Sunday, September 9, 2018

सुनकोसी दोस्रो र तेस्रोमा लगानी गर्ने बंगलादेशको प्रस्ताव

http://karobardaily.com/news/development/10191
आइतवार, भदौ २४, २०७५
बंगलादेशले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । ‘पावर एण्ड इनर्जी सप्ताह’को क्रममा बंगलादेशमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको हो । बंगलादेशका विद्युत्मन्त्री नसरुल हमिदले सुनकोसी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव गरेका थिए । बंगलादेशले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । ‘पावर एण्ड इनर्जी सप्ताह’को क्रममा बंगलादेशमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको हो । बंगलादेशका विद्युत्मन्त्री नसरुल हमिदले सुनकोसी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव गरेका थिए । सिन्धुलीको सुनकोसी दोस्रो  तथा काभ्रे र रामेछापको सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको हाल विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ । जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) र नेपाल विद्युत् प्राधिकरणले दुवै आयोजनाको सन् १९८४ मा जलाशययुक्त आयोजनाको रुपमा पहिचान गरेको थियो । सुनकोसी तेस्रोलाई भने चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सहयोगमा जाइकाले गरेको अध्ययनले १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये एक आयोजनाको रुपमा छनोट गरिएको छ । राजधानीबाट ६० किलोमिटरमात्र नजिक यो आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या नभएकोले यस आयोजनालाई आकर्षक आयोजनाको रुपमा लिइन्छ । हालै नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यको समझदारीअघिको दुईपक्षीय बैठकमा समेत नेपालले सुनकोसी दोस्रो र तेस्रो निर्माणका लागि बंगलादेशलाई प्रस्ताव गरेको थियो । बंगलादेशले यसबारे सकारात्मक हुँदै दुईपक्षीय लगानीमा बनाउने उल्लेख गरेपछि दुवै आयोजनामा लगानीका लागि बंगलादेश सकारात्मक देखिएको छ । दुवै देशले बनाउने उल्लेख भए पनि कुन मोडालिटीमा बनाउने भन्ने टुंगो लागिसकेको छैन । 

No comments: