Wednesday, September 5, 2018

पाँच वर्षभित्र ९९ प्रतिशत भूमिमा सिँचाइ सुविधा

http://karobardaily.com/news/development/10030
बुधवार, भदौ २०, २०७५
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पाँच वर्षभित्र ९९.२ प्रतिशत भूमिमा सिँचाइ पु-याउने योजना अघि सारेको छ । सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०७९-०८० मा संघ, प्रदेश र स्थानीय निकायमार्फत सिँचाइ सेवा पु-याउने लक्ष्य राखेको हो । चालू वर्षभित्र संघबाट ७ हजार ४ सय हेक्टर, प्रदेशबाट १२ हजार ३ सय हेक्टर र स्थानीय तहबाट ६ हजार नौ सय हेक्टरमा गरी २६ हजार ६ सय हेक्टरमा सिँचाइ पु-याउने लक्ष्य राखिएको जानकारी दिँदै सिँचाइ सचिव डा. संजय शर्माले आगामी पाँच वर्षभित्र ३ लाख २४ हजार हेक्टर जमीनमा सिँचाइ पु-याउने लक्ष्य राखिएको जानकारी दिए ।
“पाँच वर्षभित्र संघबाट २ लाख १ हजार ५ सय १६ हेक्टर, प्रदेशबाट ७७ हजार ४ सय ५० हेक्टर र स्थानीय तहबाट ४६ हजार ५ सय हेक्टरमा गरी ३ लाख २४ हजार हेक्टर जमीनमा थप सिँचाइ पु-याउने लक्ष्य छ,” उनले भने, “अहिले १४ लाख ५४ हजार हेक्टरमा सिँचाइ पुगेकोमा बढाएर १७ लाख ५० हजारभत्दा बढी हेक्टर जमीनमा पु-याउँछौ, यो भनेको कुल सिँचाइयोग्य भुमीको ९९.२ प्रतिशत हो ।” मन्त्रालयले १४ लाख हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुगेको उल्लेख गरे पनि कतिपय सिँचाइ आयोजनामा कुलो भए पनि पानी नजाने पनि छन् । मन्त्रालयका सचिव शर्मा कतिपय आयोजनामा पानी जाने समस्या रहेको बताउँदै यसबारे अध्ययन भईरहेको बताउँछन् । “हामीले अहिले पहुँचको कुरा गरेका हौ, गुणस्तरीय सिँचाइ सेवा पु-याउन भने बाँकी छ,” उनी भन्छन् ।
उनका अनुसार सिँचाइ निर्माणपछि मर्मततर्फ ध्यान नदिँदा यस्तो समस्या आएको हो । नेपालमा रहेको १८ लाख खेतीयोग्य जमीनमध्ये हाल सतह सिँचाइबाट ९ लाख ८८ हजार ५ सय ५२ हेक्टर र भूमिगत सिँचाइबाट ४ लाख ४४ हजार ७ सय ३५ हेक्टरमा सिँचाइ पुगेको मन्त्रालयले जनाएको छ । सो लक्ष्य पूरा गर्नका लागि एक खर्ब २३ अर्ब लगानी आवश्यक रहेको र पाँच वर्षमा यसको व्यवस्थापन गर्न सकिने सचिव शर्मा बताउँछन् । उनका यसका लागि प्रदेशबाट १८ अर्ब र स्थानीयबाट सवा अर्ब लगानी गर्ने लक्ष्य राखिएको छ । मन्त्रालयले निर्माणाधीन आयोजनाहरूलाई दु्रतगतिमा बनाउने लक्ष्य राखेको छ । संघ अन्र्तगत बबई सिँचाइबाट ८ हजार ५ सय, सिक्टाबाट ४२ हजार ७ सय ६६ हेक्टर, रानी जमराबाट १४ हजार २ सय, भेरी ववईबाट ९ हजार, महाकाली तेस्रोबाट १४ हजार, समृद्ध तराई मधेशबाट ६ हजार ९ सय,  एकीकृत  ऊर्जा तथा सिँचाइबाट २२ हजार २ सय हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी प्रदेश अन्र्तगत मझौला, समृद्ध तराई मधेश, नयाँ प्रविधिमा आधारित सिञचाई, डिप ट्युबेल लगायतबाट सिँचाइ गर्ने लक्ष्य राखिएको छ । 

No comments: