Tuesday, August 30, 2022

सुनकाेशी किनारमा बंगलादेशी टाेलीकाे भव्य स्वागत (फाेटाेफिचर)

 https://nepalpurbadhar.com/9139/


  • भदौ ७, २०७९

     

  • मुख्य समाचार

  • काठमाडाैं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)  बैठक भाेलीदेखि काठमाडाैंमा शुरू हुदैछ ।

    बैठककाे पूर्वसन्ध्यामा बंगलादेशी टाेली अहिले सुनकाेशी तेस्राे जलविद्युत आयोजनाको स्थलगत अवलाेकन तथा अध्ययनकाे लागि रामेछाप पुगेकाे छ । आयोजना रहेकाे सुनापति गाउँपालिका लुभुघाटमा स्थानीयले  विविध सास्कृितक कार्यक्रम र  झाँकीसहित टाेलीकाे भव्य स्वागत गरेका छन् ।

    बंगलादेशी टाेलीकाे नेतृत्व त्यहाँकाे ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले गरिरहेका छन्।  टाेलीमा ऊर्जा जलस्राेत तथा सिचाइ मन्त्रालय, विद्युत प्राधिकरण, विद्युत विकास विभागका अधिकारीहरूकाे पनि सहभागिता छ ।

    बंगलादेशले निर्माणमा चासो देखाएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजनाको सचिव नेतृत्वसहितको प्राविधिक टोलीले  स्थलगत भ्रमण गरेकाे हाे ।

     


    No comments: