Tuesday, August 30, 2022

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठक यही हप्ता काठमाडाैंमा, सुनकोशी आयोजनाको स्थलगत भ्रमण तालिका

 

  • https://nepalpurbadhar.com/9104/

  • भदौ ६, २०७९

     

  • ऊर्जा

  • काठमाडौ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)  बैठककाे कार्यतालिका तय भएको छ ।

    दुई देशबीच विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि गठित समितिको बैठक यही भदौ ८ र ९ (अगष्ट २४ र २५) गते काठमाडाैंमा बस्न लागेको हो । सन् २०१८ मा दुई देशबीच ऊर्जामा सहकार्यको सम्झौता भएपछिको यो चौथौ बेठक हो । यसअघि गत असार १२ र १३ गते बैठक तय भएपनि विविध कारणले सरेको थियो ।

    ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवालले भदौ ८ गते सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) र भदौ ९ गते सचिवस्तरीय जेएससीको बेठक बस्न लागेको जानकारी दिए । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव सुशील चन्द्र तिवारी र बंगलादेशको तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गर्नेछन् ।

    बैठकमा दुई देशबीचको विद्युत व्यापारका साथै लगानीका लागि चासो राखेको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचाबारे छलफल गर्ने कार्यक्रम रहेको प्रवक्ता भेटुवालले जानकारी दिए । गत वर्षको भदौमा भएको बैठकमा नेपालले बंगलादेशलाई ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव गरिसकेको छ ।

    यसैगरी बैठकमा अन्तरदेशीय कनेक्भिीटीहरुको अवस्था, नवीकरणीय ऊर्जा प्रवद्र्धन, ऊर्जा दक्षता, जलस्रोत सम्बन्धी अध्ययन अनुसन्धान लगायतबारे पनि छलफल हुने कार्यक्रम छ ।

    प्रवक्ता भेटुवालका अनुसार, बंगलादेशले निर्माणमा चासो देखाएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजनाको सचिव नेतृत्वसहितको प्राविधिक टोलीले समेत स्थलगत भ्रमण गर्ने कार्यक्रम छ । गत फ्रेबुअरीमा यो भ्रमण तय भएपनि विभिन्न कारणले पछाडि सरेको थियो ।

    गत असारको अन्तिम साता नेपालका लागि बंगलादेशका राजदूत सलाहमुद्दिन नोमान चौधरीले सुनकोशी तेस्रोको आयोजनास्थल पुगेर स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको  बताएका थिए ।

    No comments: