काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा रामेश्वर
यादव बन्ने पक्का भएको छ । गत १४ असोजमा सर्वोच्च अदालतले प्राधिकरणको
कार्यकारी निर्देशक छनोटको पुरानै प्रक्रियालाई निरन्तरता दिन सरकारलाई
आदेश दिएपछि र ऊर्जा मन्त्रालयले सोही प्रक्रियाअनुसार निर्णय अगाडि
बढाएको कारण उनी निर्देशक बन्ने पक्का भएको हो । छनोट प्रक्रियाअनुसार २९
असोज ०६८ मा मुख्य उम्मेदवारका रूपमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक
रामेश्वर यादव र वैकल्पिक उम्मेदवारका रूपमा प्राधिकरण पूर्वसञ्चालक सदस्य
मुकेशराज काफ्ले छनोट भएका थिए । ऊर्जाले सोही छनोटअनुसार सोमबार
मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको ऊर्जास्रोतले जानकारी दियो । ‘आगामी
मन्त्रिपरिषद्बाट प्राधिकरण कार्यकारी निर्देशकमा यादव छनोट हुने
पक्कापक्की जस्तो भएको छ,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो ।
तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले संस्थानका कार्यकारी सार्वजनिक संस्थान निर्देशन बोर्डले छनोट गर्ने व्यवस्था भएको भन्दै गत २६ माघमा समितिले गरेको सिफारिसलाई रद्द गरेका थिए । त्यसविरुद्धमा यादवले अदालतमा मुद्दा हालेका थिए । वर्तमान कायममुकाम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ ६ महिनाका लागि नियुक्त भएकामा आगामी २१ गतेदेखि गतेदेखि म्याद सकिन लागेको छ ।

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment