बिहिवार, असार २५, २०७७
१२ वर्षपछि खोला पनि फर्कन्छ भन्ने उखान छ । यस्तै अवस्था भएको छ विद्युत् विधेयकमा पनि । मुलुकको जलविद्युत् विकासका लागि महत्वपूर्ण मानिएको विद्युत् विधेयक २०६५ मा तत्कालीन मन्त्रिपरिषद्ले पारित गरेर संसद् पुगेको थियो । तत्कालीन संसद्मा लामो समयसम्म छलफल पनि भयो । तर, सरकार र संसद् दुवैले उच्च महत्व नदिँदा अघि बढ्न सकेन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थका अनुसार १८ असारमा ऊर्जा मन्त्री वर्षमान पुनको तर्फबाट संसद् सचिवालयमा यो विधेयक दर्ता भइसकेको छ ।
असार १८ गते नै सरकारले विजनेस नभएको भन्दै संसद्को वर्षे अधिवेशन अन्त्य गरेको थियो । वैशाख पहिलो साता मन्त्रिपरिषद्बाट पारित भएको विधेयक ढिलो गरी संसद् पुगेको छ । सामान्यतया मन्त्रिपरिषद्बाट पारित भए पनि त्यसलाई संरचनामा ढालेर संसद् पु-याउन एक साता लाग्छ । तर, ऊर्जा मन्त्रालयले झण्डै साढे दुई महिनापछि मात्र संसद् पठाएको हो । १२ वैशाखमै मन्त्रिपरिषद्बाट पारित सो विधेयक बैशाखको अन्तिम साता सुरु भएर १८ असारमा सकिएको पनि संसद्मा पुगेन ।
वर्षे अधिवेसन सकेर मात्र संसद्मा दर्ता भएकोले यसबारे आगामी हिउँदे अधिवेशनमा मात्र यसबारे छलफल हुने भएको छ । ऊर्जा तथा जलस्रोत क्षेत्रका प्रतिनिधिहरूले वर्षे अधिवेशनमै विधेयक पारित हुने अपेक्षा गरेका थिए । केही प्रावधानहरूमा निजी क्षेत्रले विरोध गर्दै आए पनि विद्युत् व्यापार लगायतका धेरै नयाँ प्रावधानहरू समेत आउन लागेको हुनाले यसलाई उच्च महत्वका साथ हेरिएको थियो ।असार १८ गते नै सरकारले विजनेस नभएको भन्दै संसद्को वर्षे अधिवेशन अन्त्य गरेको थियो । वैशाख पहिलो साता मन्त्रिपरिषद्बाट पारित भएको विधेयक ढिलो गरी संसद् पुगेको छ । सामान्यतया मन्त्रिपरिषद्बाट पारित भए पनि त्यसलाई संरचनामा ढालेर संसद् पु-याउन एक साता लाग्छ । तर, ऊर्जा मन्त्रालयले झण्डै साढे दुई महिनापछि मात्र संसद् पठाएको हो । १२ वैशाखमै मन्त्रिपरिषद्बाट पारित सो विधेयक बैशाखको अन्तिम साता सुरु भएर १८ असारमा सकिएको पनि संसद्मा पुगेन ।
नयाँ संविधानअनुसार विद्युत् विधेयक निर्माण भएकोले यसमा ढिलाइ भएको मन्त्रालयका अधिकारीहरू बताउँदै आएका छन् । तर, नयाँ संविधान आएको भने ५ वर्ष पुगिसकेको छ । छाता ऐनको रूपमा लिइने विद्युत् ऐन संघीय सरकारले नबनाउँदा प्रदेश र स्थानीय तहले ऊर्जासम्बन्धी कानुन बनाउन सकेका छैनन् भने विद्युत् ऐनकै कारण आधारमा संघीयतामा ऊर्जा क्षेत्र कसरी अघि बढ्ने भन्ने अन्योलता छ । समयमै विधेयक नआउँदा प्रदेश तथा स्थानीय तहले ऊर्जाबारे आफ्नो कानुन बनाउन सकेका छैनन् । संघीय कानुनअनुसार आफ्नो कानुन बनाउनका लागि प्रदेश तथा स्थानीय तहहरू कुरेर बसेका छन् । तर, वर्षे अधिवेशनमा समेत यो अघि बढ्न सकेन ।
विद्युत् क्षेत्रका लागि अत्यावश्यक मानिएको विधेयकको कथा पनि १२ वर्ष लामो छ । विद्युत् ऐन २०४९ संशोधनका लागि २०५८ सालमा विधेयकको मस्यौदा बनाइएकोमा तत्कालीन अवस्थामा राजनीतिक कारण पारित हुन नसकेपछि फेरि यसलाई अघि बढाइएको थियो । २०६५ सालमा भने यो मन्त्रिपरिषद्बाट पारित भएर संसद् पुग्यो । संसद्ले तत्कालीन प्राकृतिक स्रोत साधन समितिमा पठायो । त्यहाँ लामो समयसम्म छलफल भएर त्यो संसदीय समितिभित्र रहेका सबै राजनीतिक दलका सांसदहरूको सहमतिमा अघि बढाइएको थियो तर अघि बढ्न सकेन ।
२०७२ सालमा नयाँ संविधान आएर देश संघीयतामा गएपछि नयाँ राजनीतिक अवस्थाअनुसार निर्माण गर्ने भन्दै सो विधेयक गत चैतमा मन्त्रिपरिषद् पुगेको थियो । वैशाखको पहिलो साता मन्त्रिपरिषद्बाट पारित पनि भयो तर संसद् पुग्न झण्डै साढे दुई महिना कुर्नुपर्यो । ऊर्जा मन्त्रालयले भने चालू वर्षे अधिवेशनमै संसद् बाट पारित गराउने योजना रहेको बताउँदै आएको थियो ।

No comments:
Post a Comment