Sunday, September 9, 2018

माथिल्लो कर्णालीको बिजुली भारत हुँदै बंगलादेश

http://karobardaily.com/news/development/10191
आइतवार, भदौ २४, २०७५
भारतीय कम्पनी जीएमआरले निर्माण गर्न लागेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेशले किन्ने भएको छ । जीएमआरले नेपालबाट सिधै बंगलादेशलाई विद्युत् बिक्री नगरी भारतीय कम्पनी एनपीटीसी विद्युत् निगमलाई बिक्री गर्ने र निगमले बंगलादेशलाई माथिल्लो कर्णालीलाई बिक्री गर्न लागेको हो । यसबारे केही दिनअघि निर्णय भइसकेको बंगलादेश सरकारले बंगलादेश भ्रमणमा रहेका ऊर्जामन्त्री वर्षमान पुनलाई जानकारी गराएको थियो । असोज २०७१ म लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता (पीडीए) भएकोमा दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने उल्लेख थियो । तर, एक वर्षसम्म समय थप गर्नसक्ने व्यवस्थाअनुसार त्यसपछिको एक वर्ष थप भएकोमा सो समयभित्र पनि सम्पन्न गर्न नसकेपछि एक वर्ष थपिएको थियो । 
थपिएको समयभित्र पनि जीएमआरले लगानी व्यवस्थापन गर्न नसकेर आगामी २ असोजमा समय सकिन लागेको बेला बंगलादेश सरकारले माथिल्लो कर्णालीको बिजुली किन्ने निर्णय गरेको हो । बंगलादेशले आउँदो २२ वर्षभित्र ९ हजार मेगावाट विद्युत् खरिद गर्ने योजना राखेपनि सिधै बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण स्वीकृति अनिवार्य मानिएको छ । मन्त्री पुनको भ्रमणको क्रममा नेपालको अनारमणि र बंगलादेशको वन्दरगाहनजिकको बिन्दुमा ग्रिड कनेक्सनका लागि भारतसँग त्रिपक्षीय साझेदारीका लागि पहल गर्ने विषयमा समेत दुवै पक्षबीच  छलफल भएको थियो । भ्रमणकै क्रममा दुई देशबीच भएको ऊर्जा सहकार्य समझदारीलाई कार्यान्वयनका लागि गठित ऊर्जासचिव र सहसचिवस्तरीय बैठक छिट्टै काठमाडौँमा बस्ने सहमति भएपनि मिति भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ । 

No comments: