आइतवार, पुष २०, २०७६
लगानी बोर्ड नेपालले लगानी सम्मेलनको क्रममा शोकेस गरिएका र प्रस्ताव आह्वान नगरीकनै लगानीका लागि आवेदन दिएकामध्ये झण्डै १५ खर्ब ८७ अर्ब बराबरका आयोजना अघि बढेको जनाएको छ ।
बोर्डका अनुसार लगानी सम्मेलनको क्रममा शोकेस गरिएका सरकारका १४ आयोजना ११ खर्ब ८८ अर्ब ८८ करोड, सम्मेलनका सोके गरिएका निजी क्षेत्रका एक आयोजनाका ७ अर्ब १० करोड तथा प्रस्ताव आह्वान नगरीकनै लगानीका लागि आवेदन दिएका १० परियोजना ३ खर्ब ८८ अर्ब ७४ करोड बराबर लगानी प्रस्ताव गरेको हो । गत वर्ष चैतमा आयोजित लगानी सम्मेलनमा प्रस्तुत ५० आयोजनामध्ये लगानीकर्ताले आवेदन दिएका १४ वटा आयोजनाले पूर्व योग्यताका लागि आवश्यक सर्त पूरा गरेको जनाएको छ ।
बोर्डका अनुसार, तमोर, तल्लो अरुण, पश्चिम सेती र एसआर ६, सुनकोशी दोस्रो र तेस्रो जलविद्युतका साथै काठमाण्डौ आउटर रिङरोड, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, प्रदेश–१, २, ३,४, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा एकीकृत कृषि पूर्वाधार आयोजनाका लागि लगानीकर्ता छनोट भई पूर्वयोग्यताको प्रक्रिया पूरा भएको छ । बोर्डका अनुसार ७५६ मेगावाटको तमोर जलाशययुक्त परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको छ । त्यसैगरी चौधरी समूह तथा सराफ गु्रपबीच मल्टिमोडल लजिष्टिक पार्कका लागि ७ खर्बका लागि समझदारी भएको बोर्डले जनाएको छ ।बोर्डका अनुसार लगानी सम्मेलनको क्रममा शोकेस गरिएका सरकारका १४ आयोजना ११ खर्ब ८८ अर्ब ८८ करोड, सम्मेलनका सोके गरिएका निजी क्षेत्रका एक आयोजनाका ७ अर्ब १० करोड तथा प्रस्ताव आह्वान नगरीकनै लगानीका लागि आवेदन दिएका १० परियोजना ३ खर्ब ८८ अर्ब ७४ करोड बराबर लगानी प्रस्ताव गरेको हो । गत वर्ष चैतमा आयोजित लगानी सम्मेलनमा प्रस्तुत ५० आयोजनामध्ये लगानीकर्ताले आवेदन दिएका १४ वटा आयोजनाले पूर्व योग्यताका लागि आवश्यक सर्त पूरा गरेको जनाएको छ ।
त्यसैगरी लगानीका लागि बोर्डमा आवेदन दिएकामध्ये १० योजना अघि बढेको बोर्डले जनएको छ । चाइना नेपाल–नपाल फ्रेण्डसीप पार्क दमकका लागि ५८ अर्ब बराबरका लगानीका लागि समझदारी र विस्तृत आयोजना प्रतिवेदन अघि बढाउने सहमति पनि लगानी बोर्डले गरिसकेको जनाएको छ । १० करोड ५४ लाख अमेरिकी डलर बराबर लागत अनुमान गरिएको सवारी उत्पादन तथा एसेम्बल गर्ने कारखाना निर्माणका लागि कोरियाली कम्पनी मोट्रेक्ससँग सम्झौता समेत भैसकेको बोर्डले जनाएको छ । विश्व बुद्धिजम एक्जिविसन पार्क प्रोजेक्ट, रेलवे लिंक प्राइभेट फ्रेड टर्निमल एट कुर्था, धनुषा, कुटुम्साँघु–सूर्यकुण्ड केबल कार, एकीकृत राष्ट्रिय कृषि पूर्वाधार, काठमाडौं स्काई ट्रेन र ५५० मेगावाट नेपाल सोलार, डोल्मा फण्ड म्यानेजमेण्ट सोलार परियोजना अघि बढेको पनि बोर्डले जनाएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लगानी सम्मेलनको क्रममा शोकेस गरिएको र लगानी बोर्डमा आवेदन दिएका आयोजनाहरूको प्रगति सकारात्मक रुपमा अघि बढेको बताए । “अधिकांश आयोजनाहरू अघि बढेका छन्, केहीमा सकारात्मक प्रगति देखिएको छ, अरुमा पनि प्रयास जारी राखिएको छ,” उनले भने, “पछिल्लो समयमा लगानीका लागि आवेदन आउनेक्रम बढेको छ भने लगानीको वातावरण पनि बन्दै गएको छ ।”

No comments:
Post a Comment