बिहिवार, चैत्र ६, २०७६
एशियाली विकास बैक (एडीबी) ले कोरोनाको महामारीबाट परेको असरको न्यूनीकरणका लागि ६.५ विलियन डलर अर्थात ७ खर्ब रुपैयाँ बराबरको सहायता प्याकेज घोषणा गरेको छ ।
कोरोनाको महामारीबाट विकासोन्मुख देशका सदस्य राष्ट्रहरुमा देखिएको असरको तत्कालीन सम्बोधनका लागि एडीबीले यस्तो प्याकेज घोषणा गरेको हो । “यो महामारी विश्वकै मुख्य संकट हो, यसमा राष्ट्रिय, क्षेत्रय र विश्वस्तरमा बलमूलक कार्य आवश्यक छ ।” एडीबीका अध्यक्ष मासात्सुगु आकावाले भने, “हाम्रो विकासउन्मुख देशका सदस्यहरुका गरिब, जोखिममा परेका र धेरै जनसंख्या भएका क्षेत्रहरुको आर्थिक असरको न्यूनीकरण र संरक्षणका लागि आक्रामक कार्य तय गरेका छौं, तत्कालीन आवश्यकता परिपूर्तिका लागि आफ्ना सदस्यहरु र समूहरुसँगको छलफलमा यसको रेस्क्यूका लागि त ६.५ विलियन डलरको प्याकेज तयार गरेका छौ ।” उनले एडीबीले थप वित्तिय सहायता तथा नीतिगत सुझावका लागि पनि तयार गरेको बताए ।
प्रारम्भिक रुपमा घोषणा गरेको प्याकेजअन्र्तगत ३.६ विलियन डलर स्वास्थ्य र आर्थिक क्षेत्रको सार्वभौम कार्यलाई सम्बोधन तथा १.६ विलियन डलर सुक्ष्म, साना तथा मध्यम खालका उद्योगहरु, घरेलु तथा क्षेत्रीय व्यापारका गैरसार्वभौम कार्यलाई सम्बोधन गर्ने गरी प्याकेज घोषणा गरिएको एडीबीले जनाएको छ । १ अर्ब डलर भने पुनःस्थानीकरणमार्फत अघि बढीरहेका परियोजनाहरुको सहुलियत स्रोतका लागि तत्कालीन आवश्यकता परिपूर्ति गर्न तथा ४० मिलियन डलर प्राविधिक सहयोग र द्रुत वितरण अनुदानमा उपयोग गर्ने एडीबीले जनाएको छ ।कोरोनाको महामारीबाट विकासोन्मुख देशका सदस्य राष्ट्रहरुमा देखिएको असरको तत्कालीन सम्बोधनका लागि एडीबीले यस्तो प्याकेज घोषणा गरेको हो । “यो महामारी विश्वकै मुख्य संकट हो, यसमा राष्ट्रिय, क्षेत्रय र विश्वस्तरमा बलमूलक कार्य आवश्यक छ ।” एडीबीका अध्यक्ष मासात्सुगु आकावाले भने, “हाम्रो विकासउन्मुख देशका सदस्यहरुका गरिब, जोखिममा परेका र धेरै जनसंख्या भएका क्षेत्रहरुको आर्थिक असरको न्यूनीकरण र संरक्षणका लागि आक्रामक कार्य तय गरेका छौं, तत्कालीन आवश्यकता परिपूर्तिका लागि आफ्ना सदस्यहरु र समूहरुसँगको छलफलमा यसको रेस्क्यूका लागि त ६.५ विलियन डलरको प्याकेज तयार गरेका छौ ।” उनले एडीबीले थप वित्तिय सहायता तथा नीतिगत सुझावका लागि पनि तयार गरेको बताए ।
एडीबीले प्रारम्भिक रुपमा अध्ययन गरेर गत मार्च ६ मा सार्वजनिक कोरोनाको प्रभावबारेको विवरणले उत्कृष्ट केशमा हेर्दा चीनबाहेक एशियाका अन्य देशहरुमा १५ हजार ६ सय ५८ मिलियन डलर तथा खराब केशमा ४२ हजार २ सय ४३ मिलियन डलर गुमाएको देखाएको थियो । चीनले मात्र उत्कृष्ट केशमा ४३ हजार ८ सय ९० मिलियन डलर तथा खराब केशमा २ लाख ३६ हजार ७ सय ९३ मिलियन डलर गुमाएको विवरणले देखाएको छ ।

No comments:
Post a Comment