शुक्रवार, भदौ २९, २०७५
काठमाडौं-राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युत्मा वैदेशिक लगानीका लागि मुख्य चार समस्या रहेको बताएका छन् ।
बिहीबार संवाद केन्द्र नेपालले आयोजना गरेको जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धि एवं देखिएका चुनौती विषयक कार्यक्रममा उनले लगानी, निर्माण, वातावरणीय र सामाजिक तथा नियमन नीतिहरूको जोखिम रहेको बताए । “चार जोखिमले वैदेशिक लगानी आउन समस्या हुने भएकोले यसको सुधारका लागि लागेका छौ, यसको सुधारबाट जलविद्युत् विकासले ठूलो फड्को मार्नेछ ।”
ऊर्जा नभए आर्थिक वृद्धिदर र गरिबी न्यूनीकरण असम्भव रहेको बताउँदै उनले सरकारले जलविद्युतमा देखिएका समस्या पहिचान गरेर समाधानका लागि अघि बढेको बताए । उनका अनुसार, वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन, दैविक प्रकोपबाट क्षतिग्रस्त पूर्वाधार निर्माणको पुनर्निर्माण, वनको जग्गा प्राप्ति र रुख कटान, श्रम स्वीकृति, सम्भाव्य क्षेत्रमा बढ्दै गएका बस्ती, एकीकृत जलस्रोत नीतिको समस्या, उद्योग र संस्थाबीच समन्वय अभावलगायतका समस्या जलविद्युत् क्षेत्रमा देखिएको बताउँदै यसका लागि सरकारले प्रयासअघि बढाइसकेको जानकारी दिए । बिहीबार संवाद केन्द्र नेपालले आयोजना गरेको जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धि एवं देखिएका चुनौती विषयक कार्यक्रममा उनले लगानी, निर्माण, वातावरणीय र सामाजिक तथा नियमन नीतिहरूको जोखिम रहेको बताए । “चार जोखिमले वैदेशिक लगानी आउन समस्या हुने भएकोले यसको सुधारका लागि लागेका छौ, यसको सुधारबाट जलविद्युत् विकासले ठूलो फड्को मार्नेछ ।”
कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव जलविद्युत् विकासका लागि निजी क्षेत्रलाई सरकारले उत्प्रेरित गरिरहेको र पिकिङ रन अफ दि रिभर र जलाशययुक्त आयोजनामा पनि संलग्न हुनुपर्ने बताए । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबारे छलफल अघि बढेको बताउँदै जग्गा प्राप्ति, पुनर्वास, पुनःस्थापना र पूर्वाधार निर्माणको कामअघि बढाइरहेको बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समाधानपछि अब गुणस्तरीय र भरपर्दो विद्युत् सेवा दिनुपर्ने बताउँदै यसका लागि प्राधिकरणले योजनाअघि बढाएको बताए । उत्पादन, वितरण र प्रसारणलाई वृद्धि गर्नका लागि अघि बढेको बताउँदै उपत्यकाको वितरण प्रणालीलाई फराकिलो बनाउने प्रक्रियाअघि बढेको बताए । विद्युत्को खपत धेरै बढ्ने बताउँदै तीन वर्षभित्र विद्युत्मा आत्मनिर्भर बन्ने गरी अघि बढेको बताए । बर्मा सरकारका ऊर्जा सल्लाहकार मधुसूदन अधिकारीले विदेशी लगानीकर्तालाई आकर्षण गर्नका लागि उपयुक्त वातावरण आवश्यक रहेको बताए ।
No comments:
Post a Comment