बिहिवार, फाल्गुन २२, २०७६
चीनबाट महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालका झण्डै १५ सय मेगावाट बराबरका जलविद्युत् आयोजना प्रभावित भएका छन् । चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरूका साथै इन्जिनियर, डिजाइनकर्ता, परीक्षण गर्ने परामर्शदाता, आपूर्तिकर्तालगायत संलग्न रहेका पाँच दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।
“६० देखि ६५ जलविद्युत् आयोजनाहरू चिनियाँहरूको सहभागितामा बन्दैछन्, १५ सय मेगावाट बराबरका यी आयोजनाहरूको निर्माण कोरोना भाइरसको कारणले प्रत्यक्ष प्रभावित भएका छन्,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाई भन्छन्, “यस्तो अवस्थामा यी आयोजनाहरूमा सहभागीहरूलाई बोलाउनका लाग दबाब दिनुको सट्टा आउन बन्द गरेर जलविद्युत् क्षेत्रलाई आपतकालीन क्षेत्रको रूपमा घोषणा गरेर सो अनुसारको सहुलियत दिने घोषणा गर्नुपर्छ ।”कोरोना भाइरस नेपालका लागि थाइल्याण्डको सुनामी र १९९० सालको भूकम्पभन्दा पनि भयावह हुन सक्ने कुरालाई दृष्टिगत गरी सरकारले समयमै जलविद्युत् ल्याऊ नत्र जरीवाना लगाउँछु भनेर दबाब दिनुको सट्टा यसलाई फोर्स मेजरको रूपमा मानेर ठेकेदार कम्पनीको समय र अनुमतिपत्र (लाइसेन्स) को अवधि स्वतः एक बर्ष थप गर्नुपर्ने, अर्थ मन्त्रालय र नेपाल राष्ट बैकले ऋण अवधि बढाउने घोषणा गर्नुपर्ने तथा विद्युत् प्राधिकरणले जरिवाना हटाएर उत्पादनको मिति (आरसीओडी) लाई थप गर्नुपर्ने उनको माग छ ।
“इपानले आपतकालीन घोषणा गरेर म्याद थप र सहुलियतका लागि सम्बन्धित निकायमा भनिसकेका छौं, कोरोना भयावह रूप लिइसकेकोले अहिले सरकारका निकायले प्रमाणित गर भनेर भन्नुको सट्टा उच्च जोखिमको सम्भावनालाई हेरेर समग्र रूपमा जलविद्युत् क्षेत्रलाई समेट्नुपर्छ,” उनी भन्छन् ।जलविद्युत् प्रवद्र्धकहरूको अनुसार, अधिकांश जलविद्युत् र प्रसारण लाइनमा चिनियाँ ठेकेदारहरूका साथै कामदार पनि चिनियाँ रहेको तथा उपकरण र सामानहरू पनि चीनबाटै ल्याउनुपर्ने कारणले अहिले अधिकांश आयोजनाहरूमा प्रभाव देखिएको छ । करिब डेढ महिनाअघि चीनको नयाँ वर्ष अर्थात भव्य रूपमा मनाइने स्प्रिङ मनाउनका लागि गएका अधिकांश चिनियाँ ठेकेदारका प्रतिनिधिका साथै कामदारहरू कोरोना भाइरसको महामारीको कारण नेपाल फर्कन सकेका छैनन् भने जलविद्युत् र प्रसारण लाइनका आयोजनाहरूको लागि चाहिने पेनस्टक पाइप, स्पेयर्स, पावर ट्रान्सफर्मर, स्टेशन ट्रान्सफर्मर, स्वीच गेयर, इन्सुलेटर हार्डवेयर लगायतका उपकरणहरूका साथै वितरणका लागि आवश्यक ट्रान्सफर्मर खरिद र अन्य उपकरण आयातमा पनि समस्या परेको छ ।
चीनका साथै अन्य देशमा समेत कोरोना भाइरस फैलँदै गएको तथा कतिपय देशहरूले नेपालमा आपुर्ति गर्नुपर्ने उपकरणहरूको कच्चा पदार्थ चीनबाट ल्याउनुपर्ने कारण आयोजना अघि बढाउन कठिन भएको भन्दै सरकारले समग्र जलविद्युत् आयोजनालाई आपतकालीन क्षेत्र घोषणा गर्नुपर्ने निजी क्षेत्रको माग छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने हाल कोरोना भाइरसकको कारणले प्रभावित जलविद्युत् आयोजनाहरूको तथ्यांक संकलन गरिरहेको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले अहिले मन्त्रालयले तथ्यांक संकलन गरिरहेको र यसको विवरण आएपछि यसको विश्लेषण गरेर के गर्ने भन्ने टुंगो लगाउने बताउँछन । नेपाल विद्युत् प्राधिकरणले समेत यसबारे तथ्यांक संकलन गरिरहेको छ । प्राधिकरणका अनुसार, हालसम्म फोर्स मेजरको लागि ६ जलविद्युत् आयोजनाहरूले समेत निवेदन दिएको जनाएको छ ।

2 comments:
Okay then...
What I'm going to tell you might sound kind of creepy, and maybe even kind of "supernatural"
HOW would you like it if you could simply click "PLAY" to listen to a short, "musical tone"...
And suddenly bring MORE MONEY to your LIFE?
And I'm really talking about hundreds... even thousands of dollars!!
Do you think it's too EASY? Think something like this is not for real?
Well, I've got news for you...
Many times the largest blessings life has to offer are the SIMPLEST!!
In fact, I'm going to provide you with PROOF by allowing you to listen to a REAL "miracle wealth building tone" I developed...
You simply click "PLAY" and watch how money starts piling up around you. starting pretty much right away.
CLICK here now to play the marvelous "Miracle Money-Magnet Sound Frequency" - it's my gift to you!!
Do this hack to drop 2 lbs of fat in 8 hours
Well over 160,000 women and men are using a easy and secret "liquid hack" to lose 2lbs each and every night as they sleep.
It is easy and it works on everybody.
You can do it yourself by following these easy steps:
1) Go get a clear glass and fill it with water half the way
2) And now do this amazing hack
and be 2lbs lighter as soon as tomorrow!
Post a Comment