भीम गौतम
काठमाडौं, ५ पुस । विद्युत बढी खपत हुने राजधानी र तराईको बीचमा बन्न सक्ने ५३६ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजनालाई राष्ट्रिय प्राथमिकताको आयोजना बनाउन सरकारस“ग माग गरिएको छ ।
काभ्रे उद्योग वाणिज्य महासंघ, स्थानीय बासिन्दा लगायतले राजधानीबाट नजिक रहेको तथा पहु“च मार्ग लगायतका पुर्वाधार समेत रहिसकेको उक्त आयोजनालाई सरकारले तुरुन्तै राष्ट्रिय प्राथमिकताको आयोजना बनाएर निर्माण कार्यलाई अघि बढाउन सरकारस“ग माग गरेका हुन् । काभ्रे र रामेछाप जिल्लाको दोसाधमा बन्ने उक्त आयोजना प्राधिकरणको सहयोगमा जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) ले हालै सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये एक हो । आयोजना बनाउनका लागि विश्व बैकले समेत इच्छा देखाईसकेको छ । ‘सुनकोशी तेस्रो जलविद्युत आयोजनालाई राष्ट्रिय प्राथमिकता आयोजना बनाउनुपर्छ, सरकारले यसप्रति चासो दिएर प्राथमिक आयोजना घोषणा गरी चा“डै अघि बढाओस् ।’–काभ्रे उद्योग वाणिज्य महासंघका अध्यक्ष दियेशरत्न शाक्यले भने–‘उद्योग व्यवसायी लगायत काभ्रेबासी आयोजना अघि बढाउनका लागि सबै सहयोग गर्न तयार छन् ।’
जलाशययुक्त आयोजनाको अभावमा नेपालले लोडसेडिङको चरम समस्या भोगिरहेको बेला उक्त आयोजनालाई उपयुक्र्त आयोजनाको रुपमा लिइने गरिएको छ । झण्डै देशभर हुने विद्युत खपतमध्ये एक तिहाई विद्युत खपत गर्ने राजधानी तथा बढी विद्युत खपत गर्ने तराईमा समेत यहा“बाट छोटो प्रशारण लाइन बनाएमा विद्युत पुर्याउन सकिन्छ । तर सरकारले राजधानीबाट ६० किलोमिटर मात्र नजिक यो आयोजनालाई अघि बढाउन खासै चासो दिएको छैन । ‘उर्जाको हिसाबले काठमाडौ उपत्यका र तराईको केन्द्रीय लोड धान्नका लागि सबैभन्दा उपयुक्र्त आयोजना सुनकोशी हो ।’–आयोजनालाई नजिकबाट अध्ययन गरिरहेका चिलिमे कम्पनीका प्रबन्धक कुलमान घिसिङले भने ।
राजधानीबाट नजिकको आयोजना भएकोले यसलाई राष्ट्रिय योजना बनाउनका लागि दबाब दिईरहेको पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङले बताए । ‘यो आयोजनालाई राष्ट्रिय प्राथमिक आयोजना बनाउनका लागि राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायतमा पुगेर दबाब दिईरहेका छौ ।’–उनले थपे–‘यो आयोजनालाई जसरी पनि अघि बढाउनुपर्छ ।’ नेपालकै उत्कृष्ट जलाशययुक्त आयोजनामध्येको एक आयोजनाको रुपमा छनोट भएकोमा खुशी भएका स्थानीयबासी समेत यसलाई छिटो निर्माण अघि बढाउन माग गरिरहेका छन् । ‘आयोजनालाई छिटो बनाउनुपर्छ भन्ने पक्षमा स्थानीयबासी छन्, सरकारले छिटो गरिदिओस् ।’–ठूलोपर्सेल गाविसका स्थानीयबासी सलामसिंह लामाले भने । सरकारले सजिलै निर्माण गर्न सक्ने तथा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली लगायतका जिल्लाका बासिन्दा समेत यसमा सहयोग गर्न तयार रहेकोले आयोजनालाई तुरुन्तै अघि बढाउनुपर्ने मा“दनकुडारी गाविसका स्थानीयबासी बासिन्दा रामबहादुर लामा बताउ“छन् ।
सुनकोशी जति छिटो आयोजना बनाउन सके, त्यतिनै नेपालमा लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्ने र काठमाडौंको लोड थेग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी आयोजना निर्माण गर्न सकेमा उक्त आयोजना नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न सकिने अवस्था पनि छ । र्याफटिङ, फिसिङ, सुन्दर होटेलहरु निर्माण लगायत गरेर तिमाल, कोशीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छ । आयोजना बनाउन सकेमा सुख्खा हुने हिउ“दमा नेपालको तराईका साथै भारतमा समेत सिञ्चाईको सुविधा पुग्नेछ भने सुनकोशी तेस्रो मुनि बन्न लागेका सुनकोशी दोस्रो, सप्तकोशी बा“धका साथै कोशीभरि निर्माण हुने सबै आयोजनालाई समेत ठूलो फाइदा पुग्नेछ । १९८२ सालमा भारतको गंगा नदीबाट सप्तकोशीहु“दै दोलालघाटसम्म पानी जहाज ल्याउने योजना रहेपनि अलपत्र परेकोमा उक्त पानी जहाज ल्याउनका लागि समेत उपयुक्र्त हुने प्राधिकरणका एक अधिकारीले बताए । ‘पञ्चायतकालमै भारतको गंगानदीबाट सप्तकोशी हु“दै दोलालघाटसम्म पानी जहाज ल्याउने योजना बनाइएको थियो, सुनकोशी तेस्रो आयोजना बनाउन सकेमा पानी जहाल ल्याउन सकिन्छ ।’–उनले भने–‘सुनकोशी बनाउन सके विद्युत उत्पादनस“गै पर्यटन, सिञ्चाई लगायतमा फाइदै फाइदा छन् ।’
प्राधिकरणका अनुसार, सन् १९८३ मै पुर्व सम्भाव्यता अध्ययन भैसकेको आयोजनाको क्षमता ५३६ मेगाबाट १५ सय मेगावाटसम्म पुर्याउन सकिन्छ । आयोजना निर्माणको क्रममा दोलालघाट क्षेत्रसम्मका करिब एक हजार घर डुबानमा पर्छन । उनीहरुलाई पा“चखाल, तिमाल र कोशीपारी क्षेत्रमा पुर्नस्थापित गर्न सकिने आयोजना अध्ययनको क्रममा देखिएको छ । आयोजना सम्पन्न भएपनि कोशीपारी, तिमालका क्षेत्र सेटलाइट शहरको रुपमा विकास हुने सम्भावना छ । प्राधिकरणका अनुसार, अध्ययनको क्रममा ६२ करोड २० लाख डलर लागत लाग्ने अनुमान गरिएपनि अहिले करिब ८० अर्ब रुपैया“ लाग्ने अनुमान छ । आयोजना निर्माण भएमा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप जिल्लालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment