https://www.karobardaily.com/news/development/30257
शुक्रवार, चैत्र ७, २०७६
नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र एशियाली विकास बैक (एडीबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ । नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र एशियाली विकास बैक (एडीबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ । दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्र्तगतको ऊर्जा विस्तार आयोजना अन्र्तगत अफ ग्रिडका नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सहायतामा सम्झौता भएको हो ।
एशियाली विकास बैकको सहायता र युएनडीपीको साझेदारीमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्र्तगतको केन्द्रले परियोजना अघि बढाउनेछ । यसमा युएनडीपीले ग्रामिण जिवीकोपार्जनका लागि नवीकरण ऊर्जा (आरईआरएल) अन्र्तगत थप ०.८ मिलियन डलर र केन्द्रलाई प्राविधिक सहायता पनि गर्नेछ । परियोजना अघि बढाउजनका लागि केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, युएनडीपीका आवासीय प्रतिनीधि आईसानी लाबे र एडीबीका देशीय निर्देशक मुख्तर खामुदखानोभबीच सम्झौतामा हस्ताक्षर भएको छ । केन्द्रका कार्यकारी निर्देशक अधिकारीका अनुसार, ४.८ मेगावाट उत्पादन हुने गरी परियोजना अन्र्तगत ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पुर्व, रुकम पश्चिम, डोल्पा, जुम र मुगु जिल्लाका नौ वटा लघु जलविद्युत तथा पाँचथर, मोरङ, ओखलढुंगा, सिन्धुली, रोल्पा, सुर्खेत, कैलाली र वैतडी जिल्लाका १० सोलार मिनि ग्रिड परियोजना अघि बढाइने छ । उनका अनुसार, यसबाट ३० हजार ५ सय थप घरधुरीमा विद्युत् पहृुँच विस्तार हुनेछ ।
युएनडीपीकी आवासीय प्रतिनिधि आईसानीले परियोजनाले स्थानीय समुदायको जीवीकोपार्जनमा ठूलो सहयोग पुग्ने बताउँदै कोरोना भाइरसले आर्थिक र सामाजिक क्षेत्रमा असर पारेकोमा रोजगारी सिर्जनामा सहयोग पु-याउने बताइन् । एडीबीका देशीय निर्देशक मुख्तरले परियोजनामार्फत भरपर्दो र गुणस्तर ऊर्जा प्राप्त भई यसले गुणस्तर जीवन यापनका साथै परियोजनाहरुको सञ्चालन र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए । सासेकले परियोजनाहरु सञ्चालन र विकासका लागि सहकारीहरु र कम्पनी स्थापनाका लागि सहायत समेत प्रदान गर्ने जनाएको छ ।

No comments:
Post a Comment