपछि अहिले ढिलो गरी भएपनि आयोजना निर्माणले तीव्रता पाएको छ । “२८ प्रतिशत काम सकिएको छ, सन् २०२२ को सेक्टेम्बरभित्र काम सम्पन्न गर्ने गरी तीव्र गतिमा अघि बढाएका छौं,” आयोजना निर्माण गर्न गठित एसजेभीएन अरुण–३ पावर डेलभेपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमान भन्छन्, “आयोजनाको कामले तीब्रता पाएको छ, सुरुङ, बाँध र विद्युत् गृहको कामलाई अघि बढाएका छांै, अहिले खास समस्या छैन ।” विद्युत् गृहका लागि आवश्यक पर्ने टर्वाइनलगायतका उपकरणहरु ल्याउनका लागि संखुवासभासम्म आउने राजमार्ग र सडकलाई स्तरोन्नति गर्नुपर्ने, विद्युत् गृह क्षेत्रतर्फको केही जग्गा मुआब्जा र रक (ढुंगा) कमजोर भएको कारण सुरुङमा आएको केही चुनौतीबाहेक ठूलो समस्या नरहेको उनी बताउँछन् । “सरकारले सुरक्षाका लागि सुरक्षाकर्मीहरुको व्यवस्था गरेको र अन्य कामका लागि लगानी बोर्डले सहजीकरण गरिरहेको छ ।” उनी भन्छन् ।आन्तरिक राजनीतिक कारण रद्ध नभएको भए २०५१-०५२ सालमै अरुण तेस्रो जलविद्युत्को निर्माण तीब्र गतिमा भएर झण्डै २० वर्षअघिदेखि त सञ्चालनमै आइसक्थ्यो । तर २५ वर्ष ढिलो भएपनि आयोजना निर्माणले रफ्तार लिएको छ । मकालु गाउँपालिकास्थित नुमदोभानमा विद्युत्को बाँधका साथै सुरुङ निर्माणले तीब्रता लिएपछि स्थानीयबासीमा समेत आयोजना निर्माणले गति लिनेमा विश्वास जगाएको छ ।
अहिले आयोजना निर्माणमा दैनिक १ हजार ४ सय जना खटिएका छन् भने तीमध्ये करिब ५ सय नेपाली छन् । ८४९ मिटर अग्लो कंक्रिट ग्राभिटी बाँध बन्ने आयोजनामा ११.७७८ किलोमिटर मुख्य सुरुङ बन्दैछ । आयोजनाका मुख्य इन्जिनियर राजेशकुमार जसलका अनुसार, चार वटा अडिट टनेल बनाएर सुरुङ निर्माण तीब्र रुपमा अघि बढाइएको छ ।
सबैभन्दा बढी वैदेशिक लगानी रहेको तथा नेपालमा निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना भएकाले अरुण तेस्रो धेरैका लागि चासोको विषय छ । भारतीय सरकारी कम्पनी सतलजले भने ४३ अर्ब ४२ करोड स्वपुँजी लगानीसहित १ खर्ब ४४ अर्बको लगानीमा निर्माण हुन लागेको आयोजनाको सन् २००८ मा प्रतिष्पर्धाका आधारमा सरकारले लाइसेन्स दिएपछिको संघर्षको कथा पनि लामो छ । लाइसेन्स लिएको आठ वर्षपछि बल्ल सन् २०१४ को नोभेम्बरमा आयोजना विकास सम्झौता (पीडीए) भएको आयोजनाले बल्ल सन् २०१८ को मेमा विद्युत् उत्पादन अनुमतित्र पाएर सोही महिनामा नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलायान्स गरेका थिए ।
सन् २०४८ मा नेपाललाई हस्तान्तरण हुने आयोजना सम्पन्न भएपछि प्रतिष्पर्धाको प्रावधानअनुसार नेपालले २१.९ प्रतिशत अर्थात १९८ मेगावाट बराबर निःशुल्क इनर्जी पाउनेछ । लगानी बोर्डका अनुसार, आयोजनाबाट नेपालबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब बराबरको राजस्व पाउनेछ । २१७ किलोमिटर प्रसारण लाइन निर्माण गरेर भारत निर्यात हुने आयोजनाबाट दिने निःशुल्क ऊर्जा ढल्केबर प्रसारण लाइनमार्फत नेपालमा दिने योजना छ । १ अर्ब ६० करोड संखुवासभाका स्थानीय प्रभावितले सेयर पाउने आयोजनाबाट प्रभावित प्रतिमहिना ३० युनिट विद्युत् निःशुल्क पाउनेछन् ।
भीम गौतम/कृष्णराज शाक्य

1 comment:
Do you understand there is a 12 word sentence you can say to your partner... that will trigger deep feelings of love and impulsive attraction to you deep inside his heart?
That's because deep inside these 12 words is a "secret signal" that fuels a man's impulse to love, cherish and protect you with all his heart...
=====> 12 Words Will Trigger A Man's Desire Instinct
This impulse is so built-in to a man's mind that it will drive him to try harder than before to make your relationship the best part of both of your lives.
Matter-of-fact, triggering this dominant impulse is so mandatory to getting the best possible relationship with your man that the moment you send your man a "Secret Signal"...
...You will instantly notice him expose his soul and heart for you in a way he never expressed before and he'll perceive you as the one and only woman in the world who has ever truly fascinated him.
Post a Comment