आइतवार, श्रावण २०, २०७५
नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिमार्फत मात्र नेपालमा ३६ लाखभन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत मात्र २४ वर्षको अवधिमा लघु तथा साना जलविद्युत्, सौर्य (सोलार) ऊर्जा, बायोग्यास, सुधारिएको चुल्हो, वायु ऊर्जा, सुधारिएको पानी घट्ट लगायतका नवीकरणीय ऊर्जामार्फत यति धेरैलाई ऊर्जाको पहुँच पुगेको हो । लघु तथा साना जलविद्युत् र सोलारमार्फत देशका १८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको केन्द्रले जनाएको छ । हाल करिब ५५ लाख घरधुरी रहेको नेपालमा नवीकरणीय ऊर्जाको सेवा पाउनेमा ६५ प्रतिशत छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकले अझै करिब २० लाख घरधुरीमा विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेको देखाउँछ । यो तथ्यांकले नवीकरणीय ऊर्जाको पहुँच धेरैमा पुगेको देखिएको छ तर केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरू एउटै घरधुरीमा समेत पुग्ने हुनाले यो एकीकृत रूपमा लाभान्वित संख्या रहेको बताउँछन् । “नवीकरणीय ऊर्जाका सबै प्रविधिहरू पुगेको एकीकृत घरधुरीको संख्या ३६ लाख नाघेको छ ,” केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले भने, “एउटै घरधुरीमा एकीकृत रूपमा एकभन्दा बढी नवीकरणीय ऊर्जाका प्रविधि पुगेका छन्, त्यसको आधारमा नवीकरणीय ऊर्जाको पहुँच धेरै देखिएको हो ।”केन्द्रका अनुसार २२ वर्षअघि अर्थात् केन्द्रको स्थापना हुँदा समग्र ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको समीश्रण ०.१५ प्रतिशत रहेकोमा हाल ३ प्रतिशत पुगेको छ । नवीकरणीय ऊर्जाको स्रोतबाट ५५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएकोमा लघु तथा साना जलविद्युत्तर्फ २ हजार २ सय योजनामार्फत २९.४५७ मेगावाट र करिब ८ लाख घरेलु सौर्य विद्युत् प्रणालीमार्फत १९.८५६ मेगावाट, १ हजार ७ सय संस्थागत सौर्य विद्युत् प्रणालीमार्फत ३.४०२ मेगावाट र वायु ऊर्जाबाट ४१३ किलोवाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४ लाख घरधुरीमा घरायसी बायोग्याँस प्लान्ट, १३ लाख ५० हजार घरधुरीमा सुधारिएको चुल्हो, ३ लाख घरधुरीमा लघु तथा साना जलविद्युत् तथा ८ लाख घरधुरीमा सौर्य ऊर्जामार्फत विद्युत् सेवा पुगेको छ । केन्द्रले हालसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय ढाँचा महासन्धि (यूएनएफसीसीसी) मा ८ कार्बनसम्बन्धी आयोजना दर्ता भईसकेको तथा कार्बन व्यापारबाट मात्र १० मिलियन डलर अर्थात एक अर्ब रुपैयाँ बराबर आम्दानी भइसकेको जनाएको छ ।
हालै ऊर्जा मन्त्रालयले ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार तथा १० वर्षभित्र आन्तरिक खपत १० हजार मेगावाटसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिञ्चाई क्षेत्रको वर्तन अवस्था र भावी मार्गचित्र सहितको श्वेतपत्रमा १० प्रतिशतसम्म वैकल्पिक ऊर्जामार्फत ऊर्जा उत्पादन गर्ने उल्लेख छ । यसका आधारमा समेत आगामी १० वर्षभित्र १ हजार ५ सय मेगावाटसम्म वैकल्पिक ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य छ । “सबैका लागि ऊर्जाको पहुँच पु-याउनका लागि केन्द्रले विभिन्न कार्यक्रमहरू अघि बढाउँदैछ,” उनले भने, “परम्परागत ऊर्जाको प्रयोगमा न्यूनीकरण गरी आधुनिक ऊर्जाको उपयोगलाई मुख्य लक्षित गरी कार्यक्रम अघि बढाईरहेका छौं ।”

बायोग्याँस ४ लाख घरधुरी सुधारिएको चुल्हो १३.५ लाख घरधुरी लघु जलविद्युत् ३० मेगावाट सौर्य २४ मेगावाट स्रोतः वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र
No comments:
Post a Comment