आइतवार, आश्विन ७, २०७५
मन्त्रिपरिषद्ले अमेरिकी सहयोगमा निर्माण हुन लागेका दुई आयोजनालाई राष्ट्रिय गौरवको आयोजना तथा माथिल्लो अरुण जलविद्युत् आयोजना कम्पनी मोडेलमा अघि बढाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अघि बढाउन लागेको लप्सीफेदीदेखि दमौलीसम्म तथा दमौलीदेखि नेपाल–भारतको सीमानजिकको सुनवलसम्मको प्रसारण लाइनलाई राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार, माथिल्लो अरुण आयोजना कम्पनी मोडेलमा अघि बढाउनका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिने निर्णय गरेको छ ।
अमेरिकाको करिब ५२ अर्बको अनुदान सहयोगमा मिलेनियम च्यालेन्स एकाउण्ट (एमसीए) गठन गरी ऊर्जा र यातायातका आयोजना अघि बढाउन लागिएको छ । सो अन्तर्गत चार केभीको लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किलोमिटर तथा दमौलीदेखि सुनवलसम्मको २३ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना छ । सो प्रसारण लाइन भारतसँग जोड्ने प्रस्तावित न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनसँग जोड्नेछ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अघि बढाउन लागेको लप्सीफेदीदेखि दमौलीसम्म तथा दमौलीदेखि नेपाल–भारतको सीमानजिकको सुनवलसम्मको प्रसारण लाइनलाई राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार, माथिल्लो अरुण आयोजना कम्पनी मोडेलमा अघि बढाउनका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिने निर्णय गरेको छ ।
त्यसैगरी हाल ३३५ मेगावाट तथा अध्ययनको क्रममा ७ सय मेगावाटसम्म क्षमता पुर्याउन सकिने लक्ष्य राखिएको माथिल्लो अरुण आयोजना कम्पनी मोडेलमा अघि बढाउन लागिएको छ । प्राधिकरणले अघि बढाउन लागे पनि यो निर्णयसँगै अब प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रोपावर कम्पनीले आयोजनाको अनुमतिपत्र पाउनेछ । ऊर्जा मन्त्रालयले सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत अघि बढाउन लागेको छ । हाल आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको छ ।
No comments:
Post a Comment